फागुन ४ सम्मको अल्टिमेटम - उपमुख्य समाचार

स्वेच्छिक अवकास रोजेका माओवादी सेनाको पहिलो डिभिजनका लडाकुहरुले आगामी फागुन-४ गते सम्ममा चेक अनुसारको सवै रकम फिर्ता नदिए स्सशक्तू आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पहिलो डिभिजन अन्तर्गतका ३ सय भन्दा बढि लडाकुको रकम डिभिजनले लगेको बताए । जनमुक्ति सेना प्रथम डिभिजन संघर्ष समितिका सायोकज पूर्णबहादुर लिम्बूले लडाकुको भागमा २५ हजार रुपैयाँ छोडेर बाँकि सबै रकम डिभिजनलेनै लगेकेा दाबी गरे ।
संघर्ष समितिका सहसंयोजक रामकुमार लिम्बूले स्जनयुद्धका योद्धाूहरुको त्यागलाई पैसासँग साटिएको र त्यसको सम्मानका लागि दिईएको पैसा समेत जवरजस्ति खोसिएको गुनासो गरे । आफुहरुलाई पैसाको लोभ नभएको र यदि आफूहरुलाई पैसा दिँदा शान्ति प्रकृयामा बाधा पुग्ने भए आफूहरु सबै पैसा राज्यकोषमा बुझाउन समेत तयार रहेको उनको भनाई थियो ।
बिशेष समिति मार्फत् आफ्नो खातामा २ लाख २५ हजार पाए पनि
डिभिजनले २५ हजार रुपैयाँ बाँकी राखेर सबै रकम लगेको स्वेच्छिक अवकाश रोजेका सुन्दर शेर्पाले बताए । पत्रकार सम्मेलनमा अर्का लडाकु प्रदीपकुमार श्रेष्ठले सर्वहाराका नाममा राजनीति गर्न सिकाउने पार्टीले आफूहरुले पाउनुपर्ने रकम खोसेर नवसामन्तवादको सृजना गरेको आरोप लगाए । पहिलो डिभिजनका ७ सय १ लडाकुले चेक पाए पनि ३ सय भ्ान्दा बढिको रकम चेक मार्फत नै खोसिएको संयोजक लिम्बूले दाबी गरे ।

0 प्रतिकृया:

Post a Comment