हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

भुकम्प गयो

काठमाडौं÷बुधबार ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । अपरान्ह २ बजेर ३४ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको खानी तथा भुगर्भ विभाग राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ ।
भुकम्पको केन्द्रविन्दु दैलेख जिल्लाको डाँडा गाउँ आसपास भएको विभागले जनाएको छ । भुकम्पबाट कुनै ठूलो क्षति भने भएको छैन ।

अमेरिकामा नेपालीको हत्या

एटलान्टा÷अमेरिकास्थित जजर्या राज्यको एटलान्टास्थित डेक्लाब काउन्टीमा रहेको बीपी ग्याँस स्टेशनमा कार्यरत एक नेपालीको हत्या भएको छ ।
सो ठाउँ बस्ने ३९ वर्षीय दामोदर पाठक को सोमबार स्थानीय समय राती करिब साढे ११ बजे गोली प्रहारबाट हत्या भएको हो ।
ग्याँस स्टेशन स्टोरमा राखिएको भिडियो क्यामेराबाट हेर्दा रातीको करिब साढे ११ बजे दुई जना व्यक्ति स्टोरभित्र छिरेका र तिनै व्यक्तिहरुले रजिष्टर्डबाट नगद लुटेका थिए ।
पाठकमाथि तिनै लुटेराहरुले गोली प्रहार गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय टेलिभिजनले जानकारी दिएको छ । पाठकको छातीमा गोली लागेको र पाठकलाई स्थानीय अस्पताल पुर् याउँदा पाठकको निधन भइसकेको स्थानीय अस्पतालले जानकारी गराएको थियो । पाठक विगत चार वर्षदेखि सोही स्टोरमा कार्यरत थिए ।

आज खानेपानीको साधारणभा

दमक÷ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको आज १७ औं साधारण सभा हुँदैछ ।
गत कार्तिक-४ गते भएको निर्वाचनले नयाँ कार्यसमिति चयन भएपछि पहिलो पटक साधारण सभा हुन लागेको हो । साधारण सभाले आर्थिक वर्ष ०६७÷६८ को कार्यसम्पादन बारे छलफल र आर्थिक वर्ष २०६८÷६९ को अनुमानित बजेट तथा कार्यक्रम तय गर्ने अध्यक्ष पशुपतिराज गौतमले बताए ।

म्याटि्रक्सद्वारा सम्मानित

बेलडाँगी÷ मनोक्रान्ति मिनि म्याटि्रक्स बेल्ाडाँगी झापाले बुधबार बिभिन्न व्यक्तिलाई अभिनन्दन गरेको छ ।
विगत तीनवर्षदेखि शरणार्थी शिविरमा निःशुल्क योग साधना प्रदान गर्दै आइरहेको म्याटि्रक्सले भूटानी शिविरमा योगदान पुर् याउने विभिन्न विधाका सात स्रष्टालाई अभिनन्दन गरेको हो ।
म्याटि्रक्सको हलमा भएको समारोहमा भूटानी शरणार्थी अगुवा डा। भम्पा राई दार्जिलिङ निवासी संगीतकार मणिकमल क्षेत्री रंगकर्मी प्रकाश आङ्देम्बे भूटानी स्रष्टा याम थुलुङ लिला निशा र मनोक्रान्तिका साधकहरु क्षमानन्द र ग्लिमलाई अभिनन्दन गरिएको हो ।
उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि शिविर सचिव डि।बि। सुब्बा र कार्यक्रम सभापति कमल गुरुङले दोसल्ला र ताम्रपत्र सहित सम्मान गरेका थिए । म्याटि्रक्सका अध्यक्ष लामिन मोक्तानले स्वागत मन्तव्य राखेको सो कार्यक्रम साचालन सिजन दाहालले गरेका थिए ।

पृथ्वी जयन्ती मनाइयो

दमक÷पृथ्वीनारायण शाहको २ सय ९० औँ जन्मजयन्ती बुधबार मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ ।
जयन्तीका अवसरमा काठमाडौंको िसंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरियो । यस दिनलाई राष्ट्रिय एकता दिवसमा रुपमा स्मरण गरिदै आए पनि गणतन्त्र स्थापना भएपछि भने सरकारले दिवस मनाउन छाडेको हो । शाहको जन्म वि।सं। १७७९ साल पुस २७ गते अर्थात् गोरखामा भएको थियो ।
यसै अवसरमा राप्रपा नेपालले बुधबार साँझ बिभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ । दमक चोकमा जिल्ला उपाध्यक्ष बीरेन्द्र संग्रौलाको नेतृत्वमा दीप प्रज्वलन गरिएको थियो ।
त्यसैगरी मेचीनगर नगरपालिकामा कल्याण खड्काको तथा भद्रपुर नगरपालिकामा रामचन्द्र शर्माको नेतृत्वमा पृथ्वीजयन्ती मनाइएको उपाध्यक्ष संग्रौलाले जानकारी दिए ।

मुम्बईमा झापालीको मृत्यु

दुधे÷रोजगारको शिलशिलामा भारतको मुम्बईमा रहेका झापा सतासीधाम ६ नहर चोकका एक जनाको रहस्यमय मृत्यु भएको छ ।
३६ वर्षीय लक्ष्मी बस्नेत ८ दिन अघि मृत भेटिएका हुन् । उनको शरीरमा घाउ चोट देखिएकाले मृत्यु रहस्यमय भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै मृतकका दाजु नारायण बस्नेतले जानकारी दिए । उनका अनुसार बस्नेतको मृत्यु विषयलाई लिएर मुम्बई प्रहरीले महाराष्ट्रका एक व्यक्तिलाई पक्राउ समेत
गरेको छ ।उनको शव ८ दिनपछि बुधबार बिहान घर ल्याइएको थियो । उनको सोहि दिन कन्काई नदीमा दाहसंस्कार गरिएको छ ।
स्वर्गीय बस्नेतकी श्रीमती र जुम्ल्याहा छोरा छन् ।

पशुपति सदनका लागि ७० लाख

दमक÷दमक-११ स्थित पशुपति मन्दिरमा पशुपति सेवा सदन निर्माणका लागि स्थानीबासीहरुले ७० लाख रुपैयाँ भन्दा बढी बजेट सहयोग गरेका छन् ।
बिभिन्न दाताहरुले प्रदान गरेको सहयोगका भरमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष नन्दी अधिकारीले बताए । उनका अनुसार भवन निर्माणका लागि दमक नगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
७ तला निर्माणको दिर्घकालिन योजना बनाइएको भवनको हाल दुईतला निर्माण गरिएको छ । दानको बचन दिएका दाताहरुबाट २० लाख रुपैयाँ उठ्न बाँकी रहेकाले सो रकम समेत संकलन कार्य भइरहेको निर्माण समितिका सचिव राम थापाले बताए ।
२०६६ सालको जेठदेखि पशुपति सदन निर्माण प्रारम्भ गरिएको हो । सो सदनको लम्बाई ८३ फुट र चौडा ४७ फुट रहेको छ । २ वटै तलामा रहेका सभाकक्षमा बिवाह ब्रतवन्ध लगायतका कार्यक्रम र अन्य सभा समारोहहरु समेत गर्न सकिने जनाइएको छ । २०१९ सालदेखि कर्नेल सन्तबिर लामाले पशुपति मन्दिर लामा निजी गुठीको नाममा कायम गरेको सो क्षेत्रको जग्गामध्ये साढे ६ कठ्ठा जग्गा २०६५ सालमा स्वर्गीय सन्तबिरकी नातिनी बुहारी शान्ता लामाले पशुपति मन्दिरका नाममा हस्तान्तरण गरेकी हुन् ।
पशुपति मन्दिरमा १३ वर्ष अघिदेखि वर्षेनी शिवरात्रीको अवसर पारेर पुराण आयोजना गर्ने गरिएको छ । हिन्दू संस्कारमा महत्वपूर्ण मानिएका १८ पुराण लगाउने उद्देश्यले सुरु गरिएको सो अन्तर्गत हालसम्म १३ पुराण लगाइसकिएको र यस वर्ष समेत १४ औँ पुराण लाग्ने पुराण समितिका अध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिए ।

यातायात बन्द फिर्ता

दमक÷पूर्वमा थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितिले बुधबारदेखि तीन दिनसम्म आह्वान गरेको पूर्वका ६ जिल्ला बन्द फिर्ता लिएको छ ।
शान्तिमन्त्री सत्या पहाडीले बुधबार पत्राचार गरी बन्द हड्ताल छाडेर वार्तामा आउन आग्रह गरेपछि बन्द फिर्ता भएको संघर्ष समितिका अध्यक्ष सन्तोष थारुले जानकारी दिए ।
बुधबार अपरान्ह झापाको बिर्तामोडमा समेत बन्दकर्ताहरुले कोणसभा गरी बन्द कार्यक्रम फिर्ता भएको जनाउ दिएका छन् । कोणसभामा मोर्चाका जिल्ला संयोजक गया राजवंशीले सो जानकारी दिएका हुन् । समितिले विभिन्न ६ बुँदे माग राख्दै तराईका ´ापा मोरङ सुनसरी सिरहा सप्तरी र उदयपुरमा तीन दिने यातायात बन्द आह्वान गरेको थियो ।
यसैबीच बुधबार बिहान बन्दकर्ताहरुले झापाको बुधबारेमा दुईवटा भेन तोडफोड गरेका छन् । उनीहरुले तेल हाल्न आएको मे १ ज २०६१ नम्बर र मे १ ज २३४ नम्बरको भेनमा तोडफोड गरी १ लाख ५० हजार मूल्य बराबरको क्षति पुर् याएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कांग्रेस एमालेले बढाए राजनीतिक सकि्रयता

बिर्तामोड÷ पछिल्लो समय झापामा नेपाली कांग्रेस र नेकपा एमालेले पार्टीको संगठनात्मक राजनीतिक सकि्रयता बढाएका छन् ।
एमालेको भातृ संगठन युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला भोलि पुष २९ गते देखि बिर्तामोडमा गर्ने भएपछि झण्डै १ महिना यता नै केन्द्रीय नेताहरुको दौडधुप जिल्लामा चलिरहेको छ । पार्टीमा वरियताका हिसाबले तेस्रो वरियता पाएका स्थायी कमिटी सदस्य केपी शर्मा ओलीको गृह जिल्ला झापामा हुने युवा संघ नेपालको कार्यकर्ता भेलालाई बृहत बनाउन मात्र नभई पार्टी एकता तथा संगठन सुदृढिकरण अभियानको समेत सुरुवात सोही भेलाबाट हुने उद्घोष गरेको एमालेले वडा जाउ अभियान नै सुरु गरेको छ ।
राष्ट्रिय भेलाको तयारीकै लागि युवा संघका इाचार्ज तथा पार्टी केन्द्रीय सदस्य योगेश भट्टराई संगठनका केन्द्रीय अध्यक्ष महेश बस्नेत उपाध्यक्ष हरि राई केन्द्रीय कोषाध्यक्ष निरु पाल लगायत युवा नेताहरु झापा मै छन् । त्यस्तै यस अघि नै नेता केपी शर्मा ओली उपाध्यक्ष विद्यादेवी भण्डारी लगायतका केन्द्रीय नेताहरुले समेत जिल्लामा आएर कार्यकर्ताहरुलाई आवश्यक निर्देशन दिइसकेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसले समेत पार्टी प्रशिक्षण गाउँ तथा नगर सम्मेलनहरु सुरु गरिसकेको छ । जिल्ला उपसभापति देउमान थेवेको संयोजकत्वमा जिल्लामा पार्टीको प्रशिक्षण केन्द्र गठन गरेर कांग्रेसले गाउँ तहसम्मका कार्यक्रमहरु तय गरेको जनाइएको छ । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरिसंह केसी पुष ३० गते झापा आउँदैछन् । उनले दमक नगर सम्मेलनको उद्घाटन गर्ने नगर सभापित
ढुण्डी भण्डारीले बताए । केन्द्रीय सदस्य तथा झापा क्षेत्रनम्बर ५ का सभासद् केशवकुमार बुढाथोकी केही दिनयता जिल्लाकै पार्टी गतिविधिहरुमा सकि्रय छन् ।
जिल्लाका ७ वटा निर्वाचन क्षेत्रमध्ये संविधानसभा निर्वाचनमा १÷१ वटा क्षेत्रमा मात्रै बिजयी हासिल गरेका कांग्रेस एमालेले राजनीतिक सकि्रयता बढाइरहदा पाँचवटा निर्वाचन क्षेत्रमा बिजयी भएको एकिकृत नेकपा माओवादीले भने तुलनात्मक हिसाबले गतिविधिहरु सकि्रय बनाउन सकेको छैन । माओवादीको केन्द्रदेखि नै चलेको त्रिपक्षीय अन्तरसंघर्षले जिल्लामा समेत असर पारेको स्वयम् माओवादीका स्थानीय नेताहरु बताउँछन् ।

लोकतान्त्रिक संविधान ल्याउँछौँ

धरमपुर÷नेपाली कंाग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी जेठ १४ मा नयाँ संविधान जारी हुन नसके कांग्रेसले लोकतान्त्रिक संविधान लिएर जनतासामु आउने बताएका छन् ।
बुधबार धरमपुरमा पार्टीको प्रथम गाउँ सम्मेलन उद्घाटन गर्दै उनले संविधान नबन्नुको दोष सबै दललाई लगाउन नहुने धारणा राख्ो । नेता बुढाथोकीले सबै दललाई एउटै बास्केटमा राखेर हेर्न नहुने तर्क गर्दै संविधान निर्माणको मुख्य बाधक माओवादी भएको आरोप लगाए । कार्यक्रममा जिल्ला सभापति उद्धव थापा सभासद् अमृतलाल रावजंशी क्षेत्र नम्बर-७ का क्षेत्रीय सभापति शेरबहादुर भट्टराई महाधिवेशन प्रतिनिधिद्वय चन्द्रा भट्टराई र गणेश बुढाथोकी लगायतले बोल्ोका थिए ।
पार्टी गाउँ सभापति बिनोद ढकालको सभापतित्वमा भएको सो कार्यक्रमको साचालन नरनारायण ढकालले गरेका थिए भने स्वागत मन्तव्य उपसभापति गोपीचन्द्र गुरुङले राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने १३ जनालाई साधारण सदस्यता प्रदान गरिएको छ ।

ुशान्ति र संविधानमा प्रोत्साहनु

उर्लाबारी÷नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज योगेस भट्टराईले युवाहरुलाई शान्ति स्थापना र संविधान लेखनमा सहयोग पुर् याउन प्रेरित गरिनु पर्ने बताएका छन् ।
आगामी पुष-२९ गतेदेखि बिर्तामोडमा हुने युवा संघ नेपालको राष्ट्रिय भेला प्रचारका लागि बुधबार गरिएको मोटरसाईकल र् याली पछि मोरङको उर्लाबारीमा भएको कोण सभामा उनले युवाहरुलाई श्रीजनशील कार्यमा उत्साहित गरिन आवश्यक रहेको बताए । भेलाले पार्टी भित्रको आन्तरिक जीवन एकतामा ऐतिहासिक महत्व राख्ने बताए ।
यस्तै कोणसभामा युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले जातीयताका आधारमा राजनीति गर्नेहरुले देशमा बिखण्डन ल्याउन खोजेको आरोप लगाए । उनले बिखण्डनकारी गतिविधि गर्नेलाई युवा संघले प्रतिरोध गर्ने चेतावनी दिए ।
काँकडभिट्टाबाट शुरु भएको मोटरसाईकल र् याली उर्लाबारीमा पुगेर समापन भएको थियो । भेलाको उद्घाटनका क्रममा एमालेका केन्द्रीय अध्यक्ष झलनाथ खनाल नेता माधव नेपाल केपी ओली बामदेब गौतम लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

इन्टरनेट म अनि तपाई

इन्टरनेट भनेको के हो भनेर कसैले सोधिहाल्यो भने हामी धेरै जसोले एउटा सामान्य कम्प्युटर देखाउँछौं । त्यसैबाट इमेल पठाउने, पाउने र चाहिएको सूचना प्राप्त गरिन्छ । इन्टरनेटको व्याख्या यतिले मात्र पुग्दैन र सायद मैले पनि पुरा दिन सक्दिन । तर म कोसिस गर्नेछु । यो आँखा नदेख्ने मानिसहरूलाई हात्ती कस्तो छ भनि सोध्दा कसैले खम्बा जस्तो छ, कसैले पहाड जस्तो छ र कसैले पाइप जस्तो छ भनेको जस्तै पनि हुन सक्छ । सबै यसको अन्तर गहिराइसम्म पुग्न सक्दैनन् र आफुले जस्तो रूपमा देख्यो उस्तै जवाफ दिएको पाइन्छ ।
संसारमा करोडौ कम्प्युटरमा सूचना तथा जानकारी राखिएको छ । यसरी राखिएका कम्प्युटरहरूलाई एक सञ्जालमा जोडिएको छ । यो सञ्जाल विश्वव्यापी छ । यो सबै देशमा त पुगेको छैन  तर अन्तरिक्षमा भने पुगिसकेको छ । संसारमा जहाँ सूचनाहरू राखिएका छन् ती कम्प्युटरका आ–आफ्ना ठेगानाहरू छन् । हामीले पनि हाम्रा कम्प्युटर यही सञ्जालमा जोड्यौं भने हाम्रा कम्प्युटरको पनि एक ठेगाना हुन्छ ।
संसारमा जहाँ सूचनाहरू राखिएका छन् तिनीहरूलाई “सर्भर” (server) वा सेवा दिने ठाउँ वा ठेगाना भनी बुझ्नुपर्छ । ती सूचनाहरूलाई जहाँबाट हेरिन्छ वा प्रयोग गरिन्छ तिनलाई ग्राहक (client) भनिन्छ । ग्राहक हामीले देख्ने गरेका कम्प्युटर, ल्यापटप, मोवाइल फोन तथा पीडिए (Portable Digital Assistant)  जस्ता उपकरण हुन् ।
सामान्यतया ग्राहक उपकरणबाट सर्भरहरूलाई कुनै जानकारीका लागि अनुरोध गरिन्छ र सर्भरले जुन ग्राहकले जे जस्तो सूचना खोजेको हो उसैलाई सो उपलब्ध सूचना पठाइदिन्छ । यसरी अनुरोध गर्दा वा सूचना पठाउँदा यो सञ्जाल साहै« ठुलो जञ्जाल भए पनि अनुरोध वा सूचना जहाँ पुग्नु पर्ने हो त्यहीँ पु¥याउनको लागि बीच बीचमा राउटर र स्वीच जस्ता उपकरणको प्रयोग गरिएको हुन्छ । यही इन्टरनेट सञ्जालमा प्रयोग हुने राउटर उपकरणहरूको काम खास गरी एकातिरबाट अनुरोध लिने र अर्कोतिर पठाउने हुन्छ । यसरी अनुरोध पठाउँदा यी उपकरणको काम निर्दिष्ट ठाउँमा पु¥याउन सबैभन्दा राम्रो बाटो (छोटो) बाटो पठाउनु पनि हो ।
यसरी अनुरोधको आदान प्रदान गर्दा एक उपकरण (राउटर, सर्भर र ग्राहक) ले अर्को उपकरणसँग पहिला नै कायम गरिएको प्रोटोकलको आधारमा मात्र गर्न सक्दछ । यसको खास मतलब के हो भने एउटा ग्राहक (उपकरण) ले इमेल सर्भरसँग गर्दा वा वेभ सर्भरसँग सुचना लिन खोज्दा फरक फरक तर निर्दिष्ट तरिकाले अनुरोध पठाउँछ ।
इन्टरनेटको वेब ब्राउजिङ एकदमै जनप्रिय सेवा हो । आजभोलि तात्कालिक सन्देश (Instant Messaging) र ध्वनि (Voice) आदान प्रदान गर्ने सेवाहरू पनि अत्यधिक प्रचलनमा छन् । यस बाहेक फाइल आदान प्रदान गर्ने सेवा (File Transfer Protocol-FTP)  पनि उत्तिकै प्रयोगमा छन् ।
इन्टरनेटमा प्रयोग हुने ठेगाना नम्बरमा ह’न्छ । जस्तै २०२.७०.६४.२ यस्ता ठेगानाहरू मानिसहरूलाई सम्झन गाहो हुने भएकाले यस्ता ठेगानाको सम्झन सकिने नाम दिइएको हुन्छ । जस्तो नेपाल टेलिकमको वेब सर्भरको हालको (पछि परिवर्तन हुन सक्छ)  ठेगाना २०२.७०.६४.२  हो । तर यो सम्झन गाहो हुने भएकाले हामी डब्लु डब्लु डब्लु डट एनटिसी डट नेट डट एनपी (www.ntc.net.np) प्रयोग गर्छौं । नामको ठेगाना नम्बरमा परिवर्तन डोमेन नेम सेवाबाट हुन्छन् । यहाँ ntc.net.np, cnn.com jf bbc.co.uk लाई डोमेन नेम भनिन्छ । डोमेन नेम सेवाले नामका ठेगानालाई नम्बर मा उल्था गरिदिन्छ । हामीलाई इन्टरनेटबाट सुचना चाहिएमा जुन सर्भरमा राखिएको हुन्छ त्यही सर्भरको ठेगाना चाहिन्छ । यदि सर्भरको ठेगाना थाहा पाइएन भने खोज यन्त्र (Search Engine) को सहायता लिन सकिन्छ । अहिले गुगल, याहु र वीङ जनप्रिय खोज यन्त्र हुन् ।
इमेल यही इन्टरनेट भित्रकै एक सेवा हो जसले एकठाउँबाट अर्को ठाउँसम्म सन्देश पठाउने काम गर्दछ । इमेलका लागि पनि छुट्टै ठेगाना हुन्छ । यहाँ लेखकको इमेल ठेगाना dibas@sambad.com.np हो । इमेल ठेगनामा @ हुन्छ नै । @ ले इमेल ठेगानालाई दुई भागमा छुट्याउँछ । सामान्यतया @ अगाडिको भाग प्रयोग कर्ता र पछाडिको भागले उक्त इमेल कुन सर्भरले उपलव्ध गराउँछ त्यसको जानकारी मिल्छ । जस्तो कि rampyari@yahoo.com  इमेलमा rampyari इमेल प्रयोगकर्ता हुन् भने yahoo.com  चाहिँ सर्भरको नाउँ÷ ठेगाना हो ।
म २४ घण्टामा प्रायः इन्टरनेटबाट छुट्टिन्न । मेरो काम इन्टरनेटमा आवश्यक सुचनाको खोजी गर्नु र इमेल सन्देश आदान प्रदान गर्नु हो । प्रायः हामी घरायसी र कामकाजी कुनै काम छिटो छरितो गर्न इन्टरनेट प्रयोग गर्छौं ।
इन्टरनेटमा सूचना प्रवाह गर्न धेरै सजिलो र सस्तो पर्दछ । एउटा वेब सर्भरमा राखिएको सूचना हजारौ जनाले एकैपटक हेर्न सक्छन् । यसै गरी एकै पटकमा लाखौ जनालाई इमेल सन्देश पठाउन सकिन्छ । इन्टरनेटबाट हाम्रो व्यक्तिगत वा कामकाजको सुचनाको पहुँच अरबौ जनासम्म सजिलै पु¥याउन सकिन्छ । जहाँ धेरै जनालाई सुचना पु¥याउन प¥यो त्यहाँ इन्टरनेट भन्दा सस्तो सजिलो अरु कुनै साधन छैन ।
इन्टरनेटमा राम्रोसँग सूचना राखियो भने यसबाट व्यक्ति तथा संस्थाको तस्वीर÷छाप राम्रो पार्न सकिन्छ । कर्पोरेट वा व्यवसायिक कम्पनीले आफ्नो परिचय लगायत सम्पादन गर्ने काम राख्न सक्छन् र उसका सम्भाव्य ग्राहकहरूकोमा उक्त सूचना पुगी व्यवसायमा महत्वाकांक्षी वृद्धि हुनसक्छ ।
इन्टरनेटको अर्को मुख्य विशेषता भनेको यसको स्वामित्व पनि हो । यसको स्वामित्व कुनै एक व्यक्ति, संस्था वा देशमा छैन । यो यति व्यापक छ कि कुनै देश वा महादेश सम्पुर्ण रूपमा ध्वस्त भए पनि काम गर्ने गरी डिजाइन गरिएको छ ।
हामीले इन्टरनेटको के के सुविधा प्रयोग गर्छौ ? इमेल, वेब ब्राउजिङ वा तात्कालिक सन्देश । इन्टरनेट प्रयोग कर्ताले पहिलो हेक्का के राख्नुपर्छ भने इन्टरनेट सबैभन्दा असुरक्षित सञ्जाल हो । हामीले यसका सेवा उपभोग गर्दा संसारको अरबौ मानिसका लागि हाम्रा उपकरण तथा सुचनाहरू खुला गर्छौ । अरबौ मध्ये केही मात्रको इच्छा वा उद्देश्य तपाईं र मलाई बिगार्ने भयो भने पनि हामीलाई क्षति हुन सक्छ । अर्को महत्वपुर्ण कुरा के हो भने इन्टरनेट महासागर जस्तै भएकोले यसमा भएका सबै सुचनाहरू मानवोपयोगी मात्र हुन्छन् भन्न सकिन्न । यसमा उपलब्ध हुने सूचनाहरू संसोधन हुन बाँकी पनि हुन सक्छन् र यस्ता संसाधन हुन बाँकी सूचनाबाट प्रभावित हुने हाम्रा निर्णयहरू परिपक्व र राम्रा नहुन सक्छन् ।
इन्टरनेट धेरै प्रयोग गर्नेहरू यसको अम्मली  पनि धेरै भएका छन् । यसको जहाँबाट जे का लागि इन्टरनेट प्रयोग गरिए पनि त्यसको विवरण राखिएको हुन्छ । यसैले इन्टरनेटमा अरुलाई थाहा हुँदैन भनेर जे मन लाग्यो त्यही हेर्ने वा प्रयोग गर्ने गर्नु हुदैन । यसका थुप्रै विकृतिहरू पनि छन् । तपार्इंका अति गोप्य रहनुपर्ने सूचनाहरूमा पनि यसका अरबौ प्रयोगकर्ताको पनि पहुँच हुने भएकोले इन्टरनेट र यसका सेवाहरू प्रयोग गर्दा गोप्यता गुमाउनु होला, होस पु¥याउनुस है, मैले त सम्झाएको छु नि ।

दिवश न्यौपाने

नवरङ्ग र रङ्गहरुमा विविधता


नेपाली साहित्याकाशलाई धरमपुरको माटोबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र हो नवरङ्ग साहित्य प्रतिष्ठान । तथापि झापाली यो नवरङ्गको आलोक बारे शिक्षित वौद्धिक चेतनशील र सभ्य भनिएको झापाली समाज अझै बेखबर छ । नवरङ्गले विगत करिब २ दशक अघि देखि झापाली पहिचान उचाल्न भरमग्दुर प्रयास गर्दै आएको छ । मुलुक भरका र मुलुक भन्दा बाहिर बसेर नेपाली भाषा र साहित्यका लागि समय श्रम र जीवन दिने स्रष्टा र द्रष्टाहरुलाई चिन्ने पहिचान गर्ने सम्मान गर्ने पुरस्कृत गर्ने देखि भाषा साहित्यको धरोहर थप्ने कार्यमा नवरङ्ग अनवरत लाग्दै आएको छ । वास्तविकता झापाको कथित वौद्धिकताका लागि अलमलको नाम भएको छ ।
नेपाली समाज बोल्ने सुन्ने र विश्लेषण गर्ने भन्दा पनि अनावश्यक बक्ने र झुक्ने काम गर्छ । स्वीकार गर्न सक्नु वा नसक्नु प्रत्येक मस्तिष्कलाई यो ठाडो चुनौति हुने छ । आज सम्म नेपाली भाषा साहित्य कला र संस्कृतिले नेपालीत्वको अस्तित्व रक्षा गरेको छ । विश्वका ७ अर्ब मानव जनसंख्याको बगुन्द्रो भिडमा २ करोड ६६ लाख बढी संख्यामा रहेका प्रत्येक नेपालीलाई नेपाल राष्ट्र र नेपाली राष्ट्रताको पहिचान र पगरी दिएको छ । आफ्नो पृथक पहिचान कायम राख्न मद्दत गरेको मार्गमा उन्मुख छ अग्रसर छ । नेपालका लागि मन भएका मानिसको संसार भर छरिएका छन् । जन्म नागरिकता ठेगाना पेशा क्षेत्र बसोबास र रहनसहन फरक र अलग भए पनि प्रत्येक ती मनहरु जसले नेपालीपन प्रति गर्व गर्न सक्छन् । जसले नेपालीपनलाई छाती भित्र लुकाएर राखेका छन् सुसुप्त ढङ्गले नेपाल र नेपालीपन प्रतिको उनीहरुको आस्था बढ्दै गएको छ । वास्तवमा यी सबैलाई साकार पार्ने काम नेपाली भाषा साहित्य कला र संस्कृतिका लागि जीवन दिनेहरुबाट सम्भव भएको छ । तर आज यही यथार्थलाई नेपाली समाजले स्वीकार्न सक्दैन । जसका कारण आफूलाई सम्पर्क अस्तित्व सभ्यताको गन्ध र अपनत्वको सुत्र मिलेको छ । समग्रमा समाजलाई आफ्नो सकल मिलेको छ । समाज आफै आफ्नो मुहार तिर थुक्न लालयित छ । त्यसका लागि उसलाई ऐनाको आवश्यकता पर्दछ र परिरहेको छ । आज त्यहीँ ऐनालाई बिस्रने कृतघ्न समाज अघि नवरङ्ग-नवरङ्ग एउटा सफा ऐना हो ।
धरमपुर झापाको सानो क्षितिज भित्र बलेको नवरङ्गी दीपको उज्यालो अधिकांश नेपाली मनको बास रहेका वस्तीहरु सम्म छरिएको छ । छरिने क्रम दिनानुदिन बढ्दो छ । तर हाम्रो समाज भित्र लुकेको कथित वौद्धिकताले यो ऐनालाई चिन्ने सम्म प्रयत्न गरेका छैन । किटानका साथ यो कला संस्कृतिको विषयवस्तु सामग्री भाषाको चर्चा महत्व र गरिमालाई राष्ट्रिय र स्थानीय स्तरमा कतै पनि महत्व दिइएको छैन । बखानमा भाषा संस्कृति समाज राष्ट्र राष्ट्रियता एकता प्रगति साचार आदि जे-जे बकेर पनि त्यहीँ साहित्य कला भाषा र संस्कृतिले सम्भव भएको विकास गरेको माध्यमबाट प्रविधि चिन्तन अभ्यास र निरन्तरताको जगबाट उठेको नेपाली पत्रकारिताको हुर्मत आज त्यहिँ बोटको जरा काट्न लालयित छ जुन बोटको टुप्पोमा उसको चलखेल सम्भव छ ।
एउटा सानो अखबरी अखडामा बसेका आफ्नै समकक्षीहरुको फुँई देख्दा उदेक पनि लाग्छ । साथीहरु भन्छन्-ुसाहित्यकार जति बहुला प्रेम धोका खाने लफङ्गा बेरोजगार अल्छे आधा मगज भएका आदि-आदि आफ्नै आमालाई ुवेश्याुको गाली दिने अपराध गर्ने यो परम्परा साहित्यको लर्कोमा लाम लागेको हामी कलमका पक्षधरहरु माथि यस्तै धावा बोल्छन् । इतिहास देखि वर्तमान सम्म र वर्तमान हुँदै गुज्रने भविष्यका लागि पनि यति खुल्लेआम चुनौति दिन सकिन्छ कि तिमी जुन भाषामा समाचारको स्वाद पस्कन्छौँ जुन लिपिमा आफ्ना पत्रहरुको बेइजती गरेर समाजलाई क्षणिक रणभुल्लमा फसाउने कारखाना चलाउँछन् त्यो सम्भव मात्र भाषामा छ । र त्यो भाषा तिमीले आविष्कार गरेका होइनौ । त्यो शैली सृजना विषयवस्तुको सार अर्थ तिमीले एउटा टेबुलमा सेतो पाना माथि रगटेको कलमले त्यसै दिन सक्दैन । त्यसका लािग युगले थुप्रै त्याग र बलिदानी गरेको छ त्यो सबैमा भाषा साहित्य कला र संस्कृतिको योगदान छ । आज तिमी जुन बोलीम्ाा दम्भ राखेर भुक्छौ त्यो भुकाई सम्भव तब भएको छ जब सभ्यताले भाषा र साहित्यलाई विकास गर् यो । तिम्रो चेतनाले ओकल्ने सम्यता विरोधी प्रत्येक लवज बनाएको छ भाषाले साहित्यले । त्यसैले तिमी जुन घमण्डका साथ नेपाली भाषा साहित्य संस्कृति र कलाका अन्तरवस्तु उपर धावा बोल्दैछौँ त्यो घमण्ड होइन । वास्तवमा त्यो अहंकार हो । तिमी र तिमीहरु जस्तै हजारौँ लाखौँ मानिसहरु छौ जो नेपाली राष्ट्रताको ठेकेदारका रुपमा आफूलाई कठपुतली समाज अघि उभ्याउँछौ र नेपाली मातृभाषा पहिचान संस्कृति र कला माथि सरम नमानी । त्यसैले तिमीहरु जस्ता लाज धक र भाषा संस्कृति साहित्य र कला विरोधी पाखण्डहरु उपर थुक्दा पनि शेष र आक्रोश कम हुँदैन ।
नेपाली साहित्यको निर्मलता नेपालीपनको कोमलता र हार्दिकता बुझ्न र बुझाउन नवरङ्ग साहित्य प्रतिष्ठानका गतिविधि एक हद सम्म काफी छन् तर पाखण्ड हरुमा नवरङ्गको योगदानलाई आत्मसाथ गर्ने हिम्मत नहुन सक्छ । त्यसैले नेपाली राष्ट्रियताको धरोहर थाम्दै आएका नवरङ्गहरुले गरेका गतिविधिहरु उनीहरुका लागि मृत्यु दिन अथवा जार वा सौता सरह अपि्रय र त्रासदीपूर्ण बन्ने गर्दछन् । अवरङ्गहरुको विषयलाई बाध्यतावस यी पाखण्डहरु अखबारका पछाडि वा भित्री पृष्ठमा एउटा सानो कुनामा मात्र अँटाएर औपचारिकता पूरा गर्न लालयित छन् । वास्तवमा कुनै पनि अखबार वा तरङ्गका साचार माध्यमले पनि साहित्य संस्कृति भाषा र कलाका विषयलाई भयङ्कर र भीमकाय विरोध ठान्छन् । जसको गति र मति भ्रष्ट छ उनीहरुबाट यसभन्दा बढी अपेक्षा गर्नु बेकार छ ।
बहुरङ्गीन साहित्य चिन्तनले नेपाली चिन्तनको वस्तुस्थितिलाई सामजिकताका केन्द्रबिन्दुबाट उकालो हाँकेको छ । साहित्य र वैचारिकता अनि सृजना र संस्कृतिसँगै कलाको समिश्रणबाट जन्मिएका काल्पनिकता र वस्तुगतताको जग टेकेरै इतिहासमा राजनीतिको कालो गोमन फँडा फुलाएर सबै पक्षलाई डस्ने उन्मत्त विषालु अवस्था सम्म हुर्किको छ । आज यो दूध मिलाउनेहरु माथ नै धावा बोल्ने डस्ने र मृत्युको उपहार दिने अराजक र विशृङ्खलित एवम् कुर्लाधार चरित्रको भएको छ । आज राजनीतिको नाङ्गो र अश्लिल भूमिकाले मुलुक र नेपाली जनजीवनको शान्ति र अमनचयन खोसेको छ । विचारको खडेरीमा भ्रमको वर्षात गराउने हाम्र्रा राजनीतिक दलहरुको हविगतले मुलुकलाई चिरा पारेको छ । सत्ता र सरकारको सर्गमीले इमान विचार त्याग समर्पण योगदान विश्वास आदिलाई बिकाउ चिज बनाउने प्रयत्न गर्दैछ । समग्रमा रङ्गहरुमा विविधता छर्दै नवरङ्ग र नवरङ्गीहरु जस्ता स्रष्टाहरुको सही मूल्याङ्कन गर्ने साहित्यिक संस्थाहरु अहिले सम्म जीवित छन् । त्यसैले मात्र नेपाली राष्ट्रता र पहिचानको जीवन्तता बोध हुन्छ । अन्यथा नेपाली राष्ट्रवाद र एकता अखण्डता भूमि सार्वभौमसत्ता र गौरव-गाथा उहिल्यै बेचिने वा कोशी गण्डकी कर्णाली र कालापानीहरु जस्तै बेचिने वा पशुपतिनगर वा सुस्ताहरु जसरी नै मिचिन सक्थ्यो ।
आज मुलुक र समाज स्वतन्त्र छ भन्नु विचार र सृजनामा मात्रै हो । त्यसैले संसार जित्ने दुस्साहस गर्ने सम्राट नेपोलियनहरुले पनि भनेका थिए-हजारौँ तरबार भन्दा एउटै कलम बलियो हुन्छ । यतिबेला यो कलम निडरता र बिना आग्रह पूर्वाग्रह उभिएको छ । यो नेपाली भाषा साहित्य र कलाका विरोधीहरु उपर साइनेट हो गि्रनेड झोलामा बोकेर विदेशी लिलामी पसलमा दोकान थाप्ने कथित राष्ट्रवादीहरु उपर यो चुनौति हो कि कलम र सृजना सदैव सत्यको पक्षमा सत्य उजागर गर्न उठ्छ र उठिरहने छ चाहे जतिपटक कलमका निब भाँच्ने दुस्साहस किन नहोस् कलम निरन्तर सत्यकै पक्षमा बढ्छ र बढीरहने छ ।
कमन देवान

बहुसांस्कृतिक महत्वको माघे सक्रान्ति

माघे संक्रान्तिका अवसरमा प्रत्येक वर्ष मुलुकका विभिन्न स्थानहरुमा मकर संक्रान्ति मेला लाग्ने गरेको छ । पूर्वााचलका कन्काई माई सुनसरीको बराहक्षेत्र चितवन र तनहुँको बीच भएर बग्ने त्रिशुली नदीको किनारामा अवस्थित देवघाट लगायतका हिन्दु धार्मिक महत्वका दृष्टिले प्रख्यात स्थानहरुमा मकर नुहाउने अनुष्ठान गर्ने र रमाईलो मेलाहरुको आयोजना हुँदै आएका छन् । यस्ता मेलाहरुमा मुलुकका विभिन्न जिल्लाका मानिसहरुको जमघट हुने गर्दछ । तिर्थालु श्रद्धालु र मेलामा सहभागिताकै निम्ति मात्रै पनि नेपाल र नेपाल बाहिरका मानिसहरुको माघे संक्रान्ति मेलाहरुमा सहभागिता रहँदै आएको छ । झापा जिल्लाको कन्काई नदी किनारामा वर्षेनी लाग्दै आएको मेलाका लागि यस पटकको तयारी प्रारम्भ भइसकेको छ । भौगोलिक रुपमा कन्काई नदीले चिरेर यस धार्मिक महत्वको स्थललाई राजनीतिक वर्गीकरणका आधारमा सतासीधाम र सुरुङ्गा गाविसका रुपमा विभाजन गरेको अवस्था छ ।
कन्काई क्षेत्रलाई विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायहरुले श्रद्धापूर्वक पुज्ने र मान्ने गरेका छन् । यस क्षेत्रमा वर्ष भरि नदी स्नान शव जलाउने पूजाआजा गर्ने लगायत विविध कार्यहरु हुन्छन् । ती मध्ये पनि प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा ५ दिन सम्म यहाँ लाग्ने माघे संक्रान्तिले बेग्लै महत्व राख्दै आएको छ । मुलुकका पूर्वी भेगका झापाका अतिरिक्त इलाम पाँचथर ताप्लेजुङ्ग मोरङ सुनसरी धनकुटा र छिमेकी मुलुक भारतका सिक्किम दार्जिलिङ्ग आसाम तथा भुटानका गरी ३ लाख बढी मानिस मेला भर्न आउने गरेका छन् । माई वारी र पारी दुई स्थानमा आयोजना हुने मेलालाई लक्षित गरेर राम्रै व्यापार पनि हुने गरेको छ ।
अहिले झापाको कन्काई तटमा यसै मेलाका लागि व्यापक रुपमा तयारी अघि बढेको छ । स्थानीय राजनीतिक सामाजिक संघसंथाका अतिरिक्त सुरक्षा निकाय र अन्य सरोकारवाला पक्षले समेत यस मेलाको चुस्त व्यवस्थापन र सफलताका लागि प्रभावकारी भूमिका खेल्न जरुरी छ । वर्षेनी माघे मेलाका दिनहरुमा देखिएका थुपै्र चुनौतिहरु यस पटक पनि नदोहोरिएलान् भन्न सकिन्न । किनकि मेलामा सहभागी हुन दर्शन र तिर्थस्थानमा आउने-जाने क्रममा यातायातको समस्या सवारी दूर्घटना मेला स्थलमा मच्चिने चोरी चकारी लगायतका घटना न्यूनीकरणमा सबै पक्ष गम्भीर हुन जरुरी छ ।
माघे संक्रान्ति पर्व किराती समुदायका लागि अझ महत्वपूर्ण चाड हो । किरातीहरुले नव वर्षको रुपमा यस चाडलाई मान्दै आएका छन् । वैज्ञानिक दॄष्टिले समेत पृथ्वी र सूर्यबीचको नियमित दूरीमा यो दिनले महत्व राख्ने हुँदा किराती मिथ अनुसार गिठ्ठा तरुल भ्याकुर खाएर आधुनिक सभ्यता र विकास भएको अर्थमा पनि माघे संक्रान्तिमा तरुल जन्य खाद्य फलले विशेष महत्व राख्छ ।
समग्रमा माघे संक्रान्ति पर्व आम नेपाली जनजीवनका लागि बहुसांस्कृतिक सह-अस्तित्वको पहिचानका रुपमा विकास हुँदै आएको छ । त्यसैले पनि यस चाडको महत्व बढेको छ । यस चाडलाई मर् यादित र सुखमय बनाउन पनि सबै सांस्कृतिक पक्षले भूमिका खेल्नै पर्दछ ।

दुवईमा उग्रचण्डी सहकारी



त्रिलोचन कोईराला
दुवई÷ब्ौदेशिक रोजगारीका लागि दुवई आएका नेपालीले विदेशमा नै सहकारी स्थापना गरेका छन् । हाल यहाँ उग्रचण्डी बचत तथा ऋण सहकारी संस्थाको स्थापना भई संचालन भइरहेको छ ।
२०६६ माघमा स्थापना भएको सहकारीले २ बर्षमा २५ लाख बढी बचत संकलन गरेका छन् । १५ जना नेपालीहरुले सामान्य बचतको निम्ति संचालन गरेको सो सहकारी अहिले नेपालीका साथै भारतीयबंगालादेश तथा फिलिपिनी नागरिक पनि आवद्ध छन । सहकारीमा अहिले ९५ जना सदस्य रहेको ब्यावस्थापक पिृथ सुबेदीले बताए ।
प्ाुर्णचन्द्र न्यौपाने को संयोजनमा स्थापित सहकारीको पहिलो साधारण सभा मार्फत झापाका लिलाप्रसाद खरेलको अध्यक्षतमा समिति गठन भएको छ । समितिको उपाध्यक्ष चोलाकान्त न्यौपाने सचिव टेकेन्द्र बुढाथोकीकोषाध्यक्ष पवन कुमार शाह तथा ब्याबस्थापकमा पृथ सुबेदी रहेका छन । त्यस्तै सदस्यहरु दिव्यराज खतिवडा धन बा विक सल्लाकार पुर्णचन्द न्यौपाने रहेका छन ।
ब्याक्तिगत रुपमा चर्को ब्याजदर ऋण लगानी लगाउने प्रचलनलाई विस्थापित गर्न स्थापना भएको सहकारीले हाल सदस्य भित्र न्युन ब्याजदरमा ऋण लगानी गर्ने गर्दछ । साथै ब्याज मार्फत आम्दानी आफना सेयर सदस्यहरुको आकस्मित आउने आर्थिक संकटलाई निवारण गर्नु सहयोग पनि गरिने सचिव बुढाथोकी बताउछन । उनि थप्छन्-ुहाम्रो सहकारीको उदेश्य मुनाफा भन्दा पनि नगद सुरक्षा तथा आपसि सहयोग पनि हो ।ु
दीर्घकालीन रुपमा नेपालमा नै यस सहकारीलाई स्वरोजगारी तथा व्यवसायमुखी आर्थिक सस्थाको रुपमा विकाश गर्ने लक्ष्य लिएको सहकारीमा मासिक प्रतिव्याक्ति नेपालीले ४ हजार ५ सय बचत गर्ने गरेका छन् ।

दमक क्याम्पसलाई ुक्युएएु


२८पुष
दमक÷ दमक बहुमूखी क्याम्पसमा साचालित दोश्रो उच्च शिक्षा परियोजना-सेप अन्तर्गत गुण्स्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र-ुक्युएएु पाएको छ ।
बुधबार बसेकेा विश्व विद्यालय अनुदान आयोगको बैठकले दमक क्याम्पसलाई सो प्रमाण पत्र दिने निर्णय गरेको क्याम्पस साचालक समितिका अध्यक्ष सुरेस सुव्बाले बताए । प्रमाण पत्र प्रदान गरिने निर्णयले क्याम्पसको शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरको भएको ठहरिएको उनको भनाई छ ।
क्याम्पसका सेप सायोजक राम थापाले आयोगको निर्णयबाट आफुहरु थप उत्साहित भएको बताए । दमकका सामाजीक संस्था राजनीतिक दल नगरपालिका प्राध्यापक अभिभावक कर्मचारी तथा विद्यार्थीहरुको साझा प्रयासले क्याम्सलाई सफलता मिलेकेा उनले बताए ।
५ वर्षे परियोजना अन्तर्गत सन् २००८को जुलाई २२ तारिखबाट क्याम्पसमा सेप परियोजना शुरु भएको हो । अधिकतम १६ करोड २५ लाख रुपैयाँ अनुदान आउने गरि आयोगले परियोजनाका लागि दमक क्याम्पस छनौट भएको थियो । परियोजनाका लागि देश भरिबाट ९ र पूर्वााचलबाट दमक क्याम्पसमात्र छनौट भएको सेप परियोजना सचिव डिल्लि भट्टराईका अनुसार परियोजना आगामी सन् २०१४ जनवरीमा सकिदैछ । परियोजना शुरु भए पछि क्याम्पसले अर्धवार्षिक जर्नल प्रकाशन शुरु गरेको छ भने शैक्षिक र भौतिक सुधारका बिभिन्न कार्य गरिँदै आएको छ । यस्तै क्याम्पसले ३१ औं वािर्षक उत्सवको अवसरमा केहि समय अघि बिज्ञान प्रदर्शनी समेत गरेको थियो ।