हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

राष्ट्रिय गौरवका आयोजनामा ध्यान दिन निर्देशन – मुख्य समाचार

दमक/प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक दशक अघिदेखि सुरु भएका राष्ट्रिय गौरवका आयोजनाहरु पूरा हुन नसकेको भन्दै आयोजनाका कामहरुलाई द्रुतगतिमा पूरा गर्न निर्देशन दिएका छन् उनले आयोजनाको काम अत्यन्तै सुस्त गतिमा अघि बढेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन्
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री भट्टराईले विगतमा किन काम भएन भन्दा पनि अबका दिनमा द्रुत गतिमा काम गर्न निर्देशन दिए उनले राष्ट्रिय गौरवका आयोजनाको महत्वको बारे सर्वसाधारणलाई जानकारी नभएको भन्दै यसको महत्वको बारेमा जानकारी दिन मुख्य सचिवलाई निर्देशन दिए उनले जनतालाई आशा जगाउने उद्देश्यले यस्तो योजना ल्याएको यी आयोजनाहरु पूरा गराउन आफू लागिपरेको भन्दै यसको महत्वको विषयमा जानकारी गराउन सके काम गर्न थप सहयोग हुने बताए
आयोजना पूरा गर्नका लागि लगानी भित्र्याउन आफू लागि परेको भन्दै उनले सम्भावित श्रोतको पहिचान गर्न पनि सचिवहरुलाई निर्देशन दिए राष्ट्रिय गौरवका आयोजनाहरु एक दर्जन भन्दा बढी भए पनि तत्कालका लागि रणनीतिक महत्व भएका आयोजनाहरुलाई पूरा गर्न प्रधानमन्त्रीले निर्देशन दिए उनले काठमाडौ तराई फास्टट्राक निर्माण ७५० मेघावाटको पश्चिम सेति जलविद्युत परियोजनाको कामलाई दु्रत गतिमा अघि बढाउन सचिवहरुलाई निर्देशन दिए निजगढ विमान स्थलको कामसँगै भारतसँगबाट लिनु पर्ने एयर रुटका लागि छलफल तिब्र पार्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए उनले आयोजनाहरुमा भएका कामको प्रगतिको आधारमा सम्बन्धित पक्षलाई पुरस्कार दण्डको समेत व्यवस्था सरकारले गर्ने बताए
छलफलमा अर्थ, पर्यटन, उर्जा, भौतिक योजना तथा निर्माण, सिंचाई सामान्य प्रशासन मन्त्री सहित मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो छलफलमा सचिवहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अधिकांश काम सन्तोषजनक ढंगले अघि बढेको बताएका थिए यद्यपी कतिपय आयोजनाहरुमा ठेकेदारको लापरवाहीका कारण काम सुस्त भएको जानकारी गराएका थिए

के–के भइरहेका छन् आयोजनाका काम – उपमुख्य समाचार

भौतिक योजना तथा निर्माण मन्त्रालयका अनुसार काठमाडौं तराई फास्ट टूयाकमा जग्गा अधिग्रहणका लागि काठमाडौं मकवानपुरमा मुआब्जा वितरण भइरहेको चालु आर्थिक वर्षमा ६८ किलोमिटर ट्रयाक दुई तर्फी सवारी साधन गुड्ने गरी खोल्ने कार्य सम्पन्न हुनेछ
मध्य पहाडी लोकमार्गका कूल ५१ पुल मध्ये २९ वटा निर्माणाधिन छन् पूर्व पश्चिम विद्युतीय रेलमार्गको लागि खण्डमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने कार्य सुरु भएको सो आयोजना अहिले पनि प्राथमिकता मा मात्रै रहेकोले स्रोतको अभाव हुनसक्ने मन्त्रालयले जनाएको हुलाकी राजमार्गमा भारतीय सहयोगमा १९ प्याकेज मध्ये प्याकेजमा काम भइरहेको
सो अन्तर्गत विभिन्न खोलामा ५२ वटा पुल बनाउने कार्य भइरहेको जनाइएको मेलाम्ची खानेपानी आयोजनाको कि.मि. सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको त्यसैगरी पर्यटन विकास तर्फ पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि प्रकृया सुरु भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको