हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

आज विश्व एड्स दिवस, झापा र मोरङ्मा एक हजार भन्दा बढि संक्रमित

1dec
दमक÷ आज विश्व भर २४ विश्व्ा एड्स दिवश बिभिन्न कार्यक्रम गरि मनाईदैछ । ूशून्यमा झारौँू भन्ने मूल नारासहित आज यो दिवश मनाउन लागिएको हो । प्रत्येक वर्षको डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने गरिन्छ ।
यसै दिवसको अवसरमा बुधबार दमकका अन्तरकि्रया सम्पन्न गरिएको छ । एचआईभि÷एड्सको जोखिम न्युनिकरणका लागि सरकारी निकाय राजनीतिक दल संचार माध्यम तथा सामाजीक अगुवाको भूमिका बिषयक अन्तरकि्रया गरिएको हो । झापाका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा ईलाका प्रहरी कार्यालय दमकका ईन्चार्ज मिलन भट्टराईले एचआईभि तथा एड्स न्युनिकरणका लागि सरकारी तथा गैह्रसरकारी निकाय बिच समन्वय हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका राज्य समिति सदस्य सन्त किराती नेपाली कांग्रेसका नगर सभापति ढुण्डिराज भण्डारी नेकपा एमालेका नगर अध्यक्ष अम्बिका खनाल माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका नगर ईन्चार्ज मोहन बेघा आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष मोहन धिमाल दमक जेसीजका अध्यक्ष सुवाशचन्द्र भट्टराई दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य प्रविण चाम्लिङ् धु्रवतारा स्पोर्टीङ् क्लबका अध्यक्ष कमल कटुवाल निलहिरा समाज दमकका कार्यक्रम निर्देशक चन्चला सुव्बा उप्का नेपालका दमक प्रमुख जीवन नेपाली चुलाचुली साचार समूहका सायोजक छविराज ढकाल लगायतले एचआईभि तथा एड्स रोकथाम तथा नियन्त्रणका लागि लागुऔषधको प्रयोग तथा असुरक्षित यौन सम्पर्कलाई दुरुत्साहन गरिन आवश्यक रहेको बताएका थिए ।
एसएससिटी नेपाल तथा हेप्पि नेपालको सहयोगमा आयोजीत कार्यक्रममा हेप्पि नेपालका कार्यक्रम निर्देशक प्रदिप पाठकले गैह्रसरकारी संस्थाका कार्यक्रमहरु पारदर्शी भएनन् भनेर आरोपमात्र लाउनु भन्दा नियमित अनुगमन गरिन आवश्यक रहेको बताए । कार्यक्रममा हेप्पि नेपालका कार्यक्रम सायोजक बिमल आचार्यले कार्यक्रमबारे प्रकाश पार्दै झापामा समेत एचआईभि तथा एड्सको उच्च जोखिम रहेको बताएका थिए । सामाजीक न्यायका लागि साचार समूहले आयोजना गरेको कार्यक्रम संस्थाका अध्यक्ष बिष्णु सुव्बाको अध्यक्षतामा भएको थियो ।
हाल झापामा ३ सय २२ जना एचआईभि संक्रमित रहेको सरकारी तथ्याङ्कले जनाएको छ । एड्स समन्वय समितिका अनुसार ति मध्ये १ सय २७ जना महिला रहेका छन् । समितिका सायोक लिवर्टी श्रेष्ठले जिल्लामा एचआईभि तथा एड्सको जोखिम न्युनिकरणका लागि बिभिन्न सरकारी तथा गैह्रसरकारी संस्था बिच समन्वयमा बिभिन्नकार्यक्रम भईरहेको बताईन् । विश्व एड्स दिवशकै अवसरमा आज समितिले चेतना मूलक मोटरसाईकल र् याली आयोजना गर्ने उनले जानकारी दिईन् । सो पछि जिल्ला विकास समितिको सभाकक्षमा अन्तरकि्रया गरिने जनाईएको छ ।
यस्तै उर्लावारी समाचारदाता सरोज बस्नेतका अनुसार मोरङ जिल्लामा पनि महिलाको तुलनामा पुरुषहरुमा बढि एचआईभि संक्रमित रहेको पाईएको छ ।
जिल्ला विकास समिति मोरङको तथ्याङक अनुसार हालसम्म मोरङमा ६ सय ७९ जना पुरुष एचआइभी संक्रमित रहेका छन् । त्यस्तै २ सय ९८ जना महिलाहरुमा एचआइभी संक्रमण रहेको पाईएको छ । तथ्याङक अनुसार मोरङमा एचआइभी संक्रमण भएका पुरुषहरु विशेष गरी यौन पेशामा संलग्न महिलाहरुसंग शारिरिक सम्बन्ध राख्नेहरु रहेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ । यस्ता पुरुषहरुको संख्या ३ सय ४१ रहेको छ ।
त्यस्तै सुईको माध्ययमबाट लागु औषध प्रयोग गर्नेहरुमा पनि एचआईभीको संक्रमण बढि पाईएको छ । हाल सम्म फेला परेकाहरु मध्ये २ सय ४१ जना सुइको माध्ययमबाट लागु औषध प्रयोग गर्नेहरु छन् ।
विभिन्न कारणले २५ जना बालबबालिकालाई पनि एचआइभी संक्रमण भेटीएको छ । त्यस्तै १ सय ९९ जना गृहीणीहरुमा एचआइभी संक्रमण पाइएको छ । अन्य संक्रमण हुनेहरुमा समलीङ्गी ९ र रगत तथा अन्य उपकरणको माध्ययमबाट संक्रमण भएका ३ समूह नछुटीएका ६१ र यौन पेशामा संलग्न महिला ३१ जना रहेका छन् ।


ुपारदर्शी बनाऊ
झापाका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालले गैह्रसरकारी संस्थाका कार्यक्रमहरु पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् । पारदर्शीताको अभावकै कारण गैह्रसरकारी संस्था र सरकारी निकाय बिच आवश्यकता अनुसार समन्वय हुन नसकेको उनको भनाई छ । उनले भने- ुगैह्रसरकारी संस्था दर्ता नविकरण तथा नियमन गर्ने निकाय प्रशासन हो तर पनि गैह्रसरकारी संस्थाहरुले प्रशासनमा नियमित रुपमा आफ्ना प्रतिवेदनहरु बुझाई रहेका छैनन् ।ु
कतिपय संस्थाहरु दाताको सहयोग पाईन्जेल आफ्नै ढङ्ग बाट साचालन हुने र दाताले सहयोग गर्न छोडे पछि सरकारी निकायसँग समन्वयमा आउने गरेको उनले आरोप लगाए ।