हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

फेरी आउँदैछन् विकाश

नेपाली सङ्गीत क्षेत्रमा उदाउने र अस्ताउने कलाकारको संख्या नगन्य भईरहेको यो तरल अवस्थामा लामो समयको रियाजपछी झापाली कलाकार विकाश लामा श्रोतामाझ आउन लागेका छन् ।
एक दशक अगाडी झापा धरमपुरको साङ्गितीक समुह एन।बि।sे। मार्फत पुर्वाअाचलका जिल्लाहरुमा स्टेजगायकको रुपमा स्थापित भई सकेका गायक लामा लामो संघर्षपछी आफ्नो पहिलो रिकर्डीङ गीतको तयारीमा लागेका छन् ।


२०५४÷५५ साल तिर झापामा पहिलो पटक व्यावासायिक ड्रमसेट बजाएर चर्चा बटुलेका गायक लामाले सिक्किम तथा दार्जिलीङ्गका विद्यालयबाट औपचारिक शिक्षा तथा साङ्गीतीक ज्ञान लिएका हुन् । पहिलो पटक बिर्तामोडको रडकटेज होटेलको लाइभ कन्सर्टमा ड्रमसेट बजाएर नेपाली दर्शकमाझ उदाएका कलाकारलामा त्यसपछी उनी बिर्तामाडकै सनलाईट सङ्गीत प्रशिक्षण स्कुलमा प्रशिक्षक भएर आफ्नो साङ्गीतिकचाहानालाई उजागरण गराएका थिए । स्कुले जीवनमा भारतको दाजिलीङ्ग सिक्कीम कालेबुङ आसामसम्म ड्रम गितार लगायतका बाध्यबाजन बजाउन पुगेको लामा बताउँछन् । साङ्गींतीक अलवा लामा राम्रो शब्दकार तथा कुशल गायक पनि हुन् उनी जहाँ-जहाँ गए त्यँहा गाएका गीतले उनको प्रतिभालाई सबैको माझ राम्रो कलाकारको रुपमा चिनाउने मौका पनि पाए ।
साङ्गीतिक संघर्षका लाईनहरुमा पुर्वाअाचलका जिल्लाहरुमा विस्तारै सफलताका सिढीहरु चढीरहेको बेला उनीलगायत उनका साङ्गीतिक समुहलाई ठूलो बज्रपात पर् यो । समूहकै एक हस्ती भोकलिष्ट नविन राईको आकाष्मिक मृत्यु भएपछी उनीहरुको समुह छत्ताछुल्ल भयो । केही दिनको शुन्यताले गर्दा मानसिक पीडा भोगेका सबै समूहका सदस्यहरु मन बहलाउन आ-आफ्नो गन्तव्य तर्फ लागे । त्यही क्रममा लामा पनि संयुक्तअरब ईमिरेट दुवईमा पुगे । दुवईको यू।पि।सी। कम्पनीमा कार्यरत लामाले आफ्नो मनको चाहानालाई त्यत्तिकै मर्न कहा दिएर । मनले चाहेपछि भुगोलले कहाँ छेक्न सक्दो रहेछ र दुवईमाहुने नेपाली कार्यक्रम चार्दैगीत गाउन पुगी हाल्थे उनी । जबलामाको चर्चा हुन थाल्यो दुवईको नेपाली माझ उनीले यति चर्चा बटुल्न सफल भए लामा नगएको कार्यकम लगभग कमै हुन छाडे । उनले दुवईमा एड्रीन प्रधान सविन राई विगत छ वर्षदेखी दुवईमा कार्यरत लामा अब नेपालमै व्यवसायिक रुपमा सङ्गीतमा लाग्ने कसरतमा छन् । ्लामाकै रचनाको गीत पाल्देन बम्जन गायकले रेकर्ड गराई विभिन्न मिडियामा बजिरहेको छ । लामा आफै पनि चाडै आफ्नै शब्द सङ्गीत र स्वरमा गीत निकाल्ने अन्तिम तयारी गरीरहेको छन् । नेपालमा एकै स्टेजमा गीत गाउदै हिड्ने गायक डम्बर नेपाली पाल्देन बम्जन लगायतले राष्ट्रिय गायकको पहिचान बनाई रहेकोबेला गायक लामाको मन पनी बढी आशावादी भएको हुनुपर्छ । उर्लाबारी बिर्तामोड ईलाम राँकेलगायतका क्षेत्रमा सङ्गीत प्रशिक्षक भई आफूलाई सङ्गीतमा निखारी सकेका गायक लामाले यो क्षेत्रमा पाईला चाले सफलता पाउनेमा दुईमत नहोला । लामा भन्छन चर्चा बटालुँ या नबटालुँ त्यो दोस्रो पक्ष हो ईच्छा र व्यवसायिकको लागि पनी यो क्षेत्रलाई निरन्तरता दिनेछु ।
७३टज्ञछछण्सप्रस्तुती ः त्रिलोचन कोईराला

प्रचण्डद्वारा सरकार पुनर्गठनको प्रस्ताव

काठमाडौं÷ एकीकृत नेकपा माओवादीका अध्यÔ पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन गर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय समितिको शनिबारबाट शुरु भएको बैठकमा ुपार्टीको विकसित सङ्कट तिनको समाधान र आगामी कार्ययोजनाबारे संिÔप्त प्रतिवदनुमा प्रचण्डले सरकार पुनर्गठनको प्रस्ताव गरेका हुन् । प्रचण्डले उपाध्यÔ मोहन बैद्य किरण्ँ पÔलाई समेत समेट्ने गरी बाबुराम भट्टराई नेतृत्वको मन्त्रीपिरÈद् पुनर्गठनको प्रस्ताव गरेका निकट स्रोतले जनाएको छ ।
प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समेत पहल गर्ने प्रस्ताव गरेका छन् । ुराष्ट्रिय सरकार बन्ने अवस्था आएमा नेतृत्व माओवादीकै हुनुपर्छ भन्ने उहाँको प्रस्ताव छु एक केन्द्रीय सदस्यले भने-ुअहिलेका लागि भने वर्तमान सरकार पुनर्गठनको प्रस्ताव गर्नु भएको छ ।ु प्रचण्डको पहिलो प्राथमिकता भट्टराई नेतृत्वकै सरकारमा नयाँ मन्त्रीहरु पठाउने रहेको र पार्टीभित्र एकमत हुन सकेमा अरुलाई पनि नेतृत्व दिन सकिने प्रचण्ड निकट नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार भट्टराई नेतृत्वको सरकार ढाल्न बैद्य पÔ कांग्रेसको नेतृत्व समेत स्वीकार्न तयार भएपछि प्रचण्डले राष्ट्रिय सरकारको नेतृत्व पनि पार्टीले नै लिनु पर्ने प्रस्ताव पेश गरेका हुन् । माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने अवस्था आएमा भने सर्वसम्मत सहमति जुटे महासचिव रामबहादुर थापा बादललाई समेत प्रधानमन्त्री बनाउन प्रचण्ड सहमत छन् ।
भट्टराई सरकारप्रति रुष्ट बैद्य पÔले वर्तमान सरकार ढालेर बादलको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको थियो । तर कांग्रेस लगायतका दलहरुले बादललाई अस्वीकार गरेपछि बैद्य पÔका केही नेताहरुले अब कांग्रेसको पालो भन्न थालेका छन् ।

पार्टीभित्रको अन्तरसंघÈ्र महाधिवेशनबाट अन्त्य गर्ने भन्दै उनले महाधिवेशन नहुँदासम्म फोरम चलाउने र गुटहरु अन्त्य गर्ने प्रस्ताव गरेका छन् । ुपार्टीलाई विघटनको अवस्थामा पुर् याउने तर गुट सुदृढीकरण्ँ गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने अध्यÔको प्रस्ताव छु एक नेताले भने-ुगुट अन्त्य गरेर फोरम चलाउने प्रस्ताव गर्नु भएको छ ।ु
अध्यÔ प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यÔ
मोहन बैद्य किरण्ँले असहमति जनाएका छन् । उनले आफ्नो छुट्टै प्रस्ताव आउने भन्दै एक दिनको समय मागेका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
यसैबीच नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीलाई सभासद् बनाउने कुरा ुहल्लाुमात्रै भएको पार्टी अध्यक्ष झलनाथ खनालले टिप्पणी गरेका छन् । एमालेको एउटा खेमाले पार्टी नेता केपी शर्मा ओलीलाई सभासद बनाउन लागि परे पनि पार्टी अध्यÔ खनालले आधिकारीक रुपमा पार्टीमा त्यस िवÈयमा कुनै छलफल नभएको बताएका हुन् ।
शनिबार विराटनगर विमान स्थलमा साचारकर्मीसँग कुरा गर्दै खनालले पार्टीमा त्यस्तो प्रस्ताव आए छलफल हुन सक्ने बताए । आज धरानमा आयोजना हुने संगठन सुदृढीकरण्ँ र अभियान कार्यक्रममा सहभागी हुन आएका खनालले शान्ति प्रकि्रयालाई तार्किक निष्कÈ्रमा पुर् याउन सर्वदलीय सरकारको आवश्यकता रहेको बताए ।
उपाध्यÔ बामदेव गौतम र महासचिव ईश्वर पोखरेलका साथ विराटनगर आएका खनालले एमाले रहेसम्म पार्टी एकता रहने बताएका छन् । वैचारिक राजनीतिक र भावनात्मक रुपमा एक भएर एमाले अगाडी बढ्ने उनले बताए ।

फोटो

कि्रसमस ुडेु को पूर्वसन्ध्यामा शनिबार साँझ दमक चोकमा दीप प्रज्वलन गरिँदै ।
फोटो ः पिपुल्स टाइम्स

निःशुल्क स्वास्थ्य शिविर


दमक÷ भारतिय राजदुताबासको सहयोगमा शनिबार दमकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दुतावासको मेडीकल वेलफेयरको सहयोगमा भारतिय गोर्खा भुतपूर्व सैनिक कल्याणकारी संगठनले शिविर आयोजना गरेको हो । शिविरमा आँखा दाँत लगायतका ५ सय भन्दा बढि रोगीको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको संगठनका अध्यक्ष क्याप्टेन जेवी राईले जानकारी दिए । भूतपूर्व भारतीय सैनिक परिवारलाई लक्षित गरि आयोजना गरिएको शिविरमा अन्य स्थानीयबासिन्दाले समेत सेवा लिएका थिए ।

सहकारीको अन्तकिर््रया


दमक÷दमकको मेची सहकारी संस्थाले दुई दिन संस्थाका सदस्यहरुसँग अन्तरकि्रया गरेको छ ।
संस्थाले शुक्रबार र शनिबार संस्थाका शेयर सदस्यहरु सँग अन्तरकि्रया गरेको हो । अन्तरकि्रयामा अन्य बित्तिय संस्था र सहकारी संस्थाका भिन्नता सहकारी संस्थाको बिगत बर्तमान र भविश्य संस्थाका सदस्यको काम कर्तब्य र अधिकारका विषयमा जानकारी गराईएको थियो । अन्तरकि्रयालाई संस्थाका अध्यक्ष गणेशप्रसाद बस्नेत उपाध्यक्ष गीता बस्नेत सदस्य नारायणप्रसाद भट्टराई लगायतले सहजीकरण गरेको व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए ।
शनिबारको अन्तरकि्रयामा गोपालप्रसाद भण्डारी गिरीराज नेपाल लिलानाथ खनाल गुरुप्रसाद रेग्मी लगायतले बोलेका थिए ।

विपत न्युनिकरणका लागि जनचेतना


शिवगाज÷बढी आगलागीका घटना हुने क्रमसँगै विपत न्युनीकरणमा कि्रयाशील नेपाल रेडक्रस सोसाईटीले जनचेतना मुलक कार्यक्रम शुरु गरेको छ । सोसाइटीको शिवगाज उपशाखाले शनिबार आगलागीका विषयमा कृत्रिम अभ्यास मार्फत विपत न्युनिकरणका लागि जनचेतना बढाउने प्रयास गरेको हो ।
रेडक्रस उपशाखा शिवगाजको भवनमा भएको कृत्रिम अभ्यासमा ४० जना बढी सहभागी थिए । विपत जोखिम न्युनिकरण तथा आगलागी सम्बन्धी रेडक्रसको उपसमितिका सभापति गंगानन्द झाको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका झापा शाखा सदस्य प्रकाशचन्द्र खरेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सोसाइटीको उपशाखा शिवगाजका संस्थापक अध्यक्ष पुण्यप्रसाद ढकाल सचिव भोलानाथ मैनाली लगायतले सम्भावित विपत टार्न सतर्कता र सचेतनामा जोड दिए ।
कार्यक्रममा तारिकादेवी कार्की तिवारी र रेडक्रसकी सामुदायिक कार्यकर्ता निर्मला गिरीले सहजीकरण गरेका थिए ।

अज्ञात समूहद्वारा आगजनी


गौरादह÷शनिबार राति करिब ११ बजे झापाको गौरादह-८ का रघुनाथ ढुङ्गानाको आगनमा राखिएको पराल माचमा आगजनी गरेको छ । स्थानीयवासी र दमक नगरपालिकाको दमकलले तत्कालै आगो निभाएका कारण ठूलो क्षति हुनबाट बचेको स्थानीय मोहन खनालले बताए । उनका अनुसार घटनाको प्रकृति हेर्दा कुनै समूहले नियतवस आगजनी गरेको स्थानीयवासीले अनुमान गरेका छन् ।

पुर्वी किरात स्वायत्त गणराज्यको माग



दमक÷झापा मोरङ सहित पूर्वका ८ जिल्लालाई किरात स्वायत्त गणराज्य बनाउनु पर्ने माग उठेको छ ।
राज्य पुनसर्ंरचनाको बहास चलिरहँदा शनिबार झापाको दमकमा भएको किरातीहरुको भेलाले त्यस्तो माग आगडि सारेको हो । भेलाले सोका लागि २१ सदस्यीय संघर्ष समिति समेत गठन गरेको जनाइएको छ । गठित समितिको संयोजकमा विष्णु किराती सह-संयोजकमा पस्ट किराती सचिव छविलाल किराती र कोषाध्यक्षमा कुमार किराती रहेका छन् । त्यसैगरी सदस्यहरुमा रोशन सुमित्रा मौल राजकर्ण ज्ञानदीप सुमन राजेन कृष्ण श्याम र इन्द्र किराती रहेका छन् । सो संघर्ष समितिले झापा मोरङ सुनसरी धनकुटा पाँचथर इलाम ताप्लेजुङ र तेह्रथुमलाई किरात स्वायत्त गणराज्य बनाइनु पर्ने माग अघि सारेको हो । उल्लेखित ८ जिल्ला र संखुवासभा समेत गरी ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने तथा पूर्वका १७ जिल्ला किरात स्वायत्त राज्य हुनुपर्ने माग पनि यस अघिदेखि नै उठिरहेका छन् ।
सो संघषं समितिका संयोजक विष्णु किराती एकीकृत नेकपा माओवादीका झापा जिल्ला सदस्य हुन् ।


पछिल्लो पटक ८ जिल्ला किरात स्वायत्त गणराज्य माग गर्दै गठन गरिएको संघर्ष समितिका संयोजक विष्णु किराती तत्कालीन नेकपा माओवादी र जनमोर्चा नेपालकोबीच एकता प्रकि्रयासँगै एकीकृत नेकपा माओवादीमा कि्रयाशील थिए । उनी हाल माओवादीका जिल्ला कमिटी सदस्य समेत छन् । माओवादीले भने झापा मोरङ सुनसरीलाई कोचिला स्वायत्त राज्य बनाउने बताउँदै आएको थियो ।

एम्बुलेन्स व्यवस्थित गर्न पहल


विर्तामोड÷ एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न पहल थालिएको छ । जिल्लामा साचालनमा रहेका एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन प्रशासन तथा सरोकारवलाहरुले चासो देखाएका हुन् । शुक्रबार नेपाल रेडक्रस सोसाइटी झापा शाखाको भद्रपुरस्थित कार्यालयमा रेडक्रस तथा जिल्ला एम्बुलेन्स साचालन समितिले आयोजना गरेको समन्वयात्मक बैठकमा सहभागी उनीहरुले एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न समेत प्रतिवद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला एम्बुलेन्स साचालन समितिका अध्यक्ष गेहनाथ भण्डारीले एम्बुलेन्स सेवा दुरुपयोग रोक्न सवैको सहयोगको खाँचो रहेको बताए
बैठकमा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रशासक योगेन्द्रप्रसाद भगत र रेडक्रसका निर्देशक करुनाप्रसाद श्रेष्ठले एम्बुलेन्स साचालन सम्बन्धी नीति र हाल भइरहेको कार्यहरुकाबारे बोलेका थिए ।
जिल्लाका ५१ वटा विभिन्न एम्बुलेन्स साचाकहरुको सहभागिता रहेको सो बैठकमा एम्बुलेन्सलाई व्यवस्थित बनाउन एम्बुलेन्स साचालक र रेडक्रस प्रतिनिधिहरु सम्मिलित एक समिति समेत गठन गरिएको छ । गठित समितिको संयोजक नेरेसो झापा शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकराज ढकाल रहेका छन् । ५ सदस्यीय सो समितिको सदस्यहरुमा जयबिन्द्र कुमार सिहं सचिव एम्बुलेन्स चालक संघ नविन श्रेष्ठ सिल वा। स्मृति प्रतिष्ठान दमक प्रसु सिटौला लिराट एम्बुलेन्स विर्तामोड र खेम नाथ न्यौपाने लक्ष्मी नन्द स्मृति एम्बुलेन्स विर्तामोड रहेका छन् । गठित समितिले आगामी १५ दिन भित्र एम्बुलेन्स सेवा दर रेटमा एकरुपता चालकको परिश्रमिक तथा एम्बुलेन्स व्यवस्थीत गराउन सकिने उपायका बारे जिल्ला एम्बुलेन्स साचालन समितिमा प्रतिवेदन पेश गर्ने संयोजक ढकालले बताए । सो बैठकमा झापाका सहायक प्रजिअ योगेन्द्र दुलाल मेचीअाचल अस्पतालका मेडीकल सुपरिडेन्ड डा। टंक प्रसाद बाह्रकोटी रेडक्रसको अन्तराष्ट्रिय समितिका प्रतिनिधी शसीलाल कर्ण लगायतले बोलेका थिए ।

शारिरीक सुगठन झापाको नेतृत्व


विर्तामोड÷नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ झापाको अध्यक्षमा दमकका अशोक पाठक चयन भएका छन् ।
संघका केन्द्रीय प्रतिनिधि पुष्प श्रेष्ठको प्रमुख आतिथ्य र जिल्ला खेलकुद विकास समितिका सचिव टहलदास मैनालीको उपस्थितीमा जिल्ला कार्य समिति चयन गरिएकेा हो । समितिको उपाध्यक्षमा अर्जुन लम्साल सिजरराज भण्डारी विर्तामोड सचिवमा हरि धिमाल विर्तामोड कोषाध्यक्षमा खेमराज श्रेष्ठ चन्द्रगढी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कर्म लामा दमक विजय राजवंशी ज्यामिरगढी विश्वराज राई धुलाबारी प्रशान्त भण्डारी विर्तामोड मौसम श्रेष्ठ सुरुङ्गा बद्री विष्ट आमडाँगी सुकुकुमार कर्मकार विर्तामोड सीता राई विर्तामोड रचना थापा विर्तामोड र कृष्ण बस्नेत चयन भएका जनाइएको छ । सो भेला शनिबार विर्तामोडमा भएको थियो ।

सुन ठगीको आरोपमा पक्राउ


दमक÷सुन सफा गर्ने निहुँमा सुन ठगी गरेको भन्दै दुई भारतीयलाई दमक-१५ का बासिन्दाले पक्राउ गरी प्रहरीमा बुझाएका छन् । शनिबार दिउँसो स्थानीय वेदमाया निरौलाको सुनको सिक्री सफा गरेर तौलिदा परिमाण कम पाइएको भन्दै उनीहरुले सोमा संलग्न दुईजनालाई शनिबार दिउँसो प्रहरीको जिम्मा लगाएका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार नियन्त्रणमा लिइएकाहरुमा भारतको बिहार अन्तर्गत ुनोकरीु गाउँका ५० वर्षीय रामप्रकाश शाह र २२ वर्षीय परमानन्द शाह रहेका छन् ।
उनीहरुमा आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

लक्षित पाइलाहरु

राजकुमार सुब्बा ुअनिश्चितु
सन् १९८६÷१२÷२८ गते सौरेनी सम्घिको भुटानमा जन्मिएका स्रष्टा हुन दिनेश चाम्लिङ्ग ुअभिलाषीु जिवनको सार खोज्नेलाई जब मनले चिताउँछ तब लक्षित र निश्चित ठाउँमा ती पाईलाहरु पुग्छन् । यसैको एउटा उदाहरणीय रुप हो चाम्लिङ्गको कृति ूलक्षित पाईलाहरुू ! नेपाली साहित्य लेखनको क्षेत्रमा मुलत गजल लेखन र गजल कृतिहरु प्रकाशन हुने क्रमहरुको लहरमा पछिल्लो समयमा पाठकहरु माझ आईपुगेको अर्को कृति हो दिनेश चाम्लिङ्गको ूलक्षित पाईलाहरुू आजको बसाई भरी यिनै स्रष्टा चाम्लिङ्गका कृतिसँगै पाठकहरुलाई पनि सँगै डोर् याउने प्रयत्न गर्दैछु ।
चाम्लिङ्गका ूलक्षित पाईलाहरुूमा जम्मा ६ ओटा गजलहरु समाविष्ट छन् गजलहरु पढ्दा र हेर्दा लाग्छन् चाम्लिङ्ग गजलको संरचना भत्काउने र भत्किने कुराहरुबाट निकै सजगताका साथ अघि बढेको देखिन्छन् भने अधिकांश गजलहरु जिवन भोगाईहरु सँग जोडिएर उनिएका छन् भने माया पिरती र देश छोड्नु पर्दाको सास्वत पीडाहरु पनि चाम्लिङ्गका गजलहरुमा उत्तिकै भेटिन्छन् तिनै गजलहरु मध्ये चाम्लिङ्गका केही गजलहरु ः
१। उभिन्छन् जति बाधाहरु सबै ढालिरहेछु
यि लक्षित पाईहरु चालिरहेछु

चकिरहन्छ यो मुटु कहिले फाट्छ जिन्दगीनै
दर्दपुर्ण फाटोहरु बनि टालिरहेछु

जिवन भोगाइहरुको क्रममा यस्ता चोटका अनेकौँ सामनाहरु बीच पनि स्रष्टा चाम्लिङ्ग गजल भित्र आफ्नो जिवन्त खोज्छन् र आफ्नो प्राण रहुाजेल गजलका सुन्दर सेरहरुमा जिवनका अभिव्यक्तिहरु यसरी पोख्छन् ः
२। बाँचुाजेल आशै- आस र उल्लास रहेछ जिन्दगी
नमरुाजेल केवल एकमुठ्ठी स्वास रहेछ जिन्दगी

कहीँ काँडा बिझ् ने बाटो कहीँ फूल फुल्ने माटो
कहीँ चट्टान छत कहीँ भने भाष रहेछ जिन्दगी 

यि गजलका सुन्दर सेरहरुबाट बुझ् न सकिन्छ कि स्रष्टा चाम्लिङ्ग पनि जिवनबाट टाढा रहन नसकेर आफ्नो अभिव्यक्तिका प्रस्तुत गर्न भ्याएका छन् भने आफ्नो पुरानो गाउँघरका स्मरणहरु यसरी गर्न पुग्छन् गजल मार्पुत ः
३। रमाईलो थियो मलाई मेरै त्यो गाउँघर
न धाक धम्की त्यहाँ कसैको थियो न त डर

धेरै भो आज त्यो गाउँ छोडेको पिन
कस्तो भयो होला जोडी पिपुल र वर

यिनै बोध गर्न सक्ने मस्तिष्कबाट निस्किएका यिनै सुन्दर गजलहरु पढ्दा लाग्छ चाम्लिङ्ग जी कुशल र शक्तिशाली गजलकार हुनुहुन्छ । लक्षित पाईलाहरुलाई लक्ष्यमा पुर् याउने वरिष्ठ कवि उपेन्द्र सुब्बा युवा प्रकाश आङ्देम्बे याम थुलुङ्ग अशोक बस्नेत लगायत अन्य समकालीन स्रष्टाहरुको योगदान पनि कदर गर्न लायक छन् । समग्रमा लक्षित पाईलाहरु लक्ष्यको उचाई नाप्न सक्ने एउटा अर्को गजल कृति हो भन्न रुचाउँछु ।
अन्तमा स्रष्टा दिनेश चाम्लिङ्ग अभिलाषी प्रति आभार प्रकट गर्दै कृति लक्षित पाईलाहरुलाई साधुवाद भन्दै यो बसाईबाट बिदा चाहन्छु ।

दुर्घटना न्यनिकरणमा सहकार्य


सडक दुर्घटना पूर्वााचलमा लामो समयदेखिको जटिल समस्या हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतका झापा सहित पूर्वका विभिन्न जिल्ला दुर्घटनाबाट मुक्त हुन सकेका छैनन् । अझ झापाको दमक र माईधार खण्ड तथा मोरङको उर्लाबारी कानेपोखरी खण्ड देशकै बढी दुर्घटना हुने क्षेत्रका रुपमा सूचिकृत भएका छन् । राजमार्ग आसपास वन क्षेत्र भएका कारण छाडा चौपाया छोडिँदा पनि यस क्षेत्रमा दुर्घटना न्युनिकरण हुन नसकेको पाइन्छ । दिनहुँ जसो ती खण्डमा हुने दुर्घटनामा मानिसहरुको मृत्यु भइरहेको पाइन्छ । एक साता यता समेत झापाको माईपश्चिम क्षेत्रमा भएका दुर्घटनामा सरदर दैनिक १ जनाको मृत्यु भएको तथ्याङ्क छ । यो एकदमै विकरल समस्या हो भन्दा अतियुक्ति हुँदैन ।
दुर्घटनालाई भवितव्यका रुपमा त लिइन्छ तर यहाँनेर गम्भीर हुनैपर्ने कुरा के हो भने भवितव्य पनि सर्वसाधारण र सम्बन्धित सरकारी निकाय समेतको लापर्वाहीका कारण दुर्घटना भइरहेका छन् । सवारी चालकले मादक पदार्थ सेवन गर्नु तीव्र गतिमा सवारी हाँक्नु हेल्मेटको प्रयोग नगर्नु मोटरसाइकल वा अन्य सवारी साधनको क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्नु दुर्घटनाका मुख्य कारक भएको ट्राफिक प्रहरीको भनाई छ ।
यी सबै कारणहरुलाई मध्यनजर गर्दै इलाका ट्राफिक प्रहरी कार्यालय दमकले पछिल्लो समय आफ्नो कार्यक्षेत्र अन्तर्गतका शैक्षिक संस्थाहरुसँग दुर्घटना न्युनिकरणका लागि समन्वय बढाएको छ । यो स्वागत योग्य कदमको प्रशंसा अहिलेनै गरिहाल्नु उपयुक्त हुँदैन । मात्रै यसलाई स्वागत गरेर आउँदा दिनमा ट्राफिक प्रहरी र ती शैक्षिक संस्थाहरुले कतिको इमान्दारिता प्रस्तुत गर्छन् नियाल्नुपर्ने भएको छ । शुक्रबार ट्राफिक प्रहरीले गरेको समन्वयात्मक छलफलका क्रममा भएका सहमतिहरुको पालनामा सम्बन्धित पक्षहरुले जोड दिनै पर्छ । शैक्षिक संस्थाका सवारीहरुमा क्षमता भन्दा बढी विद्यार्थी नबोक्ने नो हेल्मेट नो क्लासको अवधारणा लागू गर्ने त्यस्तै मोवाइलको प्रयोग विद्यार्थीहरुका लागि निषेध गर्ने जस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने सहमतिहरुको कार्यान्वयनलाई सर्वसाधारणले गम्भीर रुपमा नियालिरहेका छन् ।

अवशेष

टङ्क आचार्य
ूजिन्दगी निकै सुन्दर छ । त्यसलाई अझ बढी सुन्दर बनाउनु पर्छू यो भनाई भारतीय सहीद सेनानी भगतिसंह को हो । एउटा लालटिनमा तेल भरेर फीता पनि बिलक्रल ठीक गरी सिसा लगाएर एउटा सुरक्षित स्थानमा राखेर बालिदियो भने त्यसले प्रकाश दिन थाल्छ । केही समय पछि सिसामा अलि-अलि कालो लाग्न थाल्छ तेल घटदै जानछ । यस्तै छोडिदियो भने तेल मात्र थपिदियो बालिरह्यो भने उसको प्रकाश कम हुँदै जान्छ सिसाभरि कालो हुन्छ र बालेको र नबालेको थाहै हुँदैन । यो लालटिनमा उज्यालो दिँदा दिँदै कालो कहाँबाट आयो र सिसा नै ढाकिदियो प्रश्न खडा हुन्छ । अर्थात् उसको बल्ने काममा हाम्रो स्याहार पुगेन सिसा सफा गरिएन र लालटिनले प्रकाश दिइरहे पनि सिसा बाहिर आउन सकेन । यहाँ सिसामा कालो -पर्दा जस्तै बन्यो । हामीले लालटिनलाई जस्तै हाम्रा १० वर्ष मुनिका नानीहरुको अ-व्यवहार र उनीहरुका सिसाको कालो पुछिदिनु पर्छ । जीवनलाई अझै सुन्दर मनका मस्तिष्कका सबै काला पर्दाहरु हटाउनु पर्दछ र देशको सुन्दर सपना बनाउनु पर्छ ।
नङ्गा जोगी । एकपटक विराटनगरका तिर्थालु बद्री विशाल आश्रम जाँदै थिए । बाटोमा उत्तर प्रयाग पुगेपछि त्यहाँका बाहुन पण्डालाई देखेर केही दान गर्न मन लागेछ र एउटा धोती र १ हजार रुपैयाँ दान गर्ने भएछन । लाइनको १०÷११ औँ लाइनमा एउटा नाङ्गा रहेछ । उनीहरु दान गर्दै गए नङ्गा जोगीलाई पनि एक हजार र एउटा धोती दिएछन । नागाले त्यही धोती उठाएर दान दिनेकै मुखमा फ्याकिदिएछ र भनेछ-ुये मेरे लिए क्या काम । लेजाओ पिछे तुम्हारा कफन मे काम लागेगा लेजाओ ।ु ठिक्क भनेछ । जसलाई काम छैन लगाउँदैन उसलाई धोती पैसा दान दिनुको अर्थ लाग्छ । कपडा लगाउने तर नहुनेलाई दान दिनुपर्छ । नङ्गालाई कपडा दान……ल हेर्नुस विराटनगरका दानीहरुको हाल त्यहाँ हेर्न लायक बनेछ । वास्तविक नागाहरु असल जीवन बाँच्छन यहाँ वास्तवमा जीवनको शुरु र अन्त्य दुवै ठाउँमा कपडा चाहिँदैन । कपडा लगाउनु भनेको शरीरको सुविधाका लागि मात्र हो । जन्मेको बेला र मृत्युमा कपडा हुँदैन । बच्चालाई लुगा लगाइदिनु भनेको हाम्रो माया हो । अझ असलमा के हो भने नाँगाहरु सोत्तर पात पतिङ्गर पराल मा सुत्छन बस्छन र पकाएर खाँदैनन । भरसक आफै पाकेको खानेकुरा खान्छन । उनीहरुलाई जीवनको कुनै चिन्ता हुँदैन । जन्मेदेखि नै उनीहरुको शरीर प्रकतिसँग मिलेको हुन्छ । अरु जस्तो उनीहरुलाई रोग पनि लाग्दैन ।
जीवनको चिन्ता हुनेहरुलाई सधै दुःख हुँदो रहेछ । चिन्ता कसरी सुखी हुने भन्ने । एउटा उदाहरण-नङ्गा बाबाहरुको आश्रम नजिकै एउटी अलि उमेरकी वेश्या थिइन । ऊ ग्राहकको पर्खाईमा दिनभर बस्थी । एक दिन एउटी पनि ग्राहक आएन भने ऊ भोक भोकी हुन्थी । सँगैमा छेवैका बाबाहरुको आश्रममा भने उसलाई भनेजति दृश्य छ । नङ्गाहरु नाङ्गै दिनभर देख्छे त्यहाँ खानेबेलामा मिठा-मिठा खानेकुरा मिष्ठान्न आइरहन्छ । खाएर पनि उभि्रन्छ । यता वेश्या ती दृश्यहरुमा मुख मिठयाएर बस्छे । उसलाई भने खानेकुरा त के ग्राहक पनि कोईबेला नआएर भोकै हुन्छे । जबकी ती बाबाहरु खानेकुराको पनि कुनै चिन्ता गर्दैनन । एकदिन वेश्याले आफ्नो अप्ठयारो कुरा बाबालाई सोधिछे- बाबाले जीवनको चिन्ता हुनेहरुको समस्या नै यही हुन्छ छोडिदेऊ चिन्ता भनेछन । त्यसदिन देखि वेश्याका पनि मनोकांक्षा पूरा भएको कुरा सुनेको थिए । जीवनको र लोभ लालचको बढी चिन्ता गर्नेहरु बढी दुःखी हुन्छन ।
धर्म भनेको कर्तव्य-कर्म हो । प्राणीले आफ्नो स्वभाव अनुसार प्रकट गर्ने व्यवहार नै धर्म मानिन्छ । हुन त कतिपय वस्तुहरुले पनि आफ्नो कर्तव्य पालन गरेर धर्म देखाएका÷गरेका छन जस्तैः सूर्य सदैव प्रकाशित छन । नदीले आफै जल दिएका छन । वृक्षले कहिल्यै आफै आफ्नो फल खाँदैन र अरुलाई दिन्छ । वर्षा अरुकै हितको निम्ति वर्षन्छ । हामीले पनि महान बन्नलाई परोपकारी हुनुपर्छ । यो नै साँचो धर्म हो । आफ्ना धार्मिक प्रवृत्तिबाट मात्र आफू महान हुने परम्परा जिवन्त छ र पनि मान्छेहरु नै अरु प्राणी वनस्पतिहरु भन्दा अधार्मिक बनेको छ ।
सबैभन्दा बढी सुनेर त्यसपछि पढेर र अन्त्यमा देखेर जानिन्छ । कलियुगमा सुतक ११ दिन द्वापरमा ११ महिना तेत्रा युगमा ११ वर्ष र सत्य युगमा १११ वर्ष लाग्छ । यो कुरा मैले सुनेर जानेको हो ।

माओवादीको लक्ष्यहीन यात्रा

रामकुमार पोखरेल
कमरेड प्रचण्ड लाल सलाम
म कुनै गुटको कार्यकर्ता विचारको प्रस्तोता वा समर्थक भएर होइन नेपालको कम्युनिष्ट आन्दोलनको एक अध्येता शोधकर्ता वा शुभेच्छुक भएर यहाँ लेखिरहेको छु । ूअसंख्य समर्थकहरुको बीचमा बस्नु भन्दा मलाई एउटा विद्वान आलोचकको बीचमा बसेर सिक्न मन लाग्छू भन्ने विलियम प्रथम तथा महिनाको एक दिन भए पनि आलोचकहरुको कुरा सुन्नु पर्छ भन्ने नेपोलियनको भनाईलाई आत्मसात गर्ने हो भने म विद्वान बन्न नसकौंला तर नेपोलियनको विचारसम्मको आग्रहमा उभिएको छु । यो लेखक यसबेला भजन गायक हुनु भन्दा एक आलोचक शुभेच्छुक भएर उभिन खोजेको छ ।
माओवादी शान्ति प्रकि्रयामा आउनु नै गलत काम भने थिएन । त्यो वाध्यताको उपज थियो । तर पछिल्ला दिनमा एकातिर प्रतिकि्रयावादीहरुले वकप गरेको भरमा बहकिदै आफ्ना हैसियत र अडानहरु छोडेर भाग्दै हिडेको र अर्कातिरअन्तरसंघÈ्रको नाममा पार्टीभित्रै अर्को केन्द्र खडा गरी अराजक हुने र भाँडभैलो मच्चाउने जुन काम हुँदै आएको छ त्यसले निश्चय नै पनि नेपाली कम्युनिष्ट आन्दोलनमा माओवादीले प्राप्त गरेको श्रेष्ठतालाई बचाउन नसक्ने देखिदै गएको छ ।
१ नेपालको कम्युनिष्ट आन्दोलने अग्रगतिमा बढ्दा दिÔण्ँपंथी यात्राबाट अघि बढेको पाइँदैन । पुष्पलालले पार्टी गठन गर्दा पाँच जनालाई लिएर गरेका थिए । उनको नेतृत्वमा रहेको पार्टी २००९सालमा भएको काठमाडांै नगरपालिकाको निर्वाचनमा सबै भन्दा ठूलो भएर स्थापित भएको थियो । पुष्पलाललाई पार्टी नेतृत्वबाट विस्थापित गरेर राजतन्त्रको कुनै न कुनै रुपबाट पÔपोÈण्ँ गर्ने मनमोहन वा केशर जङ्ग रायमा´ीले नेतृत्व गरेको दिÔण्ँपंथी दिशाको परिणुम २०१५ सालको आम निर्वाचनमा पार्टी केवल चार सिटमा मात्र सीमित हुन पुग्यो । दरभङ्गा विस्तारित वैठक पूर्वदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन रोपियो । तेस्रो महाधिवेशनको तुलसीलाल निर्वाचित नेता भएपनि बामपंथी अग्रसरता पुष्पलालसँगै भएको कारण्ँ २०२५ सालमा पुष्पलालले पार्टीमा विभाजन ल्याएर अर्को केन्द्र बनाउँदा बामपंथ अग्रसरताकै कारण्ँ पुष्पलालको नेतृत्वको पार्टी नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रुपमा उदायो । विचारमा बामपंथ भए पनि व्यवहारमा नेपाली कांग्रेसको जुनियर पार्टनर हुने कतिपय उनका सोचहरु पार्टी निर्माण्ँमा घातक सावित भए । तपाईका गुरु मोहन विक्रमहरुले दिएको गद्दार पुष्पलालको पाठशालामा तपाईहरु पढ्दै आउनु भयो । क्रान्ति तत्काल सम्भव छैन र हतियार उठाउने समय आएको छैन भन्ने कुरामा मोहन विक्रम र पुष्पलालमा भिन्नता नभए पनि मोहन विक्रमको ूगद्दार पुष्पलालू को सोचले पुष्पलालको कांग्रेसी परस्तताका कारण्ँ त्यस समयमा उनी ओरालो लाग्न थाले र अहिलेका माओवादीहरु २०३४ सालसम्म नेपालको एक नम्बरको कम्युनिष्ट पार्टी बन्यो । तर यसबेला क्रान्तिको जबरजस्ती परिस्थिति देख्दै ´ापाबाट शुरु भइसकेका हतियार संघÈ्र र पार्टी संगठन निर्माण्ँमा देखिएको फराकिलोपनले उनीहरुकॊ महानतालाई पनि धक्का दियो । पूर्वको ´ापाको रापले अहिलेका माओवादीको पाठशालाको दाङ जिल्लाको कÔालाई सबैभन्दा पहिले धक्का दियो । हुँदाहुँदै २०३५ सालमा माले गुटले राष्ट्रिय आकार ग्रहण्ँ गरिसकेर २०३६ सालको अलिकति खुकुलो वातावरण्ँमा नाप गर्दा त मोहन विक्रमको पार्टी पनि ´ापालीका अगाडि निकै पुड्को देखियो । कालान्तरमा माले एमाले बन्यो बहुदलीय जनवादको बरफले नयाँ जनवादको रापलाई चिसो बनाइदियॊ । तथापि विकल्पको अभावमा २०६३ सालसम्म यसैलाई ठूलो कम्युनिष्ट पार्टी भन्ने गरिन्थ्यो । तर २०५२ सालमा माओवादीको नेतृत्वमा दिÔण्ँपंथी बिसर्जनवादका विरुद्ध हतियार उठाए पछि एमालेको शाख र गौरव छिमलिदै गयो । त्यसका नौलो जनवादी कित्ताका धेरै मानिसलाई माओवादी विद्रोहबाट प्रभावित हुन पुगे । पछि गएर बहुदलीय जनवादीहरु पनि अडिन सकेनन् र त्यसैको वरिपरि समेटिन पनि आइपुगेका छन् । त्यो पार्टीमा अहिले ´ण्डै ५० प्रतिशतभन्दा उकालोका मानिसहरु तिनै माले एमालेको घरबाट आएका छन् । माओवादी नेतृत्वको विराट युद्ध र आशाले त्यसले संविधान सभाको निर्वाचनमा पनि सर्वश्रेष्ठ दर्जा हासिल गर्न पुग्यो । आज त्यही इतिहास माओवादीले भुलिरहेका छ चाहे त्यो प्रचण्ड नेतृत्वको गुटले होस या मोहन वैद्यलाई अघि हिडाएर आफ्नो दुनो सो´ाे गर्न खोज्नेहरुबाट होस् ।
२ विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको कुरा हो छद्म भेÈीहरु पहिले प्रतिकि्रयावादीहरुसँग युद्धका कुरा गर्दछन् र बिस्तारै कुम मिलाउन जान्छन् । जब जनताको आँखामा छारो हालेर प्रतिकि्रयावादीहरुका नजरमा नरम बन्न पुग्छन् तब प्रतिकि्रयावादीहरु पहिले प्रशंसा गर्दछन् र पछि बिस्तारै लगेर सेलाउँछन् । सोभियत संघमा गोर्भाचोभको उदय पछि उनले रोनाल्ड रेगनसँग तारा युद्धको कल्पना गरे र प्रचार गरे । तर बिस्तारै उनी नोवल पुरस्कारदेखि संसारमा वा॥वा॥ को पात्र बने । कालान्तरमा उनले लगेर सोभियत संघ र त्यहाँको कम्युनिष्ट पार्टीलाई विसर्जन गरे । माओवादी पनि अहिले गोर्भाचोभको यात्रामा हिड्न जुरमुराइरहेको छ ।
३ गोर्भाचोभको पतन पछि नेपालमा पनि नयाँ जनवादको विकल्प बहुदलीय जनवादले विजारोपण्ँ गर् यो । मदन भण्डारी महानायकका रुपमा प्रस्तुत भए । कृष्ण्ँप्रसाद भट्टराईलाई पराजित गर्दै काठमाडौंमा विजयी बनेपछि न्युज विक जस्ता विदेशी पत्रिकाहरुले ूनेपालमा माक्स्रवाद जीवित रहेकोू भनेर लेखिदिए पछि उनको नाक विकासे िपंडालु जत्रो भएको थियो । बहुदलीय जनवाद भनेको संसदीय राजनीतिको अर्को रुप थियो । बहुदलीय जनवादको लाममै लागेर उनको पार्टीभित्र उनको प्रशंसकहरु खडा भए । आखिर दिÔण्ँपंथको यात्रा तय गरेपछि उनी त्रिशुलीमा सेलाइए । त्यसबेला बहुदलीय जनवादकै खरा कुरा गर्ने र मदनको सच्चा अनुयायी बनेकाहरुनै दासढुंगाको प्रमाण्ँहरु नष्ट गर्न तिर लागे । आफूलाई प्रत्यÔदर्शी बताउने सुन्दर लामा भन्ने व्यक्तिलाई बेपत्ता बनाउने केपी ओलीहरु हत्या स्थलको रुपरङ्ग परिवर्तन गरेर पार्क बनाउन लाग्ने माधव नेपालहरु दुर्घटनाग्रस्त गाडी मर्मत गरेर चढ्नु पर्ने योजनाका साथ गाडी मर्मतको योजना बनाउने ओली विद्या भण्डारी तथा बाचस्पतिहरु तथा रुपनारायण्ँ श्रेष्ठको नेतृत्वमा सुरÔा दस्ता गठन गर्नु पर्ने प्रस्तावमा विरोध जनाउने इश्वर पोखरेलहरु बहुदलीय जनवादकै वरिपरि थिए । माओवादीको शान्ति र संविधानको योजनाको ठीकै भए पनि जसरी आफ्नो सुरÔाको पनि परवाह नगरी जनमुक्ति सेना बिसर्जनको तयारी गर्ने र त्यसको अस्तित्व समाप्त पार्न पार्टीभित्रको दिÔण्ँपंथी गुटसँग टाँसिने प्रचण्डपथ र त्यसको विरोध गर्ने नाममा संकिण्र्ँ क्रान्तिकारिता जाहेर गर्दै अराजक ढङ्गले आउने किरण्ँपथले कतै बहुदलीय जनवादीहरुले नै मदन भण्डारीलाई बिसर्जन गरे जस्तै माओवादीभित्रका कथित शान्ति र संविधानको वकालत गर्नेहरुले विदेशीहरुको योजनामा फसेर प्रचण्डकॊ डुङ्गा नपल्टाइदेलान भनेर भन्न सकिदैन । यो कुरो त कथित मधेसवादी दलहरुको साँठगाँठमा बनेको वर्तमान सरकार र त्यसले पाएको गृह मन्त्रालयको चलखेल र प्रधानमन्त्रीको गलत अभिव्यक्तिले चीनका प्रधानमन्त्रीको नेपाल भ्रमण्ँ स्थगित भएबाट नै प्रष्ट हुन्छ । प्रचण्ड अहिले किरण्ँ लगायतका आफन्तहरुले दिएको चुनौती र विरोधीहरुको घेराबाट मुक्तिको उपाय खोजिरहेका छन् । आन्तरिक पार्टीभित्रका कार्यमा देखिएका सवालहरु वैचारिक मतभेदको नाम दिइए पनि केही मान्छेहरुको व्यक्तिगत स्वार्थले पनि चुलिएको छ । यस्तो स्वार्थ चुलिनुमा लामो समयदेखि प्रचण्डको नेतृत्वले पार्टीमा साँस्कृतिक रुपान्तरण्ँ गर्न नसक्नु नेतृत्वका पनि कमजोरी हो भन्ने कुरा नेतृत्वलॆ स्वीकार गर्नु पर्दछ । वैचारिक सवालमा किरण्ँले क्रान्तिकारी धारको अगुवाई गरेको भए पनि आफू भन्दा अरु कोही क्रान्तिकारी नै छैन भन्ने दृष्टिदोÈबाट उहाँ मुक्त नभएसम्म र मोहन विक्रमको जस्तै मोटो मशाल भनिनेको घेराभन्दा बाहिर अरु कोही पनि क्रान्तिकारी छैनन् भन्ने संकीण्र्ँ चिन्तन पालेर व्यवहारमा गैह्र क्रान्तिकारी र साँगुरो सोचले अघि बढ्ने अव्यवहारिक तथा गैह्र जनवादी उनको गन्तव्य यात्रालाई मानिसले स्वीकार गर्न सक्दैनन् । जे भए पनि आजको माओवादीको यात्रा सही र लक्ष्य निर्दिष्ट नभई एमालेपथमा लम्किन लागेको देखिदै आएको छ । यही माओवादीलाई चेतना भया ।

पहिलो लेख - दुरदर्शी र छुद्रदर्शी


नरपति पाण्डे
आºनो मुलुकको सभ्यतालाई समुद्ध बनाउन त्याग धैर्य र समर्पण गर्ने राजनीतिक सेवकहरु चाहिन्छ । त्यसको अभाव हाम्रो मुलुकमा खट्किरहेको छ । अनुशासन सबै क्षेत्रको सफलताको जग हो । चारित्रिक रुपमा उच्च इमान भएका व्यक्तिहरुले समाजलाई सही मार्गमा हिँडाउन सक्तछन् । इमान्दारहरुले नेतृत्व गरेको सत्ता भएका मुलुकहरु समृद्ध बन्दै गएका छन् । िहंसात्मक मनोवृत्तिले ग्रस्त राजनीतिक नेतृत्व भएका मुलुकहरुको बेहाल छ । जातियता क्षेत्रियता धार्मिक तथा पक्षपातपूर्ण सामाजिक अवस्थाले बिखण्डन र वितण्डता मौलाउने गर्दछ । शक्ति र सत्ताका लागि चाकडी गर्नेहरुले मुलुकलाई बर्वाद बनाइरहन्छन् । िहंसात्मक गतिविधिका लागि शाब्दिक व्याजनाहरुको सहरा लिएर उत्तेजना पैदा गर्ने प्रोपोगण्डात्मक राजनीतिले नेपाललाई युगौं पार्दैछ ।
राष्ट्रको सम्पत्ति खर्चेर निर्माण भएका विकासका पूर्वाधारहरु ध्वस्त बनाइ जनतन्त्र खोज्ने प्रवृति मुलुकले भोग्यो । सामाजिक सद्भाव जातिय समिकरण धार्मिक सहष्णुता राष्ट्रिय अखण्डता र आºनो गौरवलाई तहसनहस पार्ने िहंसा पनि मुलुकले बेहोर् यो । आºनै देशभित्र आºनै बन्धुत्वहरुको दोष वा खोट खोजेर त्यसैमा हमला गर्ने छिन्द्रावेषी छुद्रताले पलायनको अभियान पनि बढायो । शान्तिपि्रयताको बर्खिलाप गर्दै िहंसात्मक संस्कृति विकसित पनि गराइयो । िहंसात्मक संस्कृतिले जनजीविका जनतन्त्र र राष्ट्रियता माथि चुनौती मात्रै थपेन कि अनिश्चयको बादल कालान्तर सम्म मडारिने बनाइ दियो । त्यसले पैदा गरेको प्रसव व्यथाले मुलुक थलिरहेकेा छ ।
राजनीतिमा विकास भएकेा प्रपाचले छलिकहरुलाई फाइदा त गर्ला तर मुलुकको वर्तमान र भविष्य भने कहालिलाग्दो बनाइरहनेछ । छलकारी राजनीति गर्नेहरुले हठधर्मितालाई सधैं अपनाउँछन् । आºनो हठबाट तलमाथि हुन नचाहने मनोबिकारले विदेशी शक्तिसामु क्रमशः झुकाउन थाल्दछ । र आºनो मुलुकमा विदेशी पैसा र शक्ति प्रवेश गराउने वातावरण बनाउँछ । संसारका दङ्गाग्रस्त मुलुकहरुको अवस्था त्यही कारणले हुँदै आएको छ । आºनो अभिष्ट पूरा गर्न छलकार गर्ने गराउने कर्म र काण्डले राष्ट्रियतालाई छिदि्रत गर्दछ । यो हाम्रो मुलुकले भोग्दैछ । अर्काको अस्तित्व नस्वीकार्नु तानाशाही चरित्र हो । छलफल तर्क र प्रतिस्पर्दालाई नस्वीकार्नु निरङ्कुशता हो । जालन्धरविद्याले चलाइएका सत्ता संयन्त्रबाट अग्रगामी परिवर्तनको कुरा मिथ्या हो ।
नायक प्रतिनायकहरुको शृङ्गारहीन राजनीतिले राष्ट्रिय अक्ष्ाण्यता विचलित हुँदै गएको छ । समयलाई कब्जा गरेर राष्ट्रको ढाड नसा बङ्ग्याइ दिने दुरुपयोगीहरु सिल्पहीन अराजनीतिक कलाकार हुन् । स्थीरताको उपेक्षा र सामुहिकताको बहिष्कार गर्ने छिद्रदर्शी अभियन्ताहरुले स्थानीयतामा उठ्न लागेको उर्जालाई समाप्त गरि दिए । र भनी दिए अग्रगामी परिवर्तन । यस्तो हरकतपूर्ण वरदात गर्ने चिन्तनलाई वौद्धिकता भनिन्छ झट्ट के गर्दा आºनो हित र फाइदा हुन्छ त्यस्तो कर्म गर्नेहरुलाई भविष्यवेत्ता भन्ने आºनो स्वार्थका लागी जे पनि गर्न सक्नेलाई देशको सेवक भन्ने यो वाहियात लाचारी प्रचार हो । मुलुकवासीलाई सहज हुने निष्ठापूर्वक काम गर्ने कर्मशीलहरु वास्तविक सेवक हुन् । सिद्धान्तलाई सिर्जनामा लगानी गर्ने योद्धाहरु मात्र देशभक्तहरु हुन् । सिद्धान्तको शास्त्रीय पुराणबाट प्राप्त हुने प्रतिफल क्षतविक्षत र बिरुपता बाहेक अर्को हुँदैन ।
सिर्जनशीलताप्रति अकर्मण्यता र छिद्रदर्शी अराजकता एउटा चक्रवात मात्र हो । त्यो कुनै रुपान्तरणको आन्दोलन हुँदैन । सतहमा बगेको मनगढन्ते परिवर्तन मात्र । नियन्त्रित विचारको बिस्कुन फिँजाएर समृद्धिको झन्झनाहट । बिथ्याँको रगरग । स्थानीयता च्याँतेर संघीयताको फोस्रो खोजाइ । जात जात जुधाएर ुराष्ट्र पहिचानु को खोखी । शोषक लुकाएर शोषण समाप्तीको फतफत । श्रमवीरहरु धपाएर पराइसँग पोल्टो थाप्ने दरिद्रता । कस्तो काव्यात्मक राजनीति उफ ! कृत्रिम संवाहकहरु । आफैले सिर्जना गरेको सिद्धान्त विरुद्ध सम्झौता गर्ने नामधारी दुरदर्शी यि त पाखण्ड र ढोंगी संवाहकहरु हुन् । छिन्कौला राजनीति गर्नेहरुको महत्व सङ्क्रमणकालीन राजनीतिमा हुँदैन ।
भविष्यसम्म काम लाग्दै जाने संस्कारले मात्र राष्ट्र निर्माण गर्दछ । शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धाले अग्रगामी रुपान्तरण दिन सक्तछ । खुला तार्किक बहशले राष्ट्रियतालाई सुदृढ बनाउन ठूलो मद्दत गर्दछ । छिद्र खोजी वितण्डता गर्ने छिद्रदर्शीहरु मुलुकमारा साइँदुवाहरु हुन् भने दुरदर्शीहरु मुलुक बनाउने मुर्धन्य भविष्य हुन् । राजनीतिलाई जीवन बनाउनेहरुले दुरदर्शी बन्न प्रयत्नशील हुनु पर्दछ । नागरिकहरुको रोजाई पनि यही हो ।

पैसा माग्दै हतियार प्रहार


कृष्णमन्दिर÷साईकल रोकेर उभिएका अपरिचित दुई युवाले झापाको दमकस्थित कृष्णमन्दिरमा बसका एकजना कण्डक्टरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।
शनिबार साँझ काँकरभिट्टाबाट काठमाडौँ जादै गरेको ना ४ ख ५६९६ नम्बरको मितेरी बसका कण्डक्टर मेचीनगर-१० का २८ वर्षीय प्रताप बस्नेतको टाउकोमा हतियार प्रहार भएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरिक्षक गंगा भट्टराईका अनुसार अपरिचित ती युवाले बस रोकेर बस्नेतसँग पैसा मागेका थिए । बस्नेतले किन के को पैसा भनि प्रश्न गर्ने बित्तिकै एक्कासी हतियार निकालेर टाउकोमा हानी फरार भएका थिए । घटनामा संलग्नको हुलिया विवरण अनुसार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

जेसीजको महाधिवेशन शुरु

भरतपुर÷नेपाल जेसीजको ३८ औं राष्ट्रिय महाधिवेशन चितवनको नारायण्ँगढमा शुरु भएको छ ।
पर्यटनको विकास अर्थतन्त्रमा निकास र युवाहरुको विश्वास भन्ने मुल नाराका साथ शुक्रबारबाट शुरु भएको महाधिवेशनको माओवादी अध्यÔ पुष्पकमल दाहालले उदघाटन गरे ।
जेसिजको उदघाटन समारोहमा विभिन्न Ôेत्रमा रहेर उत्कृष्ट काम गरेको भन्दै ८ जना युवालाई उत्कृष्ट वÈ्र युवा पुरस्कारबाट सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा कलाकार राजबल्लभ कोइराला कि्रकेट खेलाडी मेहबुब आलम युवा व्यवसायी ज्योतेन्द्र श्रेष्ठ केन्द्रीय प्रहरी अनुसन्धानका दिपेन्द्र अधिकारी गायिका निशा देशार कानुन व्यवसायी भिमार्जुन आचार्य विज्ञान प्रविधिबाट सागरदेव लाखे तथा गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागाईं छन । सम्मानित युवाहरुलाई माओवादी अध्यÔ पुष्पकमल दाहालले नगद तथा गोल्ड मेडलबाट सम्मान गरे ।
तीन दिन सम्म चल्ने अधिवेशनले १ अध्यÔ ४ कार्यकारिण्ँी उपाध्यÔ तथा १० उपाध्यÔ गरि १५ जनाको कार्य समिति चयन गर्नेछ । महाधिवशेनका लागि २ हजार भन्दा बढी प्रतिनिधि चितवन आएका छन । यसैबीच नेपाल जेसीज वर्ष २०१२ मा उपाध्यक्ष पदका लागि दमक जेसीज वर्ष २०११ का अध्यक्ष सुवास चन्द्र भट्टराईले उम्मेद्वारी दिने बताएका छन । महाधिवेशन स्थलमा रहेका भट्टराईले साचारकर्मीहरुमाझ आफनो उम्मेद्वारी रहने बताएका हुन । नेपाल जेसीजको ३७ औँ राष्ट्रिय महाधिवेशन गत वर्षको पौषमा झापाको दमकमा सम्पन्न भएको थियो ।

शैक्षिक संस्था ट्राफिक सहकार्य

दमक÷बढदो सवारी दुर्घटना न्युनीकरणका लागि दमकका शैक्षिक संस्था र ट्राफिक प्रहरी बिच सहकार्य शुरु भएको छ ।
शुक्रबार ईलाका ट्राफिक प्रहरी कार्यालय दमकमा भएको छलफल मार्फत उनीहरुले सहकार्यको शुरुवात गरेका हुन । शैक्षिक संस्थाका सवारी साधनमा क्षमता भन्दा बढि विद्यार्थी नबोक्ने आगामी चैत महिनाबाट झापाको दमकका सवै शैक्षिक संस्थाहरुको सवारी साधनको रङ्ग एउटै पार्ने लगायतका सहमति भएका हुन ।
छलफलमा आगामी चैत महिना भित्रमा सवै शैक्षिक संस्थाका सवारी साधनहरु पहेँलो रङको बनाउने सहमति भएको हो । अन्तर्राष्ट्रिय मान्यता र पहिचानका लागि सजिलो बनाउन यस्तो सहमति गरिएको ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख होमप्रसाद अधिकारीले बताए ।
उनले कलेज तथा उच्चमाविहरुमा विद्यार्थीलाई ुनो-हेल्मेट नो-क्लासु को नियम बसाल्न आग्रह गरॆ । त्यस्तै विद्यार्थीहरुले बोकेको मोवाइलमा कुरा गर्ने क्रममा समेत दुर्घटना भएका भन्दै उनले मोवाइलको प्रयोग निषेध गरिदिन आग्रह गरे । छलफलमा सहभागी विभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले पनि आ-आफना शैक्षिक संस्थामा ुनो हेल्मेट नो क्लासु को अवधारणा लागू गर्ने र मोवाईल फोन प्रयोग निषेध गर्न प्रतिवद्धबता जनाएका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख मिलन भट्टराई प्याब्सनका केन्द्रीय सदस्य एलडी राई एन प्याब्सन झापाका अध्यक्ष जयबहादुर श्रेष्ठ पूर्वााचल कलेजका पि्रन्सीपल रमेशकुमार बस्नेत प्रकाश सुवेदी मोडल क्याम्पस दमकका प्रमुख कृष्णप्रसाद ति_िम्सना िसंहदेवी उच्चमाविका प्राचार्य रुद्र सुवेदी सिद्धार्थ बोर्डी्रङ स्कुल दमकका पि्र_िन्सपल तेजकुमार श्रेष्ठ लगायतले ट्राफिक प्रहरीबाट भएको सचेतना प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

किन मासु बजार साचालनमा ढिलाई

गोपाल झापाली
दमक÷ व्यवसायीहरुको लगानीमा निर्माणाधीन दमकस्थित मासु बजार साचालनमा ढिलाई भएको छ ।
नगरपालिकाबाट रकम निकासामा ढिलाई हुँदा निर्माण प्रकि्रया अपेक्षाकृत हुन नसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ । दशैं अघिनै साचालनमा आउने योजना रहेको दमक-११ मा निर्माणाधिन मासु बजारका मुख्य संरचना बने पनि अझै साचालनमा आउन सकेको छैन ।

६० लाख रुपैयाँको अनुमानित लागतमा निर्माण शुरु गरिएको सो मासु बजार निर्माणका लागि व्यवसायीहरुबाट अगि्रम रकम सङ्कलन गरिएको निर्माण समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले बताए । बस्नेतका अनुसार कवल निर्माणका लागि व्यवसायीले २८ लाख रुपैयाँ खर्च गर्दैछन । पसल साचालन गर्ने व्यवसायीले हाल सम्म कम्तिमा ५० हजार देखि १ लाख रुपैयाँ सम्म खर्च गरिसकेको बस्नेतले बताए ।
कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गा नगरपालिकाले लिजमा लिए पछि मासु व्यवसायी र नगरपालिकाको संयुक्त लगानीमा बजार निर्माण शुरु भएको हो । नगरपालिकाबाट समयमा रकम निकासा हुन नसक्दा बजार साचालनमा ढिलाई भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
केही महिना अघिबाट साचालनमा आएको आधुनिक तरकारी बजारबाट दक्षिण तर्फ मासु बजारका लागि कवलहरु निर्माणाधीन छन ।
सो स्थानमा कुखुराको मासु बिकि्र गर्ने १४ ओटा कवल खसीको मासु तयार बनाउने २ ओटा खसिको मासु बेच्ने ३ ओटा र १÷१ ओटा खसी बाँध्ने र मासु बनाउने साथै माछा थोक बिक्रीका ३ ओटा कवल रहने जनाईएको छ ।
नगरपालिकाले भने विभिन्न कारणबस समयमा रकम निकासा गर्न नसकिएको जनाएको छ । नगरपालिकाका ईन्जिनयर तिर्थनारायण श्रेष्ठले सो का लागि यसै साता एक लाख रुपैयाँ निकासा गरिने जनाए । मासु बजार निर्माण सम्पन्न गर्न नियम अनुसार ३० प्रतिशत कट्टा हुने गरि ११ लाख ७६ हजार रुपैयाँ निकाशा गरिने नगरपालिकाले जनाएको छ ।

सर्वदलीय संयन्त्र खारेज गर ः अख्तियार

पिपुल्स टाइम्स समाचार
काठमाडौं ÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय निकाय साचालनका लागि बनाइएका सर्वदलीय संयन्त्र खारेज गर्न निर्देशन दिएको छ ।
संयन्त्र संविधान र प्रचलित कानून विपरित भएको ठहर गर्दै अख्तियारले खारेज गर्न स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो । ुस्थानीय निकायको विकास निर्माण्ँ गर्ने कार्यमा समन्वय गर्न बनाइएका मौजुदा संयन्त्रका काम कर्तव्य र अधिकार जिम्मेवारी र उत्तरदायित्व हो भन्ने प्रष्ट आधारसमेत देखिएनु अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ-ुसंविधान तथा प्रचलित कानुनको विपरीत हुने गरी संयन्त्र बनाइएको पाइयो ।ु
संयन्त्रबाट विनियोजन भएको रकम व्यापक भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले उपभोक्ता समिति मार्फत् स्थानीय निकाय साचालन गर्न पनि भनेको छ । अख्तियारले स्थानीय निकायको काम प्रभावकारी बनाउन काम कर्तव्य अधिकार र जिम्मेवारी किटान गरी स्थानीय निकाय गठन गर्न प्रधानमन्त्री तथा मन्त्रीपिरÈदको कार्यालय र स्थानीय विकास मन्त्रालयलाई लेखी पठाउने निण्र्ँय गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले ०६६ सालमा सर्वदलीय संयन्त्र गठन गर्ने निण्र्ँय गरेपछि स्थानीय निकाय संचालन हुँदै आएको छ ।
अख्तियारले उपभोक्ता समितिको पदाधिकारीमा कुनै पनि राजनीतिक तहको पदमा रहेका व्यक्तिलाई नराखी तटस्थ व्यक्तिमात्रै राख्न र उपभोक्ता समितिले अनिवार्य रुपमा दाखिला गर्नुपर्ने रकम दाखिला गरीसकेपछि मात्र सम्बन्धित कार्यालयले सम्´ाैता गर्न भनेको छ । यस्तै उपभोक्ता समितिले गरेको कामको नापजाँच गरेर मात्र भुक्तानी दिन पनि निर्देशन दिएको छ ।
अख्तियारले आर्थिक वÈ्रको अन्तमा उपभोक्ता समितिलाई कार्य सम्पादन नगरेको काम भइसकेको देखाएर पछि काम गर्ने गरी कुनै पनि हालतमा रकम भुक्तानी नदिन निर्देशन दिएको छ भने लागत अनुमान भन्दा बढी रकम माग्ने र भुक्तानी दिने व्यवस्था बन्द गर्न भनेको छ ।

लाईन क्रस - सामुहिक रॊदन महोत्सव

प्रकाश आङदेम्बे
ूमसँग गोजीमा सय रुपियाँमात्र थियो । विहान पाँच बजेदेखि अडिसन दिन लाइनमा उभिएको बाह्र बजे मात्र मेरो पालो आयो । त्यो दिन अरुले पालो मिच्ने डरले लाइनमानै उभिइएर एउटा पाउरोटीमात्र खाएँू इन्डियन आइडलको पुर्व भोगाइ सुनाउँदै प्रसान्त तामाङ घोप्टो परेर रुन थाल्यो । उद्घोषक राजेश घतानी पनि डाको छाडेर रुन थाले । छेउमा बसेका डम्बर नेपालीले आँखाभरी आँसु जमाएँ । ठट्टा गरिरहेका विल्सनविक्रम राई मलाई पुलुक्क हेरेर चियरवाट उठे । साचारकर्मी मोहन नेम्बाङ अरुलाई नरुन भन्दै आफै भावुक बने । गजलकार दाताराम चाँपागाई पनि घोप्टो परे चियरमानै । डाको छाडन नमिले पनि आँसु नझारी बस्न सकेनन् मेरा पनि आँखा र मन । यो सबै दृश्यहरु प्रत्यक्ष नियाली रहेका थिए भाइ सुर्य सुब्बा । यो दृश्य थियो गएको शनिबार दमक स्थित कुनै एक होटलको । जब जब यस्तो अवस्थामा हुन्छु तब धेरै अघि आफैले सृजना गरेको रुबाइ सम्झन्छु ।
मन भाचिन्छ तोडिन्छ कहिले दिन कहिले राती हुन्छ
जसलाई विश्वास गर्यो उ नै विश्वासघाती हुन्छ
यसरी मन भाँचिनु तोडिनु टुट्नु र दुःख्नुभन्दा
बरु मन त फलामकै भए जाति हुन्छ ………
धेरैपटक एउटै काममा सँगै भए पनि आफ्नो आफ्नो व्यस्ताका कारणले प्रशान्त जी र मेरो प्रत्यक्ष भेट भएको थिएन । दुइवर्षअघि चलचित्र किन मायामा को स्क्रिनप्ले र सर्ट डिभिजनको वर्कआउट गरिदिनका लागि म गान्तोक गएको थिए । त्यस चलचित्रका मुख्य भूमिकामा थिए प्रशान्त जी । डाइरेक्टर चुन्नीलाल घिमिरे दाजुलाई मैले जाने जति आइडिया सेयर गर्न मात्र म गएको थिएँ । प्रशान्त जी गान्तोक आउने दिन म गान्तोकवाट फर्किए आफ्नो कार्यक्रमको पुर्व स्याडुलले गर्दा । त्यसपछि र अघि पनि हामी बीच भेट गर्ने चाहना हुँदा हुँदै पनि भेट भएको थिएन । संयोगले भेट भयो यसपटक आफ्नै गृहनगरमा निकै समयपछि । त्यसो त योभन्दा अघि पनि धेरै पटक प्रशान्तजी दमक आउनु भएकै हो तर पृथक माहौल र समूहका कारण मैले भेटिन । विशेषत राजेश घतानी जीलाई यो सुत्रधार भूमिकाको लागि बधाइ दिनैपर्छ । देखावटी रुपमा तोपगाछी महोत्सवमा सवै भेला भएता पनि आन्तरिक रुपमा हाम्रो उपलब्धी भनेको एकअर्काका दुःखशुख सेयर गर्ने थियो ।

यसै पनि मलाई महोत्सवहरु त्यति अर्थपूर्ण लाग्दैनन् र जादिन तर साथीभाइको करकापले यो पटक तोपगाछी महोत्सव गइयो । राजेशजी विल्सनजी डम्बरजी प्रशान्तजीको प्रस्तुति हेरेर त्यहाँवाट फकियौँ । आयौँ होटलमा । रातको १२ बजेको थियो । डम्बरजीले भने ूआइडलमा तँपाइको नाम घोषित हुँदा म खुशीले बागबजारवाट बानेश्वरसम्म उपि्रुदैँ पुगेछु । पछि पो थाहा भो खाली खुट्टै रहेछु ।ू यति भन्नासाथ आम शुभेच्छुक नेपाली दाजुभाइहरुले आफुलाई लगाएको ठूलो गुन सम्झेर भावुक बन्दै प्रशान्तजीले आँसु खसाल्नु भयो । अनि सुरु भयो अरुलाई हसाउने आनन्द दिलाउने तीनै स्रष्टाहरुको सामुहिक रुवाई । रोदनपूर्ण माहोल रोक्न प्रायले मलाई इशारा गरे तर मैले चाहेर पनि प्रतिकि्रया जनाइन । कारण हास्न र हँसाउने त कयौं स्थान पाइन्छ तर हार्दिकताले प्रेमले आत्मियताले दिल खोलेर रुने स्थान किहंलेकाली संयोगले मात्र पाइन्छ । तसर्थ यो संयोगलाई मैले थमथम्याउन चाहिन । प्रशान्तजीले रुँदै भन्नु भयो ूअघि कार्यक्रममा सयौँ बुढीआमा र बाबाहरु मलाई प्रेम गरेर रात जाडो नभनि आउनु भएको थियो । चाहेर पनि सवैलाई ढोग्न सक्तिन ।ू थप भने ूसंयोग र सबैको मायाले आज म आइडल भए होला तर म आइडल हुनुभन्दा अगाडि नै तँपाइहरु हाम्रो जातिको लागि अग्रज भइसक्नु भएको थियो । म जस्तो सामान्य मान्छेलाई तँपाइहरुले लगाउनु भएको गुण र प्रेमलाई म कहिले पनि भुल्ने छैन ।ू लगभग डेढघण्टा पछि आँसुको सृङ्खला थामियो । एकआपसमा अँगालो मारामार भइरह्यो । रगतको साइनो पर्ने आफन्त वा तिम्रो लागि जे पनि गर्छु भन्ने फ्यानहरुको सामुन्ने समेत सेयर गर्न नसिकिने दुःखहरु सेयर गरागर भयो । मित्रताको महानता लहरिरह्यो निकैबेर ।
लगगभ विहान ४ बजेतिर सुताइ भयो जस्तो लाग्छ । प्रशान्तजीले मेरो बारेमा अलिक बढी सुन्नु भए जस्तो फिल भइरह्यो मलाई । पटक पटक मेरो केयर मप्रति झुकेर सम्मान जनाइ रहँदा मलाई भने अलिक बढी असहजता महसुस भयो र सम्झाए पनि । विहान प्रुेस भएर अब हामीले के गर्ने बारेमा निकैबेर गफ गर्यौ । मैले पनि प्रशान्तजीको जिम्मेवारी अगाडि बढी रहेको उनको यात्रा समाजले उनीप्रति राखेको दृष्टिकोण र उनले गर्नु पर्ने अबको खास कार्यको संभावना बारेमा सिधैं भने । उनले पनि एक भएर अगाडि बढ्नुपर्छ भनि रहँदा राजेशजीले थप्नु भयो । ूयो भाइ अलिक मिस गाइडमा परिरहेछ अब तँपाइले मार्गदर्शन दिनु पर्यो ।ू म मौन थिए । प्रशान्तले पनि थपे ूदाइ हजुरसँग धेरै भेटने मन थियो आज पूरा भयो । अब हजुरको शव्द र सल्लाह मलाई हरसमय चाहिएको छ ।ू त्यत्रो सेलिबि्रटिले म जस्तो मामुली व्यक्तिलाई राखेको हार्दिकता विश्वासको शव्दको उत्तर केही दिन सकिन र यत्ति मात्र भने । ूमैले सक्ने जति सहयोग सधै मवाट हुन्छ ।ू
प्रशान्तजी कै आग्रह अनुरुप अब उनी मेरा भाइ भए । छुट्टिने बेला पनि आँखाभरि आँसु जमाएर अँगालो मारे उनले । विदा हुनुअघि ूआमालाई नमस्कार भनिदिनु है भनंे ।ू राजेश जी र प्रशान्त पुर्व लागे । विल्सनविक्रम डम्बर नेपाली भूटानी कलाकार रत्न तुम्बापो र म होटलमा सँगै खाना खाएर छुट्टियौँ । रातभरिको अनिदोले गर्दा मेडिया नेटवर्क भूटानको चुलाचुली आइतबारेमा भएको फोटो प्रदर्शनिमा जान भने सकिन् । रुममा फर्किएर सिरक गल्र्याम्म ओडेर………………।
सेलिबि्रटिहरुसँगको यस्तो नियमितता क्रमश भइरहन्छ । कति अस्थाइ हुन्छन् कति स्थाइ । बुधवार साँझ ठिक यो लेख टाइप गरिरहेको बखत मोवाइलको घण्टी बज्यो । हेरें । प्रशान्त भाइको फोन रहेछ । उनको आवाज आयो । ूदाइ तँपाइलाई एकदम मिस गरिरहेकोछु । मैले फेसबुकमा प्रुेण्ड रिक्वेस्ट सेन्ड गरेको छु एसेप्ट गर्नुस है ।ू आधाघण्टा जति गफ भयो ।
जे होस कहिले काँही मात्र दिल खोलेर रुन पाइने दुर्लभ संयोगले मेरो जीवनमा पुन उर्जा प्रवाह गरेको छ । सामुहिक रोदन महोत्सवमा सहभागी सबै साथीभाइलाई बधाइदिन चाहान्छु ।

लेखक र पाठक वर्ग


लेखक आफैंमा महान हुन्छन् । हुनपर्छ पनि । लेखक खाली लेख्ने मात्रै नभएर हरेक कुराको सुन्दर रचना गर्ने मान्छे हो । संसारलाई रचना गर्ने र युगलाई दिशा दिने विवेक र शक्ति लेखकमा मात्रै हुन्छ । त्यसो त पाठक भएन भने लेखकको उपस्थिती किन प्रश्न गम्भीर भएर खडा हुन्छ जसरी लेखक बिना पाठक हुँदैनन् । त्यसै गरी पाठक बिना लेखक पनि हुँदैनन् । लेखक र पाठक आपसमा परिपूरक छन् । पाठक आफैं लेखक होइन् । उसले बाहिर आएका र देखिएकाहरुलाई पढिदिने हो । तर लेखक लेखक भएर आउँछ । ऊ रित्तै आउँदैन् । संसारलाई केही दिन भनेर आउँछ । दिएका छन् थुप्रैले । कोही दिने क्रममा छन् । यो त स्वभाविक र निरन्तर प्रकि्रया हो चलिरहछ सधैंभरि । यहाँबाट हेर्दा लेखक वर्ग भनेको कर्म गर्ने व्यक्ति अर्थात् उत्पादन गर्ने श्रमिक हो । पाठक वर्ग त्यो उत्पादनको उपभोक्ता वर्ग हो । लेखकले जे जति बाहिर ल्याउँछ त्यसलाई अनुकुल पारेर पाठक वर्गले लिइदिने हो । लेखकहरुको श्रम र उत्पादनलाई उपभोग गर्ने हो । सबै पाठक लेखक बन्न सक्दैनन् । तर सबै लेखक पाठक पनि बन्न सक्छन् । यसर्थमा सबै लेखक साहित्यिक उत्पादनका उपभोक्ता बन्न सक्ने भए । तर सबै उपभोक्ता अर्थात् पाठक वर्ग उत्पादक बन्न सक्दैनन् । कर्म र श्रम सबैले आ-आफ्नै ठाउँ र गुण अनुसार गरेकै हुन्छन् । खाली बाहिर देखिने र आउने बाटो मात्रै भिन्न हुने हुन् ।
लेखे जति सबै सिर्जना नै बन्छन् भन्ने छैन् । छापिए जति पुस्तक सबै पुस्तक नै बन्छन् भन्ने पनि हुँदैन् । जन्मिए जति सबै सन्तान असल नै हुन्छन् भन्ने पनि कहाँ हुन्छन् र कतिपय समय र परिवेशमा त्यहाँको जनजिवीका र आम जनताको दैनिकीले पनि ठूलो फरक पार्ने गर्दछ । लेखनमा हाम फालेकाहरु सबै लख्नकै लागि आएका नहुन पनि सक्छन् । कति लेखकहरु रहरै पूरा गर्नलाई हुत्तिएका हुन्छन् सिर्जनाको फाँटमा । ती आफैं आउँछन् र आफैं जान्छन् पनि । तर राम्रा र उत्कृष्ट लेखकहरुलाई समयले खोजीखोजी ल्याउँछ । कठालोमा समातेर खडा गरिदिन्छ सिर्जनशाीलतको परिवेशमा । तर पाठक वर्ग आफैंमा उपलब्ध हुने वर्ग हो । जति लेखक निस्एिकएका छन् ती सबैको न्याधिस पाठक नै हुन् । कुन लेखकलाई राख्ने र कुन लेखकलाई मिल्काउने भन्ने निर्णय पाठक वर्गमा नै हुन्छ । अनि त्यो निर्णयक आधारहरु कुनै पनि लेखकको सिर्जना उसको कर्म र योगदानले तयार पारिदिने हो । आजसम्म लेख्न आएका सबै लेखकहरु बाँचेका छैनन् । कोही थारै समय रहेका छन् । कोही आएर लगत्तै गएका छन् । कोही आएर आजसम्म पनि नगइ भिन्न रुप र अर्थमा कायमै छन् । यो मानेमा कस्तो लेखक युग-युगान्तरसम्म रहन सक्ने र नसक्ने भन्ने सबैको हिसाब उसको सिर्जना शक्ति र बाहिर आएका परिणामहरुले किटान गरिदिने हो । लेखक र पाठकको स्वभाव र मानसिकता कहिल्यै पनि एकै हुन सक्दैन् । लेखक एक स्वभाव र चिन्तनको हुन्छ भने पाठक भिन्न स्वभाव र चिन्तको हुन सक्छ । यो सांसारिक रुवभाविकता हो । संसारका यति धेरै अझ भनौं अरबौं खरबौं मान्छेहरुमा कसैको रुप रङ मिल्न सक्दैन् भने अझ स्वभाव र चिन्तन कसरी समान हुन सक्छन् अझ त्यसमा पनि लेखक र पाठक त भिन्न पात्र र गुणका मान्छे हुन् । स्वभावैले पनि लेखक भिन्न हुन्छ । बरु कतिपय पाठक वर्गको रुची र चिन्तन थोरै भए पनि मिल्न सक्ला । तर लेखक र पाठक कहिल्यै पनि एउटा बिन्दुमा कायम हुन सक्दैनन् ।
राष्ट्रिय दैनिक क्षेत्रीय स्तरका पत्रपत्रिका अथवा कुनै विधा विशेष अन्र्तगतका जुन प्रकृति र विषय वस्तुका भए पनि लेखकहरुले दिनहँु जसो केही न केही लेखहिरेका हुन्छन् । लामा-लामा लेख रचना दृष्टिकोण विश्लेषणहरु आइरहेका हुन्छन् अखबार पत्रहरुमा । अन्य कुनै छापा माध्यमहरुमा । दैनिक रुपमा आउने खबर पत्र-पत्रिकाहरु पाठक वर्गका लागि नियमित खुराक र अध्ययन सामाग्री बन्दारहेछन् । सायद ती नै पत्र-पत्रिकाहरुले समय सापेक्ष खुराक र सन्र्दभहरु लिएर आउने भएर पनि होला तिनीहरुलाई नै धेरै पढ्ने गरिन्छ । लेखक वर्ग पनि साप्ताहिक पाक्षिक मासिक रुपमा आउने पत्र-पत्रिकाहरु भन्दा दैनिक छापिने पत्र-पत्रिकाहरुबाट बढी लभान्वित हुँदा रहेछन् । एउटा सचेत पाठकले कुनै पनि खुराक गुमाउँदैन् अर्थात् ऊ पढ्नबाट छुट्दैन् । तर यसो भन्दै गर्दा ती पाठक वर्गसम्म आउने लेखकहरुको सिर्जना खुराकको पनि उत्तिकै महत्व रहने गर्दछ । पाठक वर्गले लेखकका रचनाहरु नपढिदिने र नहेरिदिने हो भने छाप्नु र बजारमा छर्नुको के आचित्य तर त्यो हुँदैन् हुनुहुँदैन् पनि । यहाँबाट खालि लेखक वर्गले पाठक वर्गलाई के दिन्छ र कस्तो सामाग्री पुर्याउँछ अनि पाठक वर्गले उसबाट के प्राप्त गरिरहेको छ भन्ने सवालबाट सन्र्दभलाई बलियो बनाउन खोजिएको हो । लेखकले पाठक वर्गलाई कहिल्यै पनि नकार्न सक्दैन् । बरु पाठक वर्गले लेखक वर्गलाई ना पनि सक्छ । नकार्न सक्छन् । यहाँ लेखक र पाठक वर्ग बीचमा सही तालमेल हुन सकेन भने लेखक र पाठक वर्ग बीचमा ठूलो द्वन्द सिर्जना हुन पुग्छ । यसरी सिर्जना द्वन्द पैदा हुनु भनेको लेखक र पाठक बीचको विचार र चिन्तन ठ्याक्कै नमिल्नु हो । अनि समय र लेखक वर्गको सिर्जना बीचमा मेल नखानु पनि हो ।
जबजब लेखकले समयलाई बोध गर्न सक्दैन् अनि त्यही अनुरुप लेख्न सक्दैन् तबतब पाठक वर्गले त्यसको विकल्प खोज्न थाल्दछ । पाठकले विकल्पको खोजी गर्नु भनेको भएका र आइरहेका लेखकहरुबाट समय अनुसारका र उत्कृष्ठ रचनाहरु नआउनु भन्ने हो । यदि लेखक समय भन्दा धेरै पछाडि रह्यो र युगानुकुल भएर पदचाप मिलाउन सकेन् भने त्यो लेखकको अस्तित्व नामेट हुनसक्छ । लेखकको अस्तित्व सिद्धिनु भनेको पाठक वर्गले उसलाई मिल्काइदिनु हो । समय र युग अनुसार लेखकले रचना दिन सक्दैन् र पाठकका माझ उपस्थित हुन सक्दैन भने त्यो भन्दा ठूलो पराजय एउटा लेखकका लागि अरु केही पनि हुन सक्दैन् । लेखक वर्ग समय अनुसार फड्को मार्न र चल्न सकेन् भने त्यहाँुनेर अर्कै चिजको खोजी हुन्छ । दैनिक खबर पत्र-पत्रिकाहरु अथवा अन्य छापा पत्र-पपत्रिकाहरु मार्फत आउने स्तम्भकार अथवा लेखकले नयाँ-नयाँ कुरा दिन सकेन् र जन्माउन सकेन् भने त्यहाुनेर पाठक वर्गले उसलाई उछिन्छ । पाठक वर्गले लेखक वर्गलाई उछिन्नु भनेको लेखकहरु कमजोर हुँदै जानु हो । संसारलाई रचना गर्न र निर्माण गर्नबाट चुक्दै जानु हो । आजसम्म कवि लेखकहरु जति असल र शक्तिशाली मान्छेहरु अरु छैनन् हाम्रो इतिहासले यही लखॆको छ । अनि यस्ता लेखकहरु कहिल्यै हारेका पनि छैनन् । जस्तोसुकै शासन व्यावस्थालाई पनि परास्त पार्दै समयलाई जित्दै आइरहेका छन् । अझ भनौं बाँकी मान्छेहरु अर्थात् पाठक वर्गहरुलाई युगको अघिल्तिर धकेल्दै आइरहेका छन् । पाठक वर्गलाई चेतनाको ुसिरिन्जु हान्दै आइरहेका छन् ।
जबजब कुनै पनि चिज काम नलाग्ने अथवा थोत्रो हुन्छ विस्तारै त्यसको विकल्पको खोजी सुरु हुन्छ । यो विकास र क्रान्तिको स्वभाविक प्रकि्रया पनि हो । तसर्थ कुनै पनि चिज पूरानो हुन नपाउँदै रुपान्तरण हुन सक्नुपर्दछ । समय अनुसार अनुवाद हुन सक्नुपर्दछ । अझ त्यसमा पनि लखेक वर्ग सधैं पूरानो भइरह्यो र नयाँ हुन सकेन् भने त्यो दुःख लाग्दो कुरा हो । संसारको सिर्जना गर्ने र निर्माण गर्ने लेखक पूरानो हुँदै गयो र यथास्थितीमा उभिइरह्यो भने त्यहाँुनेर संसारलाई धोका हुन्छ । जगत्लाई पीडा हुन्छ । तसर्थ पनि लेखक वर्ग सधैं रुपान्तरण र गतिशीलतामा तानिनुपर्छ । बरु लेखक पूरानो हुँदै गयो र काम नलाग्ने हुँदै गयो भने पाठक वर्गले झक्झक्याउने हो सङ्केत गर्ने हो । यदि त्यसो गर्दा पनि भएन भने त्यसलाई टिपेर फाल्ने हो । यदि लेखक वर्गमा पाठक वर्गको रुची घट्दै गयो भने त्यहाँ लेखक वर्ग बेकामे हँदै जान थालेको ठहरछ । लेखक तत्कालै बद्लिने क्रममा जानुपर्छ । लेखकले पाठकको शक्ति केन्द्र र उसको पढ्ने क्षमतालाई हेक्का राख्दै लेख्न सकेन् भने त्यो भन्दा ठूलो अन्र्तघात लेखकका लागि अरु हुन सक्दैन् । संसार बनाउने लखेक आफैं काम नलाग्ने भयो भने त्यसबाट अरुले के आसा गर्ने समय परिवर्तन भएको उसलाई ज्ञात हुँदैन् युग बदेलिएको पत्तो हुँदैन भने त्यो लेखकबाट पाठक वर्गले के अपेक्षा गर्ने लेखकले पो पाठकलाई नयाँ-नयाँ बनाउँदै जाने हो । मानवीय सुख र समृद्धिका लागि सिर्जना गर्ने हो । पाठक वर्गले त लेखकको चिन्तन र संसार बद्ल्ने तागतबाट आफँू पनि बद्लिदै जाने हो । त्यही अनुसार रुपान्तरण हुँदै जाने हो । पाठक भन्दा लेखक महान बन्नुपर्छ । पाठक भन्दा लेखक सचेत बन्नुपर्छ । पाठकले एउटा शताब्दी बाँच्दै गर्दा लेखकले उनीहरुको चिन्तन र स्वभावलाई अर्काे शताब्दीतर्फ लैजान सकेन् भने ऊ कसरी लेखक बन्छ जनता र देशलाई अग्रगमनमा उभ्याउन सकेन् भने ऊ कसरी रचनाकार बन्न सक्छ समयलाई गति र दिश दिन सकेन् भने ऊ कसरी संसारको निर्माता बन्न सक्छ

शान्ति र स्थापना नेतागत प्रवृत्तिहरु


नेपालमा राजनीतिक परिवर्तनको शृङ्खला हेर्दा र इतिहास पढ्दा धेरै लामो बढीसकेको छ । यसरी २००७ साल २०१७ साल २०३६ साल २०४६ साल र २०६२÷६३ सालको राजनीतिक परिवर्तनहरुले नेपाली जनताहरुको आवश्यकता इच्छा आकांक्षा र देशमा आर्थिक सामाजिक शैक्षिक क्षेत्रहरुको स्थायीरुपले सम्बोधन गर्न नसकेको कारणले परिवर्तनका लहरहरु चलिरहेको छ । हरेक पटकको परिवर्तनहरुमा तत्कालिन समस्याहरुको ठेगान नलाग्दा नेपाल र नेपाली जनताहरु जहिले पनि अभाव अशिक्षा र गरीबीमा पिल्सीरहनु परेको छ । देशले राजनीतिक कार्य दिशा सहीरुपमा बाटो नलिएको कारणले आज नेपाली युवाहरु र शैक्षिक र प्राविधिक जनशक्तिहरु विदेशतिर पलायन बढीरहेको छ । हाम्रो भन्दा पनि कम स्रोत र साधनहरु भएका मुलुकहरुमा हाम्रा देश श्रम शक्तिहरुले पसिना बगाउ र देशलाई समुन्नत बनाई दिने काम गरिरहेका छन् । हाम्रो देशको जलस्रोत जडिबुटी लगायतका प्राकृतिक सम्पदाहरुलाई सदुपयोग गर्न पाएको भए स्थिर राजनीतिक वातावरण बनेको भए देशले एउटा स्वाभिमानी देशभक्त राष्ट्रवादी इमान्दार शासक नेता पाएको भए आज जीवन निर्वाह गर्न विदेशीहरुको कुल्ली कवाडी र नोकरका रुपमा युवा शक्तिहरुलाई पराईको भूमिमा समर्पण गर्नुपर्ने थिएन । हाम्रो देश पनि विकसित भएको भए युवा शक्तिहरु विदेशीहरुको गुलामी बनेर मेनपावरका दलालहरुको ढोका चार्दै विदेश जान हार गुहार गर्नुपर्ने थिएन ।
तर यति धेरैपटक राजनीतिक परिवर्तनहरु गर्दा र हुँदा पनि सही नेतृत्व पाउन नसकेर देशले उन्नति प्रगति समृद्धिको बाटोमा फड्को मार्न सकेको छैन । प्रत्येक पटकको राजनीतिक परिवर्तनपछि नयाँ व्यक्तिहरु नयाँ अनुहार लिएर सत्तामा शासक बनेर देखा पर्छन् । जनताका नेताहरु नवशासकमा परिणत हुन्छन् । सत्तामा पुग्नका लागि गरीब निमूखा सिधा इमान्दार जनताहरुलाई आश्वासनको ठूला-ठूला पोकाहरु बाँड्छन् । सत्तामा पुगेर भत्ता खान थालेपछि एका-एक राता-रात नवशासकहरुको चरित्र प्रदर्शन गर्न थालिहाल्छन् । जन भावनाहरुप्रति कुठाराघात गर्छन् । समाजवादी भनेपनि साम्यवादीको दर्शन छाटेपनि क्रान्तिकारीको डिङ्ग हाकेपनि सर्वहाराहरुको हित फलाकेपनि सत्ताको मातले सबै परिवर्तनकारीहरुलाई जनविरोधी नै बनाउँदो रहेछ । किनभने सत्ता भनेको लोभी लालची भ्रष्टाचारी तस्करी कमिसनखोर पापी पाखण्डीहरुको जालभित्र परेपछि र सत्ताको स्वाद चाखेपछि जनताहरुको नेता नवशासकको चरित्र स्वभावले शासकको धर्म निर्वाह गर्दा जनताहरुबाट बिस्तारै टाढिने प्रवृत्ति बढ्दै जान्छ । जनताहरुको नेताहरु शासन सत्तामा पुगेपछि रहरले करले बाध्यताले पनि गलत कामहरु गर्नु पर्ने नवशासकको मनमा लोभ पापले पनि डेरा जमाउन हुँदा जनताहरुको नजबाट बिस्तारै गिर्दै जान्छन् भने जनभावना आवश्यकताहरु असिमित रुपमा बढीरहेको हुन्छ । जो नेतालाई सत्तामा चढाएपनि नेपाली जनताहरु भने हिस्सिनुपर्ने जिल्लीनुपर्ने निराश हुनुपर्ने वातावरण मात्र सृजना भएको छ । वास्तवमा अहिले सम्मको परिवर्तनहरुले नेपाली जनताहरुको आवश्यकताहरु भावनाहरु र चाहनाहरु छुन सकेको छैन । एउटा नागरिकले स्वतन्त्ररुपमा शान्तिपूर्वक पेशा व्यवसाय साचालनगर्न पाउने स्थिति छैन । सत्तामा उक्लिएका नेताहरुले जनताका आधारभुत कुराहरु गाँस वास कपास शिक्षा स्वास्थ्य शान्ति सुरक्षा जस्ता अत्यन्त संवेदनशील विषयलाई चटक्कै बिसे्रर केवल आफू र आफ्नो नाता गोता अरौटे भरौटे दलाल चाटुकार मात्र वरिपरि राखेर रमाउने नेपालका महान क्रान्तिकारी नेता महोदयहरुको नारा र व्यवहार कति ठीक रहेछ भन्ने कुरा छर्लङ्ग भइसकेको छ । भोका नाङ्गा सर्वहारा मुक्तिको नारा फलाकेर निर्धा निमुखा जनताहरुलाई गुम्राहमा राखेर देशको नियम कानुनले समेत नदिएको सुविधा उपभोग गरेर मुलुकलाई आर्थिक रुपले कङ्गाल बनाउने नेताहरुबाट सर्वहारावर्गहरुको पक्षमा काम गर्छन् भनेर कसरी पत्याउने
जनताका नेाहरु सत्तामा पुगेर भत्ता खान थालेपछि भत्ताको मातले चरित्र नैतिकता अनुशासन स्वाभिमान सबै बिसे्रर कमिसन भ्रष्टाचार धुसखोरी तस्करी अवैधानिक सुविधाहरुमा डुबेपछि आफ्नो मूल्य मान्यता सिद्धान्त सबै सिध्याएर नकचरो बन्ने प्रवृत्ति बढ्दो रहेछ । वर्तमान अवस्थामा शान्ति र संविधानलाई टुङ्गो लगाउनु पर्ने बेलामा व्यक्तिगत मात्र नभएर अन्तरपार्टीहरुको विभेद विवाद असमझदारी सबै हटाएर स्थगित गरे नेपालीहरुको भावी सन्तानहरुले एउटा सुन्दर शान्त र समृद्ध नेपालको नागरिक बन्न पाउनको लागि दीर्घकालीन शान्ति स्थापनाको व्यवस्थापन गर्नुपर्ने बेलामा नेपाल र नेपाली जनताहरुका नेताहरु गुट खेती कमिसन खेती लुट खेती बन्द खेती अपहरण खेती फिरौती खेती ध्वंस खेती गर्नमात्र तल्लीन छन् । यतिमात्र होइन शान्ति र संविधानलाई टुङ्गो लगाउने बेलामा आ-आफ्नै पार्टीभित्रका नेताहरुबीचमा आरोप प्रत्यारोप मात्र नभएर पार्टी फुट्ने र फुटाउने सम्मको निच बेहोरा देखाएर नेपाल र नेपालीहरुको भाग्य र भविष्यमाथि कुठाराघात गरिरहेका छन् । राष्ट्रिय अस्मितामाथि बलत्कार गरिरहेका छन् ।
वास्तवमा नेपालमा भएका हरेक राजनीतिक परिवर्तनहरुबाट उदाएका नेताहरु लोकपि्रय भन्दा पनि घृणाका पात्र मात्र बनिरहेका छन् । ती नेताहरुले लिएको विचारहरुले निरन्तर र स्थायित्व पाउन सकेका छैन । कहिले नाम फेर्छन् कहिले पार्टी फेर्छन् कहिले कार्यनीति फेर्छन् । कोही विचार बदल्छन् कोही पार्टी छोड्छन् । अहिले संविधान निर्माणको सवालमा हेर्दा म्याद थपिराख्ने ६०१ जना सभासद्को नामबाट देशलाई आर्थिक रुपमा लुटिरहने संविधानको व्यवस्थापन र निर्माणमा ध्यान नदिने द्वण्द्वपिडीतहरुको घाउमा मलम सम्म पनि लगाउन नचाहने वेपत्ता नागरिक छानबिन तथा सत्य निरुपणबारे वेवास्था गर्ने भोका नाङ्गा जनताहरुको नाममा सर्वहारा वार्गिय मुक्तिको नाममा दलाली गर्ने व्यक्तिहरु जनताका नेताको रुपमा अवसरवादीहरुले नेपाल र नेपाली जनताहरुलाई लुटीरहने नेतागत प्रवृत्तिले नेपालको आर्थिक र सामाजिक समृद्धिमा बाधा पुगेको छ । दिर्घकालीन शान्ति स्थापनाको प्रसङ्ग ओझेलमा नै छ ।

बसको ठक्करबाट मृत्यु

दमक बिष्णु पौडेल 

विपरित दिशाबाट आएका दुई ओटा बसको ठक्करबाट बिहीबार अपरान्ह पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको धरमपुर खण्डमा एक जना पैदल यात्रीको मृत्यु भएको छ । 
मृत्यु हुनेमा पाँचथर भारपा-७ का ६० वर्षिय शेरबहादुर घिसिङ रहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार उनलाई पश्चिम तर्फ आउदै गरेको को १ ख ३२११ नम्बरको यात्रु बाहक बसले ठक्कर दिई लडाएको थियो । तत्कालै विपरित दिशाबाट आएको मे १ ख १४०६ नम्बरको अर्को यात्रु बाहक बसले किच्दा घिसिङको घटना स्थलमै मृत्यु भएको हो । पश्चिम जाँदै गरेको बसलाई इलाका प्रहरी कार्यालय दमक र पूर्व तर्फ जाँदै गरेको बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाइएको छ ।

ुहाम्रो उद्देश्य भनेको गोठ देखि ओठसम्म पुर् याउनु हो ु

अहिले के मा व्यस्त हुनुहुन्छ 
अन्य सहकारी संस्था भन्दा यो दुग्ध उत्पादक सहकारीको प्रकृति अलिक भिन्न भएको हुनाले म सहकारीको गतिविधिमा नै बढी व्यस्त छु । 

यस सहकारीको बारेमा बताउनुहोस् न 
खासगरी अन्य सहकारीको तुलनामा यस सहकारीको प्रकृति भिन्न छ र हामीले यस सहकारीको माध्यमबाट कृषि व्यवसायमा संलग्न कृषकलाई आर्थिक रुपमा सबल गर्ने उद्देश्य हो । त्यसै अनुरुप हामीले बार्षिक रुपमा हाम्रो कार्यक्षेत्रमा एक करोडको हाराहारीमा प्रत्यक्ष भुक्तानी गरेका छौं । कृषकहरुलाई हामीले ३० प्रतिशत सम्म लाभांस गत बर्ष बितरण गरेका छौं । हाम्रो उद्देश्य भनेको गोठ देखि ओठ सम्म पुर् याउने हो र शेयर सदस्यलाई आर्थिक सामाजिक शैक्षिक संस्कृतिक र नैतिक रुपमा सवल बनाउने हो । 
पहिलेको तुलनामा अहिले गाई भैसी पाल्ने कृषकको अबस्था कस्तो छ र दुग्ध संकलनमा कस्तो समस्या रहेको छ 
पहिलेको तुलनामा अहिले धेरै नै सुधार भएको छ तर यसमा नै सन्तोष गर्ने ठाउँ भने छैन् । दुध संकलनमा पहिलेको तुलनामा प्रतिष्पर्धी संस्था र व्यक्तिसँग प्रतिस्पर्धात्मक रुपमा संकलन गर्नुपर्ने अवस्था छ । 
पछिल्लो समयमा डेरीबाट खरिद गरिएको दुग्धजन्य बस्तु अखाद्याय भेटिरहेको अवस्थामा यस सहकारीले चाँही उपभोक्ताहरुको स्वास्थ्यमा कतिको ध्यान दिएको छ 
खासगरि दुग्ध जन्य बस्तु उत्पादन गर्ने संस्था कम्पनी व्यक्तिले ध्यान दिनुपर्ने विषय नै यहि हो र उपभोक्ताले ध्यान दिनुपर्ने विषय पनि यहि हो । खासमा दुध भन्नाले ३।५% फ्याट र ८ % यस।एन।एफ भएको बस्तु दुध हो तर हामी उपभोक्ताले यस विषयमा ध्यान दिएका छैनौँ । हामी सस्तो मुल्यमा पाएमा दुधमा ४० % सस्मन पनि मिसावट भएको दुध उपभोग गरिरहेका छाँै । दुधलाई जवरजस्ती फाट्नबाट बचाउनको लागि कास्टीक सोडाजस्ता स्वास्थ्यका लागि हानिकारक अखाद्य केमिकलको मिसावट भएका दुग्ध पदार्थ उपयोग गरिरहेका छौँ । किनभने उपभोक्तामा सचेतनाको अभावमा र दुग्ध जन्य पदार्थ विकि्र वितरण गर्ने संस्था कम्पनी र व्यक्तिहरु मात्र मुनाफा मुखी भएका कारण यस्तो भएको छ तर हाम्रो संस्थाले दुधको संकलन संरक्षण र विकि्रवितरणमा तथा गुणस्तरमा पूर्ण रुपमा नियन्त्रण गरी जनस्वास्थ्यमा ध्यान दिई मुनाफामुखी मात्र नभई जनस्वास्थ्यमा समेत उच्च सर्तकताका साथ काम गरेकाले हाम्रोमा त्यस्तो अवस्था छैन् । 
यस सहकारीले के कस्ता दुग्धजन्य बस्तु उत्पादन गरिरहेको छ 
हामीले अहिलेसम्म दुध दही पनिर वटरनौनि खुवाकुराउनी जस्ता दुग्धजन्य पदार्थको उत्पादन गरेका छाँै ।
उर्लाबारीमा दुग्ध कतिको खपत हुन्छ 
उर्लाबारीमा हामीले मात्र दैनिक संस्थाको कार्यालयबाट मात्र १५० लिटर दुध विकि्र गर्दै आएका छौँ र निकट भविष्यमा नै दुधलाई प्याकेजिङ्ग गरि बजारका विभिन्न स्थानबाट दैनिक ५०० लि।सम्म दुध बेच्ने लक्ष्य लिएका छौँ । 
दुग्ध सहकारी संस्थाको अवस्था कस्तो छ र सरकारले के गर्नुपर्ला 
खासगरि हाम्रो संस्थाको वित्तिय अवस्था तर्फ चर्चा गर्दा हाम्रो संस्थाको शेयर पूँजी रु। ९७७५००।- हो २०६१ बाट ५० ली दुध बाट सं्रचालन भएको हो अहिले हाम्रो कुल सम्पत्ति रु। ७० लाख बराबर छ । दुध को संकलन ९ सय लिटर देखि १२ सय लिटर सम्म छ । यसलाई अध्ययन गर्दा ९ लाख ७७ हजार ५ सय शेयर पूँजी भएको संस्थाको कुल सम्पत्ति लाभांस पेट्रोनेज बार्षिक वितरण गर्दा ७ बर्षको अवधिमा ७० लाखको कुल सम्पत्ति हुँदा वित्तीय अवस्था मजवुद भएको देखिन्छ । जहाँसम्म राज्यको विषय छ राज्य सहकारिको क्षेत्रमा उदासिन छ । राज्यले के गर्नुपर्ला भन्ने विषयमा यति भन्नुपर्ने हुन्छ कि राज्य सहकारि प्रति उदार हुनु पर्दछ । 
अन्य सहकारी र यस सहकारीको भिन्नता के छन नि 
अन्य सहकारी र यस सहकारीको प्रकृतिमा अन्तर छ । जस्तै वचत र ऋण सहकारीको विषयगत रुपमा बचत र ऋणको मात्र काम गर्दछ तर यस संस्थाले दुध उत्पादन देखि अन्तिम उपभोक्तासम्म पुर् याउने कार्य गर्दछ त्यसले गर्दा दुधको उत्पादन व्यवस्थापक संकलन व्यवस्थापन गुणस्तर नियन्त्रण व्यवस्थापन परिकार उत्पादन व्यवस्थापन बजार व्यवस्थापन गर्नुपर्ने हुँदा धेरै नै कार्य गर्नुपर्ने हुन्छ । 
अन्त्यमा केही छन् की 
अन्त्यमा समग्र उपभोक्तालई हाम्रो गुणस्तरीय उत्पादन उपभोग गरी हामीलाई सेवागर्ने मौका दिनको लागि अनुरोध गर्दछ । साथै हाम्रो समाज र समुदायमा सचेतनाको कमिले गर्दा गुणस्तर दिन अखाद्यय मिसावट वस्तु उपभोग गर्न बाध्य छौं यसलाई सुधार गर्नका लागि सामाजिक सचेतनाको खाँचो रहेको छ ।प्रस्तुति ः सरोज बस्नेत

चिकित्सा क्षेत्र मर् यादित बन्नुपर्छ

पछिल्लो समय शहर केन्द्रीत भएर थुप्रै अस्पताल क्लिनिक नसर्िङ होम लगायतका स्वास्थ्य प्रदायक संस्थाहरु खुलेका छन् । जनसंख्याको चापलाई मध्यनजर गरी स्वास्थ्य सुविधाका लागि यस्ता अस्पताल नसर्िङ होम क्लिनिक फार्मेसी आदिको स्थापना र साचालन भएका हुन् । शहरकेन्द्रीत भएर खुलेका स्वास्थ्य संस्थाहरुमा आसपासका ग्रामीण क्षेत्रका जनताले पनि स्वास्थ्य सेवा र सुविधा पाएका छन् । यो क्रम बढ्दो छ र बढ्नु पर्दछ । अझ अहिले त सामुदायिक अवधारणा अनुसार ग्रामीण क्षेत्रलाई लक्षित गरी सामुदायिक तवरले अस्पतालहरु साचालन भएका छन् । यिनमा आम मानिसको पहुँच पनि पुग्दै गएको छ । त्यस्तै राज्यले पनि आफ्नो मातहतका स्वास्थ्य संस्थाहरुमा यथासक्य सेवा र सुविधा थप्दै लाने क्रम चलेको छ ।
मानिसका लागि सबै भन्दा ठूलो धन नै स्वास्थ्य हो । त्यसैले स्वास्थ्य उपचार उपचार पद्धति स्वास्थ्य परामर्श र औषधी जन्य मात्रा आदिमा थोरै पनि हेलचेक्राई हुनुहुँदैन भन्ने कानुनी प्रावधान छ । मानव स्वास्थ्यका दृष्टिले पनि यो संवेदनशील विषय भएकाले यस विषयलाई गम्भीरताका साथ लिइनु जायज छ । कुनै पनि रोग निदान र बिरामीको सही उपचारका लागि चिकित्सक उसका सहयोगी र स्वयम् बिरामी तथा उसको रेखदेखमा खटिने सहयोगी व्यक्ति सबैले आ-आफ्नो पक्षमा इमान्दार हुन जरुरी छ ।
हामीले प्रत्यक्ष देखे-भोगेको कुरो यो हो कि हाम्रा चिकित्सकहरु सरकारी सामुदायिक वा निजी अस्पतालहरुमा कम र आफैले साचालन गरेका क्लिलिक वा बिरामी जाँच्ने सम्झौता गरिएका फार्मेसीहरुमा बढी समय व्यतित गर्न रुचाउँछन् । अझ पहाडी र दूर्गम क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा दरबन्दी भएका सरकारी चिकित्सकहरु त कार्यक्षेत्रमै नजाने परम्परा पनि पुरानै हो । त्यस्तै चिकित्सकहरुमा देखिएका प्रकृतिका छन् र मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने संवेदनशील खालका हुन्छन् । चिकित्सकहरुले फार्मेसी र क्लिनिकहरुमा हतार-हतारमा धेरै भन्दा धेरै बिरामी जाँच्ने हतारो परम्परा र लिखित रुपमा बिरामीका लागि प्रयोग गर्न सिफारिस गरिएको औषधि र स्वास्थ्य परामर्शका कुरा वास्तवमा महत्वपूर्ण कुरो हो । त्यसैले यस्ता जानकारीहरु लेख्दा स्पष्ट र बुझिने भाषामा लेख्नुपर्ने कानुनी निर्देशन छ । तथापि चिकित्सकहरुको लेखाई उनीहरु आफैले पनि बुझ्न नसक्ने खालका हुन्छन् । यसले बिरामी निको पार्ने भन्दा पनि थप पीडित पार्ने जोखिम बढ्दछ । चिकित्सकहरुका लागि उनीहरुले लेख्ने अक्षरका अतिरिक्त धेरै आषधीको मात्रा थापरिदिन्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । अत्याधिक ुड्रगु जन्य औषधि सेवन गर्नुलाई मानव स्वास्थ्यसँग सम्बन्धित आयुर्वेद र अन्य उपचार पद्धतिले गलत भन्दै आएको छ । यसर्थ यस्ता कमजोरीहरुलाई ुमेडिकल साइन्सु का ज्ञाता चिकित्सकहरुले सच्याउन आवश्यक छ । चिकित्सक भनेका मानिसका लागि इश्वर पछिका जीवनदाता हुन् भनिएको छ । यसर्थ उनीहरुले बिरामीहरुलाई ग्राहकका रुपमा मात्र व्यवहार गरिनु किमार्थ उचित कार्य होइन । चिकित्सा पेशा जिम्मेवार मर् यादित र प्रतिष्ठाका दृष्टिले पनि उच्च सम्मानको पेशा हो । तर यो जिम्मेवारीलाई उनीहरुले व्यापार मात्र नभएर सेवा र कर्तव्यका दृष्टिले पनि निर्वाह गरिनु उत्तिकै आवश्यक छ ।
चिकित्सा क्षेत्र समाज र मानव जीवनको रक्षाका लागि महत्वपूर्ण क्षेत्र हो । त्यसैले यो क्षेत्र मर् यादित बन्नु पर्दछ । यो हाम्रो आग्रह हो ।

धम्पुसको हाइवे हुँदै हलिउड

श्रीकृष्ण न्यौपाने

नेपाली चलचित्रमा सम्भावनायुक्त नायकमा दरिएका राजवल्लभ कोइरालाले हलिउडको यात्रा तय गर्ने भएका छन् । वर्षको दुईओटा सिनेमा निर्माण गर्दै आएको फिप्टी फिल्म्सले निर्माण गर्न लागेको नयाँ चलचित्र ुहाइवे टु धम्पुसुमा राजले अभिनय गर्ने पक्कापक्की भएको छ । कोइराला र फिल्म्सबीच हालै सम्झौतामा समेत हस्ताक्षर भैसकेको छ । अमेरिकाको साल्ट लेक सिटीमा रहेको फिप्टी फिल्म्सले कोइरालाको अडिसन स्काइपबाट गत सेप्टेम्बरमै लिएको थियो । नेपाली चलचित्रका अन्य नायकहरुले पनि सो चलचित्रकालागि अडिसन दिएकाले कलाकार छनोटको निर्णय केही ढिलो गरी भएको हो । हाइवे टु धम्पुसमा अडिसन दिने नेपाली कलाकारहरुमा आर्यन सिग्देल विनय श्रेष्ठ निरज बराल र निर्मल ज्ञवाली थिए । ज्ञवाली साचारकर्मी पनि हुन् । 


आगामी जनवरी २५ देखि मार्च ५ सम्ममा नेपालमा सुटिङ्ग गरिने चलचित्रको बाँकी सुटिङ्ग अमेरिकामा गरिनेछ । फिप्टी फिल्म्सले मे र अपि्रलमा लस एन्जल्समा चलचित्रको क्लाइमेक्सको सुटिङ्ग गर्ने जनाएको छ । हाइवे टु धम्पुसलाई रिक म्याकफारल्याण्डले निर्देशन गर्नेछन् भने जोन डि ब्लास विलियम्सले निर्माण गर्नेछन् । यिनीहरुको जोडीले चलचित्रहरु ुमाई गर्लप्रुेण्ड्स ब्वाइप्रुेण्डु र ुस्टाल्किङ्ग सान्टानाु तथा वृत्तचित्र ट्रूथ एण्ड कन्भिक्सन जस्ता चर्चित वृत्तचित्र पस्किसकेको छ । 
विज्ञापन डकुमेन्ट्री र फिचर फिल्म निर्माणमा चर्चित ब्यानर फिप्टि फिल्म्सले भर्जन माइक्रोसपुट टोयोटा म्याकेन इरिक्सन लगायत कम्पनीको विज्ञापन तयार पारिसकेको छ । 
कलिउडबाट एकैपटक हलिउड छलाङ्ग मार्न लागेका कोइराला अहिले हाइवे टु धम्पुसको तयारीमा जुटेका छन् । ुमनमा हर्ष र त्रासले एकैपटक डेरा जमाएको छ उनले भने ुहलिउडका लागि तयारी पनि त्यस्तै चाहिँदो रैुछ ।ु कलिउडको ह्याङ्गओभरबाट हलिउडमा उनले सो चलचित्र आपुना लागि मात्रै नभइ नेपाली चलचित्र क्षेत्रकै लागि अवसरको रुपमा रहने बताए । कोईराला भन्छन् ुनेपाल राष्ट्र र नेपाली सिनेमा उद्योगको प्रतिनिधि पात्रका रुपमा मात्रै म छनोट भएको हूँ । यसले नेपाली चलचित्र र यसमा आश्रितहरुको सम्भावनाको नयाँ क्षितिज उघार्न मद्दत गर्नेछ ।ु आमसाचार तथा पत्रकारितामा स्नातकोत्तर गरिरहेका कोइरालाको बुझाइमा अंग्रेजी भाषाको ज्ञान र लवजले विदेशी चलचित्रमा अनुबन्ध हुन सहयोग गरेको हो । अंग्रेजी साहित्यमा दख्खल राख्ने उनी नेपाली र अंग्रेजी दुवै भाषामा कविता कोर्छन् । 
कोइरालाले सिनेमामा निभाउने पात्रका बारेमा थप जानकारी नगराएपनि मुख्य पात्रको समानान्तर रोल दिइएको बताए । प्रोड्युसरहरुले उपलब्ध गराएको कथाको आधारमा आफूलाई तयार पार्न थालेका कोइरालाले शरीर मेन्टेन गर्न भात कम खान थालेको सुनाए । ुभाते पेट नलागोस् भनेर हो ु उनले भने ुअलि फिट जिउडाल भएको पात्रको भूमिका निर्वाह गर्नुपर्नेछ । ु अनुबन्ध भए लगत्तै भात छाडेर रोटी खान थालेका कोइरालाले छिट्टै शारीरिक सुगठनकालागि जिम जाने बताए । 
हाइवे टु धम्पुसका लागि नेपालतर्फका निर्माण नियन्त्रकमा गणेश सापकोटा र सुशील पोखरेल चुनिएका छन् । उनीहरुले नै नेपाली कलाकारहरु छनोट गरेर स्काइप मार्पुत अडिसन दिन लगाएका थिए । नेपालबाट पुरुष कलाकारको छनोट भैसकेपनि महिलाको भने छिनोफानो लाग्न सकेको छैन । कोइरालाको जोडीका रुपमा रहने हिरोइन पनि नेपालबाटै छानिन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।
कचष्पचष्कजलबपाु२नुबष्ि।अयु

सत्सङ्गमा के तागत हुन्छ

रुद्र निरौला
मानिस अनेकौँ मार्गदर्शनबाट आफूलाई अगाडि बढाउने चेष्टा गरिरहन्छ । तर सही ज्ञान प्राप्त गर्न नसक्दा ऊ विचलित हुन्छ र दिग्भ्रममा पर्न जान्छ । जब संसारको चेतनशील वर्गमा यो विचलन पैदा हुन्छ तब आपसी कलह वैमनस्य तथा अति स्वार्थी विचारमा ऊ चुर्लुम्म डुब्न पनि सक्छ । हामी आज सत्सङ्गका नाममा अनेक दिग्भ्रमहरु प्राप्त गर्छौँ धर्मका नाममा जे होस् राजनीतिका नाममा होस् अथवा शिक्षाका नाममा होस् । आखिर यो किन चलायमान छ मानिस चेतनशील प्राणी हुनाकै कारण यो सब हुनेगर्छ । मुण्डे-मुण्डे मतिर्भिन्न कुण्डे-कुण्डे नवं पय ः। बेग्ला बेग्लै अभिरुचि राख्नु र समाजको सृजना नहुनु हो भने सृष्टि नचल्न पनि सक्छ । तर बेग्ला बेग्लै हुने बहानामा परिवार समाज वा राष्ट्र नै चकनाचुर भएर फुट्नु चाँही हुँदैन । त्यसको मूल कडी भनेकै सत्सङ्गको शक्ति हो । 
सत्सङ्ग भन्ने बित्तिकै आध्यात्मिक चिन्तन अथवा धार्मिक सोच हो भन्ने हाम्रो ठम्याई रहन्छ । तर सत्सङ्ग भनेको असल सत्य कुरासँगको सङ्गत गर्नु हो । यस अर्थमा राजनीति भनेको राज्यलाई असल बनाउने नीति हुनजान्छ । शिक्ष् धातुमा आ प्रत्यय लाग्नाले शिक्षा र त्यसलाई चलाउने असल पद्धति भन्नाले शिक्षानीति हुनेभयो । त हाम्रो शिक्षा दिइने विधि पद्धति वा नीति सत्य नहुने हो भने त्यसमा दिग्भ्रम पैदा हुन्छ । आज त्यही विचलन आउनाले हाम्रो शैक्षिक जगत कुइराको कागजस्तै बनेको छ । यसर्थ हामीले टेकेको धरातल सत् हो यो असत् भनेर गम्ने बेला बित्न लागेको छ । सामन्ती संस्कृति समाप्त पार्ने र वस्तुपरक ढङ्गले छिट्टो राज्यको काया पलट गर्ने नेताहरु मुखमा सर्वहाराको मुक्ति दिलाउने आठेभक्ति प्रवाहित गर्छन र करोडौँ करोड राष्ट्रको सम्पत्ति दुरुपयोग गर्छन् भने त्यो सत्सङ्ग हो या भ्रष्टाचार यस्तो विकृतियुक्त मानसिकता भएका नेताको बोली के सत्सङ्ग हुन सक्छ सत्सङ्ग पाएका जो कोहीले आफूले प्राप्त गरेको ज्ञान दुरुपयोग गर्दैनन् र यदि गरे भने ती सदाचारी रहँदैनन् । त्यसैले जसले सत्सङ्ग प्राप्त गरेको हुन्छ ऊ कर्तव्यनिष्ठ इमान्दार जितेन्द्रिय सकरात्मक तथा स्वयम् सर्वपि्रय बन्न सक्छ । तर हाम्रो समाजमा खै सत्सङ्ग प्राप्त व्यक्तिहरु खोइ सत्सङ्ग दाता व्यक्तिहरु धर्म कर्म राजनीति सबै तिरर दिग्भ्रमको खेती चलाएको हाम्रो परिवेश वास्तवमै कहाली लाग्दो भएको छ । एपीजे कलामे आफ्नो स्वदेश भ्रमणको क्रममा सम्पर्क राखेका धेरै साधु सन्त महात्मा योगी तथा विशिष्ट विद्वानद्वारा प्राप्त ज्ञान र सत्सङ्गले नै आफू एक एक सफल वैज्ञानिक तथा देशको सर्वोच्च पद राष्ट्रपति समेत बन्न सकेको र बिना सत्सङ्ग कोही पनि व्यक्ति असल बनेर समाजमा स्थापित हुन नसक्ने प्रसङ्ग निबन्ध मार्पुत देखाएर राष्ट्र सफल र उन्नतशील बन्न राष्ट्रवासीमा राम्रो सत्सङ्गको खाँचो हुनेतर्फ प्रस्तुत गरिएको पाइन्छ । मान्छेमा रहेको अदृश्य र अजेय शक्तिको मूल स्रोत नै सत्सङ्ग हुने हुँदा समाज सेवा राष्ट्रसेवामा लाग्ने व्यक्तिले सत्सङ्ग प्राप्त गरेर अविचलित आफ्नो सत्यपथमा लाग्ने हो भने ऊ अवश्य सफल बन्न सक्छ तर उसमा दृढनिश्चयता र धैर्यता भने रहनु पर्दछ भन्ने भावमा निबन्ध प्रस्तुत भएको छ ।
हाम्रोमा विभिन्न भेष धारणा गरेकाहरु सत्सङ्गका नाममा झुट खेती गर्दैछन् । त्यसलाई पत्पार मानेर हामी उनीहरु पछि लाग्दै पनि छौँ । हाम्रो कार्य क्षेत्र कुन हो भन्ने ध्यान हामीमा हराएको छ । सामान्य खेतीपाती गर्ने किसान आफ्नो कृषि पेशा छोडेर राजनीति गर्न कुद्छ । पठन पाठन गर्ने अध्याप राजनीतिकै पछि दौडिन्छ । इन्जिनियर पाइलट चिकित्सक प्यारा मेडिकल सबै राजनीतिकै खेताला भैदिएका छौँ । यसैले यहाँको सत्सङ्ग भाडिँयो चारै तिरका काम काज लथालिङ्ग भए । सबैभन्दा बढी शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुग्यो जसकारण दशकौँ सम्मको पिढी विचलित हुन पुग्यो । आज यो दुर्गति हामीले खेप्नु परेको छ । यस निबन्धमा कलामले देश सबैको साझा अस्तित्वको सवाल भएका कारण देशका सबै नागरिक सचेत भएर आफ्नो दायित्व र कर्तव्यमा सच्चा हृदयले समर्पित हुने हो र सकरात्मक सोच सही विचारलाई हदसङ्कल्पका साथ कार्यमा रुपान्तरण गर्ने हो भने त्यहाँ आफै सत्सङ्गको माहौल खडा हुनसक्छ र नेतृत्व पंक्ति छाडा हुन पाउँदैनन् जहाँ राष्ट्र सबल बन्छ मनोभावना प्रकट भएको छ ।

विज्ञान प्रदर्शनीको तयारी


दमक÷ आगामी पुष ११ देखि १४ सम्म दमक स्थित दमक बहुमुखी क्याम्पसमा बृहत विज्ञान प्रदर्शनी हुने भएको छ ।
क्याम्पसले प्रदर्शनीका बारे बिहिवार पत्रकार सम्मेलन गरी प्रदर्शनीका तयारी सम्बन्धमा जानकारी दिएको थियो । विज्ञान प्रविधि तर्फ विद्यार्थीहरुलाई आकर्षण गराउने उद्देश्यले पुर्वााचलव्यापी वृहत विज्ञान प्रदर्शनी आयॊजना गरिएको कायक्रम संयोजक बासुदेव काÏलेले बताए । विज्ञान संकाय प्रमुख ढक बहादुर थापाले प्रदर्शनीमा रोबर्ट ग्रह ताराहरु आकाशीय पिण्डहरुको अवलोकन स्टल भौतिक रासायनीक जीव र वातावरण विज्ञानका बेग्ला वेग्लै विज्ञान प्रविधि सम्बन्धी स्टलहरु रहने जानकारी दिए । क्याम्पसको ३१ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिने सो प्रदर्शनीमा ५० हजार बढी सर्वसाधारणले आवलोकन गर्ने वताइएको छ । क्याम्पसको प्रङगणमा संचालन हुने प्रदर्शनी अवलोकन का लागि २५ रुपैयाँ प्रवेश शुल्क कायम गरिएको कार्यक्रम संयोजक काÏलेले वताए ।
प्रदर्शनी साचालन गर्न क्याम्पसले भिन्न उपसमितिहरु समेत गठन गरेको छ । सो प्रदर्शनी पूर्वााचलमा नै ठूलो प्रदर्शनी हुने क्याम्पसले दावी गरेको छ ।

जनआदर्शको अध्यक्षतामा खनाल

जनआदर्शको अध्यक्षतामा खनाल
शिवगाज÷ यहाँ स्थित जनअदर्श उच्च माविको व्यवस्थापन समितिको अध्यक्षमा बद्री खनाल विजयी भएका छन् । 
बिहीबार राती अबेर सार्वजनिक गरिएको मत परिणाम अनुसार खनालले २३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजनारायण राजवंशीले २०३ र अर्का प्रतिद्वन्द्वी भीम प्रसाद ताजपुरियाले १७८ मत ल्याएका छन् । त्यसैगरी महिला सदस्यमा गोमादेवी अधिकारी ३४२ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी तारिका कार्कीले २३५ मत ल्याएकी छिन् ।
त्यस्तै अन्य दुईजना सदस्यहरुमा मनोज ताजपुरिया २५२ र पल्टन ताजपुरिया २१५ मत ल्याएर विजयी भएका छन् । अध्यक्षमा निर्वाचित खनाल झापा उद्योग बाणिज्य संघ शिवगाज शाखाका उपाध्यक्ष समेत हुन उनलाई सो निर्वाचनमा नेकपा एमालेको समर्थन रहेको बताइएको छ । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राजवंशीलाई एकीकृत माओवादीको समर्थन रहेको थियो । भने अर्का प्रतिद्वन्द्वी ताजपुरियालाई नेपाली कांग्रेसको समर्थन रहेको थियो । 
व्यवस्थापन समिति चयनका लागि बिहीबार भएको निर्वाचनमा कूल एक हजार ६८ अभिभावक मध्ये ८२३ जनाले मतदानमा भाग लिएका थिए । 
अभिभावकको रुपमा विद्यालयले पत्र पठाई निर्वाचनमा बोलाएको भएपनि ३२ जना को मतदाता नामावलीमा नाम नभेटिएपछि केही समय विवाद समेत चलेको थियो ।

शीतलहरले ३२ जनाको ज्यान लियो

दमक÷ चिसो र शीतलहरका कारण्ँ देशभर अहिलेसम्म ३२ जनाले ज्यान गुमाउनु परेको छ । 
गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर चिसोबाट सवैभन्दा धेरै महोत्तरीमा १२ जनाको मृत्यु भएको जनाएको छ । यस्तै रौतहटमा ७ जना धनुÈामा ५ जना सिरहामा ३ जना रुपन्देहीमा ३ जना डोल्पामा १ जना र मोरङगमा १ जना गरी ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


तराई Ôेत्रमा बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसोले जनजीवनमा पर्न सक्ने असरलाई कम गर्नका लागि शीतलहर प्रभावित जिल्लाहरुमा आवश्यक प्रतिकार्यका लागि थप श्रोत साधनको परिचालन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । शितलहरबाट बच्नका लागि प्रभावित जिल्लाहरुमा सूचनामूलक एवं सचेतनात्मक कार्यक्रम साचालन गर्ने सदरमुकाम तथा नगरपालिका र गाउँ Ôेत्रका सार्वजनिक स्थलमा आगो बाल्ने काम भइरहेको गृहले जनाएको छ ।
शीतलहर प्रभावितहरुको उपचारका लागि स्वास्थ्य टोली गठन गरी टोलीलाई गाउँवस्तीमा नै उपचारको व्यवस्था गर्न पनि मन्त्रालयले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिएको छ । प्रभावितहरुलाई आवश्यक औÈधोपचारका लागि सहयोग जुटाउने निण्र्ँय पनि गरिएको मन्त्रालयले जनाएको छ ।
चिसोका कारण्ँ तराई Ôेत्रमा बजारहरुमा मानिसहरुको चहलपहल निकै घटेको छ । यस्तै पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधनको संख्या पनि निकै पातलिएको छ । बाक्लो हुस्सुका कारण्ँ अगाडिको दृश्य स्पष्ट देख्न नसक्दा यसबीचमा दुर्घटनाका घटना बढेका छन् । ट्राफिक प्रहरीले हेडलाइट बालेर कम गतिमा सवारी हाँक्न चालकहरुलाई सचेत गराइरहेको छ ।
मौसमविदहरुका अनुसार शीतलहर र हुस्सुको यो क्रम अ´ै कम्तीमा एक सातासम्म जारी रहनेछ । चिकित्सकहरुले चिसोबाट जोगिन भरसक घरबाट बाहिर ननिस्कन तथा तातो र ´ाेल खानेकुरा बढी खान सल्लाह दिएका छन् ।

सगुनमा आङ्देम्बे


लखनपुर६पुष÷ लखनपुर स्थित सगुन युवा क्लबको अध्यक्षतमा गणेश आङ्देम्बे चयन भएका छन् ।
सोमबार मंगलबारेमा भएको छैठौं साधारणसभाले उनको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । समितिका उपाध्यक्षमा दिपेन्द्र राई सचिव रोशन दाहाल सहसचिवम बाबरी बान्तवा र कोषाध्यक्षमा अनिल रसाईली चयन भएका छन् ।
समितिका सदस्यहरुमा बिक्रम नेपाली हान्तीलाल राजवंशी पुरण राई टेकनाथ अधिकारी बिमला भट्राई कमला खरेल कृष्ण विश्वकर्मा र सुमन राजवंशी रहेका छन् । गाविस सचिव टेकबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष दिपक खरेल नित्यानन्द ताजपुरीया लगायतले बोलेका थिए ।

फुटबलमै बितेको ३९ वर्ष


झापाली फुटबलको नालिबेलीसँगै जोडिएको छ उनको समग्र परिचय । अथवा झापाको फुटबल खेलमा छुटाउनै नमिल्ने नाम भएर अग्लो सम्मान चुलिएका सामान्य गदका उनलाई धेरैले उपनामले चिन्छन् । ुभगिरथ आलेु जसलाई झापाली फुटबल क्षेत्रले ुमामाु उपनामले अधिक चिन्छ । उनले फुटबलकै लागि कूल खर्चेको समय आजसम्म ३९ वर्ष


भइसकेको छ । २०४५ साल देखि राष्ट्रिय खेलकुद परिषद्को फुटबल सहायक प्रशिक्षक पदमा नियुक्त भएयता फुटबल खेललाई व्यसायिकता प्रदान गर्ने कार्यमा उनले खेलेको भूमिका सबैका सामु छर्लङ्ग छ । ५५ हिउँद र वसन्त पार गरिसकेका भगिरथको यो उमेरसम्मको भगिरथ प्रयास फुटबलकै विकासका लागि निरन्तर छ भन्ने कुरालाई गतवर्षको पल्सर उत्कृष्ट फुटबल प्रशिक्षक एवार्डबाट मिलेको जसले पनि प्रमाणित गर्दछ । हाल वरिष्ठ फुटबल प्रशिक्षकको रुपमा उनले योगदान गरिरहेकै छन् । झापा शनिश्चरे-३ कालिस्थानमा २०१३ चैत्र १९ गते टेकमान र जानुका आलेका ३ छोरा र २ छोरी मध्ये पहिलो सन्तानका रुपमा जन्मिएका भगिरथले आफ्नै घरगाउँबाटै सिके फुटबलसँगै भविष्य गुडाउन । २०२९ सालमा शनिश्चरे हाइस्कुलबाट पहिलो पटक फुटबल प्रतियोगिताको यात्रा थालेका उनले त्यसपछि भने फुटबल बाहेक अरु सोच्नै परेन । भन्छन् -ुअन्तरमावि प्रतियोगिता खेलेसँगै शनिश्चरेको डाइनामाइट फुटबल क्लवबाट खेल्न थालेँ ।ु डाइनामाइटबाट खेलकै समय इलाममा एउटा प्रतियोगिता भिड्ने अवसर मिल्यो रे उनलाई । दार्जिलिङ्गको एउटा फुटबल टोलीमा गफी खेलाडीको उपनाम ुमामाु राखिएको थियो । साँझ सबैले ुमामाुको गफ सुन्ने इच्छा व्यक्त गरेका बेला हाम्रै ुमामाु छदैँछन् नि भनेर सहयात्रीले औँल्याएको क्षणले आज पनि उनको छुट्टै परिचय कायम भएको छ । उनलाई चिन्ने-जान्ने कमैले भगिरथ भन्छन् । तर राष्ट्रिय स्तरमा झापाका सुपरस्टार खेलाडी उत्पादन गर्ने कौशलका जसपात्र यी मामाका ुहरि खड्का सन्देश श्रेष्ठ र नरत्तोम गौतमु जस्ता फुटबल हस्ती भााजाहरु जन्मिसकेका छन् । त्यहीँ श्रेणीका ४० बढी खेलाडी झापाबाटै ए डिभीजन क्लवहरुमा खेलिरहेका छन् । उनी भन्छन् -ुएउटा फुटबल प्रशिक्षकका लागि यो भन्दा खुशीको कुरो अर्को के हुन सक्छ ु
फुटबल खेललाई मैत्रीपूर्ण अनुशासन र व्यक्तित्व विकासको पर् याय हो भनेर चिनाउन उनले थुप्रै पसिना बगाएका छन् । फुटबल मैदानको प्रत्येक गजलाई मैदान बाहिरबाटै नियालेर दुरी समेत यकिन गर्ने यिनको खुबी छ ।
उनी भन्छन्-ुजागिरकै दौरानमा भारतको पट्याला नेशनल इ_िन्स्टच्युट फर स्पोर्टसमा ुखेलमैदान व्यवस्थापनुका लागि डिप्लोमा तहको कोर्ष गर्ने अवसर पाएकै कारण यो खुबी प्राप्त भएको हो ।ु खेलकुद क्षेत्रमा हुने राजनीतिक नियुक्तिलाई खेलकुद माथिको हस्तक्षेप मान्ने आले अर्थात ुमामाु यतिबेला झापा जिल्लाको फुटबल व्यवसायिक बन्दै गएको तर्क राख्छन् । सन् २००३ मा नेपाली राष्ट्रिय टीमको सहायक प्रशिक्षक बनेर ओमन सम्म पुगेका मामाले आफ्नो शिल्प तिखार्ने कोरिया र जापानसम्म पुग्न भ्याएका छन् भने आफ्नै स्थानीय कालिस्थान फुटबल क्लवका लागि शुरुका एक दशक खेलेर पाएको स्याबासी त छदैँछ ।
जीवन सङ्गीनी गीता आलेको साथ सहयोग







हौसलाबाट यो उचाई प्राप्त गरेको रहस्य खोल्ने मामा फुटबलमा जतिकै कुशल भूमिका खेलेको मान्छन् निजी परिवार हाँक्न पनि । बढेका दुई छोरीलाई ज्वाँईका घर बिदाई गरिसकेका उनको घरमा बुहारी िभœयाउन चाँहि बाँकी छ तर हत्तारो पटक्कै छैन रे । भन्दै थिए-ुएउटा छोरो छ । पैसा कमाउँछु भनेर अरब खाडी मुलुक गएको छ । आएपछि विचार गरौँला ।ु
जिल्ला खेलकुद समिति झापा र शरणार्थी शैक्षिक कार्यक्रमको सहयोगी कारितास नेपालको संयुक्त आयोजनामा भइरहेको पूर्वााचलस्तरीय नक-आउट फुटबल प्रतियोगिता साचालनका लागि नियमित खटिरहेका उनी हामीसँगको कुराकानीमा पनि फुटबल खेलकै समाचार टिपाउन व्यग्र थिए । पुषको अपरान्ह तिर ठिही बढ्दै गर्दा यी हक्की स्वभावका मामा भन्दै थिए-ु३ वर्ष बाँकी छ जागिरे जीवन । तर अवकाश पछि पनि यो ज्यान फुटबलमै गुडिरहने छ ।ु बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको खेलमैदानमा चलिरहेको कुराकानी टुङ्ग्याउँदै उनले भने-ुलौ ! के-कसो हो अब घर पुग्न हतार छ । अहिलेलाई छुटौँ ।ु
प्रस्तुति ः कमन देवान

शरणार्थीको उपचारमा आर्थिक कठिनाई

दमक÷दुर्घटनामा बाबु गुमाएकी झापा दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीकी एक बालिकाको उपचारमा आर्थिक कठिनाई भएको छ । शनिबार साँझ दमकको संगमचोकमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बेलडाँगी-३ का डम्बर विक की छोरी इभान्जेलिनाको उपचारमा समस्या भएको नातेदार माया लेप्चाले बताइन् । दुर्घटनामा घाइते भएकी इभान्जेलिना र उनकी आमा धनमाया विक हाल विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत छिन् । ९ वर्षीया ती बालिकाको टाउकोमा रगत जमेको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका र उपचारका लागि डेढ लाख रुपैयाँ जुटाउन भनेका नातेदार लेप्चाले जानकारी दिइन् ।
उनको यो समाचार तयार पार्दा सम्म चेत खुलेको छैन । आमा धनमायाको भने स्वास्थ्य क्रमिक सुधार हुँदै आएको बताइएको छ ।

जनआदर्श मा चुनावी माहौल

शिवगाज÷शिवगाजस्थित जनआदर्श उच्च माविको व्यवस्थापन समितिको निर्वाचनले यतिबेला सो क्षेत्रमा राजनीतिक तरङ्ग बढाएको छ । एकीकृत नेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमाले मधेसवादी दलहरुसँगै अन्य साना तथा क्षेत्रीय पार्टीहरु समेत आ-आफ्नो पक्षको जित गराउन जुटेका छन् ।
आगामी पुष ७ गते हुने सो निर्वाचनका लागि मुख्य अध्यक्ष पदमा भीमप्रसाद ताजपुरिया राजनारायण राजवंशी पर्शुराम ताजपुरिया बद्री खनाल र अमृत कटुवालले प्रतिस्पर्धाको टुङ्गो गरेका छन् । त्यसैगरि १ जना महिला सदस्यका लागि २ जना उम्मेद्वार चुनावी मैदान छन् । तारिका कार्की र गोमा अधिकारी सो का लागि प्रतिस्पर्धामा छन् ।
त्यसैगरि २ जना सदस्यका लागि ९ जना चुनावी मैदानमा छन् । श्रवणलाल राजवंशी सूर्य राजवंशी फागुलाल ताजपुरिया जगतवीर लिम्बू टिकाराम सिटौला पल्टन ताजपुरिया रतनलाल शाह तानबहादुर आङ्देम्बे र लयप्रसाद चुँडाल चुनावी मैदानमा उत्रिएका सो उच्च माविका प्राचार्य टङ्क खरेलले जानकारी दिए ।

साईकल यात्रीको मृत्यु



१ पुष
पथरी÷ पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ्को मंगलबारे-पथरी सडक खण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकोछ । 
अपह्रान्ह २ बजे तिर बा।२ख ४६७ नम्बरको बसले जयचोकमा ठक्कर दिँदा साईकल यात्री पथरी-१ का लक्ष्मी धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाईते उनको उपचारका क्रममा साँझ बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिए । 

गुटबन्दि अन्त्यको शङ्खघोष झापाबाट


१ पुष
दमक÷ पार्टी भित्रका सबै खाले गुटबन्दिको अन्त्य गर्ने उद्घोष गरेका नेकपा एमालेका नेताहरुले झापाबाट त्यसको कार्यान्वयनको साझा शङ्खघोष गर्ने भएका छन् । 
पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीको गृह जिल्लामा आएर पार्टी अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरु एउटै माचमा उभिएर उद्घोाष कार्यान्वयनको प्रतिवद्धता जनाउने भएका हुन् । 
युवा संघ नेपालको राष्ट्रिय भेलामा आगामी पुष-२९ गते पार्टी अध्यक्ष खनाल प्रभावशाली नेता ओली उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरुले एउटै माचबाट पार्टीका सवै खाले गटबन्धि अन्त्य गर्न कार्यकर्तालाई सम्बोधन गर्ने भएका हुन् । ३ दिन सम्म चल्ने युवा भेलालाई पार्टी सुदृढिकरणको महत्वपूर्ण कार्यक्रमका रुपमा लिईएको नेताहरुले बताएका छन् । 
बैकल्पिक पोलिटब्युरो सदस्य नरेश खरेलले पार्टी जीव्ानमा महत्वपूर्ण भूमिका राख्ने युवाहरुको भेला अभियानको महत्वपूर्ण पाटो रहेको बताए । पार्टीका शिर्षस्थ नेताहरुका कुरामा तालमेल नहुँदा कार्यकर्तामा निराशता बढाएको समयमा यसप्रकारका भेलाले पार्टी जीवनमा उर्जाको साचार गराउने उनको बिस्वास छ । ुअभियानको औपचारीक सुरुवाता भई सके पनि बृहत रुपमा झापाबाट यसले कार्यकर्ता माझ जाने अवसर पाएको छ यो झापाका लागि पनि ऐतिहासिक अवसर होुउनले भने- ुअभियानले पार्टीको आन्तरीक जीवनलाई पनि बलियो बनाउने छ र निष्कृय कार्यकर्तामा पनि उर्जा थप्ने छ ।ु
युवा संघले गर्ने कार्यक्रम सो कार्यक्रमबाट युवाहरु माझ देश व्यापीरुपमा एकै साथ गुटबन्धि अन्त्य भएको सन्देश जाने नेताहरुले बताएका छन् । एमालेका राष्ट्रिय प्रतिनिधी परिषद सदस्य देवेन्द्र दहालले बल्खुबाट शुरु भएको अभियान एकसाथ युवाहरु माझ जान भेला महत्वपूर्ण हुने बताए । अभियान अन्तर्गत जिल्ला तथा अाचलतहका कार्यक्रम आगामी बैठकले निर्धारण गर्ने उनले जानकारी दिए । अाचल कमिटी सदस्य समेत रहेका दाहालले युवा भेलाको स्थान भोली बस्ने बैठकले तय गर्ने उनले जानकारी दिए । 
युवा संघका केन्द्रिय लेखा समिति सदस्य गोविन्द थापा समेत भेलाकेा तयारीका लागि झापा आएका छन् । भेलामा सवै जिल्लाका युवा संघका अध्यक्ष तथा अगुवा नेता÷कार्यकर्ता सहभागी हुने बताईएको छ । 

२२ वर्ष पछि प्रहरी चौकी पुनस्र्थापित


१ पुष
धरमपुर÷ २०४६ सालको आन्दोलनका क्रममा बिस्थापित बनेको झापाको धरमुर स्थित प्रहरी चौकी दुई दशक पछि पुनस्र्थापित भएको छ । 
२०४६ सालको जनआन्दोलनका क्रममा बिस्थापित सो चौकी २२ वर्ष पछि पुनस्र्थापित गरिएको हो । शुक्रबार पुनस्र्थापित चौकीको मेची अाचल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक हेमन्त पालले उद्याटन गरेका हुन् । पुरानो गाविस कार्यालय भवनमा बनाईएको चौकीमा प्रहरी सहायक निरीक्षक ईन्द्रप्रसाद भट्टराईको नेतृत्वमा १० जनाको प्रहरी टोली रहेको छ । 
उद्घाटन कार्यक्रममा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्साल लगयत बिभिन्न राजनीतिक दलका नेताहरुले लामो समय पछि पुनस्र्थापति प्रहरी चौकीबाट स्थानीयबासीले सुरक्षा व्यवस्था बलियो हुने अपेक्षा राखेको बताएका थिए । 
कार्यक्रममा नेकपा माओवादीका मानबहादुर अधिकारी नेपाली कांग्रेसका बिनोद ढकाल नेकपा एमालेका दिपेश राई माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका हर्कराज निङ्लेखु राशप्रपाका ईन्द्रप्रसाद अधिकारी लगायतले प्रहरी चौकी स्थापना पछि सो क्षेत्रको सुरक्षा व्यवस्था बलियो हुने बताएका थिए । 

पूर्वााचल स्तरीय फूटबल


१ पुष
बेलडाँगी÷झापाको दमक स्थित शरणार्थी शिविर बेलडागीमा शुक्रबारबाट पूर्वााचल क्षेत्रिय नकाउट फुटबल प्रतियोगीता सुरु भएको छ । 
जिल्ला खेलकुद बिकास समिति झापा र कारितास नेपालको संयुक्त आयोजना सुरु प्रतियोगीताको शुक्रबारको खेलमा युथ स्टार क्लब शनिश्चरे लाई ३ को विरुद्ध चार गोल गर्ने डाँगीबारी युवा परिवार विजयी भएको छ । 
डाँगीबारी युवा परिवारका जसर्ी नम्बर १४ का हेम तामाङले प्रहार गरेको पेनाल्टी किक गोलमा परिणत भएको थियो । खेल सुरु भएको दुई मिनेटमा नै पेनाल्टी मार्फत अग्रता लिएको डागीबारीले क्रमश ११ मिनेटमा जसर्ी नम्बर १५ का गणेश हेमरम र अर्को जसर्ी नम्बर ७ का बिक्रम कार्कीले खेलको ३६ औ मिनेटमा गोल गरेका थिए । भने डागीबारीका जसर्ी नम्बर १३ का दिल बहादुर तामाङले ४९ औ मिनेटमा गरेको चौथो गोल नै आजको खेलको निर्णायक गोल बन्न पुगेको थियो । 
त्यस्तै युथ स्टार क्लब शनिश्चरेको चर्फबाट जसर्ी नम्बर १० का नरेन्द्र तामाङले १५ मिनेटमा स्टारको तर्फबाट पहिलो गोल गरेका थिए भने जसर्ी नम्बर ९ का बाबुराम धिमालले ६० औ मिनेटमा र अमृत चौधरीले ६५ औ मिनेटमा तेस्रो गोल गरे पनि स्टारका लागी जित शुनिश्चित हुन सकेन । 
आगामी पुस १३ गते मेची रङगसालामा फइनल खेल हुने प्रतियोगीतामा प्रथम हुने टिमले नगद एक लाख रुपैया र द्धितिय टीमले नगर ५० हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् भने आजको खेल विर्तामोड युथ क्लर र सशस्त्र प्रहरी बल पाथीभरा गण लखनपुर बिच हुने आयोजकले जानकारी दिएको छ । 
झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ पाखरेलले उद्घाटन गरेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलाल मेची अाचल प्रहरी प्रमुख हेमन्त पाल कारितास दमकका प्रमुख फादर अमलराज एसजे संयुक्त राष्ट्र संघिय शरणार्थी उच्चायोग दमकका प्रमुख रयनावती रयनावती राष्ट्रिय खेलकुद परिषदका सदस्य किरण गिरीनेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्षँ गणेश पोखरेल दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा लगायतले बोलेका थिए ।