दुधे बजारमा पद विभाजन

दुधे, माघ २९/ दुधे बजार विकास समितिको पद विभाजन गरिएको छ । गत माघ २१ गते भएको भेलाबाट सर्वसम्मत निर्वाचित समितिका अध्यक्ष शिवकुमार याङ्याको अध्यक्षतामा भएको बैठकले विभिन्न पदहरुमा निर्वाचित सदस्यहरुबाट पद विभाजन गरेको हो ।
जस अनुसार महासचिवमा इन्द्रदेव पाठक उपाध्यक्षमा ज्ञानेन्द्र तुम्बाफो सचिवमा पशुपति र कोषाध्यक्षमा दुर्गाप्रसाद भट्टराई रहेका छन् । यसैबीच समितिले शनिबारदेखि दुधे बजारलाई व्यवस्थित बनाउन पहल थालेको छ । सडक क्षेत्रमा अव्यवस्थित रुपले रहेका पसलहरुलाई व्यवस्थित ठाउँमा स्थानान्तरण गर्नेक्रम सुरु गरेको हो । समितिले ट्याक्सी तथा बसस्टेण्डलाई समेत व्यवस्थित गरी सडक क्षेत्रमा रहेका रुखका हाँगा काट्ने र सफा गर्ने काम सुरु गरेको अध्यक्ष याङ्याले बताए ।

0 प्रतिकृया:

Post a Comment