महोत्सवमा ३ करोडको कारोबार

दमक, माघ २९/ झापाको दमकमा भएको आदिवासी जनजाति सांस्कृतीक महोत्सवमा करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।
आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को मुख्य आयोजनामा गत माघ-१४ गतेदेखि शुरु महोत्सवमा बिभिन्न घरेलु उत्पादन हस्तकलाका सामान औद्योगीक बस्तु तथा मनोराजनका साधनमा सो बराबरको कारोबार भएको आयोजकको प्रारम्भिक अनुमान छ । आयोजक समितिका सचिव पदम जवेगुले महोत्सव अपेक्षाकृत रुपमा सफल भएको बताए ।
फोटा ः सम्मान ग्रहण गरेपछि सामूहिक तस्विर खिचाउँदै अगुवाहरु

आयोजकका अनुसार महोत्सव अवधिमा आम्दानी तर्फ प्रवेश टिकटबाट २१ लाख रुपैयाँ खेल तमासाबाट ४ लाख ११ हजार रुपैयाँ र स्टल भाडा बापत १ लाख ४५ हजार रुपैयाँ गरी कूल २६ लाख ५६ हजार आम्दानी भएको आर्थिक उपसमितिका सदस्य अमरबहादुर कुमालले जानकारी दिए । महोत्सवमा प्रदर्शनीका लागि राखिएका विभिन्न जातिका नमुना घरमध्ये माझी र गुरुङ जातिको नमुना घरलाई ललितकला प्रज्ञा प्रतिष्ठानले
सम्मान गरेको थियो । दशजना अगुवा सम्मानित  महोत्सवको समापनका क्रममा शनिबार गृहराज्य मन्त्री भीमराज राजवंशीले सामाजिक क्षेत्रमा योगदान पुर् याउने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा झापाका अग्रज पत्रकार गाजबहादुर दाहाल बेलायत सरकारको सम्मानित युद्धपदक भिक्टोरिया क्रस बिजेता रामबहादुर बेघा सामाजिक अगुवा तथा किरात याक्खा छुम्मा झापाका अध्यक्ष हरिलाल देवान दमक नगरपालिकाका पूर्व प्रधानपाच धनबहादुर श्रेष्ठ र सांस्कृतिक अगुवा कृष्णकुमारी राई शिक्षा क्षेत्रका अगुवाहरु छविलाल शर्मा सिटौला रामदेव शर्मा र बालाकाजी थापा मगर रहेका छन् । महोत्सव समापनका अवसरमा झिँगु समाज नेवारी परिकारको खाजा अतिथिहरुलाई खुवाएको थियो भने राष्ट्रिय गुरुङ परिषद् दमकले संस्कृति प्रदर्शन गरेको थियो । त्यस्तै हाँस्य ब्यङ्ग्य कलाकार विल्सनबिक्रम राईले कला प्रस्तुत गरेका थिए । कार्यक्रम मूल आयोजक समितिका अध्यक्ष मोहन धिमालको सभापतित्वमा भएको थियो ।

0 प्रतिकृया:

Post a Comment