हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

मलेशियामा मृत्यु

१३ कातिक
केर्खा÷ मलेशिया गएका झापाको तोपगाछीका एक युवाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
डेढ वर्ष अघि मलेशिया गएका तोपगाछी-७ का हुकुमिसंह अधिकारीको त्यहाँ सवारी दुर्घटनामा परि मृत्यु भएको परिवारले जनाएको छ । मलिविन ईन्डष्ट्रिजमा रोजगारीका लागि गएका अधिकारीको मालवाहक ट्रक पल्टिँदा आईतबार उनको मृत्यु भएको मृत्ाका दाजु सन्तोष अधिकारीलाई उधृत गर्दै स्थानीय सहयोग उमानाथ भण्डारीले जनाएका छन् ।

मुष्ठिदानबाट सामुदायिक भवन

१३ कातिक
महाभारा÷ मुष्ठि दानबाट संकन गरेको रकमले झापाको महाभारा-८ मा सामुदायिक सुरक्षित आवास भवन निर्माण गरिएको छ ।
स्थानियबासीहरुको अगुवाईमा ३ लाख रुपैयाँ भन्दा बढिको लागतमा सो भवन बनाईएको हो । प्रकोप जोखिम न्युनिकरण ईकाई समितिको सायोजनमा निर्मित सो सामुदायिक भवनका लागि मुष्ठि दानबाट मात्र २ लाख रुपैयाँ सहयोग प्राप्त भएको समितिका सचिब गंगाप्रसाद ढु¨ानाले बताए । भवन निर्माणका लागि साना किसान कृषी सहकारी संस्था महाभाराले ४० हजार र गाविसले २५ हजार रुपैयाँ उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटीले गठन गरेको समितिले सो भवन निर्माण गरेको हो ।
सो भवनमा बिभिन्न दैवी प्रकोपमा परेकाहरुलाई अस्थाई बसोबास गराईने समितिका अध्यक्ष सुर्यबहादुर थापाले जानकारी दिए । रेडक्रस झापाले तयार पारेको कटान ग्रस्त क्षेत्रको सुचीमा सो गाविस समेत परेको छ ।

खोलाले बगाएर आमा-छोराको मृत्यु

३ कातिक
सतासीधाम÷ खोलाले बगाएर झापाको गौरादहका आमा छोराको मृत्यु भएको छ ।
सतासीधाम-८ स्थित कन्काई नदी तर्ने क्रममा गौरादह- १ की अन्दाजी ३० वर्षिया दीपा ढकाल र उनका ७ वर्षिय छोरा दिपेशको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
आमाले पिठ्युमा सलले बेरेर छोरा सहित नदी तार्ने क्रममा उनिहरु दुवै जनाकेा मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मेघराज अधिकरीले बताए । आईतबार बिहान साढे ७ बजे तिर शव देखे पछि प्रहरीलाई खवर गरिएको थियो । मृतक ढकाल लखनपुर-४ को हिमाली बोर्डिङ् स्कुलकी कर्मचारी र छोरा सोहि बोडिङ्का कक्षा १ मा अध्ययनरत रहेकेा जनाईएको छ ।