हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

सुडान घोटालामा पूर्व ३ महानिरीक्षक दोषी - मुख्य समाचार

काठमाडौं/ विशेष अदालतले सुडान घोटालामा पूर्व प्रहरी महानिरीक्षकत्रयलाई दोषी ठहर गर्दै २ र २ वर्ष कैद र करौडौं जरिवानाको फैसला सुनाएको छ ।
अदालतका अध्यक्ष गोरीबहादुर कार्की र सदस्यद्वय न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले पूर्व प्रहरी महानिरीक्षकत्रय र ठेकेदारद्वयलाई दोषी ठहर गरेको छ । अन्य ३१ जनालाई भने सफाई दिएको छ । विशेष अदालतले पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख ८ हजार र हेम गुरुङलाई ६ करोड ४८ लाख ७० रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

यस्तै तत्कालिन प्रधानमन्त्री ´लनाथ खनालका सुरक्षा सल्लाहकार समेत रहेका पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई ४ करोड ८५ लाख ४४ हजार रुपैयाँ जरिवाना र २÷२ वर्ष कैद सजाय सुनाएको छ । तत्कालिन प्रहरी महानिरीक्षक राणाले ठेकेदारको गलत र अनियमित कामका लागि पूर्वधार तयार गरी ठेक्का दिएको र ठॆकेदारलाई भुक्तानी सजिलोसँग दिलाएर उनीहरुलाई फाइदा पुर् याएको सरकार प्रहरी र कोषलाई हानी पुर् याएको र अन्तराष्ट्रिय जगतमा नेपालको बेइजत गराएको अदालतको ठहर छ ।
यस्तै गुरुङ र चन्दले ठेकेदारले गुणस्तरको सामान नबु´ाएकामा छानबिन गरी कानुनी कारवाही गर्ने जिम्मेबारी पूरा नगरेको र ठेकेदारको माग बमोजिम भुक्तानी दिने निर्णय सदर गरेको फैसलामा उल्लेख छ । राणाकै पालामा ठेक्का सम्बन्धी सम्´ाैता भई १७ करोड रकम भुक्तानी भएको थियो भने त्यसपछि प्रहरी महानिरीक्षक भएका गुरुङ र चन्दले अनियमिताबारे छानबिन गर्नुको सट्टा ठेकेदारलाई भुक्तानी दिएका थिए ।
यस्तै बेलायती ठेकेदार माइकल राइडरलाई २८ करोड ४० लाख १६ हजार बिगो र त्यति नै रकम जरिवाना र २ बर्ष कैदको फैसला सुनाएको छ भने उनको नेपाली एजेन्ट ठेकेदार शम्भु भारतीलाई १४ करोड २० लाख ८ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना र १ वर्ष कैद सजायको फैसला सुनाएको छ । राइडरले तत्कालिन प्रहरी महानिरीक्षक र नेपाली प्रतिनिधि भारतीसँग मिलेर बदनियतपूर्वक अनियमितता गरेको पाइएको अदालतको ठहर छ । यस्तै भारतीले राइडर र आफूलाई फाइदा हुने देखेपछि नेपाल सरकार प्रहरी र प्रहरी कल्याणकारी कोषलाई बदनियत चिताई हानी नोक्सानी पुर् याएको फैसलामा उल्लेख छ ।
सुडानको डार्फरमा शान्ति सेनामा खटिएका प्रहरीका लागि खरिद गरिएको एपीसी लगायतका बन्दोबस्तीका सामान खरिदमा २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ २० पैसा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २४ गते विशेषमा मुद्दा दायर गरेको थियो ।

बेला नभई फुल्यो लालीगुराँस

ताप्लेजुङ/ साधारणतया चैत-वैशाखमा फुल्ने लालीगुराँस माघ अन्तिमा नै फुलेपछि पर्यटन व्यवसायीहरु चिन्तित भएका छन् । ताप्लेजुङका पर्यटकीय क्षेत्रमा यो वर्ष माघ अन्तिममा नै ढकमक्क फुलेपछि पर्यटक व्यवसायी भने चिसन्तत भएका हुन् ।
जिल्लाको पाथीभरा क्षेत्रलगायत पर्यटकीयस्थल काचनजङ्घा संरक्षण क्षेत्रमा बेमौसममा नै यसरी लालीगुँरास फुलेपछि र पर्यटक आउने मौसममा गुराँस सकिने र सुक्ने डरले पर्यटक व्यवसायी चिन्तित बनेका हुन् । दुई महिनाअघि नै फाट्टफुट्ट फुलेको गुराँस माघ सकिँदै प्रायः पूरै फुलेको सुकेटार निवासी स्थानीय दावा शेर्पाले बताए ।
शेर्पाका अनुसार चैत-वैशाखमा लालीगुराँस हेर्न र योसँग रमाउन धेरै आन्तरिक र बाह्य पर्यटक आउने गरेको तर यो साल दुई महिनाअघि नै फुलेको र पछि सकिने पो हो कि भन्ने डर स्थानीय तथा व्यवसायीलाई भएको छ ।

वन क्षेत्रमा कि्रयाशील सङ्घसंस्था भने जलवायु परिवर्तनको कारण गुराँस साबिकभन्दा अघि नै फुलेको दाबी गर्दछन् । जिल्लाका अधिकांश जङ्गल लालीगुँरासले मनमोहक बनेका छन् । फोटो पनि छ ।

धिमाल जाति विकास केन्द्रको अधिवेशन

उर्लाबारी/ धिमाल जाति विकास केन्द्रका संस्थापक अध्यक्ष तथा पूर्व सांसद कर्णबहादुर धिमालले देश बहुभाषिक र बहुधार्मिक भएकाले अब बन्ने संबिधान पनि सोही अनुरुप बन्नु पर्नेमा जोड दिएका छन् ।
मोरङको उर्लाबारीस्थित मंगलबारेमा सोमबारबाट सुरु भएको धिमाल जाति विकास केन्द्रको चौथो महाधिवेशनमा सम्बोधन गदै उनले सो कुरामा जोड दिएका हुन् । सम्पूर्ण भाषा सस्कृति र धर्मलाई समेटेर संबिधान आएमात्र देशले निकास पाउने बताउँदै त्यस्तो हुन नसके बिद्रोह हुने चतावनी उनले दिएका छन् । त्यस्तै सभाषद् भिष्म धिमालले जातिको पहिचान भनेकै भाषा भएकोले भाषाको विकास र संस्कृतिको जर्गेडाको लागि धिमाल समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
अर्का सभाषद् नगेन्द्र धिमालले यस भूमिका भूमिपुत्र धिमालहरुको पक्षमा संबिधान बनुपर्ने कुरामा जोड दिदै धिमालहरुको छुट्टै प्रदेश आवश्यक रहेको बताए । सोही अवसरमा मिस धिमाल अनु धिमालसहित संस्थापक कर्णबहादुर धिमाल नरेन्द्र धिमाल गणेश धिमाल लगायत १३ जनालाई सम्मान गरिएको थियो । ३ दिनसम्म चल्ने महाधिवेशनमा ९२ टोल समिति ४ क्षेत्रीय समिति र ४ जिल्ला समितिका २ सय ५० जना प्रतिनिधि सहभागी रहेको आयोजक समितिका उपाध्यक्ष कुमार धिमालले बताएका छन् । अधिबेशनले अध्यक्ष बरिष्ठ उपाध्यक्ष ४ उपाध्यक्ष महासचिब सचिब कोषाध्यक्ष र ९ विभागसहित ४१ सदस्यीय नयाँ कार्य समिति समेत चयन गर्नेछ ।

नेविसंघको हाजिरीजवाफ

धरमपुर/ धरमपुरस्थित मोति उच्च मा।वि। मा सोमबार नेपाल विद्यार्थी संघ धरमपुर इकाईको आयोजनामा अन्तर उच्च मा।वि। स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली कांग्रेसकी महासमिति सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई नेका धरमपुर गाउँ सभापति बिनोद ढकाल पिपुल्स टाइम्सका प्रबन्धक गोकुल श्रेष्ठ नेपाल विद्यार्थी संघ झापाका जिल्ला सदस्य रोशन बिष्ट मोति उच्च मा।वि।sा प्राचार्य शान्तिराम भट्टराई नेका दमकका सह-सचिव बिक्रम अधिकारी वाणिज्य संघका सदस्य सन्तोष अधिकारी मोति मा।वि। व्यवस्थापन समिति अध्यक्ष धर्मराज सुवेदी नेविसंघ दमक बहुमुखी क्याम्पसका सभापति मनोज कार्की सचिव नवराज ढकाल र सदस्य तुलसी भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा जन आदर्श उच्च मा।वि। शिवगाज प्रथम कमला मदन आश्रित उच्च मा।वि। दोस्रो र धर्मभक्त उच्च मा।वि। तेस्रो तथा दमक बहुमुखी क्याम्पस सान्तवना भएका छन् । नेविसंघ मोति उ।मा।वि। इकाई सभापति प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव आयुष बोहोराले साचालन गरेका थिए भने बिजयी प्रतियोगीहरुलाई विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद अधिकारीले बधाई दिएका थिए ।

झापा र सुनसरी फाइनलमा

ईलाम/ इलाममा भइरहेको पूर्वााचल क्षेत्रीय स्तरीय पुरुष छनौट फुटबल प्रतियोगितामा सोमबार भएको खेलबाट बिजयी हुँदै झापा र सुनसरी फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमीफाइनल खेलमा धनकुटालाई ४-१ को गोल अन्तरले हराउँदै झापा विजयी भएको हो । खेल सुरु भएको तीन मिनेट बित्न नपाउँदै धनकुटाका सुदिप उराउले गोल गरेर आफ्नो टिमलाई १-० गोलको अग्रता दिलाएका थिए । तर खेलको १५ औँ मिनेटमा धनकुटामा आत्मघाती गोल भएपछि खेल १-१ को बराबरीमा आएको थियो । ए डिभिजनमा खेल्ने खेलाडीले भरीपूर्ण टिम झापाका तर्फबाट २७ औँ मिनेटमा झापाका विवेक लिम्बूले आफ्नो टिमको तर्फबाट गोल गर्दै खेललाई २-१ को अन्तरमा पुर् याएका थिए ।
त्यसपछि खेलको दोश्रो हाफको पहिलो मिनेटमा मा नै झापाका विवेक लिम्बूले अर्को गोल गर्दै टिमको अग्रतालाई निरन्तरता दिलाए । पुनः १५ औँ मिनेटमा झापाका कर्ण लिम्बूले गोल गर्दै आफ्नो टिमलाई फाईनलको यात्रा पक्का गराएका थिए ।
दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा सुनसरीले उदयपुरलाई ५-० अन्तरले हराएको हो । सुनसरीका तर्फबाट कबु राईले पहिलो हाफको १४ औ मिनेटमा गोल गरी खाता खोलेका थिए । त्यसपछि फेरि कप्तान सुरेन्द्र तामाङ्गले १७ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २-० को अग्रता दिलाएका थिए ।
ए डिभिजनमा खेल्ने खेलाडीहरुको बाहुल्यता रहेको सुनसरीका केही अवसर पाएपनि गोल गर्न नसकेपछि हारमा चित्त बुझाउनुपरेको थियो । प्रतियोगिता अन्र्तगत तेश्रो स्थानको लागि आज धनकुटा र उदयपुर बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

सलिरापको समिति बिस्तार

महारानीझोडा/ माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले महारानीझोडाका विभिन्न वडामा आफ्नो संगठन बिस्तार गरेको छ ।
बिस्तारित महारानीझोडा १ नम्बर वडा समिति त्रिवेन्द्रहाङ इङनामको अध्यक्षतामा ९ सदस्यीय रहेको छ । उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः साजोक दास लक्ष्मण थापा र मनकुमार थापा चयन भए भने सदस्यहरुमा तान्छोहाङ इङनाम सतिस दास र सन्देश सुब्बा छन् ।
त्यस्तै ३ नम्बर वडामा सङ्गित चौधरीको अध्यक्षतामा ९ सदस्यीय समिति बिस्तार भएको छ । समितिका उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः उमा चौधरी मिलन खड्का महेश चौधरी र रमेश चौधरी छन् भने सदस्यहरु डम्बर चौधरी लोकबहादुर चौधरी अर्जुन राजवंशी र अशोक राजवंशी छन् ।
महारानीझोडाकै वडानम्बर ४ मा चन्द्र सुब्बाको अध्यक्षतामा समिति बिस्तार भएको छ । समितिका उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः ओमप्रकाश श्रेष्ठ कृष्ण सोरेन गंगा राई र सङ्गीता बिक छन् । सदस्यहरुमा खिला सुब्बा धनकुमार श्रेष्ठ श्याम मर्डी फुलकुमारी मगर र डम्बर ऋषिदेव रहेका छन् ।
त्यस्तै परिषद्को भातृसंगठन लिम्बुवान भोलेन्टियस्रको ३ नम्बर वडा बिस्तार गरिएको छ । दीपु राईको अध्यक्षतामा बिस्तारित समितिका उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः रविन श्रेष्ठ युवराज दाहाल प्रविण चौधरी र सविन श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा मेघराज चौधरी विशाल राई नारायण सुवेदी सुमित चौधरी अनिष चौधरी र अर्जुन श्रेष्ठ रहेका छन् । कार्यक्रम परिषद्का गाउँ सल्लाहकार कृष्णबहादुर सेन्दाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने साचालन गाउँ सचिव देवेन्द्र इङ्नामको रहेको थियो ।

प्याब्सनको कार्यक्रम शुरु

रवि/ पाँचथरको सप्तमीमा प्याब्सनको पाँचथर क्षेत्र नम्बर २ ले आईतबार नृत्य र हाजिरीजवाफ कार्यक्रम गरेको छ ।
नृत्य तर्फ माउन्ट काचन बोर्डिङ्ग रवि प्रथम सनराइज बोडिङ्ग यासोक र पाँचथर विद्या मन्दिर आङसाराङ तेस्रो भए । त्यस्तै हाजिरीजवाफ तर्फ सनराइज प्रथम माङजाबुङ बोर्डिङ्ग दोस्रो र माउन्ट काचन तेस्रो भए ।
न्यू मोर्डन अर्गनाइजेसन अफ इङ्लिस बोर्डिङ्ग स्कूल आयोजक रहेको कार्यक्रममा प्याब्सनका केन्द्रीय पार्षद् डि। एस। सुब्बाको प्रमुख आतिथ्य रहेको थियो भने अध्यक्षता पार्षद् सूर्य लावतीको रहेको थियो । कार्यक्रममा नरेन्द्र पोख्रेलको साचालन रहेको थियो भने स्वागत जहरमान लिम्बूले गरेका थिए ।

गरीबीले थिचिएकी गर्भवती

सन्दीप राई
फिदिम/ ण्डै-´ण्डै आफ्नो ज्यान जस्तै गरुङ्गो भारी बिसाउँदै उनले निधारको पसिना पुछिन् । माघ महिनाको जाडोमा पनि उनको शरीर निथु्रक्क भिजेको थियो । मानौ उकालो र थकाइले उनको पूरा शरीर पगालिरहेको थियो । आफ्नो मात्र ज्यान भए पो । दुई महिनापछि जन्मने ज्यानको उनलाई उत्तिकै चिन्ता छ । आफ्नो भन्दा त्यही ज्यानको मायाले उनलाई आधा ५० केजीको भारी बोक्ने बाध्यतापूर्ण आँट दिएको थियो ।
पसलका लागि ज्यालामा साहुको ५० किलोको चामल बोकेर तमोर नदीपार गर्नुअघि सुस्ताइरहेकी सात महिनाकी गर्भवती भारापा गाविस-९ की ३२ वर्षीया कमला मा´ीले भनिन् ुदुई जीउको होस् या एक जीउको बाह्रैमास हामी मा´ी महिलाले यसरी नै बाँच्नुपर्छ ।ु उनीसँगै उनीजस्तै भारी बोकिरहेकी २० वर्षीया सरिता मा´ीले थपिन् ुम नसक्ने छु भन्दै बसियो भने त हातमुख नै जोडिदैन । त्यसैले दुई जीउको बेला पनि हामीले सक्ने र नसक्ने सबै काम नगरी धरै छैन ।ु दुई पैसा बचत गर्ने भन्दा प्राण बचाउने ध्याउन्नमा ज्यानैलाई जोखीममा पारेर गर्भवती मा´ी महिला कठोर शारिरीक श्रम गर्न बाध्य छन् ।

गर्भावस्थामा महिलाको स्वास्थ्य एकदमै संवेदनशील हुन्छ । त्यसैले गर्भवती महिलाले आफ्नो स्वास्थ्यको बढी ख्याल गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यही मान्यताअनुसार आजभोलि प्रायःगर्भवती महिलाहरु स्वास्थ्य संस्था गएर नियमित जाँच गराउँछन् । स्वास्थ्यकर्मीका सरसल्लाहअनुसार नियमित औषधि र पोषिलो खुराक लिन्छन् । बढी गह्रौ सामान बोक्ने र कठिन परिश्रम गर्दैनन् । गर्भवती महिलाहरुलाई लक्षित गरेर नेपाल सरकार तथा विभिन्न दातृनिकायले यस क्षेत्रमा सुरक्षित मातृत्वसम्बन्धी
कार्यक्रमहरु साचालन गरिरहेका छन् । तर पनि तमोर किनाराका म´ीटारका महिलाहरुलाई यी कुनै कार्यक्रमले छोएको छैन ।
पाँचथर सदरमुकाम फिदिमसँगै जोडिएको गाविस भारापा-९ तमोर किनारका मा´ीटारका महिलाहरुलाई पोषणयुक्त खान्की त परैजाओस् दुई छाक खस्रो खान पनि धौ-धौ छ । घरायसी काममा घोटिनु साहुका खेतबारीमा कुटो कोदालो गर्नु भारी बोक्ने गर्नाले बाध्यताले गर्भवती मा´ी महिलाको स्वस्थ्यमा नोक्सान पुर् याउने गरेको नागरिक सचेतना केन्द्र मा´ीटारकी मोमीता मा´ी बताउछिन् । उनका अनुसार गर्भवती भएका बेला कडाकाममा खट्ने मा´ी महिलाहरुको पाठेघर खस्ने रोगी भएर अकालमै मृत्यु हुने गर्भपात हुने जस्ता समस्या भोग्ने गरेका छन् । गर्भवती अवस्थामा भारी बोक्नु अत्यन्तै जोखिमपूर्ण मात्र नभएर ज्यानै जान सक्ने जिल्ला अस्पताल पाँचथरका स्त्री रोग विशेषज्ञ पवनजंङ रायमा´ीले बताए ।

चुलाचुली दुग्धलाई गाई उपहार

चुलाचुली/ इलामको चुलाचुलीस्थित चुलाचुली दुग्ध सहकारी संस्था लिमिटेडलाई ग्रामीण पुनर्निर्माण संस्था आरआरएन ले सोमबार पाँच ओटा गाई उपहार प्रदान गरेको छ ।
सोमबारदेखि संस्थाको कार्यालयमा सुरु भएको दुई दिने गाई व्यवस्थापन तालिमको पहिलो दिन २ लाख ३१ हजार ६ सय ६० रुपैयाँ मूल्य बराबरको गाई प्राप्त भएको संस्थाका अध्यक्ष मणिकुमार केरुङले जानकारी दिए ।
सो कार्यक्रमका बीच आरआरएनका इलाम संयोजक रवि ज्ञावाली र लेखापाल दीपक घिमिरेको उपस्थिति रहेको थियो । त्यस्तै तालिममा संस्थाका ३५ जना शेयर सदस्यहरुको सहभागिता रहेको सचिव रुद्र प्रभातले बताए । तालिममा जिल्ला पशु स्वास्थ्य केन्द्र इलामका पशु चिकित्सक कुमारिसंह खत्रीले सहजीकरण गर्दैछन् । आरआर एनको सहयोगमा जारी तालिमका लागि १३ हजार बढी रकम खर्च भएको र गाईको नियमित अनुगमन तर्फ ५ हजार रुपैयाँ थप आर्थिक सहयोग प्राप्त भएको संस्थाले जनाएको छ ।

कोचिलाको सहमित

दमक/ संयुक्त कोचिला संघर्ष समितिले राज्य पुनसर्ंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति असहमति जनाएको छ ।
सोमबार एक प्रेस विज्ञप्ति मार्फत् समितिले झापा मोरङ र सुनसरी जिल्लालाई कोचप्रदेशको मान्यता दिनुपर्ने मात्र राख्दै सो को अवमूल्यन भए त्यसबाट उत्पन्न समस्याको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ ।
समितिका अध्यक्ष विद्यानन्द राजवंशी उपाध्यक्ष अर्जुनिसंह राजवंशी र महासचिव बिक्रम ताजपुरियाले संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा सो जनाइएको छ ।

एक भारतीय माथि खुकुरी प्रहार

चुलाचुली/ भारत विहारको दरभंगा स्थायी घर भई दमक डेरा गरी बस्ने एक भारतीयमाथि सोमबार खुकुरी प्रहार भएको छ । कुल्फीको ब्यापार गर्ने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ब्यापारको क्रममा इलामको चुलाचुली-७ स्थित शान्ति चोक पुगेका ३० वर्षीय अमरनाथ स्वामीलाई स्थानीय भीम आङ्थुपो र अमर लावतीले खुकुरी प्रहार गरेको चुलाचुली प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक चतुर्भुज घिमिरेले जानकारी दिए ।
प्रनानि घिमिरेका अनुसार स्वामीलाई खुकुरी प्रहार गर्नेमध्ये आङ्थुपोलाई सोमबार नै प्रहरीले ब्यापक खोजी गरी पक्राउ गरेको छ भने लावती अझै फरार रहेको र उनको खोजी जारी रहेको छ ।
टाउको घाँटी र दुवै हातमा खुकुरी प्रहार गरिएका स्वामीको दमकस्थित आम्दा अस्पतालमा उपचार सम्भव नहुँने भन्दै अस्पतालले रेफर गरे पनि उनका नजिकका आफन्त नभएकाले थप उपचार सम्भव नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका आङ्थुपो यसअघि आगजनी बलात्कार लगायतका घटनाहरुमा संलग्न रहेको बताइएको छ । ३ महिना अघि स्थानीय एक महिलालाई बलात्कार गर्न खोज्दा प्रतिकार गर्ने पीडित महिलाका आफन्त माथि समेत
उनले खुकुरी प्रहार गरेका थिए । हाल सोही आरोपमा खारेख खेपिरहेका आङ्थुपोलाई सोमबार नै इलाका प्रहरी कार्यालय दमकको जिम्मा लगाइएको बताइएको छ ।

इटहरीमा माओवादीको सभा - उपमुख्य समाचार

'स’ को व्यवस्थापन चुनौती- बादल
इटहरी/ एनेकपा माओवादी महासचिव रामबहादुर थापा बादलले धेरैवटा ुसु का कारण देशमा समस्या भएको बताएका छन् ।

संविधान शान्ति सेना सदन सडक संघर्ष सहमति जस्ता स बाट बनेका शब्दलाई उचित व्यवस्थापन गर्न नसक्दा देशमा असहज स्थिति लम्बिएको नेता वादलको भनाई थियो । १७ औं जनयुद्ध दिवस मनाउन इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बादलले वास्तविक शान्ति माओवादीले चाहेको बताएका छन् । ुतर आज शान्ति चाहिएको छ भन्दै केही सुविधाभोगीहरुले प्रचारबाजी गरेपनि माओवादीलाई वास्तविक शान्ति चाहिएको बताए । सुविधाभोगीलाई त शान्ति नै छ तर उत्पीडित समुदायलाई पो अब शान्ति चाहिएको छु उनले स्पष्ट पारे ।
वादलले सेना समायोजन कार्य सम्मानजनक ढंगले नभएमा जनयुद्ध नगर्ने जनविद्रोह हुने बताए । आफ्नो दलभित्रको अन्तरसंघर्ष हुँदा भोज खानेहरु अहिले अतालिएको बताए । हाम्रो एकता कार्य जनताको लागि चाहिएको छ । ुएकता भयो अब हामी कार्यकर्ता हुँदै जनतासम्म हाम्रो एकता कार्य बढाउछौंु बादलले भने । उनले संविधान तोकिएको समयमा वन्न नदिन केही प्रतिगामीहरुले अवरोध गरेको आरोप लगाउँदै तोकिएको समय सम्ममा संविधानको मस्यौदा सम्म आउने बताए ।
यसअघि जनयुद्ध सुरु भएको स्मरण गर्दै उनले भने रोल्पाको होलेरी प्रहरी चौकी आफ्नो कमाण्डमा भएको बताउँदा उनी भावुक मुद्रामा देखिएका थिए । जनयुद्धकै कारणले राजतन्त्र हटेको बताउँदै अब अन्तिम पटक नयाँ होलेरीमा आक्रमण गर्न बाँकी रहेको उल्लेख गरे । उनले सबै जाति वर्ण भाषा लिङ्ग क्षेत्रका जनताको जित गराउन आफ्नो दल लागिपरेको बताउँदै त्यो जित हुनु नै नयाँ होलेरीको जित हुने बताए ।
सामना सांस्कृतिक परिवारले वक्तव्यको बीचबीचमा गीत तथा नृत्य प्रस्तुत हुँदा कार्यक्रमको आकर्षण बढेको थियो । त्यसैगरी कार्यक्रममा नेपाल गणतान्त्रिक खेलकुद माचका खेलाडीहरुले पनि आफ्नो खेल प्रदर्शन गरेका थिए । किरात लिम्वुवान मधेश र कोचिला राज्य समितिबाट हजारौंको संख्यामा कार्यकर्ताहरु सहभागी थिए ।
कार्यक्रममा माओवादी मधेश ब्युरो इाचार्ज गिरीराजमणि पोखरेल कोचिला राज्य समिति इाचार्ज हरीबोल गजुरेल केन्द्रीय सदस्य धर्मचन्द्र लावती केन्द्रीय सदस्य नन्दकुमार प्रसाईं मधेशी राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष शिवकुमार मण्डल केन्द्रीय सल्लाहकार कुन्ता शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सभाध्यक्ष कोचिला राज्य सह-इाचार्ज प्रल्हाद बुढाथोकीले गरेका थिए । फोटो ः ुजनयुद्धु दिवसको अवसरमा माओवादीले आयोजना गरेको सभाका सहभागीहरु । इन्सेटमा पार्टी महासचिव बादल ।

भ्यालेन्टाइन डे शुरुवात र नेपाली परिवेश

प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे एउटा यस्तो महत्वपूण्र्ँ दिन प्रेमी प्रेमिकाहरुका लागि ठूलै उत्सव प्रेम प्रस्ताव राख्ने दिन नयाँ प्रेम स्थापित बनाउने दिन प्रेम साथी भएकाहरुलाई सम्बन्ध सुढृढ र बलियो बनाउने दिन सधैं ´ैं यसवÈ्र पनि नयाँ बहार सँगैं संघारमै आईपुगेको छ । ई।सं। को क्यालेन्डर अनुसार हरेक वÈ्रको दोस्रो महिनाको १४ तारिख अर्थात फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । विश्वव्यापी रुपमा मान्यता पाउँदै आएको भ्यालेन्टाईन डे नेपालमा पनि केही वÈ्र देखि निकै लाकपि्रय हुदै आएको कुरा सर्वविदितै छ । पश्चिमी शैलीको सिको गर्दै नेपालका िवÈेशतः ग्रामिण्ँ ईलाका भन्दा शहरी Ôेत्रहरुमा यो दिवस निकै प्रचलित छ । पे्रम गर्ने जोडिहरुका लागि वरदानै सावित भएर आएको यो दिवसमा विश्व भरिकै प्रेमिप्रेमिकाहरुले प्रेम पत्र फूल शुभकामना कार्ड लगायत अन्य आकÈ्रक प्रेमोपहारहरु दिएर मनाउने गरेको पाईए पनि अहिले त्यो रुप विस्तारै आधुनिकता तर्फ लम्कदैं गएको देखिएको छ । जस्तैः भेटेर उपहारहरु दिन सम्भव नभएमा ईमेल ईन्टरनेटको प्रयोगद्वारा मोबाईल एस।एम।एस। को प्रयोगबाट आफ्ना भावनाहरु आफ्नो पे्रमी वा पे्रमिकासँग साटासाट गरेर मनाउने प्रचलन बढ्दो छ ।

भनिन्छ प्रेमले पापीलाई पनि सुधार्छ । प्रेमले मानिसको जीवनलाई सरस र थप रोमााचक बनाउंछ । प्रेमले शत्रु पनि मित्र बन्छ । प्रेम सबैमा हुन्छ जुन बनावटी नभई अन्तर्हृदयबाट प्रस्फुटित हुन्छ । हुन त मनमा अर्कै कुरा खेलाएर बाहिर बाहिर भने प्रेमको जात हुदैन Ôेत्र हुदैन कुनै मापदण्ड हुदैन जस्ता आदर्शका कुरा गर्नेहरुले पनि प्रेमको उपहास गरेका देखिन्छन् । वैंशमा उन्मुक्त भएर नाटकीय र वनावटी प्रेममा फस्ने र फसाउने साजाल पनि वर्तमान युगमा बाक्लै छ भन्दा फरक नपर्ला । कलिलो उमेरका किशोर किशोरीहरुपनि प्रेमको नाममा अग्रजहरुको सिको गरि जान्दै नजानी र आफू अपरिपक्व हुंदा पनि फसेका देखिन्छन् । यसरी कहि कतै प्रेमको दुरुपयोग भएको पनि देखिन्छ । यी सबै सामाजिक विसंगति हुन् । यस्ता विसङ्गतिहरुले सच्चा र आनन्दित प्रेम पनि खल्लो महसुस हुन जान्छ । रमाईलो प्रेम पनि नरमाईलोमा परिण्ँत हुन्छ ।

भ्यालेन्टाईन डे तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको तथ्य छ । समकालिन रोमबाट आरम्भ भएको यो दिनमा विश्वभरिकै कंयौ युवायुवतीहरु रमाउने गरेको पाईन्छ । एकपटक गईसकेपछी पुरै एक वÈ्र कुर्नुपर्ने यो दिवसले प्रेमको औचित्यलाई उभोँतिर धकेल्ने भएकोले यो दिवसको महत्व ´न् विस्तृत रुपमा बढ्दै गएको कुरालाई नकार्न सकिदैन । ईतिहासका पाना पल्टाउँदै जाने हो भने तेस्रो शताब्दीमा रोमका सम्राटले आफ्नो राज्यको सुरÔाको निम्ति कुनैपनि सुरÔाकर्मीले नारीसँगको संगत तथा सम्बन्धले उसमा आत्मबल कमजोर हुने फौजी भित्रका गोप्य कुराहरु पनि बाहिर जान सक्ने सम्भावनाका डरले सुरÔाकर्मीहरु माथि प्रेम तथा विवाहमा रोक लगाएका थिए भन्ने कुरा सुन्नमा पाइन्छ । अन्तर्हृदय देखि नै प्रस्फुटित हुने साँचो प्रेमको लागि रोक लगाएको सूचनाले विश्वभरिका प्रेम जोडीहरु वििÔप्त वन्न पुगेका थिए भने तत्कालिन रोम राज्यको सामाजिक जीवन नराम्ररी प्रभावित हुन पुगेको थियो । प्रेमलाई कुनै वस्तुले छेक्दैन कुनै नियमले रोक्दैन साँचो प्रेममा कुनै रोकले प्रभाव पार्दैन भन्ने सिद्धान्तका भ्यालेन्टाईन नामक एक व्यक्तिले उक्त रोक आदेशको उल्लङ्घन गर्ने निण्र्ँय लिए । उनले थुप्रै प्रेम गरेका सुरÔाकर्मीहरुलाई विवाह बन्धनमा बाँधिदिए । भ्यालेन्टाईनको यो कामप्रति साह्रै क्रोधित बनेका सम्राटले उनलाई सजाय दिने निश्चय गरे । फलस्वरुप उनलाई तत्कालै मृत्युदण्डको सजाय सुनाईयो । भ्यालेन्टाईन आफू स्वयम् प्रेम गर्थे उनको आफ्नी प्रेमिका पनि थिइन् । आफ्नो मृत्युदण्डको सजाय हुनुपूर्व आफ्नो प्रेमिकालाई लेखेको पत्रमा आफू सच्चा प्रेमको लागी बलिदान दिन तयार भएको र अबका प्रेमीप्रेमिकाहरुले यस्तो परिस्थितिको सामना गर्न नपरोस् । मेरो मृत्युपछि मलाई एक असल प्रेमीको रुपमा विश्वभरिका प्रेमजोडीहरुले स्मरण्ँ गरुन् भन्ने ईच्छा व्यक्त गरेका थिए भन्ने पाइन्छ । उनको यही इच्छालाई उनकी प्रेमिकाले मनन गरेकी थिइन् । अन्ततः उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिईयो उनको यही इच्छालाई सार्थकतामा परिण्ँत गर्दै मृत्युदण्ड दिईएको फेब्रुअरी १४ का दिन उनकै नाममा यो दिवस मनाउन थालिएको कुरा इतिहासले बताउँछ ।

साँचो प्रेम गर्नेहरुलाई त यो दिन बरदान सावित भएको कुरा सत्य हो । केही उच्छृङ्खल जत्थाले भने यसलाई विसङ्गतिका रुपमा भित्राएका छन् । उनै उच्छृङ्खलकारीहरुको कारण्ँ आज प्रेम शब्द नै संकटका परेको आभास हुन थालेको छ । त्यस्ता आधुनिक समाजका आधुनिक मान्छेहरुले यौन तृष्णु मेट्नको लागि बनावटी प्रेम गर्ने गरेको पाईन्छ ।
वास्तवमा धनी गरीब ठूलो सानो जात धर्म अदिबाट टाढा रहेर व्यवहारमा शिष्टता मायालु अनि स्वच्छ आत्माले प्रेम गरेमा सम्बन्ध मजवुत नहुने प्रश्नै उठ्दैन । जुन प्रेम युवायुवती बिच मात्र सिमित नभई परिवारका सदस्यहरुसँग ईष्टमित्र छरछिमेकी नातागोता तथा साथीसँगी र अपरिचित व्यक्तिहरुसँग पनि गरिन्छ । केवल अपनाउने शैली फरक हो ।

उपहार घडिदेखि तिलहरी सम्म - प्रेम प्रणय

चार वर्षको प्रेम दिवश मनाएको सुवास-अर्चनाको जोडी ३ वर्ष अघि प्रणय शुत्रमा बाँधिएको हो ।
चारवर्षे प्रेममय अवधिमा उनीहरुले तीनओटा प्रेम दिवश चाँहि मज्जैले मनायो । नेपाल जेसीजका केन्द्रिय कोषाध्यक्ष समेत रहेका सुवासचन्द्र भट्टराईले कजेज पढ्दै गरेकी अर्चना दाहाललाई पहिलो पटक घडी उपहार दिएका थिए । त्यस पछि भेट्ने र उपहार दिने क्रम निक्कै बाक्लियो । कतै टाढा जाँदा पनि पहिले एक-अर्काको अनुमति लिने क्रम शुरु भयो । यस वर्षको प्रेम दिवशका दिन काठमाण्डौमा रहेका सुवास ५ वर्ष अघिको प्रेम दिवश सम्झन्छन्-ुसंसारमा सवै भन्दा वलवान भनेको समय हो त्यहि कुराको बोध गराउन मैले उनलाई घडी उपहार दिएको थिँए । समयैका कारण मैले यस वर्षको प्रेम दिवशमा उनलाई समय दिन सकिन ।ु
साचार माध्यमले नजिकियाउँदै गरेको समय थियोसुवास-अर्चनाको प्रेमले पँखेटा हाल्दै गर्दा । बारम्बार भेट भई रहन नसके पछि सुवासले पुन ः उपहार दिए मोवाईल सेट । त्यस पछि खास समय बाहेक मनका कुरा गर्न भेटि रहनु पर्ने बाध्यता पनि हरायो । उपहार दिने क्रम बढे सँगै पछिल्लो वर्ष मात्र उनले अर्चनालाई तिलहरी उपहार दिएका छन् । उनले भने- ुबिवाहको समयमा तिलहरी दिन पाईन्ा गत वर्ष चाँहि उपहारकै रुपमा उनलाई त्यो पनि दिँए ।"

प्रेम शुरुमा लोकिचोरीनैं भयो । डेटिङ्मा गएको खासै याद छैन अर्चनालाई । जेसीजको नेतृत्व पङ्तीमा थिए सुवास उनीहरुको प्रेमले आकार लिईरहँदा । अर्चनालाई पनि जेसीजका कार्यक्रममा निम्ता गर्न थाले सुवास । त्यसै बेला दमक जेसीजले प्रेमका बिषयमा खुल्ला कविता प्रतियोगीताको अयोजना गर् यो बनभोज पनि लग्यो । त्यहाँ पनि सुवास र अर्चनालाई मनका कुरा आदन-प्रदान गर्ने अनुकुलन मिल्यो ।
दाहाल र भट्टराई परिवार दमक-१० का पुराना बासिन्दा हुन् । त्यसैले टाढा नगएका बेला भेट्न खासै मुस्किल हुने थिएन । झनै प्रेम दिवस कहिले आउँछ भनेर एक महिना अघि देखिनैं सुवास आँैला भाँच्ने गरेको सुवास सुनाउँछन् । तर अहिले प्रेम दिवसको महत्व घटे जस्तो भएको छ यो जोडीलाई । ुप्रेम दिवसमा म पनि उनी सँगै रहन्छु भन्ने त चाहना थियो तर व्यस्तताले दिएन ुसुवासले भने ।

सुवास-अर्चनाले एक धार्मीक स्थानमा बिवाह गरे । बिबाहका लागि छुट्ट्याएको ८ लाख रुपैयाँ सुवासले बिभिन्न सामाजीक कार्यमा खर्च पनि गरे । अहिले यो जोडीको एउटी छोरी छन् । अर्चना बैंककी जागेरी हुन् । अर्चनाको भनाई छ- ुनानी भए पछि त सवै मायाँ उतै खनिदो रहेछ पहिले छोरीका लागिनैं उहाँले पनि ध्यान दिनु हुन्छ ।ु प्रेम प्रस्ताव पहिले सुवासलेनैं राखेको अर्चना सुनाउँछिन् । प्रेम प्रसंगको कुरामा थोरै लजाएकी उनले भनिन्- ुउहाँले प्रस्ताव राखे पछि केहि समय पछि मैले पनि स्विकारेँ अनि बिस्तारै त्यसले बिबाहको स्वरुप लियो ।ु उनीहरुको बिबाह पनि त्यसबेला समाचारको बिषय बनेको थियो ।

बिदेशबाट भित्रिएको प्रेम दिवस संस्कारलाई देश-भुगोल सुहाउँदो बनाउन आवश्यक रहेको सुवासको भनाई छ । बिभिन्न व्यवासायको अनुभव संगाली रहेका उनी प्रेम दिवशमा हुने व्यवसाय पनि देश अनुकुल पार्न सुझाउँछन्- ु प्रेम दिवसका दिन लाखौं रुपैयाँको फूल र कार्डहरुको कारोबार हुन्छ कमसे कम हामीले प्रेम दिवशका लागि आवश्यक फूल स्वदेशमानैं उत्पादन गर्न सक्यौ भने धेरै नेपालीलाई आत्म निर्भर बनाउन सहयोग पुग्ने छ ।ु यस्ता दिनहरुले दाम्पत्य जीवनलाई अझ कसिलो पार्न र आत्मियता बढाउन सहयोग गर्ने यो जोडीको बुझाई छ ।
प्रस्तुती ः बिष्णु सुब्बा

दमकेली कान्छाको बिहे - हाङ्ग्देवा डट कम

देवेन्द्र भट्टराई
अन्ततः कान्छाले बिहे गर् यो ।
ुकोही रिसाउँदा हानी नहुने र खुसाउँदा फाइदा नहुनेसँग डराउनु पर्दैन…।ु बिहे गरेलगत्तै गाउँमा भेटिएका निकटस्थ भट्टराई पण्डित माल्दाइले संस्कृत श्लोक सम्झन सकेनन् । बरु नेपालीमा यो भावार्थ मात्रै सुनाए ।
हो यसपाला कान्छाको बिहा प्रकरणले धेरैजना रिसाए थोरै मात्रै खुशाए । उमेरमा ३० नाघेपछि कान्छाले एउटा नसोचेको साइतमा बिहा गर् यो । परमपूज्य पिताजीको श्राद्ध-कर्म गरिरहेका बेला ुकान्छा बिहा कहिले गर्ने ु भनेर जिज्ञासु बन्ने पुरेतहरु आकस्मिक बिहाको खबर सुनेपछि ुकान्छाले जीवनमा आत्मसमर्पण गर् योु भन्दै खुशीमा उपि्रुए भने कान्छाको आश गरेर बसिरहेका केही कान्छीहरु भने लास्टै रिसाएको खबर समेत आयो । एउटा कुरा के भने यो काठमाडौं शहरमा मानौं शान्ती प्रकृया संविधान लेखन वा हतियार व्यवस्थापन कुनै समाचारका बिषय रहेनछन् भनेजस्तो भयो । यो कान्छाको बिहाको खबर सुनेर अफगानस्तानको काबुलमा बसेर जर्मन समाचार संस्थाका लागि ुखबरीलालु काम गरिरहेको मित्र सुवेल भण्डारी हाम फालेर काठमाडौं खाल्डो आइपुगे । र सर्वहारा टाइपको बिहाको सानो पार्टीमा देखा पर्नासाथै कान्छाकी कान्छीतिर फर्केर उनले ऐलान गरे-ुभाउजू तपाई फस्नुभयो है…†ु
लौ मार् यो । यही मित्रसँग केही बर्षअघि अमेरिका भ्रमणमा गएका बेला सेक्स म्युजियमदेखि चाइनिज सेक्स-मार्केटसम्म धाएको सम्झना आँखामा झल्झली उत्रियो । कुरा गर् यो कुरैको दुःख ।
œ 
गएको दशैंमा दार्जीलिङतिर भेटिएका लेखक आइबी राईले गजबको किस्सा सुनाएका थिए । ुअन्ता कान्छा भाइ-मेरो त पुच्छर काटिएको बहुत साल भयो नि…हिसाब गर्दाउँदी ६० बर्ष पुगेछ पुच्छर निमोठेको…†ु उमेरमा ८४ नाघेका आइवीको कुरो थियो ।
लेखनमा आयाम र लिलाका अनेक कुरा गरिरहने आइवीको यो ुपुच्छर-प्रकरणु बुझ्न निकै कठीन पर् यो । कुरोको चुरो पहिल्याउन नजिकै उभिएको कान्छाले सोधीहेर् यो-ुयो कस्तो पुच्छर होला सर ु
अनि कुरा निस्कियो पुराण-बाचन शैलीमा । ुकुरा उहिलेको हो । एउटा छुद्रमतिको श्याल घना जंगलमा उपि्रुपाप्रुी गरिरहेको रहेछ । के-कसो गर्दा एउटा रुखको कापमा उसको पुच्छर अड्किएर च्वाट्टै चुँडिएछ । ओहो अब के गर्ने कसोकसो झारपात बुट्ट्यानमा लुकीवरी धेरै दिनपछि त्यो पुच्छरको कापमा उछ्रेको घाउ निको भएछ । अनि फेरि आफ्नै हुल र बथानमा मिसिनैपर् यो । तर के गर्नु र हुलमा भेटिएका अन्य श्याल दाजुभाइ-दिदीबहिनीहरुले पुच्छर बिनाको लिँडे आफन्त देखेपछि खिल्ली उडाउनु उडाएछन्- उफ्…यसको त पुच्छरै छैन लौ हेर है… पुच्छरै छैन ।ु
तब पुच्छर चुँडिएको श्यालले आइडिया निकालेछ समावेशी आइडिया । ुहे दैब † तिमेरुलाई के थाहा र यसरी पुच्छर भएन भने भुईमा सरक्क बस्न पनि सजिलो हुन्छ जुरुक्क उठ्न पनि उस्तै काइदा हुन्छ । तिमेरु मुर्खहरुलाई के भन्नु र ख्वै …††ु

अनि ुहोला ता निु भन्दै जंगलमा रहेका सबै श्यालहरुले खुरुखुरु एकअर्काको पुच्छर चुँडाउने काट्ने अभियानै थालेछन् । कुरा यत्ति हो । तर कुराको सार भने गहिरो निस्कियो । यो ुविवाहु भन्ने जिनिस ठ्याक्कै यस्तै रहेछ आइबी सरका अनुसार । यो समाजमा बिहा नगरी बस्यो भने र आफूलाई ुसाधु-सन्त-कुमार-राधेराधेु भनेर चिनाउन थाल्यो भने घरजम गरिसकेकाहरुले हुर्मत लिनु लिँदा रहेछन् । प्राणपखेरु उड्नु अघिल्लो दिनसम्म पनि ८४ नाघिसकेका सन्त नेता किसुनजीलाई हुने-नहुने अनर्गल बात लगाए झैं †
यो स्याल-किस्सा सुनिसकेको रहेछ अहिले अमेरिकी एनआरएन बनेको मित्र साजय घिमिरेले । कान्छाको बिहाको हल्ला सुनेर अमेरिकाको क्यालिफोर्निया शहरबाट एकसाँझ साजयले फोन गर् यो । र धेरै बर्षपछि खुलेर हाँस्न पाएकोमा अझ हाँस्दै उसले भन्यो-ुए कान्छा तिम्रो पनि पुच्छर काटियो है अब…तिमी पनि मजस्तै भयौ…हेहेहे…ु
œ 
ुआफ्नो दुःखमा भन्दा अरुको सुखमा चिन्तित बन्नु शायदै एक खालको मानव-स्वभाव पो हो कि कुनैदिन कान्छाले बिहे गरेको खबर सुनेमा दुइवटा खशी काटेर छरछिमेकमा भोज लगाउने ऐलान पनि यो शहरमाझ सुनिएकै हो । कान्छाले बिहा गरेको दिन आफैं सहनाइ बजाउँदै चक्रपथको सडकै-सडक कुद्ने उद्घोष पनि यतैकतै सुनिएको हो । तर त्यो दिनमा कसले कति खशी काटे अथवा को सडकमा दौडन निस्किए- त्यसको भने हेक्का मिल्न सकेन । सुनिएअनुसार खशी काट्ने ुफर्मानु चलाउनेहरुले अन्तिममा बोइलर कुखुरो काटेर मनशान्ति गराएर रे भन्ने सुनिएको थियो ।
हो कान्छाको बिहाको खबर भुसको आगोसरी फैलिसकेको थियो । पुर्वेली पिपुल्स टाइम्सदेखि पुर्व सन्देशसम्म दनादान कान्छाको बिहाका बिज्ञापन छापिन थालेका रहेछन् । दमक बजारमा आयुर्बेद उद्यम गर्ने गणेश न्यौपानेदेखि बिर्तामोडमा मसला उद्योग धानेर बस्ने सुवास खतिवडासम्मका फोनहरु तारन्तार आइरहेका थिए । एकदिन दमकको संगम स्वीट्समा भेटिए भाङबारी स्कुलका केही पुरुष शिक्षकहरु । पुराना जानीमानी कमल शिवाकोटी सर पनि पुच्छर काटिएका अर्का ुछिप्पट-श्यालु रहेछन् जो जीवनको गुढ कुरा भन्दै थिए-ुउफ् † यो बिहा श्रीमती छोराछोरी भनेको समुद्र रहेछ है साथीभाइ हो बहुत अपार समुद्र । म भन्दैछु नि- त्यहाँ मोती भेटिएला भनेर पौडन थालेको यत्तिका बर्ष भयो तर के भेटियो त भनेर भन्दा म भन्नै सक्दिन है…।ु
ओहो † कान्छाको बिहाको खबर खोसेलाको राँकोसरी माथि चपेटी ढुकुरपानीतिर पनि पुगेको रहेछ । अर्को एउटा साइतमा ढुकुरपानी नाकाको लाल-द-बाबु लालबहादुर खतिवडा निवासमा सम्साँझै फायर-क्याम्प सुरु भयो । त्यहाँ जानीमानी पात्रहरु भेटिए तर अधिकांस भने पुच्छर काटिएका श्याल झैं हतास-उदास लाग्थे । तीमध्ये पशु डाक्टर कु।ख।कुमार खड्काको कुरा निकै गतिलो थियो जीवन-व्याख्याको कुनै नयाँ सिद्धान्त पहिल्याए झैं । दुइ छोराछोरीका बा भैसकेका ३० बर्षे कु।ख।sाे जीवन निचोड आफ्नै काइदाको थियो उनी लाल-द-बाबुको घन्सीघारीतिर हेर्दै एकसुरमा भनिरहेका थिए-ुसुन साथी हो बिहा नगरीन्जेल हामी दुइखुट्टे मान्छे हौं । बिहापछि हाम्रा चार खुट्टाश्रीमान-श्रीमतीका गरेर हुन्छन् अनि हामी पशु बन्छौं । छोराछोरी भएपछि खुट्टा छ÷आठ हुँदै थिपंदै जान्छन् । अनि हेर्दाहेर्दै माकुरो पो होइन्छ है साथीभाइ हो । म चाहीं त्यही माकुरोजस्तो जालोमा तुन्द्रु्रङ्ग उनिएर संसार हेर्दैछु है…यो कुरो कसले कत्तिको बुझेको छ कुन्नि म भन्दैछु नि…साला यो माकुरो जिन्दगी…ु
होश-बेहोस जे-जता र जसरी बोलेको भएपनि डा।sुखको कुरो मर्मभेदी थियो । लाल-द-बाबु निवासमा भेला भएका कुख सुख जयराज टाइसन माल्दाइ निर्मला भाउजुसहितका आफन्तजनहरुले लाल-द-बाबु निवासमा बोलाएर कहींकतै यो कान्छालाई ुपशु-उपमाु पो दिन लागेका रहेछन् कि जस्तो भान पनि पर् र्यो । तर जे होस् कुरो भने निकै ुटेसिलोु थियो ।
œ 
ुटपाईंले जे गर् यो ठीकै गर् यो । यहाँ बट्टी छैन पानी छैन पेट्रोल छैन ग्याँस छैन । सपना छैन बिपना छैन । अनि के छ त भन्दाखेरि दिनरात हरदम लोडसेडिङ् छ अनि टपाईसँग साथमा कान्छी छ । हेहेहे… लौ लौ जे गर्नुभो ठीकै गर्नुभोुउमेरमा ७० नाघेका कान्छाका बृद्ध सहकर्मी चेतबहादुर िसंहले भनेको कुरामा पनि दम थियो । तर लोडसेडिङ् र कान्छीभन्दा पर्तिर पनि दुनियाँ छ भन्ने हेक्का चेत दाइको चेतनाले भुलीपठाएछ क्यार ।
ओहो † पाटन बखुम्बहालका अष्टमान दाइको पसलबाट ग्याँस सिलिन्डर ल्याउनु छ ढोकैमा क्याफे पर्तिरबाट अक्वा पानीको जार ल्याउनु छ । महाबौद्धबाट कुचो र काँटा-चम्चा ल्याउनु छ । केदारभक्त माथेमा सरकहाँ गएर एभोकाडो फल ल्याउनु छ कुमार आलेकहाँ गएर भीरमौरीको मह । मदन राईले रतन्छा खोटाङको स्कुस ल्याइदिएको छु भन्थे । टेकबीर मुखियाले मुँग दालको पकौडा खान बोलाएका छन् । बीना गुरुङ म्याडमले रायोको डुकु हालेको बँदेलको शिकार खान निम्तो दिएकी छिन् । गणेश रसिक भने इलामे चिया र बम्बइसन लिएर आउने भएका छन् रे । पवित्रा नेपालले सिन्की र अकबरे अचार पठाइदिएकी रहिछन् । चाचा क्याफेको बुद्धले त्रिशुली फिस्लिङका माछा खान बोलाएको बालायै छ क्यारे । अझ आफ्नै कान्छीको फर्माइसमा होनोचाबाट पिरो आलु र बारा किनेर ल्याउनै छ । संगम स्वीट्सको मिल्क-केक फर्माइसमा छँदैछ । साँच्चै अब भने यो जिन्दगी अनेक ुथोक खुद्रा र होलसेलु जिनिसको जोहो गरेरै बित्ला जस्तो छ । ुऔर भि गम है इस दुनियामें मोहब्बत के सिवा…ु-उसै भनिएको रहेनछ कान्छालाई अहिले पुरापुर लाग्न थालेको छ ।
œ 
बिहा कर्मपछि गाउँखर्क घुमेर काठमाडौं खाल्डो छिर्न के पाएको थियो कान्छाको मोबाइलमा एउटा सन्देश खुत्रुक्क आइपुग्यो । जीवनदेखि साँच्चिकै हत्तुहैरान बनेका बीरगंज घर भएका ती आफन्त गिरिश गिरी अरु धेरै कुराहरुमा निराश देखिएपनि कान्छाको बिहाको खबरमा भने निकै प्रफुल्ल लाग्थे । तिनको एसएमएसले भन्थ्यो-ुलौ है हामी दौडिरहेको यो शहीद-मैदानमा तिम्लाई पनि स्वागत छ है कान्छा… राधेराधे…†ु
उफ † जिन्दगीको नयाँ मोड रोजिएको यो घडीमा उदासी र हैरानीका यति बिध्न पात्रहरु गौंडैपिच्छे किन भेटिएका होलान् बरु संगीतकार अम्बर गुरुङले ुस्याबास कान्छा र कान्छीु निबन्धमा लेखेजस्तो स्याबासी पाउने गुढ-मन्त्र पो पढीटोपल्नु पर् यो जस्तो लाग्यो । हो पनि निकै रोमान्टिक सुरुवात भेटियो निबन्धमा । एउटा रमाइलो लोकगीतको सुरुवात छ यसमा अनि व्याख्या छ यस्तो-ुरोमान्टिक धारामा रचिएको यो गीतको दुइ लाइनमा मात्र पनि इतिहास र संस्कृतिको संरचना भने प्रसस्त मात्रामा पाइन्छ । जस्तो- कान्छा र कान्छी भन्नाले केटापट्टिका प्रेमी ुकान्छाु र केटीपट्टिका प्रेमिका ुकान्छीु भएकी हुनुपर्छ अथवा त्यसो नभएर कान्छाका अरु जेठी माइली सँगीहरु भएपनि अन्तिम प्रेयसी भने ुकान्छीु नै हुनुपर्छ । ुवनको वाटोु भन्नाले सबै िहंड्ने मूलबाटो नभएर जङ्गलको बाटो समातिएको हुनुपर्छ । फेरि लालटिनै बालेर अहिले जारी लोडसेडिङ्सँग मिल्दो भन्नाले दिन नभएर रात नै भएको हुनुपर्छ…।ु
अब अम्बरले छानेको लोकगीततिर लागौं । त्यो गीतको मुखडाले भन्छ-
ुकान्छाले कान्छीलाई लग्यो
वनको बाटो
लालटिनै बालेर…ु
जबलनमभधब२नुबष्ि।अयु

अधुरो नहोस यसपालीको प्रेममय दिवस - पहिलो लेख

ओम प्रकाश गौतम
आज फेब्रुअरी १४ अर्थात"भ्यालेन्टाइन डेू" यानेकी "प्रेम दिवशू" । युवा-युवती एक अर्का प्रति चिराजीवि सम्म प्रेम अभिव्यक्त गर्ने दिन । ूभ्यालेन्टाइन डेू को प्रोमो यस्तो आकार प्रकारको छ । जुन पानको पातको आकार अर्थात पानाको आकारमा जीवन र मरणसँग साइनो गाँस्ने लामो तीर बीचमा रोपिएको छ । वास्तवमा त्यो तीर भनेको मैले र तिमीले यस्तो निश्चल माया एक अर्कामा गाँसेका छौ कि यदि हाम्रो पवित्र प्रेमको डोरीलाई कसैले टुक््रयाउन खोज्दछ भने त्यसलाई यहीँ पानाको तीरले रोपी दिन्छौँ भनेर सच्चा प्रेमका अनुयायीहरुको प्रतिकात्मक चिन्हको सन्देश हो त्यो । त्यो चिन्ह भित्र साँचो माया लाउने सङ्गीनीको लगनगाँठो बाँध्दछन् भने जसले क्षणिक स्वार्थमा यौन आनन्दको रस चुसिसकेर तृप्तिको स्वाद लिन्छ । उसले प्रेमको नाटक गरेर नक्कली प्रेमको बाचा-बन्धन बाँधेर नारी या पुरुषले प्रेम शब्दलाई सदा सर्वदा घृणाको उपभोगीय वस्तु बनाएर आनन्दमयी संसारलाई अन्धकारमय बनाइ दिएका हुन्छन् । यथार्थमा त्यो प्रेम भनेको सक्कली होइन त्यो नक्कली प्रेम हो ।
आज ूप्रेम दिवसू मनाउने बहानामा हाम्रो नारी अर्थात दिदी÷बहिनीहरु पुरुष वर्गका लागि अस्थायी साधन बन्न पुगेका छन् । एक दिनको यौन प्यासले मानवीय शरीरको अङ्ग प्रत्यङ्गमा बिजारोपण भएका बीजहरु अंकुर् याउँदै कालान्तरमा दुई जीउकी भए पश्चात पुरुषले प्रेमदिवस मनाउँदा अङ्कमाल गर्दाका क्षणमा तिमी मेरी अर्धाङ्गिनी हौ । म तिम्रो राजा । तिम्रै दिलको राजकुमार मेरी एक मात्र सपनाकी सुन्दरी भनेर गरेका बाचा र बन्धन अनि सुख स्मृतिका सपनाहरु बिवाह बन्धनमा नबाधिँदै नारीको अस्मिता लुटेर भागेका तितो यथार्थ हाम्रो समाजमा विद्यमान छ । यो विकृति र बेथिति र कुसंस्कारको अन्त्य कसले गर्ने अब
अरुले गर्ने होइन अब । यसको अन्त्य तपाई हामी नारी पुरुषले गर्नै पर्दछ । आज सरकारले सुरक्षित रुपमा गर्भपतन गर्न पाउने अधिकार दिएको हुनाले विद्यालयमा अध्ययन गर्ने देखि उच्च माध्यमिक तहका युवायुवतीहरु सानै उमेरमा एक अर्काबीच असुरक्षित रुपमा यौन कि्रडा गर्दै पछिको परिणाममा पश्चातापमा परेको इतिहास हामी सामु छर्लङ्ग छ । यतिमात्र होइन ूकहीँ नभएको जात्रा हाँडी गाउँमाू भनेझैँ आज हाम्रो देश नेपालमा नेपाली चलचित्रका कथाका परिदृश्यहरु नै अश्लील किसिमको छ । नायक र नायिका बीचको यौन सम्बन्ध एक अर्काबीचको शरीरको अङ्ग प्रदर्शन र चुम्बनले हाम्रा छोरा छोरी÷दिदी बहिनीहरुलाई दिनानुदिन बिगार्दै गएको बेथिति विद्यमान छ ।

हाम्रो दृष्टिमा सबै नेपाली कथानक चलचित्र खराबै-खराब मात्र छन् भन्न खोजेको चाहीँ होइन । कति सकरात्मक सन्देश दिनेछन् भने कति नकरात्मक । यिनै सन्देश दिएर चिन्तन चाहीँ सकरात्मक राख्नुपर्दछ भनेर कथाकारले घच्घच्याएका हुन् । तर हामीले बुझेपनि हाम्रा स-साना बाल÷बालिकाले ठीक उल्टो बुझिदिएका हुनाले प्रेम शब्द कालान्तरमा गएर गलपासो बन्न पुगेको अवस्था छ विद्यमान अवस्थ्ाा ।
यतिमात्रै कहाँ हो र विज्ञान तथा प्रविधिको उच्चतम वर्तमान अवस्थामा आएर मोबाइल तथा फेसबुकमा पनि अर्धनग्न प्रतिबिम्ब तथा यौन सम्बन्धी नक्साहरु एक व्यक्तिबाट अर्को व्यक्तिको मोबाइलको इन्बक्समा अश्लील चित्रहरु पठाएका म्यासेज हामीले देखेका छौँ । यस्ता दिवसहरुमा सम्बन्धित नेटवर्क कम्पनीले छाडा तस्बीरको इन्टरनेट बन्द नगरे प्रेम दिवसमा छाडा संस्कृतिले जरो गाड्नेछ । जसको खबरदारीको संवाहक शक्ति भनेको नै तपाई हामी सचेत तथा सजग वर्गहरु नै हौँ । आज जति-जति सामाजिक प्राणीहरु बीच एक प्रकारको माया र प्रेमको अनुराग झाँगिदो छ । जति-जति प्रेममय भए पनि कलुष आत्मामा व्यभिचारी गुणले नर-नारीको जिवन ओइलाएर जाँदै गरेको अवस्था विकराल छ । यसरी नै प्रेममय पर्वको वर्ष हरेक वर्षको फेब्रुअरी १४ मा भएता पनि प्रेम गर्ने प्रेमी-प्रेमिका बीच त्यत्तिकै वैमनस्यता उत्पन्न हुँदै गएको छ । खास गरीकन प्रेमको सम्बन्ध सुमधुर बनाउन युगल जोडीबीच त्याग समर्पण र विश्वासको मनोभावना एकअर्काबीच युगौँयुग सम्म रहन आवश्यक हुनुपर्ने हो तर यहाँ साँचो प्रेम गर्नेहरुको समूह गन्तीमा छन् भने झुट्टा प्रेम गरेर जीवनलाई आत्महत्या विष सेवन गर्नेहरुको हुल अनगिन्ती छन् । यो आफैमा प्रेममय संसारको उल्टो सद्भाव हो भनेर भन्न सकिन्छ ।
त्यसैले यदि तपाई युवा-युवतीहरु साँचो र निष्ठापूर्वक एक अर्कालाई मायाको बन्धनले सदासर्वदा आफ्नो प्रणयी बनाउँदै ूप्रेमदिवसूमा डेटिङमा जानु हुँदैछ भने स्वार्थ र व्यभिचारलाई त्यागीदिनुहोस् अनि प्रेमको कसम खानुहोस् कि भविष्यमा तपाई युगल-जोडी विपनाको श्रीमान्÷श्रीमती बन्नु परोस् । साँचो अर्थमा यो एउटा ूभ्यालेन्टाइन डेूको अर्थको विरुप अर्थ नहुन सक्छ । प्रेममा जात-भात हुनु हुँदैन । गरीब-धनी वर्गको सीमा हुनुहुँदैन । स्वच्छ भावनाले गरेको प्रेम नै सुखमय र आनन्दित हुन्छ । आखिरमा जन्मदा नग्न भएर नै मानवको जन्म भएको हो-मर्दापनि घाटमा नग्न भएर नै यो देहको अवसान एक दिन हुनेछ । यसरी नै एक अर्काबीच प्रेमालाप शुद्ध भावनाले गर्दै जाऔँ । आफ्नो यो अमूल्य शरीरलाई देह त्याग नगरौँ । जय भ्यालेन्टाइन डे ! जय प्रेम दिवस !!

योद्धाहरुको अपेक्षा जनयुद्धको सम्झना - सम्पादकीय

माओवादी सशस्त्र विद्रोह थालनी भएको १६ औँ वर्ष पूरा गरेर १७ औँ वर्ष प्रवेश गरेको छ । २०५२ फागुन १ गते तत्कालीन संसदीय व्यवस्थामा आफ्ना राजनीतिक मागहरु सम्बोधन नभएको भन्दै सशस्त्र विद्रोह गर्न जङ्गल पसेको माओवादी जत्थाले नेपाली राजनीतिक इतिहासमा १० वर्ष युद्ध र वैचारिक राजनीतिक अभ्यास जङ्गलमै गरेको थियो । मध्यपश्चिमााचल क्षेत्रबाट फौजी आक्रमणको रणनीति सहित सत्ता कब्जाको साम्यावादी क्रान्ति थालेको नेपालको माओवादी पार्टीले चीनिया कम्युनिष्ट क्रान्तिको सफलतापूर्ण विरासतलाई नेपाली राजनीतिक मौलिकतामा नयाँ तरङ्गका साथ घोल्ने गरेको वास्तविकता लुकेकॊ छैन राज्यनीतिमा ।
कम्युनिष्ट क्रान्तिका रुस चीन भियतनाम लगायतका कम्युनिष्ट पार्टीहरुको हाँकेका क्रान्ति र युद्धहरुको विजयी धंधगीबाट नेपाली राजनीतिमा थालिएको माओवादी विद्रोहले १० वर्ष सम्म मुलुकको राजनीतिमा सबै खाले प्रभाव पारेको छ । पश्चिमबाट शुरु आन्दोलन मुलुकभर आगोको फििलंगोको रुपमा सल्कियो र डढेलो समेत लाग्यो । एक ढङ्गले नेपालको राजनीतिमा खागको स्थिति उत्पन्न भएको वास्तविकतालाई सबै पक्षले स्वीकार गर्नुको विकल्प छैन । १४ हजार मानिसको ज्यान १० वर्षे विद्रोहका क्रममा गएको र असंख्य मानिस बेपत्ता अवस्थामा छन् जसका बारे राज्य र स्वयम् माओवादी पार्टी स्पष्ट हुन सकिरहेको छैन ।
जनआन्दोलन ०६२÷६३ को राजनीतिक उथलपुथलमा अदृष्ट तर महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक शक्तिका रुपमा देखिएको माओवादीका लागि १० वर्षे सशस्त्र युद्धको अनुभव र उपलब्धी त्यति मात्र सीमित नरहेको स्पष्ट छ । ऐतिहासिक संविधानसभा निर्वाच्न २८ चैत्र २०६४ मा मुलुककै ठूलो हैसियतको आकार लिने गरी माओवादी पार्टीका पक्षमा जनमत प्राप्त हुनुले पनि १० वर्ष सम्म मुलुकको आमूल परिवर्तनका लागि सशस्त्र संघर्षले खेलेको भूमिका उल्लेखनीय मान्नै पर्दछ ।
शान्ति प्रकि्रयामा जनआन्दोलनको सफलतासँगै अवतरणको यात्रा थालॆको माओवादीको १० वर्षे सशस्त्र संघर्षको भौतिक र फौजी कार्वाहीका शृङ्खला इतिहास बनेका छन् । तर वैधानिक विधिवत र मनोवैज्ञानिक तवरले भने १० वर्षे सशस्त्र विद्रोहको बैठानका लागि अझै केही प्रकि्रयागत विषय र आधारभूत पक्षहरु बाँकी नै छन् यो यथार्थ हो । संघर्षका दौरान जनताका मुक्तिका लागि विद्रोही जत्थाका सैनिक बनेर लडेका लडाकुहरुलाई यतिबेला भ्रमित उज्यालोको खेती गर्नेहरुले अन्धकारपूर्ण भविष्य तिर धकेलिरहेका छन् ।
शान्ति प्रकि्रयालाई टुङ्ग्याएर दीगो शान्ति स्थापनाका लागि प्रयासहरु गरिनुपर्दछ । यस्ता थुप्रै किसिमका प्रयासहरु भएका छन् र भइरहने पनि छन् । तथापि शान्ति प्रकि्रयाको नाउँमा माओवादीका लडाक्रहरु माथि जे-जसरी र जे-जस्ता किसिमले धोकापूर्ण कार्यहरु भइरेका छन् यो कुनै पनि हालतमा स्वीकार्य विषय हुन सक्दैन । मुलुक र जनताका मुक्तिका लागि लड्ने योद्धाहरुको अवमूल्यनले मुलुकको दीगो शान्ति र समृद्धि सम्भव छेन । जनयुद्धको वर्षगाँठ मनाइरहँदा जनयुद्धको दीयोमा तेल थप्ने योद्धाहरुलाई उपेक्षा गरिरहे सम्म जनयुद्धको महत्व माथि प्रहार भइरहने छ ।