हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

ययुद्धकालीन मानसिकता शान्ति र संविधानका लागि बाधक - मुख्य समाचार

कमन देवान
दमक/ नेपाली कंाग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले माओवादीका नेताहरुमा रहेको युद्धकालीन मानसिकता शान्ति र संविधानको पूर्णताका लागि बाधक रहेको बताएका छन् । नेपाली कांग्रेस दमक नगर समितिले शनिबार दमकमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै नेता महतले सो बताएका हुन् ।
देश जनता र लोकतन्त्रका लागि कांग्रेसले निर्णायक निर्णय गर्न सक्ने भन्दै पूर्व उर्जामन्त्री समेत रहेका महतले मुलुकमा माओवादीले कल्पना गरे जस्तो निरंकुश शासन सम्भव नभएको भन्दैे त्यो भ्रम त्याग्न आग्रह गरेका छन् । शान्ति र संविधानका लागि माओवादी लडाकु बाधक बनेको भन्दै महतले भने -ुदेशमा दुई चरित्रका सेना रहेसम्म शान्ति प्रकि्रया र संविधान लेखन पूरा हुन सक्दैन । त्यसैले सेना समायोजन आवश्यक विषय हो ।ु युद्धकालमा माओवादीले जनसत्ताका नाममा गरेका आफू अनुकूलका निर्णय कुनै पनि हालतमा सदर नहुने महतको दावी थियो ।
प्रशिक्षणमा सहभागी ने.का.का कार्यकर्ताहरु इन्सेटमा केन्द्रीय सदस्य महत । फोटो : पिपुल्ट टाइम्स

कार्यक्रमका अर्का वक्ता तथा नेपाली कंाग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेले मुलुक सबैको हो भन्ने बुझ्न र बुझाउन सबैको अस्तित्व स्वीकार भएको मुलुक निर्माणका पक्षमा कांग्रेस रहेको दावी गरे । माओवादी नेतृत्वको सरकारका कारण मुलुक दिशाविहीन बनेको भन्दै आङदेमबेले भने -"जनतालाई राहत दिन सुशासन र मित्यव्यापिता चाहिन्छ । मुस्ताङ पछाडि ४९ ओटा प्राडो र पजेरो दौडाउने बाबुरामको ढोंगी सरकार इतिहासकै नाकाम सरकार बनेको छ ।"
कार्यक्रमका अर्का वक्ता तथा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पीछडिएका जाति वर्गको सम्बोधन हुनुपर्ने भन्दै त्यसको नाममा मुलुक विखण्डन गर्न नपाइने बताए । अर्का केन्द्रीय सदस्य तथा पूर्व नेविसंघ सभापति गुरु घिमिरे र केन्द्रीय सदस्य मिन विश्वकर्माले संगठन सुदृढिकरण र स्थानीय निर्वाचनमा पार्टी कार्यकर्ताको भूमिकाका बारे प्रशिक्षण दिएका थिए भने महेश दाहालले नेतृत्व विकास बारे प्रशिक्षण दिएका थिए । दमक नगर र आसपासका ६ सय बढी कांग्रेसी कार्यकर्ता सहभागी प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला सभापति उद्धव थापा महासमिति सदस्यहरु महाधिवेशन प्रतिनिधिहरु भातृसंगठनका नेताहरु समेतको सहभागिता रहेको थियो । कांग्रेस दमक नगर सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै शनिबार नै गौरादहमा समेत प्रशिक्षण सम्पन्न भएको छ । नेपाली कांग्रेस गौरादह गाउँ समितिको आयोजनामा प्रशिक्षण सम्पन्न भएको हो । पार्टीका केन्द्रीय सदस्य
गुरु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणमा लोकनाथ भण्डारी शेषराज भण्डारी र वद्री कार्कीले पार्टीको संगठन सुदृढिकरण संविधान निर्माण र शान्ति प्रकि्रया राज्यपुनसर्ंरचना र शासकीय स्वरुपका बारे प्रशिक्षण दिएका थिए ।
पार्टीका गाउँ सभापति हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य रोहितकुमार साह जिल्ला सदस्यहरु यादवराज सेढाई र पुन्यप्रसाद सिग्देल लगायतको सहभागिता रहेको थियो ।

बैँकिङ तालिम

दमक/ दमकस्थित क्याथफोर्ड इन्टल एजुकेशनले विद्यार्थीहरुलाई बैिकंङ्ग तालिम प्रदान गरेको छ ।
उर्लाबारी बहुमुखी क्याम्पस र क्याथफोर्डको संयुक्त आयोजनामा साचालित १८ दिने सो तालिम शनिबार सम्पन्न भएको हो ।
समापन कार्यक्रमको अध्यक्षता एन। आई।सी। बैंकका कर्मचारी मनोज विष्टको अध्यक्षतामा भएको थियो । क्याथफोर्डका शाखा निर्देशक पिताम्बर खड्काले विद्यार्थींहरुलाई वित्तीय ज्ञान प्रदान गर्न तालिमले सहयोग पुर् याएको बताए ।

थुलुङको एकल रचना वाचन

खुदुनाबारी/ भुटानी शरणार्थी शिविर खुदुनाबारीमा भुटानी स्रष्टा याम थुलुङको एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
शरणार्थी स्रोतामाझ थुलुङले यहाँस्थित मनोक्रान्ति मिनी म्याटि्रक्सको सभाहलमा दूई दर्जन बढी साहित्यिक रचना वाचन गरेका थिए । थुलुङको एकल रचना वाचन सँगै स्थानीय २० बढी स्रष्टाले समेत साहित्यिक रचना वाचन गरेका बताइएको छ ।
आयोजक संस्था मिडिया नेटवर्क भुटानका अनुसार सो कार्यक्रमसँगै दुई शरणार्थी युवाले लामो समय हात मिलाउने किर्तीमानीका लागि शनिबार १२ः०५ बजेदेखि हात मिलाउने कार्य थालेको नेटवर्कका संयोजक मनोरथ पोख्रेलले बताए । गिनिजबुकमा ४२ घण्टा हात मिलाएर राखिएको विश्व किर्तीमानी तोड्न खुदुनाबारीका निलहरि उप्रेती र बेलडाँगी-२ का डिकमान गुरुङले प्रयास थालेको बताइएको छ ।

झारबारीमा महायज्ञ

लखनपुर/ लखनपुर-३ झारबारीमा यही फागुन ८ गतेदेखि श्रीमद् भागवत् सप्ताह धान्यााचल महायज्ञ हुने भएको छ ।
स्थानीय लक्ष्मी नारायण मन्दीर पूराण आयोजक मूल समितिको आयोजनामा मन्दीरको भौतिक पूर्वाधार निर्माण अक्षय कोष स्थापना र दिगो शान्तिको लागि पूराण साचालन हुने भएको हो । आयोजक समितिका सचिव राजेन्द्र मिश्रका अनुसार यूवा पण्डीत कुवेर सुवेदीको कथावाचन रहने सो पूराण फागुन १५ गते सम्म चल्ने छ ।

वन संरक्षणका लागि युवा

चुलाचुली/ दक्षिण इलाम चुलाचुली ६ र ७ का युवाले वन संरक्षणका लागि शनिबार समिति गठन गरेका छन् ।
स्थानीय शिवालय सामुदायिक वन चुलाचुली ६ र ७ का उपभोक्ता महिला र युवाहरुको सकि्रयतामा अगुवा बलराम गिरीले जानकारी दिए ।
धिरेन लावतीको अध्यक्षतामा गठित ११ सदस्यीय समितिका सचिव राम राई र अन्य सदस्य रहेका छन् । समितिले सामुदायिक वन क्षेत्र भित्र तस्करी नियन्त्रण तथा दाउरा र लाथ्रा काट्न रोक्ने बताइएको छ । विभिन्न राजनीतिक दल निकट युवाहरु समितिमा रहेका छन् ।

अमर कृषकमा नयाँ नेतृत्व

दुधे/ सतासीधाम-६ स्थित अमर कृषक समुहको दोस्रो साधारण सभाले हर्कबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
शनिबार सम्पन्न भएको भेलाले उपाध्यक्षमा शरणबहादुर कटुवाल सचिवमा सीता थापा सह-सचिवमा यशोदा अधिकारी र कोषाध्यक्षमा सोमनाथ खनाललाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा शान्ता कटुवाल पवित्रा थापामगर अनिता रेग्मी र मिना मैनाली चयन भएका छन् ।
सो सभा भोजकुमारी नेपालको अध्यक्षतामा र सीएल दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य इश्वरी दवाडीले व्यक्त गरेका थिए ।

चुम्लुङको अधिवेशन हुने

लखनपुर/ किरात याक्थुङ चुम्लुङ लखनपुर गाउँ ईकाइको आउँदो फागुन १३ गते अधिवेशन हुने भएको छ ।
अधिवेशन सफल बनाउन शनिबार गाविसमा इकाई समितिले औपचारिक रुपमा छलफलको आयोजना गरेको चुम्लुङ इकाई अध्यक्ष देउकुमार सम्वाहाम्फेले बताए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्न बताइएको छ । अधिवेशनलाई भव्य रुपमा सम्पन्न गराउन आवश्यकीय कार्यहरु शुरु गरिएको अध्यक्ष सम्बाहाम्फेले जानकारी दिए ।

लखनपुरकै ज्येष्ठ नागरिकको निधन

लखनपुर/ लखनपुरकै ज्येष्ठ अगुवा रंगलाल सापकोटाको शनिबार बिहान निधन भएको छ । लखनपुर-४ घर भएका १ सय ३ वर्षीय सापकोटाको उपचारका क्रममा निधन भएको हो । मृतक सापकोटाको शव शनिबार नै कन्काई नदीमा अन्त्येष्ठी गरिएको छ ।
सापकोटाका तीन छोरा नरेन्द्र हरीप्रसाद र तेजप्रसाद छन् । सापकोटा कांग्रेसका जिल्ला सदस्य तथा सूर्य दर्शन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराजका हजुरबुवा हुन् । अन्त्येष्ठि कार्यक्रममा ठूलो संख्यामा आफन्तजननातेदारहरुको उपस्थिती रहेको थियो ।

मन्दीरले चलायो निःशुल्क ट्युशन

छविलाल दवाडी
दुधे/ सतासीधाम-९ स्थित श्री कृष्ण प्रणामी मन्दीरले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई निःशुल्क ट्यूशन कक्षा साचालन गरेको छ । मन्दीरले नजिकिएको एस।एल।सी।sाे पूर्व तयारी स्वरुप ४० जना विद्यार्थीलाई ट्यूशन पढाउने व्यवस्था मिलाएको हो । ट्यूशन कक्षाको शनिबार औपचारीक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । माईधामका व्यासाचार्य मोहनान्द महाराजले सो को उद्घाटन गर्दै मन्दीरले थालेको सो कार्यको प्रशंसा गरे ।
कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय रमणीय आदर्श उच्च मावि दुधेका प्राचार्य उमानाथ दाहालले शैक्षिक क्षेत्रमा मन्दीरले सहयोग पुर् याउन थालेको सो कार्य अनुकरणीय भएको बताए ।
मन्दीरका अध्यक्ष पर्शुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवाहरु मोतीबहादुर चापागाई नरप्रसाद लामिछाने दधिराम खनाल शिवकुमार यो·या र विद्यार्थी गंगा लम्सालले बोलेका थिए ।
कार्यक्रम संयोजक कालिप्रसाद रिजालका अनुसार ट्यूशन कक्षामा सामुदायिक विद्यालयहरुबाट ५० प्रतिशत मन्दीरबाट २५ प्रतिशत र पत्रकारहरुका तर्फबाट २५ प्रतिशत विद्यार्थीहरु सहभागी रहेका जानकारी दिए ।

मन्दीरले चलायो निःशुल्क ट्युशन

छविलाल दवाडी
दुधे/ सतासीधाम-९ स्थित श्री कृष्ण प्रणामी मन्दीरले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई निःशुल्क ट्यूशन कक्षा साचालन गरेको छ । मन्दीरले नजिकिएको एस।एल।सी।sाे पूर्व तयारी स्वरुप ४० जना विद्यार्थीलाई ट्यूशन पढाउने व्यवस्था मिलाएको हो । ट्यूशन कक्षाको शनिबार औपचारीक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । माईधामका व्यासाचार्य मोहनान्द महाराजले सो को उद्घाटन गर्दै मन्दीरले थालेको सो कार्यको प्रशंसा गरे ।
कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय रमणीय आदर्श उच्च मावि दुधेका प्राचार्य उमानाथ दाहालले शैक्षिक क्षेत्रमा मन्दीरले सहयोग पुर् याउन थालेको सो कार्य अनुकरणीय भएको बताए ।
मन्दीरका अध्यक्ष पर्शुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवाहरु मोतीबहादुर चापागाई नरप्रसाद लामिछाने दधिराम खनाल शिवकुमार यो·या र विद्यार्थी गंगा लम्सालले बोलेका थिए ।
कार्यक्रम संयोजक कालिप्रसाद रिजालका अनुसार ट्यूशन कक्षामा सामुदायिक विद्यालयहरुबाट ५० प्रतिशत मन्दीरबाट २५ प्रतिशत र पत्रकारहरुका तर्फबाट २५ प्रतिशत विद्यार्थीहरु सहभागी रहेका जानकारी दिए ।

आगलागीबाट क्षती

विर्तामोड/ शनिबार दिउँसो टागनडुब्बा-४ का टुकराज अधिकारीको घरमा आगलागी हुँदा ३ लाख ६० हजार रुपैयाँ बराबरको क्षती भएको छ ।
आगलागीबाट लत्ताकपडा अन्नपात र अन्य सामाग्री जल्दा सो बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यूएनएचसीआरको गाडीले ठक्कर

केरखा/ पूर्व पश्चिम राजमार्ग अन्तर्गत तोपगाछी-५ मा शरणार्थी मामिला सम्बन्धी राष्ट्र संघीय उच्च आयोगको गाडीले ठक्कर िदंदा १ जना घाइते भएका छन् ।
शनिबार बिहान १० बजे ६६-०१-७३ नम्बरको गाडीले मे।२२ प।७४ नम्बरको मोटरसाईकललाई ठोक्काउँदा मोटरसाईकल चालक सतासीधाम-१ का ३२ वर्षीय सन्त आङ्देम्बे घाइते भएका हुन् । उनको उपचारका लागि दमकस्थित लाईफलाईन अस्पताल पठाइएको र दुवै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पत्रकार भण्डारीलाई पितृशोक

केरखा/ पिपुल्स टाइम्स दैनिकका सहयोगी तथा पत्रकार उमानाथ भण्डारीलाई पितृशोक परेको छ ।
उनका पिता तोपगाछी-७ केरखा निवासी ६५ वर्षीय भगिरथ भण्डारीको शनिबार दिउँसो निधन भएको हो । उनी फोक्सो सम्बन्धी रोगबाट पीडित थिए ।
स्वर्गीय भण्डारीको शनिबार नै कन्काई नदीमा अन्त्येष्ठि गरिएको छ । उनका श्रीमती धनमाया ५ छोरा उमानन्द कमलपित यादवमणी इन्द्र र भूमिराज भण्डारी तथा छोरी जानुका पौडेल भण्डारी रहेका छन् ।
पाँचथरको सुवाङबाट ४२ वर्ष अघि स्वर्गीय भण्डारी झापा आएका थिए ।

बैँकको नयाँ समिति

दमक/ झापामा प्रधान कार्यालय रहेको एक मात्र बैंक कन्काई विकास बैंकको पाँचौ साधारण सभाबाट नयाँ साचालक समिति चयन भएको छ ।
शनिबार दमकमा भएको साधारण सभाले पुनः माधव पराजुलीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । साचालक समितिमा संस्थापक शेयर सदस्यको तर्फबाट विश्वराज अधिकारी सेवक दाहाल र गुणराज अधिकारी रहनु भएको छ । यस्तै साधारण शेयरधनीको तर्फबाट हरी लुईटेल र प्रेम सुवेदी साचालक समितिमा चुनिएका छन् ।
दमकमा प्रधान कार्यालय रहेको बैंकको झापा र मोरङ्मा ५ ओटा शाखा रहेका छन् । गत आर्थिक वर्षमा बैकले ७५ लाख रुपैयाँ साचालन मुनाफा कमाएको र ३७ प्रतिशतले निक्षेप तथा ३२ प्रतिशतले लगानी बृद्धि गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

सुप्तुलुङ पत्रिकाको विमोचन

दमक/ किरात राई संस्कृतिको पहिचान गराउन प्रकाशन थालिएको सुप्तुलुङ मासिक पत्रिकाको शनिबार झापाको दमकमा एक कार्यक्रम गरी विमोचन गरिएको छ ।

किरात राई पत्रकार संघ झापाले प्रकाशन थालेको सो पत्रिका नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव दिपेन बाला राई र झापाका अग्रज पत्रकार गाजबहादुर दाहालले संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रममा किरात राई पत्रकार संघका केन्द्रीय सदस्य अर्जुन जम्नेली राई आदीवासी जनजाती पत्रकार संघ झापाका उपाध्यक्ष कमन देवान किरात राई यायोक्खा झापाकी सह-सचिव सुमित्रा वाङ्देल राई क्रान्तिकारी पत्रकार संघ कोचिला राज्य सचिवालय सदस्य मिलन लिम्बू प्रेस चौतारी झापाका सहसचिव मनकुमार गदाल पत्रकार माच दमकका अध्यक्ष भुपेन्द्र ति_िम्सना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फू राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी सम्पादक नगेन्द्र राईले स्वागत गरेका थिए भने साचालन विन्दु राईको रहेको थियो ।

बैँकको नयाँ समिति

दमक/ झापामा प्रधान कार्यालय रहेको एक मात्र बैंक कन्काई विकास बैंकको पाँचौ साधारण सभाबाट नयाँ साचालक समिति चयन भएको छ ।
शनिबार दमकमा भएको साधारण सभाले पुनः माधव पराजुलीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । साचालक समितिमा संस्थापक शेयर सदस्यको तर्फबाट विश्वराज अधिकारी सेवक दाहाल र गुणराज अधिकारी रहनु भएको छ । यस्तै साधारण शेयरधनीको तर्फबाट हरी लुईटेल र प्रेम सुवेदी साचालक समितिमा चुनिएका छन् ।
दमकमा प्रधान कार्यालय रहेको बैंकको झापा र मोरङ्मा ५ ओटा शाखा रहेका छन् । गत आर्थिक वर्षमा बैकले ७५ लाख रुपैयाँ साचालन मुनाफा कमाएको र ३७ प्रतिशतले निक्षेप तथा ३२ प्रतिशतले लगानी बृद्धि गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

" कर्मचारी सरुवामा हस्तक्षेप छ "

दमक/ कर्मचारी सरुवाका विषयमा स्पष्ट नीति नहुँदा कर्मचारी क्षेत्रमा समस्या दोहोरिने गरेको एकजना पूर्व मन्त्रीले बताएका छन् ।
पूर्व सामान्य प्रशासन मन्त्री यूवराज कार्कीले शनिबार दमकमा पत्रकारहरुसँगको कुराकानीमा त्यस्तो बताएका हुन् । उनले सरुवाका विषयमा न्यायोचित प्रणालीको विकास हुन नसकेको समेत बताए । ुदुई वर्ष नपुग्दै सरुवामा राजनीतिक आग्रह पूर्वाग्रह राखेर हात हाल्ने परिपाटीले एकदमै समस्या बनाएको छु पूर्व मन्त्री कार्कीले भने ।
यूवराज कार्की

उनले कर्मचारी क्षेत्रमा राजनीतिकरण हुने गरेको चर्चा गर्दै यसबाट कर्मचारीहरुमा नै असन्तुष्टि बढेको पनि बताए ।

एक अर्को प्रसङ्गमा नेकपा एमालेबाट संविधान सभामा प्रतिनिधित्व समेत गरिरहेका कार्कीले विवाद समाधान उप समितिका बैठकहरुमा माओवादी नेतृत्व अनुपस्थित भइरहने समस्याका कारण संविधान निर्माणको गति अगाडि बढ्न नसकेको आरोप लगाए । ुकतिपय सहमती भइसकेका विषयहरुमा पनि माओवादी नेताहरुले जथाभावी रुपमा बोली िदंदा सहमतीहरु उल्टीदै गएको हुन कि भन्ने आशंका बढेको छु उनले भने ।

हाइकू हाइ-जीन र पूर्वााचल

दिपक सुवेदी
१. परिचय  :
 जापानी साहित्य परम्पराबाट अन्तर्राष्ट्रिय विधाको रुपमा विस्तारित हाइकु नेपाली साहित्यमा पनि प्रभावपरक ढंगले विस्तारित भएको परम्परित वा शास्त्रीय संरचना खोज्ने हो भने तीन हरफमा क्रमश पहिलो पाँच अक्षरमा समस्या दोस्रो सात अक्षरमा जिज्ञासा र तेस्रो पाँच अक्षरमा समाधान रहेर लेखिने एक काव्य विधा हो ।
यसमा मानवीय सम्वेदनका हरेक पक्षको चित्रण प्रकृति तथा समसामयिकतासँग तुलना गरिएको हुन्छ । अर्थात् प्रकृति तथा समसामयिकताको प्रतीक वा विम्व चित्रणसँगै सजिस संरचनामा रही हाइ-जिनद्वारा सिर्जना गरिएको सत्र अक्षरे कविता हो । यसमा उच्च बौद्धिकता र जीवनका जटिल अनुभव यसको संरचनामा मानवीय सामान्जस्य प्रकृतिजन्य अनुभूति दार्शनिकता ः विम्वीय विधानद्वारा छोटो रुपमा अभिव्यक्ति गरिएको हुन्छ । यसका आधारभूत तत्वहरु पद्यमयता सक्षअक्षरको संरचना ऋतुबोधक शब्द प्रतीक यथार्थ चित्रण आदि रहेका हुन्छन् ।
१.१ हाइकु लेखन शैली
स्वतन्त्र लेखनमा लेखकले आधारभूत तत्वहरुलाई गौण मानेको हुन्छ । तर हाइकुको लेखनमा यसका आधारभूत तत्वहरुलाई आधार मानेर लेखक लेखकीय स्वतन्त्रतामा रहन सक्छ । हाइकु सिर्जनामा सजिएको नियम पालना गर्नु हाइ-जिनको कर्तव्य पनि हो । यसको लेखन निम्न शैलीमा रहेर गर्ने गरेको पाइन्छ ।
१.१.१ अक्षर गणना गरेर :
यस अन्तरगत हाइ-जिनले पाँच अक्षरे पहिलो हरफमा समस्या सात अक्षरे दोस्रो हरफमा जिज्ञासा र पाँच अक्षरे तेस्रो हरफमा समाधान सिर्जना गरेर हाइकु रचना गर्न सकिन्छ ।
१.१.२ अक्षर गणना गरेर
यस अन्तरगत कुनै पनि हाइकु वर्ण÷अक्षर गणनाको बन्धनमा रहन सक्दैन स्वतन्त्ररुपले बहन्छ भन्ने हो । यस अन्तरगत सिर्जना भएका रचनालाई भने हाइकु भनिदैन ।
१.२ प्रकाशित हाइकुका प्रकारहरु
हाइकु लेखन र प्रकाशनको इतिहास पूर्वााचलमा छोटो भएपनि प्रकाशित जे जति छन् हेर्दा निम्न प्रकारका हाइकु प्रकाशित पाइन्छन् ।
१.२.१ कि्रयापद प्रयोग नगरिएका :
फूलहरुमा
काँडासँगको युद्ध
गन्तव्य शान्ति ।
इन्द्र न्यौपाने
चप्लेटी ढुङ्गा
नदीको छङछङ
वैशालु मन ।
टंक आचार्य
पूर्णिमा रात
उन्माद तारा प्रेम
म पि्रया भ्रम ।
रभु जिज्ञासु
माथिका हाइकुहरुमा हाइ-जिनको कि्रयापद प्रयोग नगरि प्रत्येक हरफको छुट्टाछुट्टै अर्थ बोध पनि हुनसक्ने काव्य सरसताका कारण समग्र हरफहरु सम्बन्धित भई लेखकीय उद्देश्य विश्लेषणमा पनि सफल हुने गरी हाइकु लेखेको पाइन्छ ।
१.२.२ कि्रयापद प्रयोग गरिएका :
औंशी दिमाग
लेऊ चिप्लियो
र जून रोयो ।
धनकुटे कान्छा
अँध्यारो रात
बाटो सिउँदै हिँड्छ
रेशमकीरा ।
मायामितु न्यौपाने
साउने झिर
सपना बगाउँदै
लाहुर लाग्यो ।
विवश वलिभद्र कोइराला
यसरी हाइकुको कुनै हरफमा कुनै स्थानमा कि्रयापद प्रयोग गरेर पनि हाइकु सिर्जना गर्ने गरिएको पाइन्छ । तर सबै कि्रयापदीय हाइकुहरु हाइकुनै हुन्छन् भन्ने चाहीँ हुदैन ।
१.२.३ अनुप्रास प्रयोग गरिएका
बल्दछ जून
जल्दछ मरुभूिम
छल्दछ आँखा ।
दीपक सुवेदी
आफैले बोल
मझेरीको बहिनी
पस्यौटो खोल ।
मिश्र वैजयन्ती
औँसीको रात
अन्धाहरुको जात
भोकाको भात ।
स्वागत नेपाल
माथिका हाइकुहरुमा प्रत्येक हरफका शुरु वा अन्त्यमा प्रयोग गरिएका शब्दहरु बल्दछ जल्दछ छल्दछ बोल खोल रात जात भातले कही आंशिक त कतै पूर्ण रुपमा अनुप्रास मिलाएर हाइ जिनहरुले हाइकु लेख्ने गरेको पाइन्छ ।
निष्कर्ष :
छोटो तथा सानो स्वरुपले विभिन्न सुक्ष्म वस्तुको अभिव्यक्ति गर्ने हाइकुमा सैद्धान्तिक चेतना तथा परिपक्व प्रभाव धेरै देखिदैन । नेपाली हाइकु लेखन परम्परा धेरै लामो नभए पनि यसमा कलम चलाउने हाइ-जिनको संख्या बढ्दो छ । पूर्वााचलबाट हालसम्म इरान राई सेवकका ज्यँूदो लाश २०५७ संकटकाल २०६२ र दही च्यूरे २०६६ धनकुटे कान्छाको आमा अक्षरहरु र देश २०६२ मिश्र वैजयन्तीको संवेदनाका नागवेलीहरु २०६२ तिला लेकालीको पर्खाल भित्र २०६६ एकल संग्रहका रुपमा प्रकाशित छन् भने इश्वरी लामिछानेको हाइकु काव्य भनिएको संभवत नेपालकै पहिलो अमुक्त आकाश २०६३ काव्य प्रकाशित छ । समसामयिक संकलनका रुपमा दीपक सुवेदीद्वारा सम्पादित विहानी हाइकु संग्रह २०६१ र गौरा-वाणी हाइकु बिशेषाङ्कक २०६१ का रुपमा प्रकाशित रहेका छन् । संस्थागत विकासका लागि पूर्वााचलबाट वोनसाई हाइकु प्रतिष्ठान र हाइकु प्रधान छेस्का २०६१ पत्रिका विहानी साहित्य समाज र विहानी हाइकु विशेषाङ्क २०६१ गौरादह सामुदायिक पुस्तकालय र गौरा वाणी हाइकु विशेषाङ्क २०६१ को योगदान पनि प्रशंसनीय नै देखिन्छ ।
यसै गरी शास्त्रीयतासँगै समसामयिकताका हाइकु सिर्जनामा सिर्जनारत मिश्र वैजयन्ती वेणु आचार्य धनकुटे कान्छा केशव आचार्य गोविन्द विकल इरान राई अभागी थेगुवा सगुन सुसारा राजमाङ्लाक रभु जिज्ञासु मनोज न्यौपान मिन कु।नवोदित सीमा आभास खगेन्द्र न्यौपाने प्रकाश आङदम्वे दीपक सुवेदी मायामितु न्यौपाने भुपेन्द्र ति_िम्सना लोकेन्द्र बन्जरा डिकेश लामा अलका अधिकारी शिव प्रणत बालकृष्ण चेम्जोङ्ग अग्निप्रसाद कोइराला पार्वता पोमु सीता कटुवाल वीभा निरौला अच्युत घिमिरे टंक आचार्य नवीन झोडाली विजय क्षेत्री ओमविक्रम नेम्वाङ सुमी मेयाङ्मो कृष्ण घिमिरे नेम्वाङ्ग लुङ्गा भेषराज न्यौपाने अनिलदेव राई कुमार राई केशव लुइँटेल तिला लेकाली चन्द्र अधिकारी विवश वलिभद्र कोइराला गोपाल चापागाई दीलिप घिमिरे डण्डिराज घिमिरे डम्बर घिमिरे केशव लुइटेल केशव भट्टराई हरि अधिकारी यमन सुवेदी वन मान्छे ओमप्रकाश गौतम आदि छापाहरुमा भेटिन्छन् ।
हाइकु लेखन÷प्रकाशन सम्भावनाका खोज र अनुसन्धानमा संस्थागत विकास नहुनु भएपनि आंशिक रुपमा हल्लै हल्लाका शहर केन्द्रित मात्र हुनु दुर्भाग्य रहेको देखिन्छ । अब अन्य सिर्जना विधामा जस्तै यसको रचनामा पनि सम्भावनाका चिरागहरु भएकाले यसको विस्तार शीर्षकीकरण र काव्य सिर्जनामा आधारभूत सिद्धान्त तथा शास्त्रीय नियममा रहने या नरहने वहस भइरहेकै छ अमु हनु पनि अपरिहार्य भइसकेको छ ।

दमकदेखि काठमाण्डौ-काठमाण्डौदेखि दमकसम्म - यात्रा स्मरण

सुमित्रा वाङ्देल चेली
क्रमागत…
"सहयात्री साथी बबिता जीले पक्कै केही हराउनु भएको थियो " भन्ने प्रश्न राख्नु भएता पनि केही होइन त्यस्तो पछि यात्रा स्मरण पढ्नुहोला नी त्यहाँ लेख्नेछु भन्ने जवाफ दिए । नौबिसेमा खाजा खाएर चितवनमा खाना खाने भन्ने कुरा आएता पनि हामीले मलेखुमा खाना खाने नास्ता नखाई जाऔँ भन्ने कुरामा जोड दियौँ । तसर्थ मलेखुमा झापाली भोजनालयमा खाना खाने निर्णय गरी मलेखुमा बस बिसाइयो । खाना खाने समय टर्न लागेकाले होटलमा खाना रहेनछ हतार-हतार खाना पकाइयो । खाना पाकुाजेल यसो सलाद खाँदै समय काटियो । धेरै चर्चा सुनेको ूमलेखुको माछाू आज चाख्ने मौका मिल्यो । प्रत्येक दोकानमा अगाडि चुल्होमा आगो बलेको छ । चुल्होमा खाना पकाइन्छ र पस्केर दिइन्छ । अरु होटलमा भित्र वा पछाडिपट्टि चुल्हो हुन्छ । होटलहरुको अनुगमन अभयिान टि।भी। बाट देख्दा होटलमा खाना खान अमन हुन्छ । तर यसरी आँखा सामु पकाएर पस्केको खाना राम्रो हुन्छ । त्यसैले मध्यान्हको भोको पेट मलेखुको स्वादिलो माछासँग भरपेट खाइयो ।
हुन त कुरा मलेखुको माछा त्रिशुली नदीको होइन सबै बाहिरबाट आयात गरिएका तथापि त्रिशुलीको मानेर खाँदा मिठो स्वादिलो लाग्दो रहेछ । खाना खाइवरी लागियो बाटो हामीलाई चितवनको बालकुमारी कलेज पुगेर त्यहाँको केही कुरा बुझ्नुथियो । अवलोकन गर्नु थियो । त्रिशुली नदीका किनारै-किनार बस कुदिरह्यो । हामी झ्यालभरीको संसार नियाल्दै हिँड्यौ । बारीपारी अजङ्गको पहाड बीच-बीचमा केही पातला झुप्राहरु भिरालो जमिनमा खोरिया फाडेर खेती गर्ने प्रचलन वारीपट्टि झिलीमिली यातायातको साधन नदी पारी भिरालो पाखोमा सकसले टासिएका झुप्रा घरको दारुण तस्वीर तुइन चढेर जोखिमपूर्ण यात्रा गरिरहेका विद्यार्थीहरु कतै भारी बाकेर तुइन तर्न लागेका मानिसहरु देख्दा राधिका गुरुमा भन्नुहुन्थ्यो ूसुमित्रा जी विराटनगरबाट प्लेन चढे पछि केही बेर मै पहाड शुरु हुन्छ र पहाडै पहाडमा अन्त्य हुन्छ । तराई भू-भाग त १७% मात्रै हो । नेपालको विकासको बाधक भौगोलिक बनावट पनि हो । हेर्नुस त ! एकपहाड पछि अर्को पहाड पत्रै पत्र उभिएको छ । झ्यालबाट तन्किएर हेर्दा घाम जत्ति कै उर् यो देखिन्छन् पहाडहरु ता पनि मानव वस्तीको झल्को देखिन्छ मसिना धागाजस्ता गोरेटोहरु खोरिया फाँडेर खेती लाएको पाखो वारी कोलाको बोटहरु म मनमनमा गम्थे आहा ! मेरो इलाम कति राम्रो छ न त्यहाँ अक्करिला अजङ्गका पहाडहरु छन् न सुख्खा रुखा जमिनहरु अनि तत्कालै सोद्धथे गुरुमा इलाम पुग्नुभएको छ वहाँ भन्नहुन्थ्यो ूकति राम्रो छ । रसिलो छ इलाम । पानीको प्रचुरता छ ।ू हुन त आफू जन्मेको भूमि आफ्नो जननी कसलाई राम्रो नलाग्ला तीनधार्नीको गाउँ झुण्डेको भए पनि आफ्नै आमा राम्री भन्ने उखानै छ । वास्तवमा हो पनि त्यहाँका मान्छेहरुलाई सोध्यो भने त्यो रुकरुकाउँदो भीर पहरा पाखो नै राम्रो भन्लान् । यस्तै कुराहरु गर्दै वातचित मार्दै रमिता हेर्दै ३ः३५ मा पुगियो चितवनको बालकुमारी क्याम्पस क्याम्पसको आडैमा बस बिसाएर हाम्रो टोली छिर् यौँ बालकुमारीको गेट भित्र र भित्र प्रांगणमा गएर उभियो । क्याम्पस प्रमुखसँग सबैले आफ्नो परिचय दियौँ । अन्य सरहरु पनि आउनुभयो । क्याम्पस चीफले आउनुहोस् अफिसमा बसौँ भन्दै हिड्नु भो । २४ जना सरहरु उता लाग्नु भो । अरु सरहरु आएर हिँडौ अवलोकन गरौँ भन्दै अघि लाग्नु भो । गुरुमाहरु विषयसँग सम्बन्धित जानकारीका लागि एकातिर लाग्नुभो । हामी आठ दश जना पुस्तकालय द्यजः सम्बन्धि क्लास अवलोकन गर्न माथितिर चढ्यौँ । दमक बहुमुखी क्याम्पस भन्दा सानो ठाउँ तर व्यवस्थित रुपमा बनाइएका भव्य भवनहरु लाइब्रेरी साह्रै व्यवस्थित रहेछ । लाइब्रेरियन महिला कर्मचारीले देखाउनु भयो । प्रवेशकक्ष मै एउटा कम्प्युटर जडान गरिएको रहेछ । आफूलाई चाहेको सामग्री कम्प्युटर मार्फत पत्ता लगाउन सकिने रहेछ । सफा शान्त वातावरण अध्ययन कक्ष उज्यालो व्यवस्थित रहेछ । पुस्तकालय अध्ययन कक्षमा प्रशस्त प्रकाशका लागि पर्खालको धेरै भाग सिसा प्रयोग गरिएको रहेछ । चढ्ने र झर्ने सिढीँ दुईतर्पु बेग्ला बेग्लै भएको कारणले घुँइचो हुने सम्भावना नै रहनेछ । माथिल्लो तलामा द्यजः सम्बन्धी सम्पूर्ण सामग्री र संरचना तयार पारिएको रहेछ । झट्ट पस्दा एउटा छ क्तबच ज्यतभि मा पसे जस्तै भान हुने होटलको अग्रभागमा जसरी काउन्टर हुन्छ भित्तामा विभिन्न रङ्गी बिरङ्गी पेय पदार्थ हुन्छन् । चट्ट मिलेका कुसर्ी टेबल सर्भ गर्ने ठाउँ आदि इत्यादि अझ माथिल्लो तलामा बेड बिस्तारा क्गष्त चययु अर्को कोठामा केक बनाउने सामग्रीहरु क्लासहरुमा लहरै कुसर्ीहरु भित्तामा ठूला-ठूला ऐनाहरु अगाडि प्रस्तुती गर्दा पछाडि पनि देख्न सकियोस भन्ने हेयले ऐनाहरु जडान गरिएका हुन् रे । शिक्षकहरुका ँचभकक च्ययु द्यजः का क्तगमभलत का ऋजबलनष्लन चययु आदि इत्यादिि हेर्दै भवनहरु अवलोकन गरियो । भवनहरु निर्माण गर्दा अत्यन्तै वैज्ञानिक ढङ्गले निर्माण गरिएको रहेछ । सानो ठाउँमा दुई तिरको भवनलाई जोड्ने ठूलो फराकिलो पुलको निर्माण गरिएको रहेछ । चार बज्नै लागेकाले विद्यार्थीहरु निस्कने हुँदा सबै सरहरुसँग परिचय हुन अप्ठ्यारै थियो । समूहका साथीहरु कोही कता तिर कोही कतातिर पल्लो भवन गइएन । लेखा समितिको संयोजक तिर्थ दाईले क्यान्टिनमा हेर्न जाऔँ भन्नु भो । बबिता जी म र एकजना भाई त्यता लाग्यौँ । दाईले चिया र िसंगडा मगाउनु भएछ । क्यान्टिन साह्रै अव्यवस्थित रहेछ । लामो टहरा झ्याल नभएको भुइँमा बिछ्याएको मार्वल पनि कतै उप्किएको कुसी टेवल पुराना खस्ताहाल िसंगडा र चिया आयो । चिसो िसंगडा खान सकिएन साथीलाई दिए नाममात्रको चिया बलैले घुट्क्याए । २४ मान्छेहरु टेबलमा चिया पिउँदै गरेका अनुमान गरे सरहरु हुनुपर्छ । अलि पर टेबलमा दुई जना मान्छे निक्कै साहित्यबारे गफ गरिरहेका मनले मानेन नजिकै गएर परिचय गरे । हाँ कवि श्यामबहादुर भावुक भरतपुर क्यान्सर हस्पिटलका कर्मचारी हुनुहुँदो रहेछ । मैले आफ्नो परिचय दिए पश्चात महिला साहित्यकार बारे किताब लेख्दै गरेको झापाका २ जना महिला साहित्यकारको लेखिसकेको नाम पनि बताउनु भएको थियो । मेरो जानकारीमा नभएको दुईजना महिला साहित्यकारको नाम जे होस् यहाँ त कापी कलम निकालेर मेरो सातपुस्ते पो टिप्न थाल्नु भयो । वास्तवमा वहाँ साहित्यकार गोविन्दराज विनोदीलाई त्यही क्याम्पसका प्रोफेसर लाई भेट्न आउनुभएको रहेछ । वहाँ क्लासमा हुनुभएकोले क्यान्टिनमा साथीसँग बात मार्दै पर्खिरहनु भएको रहेछ । साथीहरुले बोलाउन थाल्नु भएकोले म फोन नं। मागेर बस तर्पु दौडिए जे होस् एक जना साहित्यकार भेट्दा मन प्रफुल्लित भयो तर अफशोच पनि लाग्यो कि क्याम्पसका बारेमा त्यहाँका क्याम्पस चिफको के कस्तो अभिव्यक्ति रह्यो त्यो कुरो छुट्यो । भूतपूर्व क्याम्पस चिफ हरी प्रसाद जयसवाल सरले सोध्नु पनि भो मेडम पर अफिसमा किन आउनुभएन मैले भने सर आउँदै थिए एकजना स्थानीय कविसँग भेट भयो र त्यतै भूलिए ।ू वहाँले हाँस्दै भन्नु भो ूए कविलाई कवि भेटे पछि के नै चाहियो र ूम नमुस्कुराई रहन सकिन । वास्तवमा हो पनि साहित्यकार कविहरुको स्वभाव विचित्रको हुन्छ । अक्षरको सम्बन्ध यस्तो हुन्छ कि चाहे पूर्वका हुन् वा पश्चिमका उत्तरका हुन वा दक्षिणका एउटै परिवारको सदस्य झै महसुस हुन्छ । 
क्रमश अर्को साता…।

कांग्रेस जातीय संघीयताको समर्थन गर्दैन - बाटैमा

गुरुराज घिमिरे नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति हुन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरका पूर्व स्ववियु सभापति समेत भइसकेका घिमिरे कांग्रेसका युवा नेताका रुपमा समेत परिचित छन् । प्रस्तुत छ उनीसँग बाटैमा गरिएको समसामयिक कुराकानी :
 के को सिलसिलामा झापा आउनु भएको हो ?
म पटक-पटक झापा आउने गरेकै हुँ । औपचारिक अनौपचारिक कार्यक्रममा पटक-पटक आउने गरेको छु । यस पटक भने पार्टी प्रशिक्षण कार्यक्रमको सिलसिलामा आएको हुँँ ।
कांग्रेसमा कार्यकर्तालाई प्रशिक्षणका कुरा विरलै हुन्छन् यसपटकको प्रशिक्षण विशेष के का लागि हो ?
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनले युवा पुस्तालाई स्थानीय देखि केन्द्र सम्म नै उल्लेख्य मात्रामा पुर् याएको छ । प्रशिक्षणले कार्यकर्ताहरुलाई ऊर्जाको रक्तसाचार गराउँदछ । जुनसुकै पार्टीको होस् । आन्तरिक रुपमा प्रशिक्षणले पार्टीको सिद्धान्त उद्देश्य लक्ष्य र कार्यकर्ताहरुको भूमिकाको विषयमा ज्ञात गराउने गर्दछ जिम्मेवारी अनुसारको भूमिका निर्वाह गराउँछ विषयवस्तुमा विज्ञ बनाउँछ । विशेष गरीकन जुनसुकै पार्टीका आन्तरिक प्रशिक्षणहरुले यिनै कुरामा महत्व राख्दछन् । र हाम्रो नेपाली कांग्रेसको अहिलेको प्रशिक्षणले पनि कार्यकर्ताहरुमा नयाँ उत्साह र जाँगर थपेको महसुस हामीले गरिरहेका छौँ ।

नेपाली कांग्रेस अझै पुरानै शैलीमा छ भन्ने आरोप छ नि युवा पुस्तालाई जिम्मेवारी दिइँदैन भन्ने आरोप पनि छ यहाँलाई कस्तो लाग्छ ?
पार्टी नेतृत्वले चाहेर वा नचाहेर हो युवा पुस्तालाई सम्बोधन गर्न नसकिरहेको साँचो हो । तर समयको चापले आफै युवा पुस्ता पार्टीमा आफै पनि स्थापित हुदैँ गएको अवस्था छ । पार्टी नेतृत्वमा अहिले पनि युवाको उपस्थिति उत्साह जनक मान्नु पर्छ । यो मात्रा समयसँगै अझै बढेर जान्छ । यो हामीले देखिरहेकै छौँ ।
अहिले देशको अवस्था कतातिर मोडिँदैछ ?
अहिले देशका हरेक गतिविधिमा युवाको सहभागिता उत्साहप्रद छैन । राजनीतिक रुपमा युवा शक्ति जुनरुपले सकि्रय हुनुपर्ने हो त्यस्तो पाइँदैन । यसको मुख्य कारण माओवादी नै हो । माओवादीको व्यवहारले समस्या ल्याइरहेको छ । ऊ १२ बुँदे समझदारी देखि अहिलेसम्मका सबै सहमतिर र सम्झौताहरुको कार्यान्वयनमा इमान्दार छैन । उसको धोकाधारी कपटपूर्ण व्यवहारले आफ्नै मात्रै अधिपत्य जमाउने कुचेष्टाले मुलुकलाई अँध्यारो गतितर्पु दोहोर् याइरहेको छ । माओवादी इमान्दार भइदिएको भए यो अवस्था आउँथेन । युवाहरुमा उत्साह जाग्ने थियो । माओवादीको चिन्तन अनुसार संविधान बनाउने उसको चाहना रहेको देखिन्छ । माओवादीले यो बिस्रन हुँदैन कि उसले विद्रोह गरेता पनि विद्रोह जितेर आएको होइन माओवादी सम्झौतामा आएको हो । उसले आफ्नो सशस्त्र युद्ध कालमा गरेको व्यवहार शैलीलाई उसको पार्टी नीतिलाई संविधानमा उतार्न खोजिरहेको छ । समस्या त्यहीँबाट बढी गाँजिएको छ ।
नयाँ संविधानको प्रसङ्ग उठ्यो राज्य पुनस्रंरचनामा नेपाली कांग्रेसको दृष्टिकोण स्पष्ट छैन भन्छन् नि ?
संघीयताको मुद्दा २०६२÷६३ को जनआन्दोलनमा उठेको होइन । यो मधेस आन्दोलनले ल्याएको हो । कांग्रेसले गोपालमान श्रेष्ठको नेतृत्वमा एउटा खाका पनि ल्यायो त्यसपछि अर्को खाका पनि कांग्रेस भित्रबाटै आयो । विवाद टुङ्गिएन । यो दुःखद विषय नै हो । यद्यपि विलम्ब नगरी शासकीय स्वरुप र संघीयता जो नयाँ संविधानका मूलभूत विषय हुन् । यिनीहरुको निचोडमा पुग्नु जरुरी छ । एउटा कुरा के स्पष्ट हो भने कांग्रेस जातिय संघीयताको समर्थन गर्दैन । विभिन्न जातजातिका धर्म संस्कृतिहरुको संरक्षण गर्दै राष्ट्रिय अखण्डतामा आँच नआउने गरी उत्थान र विकासका लागि पूर्ण अधिकारको ग्यारेण्टी गरिनुपर्छ । शिक्षा स्वास्थ्य र रोजगार मौलिक अधिकार भन्ने त नयाँ संविधानमा उल्लेख भएर नै आउनेछ ।
भातृ संगठन त्यसमा पनि नेविसंघको आन्तरिक विवाद जहिले चर्को रुपमा उठ्छ नि ?
यो दुःख लाग्दो कुरा हो । नेविसंघले जहिले पनि पार्टीमा नयाँ पुस्ताको प्रवेश गराउँछ । अहिलेको अवस्था नयाँ पुस्ताले कांग्रेसलाई पिठ फर्काएर बसको अवस्था छ । यो दुःख लाग्दो हो । यसलाई पार्टीले दीर्घकालीन समाधान गर्नुपर्छ । पार्टीले तुरुन्त भातृ सगठनहरुलाई पूर्णता दिएर महाधिवेशनको निश्चित गराउनुपर्छ । संगठनलाई ऊर्जा दिन पार्टी त्यो दिशामा लाग्नु पर्छ ।
प्रस्तुति : विष्णु पौडेल

यी शुभ सङ्केत हुन् - दोस्रो लेख

प्रविण बानियाँ
"पाप सधैं धुरीबाट कराउँछु" भन्थे बुढापाकाहरु साँचो रहेछ । आखिर त्यस्तै भयो यहाँ पनि । बहुचर्चित सुडान घोटलाका दोषीहरुलाई निकै पर्खाइ र चासोका माझबाट गत सोमबार मात्रै विशेष अदालतको फैसलाले यही उखानलाई चरितार्थ गरिदिएको छ । विशेषको उक्त फैसाला बाहिर आएपछि धेरैले त्यसलाई विशेषको ुसाहसिक निर्णयु भनेका छन् । कतिले त्यस फैसलालाई कानूनी राज्य स्थापनाको शुभ सङ्केत भनेका छन् । जे भए पनि पद र शक्तिको आडमा मनपरि गर्नेहरुलाई थर्कमान मात्रै तुल्याएको छैन कि धेरैले यो फैसलाबाट जिब्रो टोकेका छन् । उच्च पद र शक्ति केन्द्रमा भएकै कारण नेपाली जनताको पसिना र करबाट प्राप्त सम्पतिमाथि मानोमानि गर्नेहरुलाई पछिल्लो फैसालाले कानूनको कठघरामा उभ्याएको छ । त्यसैगरी आम जनताको मनोभावनालाई पनि यस फैसलाले सम्बोधन गर्ने काम गरेको छ ।
शक्तिको पहुँच भएकाहरुले जत्रै अपराध र भ्रष्टचार गरे पनि कानून नलाग्ने नजिरको स्थापना हुँदै गर्दा यो फैसालाले त्यस्तो प्रवृत्तिलाई ुब्रेक थ्रु गरेको छ । उसो त यो फैसालाबाट विशेष अदालते एउटा अर्काे महत्वपूर्ण त्रुटीलाई पनि सच्चयाएको छ । विगतका अधिकांश घटना र वस्तुस्थितीलाई हेर्दा यस्ता गतिविधिहरुमा तल्लो तहमा रहेकाहरुलाई गल्तीको सम्पूर्ण दोष थोपर्ने र माथिल्लो दर्जाका दोषीहरु चाहिँ सजिलै उम्कने प्रवृत्ति सायदै यो फैसलाबाट क्रमभङ्ग भएको छ । फाइदा चाहिँ माथिल्लो पदमा रहेकाहरुले लुट्ने अनि कानून चाहिँ शक्तिहिनहरुलाई लाग्ने अवस्था तोडिएको पनि छ । सुडान घोटला प्रकरणमा अरु ३१ जनाले सफाइ पाउनु यसैको उदाहरण हो । अर्थात् तल्लो तहका प्रहरी अधिकृतहरु यो प्रकरणबाट दोषमुक्त हुने अवसर पाउनु कानूनी विश्वसनियता र स्वागतयोग्य फैसाला हो भनि मान्नुपर्दछ ।
सुडान घोटलाको सवालमा आम सर्वसाधारणमा भने शक्तिसम्पन्न राजनीतिक नेतृत्वकै संलग्नता छ भन्ने लागेको थियो र छ पनि । नत्र यति ठूलो घोटला सम्भव हुने थिएन । तर गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी संगठन भन्दा माथिकाहरुको संलग्नताका बारेमा ठोस प्रमण भेटन् सकेन् । त्यसै अनुरुप अख्तिायारले प्रहरी संगठनका अधिकारी र केहि ठेकेदारहरुलाई मात्रै दोषी ठान्दै मुद्धा दायर गरेको थियो । यद्यपी सुडान घोटला प्रकरणमा एउटा ठूलो समूह नै तानिनु सामान्य थिएन । अर्कातर्फ त्यसैगरी घोटलाका मुद्धामा दुई-चार जनाले कार्वाही भोग्नुपर्ने अनि ३१-३१ जनाले सफाइ पाउने फैसला हुँदा यथेष्ठ प्रमाणहरु बिना नै आशङ्काकै भरमा धेरैमाथि मुद्धा चलाइनुले बाहिर भने केहि असहजताको महसुस गरायो । अतः यस फैसलाले कानूनी राज्य स्थापनाका लागि एउटा बलियो आधार भने तयार पारिदिएको छ ।
विगतमा अख्तियारले दायर गरेका अधिकांश मुद्धाहरुमा प्रायः असफलता व्यहोर्दै आइरहेको थियो । तर सुडान घोटला प्रकरणबाट भने अख्तियारले पनि आंशिक सफलता हात पारेको छ । यसले पनि अबका दिनमा अख्तियारको विश्वसनियता र सकि्रयतालाई राम्रै काम गर्नेमा कुनै शङ्का छैन । सुडान घोटला प्रकरणमा विशेषले करिब २८ करोड रुपियाँ घोटला भएको भन्दै नेपाल प्रहरी संगठनका पूर्व महानिरक्षक तत्र ओमविक्रम राणा हेमबहादुर गुरुङ्ग र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको हो । त्यस्तै गरी विशेषले घोटलामा बेलायती ठेकेदार माइकल राइडर र नेपालमा उनका एजेन्ट शम्भु भारतीलाई पनि कसुरदार ठहर्याएको छ । फैसलाले यी सबैबाट फरक-फरक बिगो रकम असुल्ने र जरिवना सहित जेल सजायको पनि फैसला गरेको छ । यो ऐतिहासिक फैसालबाट नेपालमा कहाँ कस्तो तह र तप्कामा पनि कतिसम्म भ्रष्टचार र आर्थिक घोटला हुँदारहेछन् भन्ने तथ्यलाई बाहिर निकालिदिएको छ ।
परन्तु सुडान घोटला नेपालका प्रतिनिधि घटना मात्रै हुन् । र अदालतको यो फैसला पनि प्रतिनिधी नै हो । समाजमा यस्ता अझै थुप्रै घटना बाहिर नआएका हुन सक्छन् । अझ यी भन्दा पनि ठूला घटनाहरु दमित भएका हुन सक्छन् । ठूलो कुरा त नेपाल सरकारले विदेशमा बन्दोबस्तीका सामाग्री खरिद गर्न भनि पठाएको रकममा त यति कहालीलाग्दो घोटला भयो भने देशभित्र सामान्य तह र तप्माका के कस्ता भ्रष्टचारहरु होला्न यसको जवाफले देश-विदेशमा पनि राम्रो सन्देश लगेको छैन् । उसो त यो फैसलाले नेपालमा गैर-कानूनी बाटोबाट सम्पति कमाउने र भ्रष्टचार गर्नेहरु सजिलै उम्किन नसक्दा रहेछन् भन्ने सुखद् स्थितीको पनि सिर्जना गरेको छ । यसबाट मुलुकमा थोरै नै भए पनि कानूनी राज्यको महसुस भएको छ भने यस्ता काम गर्नेहरुलाई निरुत्साहित पनि गरेको छ ।
बाबुराम भट्टराई नेतृत्वको सरकारले मुलुकको भ्रष्टचारलाई शून्यमा झार्ने उद्घोष गरे गरिरहेकै छन् । तर उनकै सरकार सायदै आजसम्मकै सबैभन्दा बढि आलोचित भइरहेको छ भ्रष्टचारका मुद्धाहरुमा । भ्रष्टचारमा शून्य सहनशीलताको अवधारणा अख्तियार गरेर अघि बढ्दै गर्दा उनकै बहालवाला मन्त्रिहरुबाट विकास तथा निर्माणका कार्यका पनि ुपि्रपेड घुसु मागिनु र खुलमखुल्ला भ्रष्टचार हुनु स्वीकार्य छँदै छैन् । यस्ता गतिविधि र प्रवृत्तिले स्वच्छ छवि भएका बाबुरामलाई ठिक त त्यसै पनि गर्दैन कि सँगै उनको समग्र कार्यकाललाई पनि कालो धब्बा लगाइदिने भय कायमै छ । बाबुराम सरकारका मन्त्रिहरु भ्रष्टचारका गतिविधीरुमा मुछिदै आउनुले कानूनी राज्यको सम्भावनालाई पनि पर सार्दै लगिरहेको छ । तसर्थ यो घडिमा प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घोष गरे जस्तै गरी व्यावहारमा पनि इमान्दार र प्रतिवद्ध भइ अघि बढ्ने सामाथ्र्य राख्नुपर्दछ ।
मुलुकमा व्याप्त भ्रष्टचार एकै ठाउँ र एकै तप्काम मात्रै छैन् । भ्रष्टचार चारैतिर व्याप्त छ । तल्लो तहदेखि माथिल्लो तहसम्म भ्रष्टचार झाँगिरहेको छ । खास गरी राजनीतिक तहबाट हुने र गरिने भ्रष्टचारहरुले समग्र भ्रष्टचारलाई बढवा दिइरहेको छ । पद र शक्तिमा भएकाहरुले जे गरे पनि कानून नलाग्ने नजिर बस्दै आएकै कारण मुलुक अच्चम्मै लाग्ने गरी भ्रष्टचारमा जाकिदै आइरहको छ । यहाँका राजनीतिक नेतृत्वहरुको आचरणमा सुधार नआउनु र नेतृत्व दिनदिनै विलाषी र पैसामुखी हुँदै जानुले अन्ततः उनीहरु भ्रष्टचारकै कित्तामा पुग्ने अवस्था विद्यमान छ । अर्कातर्फ भ्रष्टचार निराकरणका लागि मुलुकमा रहेका संवैधानिक निकायहरु प्रायः निस्क्रिय रहँदै आउनु समस्याको मूल चुरो हो । त्यसैगरी भ्रष्टचारका विषयमा हामीकहाँ कडा कानूनको व्यावस्था नहुनु र भएको कानूनको पनि सही पालना नहुनु अझ दुर्भाग्यपूर्ण छ ।
पूर्वमन्त्री चिरिाजवी वाग्लेलाई सर्वाेच्चले गरेको फैसाला कानूनी राज्यका लागि शुभ सङ्केत थियो । त्यस्तै सुडान घोटलाका दोषीहरुलाई पछिल्लो समयमा गरेको फैसला अर्काे शुभ सङ्केत हो । यस्ता प्रतिनिधि केही फैसलाहरुले भ्रष्टचार कम गर्ने सवालमा महत्वपूर्ण काम गरेका छन् । दोषीहरुलाई जेलमा जाक्दै लगिरहेको छ भने गर्ने र गरेर कानूनी दायरामा नआएकाहरुलाई थर्कमान बनाइरहेको छ । आगामी दिनहरुमा भ्रष्टचार सम्बन्धिका मुद्धा हेर्ने संवैधानिक निकायहरु थप सकि्रय हुने र दोषीहरुलाई हदैसम्मको कार्वाहीको फैसला गर्ने हो भने व्याप्त भ्रष्टाचार क्रमशः घट्दै जाने निश्चित छ ।
authorbaniy@gmail.com

िहंसा, शान्ति र सभ्यता - पहिलो लेख

नरपाति पाण्डे
समाजमा विकृतिले विकला¨ बढाउँदै छ । िहंसालु राजनीतिको तेजोवध हुन सकेन । सहमति सहकार्य र मेलमिलापको न्यूनतम आधार बनाएर प्रतिस्पर्धाको राजनीति स्थापित गर्न बैसठ्ठी-त्रिसठ्ठीको लोकतान्त्रिक आन्दोलनले अह्राएको थियो । बैसठ्ठीसम्म हुर्केको िहंसात्मक प्रतिरोधात्मक दमनात्मक र घृणात्मक संस्कारहरुलाई क्रमशः त्याग्न सरोकार पक्ष माझ विस्तृत शान्ति सम्झौता भएको थियो । सद्गुणको विकासका लागी िहंसा आतङ्क र भ्रमबाट पीडित नागरिकहरुले राजनीतिक रुपमा सबै राजनीतिक दलहरुलाई शासन सत्ताका लागी मतद्वारा अनुमोदन गरेका थिए । तर नागरिकको आशा माथि राजनैतिक भरोसा सहज बनेन ।
िहंसा मानव सभ्यताको क्रुर संस्कृति हो । पशुपन्छीहरुको वधलाई त ूपशु िहंसाू रोक्न मानव चेतना अगाडि बढेको छ भने मानिसलाई नै क्रुरतापूर्वक हत्या गर्ने समाजमा मानवीय संवेदनशीलता कहाँनेर विचरण होला । हत्या र िहंसाकेा औजार राजनीतिलाई बनाइरहाजेल समाजमा परिवर्तन दबेर बस्छ । अशिक्षा गरिबी अभाव पक्षपात र शोषण हट्न नसकेको समाजमा हत्या र िहंसा थपिदा समाज झन अ¨भ¨ हुन्छ । अहिले हाम्रो समाज यिहं स्थितिमा लम्पसार परेको छ ।
शान्तिको ढोकाबाट उदाएको अग्रगमनको शासन सत्ता भ्रान्ती भोगचलनमा मस्ताउँदै छ । गरिब समाज भएकेा मुलुकमा राजनीति क्रुर र निर्दयी हुँदोरहेछ । राजनीतिको रुप जात अनुहार वर्ग-वर्ण र नाता हुँदारहेनछ । क्रोध कुण्ठा र प्रतिशोध राजनीतिमा वर्णशङ्कर भएर मौलाए पछि सुसंस्कृति सभ्यताको नश्ल नै मासिन्छ । हाम्रो नेपाली समाजको सामाजिक भोगचलन यहीं अवस्थामा छ । आफैले जन्माएका बालबच्चा बाबु-आमाले हत्या गरेको बोक्सीको आरोपमा असहाय निरीह र पहुँचहीन महिलालाई जिउँदै जलाउने र मुलमुत्र खुवाउने घटना दिनानुदिन बढ्दै छन् । शान्ति र अमनचयनका लागी राज्यले व्यवस्था गरेको प्रहरी संयन्त्रका बरिष्टदेखि कनिष्ठले आºनै जहान परिवारको हत्या गर्ने अवैधधन्दामा संलग्न हुने दृष्य र घटनाहरुले सत्ताको शासकीय क्षमता ह्रासोन्मुख हुँदैछ । कानुन बनाइ नियमन गर्ने मुलुकको अखण्डताको रक्षा गर्ने प्रधानमन्त्री मन्त्री र राजनीतिक नेतृत्व आफै मुलुक कमजोर बनाउने बक्तव्यबाजी गर्न कत्ति पनि लाजशरम मान्दैनन् । अनि ूशान्ति र समृद्धिको लागी आºनो नेतृत्व आवश्यक छ ू भनेर सत्तालिप्साले विक्ष्ाप्त हुन पुग्छन् । के अनादर कु्ररता र िहंसात्मक मनोरोगबाट ग्रसित राजनीति व्यवहारबाट मुलुक अगाडि बढ्ला
िहंसाजन्य राजनीतिले कानुनलाई तुच्छ बनायो । सामाजिक रुपमा प्रचलित सद्भाव सहिष्णुता भातृत्व-बन्धुत्व आदि अपहरित भए । शक्तिका लागी पैसा र पैसाका लागी शक्ति जागेको छ । वर्गीय रुपमा रहेको थिचोमिचो शोषण पक्षपात र अपहेलनाको अवस्था झन गहिरिएकेा छ । िहंसाकेा विभीषाले वर्गीय असन्तुलन बढेको छ । अपराधिक राजनीतिको सहराले धनदौलत कमाउने र मोज गर्ने नयाँ संस्कारको विकास भएको छ । के यो प्रवृति अन्करण्ीय छ उदयमान पूस्ताहरुका लागी यस्तै हर्कतहरु गर्दै गए मुलुक समृद्धिमा रुपान्तरण होला नागरिकहरुले बुघ्न जरुरी छ । अपराध कलङ्क र कुलत राजनीतिगर्नेहरुको नभई नहुने योग्यतामा दर्ज हुन लागेको देखिन्छ । शान्ति स्थापनाको लागी सबै र¨ र रुपका राजनीतिक शक्तिहरुलाई सहज बनाइ दिएको शान्ति मार्गमा हिड्न किन यति धेरै दुष्कर्म
प्रतिस्पर्धा विज्ञानले प्रमाणित गरेको बैज्ञानिक बाटो हो । द्वन्दवादी दर्शनको मुल पक्ष प्रतिस्पर्धा हो । िहंसाले सामन्ती बिरासतको बाटो निर्देश गर्दछ । विश्वका समृद्ध र सुसंस्कृत मानव समाजहरु िहंसात्मक राजनीतिक वातावरण र परिवेशमा बनेका होइनन् । जातिय विखण्डन धार्मिक असहिष्णुता वैमनस्यता आदि कलङ्कहरु सभ्य समाजका अवरोधहरु हुन् । समाजलाई गतिहीन बनाउने अमानवीय व्यवहारहरु प्रतिगमन र पश्चगमनका औजारहरु हुन् । त्यसैले यस्ता प्रवृतिका पक्षहरु र व्यवहारहरु अहिलेको राजनीतिले त्याग्न सक्नु पर्दछ । सद्भाव र सहष्णिुतासहितको प्रतिस्पर्धाको बाटो समातेर मुलुकलाई नेतृत्व दिनुपर्दछ ।
नेपाली नागरिकहरुको उत्फुल्लताका दिनहरु कहिले आउला उदात्तचरित भएको राजनीतिक नेतृत्व र कार्यकर्ता निर्माण नभएसम्म हर्ष र शान्ति असम्भव छ । िहंसा त्यागेर सह्रदयी र विनम्रताको बाटोमा वर्तमान राजनीति डोहोर् याउन अगुवा नेताहरु लाग्न जरुरी छ । कानुनलाई शक्तिशाली बनाउन नेतृत्व अनुशासित बन्नु पर्दछ । राष्ट्र राष्ट्रियता र स्वाभिमानलाई साझा बनाएर मुलुकलाई पिरोल्ने अपराधिक प्रवृतिहरु हटाउन तदरुकता बढाउनु पर्दछ । शक्तिको हानथाप होइन शान्ति समृद्धि र सुन्दर सभ्यताका लागी राजनीतिक गतिशीलता मिलेरै बढाउनु पर्दछ । धन्नुकारी प्रवृतिले व्यक्ति तथा व्यक्तित्व कै क्षती पुर् याइ रहन्छ ।
लबखष्ललउघछ२नुबष्ि।अयु

कुटनीति सुधारको खाँचो - सम्पादकीय

भारतका लागि सरकारले राजदूतमा प्रस्ताव गरेको माओवादी नॆता राम कार्की पार्थ को एगि्रमो तीन महिना बितिसक्दा पनि स्वीकृत भएन । कुटनीतिक मर् यादामा कुनै पनि मुलुकले तीन महिना सम्म एगि्रमो स्वीकृत नगरे राजदूतको हैसियतमा अस्वीकार गरेको अर्थ लाग्ने चलन छ । यसको अर्थ २०६५ मा प्रचण्ड नेतृत्वको सरकारले प्रुान्सका लागि राजदूत प्रस्ताव गर्दा व्यहोरेकै नियति नेता कार्कीका लागि दोहोरिएको छ । उसो त माओवादी पार्टी भित्र अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईका विश्वास पात्रका रुपमा परिचित नेता हुन् कार्की । जो वौद्धिक तर्कका लागि पार्टीमा पनि कहलिएका छन् भने उनले लिम्बुवान राज्य समितिको इन्चार्जका रुपमा समेत कुशलतापूर्वक पार्टी जिम्मेवारी सम्हालेका निर्वाचनमा उमेद्वारी नदिएका र स्वच्छ व्यक्तित्वका धनी मानिन्छन् कार्की । तथापि माओवादी पार्टी प्रति हेर्ने भारतीय दृष्टिकोणमा कुनै तुष छ भने वा कार्कीले भारतको गोर्खाल्याण्ड आन्दोलनमा भूमिका खेलेको जस्ता अघोषित आरोपहरु लागेकै कारण उनको नाम अस्वीकृत हुनुलाई भारतको नेपाललाई हेर्ने दृष्टिकोणमा समस्या चाँहि स्पष्ट देखिन्छ । प्रुान्सले ३ वर्ष अघि पनि कार्कीलाई कुनै कारण खोलेर त विरोध गर्न सकेन तर स्पष्ट के देखियो भने उनलाई राजदूत स्वीकार गर्न भने प्रुान्स इच्छुक भने देखिएन । यी तमाम कारणहरुबाट एउटा सन्देश मिलेको छ त्यो हो नेपालको परराष्ट्र नीतिमा कमजोरी छ । अथवा छिमेकी मुलुकहरुले पत्याउन लायक बन्न सकेको छैन ।
नेपाल सरकारले विधि पुर् याएर प्रस्ताव गरेका व्यक्तिलाई कुटनीतिक मर् यादाका आधारमा जुनसुकै मुलुकहरुले स्वीकार गर्नु पर्ने नियम अन्तराष्ट्रिय कुटनीतिक अभ्यासको पक्षमा हुने देखिन्छ । तथापि नेपाल र नेपालको कुटनीतिक अस्पष्टताका कारणबाट पटक-पटक यस्ता समस्याहरु देखिँदै आएका छन् । नेपालको इतिहासमा २०४८ सालको गिरिजाप्रसाद कोइरालाको निर्वाचित सरकारले चक्रप्रसाद बास्तोलालाई भारतको राजदूतमा नियुक्त गरेको समयमा पनि एगि्रमो अस्वीकृत भएको थियो । यसर्थ नेपाल सरकारले आफ्नो स्वतन्त्र हैसियतबाट गरेका निर्णय प्रकि्रयालाई कुटनीतिक ढङ्गले उपहास गर्ने भारतीय सामाथ्र्यलाई कुरा नबुझी झटारो हान्नु भन्दा पनि नेपाली कुटनीतिक अभ्यासमै देखिएका समस्या र अस्पष्टताहरुलाई आजैका दिनदेखि चिरेर जान सक्नु नेपाली महानता हुने छ । यति कै कारण भारत वा अन्य कुनै मुलुकसँगको सम्बन्धलाई चिस्याउनु भन्दा अरुले विश्वास गर्न र पत्याउन सक्ने स्पष्ट कुटनीति नेपालको हित र सम्मानका लागि अत्यावश्यक भइसकेको छ । यस तर्फ नेपालका सबै राजनीतिक दल र कुटनीतिका क्षेत्रमा अनुभव संगालेका व्यक्तित्वहरुले ध्यान दिन जरुरी छ ।