हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

भारतीय कुटनीतिज्ञ विवादमा – मुख्य समाचार

नेताहरुले भने–‘मेहताले मर्यादा नाघे’

काठमाडौं, ६ जेठ/प्रमुख तीन दलले कुटनीतिक मर्यादा विपरीत काम गरेका बिरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहतालाई फिर्ता पठाउन पहल गर्न सरकारसँग आग्रह गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको माओवादी, कांग्रेस र एमालेको संयुक्त बैठकले मेहताको गतिविधिप्रति कडा आपत्ति जनाएको छ । बैठकपछि माओवादी उपाध्यक्ष तथा उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुटनीतिक नियोगका कर्मचारीको आपत्तिजनक अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारको ध्यानाकर्षण गराइने बताए । मेहताले बुधबार राति बारा र पर्साका केही स्थानीय नेताहरुसँग अनौपचारिक रात्री भोज गरेर ‘मधेसका लागि लड्न’ आग्रह गरेका थिए । उनले स्थानीय राजनीतिक नेतृत्वलाई आन्दोलनका लागि उक्साएको समाचार शुक्रबार सार्वजनिक भएपछि तीनदलले त्यसप्रति कडा शब्दमा आपत्ति जनाएका हुन् ।
यसैबीच काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता अपूर्वा श्रीवास्तवले एक प्रेस विज्ञप्ति मार्फत उक्त समाचारको खण्डन गरेकी छन् । उनले समाचार गलत र तथ्यहीन भएको दावी गरेकी छन् । उनले यस्तो समाचारले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई कमजोर बनाउने उल्लेख गरेकी छन् ।
यस्तै एमालेले कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिने भारतीय महाबाणिज्यदूतावासका कर्मचारी एसडी मेहतालाई फिर्ता पठाउने पहल गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष झलनाथ खनालले पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले मेहताका अभिव्यक्ति उत्तेजक र नेपाललाई द्वन्द्वतिर धकेल्ने खालको भएको निष्कर्ष निकालेको जनाएका छन् ।
अध्यक्ष खनालले विज्ञप्ति जारी गर्दै कतिपय भारतीय कुटनीतिज्ञहरुले नेपालको  आन्तरिक र राजनीतिक मामिलामा अनावश्यक र हस्तक्षेपकारी रुची देखाएको उल्लेख गरेका छन् । यस्ता गतिविधिप्रति भारत सरकार समक्ष आपत्ति जनाउन खनालले सरकारसँग माग गरेका छन् । कर्मचारी मेहताले स्थानीय राजनीतिक व्यक्तिहरुलाई भेला गरी मधेसी आन्दोलनको आँधीबेहरी सिर्जना गर्न उक्साएका थिए । उनले भने –‘मधेसलाई टुक्रा पार्दा आफ्नो कलेजोलाई नै टुक्रा पारे जस्तो भएको’ अभिव्यक्ति दिएका थिए ।
यसैबीच एमाले भातृसंगठन युवा संघ र अनेरास्ववियुले शुक्रबार भारतीय राजदूतावासमा विरोधपत्र बुझाएका छन् । अनेरास्ववियुकी उपाध्यक्ष नविना लामाका अनुसार मेहताका अभिव्यक्ति विरुद्ध भातृसंगठनले राजदूतावास अघि केही बेर नारबाजीसहित प्रदर्शन गरेका थिए ।
विरोधपत्र बुझाएपछि होटल एम्बेसडर अगाडि भातृसंगठनले कोणसभा गरेका थिए । कोणसभालाई युवासंघ अध्यक्ष महेश बस्नेत र अनेरास्ववियूका अध्यक्ष माधव ढुंगेल लगायतले सम्बोधन गर्दै कुटनीतिक मर्यादा विपरीत काम गर्ने कर्मचारीलाई नेपालमा नराख्न चेतावनी दिए ।
यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहालले बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी एस डी मेहताले दिएको अभिव्यक्त बारे स्पष्ट पार्न नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलाई आग्रह गरेका छन् ।
दाहालले शुक्रबार राजदूत जयन्तप्रसादलाई आफ्नै निवास लाजिम्पाटमा बोलाएर भारतीय कर्मचारी मेहताले नेपालको आन्तरिक मामलामा किन चासो राखेका हुन् त्यसबारे स्पष्ट पार्न अनुरोध गरेका अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
राजदूत जयन्तले महावाणिज्य दूतावासका कर्मचारीले  के भनेका हुन् सो बारेमा बुझेर जानकारी गराउने बताए ।
यसैबीच युथ फोर्स झापाले समेत बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक कन्सुलर एसडी मेहताको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । युथ फोर्सका जिल्ला संयोजक प्रत्युस आजाद रानाले शुक्रबार विज्ञप्ति जारी गरी मेहतालाई तुरुन्त फिर्ता पठाउन समेत माग गरेका छन् ।

भारतले स्वीकारेन

नयां दिल्ली/नेपालस्थित आफ्ना एक जना कूटनीतिज्ञले मधेशमा आन्दोलनका लागि राजनीतिक दलहरुलाई उक्साएको भनी आएका खबरहरु भारतले अस्वीकार गरेको छ ।
‘सञ्चारमाध्यममा आएका खबरहरु भ्रामक एवम् गलत छन् । त्यस्ता खबरले नेपाल र भारतबीचको मैत्री सम्बन्धबाट ध्यान मोड्न खोजिएको छ’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अक्रबुद्धिनले केहि सञ्चारकर्मीसंग भने ।
अक्रबुद्धिनले स्थायी, प्रजातान्त्रिक र समृद्ध नेपाल स्थापनाका लागि संविधान निर्माण प्रकृयालाई साथ दिन भारत प्रतिवद्ध रहेको पनि प्रष्ट्याए ।  तीन ठूला दल माओवादी, कांग्रेस र एमालेले  विवादास्पद कूटनीतिज्ञको फिर्तीका लागि माग गरेको प्रसंगमा भारतले के गर्छ भनी सोधिएको प्रश्नमा उनले प्रतिकृया जनाउन चाहेनन् ।
यसैबीच भारत सरकारका सुत्रहरुले विवादमा परेका कूटनीतिज्ञ मेहताको कार्यावधि सकिएको र उनी दिल्ली फर्किन लागेको जानकारी दिए ।

संसद्को अवरोध हट्यो

काठमाडौ, ६ जेठ  /प्रधानमन्त्री बाबुराम भट्टराईको सम्बोधनपछि व्यवस्थापिका संसद्को अवरोध हटेको छ ।
प्रधानमन्त्रीले ११ प्रदेशको सहमति प्रारम्भिक भएको बताएपछि संसद् अवरोध गर्दै आएको बृहत् मधेसी मोर्चाले अवरोध हटाएको हो । संसद् सुचारु भएपछि संविधान जारी गर्ने प्रकृया छोट्याउन अन्तरिम संविधानको धारा ७० संशोधन गर्न बाटो खुलेको छ ।
संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेश विभाजन प्रारम्भिक भएको भन्दै  संसद् अवरोध नगर्न बृहत् मधेसी मोर्चालाई आग्रह गरेका थिए । उनले संसद् अवरोध हुँदा धारा ७० संशोधन गर्न नसकिने भएकाले गम्भीर हुन आग्रह गरे ।
११ प्रदेशको विरोधमा बृहत् मधेसी मोर्चाले संसद् अवरोध गर्न सुरु गरेपछि प्रधानमन्त्रीले संसद् बैठकमा सम्बोधन गरेका हुन् । ‘संसद् अवरुद्ध भए धारा ७० संशोधन गर्न सकिंदैन,’ उनले भने, ‘त्यसो हुँदा जेठ १४ मा संविधान जारी गर्न सकिंदैन ।’ अन्तिम अवस्थामा आएर संविधान जारी गर्न रोकेर इतिहासमा कलंकित नहुन उनले आग्रह गरे ।
प्रधानमन्त्रीको सम्बोधनपछि मोर्चाका उपेन्द्र यादवले प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहालले ११ प्रदेश बनाउने सहमति प्रारम्भिक भएको वचन दिएकाले अवरोध हटाएको बताए ।

पूर्वमन्त्रीको हात हालाहाल

मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का सभासद् एवं पूर्वमन्त्री अकवाल अहमद साह र पूर्वराज्यमन्त्री सुरिताकुमारी साहबीच संसद् भवनमै हात हालाहाल भएको छ ।
११ प्रदेश पुनर्विचार गर्न उपसमितिमा निवेदन दिन अकवालले हस्ताक्षर गरेकोमा आपत्ति जनाउँदै सुरिताले कुट्ने प्रयास गरेकी थिइन् । दुवैबीच हात हालाहालको स्थिति भएपछि अन्य सभासद्ले दुवैलाई छुट्याएका थिए ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा अकवाल कृषि मन्त्री थिए भने सुरिता सूचना तथा सञ्चार राज्यमन्त्री थिइन् ।

कुहिएको अवस्थामा शव

दमक, ६ जेठ/दमक–१९ मा शुक्रबार एक वेवारिसे शव कुहिएको अवस्थामा फेला परेको छ ।
रतुवा खोलाको किनारमा शरीरको तलको भाग केहिले खाएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्दाजी ४५ वर्ष जतिको जस्तो देखिने पुरुषको सो शव नगरपालिकाले अन्तिम व्यवस्थापन गरेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख हरी खतिवडाले जानकारी दिए ।

सद्भाव ¥याली गरिने

दमक, ६ जेठ/दमकका राजनीतिक दल तथा बिभिन्न सामाजिक संस्थाहरुले सद्भाव ¥याली गर्ने भएका छन् ।
नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय भेलाले आगामी जेठ–८ गते दमकको मुख्य चोकमा सद्भाव ¥याली गर्ने निर्णय गरेको हो । कार्यक्रम कांग्रेसका क्षेत्रीय सभापति शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको थियो । नेकपा एमालेका क्षेत्रीय अध्यक्ष राधाकृष्ण खनालले सञ्चालन गरेको कार्यक्रममा एकीकृत नेकपा माओवादीका क्षेत्रीय ईन्चार्ज गगन पुरीले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका राधा आचार्य, नेपाली कांग्रेसका महासमिति सदस्य पूर्णानन्द शर्मा, नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राई, लिम्बूवान मुक्ति मोर्चाका झापा अध्यक्ष देउकुमार नेम्वाङ्, नेपाल मानव अधिकार संगठनका पूर्वाञ्चल संयोजक डा. केपी सुवेदी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई, दमक जेसीजका अध्यक्ष प्रकाश अधिकारी लगायतले बोलेका थिए ।
सामाजिक सुव्यवस्था कायम गर्ने तथा आपसी भातृत्व बढाउने ¥याली व्यवस्थापनका लागि माओवादी, कांग्रेस र एमालेका ७÷७ जना प्रतिनिधि रहेको व्यवस्थापन समिति गठन गरिएको जनाईएको छ ।

चिया खेतीमा राते रोग

विष्णु सुब्बा
दमक, ६ जेठ/ झापाको चिया बगानमा राते रोग लागेपछि बोटहरु मर्न थालेका छन् । चियाको बोटहरुमा राते रोग र अलैची किरा लागेपछि चियाका बोटहरु मर्न थालेका हुन् ।
चियामा लाग्ने राते रोग नियन्त्रणका लागि समयमा औषधि उपलब्ध हुन नसक्दा चियाको डाँठसहित बोट समेत सखाप हुन थालेको दमकस्थित हिमालय महालक्ष्मी टि गार्डेनका महाप्रबन्धक कमलकुमार भारतीले बताए । समयमै चियाको बोटमा किटनाशक औषधि, सिँचाइको लागि पानीको सुविधा, मलखाद आदि उपलब्ध हुन नसकेमा चियाबगान धरासायी हुने भारतीले जानकारी दिए ।

उनका अनुसार ८ महिनासम्म पानी नपर्नाले जमिन सुख्खा भएको, विद्युत लोडसेडिङ् बढेको, इन्धनको मूल्य बढेको, किरा मार्ने केमिकल समयमा उपलब्ध हुन नसक्दा चिया उत्पादनमा समस्या आएको छ । सो चिया बगानमा ३ सय ६४ जना कामदार कार्यरत छन् भने उनीहरुलाई टि गार्डेनले दैनिक ज्याला वापत पाक्षिक रुपमा ८ लाख रुपैयाँ ज्याला रकम उपलब्ध गराउँदै आएको छ ।
गार्डेन अन्तर्गत चियामा वर्षमा २ पटक मलखादमा मात्र १५ लाख ७४ हजार रुपैयाँ र विषादीमा २० लाख रुपैयाँ खर्च हुँदै आएको छ । उत्पादन खर्चको तुलनामा बिक्री मूल्य कम भएको, कर तिर्नुपर्ने र सरकारी सुविधा हुन नसक्दा चिया बगान चलाउन मुस्किल पर्दै गएको भारतीको भनाई छ ।
९६ हजार हेक्टर चिया खेती रहेको झापामा वर्षेनी करिब १४ हजार ७ सय मेट्रिक टन चियापत्ति उत्पादन हुने गरेको तथ्याङ्क छ ।

मिरमिरेको कारोबार शुरू

दमक, ६ जेठ/ होटल तथा यातायात व्यवसायीहरुको अगुवाईमा दमकमा मिरमिरे वचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको छ ।
सहकारी संस्थाको शुक्रबार दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईले उद्घाटन गरेका हुन् । सो क्रममा उनले संघीय राज्यको राजधानी दमक बनाउने बहस चलिरहेका बेला नयाँ संस्थाहरुले पनि सो अभियानलाई सघाउन आग्रह गरे ।
संस्था उद्घाटन समारोहमा सहभागीहरु ।

सहकारी संस्थाका अध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक शेयरधनी कृष्ण धिमालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव चन्द्र खत्रीले गरेका थिए । संस्थामा उपाध्यक्ष तारा राई तथा कोषाध्यक्षमा अमृत निरौला रहेका छन् । यस्तै सदस्यहरुमा कल्पना तामाङ् घिमिरे, राजेश श्रेष्ठ र मनोहरी घिमिरे रहेका छन् । धेरै जसो संस्थापकहरु होटल तथा यातायात व्यवसायी रहे पनि सबै प्रकारका व्यवसायीहरुलाई वचत गर्न प्रेरित गर्ने उद्देश्यले संस्था स्थापना गरिएको संस्थापक शेयरधनी गंगा सिटौलाले बताए ।

मारवाडीले खोजे पहिचान

चन्द्रगढी, ६ जेठ/मारवाडी समुदायले नयाँ बन्ने संविधानमा आफूहरुको  पहिचान कायम हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय झापा मार्फत संविधानसभामा ज्ञापनपत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा मार्फत शुक्रबार संविधानसभा, प्रधानमन्त्री एवम् पाँच ठूला दलका प्रमुखहरुलाई पठाइएको ज्ञापन पत्रमा भाषा र जनसंख्याको आधारमा अल्पसंख्यक घोषणा गर्नुपर्ने, भेषभुषाका आधारमा पहिचान झल्किने अधिकार दिनुपर्ने र अन्य भाषा सरह मारवाडी भाषालाई पनि राष्ट्रिय भाषा बनाउनुपर्ने माग राखी ज्ञापनपत्र पठाइएको हो ।
सो ज्ञापनपत्र वेदप्रसाद अग्रवालको नेतृत्वमा बुझाइएको थियो । यसअघि झापाको बिर्तामोडमा जम्मा भएका मारवाडी समुदायका सयौं युवाले बिर्तामोड, चन्द्रगढी, भद्रपुर, धुलाबारी लगायत झापाका मुख्य शहरहरुमा मोटरसाईकल ¥याली र पुनः बिर्तामोडमा आएर कोणसभामा गरिएको थियो । सभालाई वेदप्रकाश अग्रवालले सम्बोधन गरेका थिए ।

एमालेमा पुनः कुँवर

महाभारा, ६ जेठ/नेकपाएमाले गाउँ कमिटी महभाराको अध्यक्षमा पुन ः गोविन्द कुँवर चुनिएका छन् ।
शुक्रबार सम्पन्न आठौं गाउँ अधिवेशनले पुन ः कुँवरलाई चुनेको हो । गाउँ कमिटीको उपाध्यक्ष  श्रवणकुमार गोप र सचिव नारायणप्रसाद खरेल रहेका छन् । कमिटीका सदस्यहरुमा गंगा खतिवडा, रामदल लाओती लगायत रहेका छन् ।
स्थानीय वालकल्याण माविमा भएको कार्यक्रममा पार्टीका झापा क्षेत्र नम्बर–६ का इन्चार्ज मदन अधिकारी प्रमुख अतिथी रहेका थिए । उद्घाटन शत्रमा क्षेत्रीय उपाध्यक्ष उमानाथ बराल, क्षेत्रीय सदस्यहरु कैलाश मास्के तथा भोजुलाल टुडू, बैगुनधुरा गाउँ कमिटी अध्यक्ष ध्रुव घिमिरे, अनेमसंघकी राधिका भट्टराई, वालकल्याण माविका प्रधानाध्यापक अच्युत नेपाल, पत्रकार मञ्च दमकका उपाध्यक्ष विष्णु पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सोमनाथ काफ्लेले गरेका थिए ।

योजना तर्जुमा तालिम

बिर्तामोड, ६ जेठ/जिल्ला विकास समिति स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (झापा) को आयोजनामा स्थानीय निकायको योजना तर्जुमा प्रक्रिया सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम गोलधाप गाविस भवनमा सम्पन्न भएको छ ।
वडा नागरिक मञ्च तथा नागरिक सचेतनाका केन्द्र प्रतिनिधि सदस्यहरुका लागि रुपान्तरणीय सामाजिक परिचालन बारे समेत प्रशिक्षित गराइएको गाविसकी सामाजिक परिचालिका शर्मीला घिमिरेले जानकारी दिइन् ।
कार्यक्रममा जिल्ला सहजकर्ता मदनकुमार खरेल, गाविस सचिव मिठाराम बस्नेत, सहारा नेपालका कार्यक्रम संयोजक महेन्द्र कार्की र कुमार साँवाले सहजीकरण गरेका थिए । प्रशिक्षणमा प्रत्येक वडाबाट वडा नागरिक मञ्चका ३÷३ जना र नागरिक सचेतना केन्द्रबाट ३ जना गरी ३० जनाको सहभागिता रहेको थियो ।

विद्यालयमा रक्तदान

केर्खा, ६ जेठ/ झापाको तोपगाछी–९ स्थित नरेन्द्र जनता उच्च माविमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य शिव रेग्मी, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थीहरुबाट ३० पिन्ट रगत संकलन भएको प्राचार्य रेग्मीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदान स्वयम्सेवी समाज झापाले रक्तदानका फाइदा बारे गोष्ठी समेत सम्पन्न गरेको थियो । गोष्ठीलाई समाजका अध्यक्ष विकल्प सुब्बाले सहजीकरण गरेका थिए ।
त्यस्तै शुक्रबार नै विद्यालयमा अन्तर संदन हाजिरीजवाफ समेत सम्पन्न भएको रेग्मीले बताए ।

चौथो राष्ट्रपति कपको उपाधि महेन्द्ररत्न उच्च माविलाई – खेल समाचार

झापा, ६ जेठ/ झापामा भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्डकप प्रतियोगिताको उपाधि महेन्द्ररत्न उच्चमावि अनारमनीले हात पारेको छ ।
शुक्रबार चन्द्रगढीस्थित मेची रङ्गशालामा भएको फाइनल खेलमा २६ अङ्क ल्याउँदै उपाधि चुमेको हो । उपाधिसँगै उसले नगद ७ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र हात पारेको छ । यसैगरी आदर्श विद्या मन्दिर उच्चमावि घैलाडुब्बाले २२ अङ्कसहित दोस्रो र दुर्गा उच्चमावि गरामनी १८ अङ्कसहित तेस्रो भएका छन् । उनीहरुले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ र  प्रमाणपत्र हात पारेका छन् ।
पदक प्राप्त गरेपछि खुसीयाली मनाउँदै बिजयी खेलाडीहरु ।

यसैगरी खेलको उत्कृष्ट खेलाडी छात्रतर्फ महेन्द्ररत्न उच्च माविका अरुण राजवंशी र छात्रातर्फ भानु मावि अर्जुनधाराकी मञ्जु बिसुङ्खे घोषित भए । भलिबलमा उत्कृष्ट खेलाडीमा छात्रतर्फ ज्ञानोदय माविका केशव ताजपुरीया र छात्रातर्फ होलीबेल बोर्डिङ्ग स्कूल धुलाबारीकी रजनी शाह घोषित भए ।
यसैगरी एथ्लेटिक्स तर्फ उत्कृष्ट विद्यालयमा छात्रतर्फ महेन्द्ररत्न उच्च मावि प्रथम, हिमालय उच्च मावि दमक र आदर्श विद्या मन्दिर उच्चमावि बराबर अङ्कका साथ द्वितीय भए । छात्रतर्फ भानु उच्चमावि प्रथम, आदर्श विद्या मन्दिर उच्चमावि र दुर्गा उच्चमावि  पनि बराबर अङ्कका साथ द्वितीय भए ।
 यसैगरी छात्रा भलिबल खेलमा हालीबेल बोर्डिङ्ग स्कूलले माउण्ड एभरेष्ट बोर्डिङ्गलाई र ज्ञानोदय माविले मुनाल एकाडेमीलाई सोझो सेटमा हराउँदै भलिबल खेलमा जिल्ला प्रथम हुन सफल भएका छन् । ३ हजार मिटर छात्रातर्फको दौडमा आदर्श विद्या मन्दिर उच्चमाविकी निर्मला थापा, ज्ञानोदय माविकी आष्मा भण्डारी र लक्ष्मी माविकी उमा भण्डारी, छात्रतर्फको ५ हजार मिटर दौडमा हिमालय उच्च माविका अनमोल आचार्य, दुर्गा उच्च माविका बादल मगर र आदर्श विद्या मन्दिर उच्चमाविका नन्दकुमार क्रमशः प्रथम द्वितीय र तृतीय भएका थिए । खेलमा बिजेता खेलाडी तथा विद्यालयहरुलाई नगद तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला शिक्षा कार्यालय झापाको सहयोगमा भएको उक्त प्रतियोगितामा जिल्लाका १ सय १ विद्यालय सहभागी रहेका थिए । जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष राजु आचार्य अग्निको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई, उप–सचिव उद्वव बिष्ट, जिल्ला प्रहरी प्रमुख तारणीप्रसाद लम्साल, एकीकृत माओवादीका झलकसिंह दर्लामी लगायतले बोलेका थिए ।

आजबाट दोस्रो चरणका खेल

दमक, ६ जेठ/दमकमा जारी वडास्तरीय नगरकप फुटवल प्रतियोगिता अन्र्गत पहिलो चरणको अन्तिम खेलमा वडा नम्बर–११ बिजयी भएको छ ।
शुक्रबारको खेलमा वडा नम्बर–१८ लाई १ का बिरुद्ध ३ गोल गर्दै वडा नम्बर–११ बिजय हाँसिल गरेको हो । शुक्रबारको खेलमा वडा नम्बर–१८ का रमेश विष्ट म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा आजबाट दोश्रो चरणका खेल हुने आयोजक ध्रुवतारा स्पोर्टिङ् क्लबका सचिव चन्द्र खत्रीले जानकारी दिए । दमक नगरपालिकाको सहयोगमा प्रतियोगिता शुरु भएको हो ।

राप्रपा नेपालका कार्यकर्तामाथि आक्रमण

पाँचथर, ६ जेठ/धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र, नयाँ संविधानमा राष्ट्रिय अखण्डताको सुनिश्चितता गर्न माग गर्दै शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले  निकालेको जुलुसमा लिम्बुवान कार्यकर्ताले आक्रमण गरेका छन् ।
राप्रपा नेपाल पार्टी कार्यालय घण्टाघरबाट गणतन्त्र चोक तर्फ गइरहेको जुलुसमाथि दिउँसो हस्पिटलमोड नजिकै मञ्च सम्बद्ध लिम्बुवान र संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले आक्रमण गरेका थिए ।
धन्यवाद ज्ञापनका लागि कोणसभा गर्न गणतन्त्रचोक तर्फ गइरहेको जुलुसमाथि लिम्बुवान कार्यकर्ताहरुले अन्धाधुन्द आक्रमण गरेर शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने अधिकारमाथि धावा बोलेको राप्रपा नेपाल पाँचथरले जनाएको छ ।
संघीयता, लिम्बुवान, धर्म निरपेक्षता र अन्तरिम संविधान २०६३ विरुद्धको क्रियाकलाप गरेका कारण आक्रमण गरिएको मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषद्का सचिव सागर केरुङले बताए ।
आक्रमणबाट प्रजातान्त्रिक युवक संगठन पाँचथरका अध्यक्ष तथा राप्रपाका जिल्ला सदस्य मदन पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले बताए । यसैबीच बन्दको समापनका क्रममा शुक्रबार साँझ दमकमा आयोजित कोणसभामा राप्रपा नेपालका नेताहरुले तीन दलले मुलुकलाई बन्दी बनाएको आरोप लगाए । कोणसभामा पार्टीका केन्द्रीय सदस्य घनेन्द्र सुब्बा, क्षेत्रीय अध्यक्ष बिजय बराल, नगर अध्यक्ष चन्द्र थापा लगायतले बोलेका थिए ।

वार्षिक उत्सवमा छात्रृवृत्ति र सम्मान

तोपगाछी, ६ जेठ/झापाको तोपगाछी–९ स्थित नरेन्द्र जनता उच्च माविमा बिहीबार छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसर पारेर सो विद्यालयमा स्थानीयदाता टिकादेवी कार्कीले ४३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेकी छिन् । कक्षा १ देखि १० सम्मका गत शैक्षिक शत्र २०६८ को वार्षिक परीक्षामा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई जनही १ हजार ५ सय, १ हजार र ७ सय ५० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै, दाता कार्कीले विद्यालयमा अध्ययनरत ६ जना गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई जनही २ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरेकी छिन् ।
स्रोत व्यक्ति सूर्य सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकै अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रोहित पौडेल सहित १० जना सदस्यहरुलाई सम्मान गरिएको थियो भने विद्यालयका तर्पmबाट वर्ष २०६८ का विशिष्ट शिक्षक पुरस्कार गोविन्द सेढाईँलाई प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीष्मराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचार्य शिव रेग्मी लगायतको सहभागिता रहेको थियो ।

अब मोबाइलले नै घर चलाइदिने भयो – विज्ञान

दुई तीन साल पहिले यदि यही“ कुरा भनिएको भए शायद पत्याउन कसैले मान्न तयार हुने थिएनन होला थिएन होला । आज दुनिया“मा टेक्नोलोजीले निकै नै कोल्टो फेरिसकेको छ । हाम्रो हरेक आवश्यताको परिपूर्ति नहुनेहोल भनेर सोचन सकिद“ैन । नया“–नया“ प्रविधि त्यस्तै नया“ नया“ उपकरणको विकास जसले हाम्रो जीवनलाई सजिलो र सुलभ बनाइदिएको छ ।

आज भन्दा एक दुई वर्Èमात्र पछि हाम्रो घरको हरेक उपकरणहरु कुनै पनि ठाउ“मा गएर कुनै पनि बेला कन्ट्रोल मतलब खोल्न चलाऊन चेक गर्न सक्छौ र यसको लागि मद्दत चा“हि उही तपाईको साथी मोबाईलले गर्ने छ । अब साथी किन भनेको मोबाईललाई भन्दा नि तपाईंको केही काम भएन भने मोबाईल चलाऊन शुरू गर्नु हुन्छ नि हैन ?
नोकियाले हालै बार्सिलोन शहरमा होम कन्ट्रोल सिस्टमको प्रदर्शन गरेको थियो । होम कन्ट्रोल सिस्टम एउटा यस्तो यन्त्र हो जसले मोबाईल फोनको मद्दतबाट घरको विभिन्न उपकरणस“ग जोडिदिने काम गर्छ ।
यो जोडी सके पछि प्रयोगकर्ताले मोबाईल फोनकै सहयोगबाट घरको कुनै पनि विद्युतीय उपकरणलाई चलाउन सक्छन् । एयरकन्डिसन सिस्टम चलाउन बन्द गर्न सकिन्छ यहा“ सम्मकी पर्दा लगाउने अथवा खोल्ने त्यस्तै ढोका लगेको छ छैन चेक गर्ने काम गर्न सकिन्छ । नोकियाले यसको अझ विकास गर्नेको कुराको पनि खुलासा जस अन्तर्गत अन्य जस्तै फ्रिज, वासिङ मसिन, टिभी आदि पनि कन्ट्रोल गर्न सकिने हुन्छ । यतिमात्र होइन पछि यो यस्तो हुन्छ जहा“ तपाईंले फ्रि–फिक्स सिस्टम भन्नाले पहिले नै टाईम मिलाएर छोडिदिन सक्नुहुन्छ त्यस्तै कोही पाहुन घरमा आइपुग्नु भयो तर तपाईं घरमा हुनु हुन्न भने ढोका पनि खोल्दिन सक्नु हुन्छ मोबाईल फोन मार्फत नै, अब यो भन्दा के चहियो र ? तर, नेपालमा भने यस्तो प्रविधि भित्रन पक्कै पनि धेरै नै कुर्नुपर्ने हुन्छ ।

दिव्य माछा – कथा

विजु सुवेदी “विजय”
असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो ः– यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो–“हे भुराहरू तिमीहरूलाई के थाहा यो माछाको बारेमा ? यसको बारेमा मलाई यही ठाउँमा ल्याएर म बच्चा बेला मेरो हजूरबुबाले भन्नुभएको थियो । त्यस्तै मेरो हजूरबुबालाई पनि बच्चा बेला यही ठाउँमा ल्याएर उहाँको हजुरबुबाले उहाँलाई बच्चाबेला यही माछाको बारेमा भन्नुभएको थियो । त्यत्तिबेलादेखि पुस्तौं पुस्ता हस्तान्तरण हुँदै मसम्म यो माछाको बारे इतिहास जिउँदै छ । त्यसैले तिमीहरू पनि यही ठाउँमा नै यो इतिहासबारे सुन ।”
धेरै पहिले काठमाडाँैं उपत्यकामा एकजना नामूद राजज्योतिष थियो । उसले ज्योतिषि हेरी भनेको कुरा कहिल्यै फरक पर्दैनथ्यो । एकदिन उक्त ज्योतिषको छोरो जन्म्यो । आफ्नो छोरो जन्मेको मिति, तिथि अनुसार उसले ज्योतिषि हेर्दा आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा देखेर ऊ अत्तालिन्छ । अनि के गरुँ कसो गरुँ भन्दै उसले आफ्नो नवजात शिशुलाई आफ्नो चाकरहरूलाई अह्राएर खोलामा बगाउन पठाउँछ । शिशुलाई एकजना दाउरेले भेट्टाउँछ । उसले आफ्नो गाउँमा लगेर हुर्काउँछ ।
राजज्योतिषको ज्योतिषि विज्ञानले तहल्का मच्चाउँदै जान्छ । हुँदा हुँदा बीस वर्ष बितिसकेको हुन्छ । एकदिन काठमाडाँैं उपत्यकामा अनिष्ट हुन लाग्यो भनेर हल्ला चल्छ । त्यो अनिष्ट के रहेछ भने एउटा ठूलो दिव्य माछा हुरी बतासले ल्याएको रहेछ त्यो काठमाडाँैं उपत्यकामा खस्न लागेको रहेछ । राजज्योतिषले ज्योतिषि हेरिसकेपछि त्यो माछालाई बचाउन सके पूरै विश्व अनिष्ट हुनबाट जोगिन्छ भन्ने ठहर गर्छ । राजज्योतिषले ग्रह, नक्षत्र सबै हेरेर राजालाई भनेर राजकोषको खर्चबाट हालको रानीपोखरी भएको पूरै क्षेत्र जुन पूरै सुख्खा क्षेत्र थियो त्यो पूरै क्षेत्रमा पोखरी बनाउन लगाउँछ र शनिबारको दिन बिहान उक्त पोखरीमा माछा खस्दछ भन्ने ठहर गर्दछ ।
उता दाउरेले हुर्काएका बीसवर्षे जवान युवक पनि आफ्नो पूर्खाको वंशाणुगत गुणको प्रभावले गाउँमै हुर्किए पनि सानैदेखि ज्योतिषिमा रुचि राखी लागिपरेकाले गर्दा २० वर्षे उमेरसम्ममा ज्योतिषिको हरेक कुरामा पारङ्गत भइसकेको हुन्छ । त्यत्तिबेला ऊ पनि काठमाडौं उपत्यका घुम्न आएको हुन्छ । राजज्योतिषले अनिष्ट हुनबाट जोगाउन बनाउन लगाएको पोखरी पनि हेर्दछ । उसले पनि आफ्नो ज्योतिष विज्ञानको सहायताले अनुसन्धान गर्दछ । उसले भने त्यत्रो ठूलो खर्च गर्नु नपर्ने २ हात चौडा र ४ हात लम्बाइको क्षेत्र भाग भए हुने भनेर अनुसन्धान गर्दछ । उसले भने रानीपोखरीभन्दा करीब ३०० मीटर परको असन चोकनिर २ हात चौडा र ४ हात लम्बाइको आयात आकारको चिन्ह लगाउँछ र माछा यहाँ खस्दछ भन्ने ठहर गर्दछ । अनि उसले त्यो सानो २ हात चौडा र ४ हात लम्बाइको अत्यन्तै सानो पोखरी बनाउँछ । त्यो चिन्ह लगाएको देखेर काठमाडौ उपत्यकाभरि हल्लीखल्ली हुन्छ । यो सानो पोखरी बनाएको कुरो दरवारमा पुग्छ । उक्त २० वर्षे जवान युवकलाई राजज्योतिषको अगाडि हाजिरी गराइन्छ ।
राज ज्योतिष ः– मैले अहिलेसम्म ज्योतिष हेरिसकँे त्यो कहिल्यै मिथ्या भएको छैन ।
जवान युवक ः– अब मिथ्या हुनेवाला छ ।
राज ज्योतिष ः– यदि तिमीले भनेको मिलेन भने तिमीलाई फाँसी दिइने छ, के यो तिमी मञ्जूर गर्छाै ?
जवान युवक ः– गर्छु तर यदि हजूरले भनेको मिलेन भने हजूरलाई फाँसी दिइनुपर्छ नि ?
राजज्योतिषलाई आफ्नो ज्योतिषिमा ठूलो घमण्ड भैसकेको थियो । त्यसैले उसले दरबारमा यही प्रक्रियाको लागि तत्कालै कानूनी प्रक्रिया मिलाउन लगाउँछ ।
जवान युवक ः– हजूरले सबै हेर्नुभएको मिल्छ । तर मैले भनेकै ठाउँमा माछा खस्छ किनकी हजूरले हुरीबतासको गतिको हिसाबै गर्नु भएको रहेनछ ।
राजज्योतिष ः– म अरु कुरा सुन्न चाहन्न, तिमीले भनेको मिल्यो भने मलाई फाँसी । मैले भनेको मिल्यो भने तिमीलाई फाँसी ।
शनिबारको दिन ठूलो हुरी बतास आउँछ । माछा रानीपोखरीको ३०० मीटर परको असन चोकमा जवान युवकले २ हात चौडा ४ हात लम्बाइबो चिन्हो लगाएकै अत्यन्त सानो पोखरीमा खस्छ ।
राजज्योतिषलाई फाँसी दिइन्छ । जवान युवकलाई राजज्योतिष बनाइन्छ । जवान युवकले राजज्योतिषको घमण्ड तोड्छ । जवान राजज्योतिषले पुरानो राजज्योतिषको सम्पूर्ण कागजातहरू अध्ययन गर्न थाल्छ र उसले आफ्नो २० वर्षअगाडिको कुण्डली फेला पार्छ । त्यसबाट ज्योतिषि हेर्दा पुरानो राजज्योतिष जवान राजज्योतिषको बाउ भएको पत्ता लगाउँछ र कुण्डलीको योग अनुसार आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा निस्कन्छ ।

मुखाले पोथी चियाउँदा – कृति समिक्षा

रुद्र निरौला
साहित्यकार कर्णकुमार श्रेष्ठ झापाका भाषा साधकमध्ये एक हुन् । करीब पैतिँस वर्षसम्म शिक्षण पेशामा रहेर निवृत्त जीवन बिताइरहेका श्रेष्ठ यो वा त्यो केही न केही गरिरहन्छन् । हास्यव्यङ्ग्य विधादेखि बाल साहित्यका सरल सामग्रीहरूको संरचना गर्न उनी सफल देखिन्छन् । आज युवा युवतीलाई मनपर्ने गजल संग्रह (ऋतुमभरा) पस्किएर आफ्नो भाषिक कुशलता प्रस्तुत गरेका छन् । एउटा चित्त नबुझेर सिङ्गै “मनको सागर” उराली दिएर आफू राम्रो गजल साधक भएको प्रमाण पेश गर्छन् । अहिले बालबालिकाको मन छुने बालकथा संग्रह “मुखाले पोथी” लिएर प्रस्तुत भएका छन् । यसैले यो कर्मशील सत्तरी वर्षे जँगरिला कलमलाई नजिकैबाट सलाम ।
नेपाली साहित्य आज धेरै विकसित एवं परिमार्जित हुँदै अगाडिँदो छ । भाषाका पारखीहरू आफ्ना–आफ्ना रुचिका विषयवस्तु अगाडि सारेर नयाँ–नयाँ उचाई कायम गर्दैछन् । दमकमा भएका स्रष्टाहरूमध्ये कर्णकुमार बहुविधामा सफल ढङ्गले प्रतिभा प्रस्तुत गर्ने व्यक्तिको रुपमा स्थापित छन् । देशीय परिस्थितिलाई व्यङ्ग्योक्तिबाट घुमाइ–घुमाइ मुक्मुक्याउन देखि गजलकार र गाजलीहरूका मन सुटुक्कै चोर्न समेत उनी निक्कै खप्पिस देखिन्छन् । निक्कै अगाडि भेट हुँदा वहाँले मेरो मुखाले पोथी पढ्नु भो ? भनेर सोध्नु भो मैले अहँ भन्नुप¥यो । म अलि अल्छे मान्छे नै छु क्यार । मित्रको आग्रहपछि पो खोजी गरी पढो “मुखाले पोथी” बढो सरल र सरस कथा संग्रह । हामी सामान्य अन्य दर्जाका साहित्यिक कृति पढ्छौँ र बुझ्ने प्रयास गर्छौँ । तर, यो कथा संग्रह बालबालिकाको लागि अति राम्रंो सामग्री छोटा भैकन पनि चरित्र प्रधान । समय सदुपयोग गर्न र बालकहरूका आनी बानी सुधार्ने प्रेरक एवं प्रेरणा दायी ।
दशवटा कथाहरूको संगालो बाल कोसेली । छरितो बान्कीमा सचित्र रङ्गीन आवरण साज सज्जा सहित । समय अनुसारको उचितै मोल । पोथी बाँस्दाको परिणाममा पहिलो कथा नारी चरित्रमा प्रस्तुत भएको । आफ्नो अकर्मण्यताले आफैलाई पछि पारेको समय सन्दर्भ मिलेको कथा । दोस्रो कथामा कमिलाको पृथ्वी भ्रमण । वर्गीय चरित्रको राम्रो प्रयोग । दिग्भ्रमबाट यथार्थ अलग्गै र कर्तव्य अलग्गै भएको प्रेरक प्रसङ्गले कमिलो र मुसाको वर्गीय चिन्तन र त्यसको समाजमा देखिने प्रतिबिम्ब झल्किएजस्तो । त्यस्तै, सवर्गीय चरित्रको उदाहरण गिद्ध र परेवाबीचको अन्तर चिन्तन । बढो राम्रो उदाहरण । दम्भी र घमण्डीहरूको दुनियाँलाई राम्रो चाबुक ।

“अर्घो घटो घोष मुपैति नुनम् ।” मूर्ख भेडी गोठालो । लठेब्रो पात्र राखेको प्रसङ्गमा गोठालो प्रयोग गर्ने वर्ग मुर्ख हुन पुगेको र त्यसको परिणाम गोठालाका धनीले नै भोग्नु परेको कहालीलाग्दो पीडा देखाइएको वर्तमान सन्दर्भ । आखिर दोषी को त ? जसले अल्पज्ञान प्रदान ग¥यो । आन्तरिक पर्यटनमा अन्तुडाँडाको सूर्याेदय अवलोकन गराउने सहृदयी बुढीआमा । पिढीँ–पिढीँ बीच हुन गैरहेको शुन्यान्तलाई नजिक तुल्याउने र आमाको अनुपस्थितिमा पनि हजुर आमाको सकरात्मक अभिभावकत्व प्राप्त हुन सक्ने हाम्रो सामाजिक मान्यता कथामा स्थापित भएको छ । सामाजिक सद्भावमा राम्रो समन्वय कायम हने उदाहरणको रुपमा चुण्टी र भुण्टी कथा ।
आपसी आडम्बर तथा खिचातानीबाट आक्रान्त वर्तमान सामाजिक परिवेशलाई हल्का थप्पड हानिएको कथा “सेलरोटी, टपरी र सिन्काको विवाद ।” आपसी मेलबिना कसैको पनि अस्तित्व नरहने सङ्केत । त्यस्तै, संसर्गजा दोष गुणा अवन्ति । अर्को कथा फुरफुरे र फूलहरू । जस्तो दानापानी खायो त्यस्तै, चरित्र र रुप हुन्छ भन्ने सङ्केतको कथा । अनुकरण प्रायः सबैले गर्ने गर्छन् । तर, अन्धानुकरण भर्न घाटक र खतरनाक हुन्छ । त्यसैले समय हाँक्नेहरूले असल मार्ग दर्शन गर्न नसके मायाले शुरुमा गरेको सांस्कृतिक अन्धानुकरण र सही निर्देशन पछि आफ्नै मौलिक एर्व उर्वर संस्कृतिप्रतिको संमोहन कथामा प्रस्तुत छ । आज हाम्रो समाज वास्तविकता भन्दा कृत्रिम कुरामा अनायसै लाग्नाले दिग्भ्रमित हुन पुगेको छ । त्यसैगरी चिरनको चङ्गामा बालापनको अवोध तथा हठवादी बाल स्वभाव देखाइएको छ । जसका कारण पछुताउनु पर्ने बेला आएको प्र्रसङ्ग देखाइएको छ ठूलाबढाले आफ्नो बडप्पन जोगाउन आफूभन्दा साना उमेरकाहरूलाई परिचालन गर्नुपर्ने रोचक प्रसङ्ग कथामा छ । त्यसैगरी मनोजलाई राम्ररी प्रष्ट पारिएको देखिन्छ । यो नैतिक दुष्टान्तमा वस्तुवादी स्वीकारोक्ति भएको छ ।
कथामा प्रयुक्त भाषा शैली सरल एवं बोधगम्य छ । पात्रहरू र परिवेश हाम्रै घाउँघरकै देखाइएको छ । नेपाली भू–भागदेखि खरसाङ छेउको गिद्धे पहरा सम्म स्थानापन्न भएको छ । बालबालिकाका लागि तय गरिएका कथा भएका कारण वाक्य संरचना र शब्दावलीहरूको राम्रै संयोजन भएको पाइन्छ । एक दुई आगन्तुक शब्द परे बाहेक प्रयासः झर्दा नेपाली शब्दहरूकै बाहुल्यता पाइन्छ । मिस र ट्युशन फि जस्ता अंग्रेजी भाषाबाट आएका शब्द प्रायः पाच्य नै देखिन्छन् ।
लेखकले देखाएको सीप र जाँगरको उचित सम्मान यो बखत हुनेछ जति बेला नेपाली बालबालिकाले यस कथा संग्रहलाई पढेर आत्मसात गर्नेछन् । सन्दर्भ सामग्रीको रुपमा यस पुस्तकले ठाउँ पाए राम्रै हुनेछ भन्ने लागेको छ । हितैषी मित्र नरनाथ लुइँटेलले आफ्ना गुरूहरूलाई चिनाउने र कदर गर्नै जो उदाहरण पेश गरेका छन् त्यसप्रति हार्दिकता प्रकट गलर्दै भाषा साहित्यसँगै कर्णकुमार एकलेको कलम झन्–झन् झाङ्गिँदै जानेछ भन्ने अपेक्षा साथ सफल एवं सु–स्वास्थ्य दीर्घजीवनको हार्दिक शुभकामना ।

बालविकासमा वश्वि अभियान – दोस्रो लेख

प्रकाश सिलवाल
“अर्धदÔ वयस्कमा लगानी गर्नुभन्दा अवसरबाट वञ्चित बालबालिकामा लगानी गर्दाको प्रतिफल दर धेरै गुण्ाँ बढी हुन्छ ।” अर्थशास्त्रका नोबेल पुरस्कार विजेता जेम्स हेकम्यानको यो भनाइबाट बालबालिकाको हेरचाह र शिÔाको महत्व प्रष्टिन्छ ।
“सबैका लागि शिÔा” को सहश्राब्दी विकास लक्ष्यअनुसार नेपालको प्रारम्भिक बालविकासको अवस्था सुधारोन्मुख भए पनि बालविकासप्रतिको बुझाइ, बालविकास केन्द्रको सञ्चालन विधि र यसमा राज्यको लगानीको पÔ भने कमजोर छ ।
बालविकास, बाल्यावस्थाका नागरिकहरूको जीवन रÔा, उचित स्याहार, पालनपोÈण्ँ, स्वास्थ्य स्याहार गर्न र उनीहरूमा अन्तरनिहित Ôमता तथा सम्भावनाको अधिकतम विकास गर्नु हो । यो विश्वव्यापीरुपमा स्थापित मौलिक हक पनि हो, जसलाई बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी र राष्ट्रिय कानुनले पनि मान्यता दिएका छन् ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रारम्भिक बालविकास भन्नाले शून्य देखि आठ वर्Èसम्मको उमेर अवधिलाई समेट्छ । दीर्घकालीन सिकाइका लागि प्रारम्भिक बालशिÔा र हेरचाह एक महŒवपूणर््ँ पÔ हो । यो प्रक्रिया बच्चाको जन्मस“गै प्रारम्भ हुन्छ । गुण्ाँत्मकका साथै पूणर््ँ प्रारम्भिक बालशिÔाले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक एवं संवेगात्मक तथा भाÈिक विकासमा समेत महŒवपूणर््ँ योगदान गर्दछ ।
शिÔा विभागले जारी गरेको “प्रारम्भिक बालविकाससम्बन्धी रण्ँनीतिक पत्र, २०६१” ले बालविकास कार्यक्रमको अन्तिम लक्ष्य भनेको बालबालिकाको सुखी र समुन्नत जीवन सुनिश्चित गर्नु एवं उनीहरूको विकासलाई सहज बनाउनु हो ।
नेपालमा कुन मन्त्रालय वा निकायले बालविकासलाई हेर्ने भन्ने पनि अन्योलको विÈय बनेको छ । हाल शिÔा मन्त्रालयको मातहतमा रहेका बालविकास केन्द्रको सञ्चालनमा देखिएको अव्यवस्थाले पनि सो कुरालाई पुष्टि गर्दछ । किनकि बालविकास केन्द्रमा बालबालिकालाई रुचिअनुसार खेल्ने, नाच्ने र सिकाउने कार्यभन्दा पढाउने कार्य बढी भएकामा विज्ञहरूले चिन्ता प्रकट गरेका छन् ।
बालविकासका लागि शिÔा मन्त्रालयका अतिरिक्त, स्थानीय विकास, स्वास्थ्य र महिला, बालबालिका तथा समाजकल्याण्ँ मन्त्रालय पनि सरोकारवाला निकायमा पर्ने भए पनि हालको सञ्चालन संरचना हेर्दा शिÔा मन्त्रालयको मात्रै जिम्मेवारी जस्तो देखाइएको छ । हाल नेपालमा सञ्चालन भइरहेको शिÔाका लागि विश्वव्यापी अभियान अन्तर्गतका कार्यक्रममा पनि यिनै चिन्ता उत्पन्न भएका छन् ।
मानव जीवनका प्रारम्भिक बालविकासका विशेÈतामा शारीरिक, वौद्धिक, संवेगात्मक र सामाजिक विकासलाई लिइन्छ । यी पÔबाट नै व्यक्तिको सर्वाङ्गीण्ँ विकास हुन्छ । यसलाई प्रयोग गराउने काम बालविकास केन्द्रको हुन्छ ।
शारीरिक विकास अन्तर्गत स्वास्थ्य, पोÈण्ँ, खोप, सुरÔा साथै शारीरिक वृद्धि, शारीरिक सन्तुलन, विभिन्न अङ्गबीच समन्वय र सामञ्जस्य, सूक्ष्म कार्य गर्ने सीप विकास, मांसपेसी नियन्त्रण्ँ र परिचालन पर्दछन् । वौद्धिक विकास अन्तर्गत मौलिक र सृजनशील ढङ्गले सोच विचार र कार्य गर्ने बानी, वैज्ञानिक सोच र कारण्ँको खोज गर्ने प्रवृत्ति, गण्ँितीय अवधारण्ाँ, भाÈा विकास तथा अभिव्यक्तिका सीप, स्मरण्ँ Ôमता आदि पर्दछन् ।
संवेगात्मक विकासमा संवेदनशीलता, सहिष्ण्ँुता, प्रसन्नता, शान्ति, आत्मसंयम, दया, करुण्ाँ, आत्मविश्वास र आत्मसम्मान जस्ता विशेÈता पर्दछन् भने सामाजिक विकासमा आदर र समानताको व्यवहार, नियम पालन, अनुशासन, एकता, मेलमिलाप भाव, सहिष्ण्ँुता, Ôमाशील, मित्रता र आत्मनिर्भरतालगायत पर्दछन् ।
हाल नेपालमा सरकारी, गैरसरकारी र निजीÔेत्रका गरी ३१ हजार ७७३ वटा बालविकास केन्द्र छन् । यी केन्द्रमा तीनदेखि पा“च वर्Èसम्मका बालबालिकालाई उनीहरूको समष्टिगत विकासका पÔमा सिकाउने काम गरिन्छ तर त्यहा“ सिकाउने सहजकर्तालाई मासिक रु. १८०० मात्रै पारिश्रमिक दिएर उनीहरूबाट कति गुण्ँस्तर खोज्ने ?
सबैका लागि गुण्ँस्तरीय शिÔाको सुनिश्चितताका लागि हरेक वर्È “सबैका लागि शिÔा” प्रवद्र्धनका निम्ति यो वर्È “शुरूवातदेखि नै प्रारम्भिक बालशिÔा र हेरचाह” लाई स्थापित गर्न “घर बलियो जगले, राष्ट्र बलियो बालविकासले” भन्ने नाराको अभियान नेपालमा पनि चलिरहेको छ ।
विशेÈगरी अति संवेदनशील तथा सुविधाविमुख बालबालिकाका लागि बृहत् “बाल विकास तथा शिÔाको विस्तार तथा सुधार” सरकारी निकायको समन्वयन र शिÔाका लागि राष्ट्रिय अभियान नेपालको संयोजनमा सञ्चालित अभियानमात्रै बालविकासका लागि सबैथोक हुन सक्दैन । अभियानका क्रममा गरिएका बृहत् चित्रकला, गोलमेच छलफल, पर्चा वितरण्ँ वा सञ्चार माध्यमका सम्प्रेÈण्ँसमेतलाई राज्यका निकायले मनन गर्न सके बालविकासमा नया“ फड्को हुनेछ ।

अब संयम र धैर्यताको खाँचो – पहिलो लेख

राम प्रधान
हिजो आज सबै नेपालीहरूको ध्यान संविधान सभाको निर्णयप्रति फर्किएको छ । कुन नेताले कहिले, कहाँ, के कुराहरू बोले, के निर्णयहरू गरे, कुन जातिको पक्षमा निर्णयको व्याख्या हुन्छ ? यस्ता कुराहरूले सबै समुदाय, सबै जाति, सबै संस्कार, सबै धर्मका जनसमुदायहरूले फरक–फरक ढङ्गले मूल्याङ्कन, व्याख्या, अपव्याख्या, लान्छना, आरोप, प्रत्यारोपहरूको बाढी चलिरहेको छ । नेपालका सबै मुख्य सडक र चौकहरूमा प्रत्येक दिन बेग्लाबेग्लै नामबाट कतिपय एउटै अनुहारका साथै फरक अनुहार रुपका मानिसहरू भेला भै नानाथरीका गाली गलौजहरूले सामाजिक सद्भावहरू बिथोल्न सबै जात जातिका टाढाबाढा, लोभी, पापी र स्वार्थीहरू अग्रपंक्तिमा देखिन्छ । प्राय सबै समुदाय, धर्म जात जातिका तोडफोड, आगजनी लगायतका विनासकारी कार्यका लागि सबै उदृत देखिन्छ । हामीले हाम्रो अन्तरहृदयको धैर्यता र सद्भावना गुमाउन खोजी रहेका छौँ । हाम्रो हजारौँ वर्षदेखिको सामाजिक संरचनाा सम्बन्धहरू, सहिष्णुताहरू दिनप्रतिदिन क्षयीकरण भैरहेको छ । हामीले हाम्रो वास्तविकताहरूलाई भुलेर, छोडेर, काल्पनिक र अवास्तविक समाजको सृजना गर्न खोजिरहेका छौँ । हामीले खोजेको, चाहेको र कल्पना गरेको संसार आजभन्दा सुन्दर व्यवहारिक शान्त संयम हुन्छ भन्ने ग्यारेण्टी छैन । मैले मेरोमात्र अधिकारको सुनिश्चित गराउने क्रममा म जस्तै मेरो समाजको अन्य सदस्यहरूको अधिकारहरू हरण गर्न हुँदैन भन्ने चेतना र विवेक मैले गुमाउनु हुँदैन । मेरो जातिको मात्र अधिकार सुनिश्चिित र स्थापित गर्दा अरु समुदायहरूको अधिकारहरू विस्थापित गर्दा गराउँदा जन्मने परिस्थितिहरू जिम्मेवारी को हो ? आजको समयमा कसैले कसैको अधिकारमाथि हस्तक्षेप गर्ने, निषेध गर्ने, संघर्ष, विद्रोह, क्रान्तिहरूलाई वर्जित गर्ने हैसियत कसैको छैन । फेरि एउटा समुदाय, एउटा जातिले मात्र विशेष अधिकार प्राप्त गर्दा पनि त्यस जातिभित्रको शोषक, सामन्ती, जालीझेली, दलाल तथा सामन्त चरित्र प्रवृत्ति बोकेका मानिसहरू सोही जातिकाा गरीब, निमुखा वर्गका व्यक्तिहरूमाथि गरिने अन्याय अत्याचार शोषण जस्ता मानवताका विरोधी कार्यहरूको अन्त्य हुँदैन । सबै जातमा सबै जातिमा आर्थिक हिसाबले वर्गीय चरित्रको अवश्य हुन्छ । वर्गीय स्वभाव चरित्र, चिन्तन र प्रवृत्तिहरूले शोषण, दमन उत्पीडन गर्ने कार्यमा जाति चिन्दैन मात्र वर्ग चिन्छ ।
त्यसैले हाम्रो संरचना, सद्भाव, संस्कृति र सामाजिक सम्बन्धहरूलाई खलबलाउन दिनु हुँदैन । नेपाल नेपालीहरूको सामाजिक सम्बन्ध हजारौँ वर्षदेखि निरन्तर रुपमा चलि आएको छ । हामी एक जाति बहुल अस्तित्व र अरु जाति अस्तित्वहीन अवस्थामा छैनौँ । हाम्रो समाजमा प्राय जसो सबै जाति अस्तित्व सन्तुलित अवस्था रहेको छ । हो राजनीतिक नेतृत्वमा, ब्यूरोक्रेसीमा कम बेसी भने अवस्य छ । सबैले जातीय सद्भाव, सम्बन्ध र सहिष्णुतालाई अक्षुण राखेर अब नेपालको संविधान समानुपातिक नेतृत्व र समानुपातिक ब्यूरो क्रेसीहरूमा सहभागी गीता हुनुपर्छ । सामाजिक सम्बन्धहरूमा आँच पु¥याउने कुनै पनि कदम गर्नु हुँदैन । इतिहासमा हामीले पढेको, सनुको, जातिहरूको जातीय राज्यहरू पतनको कारणहरू आफ्नै जातिमाथि आफ्नै जातिका शोषक, सामन्त, दलाल, नोकरशाही अभिजात वर्गका शोषण दमन, उत्पीडनबाट मुक्त हुन त्यस बेला पनि स्वयं आफ्नै जातिहरूको विद्रोहको कारण तत्कालीन जातीय राज्यहरू पतन भएको हो । जातीय राज्यहरूमा जातीय मुक्ति हुन्छ । गरीबी मुक्ति हुन्छ । आर्थिक समानता हुन्छ । शोषण, दमन, उत्पीडन हुँदैन भन्ने अनुभव महसुस गरेका भए काठमाडौँ उपत्यकाका मल्ल शासकहरूको जरो उखेल्न त्यहाँ नेवारहरूले पृथ्वीनारायण शाहलाई साथ दिने थिएन । जातीय शासक हुँदा पनि सबै शासकहरूले आफ्नो जातीय आर्थिक समानता गरेको वा गराएको केही उदाहरण छैन । तर, पहिचान र सामथ्र्य विकास तथा वृद्धि हरेक जातिको नैसर्गिक अधिकार हो । पहिचान बिना जाति हुँदैन भने सामथ्र्य बिना विकास पनि हुँदैन ।
आज सबै जात, जाति, समुदाय, संघ संस्था, दल, राजनीतिक पार्टीहरू र तिनका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकहरू एक अर्कामा लुछाचुँडी, बन्द, हड्ताल, विनास, ध्वंस, नष्ट गर्नमा उद्धृत देखिन्छन् । चौक, सडकहरू, भेलाहरू, आसभाहरूको भाषण, प्रवचन, प्रशिक्षणहरूमा अत्यन्तै उत्तेजित, वैरभावपूर्ण कुराहरूले हाम्रो सामाजिक सद्भाव, सम्बन्ध, संरचना तथा सहिष्णुताहरू नष्ट गर्ने, हत्या हिंसाको श्रृङ्खलाहरूको कहाली लाग्दो संहारको स्थिति आउने हो कि भन्ने त्रास फैलिएकाो छ । कहिँ कतैबाट मावनीय धैर्यताहरू टुटेमा नेपालीहरूको भाग्इ र भविष्यमाथि कहिल्यै बिर्सन नसकिने कलंक लाग्न सक्छ । होला सबैले आ–आफ्नो तरिकाले आशा र अपेक्षा गरे अनुसारको संविधान बन्न सक्दैनन् । तैपनि विगतभन्दा वर्तमान र भविष्य शान्त, सुन्दर र उज्यालो अवश्य हुनुपर्छ ।
अहिले सम्मको लडाइ संघर्ष, क्रान्ति, आन्दोलन लगायत परिवर्तनका पहलहरू अन्तिम होइन । यो भौतिक पृथ्वीमा नेपालको मानचित्र ध्वस्त नभएसम्म समयको माग अनुसार परिवर्तनकारी कदमका संघर्ष, क्रान्ति, जनआन्दोलनहरू लगातार तथा निरन्तर रुपमा चलिरहने छ । फरक यतिमात्र हो कि कहिले सुस्त र कहिले तिव्र गतिमा चल्छ । वर्तमान वस्तुस्थितिलाई मुल्याङ्कन गर्दा अब नेपालीहरूको मन, वचन, कर्म, विवेक, वुद्धिमा संयम र धैर्यताको ठूलो खाँचो छ । नेपालीहरूको हृदयबाट संयम र धैर्यताको बाँध फुटेर सर्वत्र भताभुङ्ग, लथालिङ्ग, रगतको पोखरी, लासहरूको बिस्कुन बनाएर मानवीय वुद्धि र विवेकमा डढेलो लागेर हाम्रो नेपाल, नेपाली र भावी सन्तानहरूको भाग्य खरानी बनाउने वुद्धि कसैमा नआवोस् ।

मानसिकतामा परेको खडेरी – असरल्ल

कमन देवान
बलेसी खनेर आँगन पुर्नेहरूको कमी छैन समाजमा । ‘आफ्नो हात गजन्नाथ’ सबैका लागि न मैले कसैकोे मतलव गर्नुप¥यो, न त कसैलाई मेरा बारे मतलब हुनुप¥यो । यतिबेलाको नेपाली परिवेश हो यो । नेपाल राष्ट्र र नेपाली पहिचान मेची–महाकाली र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा भारतको विहार लगायत भित्र नेपाल खोज्नलाई ग्लोब फन्का मार्नै पर्ने हुन्छ । निक्कै बेर नियाल्दा मात्र देखिने नेपालको नक्सा वास्तवमै ठिट लाग्दो आकारको छ । तर, ग्लोब देखिने निर्जिव नेपाल भन्दा सामान्य आँखाले दिनानुदिन देखिएको नेपाल अझ ठिटलाग्दो र विचरो बन्दै गएको छ । नेपाल भनेको के हो ? कुनै दिन विद्यालय स्तरका हाजिरीजवाफमा यस्तै प्रश्न सोधिन सक्छन् । तर, त्यतिबेला सही उत्तर दर्शकदिर्घाबाट समेत प्राप्त नहुन सक्छ ।
मलाई त्यस्तो लाग्छ, देश वा राष्ट्रता भनेको माटो वा भुगोलको थुप्रो र आयतन मात्रै होइन । राष्ट्र भनेको राजनीतिक परिभाषाले बुझाउने ‘क्तबतभ’ वा राज्य (जो निरंकुश हुन्छ) मात्रै होइन । राष्ट्र भनेको अनेकौँ राष्ट्रियताहरूको समान उपस्थिति, योगदान, श्रम र सहकार्य सहितको साझा मनोविज्ञान हो । नेपाल राज्यलाई सूनै सूनले भरेर वा प्रत्येक नेपाली नागरिकलाई १÷१ करोड रुपैयाँ बाँढेर समृद्धि ल्याउने कसैले प्रयत्न गरे त्यो स्थायी र सही कार्यक्रम हुन सक्दैन । कुनैदिन, यो राष्ट्र राज्यको नाम नेपाल बाहेक अरु नै रुपान्तरण गर्न परे पनि त्यो आपत्तिको विषय हुन सक्दैन । किनकि, हिजो वर्मा भनिएको मुलुक आज म्यानमार हुँदा फरक परेको छैन । अग्रणी सभ्यताको मिश्र मुलुकलाई पहिले प्राक इतिहासमा इजिप्ट भनियो, पछि मिश्र र मिश्रपछि पुनः त्यो मुलुकको नाम ‘इजिप्ट’ नै कायम भएको छ । यस्ता अपवादका विषयहरू राजनीतिक मात्रै होइनन् । प्रत्येक मुलुकका नागरिकहरूको चासो, सरोकार, सहज जीवनयापन आदि कारणले पनि प्रभावित छन् । तर, जसरी सिक्किम राष्ट्र भारतमा विलय गरियो वा तिब्बत राष्ट्र चीनमा अधिनस्त बन्यो, यी उदाहरणहरू १९ औँ शताब्दीका आखिरी तिरका घटनाहरू हुन् । जसले कुनै एक स्वतन्त्र राष्ट्र राज्यलाई नै इतिहासदेखि समाप्त ग¥यो । तथापि, यस्ता मुलुकका जनताको मनोविज्ञान आज पनि राष्ट्रताका पक्षमा छ । प्यालेस्टाइन मुलुक इजरायलले युद्धका माध्यमबाट अधिनस्त गरेको मुलुक हो । तर, आज पनि यासेर अराफत जस्ता राष्ट्रभक्त प्यालेस्टाइनीहरू आफ्नो राष्ट्र खोजिरहेका छन् । अर्थात यस्ता उदाहरणहरूले हामीलाई यो बुझ्न सहज हुन्छ कि, सर्वप्रथम राष्ट्र र राष्ट्रता भनेको नै साझा मनोविज्ञान सहितको परिचय हो । नेपाली हुनु भनेको पृथक पहिचान र मौलिक नेपालीपना हो । अरु विश्वका विकसित वा कम विकसित धनी वा अति गरीब मुलुकका नागरिकहरू भन्दा पृथक जीवनशैली, सोच र विचार भएको संस्कृति, राष्ट्रतालाई नागरिकताको कागज मात्रै सम्झने वा चुनाव जित्ने छट्टु भाषण मात्रै ठान्ने मानसिकतालाई मृत घोषणा गर्न जरुरी छ । माओले भन्नुभएको छ–‘सबै विचारहरूलाई समान फूल्न देऊ ।’ अर्थात, नेपाली राष्ट्रताका प्रतिकूल अर्थ नलाग्ने गरी जनताका सबै आकांक्षालाई पूर्ति नलाग्ने गरी जनताका सबै आकांक्षालाई पूर्ति गर्ने जिम्मा राष्ट्रको हो । ३ करोड नेपालीले सर्वसम्मत निर्णय गरेर नेपाल नरहेको घोषणा गरे भने पनि त्यसको युगौँ पछि समयसम्म हाम्रो राष्ट्रता थप मजबुद हुनसक्छ । परिवर्तनलाई वा वस्तुगत यथार्थलाई स्वीकार गर्न नसक्नु हाम्रो मानसिकतामा परेको खडेरी बाहेक अरु होइन । विश्वास गर्न नसक्नेहरू या त संकीर्ण र निरंकुश हुन्छन् अथवा राष्ट्रताका पक्षपाति होइनन् । साझा राष्ट्रता सबैको विश्वास भावना, सहकार्य, विविधतामा एकता सहितको निरन्तरता हो ।