हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

शैक्षिक हड्ताल पाँच दिनलाई स्थगित – मुख्य समाचार

पिपुल्स टाइम्स समाचार
काठमाडौं, फागुन २९/ शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले आइतबारदेखि सुरु गरेको आम शैक्षिक हड्ताल ५ दिनका लागि स्थगित गरेको छ । सभामुख सुवास नेम्वाङ, शिक्षा मन्त्री दिनानाथ शर्मा र सरकोकारवालाबीच भएको वार्तापछि यस्तो निष्कर्ष निकालेको हो ।
वार्तामा सहभागी एक प्रतिनिधिका अनुसार तत्काल ५ दिन स्थगित गरेर हड्तालको सुरक्षित अवतरण गर्न लागिएको हो । सरकारले ४७ बुँदे माग सम्बोधन गर्ने आश्वासन दिएपछि हड्ताल स्थगित गर्न लागेको ति सहभागीले बताए ।
शिक्षा ऐनको आठौं संशोधनका लागि तयार विधेयकमा शिक्षकका माग समेट्ने मन्त्रीले प्रतिबद्धता जनाएका बताइएको छ । विधेयक मन्त्री परिषद्  द्वारा पारित भएको छ । आइतबार गरेको आम हड्तालका कारण मुलुकका ७५ लाख स्कूले बालबालिकाको पढाइ बिथोलिएको छ । बन्दले कक्षा ८ को जिल्लास्तरीय परीक्षा पनि स्थगित भयो ।
‘हामी अभिभावक विद्यार्थीको मर्काप्रति संवेदनशील छौं’, नेपाल शिक्षक संघका महासचिव केशव निरौलाले भने, ‘शिक्षा मन्त्रालयले शिक्षकका मुद्दालाई चासो दिने बताएको छ । तत्काललाई हड्ताल स्थगित गर्ने कुरा छ ।’ हड्तालको सरोकारवालाले गैरजिम्मेवारीको पराकाष्ठा भन्ने टिप्पणी गरेका छन् ।
आन्दोलनमा शिक्षक कर्मचारी सम्बद्ध २३ वटा संघ संगठन छन् । शिक्षक कर्मचारीका ४७ सुत्रीय माग भए पनि प्राथमिकता तीनवटा कुरामा केन्द्रित छ अस्थायी शिक्षकका समस्या समाधान गर्ने, बालविकास केन्द्रमा पढाउने शिक्षकको तलब कम्तीमा ६ हजार २ सय बनाउने र विद्यालय कर्मचारीको दरबन्दी तथा तलब सुविधा बढाउने । विधेयकले अस्थायीबारे आन्तरिक प्रतिस्पर्धा र सेवा अवधीका आधारमा उपदान दिने व्यवस्था गरे पनि अन्य समस्या सम्बोधन गरेको छैन ।
विद्यालय कर्मचारीबारे २०६२ सालमा भएको सहमतिअनुसार मन्त्रालयले पहिलो वर्ष प्राविमा २१ र माविमा ३१ हजार, दोस्रो वर्ष प्राविमा ४२ र माविमा ६२ हजार रुपैयाँ मासिक रुपमा २०६६ सालदेखि पठाउँदै आएको थियो । देशभर रहेका करिब २७ हजार बालविकास केन्द्रमा कार्यरत सहजकर्ताको तलब २ हजार ४ सयबाट पाउनुपर्ने विषयलाई विधेयकमा उल्लेख गरिएको छैन । आन्दोलनरत शिक्षकले विधेयक संशोधन गरेर माग नसमेटिएसम्म हड्ताल जारी रहने चेतावनी दिएका छन् ।
यस अघि आइतबार नै राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय बन्द फिर्ता लिन आग्रह गरेको थियो । आयोगले आइतबार विज्ञप्ती जारी गरि विद्यालय बन्दको घोषणाबाट निर्वाध शिक्षा प्राप्त गर्न पाउने बालबालिकाहरुको नैसर्गिक हकको हनन् भएको तथा सरकारले जारी गरेको ‘विद्यालय शान्ति क्षेत्र ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८’ को समेत उल्लंघन भएको जनाएको छ ।

उर्लाबारीले जित्यो उपाधी

दमक, फागुन २९/झापाको दमकमा आइतबार सम्पन्न रवी स्मृति अन्तर कलेज फुटबल प्रतियोगिताको उपाधी उर्लाबारी बहुमुखी क्याम्पसले कब्जा गरेको छ । 
दमक बहुमुखी क्याम्पस दमकलाई ट्राइवेकर मार्फत ३–१ को गोल अन्तरले पराजित गर्दै उर्लाबारीले उपाधीमाथि कब्जा जमाएको हो । खेलको पहिलो पूरा समय दुबै तर्फका खेलाडीहरुबाट गोलका लागि निक्कै प्रयासहरु गरिएको भए पनि गोल भने हुन नसकेपछि ट्रइवेकरमा प्रवेश गरेको थियो ।
अखिल क्रान्तिकारी दमक बुहुमुखी क्याम्पस इकाइ समिति दमकले आयोजना गरेको प्रतियोगिताको बिजेता टिम उर्लाबारी बहुमुखी क्याम्पसले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता दमक बुहुमुखी क्याम्पस दमकले १० हजार नगद र ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

दानाबारी र याङशीलाको स्थानान्तरण पूरा

दमक, फागुन २९/इलामको चुलाचुलीस्थित माओवादी जनसेनाको प्रथम डिभिजन मातहतका दुई सहायक शिविरमा रहेका लडाकुहरुको स्थानान्तरण कार्य पूरा भएको छ ।
इलामको दानाबारी सहायक शिविरमा रहेको विप्लप स्मृति ब्रिगेड अन्तर्गतका समायोजन रोजेका १ सय ६६ जनालाई चुलाचुलीस्थित मुख्यालयमा र मोरङको याङशिला सहायक शिविरबाट १ सय ७३ जना लडाकुलाई  टाँडी शिविरमा स्थानान्तरण गरिएको हो । प्रथम डिभिजन कमाण्डर यामबहादुर अधिकारी प्रतिक्षले दुवै शिविर आइतबार साँझ सम्ममा खाली गराइएको जानकारी दिए ।
सेना समायोजन विशेष समितिका सदस्य डा. शम्भु सिंखडा नेतृत्वको टोलीले गत बिहीबारदेखि सो कार्य थालेको थियो । खाली गराइएको दानाबारी शिविर स्थलमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५० जना सुरक्षाकर्मीको टोली सुरक्षाका लागि आइतबार दिउँसो नै खटेको पाथीभरा गण लखनपुरका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र शाक्यले जानकारी दिए । त्यस्तै याङशीलामा नेपाली सेनाको टोलीलाई सुरक्षा जिम्मा दिइएको बताइएको छ ।

‘एक युवा, एक रोजगार’ कार्यक्रम ल्याइने

दमक, फागुन २९/ युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामीले युवाहरुलाई आत्मनिर्भर बनाउन ‘एक युवा, एक रोजगार’ कार्यक्रम ल्याइने बताएका छन् ।

देशमा रोजगारीका अवसर नहुँदा वर्षेनी हजारौं युवाहरु विदेशिनु परेको उल्लेख गर्दै उनले युवाहरुको आत्मनिर्भरता नैं बेरोजगारी समस्या समाधानको दीर्घकालिन उपाय भएको उनले बताए । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा आयोजित रवि स्मृति फुटबल प्रतियोगिताको समापन समारोहमा उनले देशका एक करोड युवाहरुलाई लक्षित गरेर ‘एक युवा, एक रोजगार’ कार्यक्रम ल्याइन लागेको बताए ।
राष्ट्रिय युवा परिषद्का लागि मन्त्री परिषद्मा प्रस्ताव लगिसकिएको उल्लेख गर्दै राज्यमन्त्री अछामीले मन्त्री
परिषद्बाट निर्णय हुना साथ सो प्रस्ताव सदनमा पेश गरिने जानकारी दिए ।

मोर्चा अखण्ड लिम्बुवानको पक्षमा

बिर्तामोड, फागुन २९/लिम्बुवान मुक्तिमोर्चा झापाले मोर्चा अक्षुण अखण्ड लिम्बुवानको पक्षमा रहेको जनाएको छ । मोर्चाका जिल्ला अध्यक्ष देउकुमार नेम्वाङको अध्यक्षतामा आइतबार बिर्तामोडस्थित जिल्ला कार्यालयमा बसेको बैठकपछि नेम्वाङले सो जानकारी दिएका हुन् । उनले मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले शनिबार मार्चपास समापन कार्यक्रममा दमकमा छुट्टै स्वतन्त्र लिम्बुवान राज्य घोषणा हुनसक्ने चेतावनी दिएको भन्दै सो प्रति बैठकले आपत्ति जनाएको समेत बताए ।

कांग्रेसको सम्मेलन सकियो

बिर्तामोड, फागुन २९/नेपाली कांग्रेस झापाको पहिलो जिल्ला सम्मेलन आइतबार सकिएको छ ।
शनिबारबाट पार्टीको जिल्ला कार्यालय बिर्तामोडमा शुरु सम्मेलनले समसामयिक राजनीतिक तथा सांगठानिक प्रतिवेदन संसोधनसहित पारित गरेको छ । पार्टीका जिल्ला सभापति उद्धव थापाले पेश गरेको प्रतिवेदन माथि सहभागीहरुले टिप्पणी गरेका थिए । पार्टीको १२ औं महाधिवेशपछि संसोधित विधान बमोजिम गाउँ, नगर, क्षेत्र तथा जिल्लाका सम्मेलनहरु गर्न थालिएको हो ।  
पार्टीका जिल्ला सभापति सुशिल कोईरालाले उद्घाटन गरेका थिए । सम्मेलनमा जिल्लाका महासमिति सदस्य,
महाधिवेश प्रतिनिधी, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र क्षेत्रीय, नगर तथा गाउँ समितिका पदाधिकारीहरुका साथै भातृसंगठनका जिल्ला पदाधिकारीहरु सहभागी थिए ।

प्रसुतिमा समस्या

खोटाङ , फागुन २९/जिल्लामा दक्ष स्वास्थ्यकर्मीको अभावमा प्रसुतिमा समस्या रहेको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ । २ लाख ७४ हजार जनसंख्या रहेको जिल्लामा ५२ हजार ३६१ विवाहित महिला प्रजनन् योग्य भएपनि १४ जना दक्ष स्वास्थ्यकर्मीको भर पर्नुपर्ने भएकाले समस्या रहेको जिल्ला अस्पतालका डाक्टर ओमबिजु पन्तले बताए ।
उनका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरु बिदामा बस्दा थप जटिलता आउने गर्छ । यातायातको समस्यासँगै दक्ष स्वास्थ्यकर्मी गाउँका बर्थिङ सेन्टरमा नहुँदा सुत्केरीको मृत्यु हुने गरेको उनले बताए । जिल्लामा १० वटा बर्थिङ सेन्टर, एक बीईओसी र एक सीईओसीमार्फत प्रसुति गराईदै आएको छ ।
जिल्ला अस्पतालमा सीईओसीमार्फत अप्रेसन गराउन करारको डाक्टर ल्याइएपनि उनको सम्झौता २०६९ असार मसान्तमा सकिने भएकाले त्यसपछि थप समस्या आउने अस्पतालले जनाएको छ ।

सेनाद्वारा बिस्फोटक पदार्थ निष्कृय

भोजपुर, फागुन २९/नेपाली सेनाले सशस्त्र द्वन्द्वका समयमा राखिएका घरेलु बिस्फोटक पदार्थ निष्कृय पार्ने कार्य पुनः शुरु गरेको छ । नेपाली सेनाको माइन डिस्पोजल टोलीले गोरखबहादुर गण परिसर क्षेत्रमा रहेका घरेलु बिस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई ३ दिन अघिदेखि सुरु गरेको हो ।
सशस्त्र द्वन्द्वका समयमा तत्कालिन बिद्रोही माओवादीले छोडेका बिस्फोटक पदार्थहरु राखिएका स्थानको पनि पहिचान गरी बिस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई सुचारु गरिने सेनाले जनाएको छ ।
केही दिनसम्म सेनाको व्यारेक परिसर र आसपासमा रहेका घरेलु बिस्फोटक पदार्थहरु निष्कृय गरी अन्य स्थानको पनि निष्कृय गरिने सेनाले जनाएको छ । बिस्फोटक पदार्थको खोजीका लागि माइन डिक्टेटर मेशिनको पनि प्रयोग भइरहेको सेनाले जनाएको छ ।
सशस्त्र द्वन्द्वका समयमा भोजपुर सदरमुकामस्थित टुंडिखेलमा राखिएका घरेलु बिस्फोटक पदार्थ खोजी गरी निष्कृय गर्ने तयारीसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब निरीक्षक लक्ष्मीकुमार थापाले बताए ।

महिला हत्याको आरोपमा गिरफ्तार

पाँचथर, फागुन २९/सिवा गाविस–३ की ३४ वर्षीया रमादेवी आलेमगरको हत्या भएको रहस्य खुलेको छ । उनलाई १० दिन अघि राति सोही ठाउँका जेठाजु ५० वर्षीय जहरमान आलेमगर, १८ वर्षीय सुभराज नेम्बाङ, इम्बुङ गाविस–९ का ४१ वर्षीय बसन्त तामाङ र बसन्तकै पत्नी ३६ वर्षीया सञ्चमाया तामाङले घाटी निमोठेर हत्या गरी भिरमा लगेर फालेको रहस्य खुलेको छ ।
भीरबाट लडेर मृत्यु भएको भनिएका मगरको लास गत फागुन २० गते बिहान घरबाट दक्षिण तर्फ ५० मिटर टाढा गोरेटो बाटोबाट ९ मिटर तल झरेको अवस्थामा स्थानीयबासीहरुले फेला पारेका थिए ।
छोरीको मृत्यु रहस्यमय र शंकास्पद रहेको भन्दै मृतकको बुवा इलाम जिल्ला फुएतपा गाविस–६ का नरबहादुर रानामगरले २०६८ फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको माग गर्दै निवेदन दिएपछि २०६८ फागुन २४ गते आरोपितहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
अनुसन्धानको क्रममा आरोपितहरुले  कुटपिट गरी घाँटी निमोठेर महिलाको हत्या गरी भीरबाट फालेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय पाँचथर अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । आरोपितहरुविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको समेत पौडेलले बताए ।

कोरिया सेमिफाइनलमा, भारत बाहिरियो – खेल समाचार

एएफसी च्यालेन्जकप फुटबल
 काठमाडौं, फागुन २९/ डिफेन्डिङ च्याम्पियन उत्तर कोरिया एएफसी च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा ताजकिस्तानसँग हार व्यहोरेको भारत आइतबार भएको दोस्रो खेलमा फिलिपिन्ससँग २–० ले पराजित भएपछि एक खेल अघि नै समूह चरणबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको केही महिना अघि मात्र साफ च्याम्पियनसीपको उपाधि जितेको भारत फिलिपिन्स सामू निरीह देखिएको थियो । ११ औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई अग्रता दिलाएका फिलिप योङहसब्याण्डले खेलको ३ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चत गरे ।
फिजिफिन्सको जितसँग उत्तर कोरिया भने एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो खेलमा फिलिपिन्सलाई पाखा लगाएको कोरियाले आइतबार भएको आफ्नो दोस्रो खेलमा ताजकिस्तानलाई २–० गोलले पराजित गरेको थियो । सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा कोरियाका लागि पाक नाम चोल र जाङ कुक चोलले गोल गरे । खेलको चौथो मिनेटमा नै पाकको गोलबाट अग्रता लिएको कोरियाका लागि खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यसअघि शनिबार सम्पन्न समूह ‘ए’ को खेलमा माल्दिभ्ससँग पराजित भएपछि घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले आज तुर्कनिमिनिस्तानसँग खेल्नेछ ।

नाटकबट राजनीतिमाथि व्यङ्ग्य

विष्णु सुब्बा
 देश बिग्रिएको चित्रणलाई कलाकारहरुले अभिनयमा साटेका थिए । समाजमा उठेका हिंसा र खिचलो राजनीतिको संस्कार सुधार्न दमकेली कलाकारहरुले सर्जकको अभ्यास थालेका छन् नाटकमा ।

नाटकलाई व्यवसायिक बनाइनुपर्छ भन्ने यथार्थतालाई आइतबार दमकमा मञ्चित ‘बेरङ रङहरु’ कार्यक्रममा नाटककार प्रकाश आङ्देम्बे भन्दै थिए–‘यो अभ्यास हो, यसलाई निरन्तरता दिनुपर्छ ।’ गन्तव्य थिएटरको प्रस्तुती रहेको ति नाटक भोजपुर र भारतको दार्जिलिङ पछि दमकमा पहिलो पटक मञ्चन गरिएको थियो । दमकमा एउटा सुविधा सम्पन्न पढ्ने घरको स्थापना गर्न सहयोगार्थ सो नाटक आजसम्म सञ्चालन हुने आयोजक बिनोद तिम्सिनाले बताए ।
दुईदिनसम्म चार शो मञ्चन गरिने नाटक हेर्न ठूलो संख्यामा सर्वसाधारण, कलाकार, व्यवसायी, विद्यार्थीहरुको जमघट रहेको थियो । सो नाटका परिकल्पनाकार तथा निर्देशक आङ्देम्बे नाटकले समाज रुपान्तरणका लागि नाटकबाट आन्दोलन भएको बताए । नाटकमा मुख्य भुमिका बोकेका बेलडाँगी शरणार्थीका युवा किरण गुरुङको उत्कृष्ट प्रस्तुती रहेको थियो । ‘नाटकमा कलाकार गुरुङ भन्दै–‘आउ हिसा त्याग, शान्तिका लागि सबै मिलौँ ।’ समाजमा भड्किएको संस्कृतिको विरुद्ध तथा म मात्र ठूलो छु भन्ने राजनीतिक दलहरुको घमण्डका अहिलेको तीतो यथार्थतालाई कथाको मुख्य बिषयसँग जोडिएको छ ।
गन्तव्य थिएटरका निर्देशक समेत रहेका कलाकार
 आङ्देम्बे समाज बदल्न सबै उठ्नुपर्छ भन्ने सन्देशलाई चित्रण गरिएको देख्छन् र भन्छन्–‘नाटक यहाँ अभिनय हो तर हाम्रो कालो यथार्थ त्यहाँ झल्काइएको छ ।’ नाटकमा दमक, चुलाचुली, मोरङका पथरीका एक दर्जन बढी कलाकारहरुको अभिनय रहेको छ । नाटकमा मेशव भुजेल, चेतन आङथुपो, काशी खरेल, अनिल सुब्बा, दिलन समाल, सम्झना ओली, अनुपा लिम्बू, तुलसा आङ्देम्बे लगायतका कलाकारहरु छन् ।
नाटकमा दर्शकका रुपमा सहभागी दमकका वरिष्ठ लोक गायक एल.पी. जोशी नाटकको महत्व बढेर गएको बताउँछन् । नाटक मञ्चित पछि उनी भन्दै थिए–‘साच्चै मार्मिक नाटक हेर्ने अवसर जु¥यो ।’ संगीत र कला क्षेत्रमा दमक निकैपछि परेको अनुभुत गर्दै कलाकार जोशीले भने–‘मोफसलको कला, संगीतलाई माथि उठाउन यस्ता कार्यक्रमहरुले  ठूलो सहयोग पु¥याउने छ ।’ नाटक, चलचित्र र साहित्यमा दखल भएका उनले पछिल्लो समयमा नाटकमा आमा मानिसको प्रोत्साहन आउन थालेका बताए । ‘टिकट काटेर, लाइन बसेर पनि नाटक हेर्नुपर्छ, कलालाई सम्मान गर्नुपर्छ अभ्यास बन्न थालेको छ’ ६ दशक लामो अनुभव सुनाउँदै कलाकार जोशी थप्छन्–‘यो राम्रो सुरुवात हो, यसले मोफसलका हामी जस्ता कलाकारहरुको आत्मबल बढाएको छ ।’ उनले ‘बेरङ रङहरु’ ले समाजके पर्दा उघारेको टिप्पणी गरे ।

तीन दिनभित्र स्ववियु मिति

काठमाडौ, फागुन २९/त्रिभूवन विश्वविद्यालयले तीन दिनभित्र स्ववियु चुनाव मिति घोषणा गर्ने तयारी गरेको छ ।
विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले स्ववियु चुनाव मिति घोषणा गर्ने जानकारी दिएका हुन् । ‘हामी सबै विद्यार्थी संगठनसँग यस विषयमा छलफल गरिरहेका छौं,’ महर्जनको भनाइ उद्धृत गर्दै नेविसंघ उपाध्यक्ष नैनसिंह महरले आइतबार भने, ‘मंगलबारसम्म चुनाव घोषणा गर्ने गृहकार्य भइरहेको छ ।’
नेविसंघले तत्काल चुनाव मिति घोषणा गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र लिदै महर्जनले यस्तो जानकारी दिएका हुन् । यद्यपी प्रमुख विद्यार्थी संगठनबीच चुनाव प्रणालीमा सहमति भएको छैन ।
महरले मंगलबारसम्म स्ववियु चुनाव मिति घोषणा नभए कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । ‘मंगलबारसम्म स्ववियु चुनाव मिति घोषणा नभए विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, उपकुलपति, सहकुलपतिसहित पदाधिकारीलाई बहिस्कार गर्ने कार्यक्रम छ,’ उनले भने ।

करेण्ट लागेर मृत्यु

इटहरी, फागुन २९/मोटरबाट पानी तान्ने क्रममा करेण्ट लागेर इटहरी–४ का एक व्यक्तिको आईतबार मृत्यु भएको छ ।
बिहान–७ बजे तिर मोटरबाट पानी तान्दै गर्दा करेण्ट लागेर ५५ वर्षीय केशवप्रसाद न्यौपानेको निधन भएको हो ।
बन्दै गरेको घरमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा ५५ घर जले

लाहान, फागुन २९/सिराहाको दक्षिणपूर्वी नहरा रिगौल गाविस–३ नरहा टोलमा शनिबारराति आगलागी हुँदा ५५ घर गोठ जलेका छन् । आगलागीमा करिब रु ६० लाख बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
राति करिब ८ बजेको समयमा स्थानीय रामकृपाल यादवको घरको भान्साबाट निस्किएको आगोको झिल्कोले आगलागी भएको स्थानीय केदार यादवले बताए ।
आगलागीमा भिखन यादव, कुसुमलाल यादव, श्यामसुन्दर यादव, चन्देश्वर यादव, बिल्टु यादव, शत्रुघन यादव, महेन्द्र यादव, रामदयाल यादव र केशर यादवलगायतको घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी बल बेस क्याम्प इनरुवा ठाडीका प्रहरी निरीक्षक रामजङ्ग पाण्डेले जानकारी दिए । आगो स्थानीय गाउँलेसहित ठाडीस्थित सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय महेशपुर र गमहरियाका प्रहरीसहित लाहान र
राजविराजबाट पुगेका वारुणयन्त्रले करिब २ घन्टापछि निभाएका थिए ।
राति आगलागी भएकाले घरमा भएका अन्नपात, लत्ताकपडासहितका सामग्री जलेर नष्ट भएको छ । घटनास्थलमा पुगेका सशस्त्र प्रहरी निरीक्षक पाण्डेले थप घरमा आगलागी हुन नदिन वरपरका करिब २० घर भत्काइएको जानकारी दिए । आगलागीपीडितहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । घरमा भएका सबै सामग्री जलेपछि अग्नि पीडितको बिचल्ली भएको छ ।

‘२०४७ सालको संविधान ल्याऔँ’

बिराटनगर, फागुन २९/नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले जेठ १४ भित्रमा संविधान नबने २०४७  सालको संविधानलाई राजसंस्था हटाएर लागू गर्नुपर्ने धारणा अघि सारेका छन् ।
आइतबार सञ्चारकर्मीसँग उनले वर्तमान सरकारको नेतृत्वमा संविधान लेखन कार्य हुन नसक्ने ठोकुवा गर्दै २०४७ सालको संविधानमा, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र राजसंस्थाको ठाउँमा राष्ट्रपति थपेर लागू गरे समस्याको समाधान हुने बताए ।

माओवादीले शान्ति प्रकृयालाई लम्ब्याएर संविधान निर्माणमा ढिलाई गरेको उल्लेख गर्दै देउवाले २०४७ सालको संविधान लागू गर्नुपर्ने बताएका हुन् । तपाईको भनाई राजालाई सकृय बनाउनुपर्ने संकेत हो, भन्ने जिज्ञासामा उनले राजा कुनै पनि हालतमा पुन सकृय हुन नसक्ने बताए । ‘नेताहरु आउने जाने हुन्छ । तर, राजा आउने र जाने कहिल्यै हुँदैन ।’ उनले भने –‘राजसंस्थाको भविष्य सकिसक्यो ।’
डा. बाबुराम भट्टराई नेतृत्व सरकारले शान्ति प्रकृया टुङ्ग्याएर संविधान जारी गर्न नसक्ने दाबी गर्दै उनले
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि २०४७ सालको संविधानलाई परिमार्जित गरेर लागू गरेर देशलाई निकास दिन आफूले सुझाव दिएको बताए ।
‘यो सरकार निकम्वा भइसक्यो । तर यसलाई मधेशवादी मोर्चाले सहयोग गरेसम्म कुनैपनि राजनीतिक दलहरुले ढाल्न सक्दैन’ देउवाको भनाई थियो ।
मधेशी मोर्चा सरकार निर्माणको मुख्य शक्ति भएको उल्लेख गर्दै वर्तमान सरकार ढाल्न अरु दललाई मधेशी मोर्चाको सहयोग चाहिने पनि उनको भनाई थियो ।

एससिीद्वारा सडक विस्तारमा २० करोड लगानी

 खोटाङ, फागुन २९/स्वीस विकास नियोग एसडिसीले खोटाङको सडकमा २० करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । महुरे, फोक्सिन्टार सडकखण्ड अन्तर्गत गत वर्Èदेखि स्थानीयवासीद्वारा खन्न शुरु गरिएको ४९ किलोमिटर लामो सडकमा उक्त रकम खर्च भएको बताइएको छ । माथिल्लो सगरमाथा लोकमार्गको नामले परिचित उक्त सडक १७ वर्Èअघि सर्वेÔण्ँ गरिएको थियो ।
बजेटको अभावमा अलपत्र बनेको सडकलाई जिल्लावासीको आग्रहअनुसार स्वीस सरकारले निर्माण्ँको जिम्मा लिएपछि तीव्र गतिमा सडक निर्माण्ँ भइरहेको छ । नेपाल सरकार, स्वीस विकास नियोग र जिल्ला विकास समिति खोटाङको साझेदारीमा ‘जिल्ला सडक सहयोग कार्यक्रम’ अन्तर्गत उक्त सडक खनिन थालिएको हो । हालसम्म सो सडकको ३० किलोमिटर निर्माण्ँ सम्पन्न भइसकेको छ भने १८ किलोमिटर बाटोको ट्र्याक खोल्ने कार्य सकिएको जिल्ला विकास समिति खोटाङले जनाएको छ ।
पाँच मिटर चौडाइको बाटोमा थुप्रै स्थानीयवासीले रोजगार पाएका छन् । सडक निर्माण्ँ गरिरहेका मजदुरहरुको लागि मात्रै हालसम्म २० करोड रकम ज्याला भुक्तानी भइसकेको जनाइएको छ । सडक निर्माण्ँकै क्रममा १६३ जना स्थानीयवासीले सीपमूलक तालिम समेत पाएका छन् । आर्थिक वर्È २०६९÷०७० को चैतभित्र निर्माण्ँ कार्य सक्ने गरी सम्झौता गरेको एसडिसीले जिल्लाकै नमुना सडक निर्माण्ँ गरेको खोटाङका स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीले बताए ।

मलेसियामा एक हप्तामा चार नेपालीको मृत्यु

रामचन्द्र नेपाल
मलेसिया, फागुन २९/ रोजगारीको सिलसिलामा मलेसियामा रहेका चार नेपालीको एक हप्ताको अवधिमा मृत्यु भएको छ । पछिल्लोपटक सर्लाही इन्द्रपुर घर भई जौहोरको श्रीआलममा रहेको एक फर्निचर कम्पनीमा कार्यरत फ्याकु सिहं चौधरीको सुतेकै अवस्थामा मृत्यु भएको हो । सधैं झैं खाना खाएर सुतेका उनलाई भोलिपल्ट मृत अवस्थामा फेला पारिएको हो ।
यसैगरी महोत्तरी घर भई रावाङको एक कम्पनीमा कार्यरत विश्वेस्वर यादवको सडक दुर्घटनामा परी मृत्यु भएको छ । पाँच महिना अगाडि मात्रै रोजगारीको सिलसिलामा उनी मलेसिया आएका थिए । यसैगरी जोहोरको आयरबिरुमा रहेको साबुन र तेल बनाउने कम्पनीमा कार्यरत २७ बर्Èिय दैलैखका बिनोद कुमार दर्जीको कम्पनी भित्रै मृत्यु भएको छ । के कारण्ँले उनको मत्यु भएको हो थाहा हुन सकेको छैन । तर शवको प्रकृति हेर्दा कुटपीटबाट मृत्यु भएको जस्तो देखिएको त्यहाँ कार्यरत नैपाली श्रमिकहरुले जानकारी दिएका छन् ।
यस्तै दुर्गा घिमिरेले कम्पनीभित्रै आत्महत्या गरेका छन । जोहोरको बातुपहातमा रहेको रामाटेक्स कम्पनीमा कार्यरत घिमिरेले नेपाल फर्कनुभन्दा एकदिन अगाडि आत्महत्या गरेका हुन् । उनलाई कम्पनीले बिहीबार नेपाल फर्कनको लागि टिकट समेत दिइसकेको थियो । यसैबीच हृदयघातका कारण्ँ एक हप्ता अगाडि मृत्यु भएका भिरकोट तनहुँका बलबहादुर थापा मगरको शवलाई बुधवार मात्रै नेपाल पठाईएको छ । चार वर्È अगाडि थापा रोजगारीको सिलसिलामा मलेसिया आएका थिए ।
मलेसियामा दिनैपिच्छे मृत्युका घटना हुने गरेको भएपनि नेपाल सरकारले नेपालीहरुको के कारण्ँले मृत्यु भैरहेको छ भन्नेबारेमा कुनै चासो दिएको छैन । प्रायः सुतेकै अवस्थामा ज्यान गुमाउनेहरुको पोसमार्टमको रिपोर्टमा हृदयघातका कारण्ँ मृत्यु भएको उल्लेख भएको पाईन्छ । यस्तो थाहा हुँदाहुँदै पनि नेपाल सरकारले न त आजसम्म कुनै स्वास्थ्य सम्बन्धी कुनै सचेतनाको कार्यक्रम गर्न सकेको छ न त कुनै गैरसरकारी संस्थाहरुले यसमा चासो देखाएका छन् । लक्का जवानहरु दिन प्रतिदिन प्रवासमा ज्यान गुमाउँदा सरकारी निकायले मृत्यु हुनेको तथ्याङ्क संकलन बाहेक अरु केही गर्न सकेको छैन ।

१८ करोडको अदुवा निकासी

धनुकटा, फागुन २९/ धनकुटाका किसानहरुले यस वर्È १८ करोड रुपैयाँको अदुवा निकासी गरेका छन् । जिल्लामा उत्पादित अदुवा धरान र विराटनगर हुँदै भारत तर्फ निकासी भएको हो ।

धनकुटाको हिलेका व्यवसायी नन्दकिशोर शाहले पूर्वीनाका काँकडभिट्टा हुँदै भारतीय बजारसम्म अदुवा बिक्री गर्दै आएको बताए । विराटनगरका मनोज शाहले पनि नेपालको पूर्वीनाकाबाट भारतीय बजारमा अदुवाको व्यापार गर्दै आएका छन् । उनीहरुले कृÈकबाट अदुवा खरिद गरी हिले बजारमा भण्डारण्ँ गर्ने गरेका छन् । भारतीय बजारमा नेपाली अदुवाको माग बढीरहेकाले कृÈकलाई लाभ पुगेको व्यापारी बताउँछन् ।
कतिपय व्यापारीले अदुवा खन्नुअघि नै बिक्री गर्ने बेलाको दाममा पेश्कीसमेत दिने गरेको छिन्ताङ–४ का कृÈक हेमकुमार राईले जनाए । “पहिले गाउँमा व्यापारी पुग्दैन थिए, कृÈकले नै बजारसम्म पु¥याउनुपथ्र्यो” उनले भने, “अहिले व्यापारीले नै ढुवानीसमेत गरिदिन थालेका छन् ।”
अहिले घरबाटै ३० देखि ४० रुपैयाँ किलोले अदुवा बिक्री हुने कृÈक बताउँछन् । भारतको बजारमा ग्रेडिङ गरिएको राम्रो अदुवा ६५ रुपैयाँ प्रतिकिलोसम्मले बिक्री हुने व्यापारी बताउँछन् ।
हिले बजारबाट यस वर्Èमात्र ४ हजार ५ सय मेट्रिक टन अदुवा भारतीय बजारमा बिक्री भएको व्यापारी नन्दकिशोरले जानकारी दिए । यो आँकडा भारत निकासीको मात्र हो । नेपालकै बजारमा पटके व्यापारीले पनि ४ करोडभन्दा बढीको अदुवा बिक्री गर्ने गरेको उनले बताए ।
जिल्लामा ०५६ सालयता अदुवा व्यापारमा सुधार आएको हो । गाउँ–गाउँमा सडक विस्तारसँगै ढुवानी सहज भएकाले अदुवा व्यापार फस्टाएको हो । जिल्लाका छिन्ताङ, आँखीसल्ला, महाभारत, आहाले, खोकु र बेलहरा गाविस अदुवाखेती हुने मुख्य Ôेत्र भएको जिल्ला कृÈि विकास कार्यालयले जनाएको छ । मकैपछि मुख्य बालीको रुपमा यस Ôेत्रका कृÈकले अदुवाखेतीलाई लिने गरेको आँखीसल्ला–२ का कृÈक युद्धबहादुर खड्काले बताए ।
कृÈि कार्यालयले यस Ôेत्रलाई अदुवाखेतीको पकेट Ôेत्रको रुपमा विकास गरिरहेको जनाएको छ । कार्यालयका अनुसार धनकुटामा यस वर्Èमात्र १ सय ७० हेक्टरमा अदुवाखेती गरिएको छ । धनुकुटामा यस वर्ष १६ हजार ३ सय ३३ मेट्रिक टन अदुवा उत्पादन भएको जनाईएको छ ।

गिनिजबुकमा नेपाली

रोहित तिमिल्सिना
“म आप्पाको देशमा छु, सामाजिक सञ्जाल फेसबुकको” स्ट्याटसमा लेख्न नपाउँदै उताबाट प्रतिक्रियास्वरुप प्रश्न आयो, के आप्पा अहिले त्यहीँ छन् ? जवाफमा उनले भनेँ, “हो, आप्पा अहिले ग्रेट हिमालयन टेरलको पदयात्राका लागि नेपालमा छन् ।” २१ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण्ँ गरेर “गिनिजबुक अफ दी वल्र्ड रेकर्ड”मा नाम लेखाउन सफल आप्पा शेर्पाको सम्बन्धमा सिन्धुपाल्चोकको रिसोर्टमा एक अमेरिकी पर्यटक फेसबुकमार्फत बखान गर्दै थिए । सँगै रहेका हामी केही सञ्चारकर्मीलाई यस कुराले गर्वको महसुस गरायो । नेपाल अब सर्वोच्च शिखर सगरमाथा र गौतमवुद्धको देशमात्र नभएर आप्पाजस्तै विश्व कीर्तिमानीको देशका रुपमा पनि चिनिदै छ भन्ने अनुभव पनि भयो ।

“गिनिज बुक अफ दी वल्र्ड रेकर्ड”मा नाम लेखाएका कीर्तिमानी व्यक्तित्वको माध्यमबाट पनि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न सक्ने सम्भावना देखिएको छ । आप्पाजस्तै गिनिजबुकमा नाम लेखाउने यस्ता थुप्रै अनमोल रत्नको नेपालमा जन्म भइसकेको छ । वास्तवमा पर्यटक अब नेपालको प्राकृतिक सुन्दरता मात्र होइन, नेपालीलाई समेत हेर्न आउन अवस्था सृजना भएको छ । नेपालको सबैभन्दा होचो स्थान झापाको केचनाकलनको चर्चा कमै सुनिन्छ तर विश्वका सबैभन्दा होचा व्यक्तिका रुपमा गिनिजबुकमा नाम लेखाउन सफल चन्द्रबहादुर डाँगी विश्वव्यापी चर्चाको शिखरमा छन् । दाङको एउटा दुर्गम Ôेत्रमा जन्मिएका डाँगीको कीर्तिमानको कदर गर्दै बेलायतको “गिनिजबुक अफ दी वल्र्ड रेकर्ड”का प्रधानसम्पादक क्रेग ग्लोडे आफैँ नेपाल आए । डाँगीलाई नजिकबाट हेर्न चाहने स्वदेशी मात्र होइन विदेशी पनि उत्तिकै सङ्ख्यामा रहेको ग्लोडेले प्रतिक्रिया दिएर गएका छन् । त्यस्तै, बिनाअक्सिजन सगरमाथा चढ्ने हिमचितुवा नामले परिचित आङ्रिता शेर्पाको पनि विश्वव्यापी चर्चा छ । गिनिजबुकमा नाम लेखाएर नेपाल र नेपालीलाई चर्चित बनाउने यस्ता बहुमूल्य व्यक्तित्वको सङ्ख्या नेपालमा बढ्दो छ । विश्व कीर्तिमानीको अध्ययन गरिरहेका थानेश्वर गुरागाईंका अनुसार पछिल्लो समयमा विश्वको सबैभन्दा होचो व्यक्तिको सूचीमा चन्द्रबहादुर डाँगीको किर्तिमानसँगै अब “गिनिजबुक अफ दी वल्र्ड रेकर्ड”मा नाम लेखाउने नेपालीको सङ्ख्या २४ पुगेको छ । डाँगीभन्दा अगाडि नेपालका खगेन्द्र थापामगरले सबैभन्दा होचो व्यक्तिका रुपमा गिनिजबुकमा नाम लेखाएका थिए ।

मीनबहादुर शेरचन, शम्भु तामाङ, तेम्बाछिरी शेर्पा, मेहबुब आलम, पेम्बादोर्जे शेर्पा, निमागुम्बु शेर्पा, प्रतिष्ठा अमात्य, अम्बिका निरौला, दीपक शर्मा बजगाई, हरिबहादुर रोकाय, थानेश्वर गुरागाई, बाबुछिरी शेर्पा, आङ्रिता शेर्पा, रिरेन्द्र श्रेष्ठ, तेन्जिङनोर्गे शेर्पा, लाक्पागेलु शेर्पा, सन्तोÈ तिमल्सिनाले विश्व कीर्तिमान कायम गरेर गिनिजबुकमा नाम लेखाउन सफल भएका छन् । दाङको रिमोखोली गुरुनधारामा जन्मिएका ७२ वर्Èीय चन्द्रबहादुरले फिलिपिन्सका २३ दशमलव ५ इन्चका १८ वर्Èीय जुनेरिवाउ लिनलाई पछाडि पार्दै विश्वकै होचो व्यक्ति बन्न सफल भएका थिए । काठमाडौँ धर्मस्थलीका रोहित तिमल्सिनाले १ मिनेटमा ११६ जनालाई चुम्बन गरी विश्व कीर्तिमान बनाउन सफल भए । जर्मनीका माइकल वास्टीले एक मिनेटमा १०६ जनालाई चुम्बन गरेको कीर्तिमान रोहितले तोडेका थिए । २१ टेनिस बललाई देब्रे हत्केलामा राखेर फ्रान्सका अनार्ड डेस्म्यानको कीर्तिमानलाई तोड्दै उनले अर्को विश्व कीर्तिमानसमेत बनाएका थिए । २४ गल्फ बललाई हत्केलामा राखेर तीन विधामा कीर्तिमान बनाएर उनले कीर्तिमानको ह्याट्रिक पूरा गरेका छन् ।
एउटा भान्से र भरियाका रुपमा हिमाल चढ्न शुरु गरेका सोलुखुम्बुका आप्पा शेर्पाले सबैभन्दा बढी २१ पटक सगरमाथा आरोहण्ँ गरेर विश्व कीर्तिमान बनाए भने ७६ वर्Èको उमेरमा सगरमाथा आरोहण्ँ गरेर मीनबहादुर शेरचनले विश्वको सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण्ँ गर्ने कीर्तिमान बनाएका छन् । शम्भु तामाङ १८ वर्Èको उमेरमा सगरमाथा आरोहण्ँ गरेर सबैभन्दा कम उमेरमा आरोहण्ँ गर्ने कीर्तिमान कायम गरेका छन् । पछि उनलाई उछिन्दै तेम्बाछिरी शेर्पाले १६ वर्Èको उमेरमा सगरमाथा आरोहण्ँ गरेर गिनिजबुकमा नाम लेखाउन सफल भए । एउटै खेलमा १० विकेट लिएर मेहबुब आलमले र तीनपटक लगातार एभरेष्ट म्याराथन उपाधि जितेर हरिबहादुर रोकायले कीर्तिमान बनाएका छन् । आठ घन्टा १० मिनेटमा सगरमाथा आरोहण्ँ गरी सबैभन्दा छोटो समयमा आरोहण्ँ गर्ने कीर्तिमान पेम्बादोर्जे शेर्पाले बनाएका छन् ।
त्यस्तै, एकै परिवारका चार दाजुभाइले सगरमाथा आरोहण्ँ गरेर निमागुम्बु शेर्पाको दाजुभाइले कीर्तिमान बनाए । प्रतिष्ठा अमात्यले आँखाले नहेरी लगातार सबैभन्दा बढी ७५ वटा वस्तु छोएर कीर्तिमान बनाए भने अम्बिका निरौला मुखमा मट्टीतेल हालेर लामो समयसम्म आगोको ज्वाला निकाल्ने विश्व कीर्तिमान कायम गरेका छन् । दीपक शर्मा बजगाईंले ११३ घन्टासम्म लगातार पढेर सबैभन्दा लामो समयसम्म पढ्ने विश्व कीर्तिमान बनाएका छन् । एक मिनेटमा सबैभन्दा बढी ३४ लसुन खाएर पनि उनले अर्को कीर्तिमान बनाएका छन् । थानेश्वर गुरागाईंले एक मिनेटमा सबैभन्दा बढी ४४४ बास्केटबल वाउन्च गर्ने, सबैभन्दा लामो समय ३० मिनेटसम्म एक औँलाले गिनिजबुक घुमाउने र ३० सेकेन्डमा ५६ पटक बास्केटबललाई जिउवरिपरि घुमाएर तीन कीर्तिमान बनाएका छन् । बाबुछिरी शेर्पाले सबैभन्दा लामो समय २१ घन्टा बिनाअक्सिजन सगरमाथामा बस्ने, आङ्रिता शेर्पा बिनाअक्सिजन सबैभन्दा बढी सगरमाथा आरोहण्ँ गर्ने र ६ वर्Èको उमेरमा विभिन्न फोटो खिचेर रिरेन्द्र श्रेष्ठले विश्वको सबैभन्दा कान्छो फोटोग्राफरका रुपमा गिनिजबुकमा नाम लेखाउन सफल भएका छन् ।
यो नेपाल र नेपालीका लागि गर्वको विÈय हो । तर, केही सामान्य पर्दामा देखिएकाबाहेक अन्य विश्व कीर्तिमानी के गर्दै छन् ? उनीहरुको कस्तो अवस्थामा छ भन्ने कुराको खोजी पनि राज्य पÔबाट हुन सकेको छैन । सम्बद्ध निकायले पनि यसको आधिकारिक तथ्याङ्क राख्न सकेका छैन । २१ पटक सगरमाथा आरोहण्ँ गरे पनि राज्यले बाँच्ने आधार खडा नगरिदिएपछि लामो समयदेखि आप्पा शेर्पा सपरिवार अमेरिकामा बस्दै आएका छन् । । ग्रेट हिमालयन ट्रेलको १२० दिनको यात्रा पूरा गरेपछि आप्पा फेरि अमेरिका नै फर्कनेछन् । आप्पा त एउटा उदाहरण्ँमात्र हुन् । यस्ता विश्व कीर्तिमानी अहिले विदेशीने क्रम बढ्दो छ । तीन विश्व कीर्तिमान बनाएका रोहित तिमल्सिना र अर्का कीर्तिमानी सन्तोÈ तिमल्सिना पनि अहिले अमेरिकामा छन् । उता, सबैभन्दा छिटो आठ घन्टा १० मिनेटमा सगरमाथा आरोहण्ँ गर्ने किर्तिमानी आरोही पेम्बादोर्जे शेर्पा पनि अमेरिकामा बस्ने तर्खरमा छन् । विश्व किर्तिमान बनाउने विलÔण्ँ प्रतिभालाई अमेरिकालगायत केही विकसित देशले आकर्Èित गर्नका लागि “ग्रीनकार्ड”, “सीटीजनसीप” देखि अन्य राज्यस्तरको सुविधा प्रलोभन देखाइरहेको अवस्थामा हाम्रोजस्तो विकासोन्मुख देशमा जन्मिएका यस्ता विलÔण्ँ प्रतिभालाई पलायन हुनबाट रोक्नेतर्फ सम्बन्धित निकाय र सरकार गम्भीर हुन जरुरी छ ।

“यो आन्दोलन एकताको आन्दोलन हो”– बाटैमा

सीताराम अधिकारी, अध्यक्ष
अखिल नेपाल शिक्षक संगठन(झापा)
लामो समयदेखि निरन्तर शैक्षिक आन्दोलनमा हुनुहुन्छ, के छ आन्दोलनको अवस्था ?
हो, हामी नेपाली शिक्षकहरु केही समयदेखि निरन्तर आन्दोलनमा होमिएका छौँ । सबै जिल्लामा विद्यालय शिक्षक (बालविकास समेत), कर्मचारीको मात्र होइन, अभिभावक, विद्यार्थी, नागरिक समाज, पत्रकार, व्यापारीको पनि आन्दोलनमा उल्लेखनीय सहभागिता,समर्थन, ऐक्यबद्धता पाइरहेका छौँ । यो आन्दोलन समस्या हल गर्ने दिशातर्पm उन्मुख मात्र होइन एकताका संवाहक बनेको ऐतिहासिक आन्दोलन भएको छ ।
सरकारको नेतृत्व गर्ने दल निकटको संगठन पनि किन आन्दोलनमा नि ?
हाम्रो अखिल नेपाल शिक्षक संगठन (ब्ल्त्इं) र नेकपा माओवादी पार्टीका नजिक मात्र होइन, भातृ संगठन नै हो तर संगठनको उद्देश्यमा अघि बढ्न स्वतन्त्र छ । कुनै विचार नबोकेको संगठन जीवित रहन सक्दैन, त्यो अवसरवादी र लोभी पापीहरुको झुण्ड मात्र हुन्छ । हाम्रो संगठनले ए.माओवादी पार्टीको विचारलाई आत्मसाथ गरेको छ, यो विचारले मात्र सबै खाले पेशागत र शैक्षिक समस्या हल हुन्छ भन्ने हामीले ठानेका छौँ । फेरि यो आन्दोलन पार्टी र सरकारको विरुद्ध पनि त होइन नि ? विगतमा विभिन्न दलहरुका शिक्षक संगठनका मूलहरुलाई प्रष्ट्याउँदै, आम क्रान्तिकारी स्वाभिमानी शिक्षक, कर्मचारीको आशा र भरोसाको केन्द्रको रुपमा रहेका संगठन भएको नाताले पेशागत र शैक्षिक मुद्दालाई हल गर्न मार्ग निर्देश गरेको मात्र हो ।
विगतमा भए जस्तै यो आन्दोलन पनि धोका पूर्ण सम्झौतामा टुङ्गिदैन भन्ने आधार के छ ? धेरै शिक्षकको मनमा भएका शंका कसरी मेट्नु हुन्छ ?
सही प्रश्न गर्नूभयो । आन्दोलन उत्कर्षमा पुगे पनि धेरै शिक्षकको मनमा विगतको धोकाले यो शंका रहेको हामीले पायौँ । यसो हुनुको मूल कारण राजनैतिक दलले हामी शिक्षकहरुलाई विभिन्न समूहमा विभाजित गर्नु हो र हामी शिक्षकहरुले पनि आफ्नो संगठनको उद्देश्य भुली आफ्नो दलको नेतृत्वको सरकार बचाउनु पेशागत र शैक्षिक मुद्दा छोड्नु हो । तर यो आन्दोलन एकताको आन्दोलन हो, विगतको भुलबाट यो पाठ सिकी अघि बढेको आन्दोलन हो । यो ऐतिहासिक आन्दोलनको चौथो चरण सम्मका कार्यक्रममा अभिभावक, विद्यार्थी र जुझारु अनि संघर्षशील शिषकको उपस्थिति र समर्थनबाट नै पुष्टि भएको छ कि यो आन्दोलन धोका पूर्ण सम्झौतामा टुङ्गिनेछैन । त्यसैले सबै शिक्षक कर्मचारीलाई सशंकित नभई संघर्षशील बन्न अनुरोध गर्दछु ।
आफ्ना मागहरु पूरा गर्न विद्यालय नै बन्द जारी लाखौँ लाख विद्यार्थीको भविष्य अन्धकार बनाउन कति उचित छ ? आन्दोलनका विकल्प अरु छैन ?
हामी एक्कासी विद्यालय बन्द गर्ने ठाउँमा पुगेका होइनौँ । कार्तिक महिना देखि निरन्तर पहिलो, दोस्रो, तेस्रो चरण पूरा गर्दै चौथो चरणको आन्दोलनमा कठोर निर्णय गरेका हौँ, सरकारको ध्यान पुगोस् भनेर पहिलो चरणमा प्रचारात्मक कार्यक्रम ल्यायौँ, दोस्रो चरणमा शिक्षा कार्यालयमा काम रोक धर्ना र राजनैतिक दलका कार्यालयमा २ घण्टे धर्ना ग¥यौँ । तेस्रो चरणमा विद्यालयबाट ३० प्रतिशत शिक्षकको उपस्थिति शिक्षा कार्यालयमा ६ दिन सम्म धर्ना बसी सांकेतिक बन्द ग¥यौँ । फेरि पनि सरकारको ध्यान नपुगे पछि चौथो चरणमा कठोर कार्यक्रमको घोषणा ग¥यौँ । जसमा सबै जिल्लामा सरोकारवालासँग फागुन २३ गते अन्तक्र्रिया कार्यक्रम २४ गते प्र.अ. सँग अन्तक्र्रिया र २८ गते देखि आम शैक्षिक हड्ताल छ । फेरि पनि हामी चाहन्छौँ २८ गते नआओस् । त्यसैले सरकार पनि गम्भीर भएको हामीले पाएका छौँ, भने हाम्रो संयुक्त संघर्ष समितिको केन्द्रीय नेतृत्व पनि जिम्मेवार पूर्ण ढङ्गले वार्तामा बसेका कारण छिटै निकास आउने कुरामा हामी विश्वस्त छौँ ।

आखिर झुप्रा त झुप्रै रहे नि – दोस्रो लेख

रुद्र निरौला
शिशिर ऋतुको पतझड र तुवाँलो लागेको क्षितिज । फुङ्ग उडेको उराठिलो वातावरण र कर्कस पुनरावृत्ति गरिरहने रेडियो टेलिभिजनका कर्ण विदीर्ण गर्ने अलापहरु अब अनाश्यक भइ सके । पत्रपत्रिकाका अनगन्ती सुस्केराहरु र आँखा अगाडि प्रत्यक्ष देखिने परिदृष्य अहिले कहाली लाग्दा बज्रपात बनेका छन् । भन्न सबैलाई छुट भएका कारण शीत युद्ध चल्दो रहेछ । कसैले कसैलाई भन्न बाँकी राखेनन् । बोल्न हुने नहुने केही ध्यान छैन । कसलाई सम्मान गर्नुपर्ने र कसलाई तिरस्कार गर्नुपर्ने ? कसैलाई चासो छैन । सिंगान पुछिएको र नाक काटिनुको टुङ्गो भएन । को ठूलो ?, को सानो ?, को महान् ?, को नीच ? केही प्रवाह रहेन । प्रजातन्त्र भनिए पनि जनता र शासकका बीचको दुरता झन् बढ्यो । झुप्रामा बास बसेका र दुई छाक टार्न धौ–धौ हुनेहरुका टाउका मचमच कुल्चिएर आलिशान शिशमहलपतिहरु सर्वहारा वर्गका नेता भएका कारण नवधनाढ्यहरुको उन्मादपूर्ण चहनपहल अब नेपाली झुप्रा र बुकुराले आँक्न सक्ने विषय नै भएनन् । भ्लाभिमिर पुटिनले पुनः राष्ट्रपति पद जित्नु र हिजो बाराक ओबामाले अमेरिकाको राष्ट्रपति पद प्राप्त गर्नुले सर्वहारा वर्गले दुईदिन तिघ्रा ठटाएर उफ्रनु बाहेक केही पाउने होइनन् । बाघ बुढो भए पनि घाँस खाँदैन भन्ने उखान जस्तै भयो नेपाली राजनीति ।
राणाले मल्ल र लिच्छवीलाई सरापेको पाइँदैन तर राणाया नेपाली सत्तामा रहने र सत्तामा बाहिर रहनेले जहिल्यै दुई वटा दर्जा कायम गर्दै आए छन् । पृथ्वी नारायण सवल हुँदा भुरेटाकुरे पीडित भए । राज्य एकीकरण भयो । नेपाली दिग्जिय बन्दै पश्चिममा किल्ला काङ्गडा, पूर्वमा टिष्टा, उत्तरमा केरुङ्ग र दक्षिणमा गङ्गातट सम्म पुगेको एकताको उदाहरणसँगै शाहवंशीय राजकूल कमजोर बनेको र दरबारीय षड्यन्त्र भएका कारण हालको नेपाली सीमा भित्र सङ्कुचित बन्नु परेको दुःखद् परिणती पनि हाम्रा सामु छ । नेपाली राजनीतिमा शक्ति दुराग्रही प्रवृत्ति अनेक पटक उदय हुने गरेको छ । हाम्रो भूगोल र सामाजिक संरचना त्यति सहज छैन जति नेपाली नेताले नेपाल पढेका छन् । नेपालको राजनीति गर्न दिल्ली र वासिङ्ग्टनको पाठ पर्याप्त हुँदैन । नेपाल पढ्न सक्नुपर्छ । नेपालको कुनै एउटा थात थलोमा हरिया विदेशी डलर भएको देखेर छुट्टै राज्य माग गर्ने र राज्य उद्घोष गर्दै हिँड्ने नेता भस्माशुरले हत्तोहैरान पारेको धतुरे शिवको हालत खेप्न विवश हुनेछन् ।
राज्य न्यायिक पद्धतिले सम्भ्रान्त बन्ने हो । राज्यका तीनवटै एकाईमा आपसी सद्भाव र समन्वय हुनुपर्छ । आज विधायिका सभाना जुन भीड तन्त्र पु¥याइएको छ, त्यो दलला, भ्रष्ट अवसरवाद र संकीर्णताको मानसिकताले ग्रस्त छ । मन राख्न सक्ने दल र दलीय चरित्र हराएको छ । एकले अर्कोलाई धारेहात पारेर सरोपेको छ । यो कुन सभ्य राजनेताको गुण हो ? छ सय एकको एउटा जमात छ । केवल छेपारे चरित्रमा । कुनै रङ्ग रोगनको टुङ्गो हुँदैन । भुपेन्द्रमान शेरचनको कविता जस्तै चरित्र छ तिनको । बालुवाटारको घुम्ने कुर्सीबाहेक तिनलाई नेपाल छ भन्ने लाग्दै लाग्दैन । पञ्चले सत्तो सराप गरेका राणाहरुले नेपाली जनताको खुन पसिना लुटेर बनाएका सिंहदरबार, केशरमहल, बबरमहल, सित्तल निवास आदि अनेक संरचनामा आज युग हाँक्छौ भन्नेहरु बाघको छालमा स्यालको रजाई जमाई रहेका छन् । यिनले उपयोग गरेका बालुवाटार, पेरिस दरबार तथा सानेपा दरबार र यस्तै सर्वनामका दरबार पनि कुनै भगवान खुशी भएर यिनलाई बरदान प्राप्ति भएका अवश्य नै होइनन् । त्यहाँ पनि मेची महाकाली भित्रका गरीब युवावर्गहरुका रगत र पसिना सजिएकै होलान् । दुई तिहाई बहुमत ल्याउने कांग्रेस, चौद्ध महिना भन्दा बढी आफ्नो सत्ता टिकाएर एउटै कार्यवधि पूरा गर्न नसकेकै पार्टी भित्र चिनिन्छ । कम्युनिष्टहरु चिरा पर्न सिपालु छन् यिनलाई चोइटिन राम्ररी आउँछ । जो आजका कम्युनिष्ट पार्टीका नाम, सर्वनाम र विशेषण हेरे पुग्छ । पञ्चले छोडेका केही डोबहरु छन् । श्रृंखलागत इतिहास हेर्दा प्रधानमन्त्रीका सूचिमा नेपालका सबै वर्गको प्रतिनिधित्व भएको छ । कांग्रेस कम्युनिष्ट पञ्च सबैका आफ्ना–आफ्ना मन्त्री प्रधानमन्त्रीहरुको लिष्ट छ ।
सबै ब्याज खाएर बस्नेमात्र । सत्ता वरिपरी गणेश परिक्रमा मै दसकौँ बिते तर राज्यमा शान्ति, मैत्री सम्वृद्धि र सुशासन देखापर्ने लक्षण छैन । फूलमालाको भारी बोक्यो टेलिभिजनका पर्दामा देखाप¥यो अरुलाई सक्दो सराप ग¥यो, आफू चोखो । यो खेल अब नेपाललाई आवश्यक परेन । यसले न साग जित्ने भयो न ओलम्पिक नै । देश र जनतालाई बन्धक बनाएर विश्वभरी भिक्षाटन गर्नु र जनताको रगत पसिनामा होली खेल्ने क्रुर तानाशाहहरु अब नेपाली जनताले पाल्ुन आवश्यक छैन ।
तर खोई नेपाली जनतामा चेनता । खारामा राजनीतिक गर्नेहरु बालुवाटारमा छिरेपछि खारा बिर्सन्छन् र दिल्ली एवम् वासिङ्ग्टनसँग साइनो जोडेर नेपाल बनाउने हिङ हाँक्छन् तर एउटा तुइन चुँडिएका ठाउँमा पुल बनाउन सक्दैनन् । त्यहाँका जनताले एउटा पुल मागे, एउटा उपचार गर्ने स्वास्थ्य चौकी मागे, बालबालिका पढाउने स्कूल मागे, दुई छाक खान र एकसरो आङ ढाक्ने कपडाका लागि वातावरण बनाइदेउ भने तर मन्त्री, प्रधानमन्त्री र देश त मागेनन्् नि ! मधेसीहरुलाई समूहगत शैन्य प्रवेश, एक मधेस एक प्रदेश चाहियो, मन्त्री चाहियो, भ्रष्ट तन्त्र निर्वाह चलाउने माग चाहियो आज सरकार टिकाउन पचासको संख्यामा मन्त्रीहरु राखेर मितव्यायिताको उद्घोष गर्ने वर्गको दाइँ छ । यो नपुंसकहरुको दाइँबाट देशले एउटा संविधान भेट्ला त ? होइन भने झुप्रा त..... ।

विहार विकास : हल्ला र यथार्थ – पहिलो लेख

रमेश न्यौपाने
केही बेथिति वा नराम्ँ्रो कुरालाई जनाउनु परे ‘विहारी शैली’ भनेर टिप्पण्ँी गर्नेहरु अहिले ठीक उल्टो बोल्न थालेका छन् । कारण्ँ हो, विहारले हाँसिल गरेको द्रुत आर्थिक विकास । उनीहरुका विचार र टिप्पण्ँी प्रायः भारतीय सञ्चारमाध्यम र त्यसकै प्रभावले विदेशी मिडियासम्म आउने समाचारमा आधारित हुन्छन् । तर यथार्थ जति सुनिन्छ के त्यत्ति नै हो त ? के विहार साँच्चै राम्राज्य बनिसकेको हो त ?
नेपाली पत्रकारहरुसँगको कुराकानीमा पूर्व मुख्यमन्त्री लालु यादव (जो पछि केन्द्रीय रेलमन्त्री समेत भए) ले भनेको एउटा सन्दर्भ रोचक छ । उनले भनेका थिए, ‘तपाईंहरुले विहारको विकास भन्ने सुन्नु मात्र न भएको छ, देख्नुभएको त छैन नि ।’ भलै त्यसको पछाडि उनको राजनीतिक स्वार्थ र चालवाजी होला तर त्यसभित्र केही तथ्य लुकेको छैन भन्न सकिन्न ।
विहार अहिले एउटा ‘आदर्श’ को रुपमा चर्चित छ । केही वर्È अघिसम्म शासन शैली र शासकीय स्वरुपबारे बहस गर्दा माओवादी नेताहरुले विहारी शैलीको गण्ँतन्त्र स्वीकार्य छैन भनी टिप्पण्ँी गर्थे । प्रतिउत्तरमा तत्कालिन भारतीय राजदुत राकेश सुदले विहारको विकास गएर हेर्न चुनौति नै दिन्थे । यसरी नै शुरु भएको थियो, नेपालमा विहार विकासबारेको चर्चा ।
अहिले ‘ग्लोवल समिट अन चेन्जीङ विहार’को उद्घाटनसम्म प्रधानमन्त्री डा. बाबुराम भट्टराई पुग्दा फेरि एकपटक यहाँ विहारलाई आदर्श बनाएर हाम्ँ्रा सञ्चारमाध्यममा प्रचार गरियो । प्रधानमन्त्रीको भ्रमण्ँको क्रममा सम्पन्न समिट उद्घाटन समारोहमा मुख्यमन्त्री नितिश कुमारले भनेका थिए,‘निदाउदै यात्रा गर्दा निद्रा खुले विहार आयो भन्ने चलन थियो, त्यसमा चाहीँ हामीले सुधार गरेका हौ’ । वार्Èिक जिडीपी ११.३ प्रतिशत भन्दा बढी भएको यो भारतीय राज्यको विकासलाई हेर्दै प्रधानमन्त्रीले कार्यक्रममै विहारलाई विकासको रोलमोडेल भनि घोÈण्ाँ गरे ।
तर विहारनै पुगेर त्यसको विकास हेर्दा काम भन्दा कुरा बढी भनी भएको भनि टिप्पण्ँी गर्नेहरु प्रशस्तै भेटिन्छन् । जति परिवर्तन भएको छ, त्यसमा पनि नितिश कुमारको सरकारको धेरै ठूलो भूमिका नरहेको तर्क राख्नेहरु पनि छन् । स्थानीय जनताले पनि त्यहाँ भएको भनिएको परिवर्तनको खासै अनुभति गरेको पाइदैन । पटना विश्वविद्यालयमा अर्थशास्त्रमा पोस्ट ग्राजुयट गरेकी रज्नी सिंहले विहार विकासमा कुनै चमत्कार नभई समयको स्तरसँगको परिवर्तनमात्र भएको बताउँछिन ।
नितिश कुमारले आङ्खनो मुख्य प्राथमिकता सुशासन भएको पटक–पटक दोहो¥याउने गरेका छन् । केही भारतीय सञ्चारमाध्यमले त उनी शासनमा आए लगत्तै झण्डै ४८ हजार गुण्डाहरुलाई जेल हालेको र बाँकी रहेका पनि विहार छाडेर भागेको बताएका छन् । झण्डै सय बढीलाई मृत्युदण्ड समेत दिइएको छ । लुटपाट र गुण्डातन्त्र विहारमा पुरै नियन्त्रण्ँ भएको दावी गरिएको छ । नितिश कुमारले गुण्डाहरु की त जेलमा छन् कि त विहारको वोडर कटिसके भन्छन् । तर उनको त्यो भनाइलाई नाम उल्लेख गर्न नमान्ने एक विहारी सुरÔा अधिकृतले ‘मजाक’ भनी आलोचना गरे । ‘म सुरÔाकर्मी हुँ, सुरÔामा सुधार आएको सुन्न पाउनु मेरा लागि खुशीकै कुरा हो’, उनले भने, ‘तर अवस्था भिन्न छ ।’ उनका अनुसार एउटा सत्तामा आउदा अर्काे पार्टी निकटका गुण्डाहरु जेलमा जान्छन् । अनि अर्को सत्तामा आए पहिलेका छुट्छन् र नयाँ जान्छन् । जति नै सुशासनका कुरा गरेता पनि गुण्डा राजनीति अझैसम्म पनि विहारी राजनीतिको एउटा पाटो रहेकै छ ।
विहारमा विकास भएको भनेकै पूर्वाधारभार विकासमा मात्र हो । भौतिक पूर्वाधार निर्माण्ँमा प्रशस्त लगानी भएको छ । पचासौंको संख्यामा ङ्खलाई ओभर, आठ लेनको सडक निर्माण्ँ आदि । शहरीकरण्ँ पनि विस्तारै मौलाउदै गएको छ । औद्योगिक विकासमा ठूलो लगानी भित्रिएकोे छ । विद्यालय नजाने बालबालिकाको संख्या १२ बाट घटेर ३ प्रतिशतमा झरेको छ, नितिशकुमारको छ वर्Èे कार्यकालमा । स्कूले विद्यार्थीलाई नगद, साइकल, डे«स आदि सुविधा दिएर विद्यालय जान प्रोत्साहन गरिएको छ । आफूले दुई सय प्रतिशतसम्म आर्थिक वृद्धि गरेको दावी मुख्यमन्त्री कुमारको छ । राज्यको हरेक निकायमा ५० प्रतिशत महिलाको सहभागिताको लागि आरÔण्ँ दिइएको छ ।
तर उनकै २९ सदस्य क्याविनेटमा भने तीन जनामात्र महीला छन् । निर्माण्ाँधिन छ लेनको सडक राज्य सरकारको मातहात नभई ‘गोल्डेन क्याडिलेट्रल प्रोजेक्ट’ अन्तर्गत सुपर राजमार्गका रुपमा ‘प्रधानमन्त्री सडक’को नाममा केन्द्र सरकारको योजनाले चलिरहेको हो । यो देशका अन्य राज्यहरु हुदै अहिले विहार पुगेको हो । केन्द्र सरकारकै विशेÈ रुचिमा गोपालगन्ज देखि मुजङ्खफापुर हुदै किशनगन्जसम्मको सडक विस्तार भईरहेको छ । तर, नितिशकुमारलाई त्यसको ‘क्रेडिट’ आफूले खान खोजेको आरोप छ । कुनै बेला आÏनै पार्टीमा रहेका मुख्यमन्त्री लालुप्रसाद यादवले नितिशलाई ‘आङ्खनो प्रचारको लागि करोडौं खर्चे’को आरोप लगाए । आङ्खनो नाम ‘ब्राण्डिङ’ गरेर भावी प्रधानमन्त्रीको रुपमा आफूलाई उभ्याउने ध्याउन्नमा छन् अहिले नितिश कुमार । लगानीकर्ताको उपस्थिति शुन्यप्राय रहेको विहार ग्लोबल समिट सारा संसारलाई बोलाएर ‘मैले गरे’ भन्ने देखाउने वा प्रचारवाजीको शैलीबाट मात्र निर्देशित पनि देखिन्छ । त्यसैले त केन्द्रीय सरकारको नेतृत्वकर्ता दल भारतीय कांग्रेस पार्टीले समिटलाई एउटा डूलो ‘जोक’ भनी टिप्पण्ँी ग¥यो । नेपालका प्रधानमन्त्री नै सहभागी सम्मेलनमा भारतीय सरकारले राजनीतिक नेतृत्वको बदलामा योजना आयोगका उपाध्यÔ र गभर्नरलाई मात्र पठाउनुले पनि त्यसको पुष्टि गर्छ । लालु यादवले त नितिश कुमारले आङ्खनो नामको ब्राण्डिङ गर्न राज्य कोÈको ढुकुटी खर्चेको आरोप लगाए ।
भारतमा पनि विहार आङ्खनो देशकै लागि ‘बेइज्यत’ ठान्ने जनमत अझै पनि छ । त्यसैले पनि विहारको विकासबिना भारतको समग्र विकास सम्भव नदेख्ने जनमत बलियो भएकै कारण्ँ वर्Èेनी केन्द्रीय लगानी उल्लेखनीय रुपमा बढेको छ । केही वर्È अघिमात्र विहारको आर्थिक गतिविधि न्यूनप्रायः थियो । त्यसैले, अहिले सडक विस्तार र उद्योगिक विकासमा भएको लगानीले विहारमा ठूलो तहल्का ल्याउनु स्वभाविकै हो । जुन लामो समयसम्म कायम रहने सम्भावना कम छ । ठूलो केन्द्रीय लगानीका कारण्ँ भएको तिव्र गतिको आर्थिक वृद्धिलाई मात्र विहार विकासको सुचक बनाउनु विकासे दुष्टिले ठीक होइन । विकासको लागि विहारी शैलीमा खासै परिवर्तन भएको छैन । ग्लोबल समिटलाई मध्यनजर गरेर त्यहाँ उच्च सुरÔा सतर्कता र अन्य विकासे कार्यक्रम हुँदा पनि सडकमा खिया लागेका डिभाइडर, पटना शहरका मुख्य सडक छेउमा डम्पीङ गरिएका पुराना गाडीहरु आदिले त्यहाँको विकासको स्तरलाई हल्का बनाइदिन्छ । शहरहरु हुन् वा शहर उन्मुख गाँउले वस्ती, शौचालन संस्कृति भित्रिएकै छैन । अझ स्कटिङका गाडीहरु जाँदा बाटोबाट लठ्टीले पिट्दै पाखा लगाइएको दृश्य देखिनुले पनि विहार परिवर्तन भइसकेको भन्नेहरुका लागि प्रश्नचिन्न हो । सडकमा देखिने नगन्य महिला उपस्थितिले झन् त्यहाँ उठेको उच्च महिला सशक्तिकरण्ँमा समेत प्रश्नचिन्ह लगाउन विवस पार्छ ।
तर त्यसको माने नितिशले सबै हावादारी मात्र गरे भन्ने होइन । यथार्थता चाहीँ नितिश कुमारको नेतृत्वमा विहारमा परिवर्तको गाडी चल्न शुरु भएको मात्र हो । आङ्खनो राज्यमा रहेको वनसम्पदा झारखण्ड विभाजनसंगै गुमाएपछि विहारलाई पर्यावरण्ँ र जङ्गली आवश्यकताले चरमरुपमा सताएको थियो । त्यसैको लागि नितिशले आङ्खनो पार्टी सदस्यता लिन एउटा रुख हुर्काउनै पर्ने नियम बनाए । रुख हुर्केपछि मात्र पार्टी सदस्य भन्ने आङ्खनो नाराले केही वर्È भित्र विहारमा वनसम्पदा १५ प्रतिशतसम्म विस्तार हुने मुख्यमन्त्री नितिशकुमारको आशा छ । विद्यालयमा विद्यार्थी उपस्थिति बढाउन पनि चालिएका कदम केही ‘तत्कालको लागि हल्ला गर्ने’ जस्ता छन् । साइकल बाँडेर स्कुलतर्फ आकर्Èित गर्दा यो तत्काललाई सफलताजस्तो देखिएला तर मानिसको मनस्थितिमा सुधार नल्याएसम्म ती सफल हुँदैनन् भन्ने नेपालका तपाईमा चलेका निःशुल्क चर्पी बनाइने अभियानले पनि देखाउँछ जुन पनि स्टोररुमको रुपमा प्रयोग भए ।        पटना –भारत

सच्चा सम्मानको खाँचो – सम्पादकीय

२००७ सालको क्रान्तिदेखि २०६२÷०६३ को जनआन्दोलनका बीचमा पटक–पटक प्रजातन्त्रको घाँटी निमोठिँदै भए पनि प्रजातन्त्र हुँदै ऐतिहासिक जनआन्दोलनपछिको संविधानसभा मार्पmत मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुगेको छ । लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्न थालेको पनि ५ वर्ष पुगिसकेको छ । यसबीचका पटक–पटकका राजनीतिक परिवर्तनहरु त्यत्तिकै सम्भव भएका होइनन् । हजारौँ नेपाली आमाका सपुतहरुको बलिदानी, त्याग, तपस्या र निरन्तर कैयौँ योद्धाहरुको संघर्षबाट मात्रै हामीले अहिलेसम्मको राजनीतिक उपलब्धी हात पारेका हौँ । झापा जिल्ला यस्ता अनेकौँ महत्वपूर्ण राजनीतिक परिवर्तनहरुका निमित्त गौरवान्वित इतिहास बोकेको जिल्ला हो । २०२८ सालको झापा विद्रोहले त झन् देशै भर वामपन्थी आन्दोलनको प्रादुर्भाव गरेको इतिहास हामी सामु ताजै छ । त्यसताका विरगती प्राप्त गर्ने ५ सुखानीका सहिदहरुलाई एक साता अघि मात्रै फूल माला चढाएर र एक मिनेट मौन धारण गरेर सम्झिए, वामपन्थी दलहरुले । शनिबार मात्रै नेपाली कांग्रेसले प्रजातन्त्रका सेनानी परिवार, पुराना कार्यकर्ता, राज्यद्वारा तथा विद्रोह शक्तिहरुबाट मारिएका परिवार, घाइते परिवारहरुलाई र जनआन्दोलनका शहिद परिवार सहित घाइतेहरुलाई विर्तामोडमा एउटा समारोहका बीच सम्मान गरेर सम्झिएको छ । प्रजातन्त्रका सेनानीहरु मुगाधन राई, मच्छिन्द्र केरुङ्ग, तुर्सा हेमरम  सहितका परिवार, ०६२÷०६३ का जनआन्दोलनका शहिद राजन गिरी र सुरज विश्वासका परिवार तथा घाइतेहरु गोपाल श्रेष्ठ र गोविन्द कँडरिया सहित झण्डै २ दर्जन परिवार जसका आफन्तले प्रजातन्त्रका निमित्त र देशमा आमूल परिवर्तनका निमित्त योगदान गरे, उनीहरुलाई कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटनका अवसरमा पार्टी सभापति शुशील कोइरालाले दोसल्ला र फूलमालाले सम्मान गर्नु आफैमा सकरात्मक पक्ष हो । यसबाट पीडित परिवारको घाउमा मलम पट्टी भएको महसुस गर्न सकिन्छ । एक हिसाबबाट हेर्दा सर्वसाधारण जो पीडित परिवार भन्दा बाहिरकाले त्यो महसुस गरे पनि ती परिवारका सदस्यको आत्मामा परेको चोट अर्थात् आफन्त गुमाउँदाको वियोगको क्षणलाई पुनः बल्झाइदिएको महसुस परिवारले गरेका हुन सक्दछन् । यसलाई स्वभाविक रुपमा लिनुको विकल्प छैन, उनीहरुसँग । प्रजातन्त्रका निमित्त लड्दा सर्वश्व हरणमा परेका झापाको महाभाराका १५ राजवंशी परिवारलाई त्यो कार्यक्रममा एकमुष्ट रुपमा प्रस्तुत भएको पार्टीको जिल्ला समितिको प्रतिवेदनमा मात्रै सम्झिने काम भयो । कम्तिमा सर्वश्व हरणमा परेका ती परिवारलाई समेत अन्य पीडितहरु सो सरह सम्मानको कार्यक्रम भइदिएको भए सुनमा सुगन्ध हुनेथियो भन्ने कुराको हेक्का कांग्रेस झापाले लिनुपथ्र्यो । तथापि, कार्यक्रमको मुलभूत उद्देश्यलाई हेर्दा सो कार्यक्रम सफल भएको मान्न सकिन्छ । मुलुकमा भएका राजनीतिक परिवर्तनहरुका निमित्त योगदान पु¥याउने वा परिवर्तनकै निमित्त जीउज्यान र सम्पत्ति गुमाउनेहरुका नाममा वर्षौँ वर्षमा वा हरेक वर्षको एकपटकको तिथीमितिमा औपचारिक कार्यक्रम गरिनु उनीहरुका निमित्त न्यायपूर्ण हुन सक्दैन । उनीहरुले देखाएको र अवलम्बन गरेको बाटोमा अहोरात्र लागिपरिरहनु राज्यको नेतृत्वदायी भूमिकामा रहेका दलहरु र सरकारको मुख्य कर्तव्य हुन आउँछ । शहिदका शालिक, प्रतिमा वा तस्वीरमा फूलमाला चढाउनु र एक मिनेट मौन धारण गर्नु उनीहरु प्रतिको श्रद्धा त हुन सक्ला तर सच्चा श्रद्धाञ्जली हुन सक्दैन । उनीहरुले देखाएको बाटोमा, उनीहरुको भावनामा ठेस नपु¥याई निरन्तर लागि पर्नु स्वार्थरहित राजनीति गर्नु, पीडित परिवारहरुलाई कम्तिमा गाँस, बास, कपास सहित समयानुकूल रोजगार, अवसर र शिक्षा दिक्षाको बन्दोवस्ती मिलाउन सक्नु मात्रै शहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली र पीडितहरु माथिको सच्चा न्याय ठहरिनेछ ।