हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

संविधानसभाको म्याद थप्ने कानुनी बाटो बन्द – मुख्य समाचार

काठमाडौ, चैत्र १६/सर्वोच्च अदालतले संविधानसभाको म्याद थपसम्बन्धी फैसला पुनरावलोकनका लागि सरकारले दर्ता गराएको निवेदन दरपिठ गर्ने प्रशासनको फैसलालाई सदर गरेको छ ।
यससँगै अब म्याद थपसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोनकको कानुनी बाटो बन्द भएको छ । अदालतका न्यायाधीश कमलनारायण दासको एकल इजलासले बुधबार निवेदन दरपिठ गर्ने सर्वोच्च प्रशासनको फैसला कानुनसम्वत भएको ठहर गरेको हो ।
फैसलामा भनिएको छ–‘सह–रजिष्ट्रारबाट भएको दरपिठ आदेश कानुन, संविधानको धारा ११६ (२) र उल्लेखित प्रतिपादित सिद्धान्त समेतको अधिनमा रही गरिएको आदेश भएकाले सो लाई बदर गरी राख्नुपर्ने कारण नदेखिएकाले कानुन बमोजिम गर्नु ।’ रजिष्ट्रारबाट सह–रजिष्ट्रारलार्ए रीतपूर्वक अधिकार प्रत्यायोजन भएकाले अधिकार क्षेत्रात्मक त्रुटी नभएकाले कानुन विपरीत दरपिठ गरेको भन्दै अस्तुनिष्ठ आधार नदेखिएको फैसलामा उल्लेख छ । विशेष इजलासबाट भएको फैसला पुनरावलोक नहुने यसअघिको फैसला प्रतिपादित काननु सरह भइसकेको भन्दै पुनरावलोकनका लागि दर्ता भएको निवेदन त्यसविपरीत भएको फैसलामा उल्लेख छ ।
सर्वोच्चले गत मंसीर ९ गते आगामी जेठ १४ गतेसम्म संविधान जारी हुन नसके संविधानसभा स्वतः विघटन हुने फैसला सुनाएपछि आदेश पुनरावलोकन हुनुपर्ने माग गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई र संविधानसभा अध्यक्ष सुवास नेम्वाङले छुट्टाछुट्टै निवेदन दायर गरेका थिए । तर, सर्वोच्चका सह–रजिस्ट्रार नहकुल सुवेदीले दुबै निवेदन गत पुस १२ गते दरपीठ (निबेदन दर्ता गर्न नमान्नु) गरेका थिए ।
सर्वोच्चले असीमित समयसम्म संबिधानसभाको म्याद लम्ब्याउन नपाइने र जारी म्याद सकिएपछि नयाँ चुनाव वा जनमत संग्रहमा जानुपर्ने फैसला सुनाएको थियो । त्यस्तो फैसलाले कानुन संशोधन गर्ने संसद्को बिशेषाधिकार हनन् भएको भन्दै सरकार र संबिधानसभाले पुनरावलोकन निवेदन दिएका थिए । निवेदन दरपीठविरुद्ध प्रधानमन्त्री डा. भट्टराईले गत माघ १३ गते र संविधानसभा अध्यक्ष नेम्वाङले गत माघ १५ गते सर्वोच्चमा अर्को निवेदन दर्ता गराएका थिए ।

अब के हुन्छ ? – उपमुख्य समाचार

दलहरुले जतिसुकै म्याद थप्नु हुँदैन भनेर सार्वजनिक कार्यक्रममा भाषण गरेपनि प्राविधिक हिसाबले पनि जेठ १४ मा संबिधान जारी हुन सक्दैन भन्ने बुझेका छन् । शान्ति प्रकृया टुंगाउने र संविधानका धेरैजसो बिवाद मिलाएर केही मुख्य बिबादमा सहमतिका लागि जनतासँग थप समय माग्ने उनीहरुको दाऊ छ ।
संबिधान जारी भइहाले पनि त्यसको केही मिनेटमै सडकमा संबिधान जलाएर राजनीतिक मैदान बनाउन खोज्ने समूहहरु ढुकेर बसिरहेकाले पनि नेताहरु हतारमा संबिधान जारी गर्नुभन्दा पर्याप्त छलफल गर्नुपर्ने पक्षमै देखिएका छन् । तर अहिले नै त्यसो भन्दा जनताको आक्रोशको सिकार भइने डरले उनीहरु जेठ १४ आउनै लाग्दा त्यस्तो वातावरण बनाएर म्याद थप्ने दाउमा छन् ।
तर सर्वोच्चको फैसलाले संबिधानसभाको म्याद थप्ने कानुनी आधार समाप्त गरिदिएपनि नेताहरु आत्तिएका छैनन् । राजनीतिक निर्णयका आधारमा निर्णय गरेरै भएपनि सर्वोच्च आदेशलाई लत्याउन सकिनेमा उनीहरु बिश्वस्त देखिन्छन् । तर तत्कालका लागि भने उनीहरुले म्याद थप्ने भन्दापनि जेठ १४ मै संबिधान जारी हुनुपर्ने भन्दै म्याद थपको बिषय सोच्न पनि नसक्ने बताउँछन् ।

लिम्बुवान नस्वीकारे अस्तित्व स्वीकारिन्न : लिङ्देन

दमक, चैत्र १६/मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले लिम्बूवानको अस्तित्व नस्वीकार्ने र भूमी टुक्र्याउन खोज्नेहरुको अस्तित्व नस्वीकारिने चेतावनी दिएका छन् ।

बुधबार झापाको दमकमा परिषद्को दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेले लिम्बुवानको अस्तित्व नस्वीकारेको र माओवादीले अरुणपूर्व ९ जिल्ला लिम्बुवान भूमी  टुक्राउन खोजेको आरोप लगाए । उनले निकट भविष्यमै ठूला भनिएका पार्टीहरु कागज जस्तै धुजा–धुजा हुने समेत दाबी गरे ।
राज्य पुनर्संरचना आयोग र संविधानसभाको राज्यपुनर्संरचना समितिले समेत लिम्बुवान राज्यको खाका प्रस्तुत गरिसकेको अवस्थामा ठूला भनिएका दलहरुले लिम्बूवान राज्य अस्वीकार गर्नु बेठीक रहेको भन्दै लिम्बुवानवासीले त्यसको मूल्याङ्कन गर्ने बताए । ठूला राजनीतिक दलहरुले सीमित स्वार्थ प्राप्तिको लागि मात्र संघीयताको कुरा सारेको आरोप लगाउँदै लिम्बुवान बाहेक अरु कसैले पनि संघीय राज्य स्थापना गर्न नसक्ने दाबी गरे ।
कार्यक्रममा परिषद्का अर्थसचिव सुरेन्द्र निङ्लेकु, महिला विभाग प्रमुख शान्ता योङहाङ, राम चेम्जोङ, भानु भट्टराई लगायतका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले लिम्बुवान एकात्मकवादी सत्ताबाट मुक्त हुन सबै लिम्बुवानवासीका लागि आवश्यक रहेको तर्क राखेका थिए ।
कार्यक्रमकाबीच विभिन्न सांगीतिक मनोरञ्जन, गीत, नृत्य समेत प्रस्तुत गरिएको थियो । परिषद्का दमक नगर इन्चार्ज मोहन बेघाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाको सञ्चालन रहेको थियो । यसैबीच नगर भरीका १ सय प्रतिनिधि र २ सय पर्यवेक्षक गरी कूल ३ सय जना सम्मिलित सम्मेलनको बन्दसत्र बुधबार साझबाटै दमकस्थित मारवाडी सेवा समितिको हलमा सुरु भएको इन्चार्ज बेघाले जानकारी दिएका छन् । बन्द सत्रमा आर्थिक र सांगठानिक प्रतिवेदन पारित गर्ने तथा नयाँ नेतृत्व चयन हुने उनले बताए ।

आलु खेती किसानले बुझाए ज्ञापन पत्र

लखनपुर, चैत्र १६/लखनपुर–१ गुहेश्वरी मा दादे रोगका कारण बिज बृद्धिका लागि गरिएको आलुखेती असफल भएपछि चरणबद्ध आन्दोलन गर्दै आएका किसानहरुले बुधबार जिल्लाका बिभिन्न निकायमा ज्ञापन पत्र बुझाएका छन् ।
आलु विजबृद्धिको अगुवाई गरेको स्थानीय लगनशिल कृषि सहकारी संस्थाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ र शान्ति समितिमा किसानहरु क्षतिपूर्तिको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
दोश्रो चरणको आन्दोलन अन्तर्गत सरोकारवाला निकाय तथा कार्यालयहरुमा ज्ञापन पत्र बुझाइएको सहकारी संस्थाका अध्यक्ष डम्बर निरौलाले बताए । सो क्रममा सरकारी निकाय आलुबाली विकास कार्यक्रम खुमलटारबाट ल्याईएको बिउ रोपे पनि साढे ५ लाख क्षति भएकाले क्षतिपूर्ति उपलब्ध
गराईनुपर्ने किसानहरुले माग राखेका थिए । ज्ञापन पत्र बुझाउन सहकारी संस्था तथा आलु रोप्ने स्थानीय लगनशील र नमुना कृषक समूहका प्रतिनिधिहरु सहभागी थिए ।
१५ दिन भित्रमा पनि आफूहरुको माग सुनुवाई नभए तेश्रो चरणको आन्दोलन गरिने किसानहरुले चेतावनी दिएका छन्  । आन्दोलनको स्वरुप भने पछि नै निर्धारण गरिने अध्यक्ष निरौलाले बताए ।

महासंघको स्थापना दिवश

दमक, चैत्र १६/नेपाल पत्रकार महासंघले आज आफ्नो ५७ औं स्थापना दिवस मनाउँदै छ ।
महासंघको स्थापना दिवशकै अवसरमा अवसरमा आज महासंघ झापा शाखाले दमकमा एक कार्यक्रमका बीच एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार तथा पार्वता देवी पत्रकारिता प्रोत्साहन पुरस्कार समेत प्रदान गर्दैछ । पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापा शाखा अध्यक्ष गोपाल गड्तौला र प्रोत्साहन पुरस्कारबाट महासंघका पूर्व झापा अध्यक्ष माधव बिद्रोहीकी श्रीमती सञ्जु अधिकारी (भण्डारी) लाई पुरस्कृत गरिने कार्यक्रम रहेको जनाइएको छ ।

सो कार्यक्रम महासंघका केन्द्रीय सल्लाहकार पोषण केसीको प्रमुख आतिथ्यमा हुने तय भएको महासंघका झापा शाखा सचिव दिपेन वाला राईले जानकारी दिए । स्थापना दिवसकै अवसरमा राजधानी लगायत मुलुकभर प्रभातफेरिको कार्यक्रम राखेको छ ।

तरकारी खेतीबारे अन्तर्क्रिया

दमक, चैत्र १६/व्यवसायीक तरकारी खेती तथा रोग–प्रकोप नियन्त्रणका बारेमा बुधबार दमक–१९ मा अन्तत्र्रिmया सम्पन्न भएको छ ।
मेची सहकारी संस्थाको आयोजना र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेल, वागवानी विकास अधिकृत बद्रीप्रसाद पौडेल तथा प्रसार शाखाका दीपक गिरीले रोग नियन्त्रण, बाली प्रणाली लगायतका बारेमा जानकारी गराएका थिए ।
सहकारी संस्थाका कोषाध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  सहकारी संस्थाका सञ्चालक सदस्य पदम थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय कृषकहरुले तरकारी बालीमा लाग्ने बिभिन्न रोग तथा किरा नियन्त्रणका बारेमा बिभिन्न जिज्ञासा
राखेका थिए ।
कार्यक्रम संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले सञ्चालन गरेका थिए । संस्थाका सञ्चालक सदस्य धिरेन लाओती, युवा परिचालन संयोजक दीपेन्द्र पौडेलले संस्थाले कृषिको व्यवसायीकताका लागि सहयोग पु¥याउँदै आएको बताएका थिए ।
कार्यक्रममा स्थानीय अगुवा कृषकहरु सिंहबहादुर देवान, रामकुमार धिमाल, डम्बर खनाल लगायतले किसानले भोग्नु परेका बिभिन्न समस्या राखेका थिए ।

बजार समितिको निर्वाचन हुने

दुधे, चैत्र १६/ सतासीधामस्थित दुधे बजार विकास समितिको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा जाने निर्णय भएको छ ।
सर्वसम्मत रुपमा चयन भएको भनिएको सिंहबिर थाम्सुहाङ नेतृत्वको समितिमा प्रतिनिधित्व  गरेकाहरुलाई एमाओवादी, एमाले, राप्रपा सहित पाँचवटा दलले फिर्ता बोलाएका कारण राजिनामा दिएपछि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रियामा जाने निर्णय भएको हो ।
बुधबार सतासीधाम गाविसका सञ्चालक समिति अध्यक्ष छत्रबाबु ओझाको अध्यक्षता र सतासीधाम बहुमुखी क्याम्पसका प्रमुख गोपाल लक्समको प्रमुख आतिथ्यमा भएको विशेष साधारण सभाले सो निर्णय गरेको हो । सभाले क्याम्पस प्रमुख लक्समलाई निर्वाचन संयोजकमा चयन गरेको छ ।
सभाले समितिको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । निर्वाचनको मिति भने तय भइनसकेको जनाइएको छ । विकास समितिमा ३ सय ५० जना सदस्य (मतदाता) रहेका बताइएको छ ।

एकता प्रक्रियामा असन्तुष्टी

दमक, चैत्र १६/एकता प्रक्रियामा असन्तुष्टी लिम्बुवानजन्य चार संगठनबीच मंगलबार भएको एकता प्रक्रियाप्रति एक समूहले आपत्ति जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्को एक समूहले असहमति जनाएको हो ।
परिषद्का सदस्य तथा संघीय भोलेन्टीयर्स फोर्सका डेपुटी कमाण्डर डिल्ली मिभक, अर्थसचिव गजेन्द्र लावती सहितको समूहले बुधबार झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी अन्तर्गतको एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्का अध्यक्ष राजकुमार नाल्बोले पार्टीको निर्णय बिना नै अन्य पार्टीहरुमा गएर अस्तित्व बिलय गर्न खोजेको आरोप लगाए । उनीहरुले परिषद्को केन्द्रीय समितिका बहुमत पदाधिकारी एवम् सदस्यहरुसँग छलफल नै नगरी अध्यक्ष नाल्बोले एकता गरेको आरोप लगाए ।  उनीहरुले ७ दिन भित्र केन्द्रीय समितिको बैठकबाट पार्टी अध्यक्षले प्रक्रिया नपु¥याई गरेको एकता सम्बन्धी सहमतिबारे स्पष्टीकरण लिइने बताए ।
अर्का नेता तथा परिषद्का अर्थसचिव गजेन्द्र लावतीले आफूहरु लिम्बुवानजन्य संगठनहरुबीचको
एकता विरोधी नभएको तर्क गर्दै कुमार लिङ्देन, वीर नेम्बाङ लगायतले नेतृत्व गरेका विभिन्न लिम्बुवानजन्य संगठनहरुसँग अस्तित्व सहितको एकता, प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सो लाई ओझेल पार्ने गरी परिषद्का अध्यक्षले एकता गरी सो कार्य गरेको आरोप लगाए ।
मंगलबार बिर्तामोडमा सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्, मिसेकहाङ थाम्सुहाङ नेतृत्वको लिम्बुवान क्रान्तिकारी र परिषद् तथा सूर्य माखिम नेतृत्वको लिम्बुवान संगठनबीच एकता भएको घोषणा गरिएको थियो ।

स्वस्थ्यकर्मी संगठित

दमक, चैत्र १६/झापा दमकको आम्दा अस्पतालस्थित अखिल नेपाल जनस्वास्थ्यकर्मी संघको इकाई बुधबार पुनर्गठन गरिएको छ ।
पुनर्गठित समितिको अध्यक्षमा नरबहादुर पुलामी मगर चयन भएका छन् भने उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः हरि न्यौपाने, डम्बरप्रसाद दास, प्रेम पौडेल र लालबहादुर धिमाल छन् । त्यस्तै सदस्यहरुमा दिलीप भण्डारी, दिलीप राजवंशी, चन्द्र तामाङ र धनबहादुर बस्नेत चयन भएका छन् । समितिका सल्लाहकारहरुमा चन्द्र शाह र श्यामप्रसाद न्यौपाने चयन भएका छन् ।
संघका निवर्तमान अध्यक्ष चन्द्र शाहको अध्यक्षतामा सम्पन्न भेलामा एनेकपा माओवादी झापा क्षेत्र नम्बर ७ का इन्चार्ज गगनपुरी, नगर सेक्रेटरी नरहरि दाहाल ‘नकुल’, नेपाल राष्ट्रिय कर्मचारी महासंघका झापा अध्यक्ष पदम धिमाल र जनस्वास्थ्यकर्मी संघ झापाका अध्यक्ष शिव शाह लगायतको आतिथ्य रहेको थियो ।

‘समुदायको विकासमा केन्द्रीत छौँ’

चुलाचुली, चैत्र १६/ग्रामीण पुनःनिर्माण संस्था, नेपालका अध्यक्ष डा. अर्जुन कार्कीले दुर्गम समुदायका नागरिकहरुलाई हक अधिकार बारे सचेतना दिलाउन ‘हलकारा’ को भूमिका आफ्नो संस्थाले निर्वाह गर्दै सामाजिक विकासमा सहायता दिदै आएको बताए ।
अतिविकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय महासंघका संयोजक समेत रहेका डा. कार्कीले बुधबार इलामको चुलाचुलीमा उक्त गैर सरकारी संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रम बारे वडा नं. ६ र ७ का सर्वसाधारणहरुसित अन्तक्र्रिया गर्दै सो करा बताएका हुन् । उल्लेखनीय सर्वसाधारणको उपस्थिति रहेको उक्त अन्तक्र्रियामा डा. कार्कीले उक्त संस्थाले सहायता गरेका योजनाहरुको लागत खर्च, संस्थागत सहायता रकम समुदायको लगानी तथा उपलब्धि जस्ता बिषयमा चासो राखेका थिए । सर्वसाधारणले उक्त संस्थाद्वारा सञ्चालित कार्यक्रमहरुको निरन्तरताको माग गर्दै चाँजु खोलामा पक्की कल्भर्ट निर्माणमा सहायता समेत गर्न माग गरे ।
अन्तक्र्रियामा संस्थाका पूर्वाञ्चल क्षेत्रीय संयोजक उषा कोइराला, कार्यक्रम संयोजक कूलचन्द्र दाहाल, कोषाध्यक्ष हरि तामाङ, कर्मचारी केशव दाहाल, इलाम संयोजक रवी ज्ञवाली लगायतको उपस्थिति थियो ।
विगत डेढ वर्षदेखि उक्त संस्थाले चुलाचुली–६ र ७ को क्षेत्रलई ‘पकेट एरिया’ मान्दै स्थानीय विद्यालयको कक्षाकोठा, शौचालय बालविकास भवन, कल्भर्ट , सिचाई, सचेतना कक्षा, दुग्ध उत्पादन तथा प्रवद्र्धनका लागि गाई पालन र व्यवस्थापन, बंगुर पालन लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

मेची र कन्काई फाइनलमा भिड्दै – खेल समाचार

दमक, चैत्र १६/मेची बहुमुखी क्याम्पस भद्रपुर र कनकाई कलेज बिर्तामोड दमकमा जारी टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न दुई सेमिफाइनल खेलहरुमा मेचीले मोडल क्याम्पस दमकलाई ८ विकेट र कनकाईले कोहेड कलेज बिर्तामोडलाई ६ रनले हराउँदै फाइनल यात्रा पक्का गरेका हुन् ।
सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ्ग थालेको मोडलले खराब खेल्दै १८.३ ओभरमा ६३ रन मात्र जोड्न सफल भएको थियो भने मेचीका रितेश कामतीले ३ र प्रवेश कामतीले २ विकेट लिएका थिए । मेचीले ९.३ ओभरमा २ विकेटको क्षतिमा प्रवेश कामतीको २० रनको योगदानसँगै जित आफ्नो पक्षमा पारेको थियो ।
त्यस्तै बुधबारकै दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको कनकाईले १९.२ ओभरमा बनाएको ७१ रनको झिनो योगफललाई कोहेडले पूरै ओभर क्रिजमा रहेर पनि लक्ष्य भेट्न सकेन । प्रतियोगिताको फाइनल खेल तथा समापन समारोह शुक्रबार ११ बजेदेखि हुने प्रतियोगिता संयोजक सुवास काफ्लेले बताए ।

हिमाली जडिबुटीको व्यापारबाट मनग्य आम्दानी

गाईघाट, चैत्र १६/ हिमाली Ôेत्रका जिल्ला सङ्खुवासभा तथा माथिल्लो सगरमाथा Ôेत्रबाट उदयपुरमा हिमाली जडीबुटी व्यापार गर्न झर्ने गरेका हिमाली भेगका महिला तथा पुरुÈले उदयपुरलगायत आसपासका Ôेत्रमा आई जडीबुटी बिक्री गरेर राम्रो आर्थिक आम्दानी गर्ने गरेका छन् प्रत्येक वर्Èको मंसिर महिनाबाट जेठ–असार महिनासम्म पूर्वी हिमाली Ôेत्रका बासिन्दा हिमाली जडीबुटी बिक्री गर्न उदयपुरलगायत तराईका विभिन्न जिल्लामा झर्ने गरेको पाइन्छ । यसवर्È पनि सङ्खुवासभाका झन्डै ४० महिला उदयपुरको गाईघाट आसपास Ôेत्रमा आएर हिमाली जडीबुटी बिक्री गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।
सङ्खुवासभा ओलाङचुङ गोलाकी फूल्हामु शेर्पा विगत सात वर्Èदेखि निरन्तर गाईघाटमा हिमाली जडीबुटी बिक्री गर्दै आएकी छिन् । यसवर्È पनि शेर्पाले हालसम्म गाईघाट बजारमा हिमाली जडीबुटी बिक्री गरेर झन्डै रु एक लाख ५० हजार कमाई गरेको शेर्पा बताउ“छिन् । यस्तै ओलाङचुङगोलाकै अर्का व्यापारी मोयो डोल्मा नुचङ पनि यसपटकको जडीबुटी बिक्रीबाट आफू सन्तुष्ट रहेको बताउ“छिन् ।
घरबाट मंसिरमा नै छोराछोरी तथा श्रीमानसमेत छाडेर उदयपुर Ôेत्रमा जडीबुटी बिक्री गर्न आएको नुचङ भन्छिन्– तीन महिनाभित्र रु. एक लाखसम्म कमाई भइसकेको बताउ“छिन् । अब भने आफूहरु घर फर्कने पनि नुचुङको भनाइ छ । हिमाली भेगबाट तराईका विभिन्न जिल्लामा जडीबुटी बिक्री गर्दै व्यवसाय सञ्चालन गरेर परिवार तथा जीविका चलाउने हिमाली Ôेत्रका यी शेर्पा जाति उदयपुरको विभिन्न Ôेत्रमा लामो समयसम्म बस्ने गरेको पाइन्छ ।
यार्सा गुम्बा, याक्सिङमा, रमासिफल, सिलाजित, जिम्बु, हङचुर, पदमचाल नाम्लेको औषधी, चोङफिङ, बिकुमा, सिलटिम्बुर, पाखानबेदजस्ता जडीबुटीहरु रहेका छन् । यस्तै नीर, जेठीमधु, चुत्रो, मासिफल, काचोसिम्री, लाहा, हिङ, बतिसा, श्रृखण्ड, नुङरीजस्ता दुर्लभ औषधीसमेत यी हिमाली Ôेत्रका महिला तथा पुरुÈहरुले बिक्री गर्ने गरेका छन् । उदयपुर गाईघाटमा पनि बीसौ“जना औषधी तथा हिमाली जडीबुटी बिक्री गर्ने महिला निरन्तर सबै महिना यसरी नै औषधी तथा जडीबुटी बिक्री गर्ने पेसा अवलम्बन गर्दै आएको पाइन्छ ।

विश्व साइकलयात्री सम्मानित – प्रवास

कतार, चैत्र १६/ कतार साईकल फेडरेशनले आयोजना गरेको खाडीस्तरीय साईकल दौड प्रतियोगिताको अवसरमा विश्व साईकल यात्री सौरभ दाहाललाई भारी सम्मान गरेको छ । कतारको लुसेल ट्र्याकमा भएको खाडीस्तरीय साईकल दौड प्रतियोगितामा ४ देशका २० जना भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । गत शनिबार नेपाली समाजका अगुवा सागर नेपालले विश्व साईकल यात्री सौरभ दाहाल कतार आईसकेको जानकारी कतार साईकल फेडरेशनको कार्यालयमा गई जानकारी गराएपछि कतार साईकल फेडरेशनका जनरल सेक्रेटरी माजेद अहमद अल नायमीले दाहाललाई विशेÈ भेट र सम्मान गर्न बोलाएका हुन् ।

विश्व साईकल यात्रा अभियानको उद्देश्य के कारण्ँले गरिएको हो भनी नायमीले टेलिभिजन सञ्चारकर्मीको रोहवरमा सोधिएको प्रश्नमा सवै बालबालिकाले समान शिÔा पाउनुपर्छ, वातावरण्ँ स्वच्छ राख्न धुवा“ रहित साधन अर्थात् साईकल प्रयोग गर्नु पर्यावरण्ँ र स्वास्थ्य दुवैको लागि अति राम्रो हुने कारण्ँ बताएका थिए भने वुद्ध भारतमा जन्मिएको हो भन्ने भ्रामक दुस्प्रचार फैलाउ“दै आएकोमा त्यो भ्रम मेट्न पनि आफूले विश्व यात्राको अभियान चालेको खुलासा गरे । विश्व साईकल यात्राको अनुभव र आफूले बा“ड्दै हि“डेको सन्देश हरेक देशमा गएर अरुलाई दि“दा सन्देश कत्तिको प्रभावकारी रहेको छ त भन्ने प्रश्नको उत्तरमा दाहालले भने, मैले भ्रमण्ँ गरेको देशमा गएर सञ्चारकर्मी माझ सबैलाई मेरा भ्रमण्ँको उद्देश्यहरु बताएको हुनाले मेरो सन्देशलाई उनीहरुले राम्रो पÔको रुपमा लिएका छन् । विश्व भ्रमण्ँक्रममा त्यस्ता के कस्तो अप्ठ्यारो तथा झण्झट बेहोर्नु प¥यो ? नायमीको प्रश्नमा उनले बताए, पाकिस्तानको भ्रमण्ँक्रममा भारतीय सेनाहरुले गरेको सम्मान पत्र आफूस“ग भएकै कारण्ँले गर्दा पाकिस्तानीहरुले अपहरण्ँ गरी तीन दिन सम्म बन्दी बनाईएको घटना म कहिलै पनि भुल्न सक्दिन । पछि आङ्खनो यात्राको उद्देश्य बताएपछि उनीहरुले बन्दी मुक्त बनाएको कुरा सुनाएका थिए भने भारतमा साईकल चोरी भएको हुनाले त्यहा“ दुःख भोग्नु परेको तीतो पोखेका थिए ।
विश्व भ्रमण्ँको क्रममा कतार आएकोमा नायमीले खुशी जनाउ“दै हामी पनि यो यात्रालाई सहज बनाउन केही सहयोग गर्न चाहन्छौ“, बा“की देशको भ्रमण्ँको तयारी रहेको र त्यसको लागि त्यस्तो कस्तो सहयोग फेडरेशनले गर्न सक्छ त ? भन्ने प्रश्नमा दाहालले भने, विगत ४ वर्È देखि एउटै साईकल प्रयोग गर्दै आएको हुनाले आफूलाई लामो दुरी यात्राको लागि प्रयोग गरिने साईकलको खा“चो रहेको बताए भने बा“की खाडी राष्ट्रको भ्रमण्ँ गर्ने इच्छा व्यक्त गरेका थिए ।
विश्व साईकल यात्री दाहालको लागि पत्रकारस“गको रोहवरमा गरिएको उक्त कुराकानीको अवसरमा कतार साईकल फेडरेशनले पच्चीस सय अमेरिकी डलर साईकल खरिदार्थ दिने प्रतिबद्धता जनाएको छ भने विभिन्न खाडी राष्ट्रबाट सहभागी हुन आएका फेडरेशनका प्रतिनिधीहरुले पनि आ–आङ्खनो देशको भ्रमण्ँको लागि आफूले आर्थिक तथा अन्य Ôेत्रबाट भरमग्दुर सहयोग गर्ने आश्वाशन दि“दै याचनाको लागि जति सक्दो छिटो पत्राचार गर्न निर्देशन दिएका छन् ।

क्षतिग्रस्त भवन पुनर्निमाण भएन

उर्लाबारी, चैत्र १६//१० वर्षे जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीले आगजनी गरी क्षती ग्रस्त बनाएकोे मोरङको मधुमल्ला गाविस भवन अझै पुननिर्माण हुन सकेको छैन ।

२०६० साल असोज २४ गते आगजनी गरेपछि सो भवन प्रयोग विहीन अवस्थामा रहेको हो । २०२८ सालमा प्रधानपञ्च प्रेमबहादुर श्रेष्ठको पालामा निर्माण गरिएको दुई तल्लाको सो भवनमा १४ वटा कोठाहरु रहेका छन् । २०३२ सालमा कृष्ण कुमारको पालामा माथिल्लो तला थप गरिएको थियो । तल्लो तल्लाका पाँच वटा कोठामा भने अहिले साना किसान, हुलाक, अपाङ्गता लगायत सञ्चालन भएपनि अरु भने प्रयोग विहीन अवस्थामा रहेको गाविस सचिव चन्द्रप्रसाद पराजुलीले जानकारी दिए । यूएनएचसीआरले भुटानी प्रभावित क्षेत्रको विकासका लागि मधुमल्ला स्वास्थ्य चौकीको भवनमा गाविस सञ्चालन हुदै आएको छ, भने आफ्नो भवन पुनर्निर्माण चासो नदिएको स्थानीयबासी बताउँछन् । गाविसको भवन पुनर्निर्माण गरी सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्राविधिकहरुले जानकारी दिएकाले नयाँ भवन निर्माण कार्य भईरहेको गाविसले जनाएको छ । २०६४ साल माघ ४ गते तत्कालिन शान्ति तथा पुर्निर्नर्माण मन्त्री रकम चेम्जोङले शिलान्यास गरेका गरेका थिए । निर्माण कार्य सम्पन्न भई रङ्गरोगन लगायतका काम बाँकी रहेको छ ।

हैसियत गाविस कर नगरपालिका

उर्लाबारी, चैत्र १६/मोरङको नगरोन्मुख शहर उर्लाबारीसहित ४१ वटा गाविसहरुलाई नगरपालिका घोषणा गरे पनि कार्यान्वयन हुन नसके पनि घर जग्गा बिक्रीमा मालपोत कार्यालय बेलबारीले नगरपालिकाले लिने कर बराबरको रकम लिएपछि सर्वसाधारण मारमा परेका छन् ।
चालु आर्थिक वर्र्षको बजेट भाषणमार्फत घोषणा गरेको नगरपालिका कार्यान्वयन नभएपनि कर भने नगरपालिका सरह कै लिन थालेपछि सर्वसाधारण मारमा परेका हुन् । उर्लाबारी गाविसका पूर्व उपाध्यक्ष कुमार धिमालले मालपोतले जग्गा पास गर्दा दोब्बर कर लिएर उर्लाबारीबासीलाई दोहोरो मारमा पारेकोले त्यस विरुद्ध आफू जस्तो सुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताए । सबैको प्रतिनिधित्व गर्दै मालपोतले लिएको करका विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।
बारम्बार नगरपालिका कार्यान्वयन गर्न माग गर्दा पनि मन्त्री परिषद्ले अटेर गरेको उनको आरोप छ । नवघोषित उर्लाबारी नगरपालिका कार्यकारी अधिकृत मुरारी घिमिरेले घोषणा कार्यान्वयन नहुदै मालपोत कार्यालयले दोब्बर दस्तुर लिइरहेको स्वीकार गरे ।
अधिकृत घिमिरेका अनुसार उर्लाबारीलाई बजेट भने गाविस स्तरकै बजेट निकासा गरेको छ । तर मालपोत कार्यालय बेलबारीले भने घोषणा भएको मिति देखि नै नगरपालिका सरहको कर लिने माथिल्लो निकायवाट परिपत्र भएकोले तोकिए बमोजिम नै कर लिइरहेको जनाएको छ ।
उर्लाबारीका जनताले तिरेको करबाट ७५ प्रतिशत राजस्व स्थानीय उर्लाबारी क्षेत्रकै लागि छुट्टिने आश्वासन दिदै मालपोत कार्यालय भने आफू चोखो हुने प्रयासमा रहेको स्थानीयबासीको आरोप छ । सरकारले उर्लाबारीसहित मुलुक भरका ४१ वटा शहरलाई नगरपालिका घोषणा गरेपनि मन्त्री परिषद्बाट अझै पास हुन सकेको छैन ।

मुक्ति सेना भन्छन् – देशले चाँडै मुक्ति पाओस् – व्यक्ति वृत्त

धनवल राईलाई भारतीय सेनामा भर्ति, हुने र मनग्यै आम्दानी गर्ने ठूलै रहर थियो । १९७९ सालमा पाँचथरको रानीटार ८ बाँसबोटेमा जन्मेका उनी जवान हुँदा गाँउमा भारतीय सेनामा जाने युवाहरुको ताँती नै लाग्थ्यो । तर कतिपय युवा चाँहि तत्कालीन जहानिया राणा शासनका विरुद्ध गोल बद्ध हुँदै थिए । त्यसबेला राणा शाषक र उनीहरुका क्रुरताका विरुद्ध थाहै नपाई धनवल राई तत्कालीन मुक्ति सेनामा आवद्ध भए ।
आफ्ना नेता बिपी कोईरालालाई भेट्न उनी भारतको बनारस सम्म पुगे । बिपीबाट पाएको निर्देशन बमोजिम नै उनीहरु गाँउका युवाहरुलाई संगठित गर्थे र हतियार चलाउन सिक्थे ।
निभ्ने बेला चम्केको दियालो जस्तै थियो राणा शाषकहरुको दमन गाँउ गाँउमा । त्यसबेला उनी चाँहि भारतीय सेनामा भर्ति हुन भारत जाँदै थिए । तर एकजना नेताले उहाँलाई बाटै बाट फर्काए र मुक्तिसेनाको सदस्य बनाए ।

तत्कालीन मुक्ति सेनाले राणा शाषन विरुद्ध सशस्त्र आन्दोलन नै शुरु गरेको थियो । आधुनिक हतियारको पनि बन्दो बस्ति गरिएको थियो । त्यहि मुक्तिसेनामा लागेर २००७ सालमा ईलाम सदरमुकाम कब्जा गरेको उनलाई अझै सम्झना छ ।
२०१७ सालमा जननिर्वाचित सरकारलाई अपधस्त गरी राजा महेन्द्रले पञ्चायती व्यवस्था शुरु गरे पछि खुबै चर्कियो आन्दोलन । २०१८ सालको आन्दोलन गरे पछि नेपालमा बसी नसक्नु भयो, मुक्ति सेनाका सदस्यहरुलाई । त्यसैले उनी भारतको दार्जीलिङ तर्फ प्रवास पसे २०१८ सालमा । जवानीको १ चरण प्रवास तिरै बित्यो । जिउ ज्यानै बाजी लगाएर मुक्ती सेनामा भर्ना भएको धनबलको मन सधै पराई मुलुकमा अडिएन । मुक्ति सेनाको खोजी गर्ने क्रम अलि घटे पछि २०४१ साल तिर फेरि उनी आफ्नो परिवार सहित झापा तिर हानिए । झण्डै २८ हिउद बर्खा झापाको लखनपुर–३ मा बिती सक्यो । गाला चाउरीए, आखाँ धमिलो भैसक्यो तर यी आँखाले ऊ बेला आफूले सोचे जस्तो मुक्ति अझै नआएको उनको गुनासो छ । अझै किसानका खेतमा मलपानी नपुगेको, उपचार नपाएर गाँउका गरीब जनताले अकालमा ज्यान गुमाउनु परिरहेको खबर समाचार रेडियो, टेलिभिजनबाट थाहा पाउँछन् उनी । गहिरा डिलभित्र लुकेका आँखा तन्काउँदै भने–‘खै कसले पायो मुक्ति ? सबै नेताका घर ठडिएको मात्रै सुन्छु ।’
राणाहरुको क्रुरताको अन्त्य गरी जनतालाई अधिकार सम्पन्न बनाउन २००७ सालमा मुक्ति सेनामा लागेर आन्दोलन गर्दा भूमिगत नाम ज्ञानबहादुर भएका धनबल राईलाई राणा शासन, पञ्चायत शासन जस्ता एक तन्त्रीय शासन व्यवस्थामा परिवर्तन देख्न पाउँदा भने सन्तोक लागेको छ । उनलाई अब उनलाई एउटै चिन्ता छ अहिले देशमा चाँडै शान्ति आओस् ।
अहिलेका सरकार र नेताहरुले इतिहासको पटक्कै सम्मान नगरेको लागेको छ उनलाई । त्यसैले शरीरमा बरगत नभए पनि सरकार चलाउने नेताहरुलाई एक पटक भेट्ने धोको छ धनबल राईलाई । तर कुनै राहत र सहयोग माग्न होईन, देशको चिन्ता नगरेकोमा मुख भरिको गाली गर्न ।

कुटनीतिक मर्यादा विपरित राष्ट्रसंघ – दोस्रो लेख

डी.आर. आचार्य
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनको नेपाल भ्रमण्ँ स्थगित भएको समाचार सार्वजनिक भएस“गै आज देश पुनः एकपटक निहुरिएको छ, धेरै राष्ट्रवासीको मन दुखेको छ अनि लुम्बिनीवासी खिन्न र स्तब्ध भएका छन् । नेपालले लुम्बिनी भ्रमण्ँ वर्È–२०१२ मनाइरहेका समयमा उनको भ्रमण्ँले नेपालको अन्तर्राष्ट्रिय छवि उचो हुने आशा गरिरहेका बेलामा एकाएक भ्रमण्ँ स्थगनको समाचारले शान्तिमुखि पर्यटनमार्फत राष्ट्रिय अर्थतन्त्रको टेवा पु¥याउन सकिने आशामाथि तुÈारापात भएको छ ।
लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघमा गठित लुम्बिनी अन्तर्राष्ट्रिय विकास समितिको बैठकमा सहभागी हुन महासचिव मुन वैशाख १८ गते वुद्ध जन्मस्थल लुम्बिनी आउने निश्चित भएको थियो । बैठकमा नेपालसहित विश्वका सो समिति अन्तर्गतका १५ राष्ट्रका मन्त्रीस्तरीय प्रतिनिधि एवम् अन्य १४ वौद्ध राष्ट्रका पर्यवेÔक प्रतिनिधिका रुपमा सहभागी हुने तय भएको थियो । बैठक लुम्बिनीको विकासका लागि कोशेढुंगा सावित हुने र अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको विकासमा थप पहल हुने आशा धेरैले गरेका थिए । लुम्बिनी भ्रमण्ँ वर्È– २०१२ को समयमा राष्ट्रसंघीय महासचिव आउने खबरले लुम्बिनी भ्रमण्ँका स्थानीय समितिहरु पनि उत्साहित बनेका थिए । यसैबीच, मुनको आगमन अन्योल बनेको छ ।
भ्रमणका लागि उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको निमन्त्रण्ाँ स्वीकारिसकेका मुनलाई सरकारले पनि औपचारिक पत्र पठाइसकेको छ । समिति संयोजक माओवादी अध्यÔ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सदस्य कांग्रेस नेता मीनेन्द्र रिजाललगायतको कात्तिक २३ गतेको बानस“गको भेट (न्युयोर्क)ले मुनको भ्रमणका लागि मार्ग सहज बनाएको थियो ।
भ्रमण एकाएक रोकिएको भने होइन । निजी स्वार्थका लागि राष्ट्रिय प्रतिष्ठा दाउमा राख्न सक्ने होनहार ‘अधिकारकर्मी’का कारण्ँ भ्रमण रोकिएको हो । र, यसको कारक नेपाली कांग्रेस र नेकपा एमाले पनि हुन् । जतिखेर निश्चित भइसकेको मुनको ‘भ्रमण रोक्नुपर्छ’ भन्दै संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम र पत्रकार कनकमण्ँि दीÔितलगायतको टोली एमाले अध्यÔ झलनाथ खनाल हु“दै कांग्रेस सभापति सुशील कोइरालासम्म पुग्यो, जतिखेर एउटा व्यक्तिप्रतिको गैरभाव र राष्ट्रप्रतिको गैरजिम्मेवारपन विभिन्न लेख रचनामार्फत पत्रपत्रिकामा छताछुल्ल भए, त्यतिबेला ती दलले मौन समर्थन जनाइरहे ।
चीनिया प्रधानमन्त्री वेन जियाबाओको भ्रमण स्थगित हु“दा सरकारले राष्ट्रिय प्रतिष्ठा दाउमा राखेको देख्ने कांग्रेस, एमाले मुनको भ्रमण स्थगित गर्न आफैं लागिपरे । चीनिया सरकारप्रमुखको भ्रमण स्थगनलाई राष्ट्रिय अस्तित्वस“ग जोडेर तथानाम गाली गर्दै तहल्का मच्चाउनु र संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमण तोड्न समर्थन गर्नु, यो कति विडम्बनापूणर््ँ छ । बेनको भ्रमण स्थगनका सम्बन्धमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्मा प्रष्टीकरण्ँ दिनुपर्नेसम्मका आवाज उठेका थिए ।
महासचिव मुनका साथमा अन्य १४ राष्ट्रका मन्त्रीस्तरीय प्रतिनिधि पनि नेपाल आउ“दै थिए । यो सम्मेलनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीबारे विश्वजगतमा अझ स्पष्ट सन्देशमात्र दिने थिएन, भारतीय पुस्तक र पत्रपत्रिकामा छापि“दै आएका वुद्ध जन्मस्थलबारेका गलत टिप्पण्ँीलाई पनि विश्वसामु छर्लंग्याउ“दै थियो । तर, व्यक्तिगत स्वार्थका लागि राष्ट्रविरुद्ध जस्तोसुकै हर्कत गर्न सक्ने केही पात्रको क्रियाकलापलाई एमाले र कांग्रेसले मलजल गरे । आफूलाई भेट्न गएको टोलीलाई ‘मिति नै तय भइसकेको यसप्रकारको भ्रमण रोक्नु गलत हुन्छ’ भन्न ती दलका शीर्È नेताले सकेनन् बरु उल्टै थप ढाडस दिए र त्यहा“ राष्ट्रको बेइज्जती पनि देखेनन् ।
र, अधिकारकर्मीको खोल आढेर मत्त बनेका केही पात्रका कारण्ँ नेपालीले लज्जितमात्र बन्नुपरेको छैन, लुम्बिनीको माध्यमबाट समुन्नत राष्ट्र निर्माण्ँमा कम्मर कस्दै गरेकाहरुलाई खिन्न बनाएको छ । कूटनीतिक र आर्थिक रुपमा नेपालको हित नचाहनेहरुका कारण्ँ विकासमा सधैं अवरोध आइरहने त होइन, शंका बढेको छ ।
फेरि, नेपाल सरकारको औपचारिक निमन्त्रण्ाँ स्वीकार गर्दै कार्यक्रममा आउने मितिसमेत तय भइसकेको अवस्थामा कुनै दुई–चार व्यक्तिले ‘लबिङ’ गरेकै भरमा बिना कुनै कारण्ँ भ्रमण स्थगित गर्नु कूटनीतिक मर्यादाविपरीत हु“दैन र † ‘प्रचण्ड को हुन्’ र ‘लुम्बिनी के हो’ भन्ने कुरा दीÔित र गौतमलाई जति थाहा छ त्यो भन्दा कम अनभिज्ञ राष्ट्रसंघ छैन । यसर्थ, भ्रमणको मिति तय गर्नुअघि राष्ट्रसंघ कस्ता कार्यक्रम, बैठक या सम्मेलनमा भाग लिने र कस्तामा नलिने भन्ने विÈयमा स्पष्ट हु“दैन भने त्यो बालपन वा अपरिपक्वताबाहेक केही हुनसक्दैन । आङ्खनो कार्यादेश, Ôेत्राधिकार र सीमाबारे गैरजिम्मेवार बन्दै सदस्य राष्ट्रको प्रतिष्ठामा आ“च आउने गरी कुनै अप्िरय निणर््ँय गर्ने अधिकार राष्ट्रसंघलाई हु“दैन । त्यस्तो अवस्था आए सम्बन्धित राष्ट्रलाई चित्तबुझ्दो प्रस्टीकरण्ँ या आधिकारिक जवाफ नपठाउनु कूटनीतिक मर्यादाविपरीत हुनेमा दुई मत नहोला । राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि रोबर्ट पाइपरले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको धारण्ाँ नेपाल सरकारका लागि आधिकारिक जवाफ हुन सक्दैन ।
यद्यपि, कूटनीतिक मर्यादा उल्लंघन भएको यो नै पहिलो घटना भने होइन । भारत र अन्य विकसित राष्ट्र एवम् संस्थाका उच्च पदस्थ अधिकारीहरुले समय–समयमा गैरकूटनीतिक कार्य गर्दै आएका छन् । विदेशी उच्च पदस्थ अधिकारी एवम् कूटनीतिक नियोगका अधिकारी मन्त्रालय र बालुवाटार आउ“दा कूटनीतिक मर्यादा परिपालन नगरेको प्रधानमन्त्री भट्टराईको गुनासोले करिब दुई महिनाअघि सञ्चारमाध्यममा निक्कै ठाउ“ पाएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई नेपालका लागि तत्कालीन भारतीय राजदूत राकेश सूदले ट्राउजर र चप्पलमा भेटेका तस्वीर पनि सञ्चारमाध्यममा नछाएका होइनन् । तसर्थ, राष्ट्र र राष्ट्रियताका सवालमा नेताहरुले तत्काल ठोस नीति र दृढ संकल्प तय गर्न ढिलाइ गर्नुहु“दैन । मुलुकको प्रतिष्ठा र इज्जतमा आ“च आउने किसिमका कुनै पनि प्रस्तुतिविरुद्ध एक हुनु नै सच्चा राष्ट्रवाद हो । बैठकका नाममा हरेक दिन झगडा र हानाथापमा समय बिताउने नेताहरुले दुई मिनेटमात्र भए पनि यस विÈयमा छलफल गरुन् । आङ्खना नागरिकको आत्मसम्मान रÔाको शुरुवात नै राष्ट्रियता अभिवृद्धिका लागि सच्चा जागरण्ँ अभियान हुनेछ र त्यही नै विकासका लागि कोशेढुंगा पनि बन्नेछ ।

एस.एल.सी. समिक्षा र टिप्पणी – पहिलो लेख

टंक पाठक
२०६८ सालको एस.एल.सी. परीक्षा सकियो भने पनि हुन्छ । प्रत्येक वर्ष एस.एल.सी. परीक्षा आउनु केही दिन अगाडि देखि नै ठूला–ठूल होङ्गा मचाइन्छ । विद्यार्थीहरुलाई र अभिभावकहरुलाई त्रासैत्रासले मानसिक पीडा राज्य पक्षले ल्याइदिन्छ । अनि त्यो केशरमहलले पनि विद्यार्थीहरुले जङ्गलबाट गर्जदैँ गरेको बाघ आफ्नै अगाडि आए जस्तो महसुस गर्दछन् । प्रश्न पत्र विदेशमा छाप्ने, केन्द्राध्यक्ष, निरीक्षक र परीक्षार्थीलाई कार्यवाही गरिने, सुरक्षा निकाय कडा पारिने, परीक्षाका लागि मोटो रकम खर्च गर्ने र फलामे ढोका जस्ता होहल्ला राज्य पक्षले मच्चाउनु सम्बन्धित पक्षलाई त्रसित र आतङ्कित बनाउने गरिन्छ । कक्षा १,२ लगायत सबै तहको परीक्षालाई चाही कुन ढोका भन्ने ? उनीहरुको परीक्षाको चाही केही महत्व छैन र ? त्यो के वाँसको ढोका हो ? कक्षा–१० को मात्रै फलामे ढोका ? राज्य वा केशरमहलले हेर्दा र महत्व दिँदा एस.एल.सी. लाई मात्रै हो ? एस.एल.सी. मा त दश वर्ष पार गरेर विद्यार्थी पुगेका हुन्छन् । त्यो कक्षा १ मा एक वर्ष मात्र विद्यालयमा गएका हुन्छन् । झन् फण्डेशनलाई हेर्नु र महत्व दिन पर्ने होइन र ? अनि कतिपय शिक्षक मित्रहरु पनि एस.एल.सी. आउन पन्ध्र बीस दिन छ भन्दा सुपरीटेन्डेन्ट, भिजिटरका लागि शिक्षा कार्यालय, संघ संगठन, एन्टो, परिषद् र पहुँचवालासँग धाउने आफूलाई पायक पर्ने केन्द्रमा केन्द्राध्यक्ष बनाई माग्ने र भागवण्डा मिलाउने कार्य समेत भएको देखिन्छ । पायक पर्ने केन्द्र नभए नजाने पनि केही मित्रहरु छन् । त्यस भित्र पनि केही न केही त हुनै पर्छ । वर्षै पिच्छे विभिन्न जिल्लाहरुमा केन्द्र निर्धारण केन्द्र्राध्यक्ष निरीक्षक राख्ने प्रणाली आफ्नै तालका छन् । यसले गर्दा पनि संवद्ध पक्ष आतुर हुने गरेका छन् । त्यसमा पनि बढी मात्रामा परीक्षार्थीहरु । ठूला–ठूला स्वरले कराइन्छ परीक्षालाई व्यवस्थित र मर्यादित भनेर तर विशेष गरी झापा मोरङ जिल्ला बाहेक काही पनि त्यस्तो मर्यादित तरिकाले सञ्चालन गरेको पाइँदैन । यस पालि त सबैलाई थाहा भएकै होला परीक्षा कस्तो भयो भनेर । सिराहा, सप्तरी, धनुषा, महोत्तरीमा भन्नु हुन्छ भने पैसाको चलखेलमा लागेर केन्द्राध्यक्षहरु नै चिट चोराउने कार्यमा संलग्न भएका पाइन्छ । झापामा विद्यार्थी निष्कासन केन्द्राध्यक्ष र निरीक्षकलाई कार्यवाही गरेको यसपाली त्यति सुन्नमा आएन भने अरु जिल्लाहरुमा विद्यार्थी निष्कासन र केन्द्राध्यक्ष र निरीक्षकलाई कार्यवाही गरेको सुन्नमा आयो । धेरै स्थानमा गोली नै चले, झडप भयो, लाडी चार्ज भयो । सधैँ किन यसप्रकारको कार्यले प्रमुख स्थान पाउँछ ? यो हुनु पर्छ राज्यकै गलत प्रक्रिया र गलत नीतिकै उपज हो । सुरक्षाका लागि खटाएका प्रहरी द्वारासमेत केही जिल्लाका केन्द्रमा धमाधम चिट चोराइएको खबर समेत प्राप्त भएको पाइयो । झन् यसपाली त टेष्ट परीक्षा काही लिइएन भने परीक्षा लिइएका जिल्लाहरुमा डेक्स बेन्चलाई नै पास गराइयो । अनि एस.एल.सी. परीक्षामा घाटी निमोठ्ने कार्यको मजन गाइयो । यस पालीको यो परीक्षामा निजी विद्यालयहरु पनि अति सक्रिय भएको चर्चामा आयो । निजी विद्यालयहरुले शैक्षिक गुणस्तर कायम गर्न भरमजदुर प्रयासरत भएकै देखिन्छ नै । हुन त उनीहरुले व्यवसायिक सिद्धान्त अवलम्बन गरेका छन् । उनीहरुमा आपसी ठूलो होडबाजीको चलखेत चलिराखेकै छ । त्यो होडबाजी भइ नै राख्छ । त्यो खेल भएन भने भोली विद्यार्थी शुन्यमा झर्ने सम्भावना हुन्छ । त्यसैले यो परीक्षामा टेष्ट परीक्षा भए पनि कसैलाई फेल गर्न नपाइएकोले एस.एल.सी. राम्रो अङ्क नल्याउँदा र फेल हुनेको संख्या बढ्ने डरले होला निजी विद्यालयका जिम्मेवार पक्षको सक्रियता देखिनु । अर्को पक्ष एस.एल.सी. परीक्षा मर्यादित हुन नसक्नु शिक्षकहरुलाई दोष थुपार्नु शिक्षा प्रणाली भित्र सम्बन्धित निकायको छाडापन र लापर्वाहीले पनि हो । बुझ्नै भएको छ नि २०४६ साल पछि मात्र मात्र कति जना र शिक्षामा सुधार गर्ने थोपडा भएका शिक्षा मन्त्री आए । खाली मन्त्री हुन पाए भयो । न त शिक्षा नीति देश सुहाउँदो छ न त अनुगमन र मूल्याङ्कन गर्न सकेका छन् । व्यवसायिक, रोजगारमूलक र वैज्ञानिक पद्धतिको शिक्षा लागू गरेर प्रत्येक कक्षा र एस.एल.सी. परीक्षामा सृजनात्मक र मौलिक ढङ्गका प्रश्न पत्र तयार गर्नु र उत्तर सबै प्रयोगात्मक अनि मौलिक ढङ्गबाट लेख्ने काम भएको खण्डमा काही कतै केही चोर्नै पर्दैन । किताब दिए पनि के हुन्छ र ? नत्र भने एस.एल.सी. मा मात्रै होइन त्यसदेखि उच्च शिक्षामा चोर्ने बानीको विकास कायम रहन्छ । पढ्ने र पढाउने वातावरण पनि त्यति ठीक छैन । पास सबैलाई चाहिएको छ । किन नचोर्ने र नचोराउने ? अब त नियमावली परिवर्तन हुने कुरो छ । एस.एल.सी. सायद नहोला तर १२ कक्षालार्ई फाइनलको रुपमा लिँदा त्यहाँ पनि धाँधली हुँदैन भन्न सकिन्न । पुस्तक पसलेका अनुसार यसपाली गेस पेपर अरु साल भन्दा धेरै बिक्री भए अरे अब भन्नुहोस् परीक्षा कस्तो भयो होला ?

कांग्रेस संवेदनशील बन्नु पर्छ – सम्पादकीय

भातृ संगठनको आन्तरिक विवाद झेलिरहेको नेपाली कांग्रेस भित्र पुनः मत विभाजनको स्थिति सृजना हुने संकेत देखिएको छ । औपचारिक रुपमा पार्टी महाधिवेशन पछि कांग्रेस एक भएको साझा आवाज नारामय बनेकै हो । तथापि, संस्थापन पक्ष र देउवा पक्षमा व्यवहारिक रुपले विभाजित मानसिकतामै पार्टी चलिरहेको यथार्थ आम नेपाली जनतामा जानकारी भएकै हो । पटक–पटक विभिन्न विषयहरुले कांग्रेस भित्र समस्या उत्पन्न हुँदै आएका छन् । जसमध्ये भातृ संगठनहरुको विघटन र विघटन पछि तिनलाई पुनर्जिवित गर्ने विषय महत्वपूर्ण मुद्दाका रुपमा उठ्दै आएको छ । पार्टीको केन्द्रीय समिति देखि जिल्ला र गाउँ सम्म भातृ संगठनकै विवाद कांग्रेस भित्रको चर्को मुद्दा हो, सतहमा यही देखिएको छ । आन्तरिक कारण अरु नै हुन सक्छन्, तर वहस, असहमति र अमिल्दो परिस्थितिका लागि भने भातृ संगठनकै विषय प्रमुख देखिन्छ ।
पार्टी सभापति सुशील कोइरालाले नेपाली विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दल समेत तीन ओटा भातृ संगठन विघटन गरेसँगै पार्टी भित्र सुशुप्त रहँदै आएको दुई ओटा चरित्रले बाहिरी रुप लिएको देखिन्छ । त्यसयता विषयमा केन्द्रीत रहेर संस्थापन र देउवा पक्षका विभिन्न गतिविधिहरु देखिसकिएको । केही दिन अघि नेपाल विद्यार्थी संघको विघटित स्वरुपलाई सजीव गर्ने भनी १ सय १ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो । पार्टी कार्यालयको सूचना पार्टी भरेर नामावली टासिएको गम सुक्न नपाउँदै देउवा पक्षका २८ जना विद्यार्थी नेताहरुले सो समितिबाट राजीनामा दिएका छन् । यो ताजा विषय हो नेपाली कांग्रेस भित्र । राजीनामा दिएका उनीहरु हातमा दही जमाएर मात्रै पनि बसेका छैनन् । मंगलबार मात्रै राजधानीमा बसेका उनीहरुको बैठकले समानान्तर समिति गठन देखि मौजुदा समितिको सम्पर्क कार्यालयमा तालाबन्दी गर्ने सम्मका तयारी गरेको खुलासा भइसकेको अवस्था छ । तसर्थ, विकसित परिस्थितिहरुले नेपाली कांग्रेसको राजनीतिक वस्तुस्थितिमा कस्तो प्रभाव पार्छ ? यस विषयमा जिम्मेवार तहबाट गम्भीर विश्लेषण गर्न जरुरी छ ।
केही हप्ता अघि मुलुकभर जनजागरणको कार्यक्रम लिएर गाउँ पसेको कांग्रेसमा रहेका यस्ता मसिना ठानिएका कांग्रेसका अधिकांश कार्यकर्ताहरुमा यतिबेला पार्टी मिलेको हो वा विग्रहकै अवस्थामा छ ? भन्ने दोधारे बुझाई छ । २००७ सालमा क्रान्तिको विगुल फुकेर प्रजातन्त्रको पक्षमा जनलहर उराल्ने कांग्रेस २०६२÷०६३ को जनआन्दोलन यता कमजोर बन्दै आएको परिस्थिति छ । लोकतन्त्र र शान्ति पुनस्र्थापनाका लागि कांग्रेसले खेलेको भूमिकालाई समेत छायाँमा पार्ने किसिमका नकरात्मक गतिविधिहरु कांग्रेस भित्र हावी हुन खोजेको आलोचकहरुको संकेत छ । कांग्रेस आलोचकहरुको भनाईमा गर्व गरेर नकरात्मक दिशा तिर जाने हो भने लोकतान्त्रिक चरित्रको राजनीतिक पार्टीका हैसियतले उसले राज्यमा विद्यमान संकटको यो घडीमा मुलुक र जनताका पक्षमा सही कार्य नगरेको ठहर हुने छ । कांग्रेस युगीन परिवर्तनका र उपलब्धीका क्षणहरुमा थप सशक्त र एक ढिक्का भएर लाग्न सके मुलुकका अन्य दलले पनि लोकतन्त्रका लागि सही पाठ सिक्ने छन् । तसर्थ, लोकतन्त्रलाई संस्थागत गर्दै संघीयता, गणतन्त्र र धर्म निरपेक्ष नेपालको आगामी कार्यदिशा बोक्ने संविधान निर्माणतर्पm कांग्रेस संवेदनशील बन्नै पर्दछ । उपलब्धी फुटेर नभई जुटेर प्राप्त हुने हो । कांग्रेस भित्र यो सामान्य वास्तविकताको बोध हुन सके हालका आन्तरिक विवादहरु सुल्झन विलम्ब हुने छैन ।

भेटघाट र कार्वाहीमा व्यस्त प्रधानमन्त्री – मुख्य समाचार

सेना समायोजनको प्रक्रिया र खर्तबारे छलफल

काठमाडौ, चैत ११ /प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने साना सात राजनीतिक दलसँग शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका बारे शुक्रबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा सिंहदबारमा भएको सो छलफलमा प्रधानमन्त्री डा भट्टराईले राष्ट्रिय सहमतिको सरकार छिटो गठन गर्न आफूले प्रयास गरिरहेको बताएका थिए ।
‘उहाँले राष्ट्रिय सहमतिको सरकार गठनमा सफलता नमिले वर्तमान सरकारलाई पुनर्गठन गरेर भए पनि राष्ट्रिय सरकारको स्वरुप दिने प्रतिबद्धता जनाउनुभएको छ’ सभासद् बद्री न्यौपाने भने ।
बैठकमा नेकपा (एकीकृ) नेपाः राष्ट्रिय पार्टी, नेपाल परिवार दल, नेपाल लोकतान्त्रिक समाजवादी दल, जनमुक्ति पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी र समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका प्रतिनिधिहरुको सहभागिता थियो । यस्तै प्रधानमन्त्री भट्टराईले नेपाली सेनाका प्रधानसेनापति छत्रमान गुरुङसहित उच्च तहका पदाधिकारीसँग माओवादी लडाकूको समायोजनबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा माओवादी लडाकूको रेखदेख, पुनःस्र्थापना र समायोजनसम्बन्धी समितिले गरेको निर्णयबारे छलफल भएको थियो । छलफलमा सेनापति गुरुङ, अर्थमन्त्री वर्षमान पुन, माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल र सेना समायोजनसम्बन्धी सचिवालयका संयोजक बालानन्द शर्मा सहभागी थिए ।
छलफलपछि प्रवक्ता खनालले सेना समायोजनसम्बन्धी विशेष समितिले गरेको निर्णयलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको जानकारी दिए । छलफलमा सेनासमायोजनका लागि लाग्ने खर्च र समायोजनका प्रक्रियाका विविध पक्षबारे समेत विस्तृतरुपमा छलफल भएको बुझिएको छ ।
समायोजनका लागि माओवादी लडाकूका कमान्डर तथा नेपाली सेनासँग पनि अनौपचारिक तथा औपचारिक छलफल अगाडि बढाउने बिहीबार सेना समायोजन विशेष समितिमा भएको सहमतिअनुसार प्रधानमन्त्रीले शुक्रबार उनीहरुसँग छलफल गरेको हो ।
सेना समायोजन विशेष समितिको बिहीबारको बैठकले पाँच दिनभित्र सेना समायोजनको ठोस प्रस्ताव पेस गर्न सचिवालयलाई निर्देशन दिनाका साथै राजनीतिक दलहरूबीच गत कात्तिक १५ गते भएको सहमतिअनुसार समायोजनको काम अगाडि बढाउन ध्यानाकर्षण गराएको थियो । पाँच दिनभित्र समायोजन रोजेका नौ हजार ७ सय माओवादी लडाकूलाई पुनःस्र्थापना तथा स्वेच्छिक अवकाश रोज्न दिइने व्यवस्था समेत मिलाइने सचिवालयले जनाएको छ ।

श्रममन्त्री गिरी बर्खास्त, थापा नियुक्त – उपमुख्य समाचार

दुई राज्यमन्त्रीको सरुवा

काठमाण्डौ, चैत ११ /बैदेशिक रोजगार बिभागमा सुधारका काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउने श्रममन्त्री सरिता गिरीलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बर्खास्त गरेका थिए । दुई दिनअघि आफ्नै कार्यालयमा बोलाएर राजीनामा गर्न निर्देशन दिएपनि गिरीले राजीनामा दिनुको सट्टा उल्टै आफ्नो कदमको बचाउ गर्दै प्रचारबाजी गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री भट्टराईले गिरीलाई बर्खास्त गरेका हुन् ।
गिरीलाई बर्खास्त गरिएपछि उनको स्थानमा शुक्रबार नैै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह (एमएस) थापालाई श्रम तथा यातायात ब्यवस्था मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार दिउँसो नै राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सितलनिवासमा नव नियुत्त, श्रम तथा यातायातमन्त्री एमएस थपालाई सपथ खुवाएका छन् ।  यसअघि गिरीले हटाएका महानिर्देशक भट्टराईलाई पुनर्वहाली गरिने प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
गिरीले आफूलाई मन्त्रीबाट नहटाउन माओवादी अध्यक्ष प्रचण्डसँग गुहार माग्ने प्रयास गरेपनि त्यो सफल हुनसकेन । प्रचण्डका सहयोगीले भेट नमिलाइदिएपछि पद थमौती गर्ने उनको प्रयास बिफल भएको थियो  । यसैबीच मन्त्री र राज्यमन्त्रीबीच बिवाद भएका कारण मन्त्रालयको काममा असर परेपछि भुमिसुधार राज्यमन्त्री र पर्यटन राज्यमन्त्रीलाई सरुवा गरिएको छ । भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई पर्यटन राज्यमन्त्रीमा र हाल पर्यटन राज्यमन्त्री रहेका दिलीप महर्जनलाई भुमिसुधार राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । भुमिसुधारमन्त्री भीमप्रसाद गौतम र राज्यमन्त्री शाहबीच कर्मचारी सरुवाका बिषयमा बिबाद भएपछि राज्यमन्त्री साहलाई प्रधानमन्त्रीले स्पष्टीकरण साधेका थिए ।
यस्तै प्रधानमन्त्री भट्टराईले रिक्त संचार मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने प्रयास थालेका छन् । जेपी गुप्ता जेल परेपछि खालीरहेको सो पदमा नयाँ ब्यक्ति पठाउन फोरम गणतान्त्रिकका नेताहरुलाई आग्रह गरेको भएपनि उनीहरुले नाम दिन नसक्दा नियुक्तिमा ढिला
भएको बताइएको छ । यस्तै मदिरा सेवन गरेर बीर अस्पतालका कर्मचारीलाई दुब्र्यबहार गर्ने स्वास्थ्य राज्यमन्त्री सरोज यादवले कर्मचारीसँग माफी मागेपछि बिवाद मिल्ने भएको छ । दुवै पक्षबीचको छलफलमा एकअर्काका कमीकमजोरी स्वीकार गरिएपछि बिवाद साम्य हुन लागेको बताइएको छ ।

गजुरेलको नेतृत्वमा आन्दोलन

काठमाडौं, चैत ११ / एकीकृत नेकपा माओवादीको बैद्य पक्षले साना दलहरुसँग मिलेर आन्दोलनको घोषणा गरेको छ ।

माओवादी उपाध्यक्ष मोहन बैद्य किरण पक्ष र साना ११ दलद्धारा गठित राष्ट्रिय जनआन्दोलन समिति नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार चैत १८ गतेबाट जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा २ सय ४० वटै निर्वाचन क्षेत्रमा हस्ताक्षर अभियान आरम्भ गरिने छ भने २० गते विशेष भित्तेलेखन, २२ गते सबै संविधानसभा सदस्य–५९८ जनालाई जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा उभिन अपील गर्दै ज्ञापनपत्र बुझाउने र २४ गते सम्पूर्ण असमान सन्धिहरु जलाउने र राष्ट्रिय प्रतिरोध दिवस मनाउने रहेको छ ।
यस्तै २७ गते सबै निर्वाचन क्षेत्रमा जनगोष्ठी गर्ने, २९ गते मसाल जुलुस निकाल्ने र ३० गते संविधान सभाभित्र र बाहिर विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । माओवादी सचिव सीपी गजुरेल संयोजक रहेको राष्ट्रिय जनआन्दोलन समितिमा मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नागरिक पार्टी लगायतका दल सम्वद्ध छन् ।

दुर्घटनामा मृत्यु

सुरुङ्गा, चैत ११ /पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गामा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सुरुङ्गा–२ मा मे.१ प १४६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा मोरङको टाँडी बस्ने ५२ वर्षीय किरण राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा सख्त घाईते उनको उपचारका क्रममा कन्काई अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
यस्तै शुक्रबार धाईजन–६ स्थित मेचीराजमार्गमा भे.३प ३१७१ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीय ९ वर्षीया रितु तामाङ घाइते भएकी छन् । उनको स्थानीय पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सरकारी अधिकारीद्वारा ‘सेप’ अगुगमन

दमक, चैत ११ /दमकस्थित दमक बहुमुखी क्याम्पसमा सञ्चालित दोश्रो उच्च शिक्षा परियोजना–सेपको शुक्रबार उच्च सरकारी टोलीेले अनुगमन गरेको छ ।
विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.भोलानाथ पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवकुमार राई, शिक्षा मन्त्रालयका सचिव किशोर थापा लगायतको टोलीले परियोजनाका गतिविधिबारे अनुगमन गरेको हो । सो क्रममा टोलीले क्याम्पसको पुस्तकालय, प्रयोगशाला, बिभागीय कक्षाहरुको अनुगमन, परियोजनाका अवस्थाबारे जानकारी लिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सेप संयोजक राम थापाले परियोजना अन्तर्गत भइरहेका गतिविधिबारे जानकारी गराएका थिए । यस्तै सेप सचिवालय प्रमुख डिल्ली भट्टराईले श्रव्य–दृश्य सामाग्री मार्फत परियोजनाका उपलब्धीबारे प्रकाश पारेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख सन्तकुमार भगतले धन्यवाद ज्ञापन गरेका थिए ।
क्याम्पसको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको बनाउन सन् २०१४ जनवरीसम्ममा सकिने गरी परियोजना सञ्चालित छ । क्याम्पसले परियोजना सञ्चालनपछि ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ प्रमाण पत्र पाइसकेको छ ।

१ सय ५३ बालबालिका द्वन्द्व प्रभावित

धनकुटा, चैत ११ / दशवर्षे सशस्त्र द्वन्द्वमा जिल्लामा १ सय ५३ जना बालबालिकाहरू प्रभावित भएको एक सरकारी तथ्याङ्कले देखाएको छ । प्रभावित भएका बालबालिकाहरूमध्ये बाबुआमा गुमाएका र अपहरणमा परेकाको सख्या उल्लेख्य रहेको पाइएको छ ।
जिल्ला बाल कल्याण समितिले प्रकाशन गरेको धनकुटामा बालबालिकाको स्थिति प्रतिवेदन २०६८ मा सो कुरा उल्लेख छ । जिल्लाका ३५ गाविसमध्ये डाँडाबजार, पाख्रिबास, मुढेबास, कुरुलेतेनुपा, बुढीमोरङ, चानुवा, फाक्सिव र ताङ्खुवा गाविसमा द्वन्द्व प्रभावित बालबालिका रहेका छैनन् भने सबैभन्दा बढी मुगा गाविसमा २४ जना बालबालिका प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, जिल्लामा ९२ जना बालबालिकाहरू जोखिममा रहेका छन् । जोखिममा परेकाहरूमा अभिभावक तथा सहयोगी भएतापनि आर्थिक, सामाजिक र अन्य कारणबाट जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा रहेका बालबालिकाहरूमध्ये कुल ४ हजार ६ सय ५३ जनाको जन्मदर्ता गराएको पाइएको छ । यसमध्ये बालक २ हजार ५ सय १२ जना र बालिका २ हजार १ सय ४१ जना रहेका छन् । बालकको तुलनामा बालिकाहरूको जन्मदर्ता कम मात्रामा गरिएको पाइएको छ ।
जिल्लामा अपाङ्गता भएका बालबालिकाहरूको संख्या पनि उल्लेख्य रुपमा रहेको पाइएको छ । स्वास्थ्यसम्बन्धी पर्याप्त मात्रामा जानकारी नभएका कारण अपाङ्गता भएका बालबालिकाहरूमध्ये बढी जन्मजात अपाङ्ग रहेको पाइएको छ । हाल जिल्लामा ४ सय ८६ जना अपाङ्ग बालबालिकाहरू रहेका छन् ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको संरक्षणबाट बञ्चित गरिने छैन भनिएको भएपनि अपाङ्गता भएका बालबालिकाहरूलाई परिवारमा नै विभेद्पूर्ण व्यवहार हुने गरेको जिल्ला बाल अधिकार अधिकृत हरि दाहालले बताए ।

अबैध हतियार बरामद

ईटहरी, चैत ११ /सुनसरीको सिमरीयास्थित एक घरबाट प्रहरीले शुक्रबार बिभिन्न हतियार बरामद गरेको छ ।
सिमरीया–८ का सुदान चन्द्रवंशीको घरबाट इलाका प्रहरी कार्यालय दुहबीको टोलीले एक थान ग्क्ब् अटोमेटीक पेस्तोल, एकथान म्याग्जिन र कटुवा पेस्तोल एक थान तथा त्यसको ९ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सर्चका क्रममा सो घरबाट  खैरो रंगको धुलो पाउण्डर काजगमा वेरेको अवस्थामा ५० ग्राम, पहेलो रंगको धुलो
पाउडर १०० ग्राम, सेतो धुलो पाउडर ६० ग्राम, र  कानमा लगाउने सुनको २ थान टप, सुनको औठी २ थान तथा विभिन्न दरका नेपाली तथा भारतीय रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
शंकास्पद व्यक्तिहरु बसोबास गर्ने गरेको सूचनाका आधारमा सर्च गरिए पनि ति व्यक्तिहरु फेला नपरेको जनाइएको छ । घर धनी चन्द्रवंशीलाई भने अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँच जनालाई ह्वील चियर

दमक, चैत ११ /लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले शुक्रबार पाँच जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरेको छ ।
दमकस्थित होटल गेटवेमा आयोजित कार्यक्रममा तोपागछीका डिल्लीप्रसाद
खतिवडा, देवीप्रसाद चापागाँई, अर्जुन काफ्ले, निरकुमार श्रेष्ठ र सन्दिप श्रेष्ठलाई ति ह्वील चियर प्रदान गरिएको हो । क्लबका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णभक्त सुवेदी प्रमुख अतिथि रहेका थिए ।
सचिव नेत्र चौलागाँईले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु तिर्थनारायण श्रेष्ठ, पदम क्षेत्री लगायतले बोलेका थिए । यस अघि क्लबले २ जनाको मोतिया बिन्दूको निःशुल्क शल्यक्रिया तथा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

जग्गा नक्सा पास हुन छाड्यो

ताप्लेजुङ, चैत ११ /जिल्ला नापीकार्यालय ताप्लेजुङमा एमोनिया रोल सकिएपछि सर्वसाधारणले जग्गा जमिनको नक्सा पाउन छोडेका छन । नक्सा उतार्न प्रयोग गरिने एमोनिया रोल  सकिएकोले नक्सा उतार्ने काम प्रभावित भएको नापी कार्यालयका प्रमुख मानकुमार प्रधानले जानकारी दिए ।
एमोनिया रोल नेपालमा नपाइने र भारतबाट झिकाउनुपर्ने हुँदा आउन केही दिन समय लाग्ने बताइएको छ । बुधबारदेखि यस्तो समस्या खेपीरहेका सर्वसाधारणले  नक्सा पाउन अझै केही दिन पर्खनुपर्ने  प्रधानले  जानकारी दिए । नापी कार्यालयमा दैनिक जस्तो २० जनाको हाराहारीमा सर्वसाधारणहरु जग्गा जमिनको नक्सा लिन  आउने गरेका छन् ।

खुल्ला कविता प्रतियोगिता

केर्खा, चैत ११ /झापाको धरमपुरमा रहेको नवरङ्ग साहित्य प्रतिष्ठानले शुक्रबार तोपगाछीमा खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । दिवंगत साहित्यकार एवम् कार्यसमिति तत्कालिन सदस्य “पुनम सुब्बा”को स्मृतिमा कार्यक्रम गरिएको हो । प्रतियोगितामा विजय दंगाल प्रथम, कविता पौड्याल दोश्रो र नवराज दाहाल तृतीय भएका थिए ।
सुब्बाको स्मृतिमा प्रत्येक वर्ष खुल्ला कविता प्रतियोगितामा १० हजारको प्रारम्भिक अक्षयकोष समेत स्थापना गरिएको छ । अक्षयकोषलाई ५० हजार रुपैयाँको बनाउने जनाइएको छ । कार्यक्रममा साहित्यकारहरु सेलिङ्ग केसी, राजकुमार अनिश्चित, अशोक बस्नेत, प्रकाश बुढाथोकी, कैलाश थापामगर, उर्मिला तिम्सिना लगायतले रचना वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष अनिलदेव राईको सभापतित्वमा भएको कार्यक्रमा लोकगायक एल पी जोशी प्रमुखआतिथि रहेका थिए । प्रतिष्ठानका उपाध्यक्ष तेजेन्द्र घिमिरेको सञ्चालनमा भएको कार्यक्रमको संयोजन एलपी दाहालले गरेका थिए । स्वागत मन्तव्य विष्णु निरौलाले व्यक्त गरेका थिए ।

पर्यटन प्रवद्र्धनका लागि समिति

चुलाचुली, चैत ११ /चुलाचुली–९ स्थित शिखरकटेरी तथा अन्धाराजा दरबार क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले शिखरकटेरी अन्धाराजा ऐतिहासिक धार्मिक, पर्यटकीय क्षेत्र संरक्षण तथा विकास समिति सार्वजनिक गरिएको छ ।

समितिको आयोजना तथा पत्रकार मञ्च दमकका संयोजनमा शुक्रबार शिखरकटेरीमा आयोजित अन्तत्र्रिmयामा समिति तथा सल्लाहकार समिति सार्वजनिक गरिएको हो । संरक्षण तथा विकास समितिको अध्यक्षमा कमलप्रसाद भण्डारी, उपाध्यक्ष अमर राई, सचिव रामनाथ अचार्य, सह–सचिव रामचन्द्र भण्डारी र कोषाध्यक्षमा प्रकाश घिमिरे रहेका छन् । समितिका सदस्यहरुमा बुद्धिमान राई, बिष्णु राई, राजु मगर, ईन्द्रमायाँ दर्जी, तुलसा मगर, ललिता केसी लगायत रहेका छन् ।
यस्तै समितिका सल्लाहकारहरुमा पत्रकारहरु गञ्जबहादुर दाहाल, दिपेन वाला राई, डिकेश लामा तथा सङ्गीतकर्मी विशाल राई रहेका छन् । अन्तत्र्रिmयामा चुलाचुली गाविसका निवर्तमान गाविस अध्यक्ष ओमनारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पाखरेल लगायतले धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न सके स्थानीयबासीको आर्थिकस्तरमा समेत सुधार आउन सक्ने बताएका थिए ।
धार्मिक तथा ऐतिहासिक महत्व तथा पर्यटन प्रवद्र्धनको सम्भाव्यता भएर पनि शिखरकटेरी तथा अन्धाराजा दरवार क्षेत्र ओझेलमा परेको स्थानीय कञ्चन्जंघा सामुदायिक वनका अध्यक्ष नविनकुमार राईले बताए ।

कपडा कारोबार हुने स्थानको अनुगमन

बिर्तामोड, चैत ११ /आन्तरिक राजस्व कार्यालय, भद्रपुरले शुक्रबार झापाका बिभिन्न बजारहरुमा कपडाको कारोबार हुने स्थानहरुमा अनुगमन गरेको छ ।
कार्यालयका कर अधिकृत खगेन्द्र दाहाल, सन्तोष न्यौपाने र दीपक खड्काको नेतृत्वका टोलीले चन्द्रगढी, बिर्तामोड र धुलाबारी क्षेत्रमा सञ्चालित ३३ वटा टेलरिंग हाउस, कुर्तासलवार, साडी, पोलिस्टर, सिफन लगायतका टेक्सटाइल पसलहरुमा अनुगमन गरेको हो ।
सो क्रममा  ५ व्यवसायीलाई कारोवारको सीमा नाघेको आधारमा मूल्य अभिबृद्धि करमा दर्ता हुन आउने सूचना जारी गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले जानकारी दिए । यस्तै कानूनको पालना नगर्नेहरुबाट ६ हजार रुपैयाँ जरीवाना गरिएको छ ।

सतासीधाम प्लाष्टिकमुक्त

दुधे, चैत ११ /झापाको सतासीधामलाई आगामी बैशाख १ गतेबाट प्लाष्टिकका झोला मुक्त घोषणा गरिने भएको छ ।
शुक्रबार दुधेमा भएको सर्वपक्षीय भेलामा सो सहमति भएको हो । झापा उद्योग वाणिज्य संघ सतासीधाम शाखाको आयोजना भएको भेलामा सातामा एक दिन बजार बन्द गर्ने समेत सहमति भएको छ । सो सम्बन्धी निर्णय भने बजार व्यवस्थापन समितिले गर्ने जनाइएको छ । बन्द मुक्त क्षेत्र घोषणा गर्न भने स्थानीय राजनीतिक दलहरु सहमत हुन सकेनन् ।
संघ शाखाका कार्यवाहक अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका दुर्गेश योङ्हाङ्, नेपाली कांग्रेसका गाउँ सभापति पर्शुराम ढुङ्गाना, नेकपा एमालेका गाउँ अध्यक्ष धनबहादु थेवे, मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का भीमप्रसाद शेर्मा लगायतले बोलेका थिए । कोषाध्यक्ष कमलबहादुर दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव तेजु भट्टराईले सञ्चालन गरेका थिए ।
प्लाष्टिक झोला मुक्त अभियानको अनुगमनका लागि गाविस सचिव छत्रबाबु ओझाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ  । समितिमा वाणिज्य संघ सतासीधाम शाखाका कार्यवाहक अध्यक्ष अधिकारी, खुद्रा व्यापार संघका तर्फबाट चन्द्रप्रसाद खरेल, डुँडामारी बजार व्यवस्थापन समितिका कमलप्रसाद तामाङ, झिलझिले बजार व्यवस्थापन समितिका कालीबहादुर लिम्बू र माईधार बजार व्यवस्थापन समितिका कुमार गिरी सदस्य रहेका छन्  ।

राशप्रपाको वडा कमिटी

दमक, चैत ११ /राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी दमक वडा नं. १ मा वार्ड कमिटी गठन गरिएको छ ।
शुक्रबार सम्पन्न भेलाले कृष्ण कोइरालाको अध्यक्षतामा नौ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
गठित समितिका उपाध्यक्ष सुनकुमारी तामाङ, सचिवमा राजु राई, सहसचिवमा दुर्गाप्रसाद गोले र रुपा सुवेदी कोषाध्यक्ष रहेकी छिन् । सदस्यहरुमा राजु पौडेल, पुष्प खवास, संगीता श्रेष्ठ र माया राई रहेकी छिन् ।
सोही भेलाले शेरसिंह सुब्बा, रामबहादुर राई र बिमला गौतमलाई नगर प्रतिनिधिमा चयन गरेको छ । भेलामा पार्टीका जिल्ला सदस्य प्रविण चाम्लिङ, भिष्म भण्डारी र प्रकाश सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कन्काई क्वाटर फाईनलमा – खेल समाचार

दमक, चैत ११ /दमकमा जारी क्याम्पसस्तरीय क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा कन्काई क्याम्पस बिर्तामोड विजयी भएको छ ।
दमक बहुमुखी क्याम्पसमा सम्पन्न खेलमा प्रतिष्पर्धी काँकडभिट्टा क्याम्पसलाई ७ विकेटले पराजित गर्दै कन्काईले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । काँकडभिट्टाले दिएको १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको कन्काईले ९ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
कन्काईको जितमा मन्जिल विमलीले सर्वाधिक ६० रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काँकडभिट्टाले १७ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय १ रन बनायो । काँकडभिट्टाका लागि मनोज मैनालीले सर्वाधिक २३ रन बनाए ।
खेलको म्यान अफ द म्याच ३ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिएका कन्काईका सन्तोस घोष घोषित भए । प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा मोडल क्याम्पस दमक र कन्काई क्याम्पस सुरुङ्गा तथा दोश्रो खेलमा कोयेड क्याम्पस बिर्तामोड र उर्लाबारी बहुमुखी क्याम्पस प्रतिस्पर्धा गर्ने खेल संयोजक सुवास काफ्लेले जानकारी दिए ।

कविता

राजनीति खेल भ्रष्टलाई जेल

जयप्रसाद गुप्ता तिमीले जनताको जय
गर्छौ भन्दै जनताले चुनाउवमा भोट लाए
जनताको जय होइन आफ्नै जय ग¥यौ
जनघाती भ्रष्टाचारी आम कमार छाड्यौ

भ्रष्टचारको छिनो फानो अदालतमा भएको
गुप्तीचालले खाँदा पनि कस्तो चालपाएको
संसद भयौ मन्त्री भयौ भ्रष्ट ग¥यौ अत्ति
तिमी जस्ता भ्रष्ट संसद होलान्  अझै कत्ति

भ्रष्टाचारको आरोप पहिला होइन भन्दै गयौ
सर्वोच्चमा पुगे पछि भ्रष्टाचारी भयौ
भ्रष्टाचारी भयौ नेता पुग्यौ मामा घरमा
मन्त्री होइन जेलमा बस्ने रहेछ तिम्रो कर्म

जयप्रसाद गुप्ता तिम्रो नामको मात्र जय
भ्रष्टाचारी नेता मन्त्री तिम्रै साथी भए
जनता ढाट्यौ भ्रष्ट ग¥यौ आफ्नै खल्ती भ¥यौ
पाटीको र देशको बदनाम गर्न सम्म ग¥यौ

सुत्दा पनि सपनीमा पैसा गनी रहन्छ्यौ
मर्दा पनि धनसम्पत्ति साथै लिएर जान्छौ
जन्मे पछि एक दिन आउँछ मनुपर्ने दिन
धन सम्पत्ति जग्गा जमिन पाउने छैनौ सान
पुण्य प्रसाद भट्टराई
दमक–१८

 

 

 

आमा

आमाको ममताको लेखा छैन
आमा भन्दा ठूलो इश्वर होइन
आमा हाँस्दा दिशा खुल्छ
हृदय भित्र ईश्वर डुल्छ

सुपुत्रले नै आमा चिन्छ
सेवा गर्दै बाटो हिड्छ
आमाले खुवाइन दूधको घाटा
देखाई दिइन् विश्व सारा
सृष्टि अधिकारी
कक्षा – आठ
श्री सिंह देवी उच्च मा.वि.



घाम

उजेलीलाई साथै ल्यााउने
कति राम्रो घाम
घामसित शुरु हुन्छ
हाम्रो पनि काम

विद्यार्थीले पढ्ने लेख्ने
उजेलीमा हाँसो
आफ्नो–आफ्नो काम गरौ
मनमा माया गासौँ

अध्यारोलाई भगाई आउने
कति राम्रो जुन
मनको डर हटाइदिने
नबिर्से है गुन ।
सौगात न्यौपाने

ढड्डु मुसाको बकबक – कथा

विनय कसजू
कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउथेँः–“राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।”
ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न भ्याउन्नथी । माया निदाए पनि मैले कथा बीचैमा रोक्दिनथेँ । कोठामा मेरो कथा सुन्ने अरु पनि हुन्थे ।
मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा बस्थ्यो । मैले कथा सुनाउँदा ऊ मतिर फर्कन्थ्यो र बडो ध्यान दिएर सुन्थ्यो । पाटे भने कहिले ओछ्यानमाथि मायासँगै बस्थ्यो भने कहिले खाटमुनि गएर मुसालाई ढुकेर बस्थ्यो । तर कथा सुनाउन थालेपछि ऊ पनि हल्ला नगरी बस्थ्यो ।
एक दिन पानी परिरहेको थियो । अलिअलि जाडो थियो । मैले राजकुमार भ्यागुताको कथा सुनाउन थालेँ । तर कथा शुरु हुने बित्तिकै माया निदाइहाली । मलाई कथा सुनाउन अल्छी लाग्यो । मलाई पनि निँद लाग्यो ।
सपनामा पनि टाटे र पाटे दुवैले बडो ध्यान दिएर मेरो कथा सुनिरहेका थिए । मैले कथा भन्न छाडेको देखेर टाटे “कुइँ कुइँ” करायो । पाटे पनि खाटमुनिबाट निस्केर “म्याउँ म्याउँ” गर्न थाल्यो ।
“हुन्छ, हुन्छ । म कथा सुनाउँछु ।” मैले भनेँ । ती दुवै खुशी भए, र मतिर ध्यान दिएर हर्न थाले । मैले सुनाउन लागेको कथा तिनीहरुकै कथा थियोः
“यो घरमा आउँदा शुरुमा टाटे र पाटे खुबै झगडा गर्थे । एक अर्कालाई देखी सहँदैनथे । एक दिन टाटेको भागमा राखेको मासु पाटेले चोरेर खाइदियो ।”
“होइन यो कुरा झुटा हो । त्यो दिन मैले मासु चोरेको थिइन । मेरो भागमा पनि मासु थिएन । दुवैको भागको मासु ढड्डु मुसाले खाएको थियो । फ्वाक्कैमा ममाथि शंका गरेर टाटेले मलाई झम्टेको हो । यस्तो झुठो आरोप लाग्यो भने टाटेलाई पनि रिस उठ्छ । उठ्दैन त टाटे ?” अचानक पाटेले आफू निर्दाेष भएको कुरा सुनायो ।
“मलाई त तिमीमाथि नै शंका लागेको थियो । अहिलेसम्म पनि त्यो शंका मेटिएको छैन बुझ्यौ ।” टाटे कुकुरले पाटेको कुरा पूरै पत्याएको थिएन ।
“त्यसो भए त्यो ढड्डु मुसालाई सोध । सबै कुरा थाहा भइहाल्छ ।” पाटे बिरालोले भन्यो ।
उसको कुरा टुँगिन नपाउँदै दुलोबाट ढड्डु मुसा फुत्रुक्क बाहिर निस्क्यो । ऊ बिरालोसँग सतर्क हुँदै टेबुलमाथि पुग्यो र भन्न थाल्यो, “हो, हो । त्यो दिन तिमीहरुको भागको मासु सुटुक्क खाइदिएर तिमीहरुलाई लडाएको मैले नै हो ।” यति भन्दै ऊ मज्जाले हाँस्यो ।
“कस्तो बदमास रहेछ यो । आफूले मासु खाएर हामीलाई लडाउने ?” कुकुरले ठूलाठूला आँखाले ढड्डुतिर हेर्दै भन्यो । “त्यो दिन झण्डै हामी दुवैलाई घरपेटीले घरबाट निकालेको । रातभरि बाहिर बस्नुप¥यो । किन यस्तो बदामासी गरेको ?”
मुसा फेरि जोडले हाँस्यो । उसले कम्मरमा हात राख्दै भन्यो, “तिमीहरुलाई घरपेटीले यो घरबाट निकालेको भए त मलाई हाइसँचै हुन्थ्यो नि !”
मुसाको कुरा सुनेर मलाई रिस उठ्यो । “मेरो घरमा बसेर मेरै साथीहरुलाई तैँले धम्की दिने ? पख तँलाई ।” मैले भनेँ ।
मेरो कुरा सुनेर ढड्डु मुसा फेरि हाँस्यो । उसले भन्यो, “यो घर तिम्रो हो भन्ने भ्रममा रहेछौ तिमी । तिमी यो घरमा आएको कति वर्ष भयो भन त ? हामी त यहाँ पुस्तौँ पुस्तादेखि बस्दै आएका छौँ । वास्तवमा यो घरको मालिक हामी पो हौँ । तिमी त किराया तिरेर बसेका हौ ।”
उसको कुरा सुनेर कसलाई रिस नउठ्ला ? मैले भनेँ, “मेरै भान्छाको खानेकुरा, माछामासु चोरर मोटाएका छौ अझै मलाई नै आँखा तर्छाै ? धेरै फुर्ती लायौ भने तिम्रो पूरै वंशलाई धपाइ दिन्छु ।” “भो–भो धेरै धक्कु नलाऊ । सक्ने भए गरिसक्थ्यौ । बिरालो र कुकुरको मद्दत लिनु पर्दैनथ्यो ।” यति भनेर ढड्डु मुसा टेबुलबाट बुरुक्क उफ्रेर दुलोभित्र पस्यो । पाटेले झम्टन खोज्यो तर भेट्टाउन सकेन ।” ङ्यार्रर्रु गरेर रिस पोख्यो ।
कोठाभित्र धेरै हल्ला भएकोले मायाको निद्रा खुल्यो । उसले आँखा मिच्दै आफ्नो वरिपरि हेरी । मलाई कुर्सीमा बसेको देखेर उसले सोधी, “अनि त्यो राजकुमारीले भ्यागुतोलाई के गरी ? पूरै कथा सुनाउनुस् न ।”
“जहिले पनि त्यही भ्यागुतो राजकुमारको कथा कति सुन्ने ? नयाँ कथा छैन ?” दुलोभित्रबाट आवाज उही ढड्डु मुसाको आवाज आयो ।
ढड्डु मुसाको कुरा सुनेर माया छक्क परी । उसले भनी, “कस्तो बाठो मुसा रहेछ ! दुलोभित्र बसेर कथा सुन्दो रहेछ ।”
“मेरो छिमेकमा बस्ने मुसाहरुले टेलिभिजन हेर्छन् । यहाँ त कथा सुनेर चित्त बुझाउनु पर्छ । तर ठिकैछ । तिम्रा बालाई धेरै कथा भन्न आउने रहेछ । कथाले टेलिभिजनको धित मार्छ भने किन टेलिभिजन नै हेर्नु पर्यो र ? होइन त माया ?”
ढड्डु मुसाको चिप्लो कुरा सुनेर माया हाँसी । मेरो पनि रिस म¥यो । “तिमीलाई कस्तो कथा मनपर्छ ?” मायाले ढड्डु मुसासँग सोधी ।
“मलाई त मेरै कथा मन पर्छ नि । एउटा मुसाले कसरी जङ्गलको राजा सिंहलाई जोगायो भन्ने कथा तिमीले सुनेकी छौ ? अहिलेसम्म हामीले बिरालोको घाँटीमा घण्टी झुण्ड्याउन सकेका थिएनौँ । तर तिम्रो बुबाले त एक दिन मुसाहरु मिलेर कसरी बिरालोको घाँटीमा घण्टी बाँध्न सफल भयो भन्ने कथाहरु पनि सुनाउनु भयो । साँच्चै तिम्रो बुबाले मुसा राजा भएको अनि मुसाको छोरा युवराज भएको कथा सुनाउनु हुन्न ?”
ढड्डु मुसाको बठ्याइँ बल्ल मैले बुझेँ । मैले भनेँ, “अब तिमी राजा भएको, तिम्रो छोरा युवराज भएको सपना नदेख । त्यो जमाना गयो । अब सबै जना मिलेर बस्नुपर्छ बुझ्यौ ?”
“त्यसो भए मुसाले गल्ती गरेको र बिरालोले मुसालाई सजाय दिएको कथा पनि लेख्न छाड ।” डढ्डु मुसाले भन्यो ।
उसको कुरा सुनेर मलाई रिस उठ्यो, “कस्तो कथा लेख्ने कस्तो नलेख्ने भनेर तिमीले मलाई सिकाउने ? म त स्वाभिमानी लेखक हुँ । मनमा लागेको कथा लेख्छु । तिमीले अह्राएको कुरा लेख्छु र ?”
“ठिकै छ । तिमीले बाघ, भालु, चितुवाको कथा लेख्छौ भने हामीलाई पनि सुन्न कर छैन । जसको कथा हो उसैलाई सुनाऊ ।” भन्दै ढड्डु मुसा दुलोभित्र हरायो ।
हाम्रो कुरा मायाले मात्रै होइन टाटे र पाटेले पनि ध्यान दिएर सुनिरहेका थिए । मुसा हराएपछि मायाले भनी, “मुसाको कुरा ठिकै त हो नि बुवा । टाटेलाई कुकुरको कथा मन पर्छ, पाटेलाई बिरालोको कथा मनपर्छ । होइन त पाटे ?”
“त्यो त हो । तर मलाई मुसाले बिरालोलाई जितेको कथा पटक्कै मन पर्दैन ।” पाटेले भन्यो ।
उसको कुरा टुंगिन नपाउँदै टाटेले थप्यो, “हो । मलाई पनि अरु पशुपंछीले कुकुरलाई हेपेको, कुकुरलाई मुर्ख बनाएको कथा मनै पर्दैन ।”
तिनीहरुको कुराले मलाई गम्भीर बनायो । मैले भने, “हेर, सबै जना आफू बाठो र बहादुर भएको कथा सुन्न चाहन्छन् । अहिलेसम्म लेखिएका कथाहरुमा यस्तै छ । एउटा पक्षले अर्काे पक्षलाई जितेको, मारेको, दास बनाएका कथाहरु धरै छन् । कुराकानी र मेलमिलाप गरेर लडाइँ झगडाको समाधान गरेको कथा लेख्न बाकी नै छ ।”
“भो, भो । धेरै अर्ति उपदेश दिनु पर्दैन । लडाइँ, झगडा, ढिस्युँढिस्युँ भएन भने कसले सुन्छ तिम्रो कथा?” दुलोबाट निस्केर ढड्डु मुसाले फेरि बकबक गर्न थाल्यो । उसलाई देख्ने बित्तिकै पाटे बिरालोको कन्सिरी तातिहाल्यो । रिसले उसले आँखा देखेन । झ्वाम्म झम्टिहाल्यो । बिजुली चम्केझैँ ढड्डु मुसा दुलोभित्र लुकिहाल्यो । बिचरा पाटे भित्तामा नराम्ररी ठोक्कियो । उसको मुखमा घाउ भयो ।
“हाऊ । हाऊ ।” पाटेको समर्थनमा टाटे जोडले भुक्न थाल्यो । माया रमाइलो मानेर हाँसिरही ।

दाताहरुसित सावधान – दोस्रो लेख

ध्रुवहरि अधिकारी
समयको सङ्केत । नेपालको तिब्बती शरण्ाँर्थी समुदाय हरेक वर्È फागुन–चैतका केही साता बाक्लो चर्चामा रहने गर्छ । किनभने यस अवधिमै १० मार्च र १४ मार्च पर्दछन् । १० मार्चको संझना सन् १९५९ को तिब्बत विद्रोहको संझनामा गरिन्छ भने १४ मार्चको चर्चा सन् २००८ को ल्हासा दङ्गाको सन्दर्भमा हुने गर्छ । यसबाहेक, असारमा (जुलाई) दलाई लामाको जन्मदिन मनाउने चलन छ । जगजाहेर कुरो हो, यी कामहरु शान्तिपूर्वक गरुञ्जेल नेपाल सरकारका प्रहरी निकाय संयमित रहन्छन्, चीन विरोधी जुलुस प्रदर्शन र नाराबाजी हुन थालेपछि भने प्रहरीले चूप्प लागेर बस्न मिल्दैन । किनभने नेपाल सरकारले चीनसितको सम्बन्धलाई बेवास्ता गर्न सक्दैन । “एक चीन नीति” अर्थात् तिब्बत, ताइवान समेतका भू–भाग चीनमै पर्छन् भन्ने मान्यतालाई त्याग्न सक्दैन । सबैलाई थाहा छ, प्रभावशाली भारत र शक्तिशाली अमेरिकाले समेत “एक चीन नीति” छोड्न सकेका छैनन् । भारतमा त तिब्बतबाट भागेर हि“डेका दलाई लामा सहित एक लाख तिब्बतीहरु निर्वासनमा बसेका छन् । यसरी एक हदभन्दा बढी गएर चीनलाई चिढ्याउने सामथ्र्य अमेरिका र भारतले समेत सक्दैनन् भने “सानो” नेपालबाट सा“ध जोडिएको चीनसित कुन स्तरको प्रतिवाद, प्रतिरोधको अपेÔा गर्ने ? यतिञ्जेल शरण्ँको मारण्ँ गरेको छैन, त्यही ठूलो कुरो हो । यस तथ्यलाई शरण्ाँर्थी समुदायले बुझिदिनै पर्छ । 
यो वास्तविकता नेपालमा निर्वासित जीवन बिताइरहेका तिब्बतीहरु र तिनका युरोपेली, अमेरिकी समर्थकहरुले नबुझेका पनि छैनन् । मानव अधिकारवादी संगठन र तिनका सदस्यहरु पनि अनभिज्ञ छैनन् । शरण्ाँर्थीले शरण्ाँथीको थान्कोमा बस्नुपर्छ, नेपालमा बसेर चीनको विरोध गर्ने राजनीतिमा लाग्न पाउनुपर्छ भन्ने सरासर अनुचित माग राख्नु हु“दैन । यस्तो यथार्थप्रति आाखा चिम्लेर अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको निन्दा, आलोचना गर्ने–गराउने कार्य आफैंमा निन्दनीय छ । बुझ पचाउने प्रवृत्ति र दोहोरो मापदण्ड अपनाउने नीति दुवैथोक आलोच्य छन् । 
निर्वासित तिब्बतीहरुको सञ्चार माध्यम “फायुल” वेबसाइटमा देखिएका र “टिबेटन रिभ्यु” मा दोहो¥याईएका विवरण्ँले मार्च ५ मा जारी भएको त्यस संयुक्त वक्तव्यको उल्लेख गरेका छन् जसको स्रोत इन्टरनेसनल कमिसन अफ् जुरिस्ट र ह्युमन राइटस् वाच हुन् । तिनले जेनेभास्थित् राष्ट्रसंघीय मानव अधिकार परिÈद्लाई ध्यानाकर्Èण्ँ गराएका रहेछन् । यसैबीच, अस्ति शनिबारको अङ्कमा बेलायती पत्रिका “दि इकोनोमिस्ट” मा नेपालमा चीनको प्रभाव बढ्दो छ भन्ने सन्देश दिन तिनै तिब्बतीका गतिविधि नियन्त्रण्ँ गर्न खोजेको भनिएका घटनाको चर्चा गरिएको रहेछ । चीनको राजदूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई ङ्खयाक्समार्फत् बाक्लो पत्राचारद्वारा तिब्बतीका गतिविधि नियन्त्रण्ँ गर्न दबाब दिने गर्छ भनिएको रहेछ । 
पश्चिमी देशहरु र तिनको आडमा सञ्चालित गैर–सरकारी संस्थाहरुको चाहिनेभन्दा बढी चासो चीनको दबाब बढाउने मुख्य कारक–तत्व हो । नेपालमा बसेका तिब्बती शरण्ाँर्थीलाई उक्साउने काम पनि आफैं गर्ने र त्यसरी उक्साइएका तिब्बतीहरुले उपद्रो गर्दा निगरानी राख्न खोज्ने नेपाली अधिकारीहरु चिनिया“ दबाबसामु लत्रिए भनेर नेपाललाई नै व्यङ्ग्य गर्न पनि अघि सर्ने ? नेपाललाई मद्दत गर्ने निहु“मा नेपाललाई नै अप्ठेरो पार्ने, अर्घेलो देखाउने पश्चिमा देश र नानाथरी नामका संस्था र निकायहरु तिब्बती मामिलामा उदांग भएका छन् । नेपालको धार्मिक सहिष्ण्ँुता, जाति–जाति बीचको सद्भाव र यस मुलुकको भौगोलिक अखण्डतालाई कमजोर तुल्याइदिने काम पनि दाता कहलिने कतिपय देश र तिनबाट सञ्चालित समूहहरुबाट भैरहेको छ । नर्वे, स्वीडेन, फिनल्याण्ड जस्ता मुलुक किन विवादास्पद भैरहेका छन् तिनका कूटनीतिक नियोगले आत्मसमीÔा गर्नु आवश्यक भैसकेको छ । र, यस प्रसङ्गमा बेलायतजस्तो सहयोगी मित्रराष्ट्र समेत विवादमुक्त रहन सकेन किन होला त ?
“एक–चीन नीति” कायम राख्दाराख्दै पनि भारतले तिब्बतको मामिलामा पश्चिमी जगतको अवधारण्ाँलाई बल दिने काम गर्दै आएको मानिन्छ, बेला–बेलामा देखिन्छ पनि । भारतले त्यसो गरेको भारत–प्रशासित काश्मीरको विÈयमा चीनले राख्ने गरेको आग्रहको प्रत्युत्तर हुनसक्छ भन्ने एकथरीको सोच छ, जुन आधारहीन कुरो होइन । किनभने दिल्लीस्थित चीनिया“ दूतावासले चीन जाने प्रवेशाज्ञा (भीसा) खोज्ने जम्मु–काश्मीरका बासिन्दालाई राहदानी (पासपोर्ट) मा छाप लगाइदिनुको साटो छुट्टै कागजमा लेखेर दिएको अनुमति राहदानीमा गाासिदिने गर्दछ । यस्तो प्रक्रिया अपनाउनुको अर्थ काश्मीरलाई भारतमा गाभेको कुरालाई चीनले मान्यता नदिएको लाग्दै आएको छ । अभिलेखमा भएको विÈय पनि हो, सन् १९४७ मा भारत र पाकिस्तानको जन्म भएपछि भारतले सैनिक बल समेतको प्रयोगद्वारा काश्मीरका राजा हरि सिंहलाई कागज गराई काश्मीरको नियन्त्रण्ँ आङ्खनो हातमा लिएको हो । पछि, राष्ट्रसंघमा त्यो मामिला पुग्यो र तत्कालीन प्रधानमन्त्री नेहरुले काश्मीरका जनताको राय बुझ्न जनमतसंग्रह गराउने वाचा गरे । तर यो काम आजसम्म भएको छैन । परिण्ाँमतः काश्मीर अशान्त रहिआएको छ, र पाकिस्तान–प्रशासित काश्मीर र भारत–प्रशासित काश्मीरको बीचमा राष्ट्रसंघीय शान्ति नियोग कार्यरत छ । भारतको विदेश राज्यमन्त्री रहिसेकका शशी थरुरले हालै प्रकाशित एउटा आलेख (द काठमाडौं पोस्ट, २७ फेब्रुअरी) मा काश्मीरबारे चर्चा गर्दै सन् १९४७ मा अरु ५६२ वटा रजौटाहरुसरह भारतमा विलय हुन नचाहने काश्मीरका महाराजा हरि सिंहले आङ्खनो राज्यलाई भारत र पाकिस्तान दुवैबाट अलग “स्वतन्त्र काश्मीर” बनाउन चाहेको कुरा स्वीकार गरेका छन् । जनमतसंग्रह गरिएन र विवादको स्थिति अद्यपि कायम रहन गयो भन्ने थरुरको निष्कर्È छ ।
कतै चीन–भारत शीतयुद्धको यसै चेपुवामा त नेपाल पर्न लागेको होइन ? यस्तो बखतमा नेपालमा सबल र दूरदर्शी नेतृत्व हुनुपथ्र्यो । तर बहाल छ अस्थिर र कमजोर नेताहरुको सरकार ।

सक्छौ गर सक्दैनौ छाड – पहिलो लेख

राम प्रधान
आज नेपाल अन्यौलको भूमरीभित्र मडारीरहेको छ । नेपालको भावी दिनहरुमा कसरी नेपाली जनताहरुको नैसर्गिक अधिकारहरुको रक्षा गर्ने, देशलाई सार्वभौम बनाउने, नेपाल आमाका सन्तानहरुलाई सुखी बनाउने, दीर्घकालीन रुपमा शान्ति स्थापना अहिलेको चुनौति हो । एउटा निर्णयले क्षणिक आवेश र भावनाले देश र नेपाली जनताहरुको भाग्य र भविष्यमाथि जे पनि हुन सक्दछ । नेपाल र नेपालीहरुको भाग्य उदय हुन सक्छ भने गलत हुँदा इतिहासका पानामा मात्र नेपाल र नेपाली कैदी मात्र पनि हुन सक्छ । हो देशलाई सुन्दर, स्रोत, शक्ति सम्पन्न बनाउने काम नेताहरुको कर्मले गर्छ । नेताहरु इतिहासको पानामा अनन्तकालसम्म आदरणीय र पुजनीय पनि हुन्छन् । जसले देश र जनताहरुको भाग्य र भविष्य निर्माणको लागि योगदान पु¥याउनेहरु इतिहासमा जीवित रहन्छन् । वर्तमान अवस्थामा नेपाल र नेपालीहरु अत्यन्तै संकटपूर्ण अवस्थामा गुज्रनु परेको छ । दैनिक रुपले नेताहरु र तिनका राजनीतिक पार्टीहरु प्रतिको जनविश्वास घट्दो क्रममा छ । नेताहरुको कर्म, धर्म, नैतिकता र व्यवहार यस्तै रहेमा नेपालीहरुको टाउकोमा ठूलो बज्रपात बज्रिने अवस्था आएको छ ।
नेपालका राजनीतिक परिवर्तनहरु विभिन्न पार्टीका नेताहरुले अगुवाई गरेर परिवर्तनको लागि महत्वपूर्ण भूमिकाहरु निर्वाह गरेपनि परिवर्तनका उपलब्धीहरुलाई व्यवस्थापना गरी संस्थागत गर्ने कार्य क्षमताको अभाव खड्किएको छ । केवल परिवर्तनहरु गर्दै जाने र उपलब्धीहरुलाई उचित रुपले व्यवस्थापन नगर्ने हो भने त्यो जनघातीमात्र हुन्छ । आज दोस्रो जनआन्दोलनको उपलब्धीहरुलाई उचित रुपमा व्यवस्थापन नभएको कारण सर्वत्र अस्तव्यस्त स्थिति छ । नेपालको राष्ट्रिय हितको लागि जनताहरुले गरेको अपेक्षाहरु, जनताको त्याग र बलिदानहरु अवमूल्यन गरिएको छ । जसको बलिदानबाट यो अवस्था आयो । जसले जीवन, धनसम्पत्ति, परिवार, सन्तान, समय गुमाए । उनीहरुको निम्ति बास, गास, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा केही छैन । गुमेका र बेपत्ता परिवारका सदस्यहरुको कुनै मतलब छैन । अवसरवादी, लुटाहा, फटाहा, हत्याराहरुको बोलवाला छ । जो सर्वत्र अपराधमा संलग्न छन् । उनीहरुलाई पुरस्कृत गरिएको छ । क्रान्ति वा आन्दोलनमा घाइते भएर जीवन मरणको दोसाधमा परेकाहरुलाई वास्ता छैन । राजनीतिक पार्टीहरु र नेताहरुलाई आजको वातावरणमा पु¥याउने जीवन मरणको संघारमा रहेका घाइतेहरुलाई अस्पतालसम्म पु¥याउने विचार पु¥याउन इच्छा व्यक्त गर्न नसक्ने सरकार एउटा व्यक्तिलाई करोडौँ करोड रुपैयाँ दिएर राष्ट्रिय ढिकुटी ब्रह्मलुट मच्चाउने कार्यमा अग्रसर छ । के नेपाली जनताहरुले गरेको त्याग, बलिदान, योगदान, मेहनत, क्रान्ति, हत्या, हिंसा, ध्वंस लगायतका कार्यहरु केवल प्रचण्ड कमरेडको छोरालाई मात्र दिएका हुन् । राष्ट्रिय सम्पत्ति नष्ट गरेर सगरमाथा चढ्दा शान्ति स्थापना हुने भए २१ औँ पटक सम्म सगरमाथा पुग्ने व्यक्तिहरु पुग्दा किन संविधान बनेन ? सगरमाथा चढ्दा संविधान बनेर स्थायी शान्ति हुने भए छोरा होइन बुबा आफै सबै विरोधी लिएर १४ जेठसम्म उतै बसे संविधान बन्थ्यो होला नि ? नेपालको इतिहासमा सबैभन्दा विद्वान, सबैभन्दा योग्य, कला कौशल र प्रतिभा भएको महान् क्रान्तिकारी नेता प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री सबैभन्दा विद्वान भएको कारणले होला वहाँको कार्यकालमा मन्त्री भएर छाडा, अश्लील गाली बेइजति जे गरे पनि छुट हुन्छ । हत्यारालाई चोख्याउने काम भइरहेको छ ।
तर जनताहरुको त्याग, बलिदान, योगदानको कुनै अर्थ रहेन । जो जसको कारणले रमाई–रमाई खाँदै राष्ट्रिय अर्थतन्त्र तहसनहस बनाउने काम हुँदै छ । जनआन्दोलनको र कुथित जनयुद्धको घाइतेहरुको औषधी उपचारमा, भरण पोषणमा, हत्या हिंसाबाट पीडित परिवारजनहरुको विल्लीवाठ भएको स्थितिमा हजारौँ परिवारका बेपत्ता सदस्यहरुको भ्रष्टाचारीको, तस्करहरुको एकमुष्ट भन्दा आर्थिक र नेतिक अपराधीहरुको मात्र देश हो । सर्वसाधारण, गरीब, निमुखा, इमान्दार, मेहनती र स्वाभिमानीहरुको होइन जस्तो देखिएको छ । त्याग र बलिदान गर्नेहरुको मूल्य र मान्यता रहेन । संविधान बनाउने नाममा संविधासभा निर्वाचनपछि केवल राष्ट्रिय अस्मिता, लुट्ने भन्दा बाँकी केही भएन । क्रान्तिको नाममा, युद्धको नाममा, आर्थिक, भौतिक, प्राविधिक, शैक्षिक र जनधनको मानसिक क्षति भएको छ । त्यसको पूर्ति गर्ने नेपालका नेताहरुको कार्य क्षमता र व्यवस्थापन रहेनछ भन्ने उनीहरुको व्यवहारले देखाईरहेको छ । नेपाली राजनीतिमा नेतृत्व गर्ने नेताहरुको चरित्र निर्माण होइन । नष्ट, ध्वंश गर्न नदिने, गरेको देखि नसक्ने छ । हत्या, हिंसा, विध्वंश, नष्ट गर्दा प्राप्त हुने स्वाद आनन्द निर्माणले दिँदैन । निर्माण प्रक्रिया, प्रविधि मान्यताहरु समय चाहिन्छ भने विनासको लागि केही चाहिँदैन । किनभने नेपाली जनता र राष्ट्रियता प्रतिको दायित्व र जिम्मेवारी कसैबाट महसुस भएन । विवाद निरन्तर रुपमा चलिरहन्छ । विकासको लागि विवाद आवश्यकता पनि छ । कुनै व्यक्ति, कुनै गुट, कुनै झुण्ड, कुनै पार्टीको देश बन्धक बनाउन पाइँदैन । देश कुनै व्यक्ति, पार्टी, गुट वा झुण्डको सम्पत्ति होइन ।
२०६९ साल जेठ १४ गते सम्ममा नेपालको संविधान बनाएर घोषणा नगर्ने हो भने संविधासभाको, संविधान सभामा प्रतिनिधित्व गर्ने पार्टीहरुको, तिनका नेताहरुको अब कुनै अर्थ छैन । १४ जेठ २०६९ भन्दा उता संविधान सभाको सदस्य भएर बस्ने नैतिक अधिकार छैन । नेपालको धर्तीमा देश र जनताको लागि काम गर्न गठन गरिएको राजनीतिक पार्टीहरु हुन् देश र जनताहरुप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नु पर्दछ । नेपाली धर्तीको अनन्तकालसम्म यस्ता राजनीतिक पार्टीहरु गठन, पुनर्गठन, विलय, विघटन भइरहन्छ । वर्तमान नेपाली धर्तीमा संगठित, स्थापित जिम्मेवार पार्टीहरुले संविधान सभालाई निष्कर्षमा पु¥याउनु नसक्ने हो भने यी पार्टीहरु नेताहरु ऐतिहासिक कलंक मात्र हुन् । यदि इतिहासमा कलंकको टीका नलगाउने हो भने सबै कुरा स्थगित राखेर संविधान निर्माण होस् । संविधान बनाउन नेताहरु, तिनका पार्टीहरुले नसक्ने हो भने ठाउ छाडे हुन्छ । सक्छौ संविधान बनाउने काम गर सक्दैनौ ठाउँ छाड । पार्टीहरुले नसक्ने हो भने ठाउँ छाडे हुन्छ । नेपाली जनताहरु नेताले गोठमा बाँधेको पशु होइन ।

आरती, एरिका र गङ्गा – असरल्ल

जुनार बस्नेत
तन भगत चर्चिच लेखक हुन्  । युवा छन् । भारतीय हुन्  । उनका पुस्तकको बिक्री अत्यासलाग्दो छ  । भारतमा मात्र होइन, विश्वभरि नै उनका कृतिको अहिले खुबै चर्चा हुन्छ  । समीक्षा हुन्छ  । आलोचना र समालोचना हुन्छ  । उनको पछिल्लो पुस्तक रिभुल्युसन २०२० भारतका प्राचीन सहर वाराणसी र वरिपरि घुम्छ  । काशी प्रयागघाटको सँझको आरतीलाई उनका सटीक शब्दले तस्विरमा साँच्चै मज्जाले सजाएको छ  । काशी नपुग्ने, गङ्गाको जलमा डुङ्गा नचढ्नेहरू पनि पुस्तक पढ्दा त्यही पुगेको अनुभव गर्छन्  । मैले पनि अनुभव गरेको थिएँ  । पुस्तक पढ्नेहरू जो वाराणसी पुग्छन्, साँझमा गङ्गामा डुङ्गामा तैरिन हतारिन्छन् । झलमल्ल आरती देख्दा कति सुन्दर रौनक हुन्छ त्यहाँ  । सङ्गीतमय भक्तिको सुरिलो झङ्कार त्यसमा थपिन्छ  । एकसुरले बजेका घन्टाले मन तान्छ  । गङ्गाजलमा तैरिएको सहरका चित्रले भूतलमा स्वर्ग झरेको अनुभूति गर्छ  । आखिर मानिसलाई त्योभन्दा आनन्द त कहाँ मिल्ला र ?
ग्वाटेमालाकी एरिका पुस्तक पढेरै साँझको आरती रमाइलो हेर्न गङ्गाकिनार पुगिन््  । पुस्तकका प्रसङ्ग र त्यो आरतीको साँझको वर्णन गर्दै थिइन् आफ्ना पे्रमीसँग  । वी आर इन्जोइङ टु मच, उनी सङ्गीतका आनन्दमै भन्दै थिइन्  । त्यही अपराह्न (२१ फागुन २०६८) काठमाडौँबाट बनारस पुगेको नेपाली पत्रकारको एक समूह गङ्गाको मध्येभागमा डुङ्गामा सयर छ, यतिबेला  । एरिकाको डुङ्गा पनि सँगसँगै गङ्गामा हेलिएको छ  । साँझ छिप्पियो क्रमशः क्षितिज चुक घुप्ट्याएजस्तो अँध्यारो  । अकाशमा पिलपिल तारा । तर, एक टुक्रा कतै स्वर्ग नै झरेको त होइन भन्ने झल्को दिइरहेको छ, साँझको आरतीले । अनेकौँ डुङ्गामा, मध्यभागमा पुगेर तस्वीर लिनेहरूको होड छ । नेपाली पत्रकारलाई प्रदर्शक (गाइड)को सौभाग्य पनि मिलेको छ । बीएचयुमा पढेका सञ्जय श्रीवास्तव काशीको ८४ घाटको गाथा सुनाउँदै छन्, यतिबेला । भन्छन्,“काशीका घाटको विशेषता अनेक छन् । मणिकर्निका घाटमा शव जलिरहेका छन् । त्यहाँ २४सै घन्टा शव जलिरहेका हुन्छन् । काशीमा शव जलाउँदा मोक्ष पाउने हिन्दु धर्मावलम्बीको अटुट विश्वासले टाढा–टाढाबाट पनि त्यहाँ शव आउँछन् । जीवनको अन्तिम अवस्थामा काशीबास गर्ने चलन अहिले पनि छ । कतिपय नेपाली पनि ऐतिहासिक कालखण्डदेखि नै काशीबास गर्थे ।” सञ्जयले सिन्धिया घाट चिनाए । सिन्दिया खानदानले डुमराजासँग पैसा बिछ्याएर घाट किनेको ऐतिहासिक कथा सुनाए । जिज्ञासा र अन्तत्र्रिmया पनि थिए त्यहाँ ।
१८ फागुन २०६८ बाट बनारस उडान भर्न शुरु गरेको बुद्ध एयरले उडानको दोस्रो खेपमा फागुन २१ गते पत्रकारको एक समूह काठमाडौँबाट त्यहाँ पु¥याएको थियो । कम्पनीकी सञ्चार सम्पर्क अधिकृत बिनिता थापा अलिकति पनि समय खेर नफाली समय उपयोग गर्ने पक्षमा थिइन् । आरतीको त्यो सङ्गीतमय धुनमा मग्न हुन त्यही साँझ हामी गङ्गा पुगेका थियौँ । अपराह्न ५ः३० मा लालबहादुर शास्त्री विमानस्थल छोडेपछि पटेल नगरको एक होटलमा हतारले पुगियो । शुरुमा रिक्सा र रिक्साले पनि भीड छिचोल्न छोडेपछि पैदलै काशीघाट पुग्दा बनारसी भीड र व्यस्तताले नराम्ररी हिर्कायो । बीस अर्बको उत्तरप्रदेशको जनसंख्यामा बनारसले ४० लाख रुपैयाँको हिस्सा राख्छ । भीड र अन्यन्तै भीड । होलीको पूर्वसन्ध्या स्पष्टै देखिन्थ्यो । बिनाहेलमेटका मोटरसाइकल चढेकाहरू कोही–कोही राताम्यै थिए । यी सबै छिचोलेर गङ्गा आरतीले धेरैलाई चुम्बकीय शैलीमा तानिरह्यो । आरतीको त्यो सङ्गीतमय धुन कम नभए पनि रात छिप्पिन समय लागेन । गाइड सञ्जयले होटल फर्कने उर्दी मात्र सुनाएनन्न् डुङ्गामै अर्काे दिनको घुमफिर कार्यतालिका पनि सुनाए । होटलमा आएपछि भने बिहान ६ बजे नै तयार नहुने साथीहरू छुट्नुभयो भने म क्षमामात्र माग्न सक्छु ।
बल्लभजी (पत्रकार बल्लभमणि दाहाल, दी राइजिङ नेपाल) सँग साँझ धेरै कुरा भए । एउटै कोठा सेयर गर्दा मन मिल्ने साथी भए घरबाट पर पुगेपछि अलि सजिलो हुन्छ । कुराकानी मिल्छ । बनारससित नेपालको राजनीति जोडिएको लामो परम्परा छ । पिताजी कृष्णप्रसाद कोइरालाको प्रवास, बीपी कोइरालाको बाल्यकालीन बनारस जीवन र राजनीतिदेखि पुष्पलालको बनारस बसाइलगायत धेरै कुरा हाम्रा सम्झना र चर्चामा आए । मैले अध्ययन गरेका विषय मेरो स्मरणमा आए । उतिबेला प्रवासमा रहँदा कृष्णप्रसाद कोइरालाको परिवारले छतमा बसेर चना खाएका प्रसङ्गको वरिपरि स्मरण घुम्यो । जेल जर्नललगायत बीपीका कृति सम्झिएँ । त्यो त्याग र आजको हाइफाई राजनीति, कहाँ, कसरी तुलना गर्नु ?
पन्डाको सियो
भोलिपल्ट हामी दुईले “मर्निङवाक” सकेर होटल फर्कंदा घडीले ६ बजेको देखाएको थियो । सञ्जय हाम्रा लागि गाडी लिएर पाँच मिनेटअघि नै “लबी”मा आइसकेका थिए । साथीहरू एक–एक गरेर आउन लागे । विनिताजीलाई साथीहरू छुट्छन कि भन्ने चिन्ता थियो । १५ मिनेट कुर्ने भए सञ्जय । थप १० मिनेट कुर्दा पनि केही साथी आएनन् । आखिर छुटे । यात्रामा साथी छुट्दा नमज्जा त हुन्छ । लगत्तै थियो, गङ्गा स्नान । हामी अघिल्लै दिनको स्थल गएका थियौँ । गङ्गा भर्खर ब्युँझँदै थिइन् । स्नानअघि हामीले बागमती सम्झियौँ । बिहानै नुहाएका हामीलाई पानी अँचाए पुग्ने निष्कर्ष निकाल्यौँ । पानी अँचाएर स्नानरूपी आत्माशुद्धि गर्ने तौरतरिका हामी सबैको कुरा मिल्यो ।
बनारसका पन्डाबारे धेरै सुनिएको कुरा हो । आज हेर्नु थियो । पितृको श्राद्ध गर्ने साथी पनि सँगै थिए । साइबाबाको थानसँगै पन्डाहरूबीच ग्राहक तान्ने होड चलिरहेको थियो । शुरुमा उनीहरू सियो बन्दा रहेछन् । किनार सफा थियो भन्न मिल्दैन तर श्रद्धालुलाई मजाले नुहाउन त्यसले कुनै बाधा गरेको थिएन । एकपटक गङ्गामा नुहाउँदा जीवनको सम्पूर्ण पाप नष्ट हुर्ने धार्मिक विश्वासलाई सञ्जय पटक–पटक सम्झाउँदै थिए । पानी अँचाएपछि मैले पनि पूजा गरेँ । अनेक करबिन्ती गर्दा पनि पन्डाको हातको टीका मैले लगाइनँ । आफँै टीका लगाएँ । दक्षिणा भने उसलाई दिएँ । ऊ मलाई कर्के आँखाले हेर्दै थियो । सायद उसले मलाई बेग्लै सूचीमा राख्यो होला । श्राद्धको चार–पाँच मिनेटको विधि गर्न साथीलाई शुरुमा उसैले उक्सायो । दिवङ्गत पितृका निम्ति साथी सहमत भए । पचास रुपैयाँसम्मले सामान्य विधि हुने उसैले भन्यो तर पछि जब सङ्कल्प शुरु भयो, दस हजारबाट “बार्गेनिङ” शुरु ग¥यो । समूह हाम्रो बलियै भएकाले अँध्यारो मुखमा तीन सयले त्यो पनि जबरजस्ती मान्न ऊ तयार भयो । पन्डाबारेमा अरूहरूले भनेका अनकौँ कुरा सम्झिएँ । वास्तवमै पन्डाको चरित्र बनारसको विकृति हो । हातमा सङ्कल्प गर्न लगाएर उनीहरूले गर्ने “बार्गेनिङ”लाई जसरी घृणा गरे पनि त्यो कमी नै हुन्छ । क्रमश...

प्रचण्डद्वारा ७ राज्यको प्रस्ताव – मुख्य समाचार

झलनाथले भने–‘बल्ल ठीक गर्नुभो’

काठमाडौं, चैत्र ९/संविधानसभा र राज्य पुनर्संरचना आयोगमा समेत १४ राज्यका पक्षमा वकालत गरेको एकीकृत नेकपा माओवादीले सहमतिका लागि ७ वटा राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ ।
केही दिनअघि राष्ट्रपतिकै उपस्थितिमा शितल निवासमा शीर्ष नेताहरुबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले १४ वटा जातीय–क्षेत्रीय प्रदेशको सट्टा ७ वटा राज्य बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेस र एमालेले ६ देखि ८ वटा राज्यमात्र बनाउनुपर्ने अडान लिइरहेका बेला माओवादी अध्यक्षको नयाँ प्रस्तावले दलहरु संघीयताको मामिलामा सहमतिमा पुग्ने संकेत देखिएको छ ।
१४ राज्य बनाउन सम्भव पनि देखिएन, सहमति पनि हुने भएन– प्रचण्डले दलका शीर्ष नेताहरुबीच राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो–‘त्यसलाई ७ वटा राज्यमा झारौं र कुरा मिलाऊं ।’ प्रचण्ड निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पनि अध्यक्ष प्रचण्डले प्रदेशहरुको संख्या घटाउने प्रस्ताव राखेको स्वीकार गरे । ‘सामथ्र्य र पहिचानलाई स्वीकार गरौं, त्यसो भए संख्या घटाउन सकिन्छ गजुरेलले भने–‘संख्याका विषयमा हामी रिजिड छैनौं ।’ प्रचण्डको प्रस्ताव सुन्नासाथ एमाले अध्यक्ष झलनाथ खनालले ‘बल्ल ठिक कुरा गर्नुभयो प्रचण्डजीले’ भन्दै समर्थन जनाएका थिए ।
त्यसबेला प्रचण्डले केही जातीय राज्यहरु गाभेर दुईवटै पहिचान झल्नििे गरी नाम राख्न सुझाव दिएका थिए । मधेसमा दुईवटा प्रदेशमात्र बनाउने, सुदुरपश्चिममा दुई प्रदेश बनाउने र नेवाः तथा ताम्सालिङ प्रदेशलाई जोड्ने प्रचण्डले प्रस्ताव गरेका छन् । मौखिक रुपमा पेश गरिएको प्रस्तावमा प्रचण्डले जातीय पहिचानलाई सम्मान गर्नुपर्ने बताएका थिए । जातीय पहिचानलाई मान्यता नदिंदा सबै दलका जातीय मोर्चा एक ठाउँमा आउनसक्ने भन्दै प्रचण्डले समस्या समाधान गर्ने गरी छलफल गर्नुपर्ने बताएका थिए ।
यसअघि केन्द्रीय समितिको बैठकमा ६ प्रदेशका बिषयमा पनि छलफल भएपनि औपचारिक रुपमा माओवादी जातीय पहिचानका आधारमा १४ राज्य हुनुपर्ने अडानमा छ । पार्टीभित्र भने १३ वटा राज्यको अभ्यास गरिरहेको छ ।

प्रतिवेदनमाथि आइतबार छलफल हुने – उपमुख्य समाचार

काठमाडौ÷राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक यही १२ गते आइतबार बस्ने भएको छ ।
संविधानसभा सचिवालयले बुधबार एक सूचना प्रकाशित गरी १२ गते दिउँसो ३ बजेका लागि संविधानसभाको बैठक आह्वान गरिएको जनाएको छ । बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आयोगको प्रतिवेदनबारे जानकारी गराउने र सोमबारदेखि प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ।
त्यसअघि संविधानसभा अध्यक्ष नेम्वाङले शुक्रबार संविधानसभाको राज्यपुनर्संरचना समितिका सदस्यहरुसँग परामर्श गर्ने कार्यक्रम रहेको छ । आयोगले प्रतिवेदन बुझाएको झण्डै दुइ महिनापछि संविधानसभामा छलफल हुन लागेको हो ।
संविधानसभा नियमावलीमा सहमति जुट्न नसक्दा आयोगको प्रतिवेदनमाथि छलफलमा ढिलाइ भएको थियो । आयोगको प्रतिवेदन प्रधानमन्त्री बाबुराम भट्टराईले माघ १९ गते संविधानसभाका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

एमालेद्वारा सभाषद्लाई राजधानी नछाड्न ह्वीप

काठमाडौ, चैत्र ९/एमालेले संसदीय दलको अनुमति बिना राजधानी नछाड्न आफ्ना सभाषद्हरुलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक भीमप्रसाद आचार्यले बुधबार ह्वीप जारी गर्दै उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं आउन भनेका हुन् ।

‘उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं उपत्यकाभित्र आउन र जेठ १४ गतेसम्म बिना अनुमति उपत्यका बाहिर नजाने एमालेसँग सम्बन्धी सबै सभाषद्हरुलाई ह्वीप जारी गरेको जानकारी गराउँदछु,’ एमालेको ह्वीपमा लेखिएको छ ।
यसैबीच एमाले स्थायी कमिटीको बुधबारको बैठकले शान्ति प्रकृया र संविधान निर्माणको सम्बन्धमा मुलुकमा गम्भीर आशंका उत्पन्न भएको भन्दै अन्य दलसँगका वार्तालाई थप घनिभूत बताउने निर्णय गरेको छ । एमालेले राज्यपुनर्संरचनाबारे पनि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको सचिव युवराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले सरकारले गरेको कर्मचारी सरुवामा भ्रष्टाचार भएको आरोप लगाएको छ । ‘सरकारले अनियमित र अन्यायपूर्ण तरिकाले कर्मचारीको सरुवा गर्ने, सरुवाको क्रममा भ्रष्टाचार गर्ने, कतिपय मन्त्रीहरुले कर्मचारीहरुमाथि अभद्र व्यवहार गर्ने काम गरिरहेको कुरा सार्वजनिक भइरहेको सन्दर्भमा यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेले भनेको छ, ‘सरकारको यस किसिमको क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै अनियमित सरुवा–आतङ्क बन्द गर्न र नियम बमोजिम काम गर्न जोड्दार माग गर्दछ ।’

परीक्षा केन्द्रमै तीन जना सुत्केरी

धनकुटा, चैत्र ९/धनकुटा, दोलखा र रुकुममा बुधबार सम्पन्न प्रवेशिका (एसएलसी) परीक्षामा तीनजना छात्राले बच्चा जन्माएका छन् ।
धनकुटाको ठाकुरदेवी उच्च मावि आँखिसल्ला केन्द्रमा एसएलसी परीक्षा दिइरहेको अवस्थामा १९ वर्षीया मीना राईले परीक्षा शुरु भएको एक घण्टापछि छोरालाई जन्म दिएकी हुन् । उनी पञ्चकृष्ण उमाविबाट एक्जाम्टेड परीक्षार्थीका रुपमा सामेल भएकी थिइन् । परीक्षा दिइरहेको अवस्थामा सुत्केरी व्यथा लागेपछि परीक्षा केन्द्रबाट करिब दुइ मिनेट नजिकको स्वास्थ्य चौकीमा उनलाई पु¥याइएको थियो ।
नवजात शिशुको नाम रिजल्ट राखिएको बताइएको छ ।
आमा र नवजात शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । यसैगरी चुङमाङबाट परीक्षा दिन आएकी कोपिला राईले नवजात शिशुसँगै परीक्षा दिएकी छिन् । यसैबीच दोलखा बैतेश्वर उमावि नाम्दू परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा दिन जाँदै गर्दा छोरी जन्माएपछि स्थानीय स्वास्थ्य केन्द्रमै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
बुधबार बिहान छ बजे परीक्षा दिन आउँदै गरेकी मिरी जिरेल सुत्केरी भएपछि त्यस्तो सुविधा मिलाइएको केन्द्राध्यक्ष रविचन्द्र आचार्यले बताए । निलकण्ठेश्वर उमावि जुगुबाट परीक्षा दिन आएकी १९ बर्षीय उनले सुरक्षाकर्मीसहित नाम्दु उपस्थास्थ्य चौकीको शैय्याबाट परीक्षा दिएकी छिन् ।
यस्तै रुकुमकी सुष्मा कुँवरले परीक्षा केन्द्रमै छोरी जन्माएकी छिन् । सदरमुकाम खलंगास्थित वालकल्याण माध्यमिक विद्यालय सोलावांग केन्द्रबाट परीक्षामा सहभागी उनले परीक्षा दिएको १ घण्टामा छोरी जन्माएकी प्रहरीले जनाएको छ । यो सहित परीक्षा हलमा सुत्केरी हुने छात्रा ३ पुगेका छन् । मंगलबार पूर्वी रुकुमको तकसेरा परीक्षा केन्द्रमा सहभागी परीक्षार्थी रेखा घर्ती र प्वांगको नायगाड परीक्षा केन्द्रमा सहभागी कविता विक परीक्षा हलमै सुत्केरी भएका थिए ।


नक्कली परीक्षार्थी पक्राउ
त्यस्तै बुधबार नेपाली विषयको एसएलसी परीक्षा दिइरहेको अवस्थामा पाँचथरबाट एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सरस्वती उच्च माध्यमिक विद्यालय मेमेङ परीक्षा केन्द्रमा सिम्बोल नं. ००२०६२० ‘व’ भएका सञ्जुङ आङ्बोको नाममा परक्षिा दिइरहेका सुनौल आङ्बो पक्राउ परेका हुन् ।
नक्कली परीक्षार्थी आङ्बोलाई आवश्यक कारवाहीका लागि मेमेङ प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । त्यसैगरी केन्द्राध्यक्ष भीमराज आङ्बोका अनुसार नक्कली परीक्षार्थी राख्ने आङ्बोले कारवाही स्वरुप बाँकी परीक्षा दिन नपाउने भएका छन् । जिल्ला शिक्षा अधिकारी लोकबहादुर
लोप्चनले नक्कली परीक्षार्थीलाई नियमत कारवाही गरिने बताए । जिल्लाको अन्य परीक्षा केन्द्रमा मर्यादित ढंगले परीक्षा सञ्चालन भइरहेको जिशिअ लोप्चनले बताए ।

हत्या भएको माइतीपक्षको आरोप

दमक, चैत्र ९/ मंगलबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी दमक–१२ की राधा चौधरी (पण्डित) ले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आरोप मृतकका माइतीपक्षले लगाएका छन् ।
मृतक राधाका माइतीपक्षले बुधबार उनका श्रीमान सहित ३ जना विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् ।
राधाका बाबु घनश्याम पण्डितले राधाका श्रीमान सुनिल चौधरी उनका बाबु लक्ष्मी र आम निलदेवी चौधरी विरुद्ध जाहेरी दिएका हुन् । सो अघि मृतकका आफन्तहरुले शव गाडीमा राखेर विरोध जुलुस गरेका थिए । उनीहरुले राधालाई हत्या गरेपछि झुण्ड्याएको आरोप लगाएका छन् ।
२२ वर्षीया राधा र सुनिलबीच १० महिना अघि प्रेम बिवाह भएको राधाका दाजु दिनेश पण्डितले जानकारी दिएका छन् ।
यसैबीच बुधबार नै राधाको कन्काई माइ नदीमा दाहसंस्कार गरिएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि आरोपित तीनै जनालाई नियन्त्रणमा लिइसकेको जनाइएको छ ।

सुरक्षार्थ खटेका प्रहरीबीच कुटाकुट

फिदिम, चैत्र ९/मंगलबार साढे नौ बजे राती छिमेकी प्रहरी पोष्ट फिदिममा सुरक्षार्थ खटेका प्रहरी एक आपसमा कुटाकुट गरेका छन् । प्रहरी जवान बिराज बस्नेत, अजित राई र बिरबहादुर राई बीच कुटाकुट भएको हो ।

सुरक्षा दिन खटेका प्रहरीहरु नै एक आपसमा कुटपिटमा उत्रेपछि स्थानीयबासी त्रसित बनेका थिए । प्रहरी पोषाकमा रहेका झगडीया एक प्रहरीको नाथ्री फुटेर रगताम्य भएका प्रत्यक्षदर्शीले बताए । केहि छिनपछि अन्य प्रहरीले उनीहरुलाई छुट्याएर जिल्ला प्रहरी कार्यालय तर्फ गाडीमा लिएर गएका थिए । उनीहरुबीच झगडा हुनाको कारण खुलेको छैन । जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा संगठनको अनुशासन तोड्ने प्रहरीहरुलाई छानबिन गरी विभागीय कारवाही गरिने प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । यसअघि जिल्लाको सिदिन प्रहरी चौकीमा रहेका प्रहरीबीच पनि झगडा हुँदा एक आपसमा काटाकाट भएको थियो ।
यसैबीच फाक्तेप ३ का ३५ वर्षीय तिलबिक्रम चेम्जोङ्ग प्रहरीको निर्घात कुटपिटपछि उपचारका लागि फिदिम अस्पताल आएकाछन् । आइतबार स्थानीय भीमलाल चेम्जोङ्गको घरमा आगो लगाएको आरोपमा फाक्तेप प्रहरी चौकीका हवल्दार मनिल तामाङसहितको तीन प्रहरीले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेका तिलबिक्रमले बताए ।

एक सय बोतल मदिरा नष्ट

भद्रपुर, चैत्र ९/ आन्तरिक राजश्व कार्यालय मेची भद्रपुरले बुधबार एक सय बोतल मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा अनुगमनका क्रममा अवैध रुपमा फेला पारिएको सो परिमाणको मदिरा कार्यालय परिसमा नष्ट गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले बताए ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत ढकालको संयोजकत्वमा गठित ‘मदिरा बिक्री वितरण अनुगमन तथा निरीक्षण समिति’ को निर्णय अुनसार ति मदिरा नष्ट गरिएको जनाइएको छ । समितिमा  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, होटल व्यवसायी संघ, झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मदिरा डिलर व्यवसायी संघ लगायतका प्रतिनिधिहरु रहेका छन् । ति  मदिरा विभिन्न मितिमा बजार अनुगमनका क्रममा बिना इजाजत बिक्रीवितरण गर्ने पसलहरुबाट कब्जा गरी ल्याइएका, सशस्त्र प्रहरी बल, राजस्व एवम् भन्सार गस्ती सुरक्षा वेस, काँकडभिट्टा र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, झापाले विभिन्न स्थानमा बेवारिसे रुपमा फेला पारेको ढकालले बताए ।

आगलागीमा २४ लाख क्षति

बिर्तामोड, चैत्र ९/झापाको बुधबारे–६ मा बुधबार बिहान भएको आगलागीबाट करिब २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कृष्ण दाहालको दुई तले घरमा भएको आगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ ।
आगलागीबाट ६ तोला सुन, नगद ६० हजार लगायत घरका सबै धनमाल नष्ट भएको परिवारले जनाएको छ । बिहान साढे ८ बजेतिरबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकल सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा  स्थानीयबासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महसुल नतिर्ने ग्राहक कालोसूचिमा

दमक, चैत्र ९/लामो समयसम्म विद्युत महसुल नबुझाउने झण्डै अढाई सय ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले कालोसुचीमा राखेको छ ।
६ महिना भन्दा लामो समयसम्म महसुल नबुझाउने २ सय ४६ ग्राहकलाई कालोसुचीमा राखिएको कार्यालयले जनाएको छ । वितरण केन्द्रका प्रमुख सन्तोशकुमार जैसवालका अनुसार ति मध्ये ४ जना ग्राहकले भने जरिवाना र महसुल तिरेर पुन ः लाईन जोडेका छन् । उनका अनुसार ति ग्राहकबाट महसुल र जरिवाना गरी ९५ हजार ४ सय ९ रुपैयाँ संकलन भएको छ ।
दमक बितरण केन्द्रमा हाल महसुल बक्यौता ५ करोड रुपैयाँ रहेको जनाइएको छ । सो मध्ये माओवादी लडाकुको पहिलो डिभिजनले ३५ लाख रुपैयाँ तिर्न बाँकी रहेको जैसवालले बताए ।

अलैँचीका बिरुवाको माग बढ्दो

इलाम, चैत्र ९/ पश्चिम जिल्लामा अलैचीखेती बिस्तार हुन थालेपछि बिरुवाको माग बढेको छ । अलै“ची बिरुवा उत्पादन गर्दै आएको अलै“ची विकास केन्द्र फिक्कल पान्दामले रोल्पा, लमजुङ, पर्वतलगायतका जिल्लाबाट बिरुवाको माग आउन थालेको जनाएको छ ।

पूर्वाञ्चलका पहाडी जिल्लामा व्यावसायिक रुपमा खेती हु“दै आएको अलै“ची रोल्पा, रुकुम, डोल्पा लमजुङ, काभ्रे जिल्लामा पनि किसानले बिरुवाको माग गर्न थालेपछि केन्द्रमा अलै“चीका बिरुवाको माग बढेको हो ।
दुईलाख बिरुवा बिक्री गर्ने लक्ष्य लिएको केन्द्रमा अहिले २० लाख स्वस्थ बिरुवाको माग रहेको केन्द्रका प्रमुख पद्मप्रसाद अधिकारीले बताए । ‘बिरुवाको माग उच्च भएपछि सरकारले निजी नर्सरी स्थापनामा पनि प्रोत्साहन गर्ने नीति लिएको छ’, अलै“ची विकास अधिकारीले भने । जिल्लाकै किसानलाई बिरुवा पु¥याउन गा¥हो परेको छ । यसपटक पा“चलाख बिरुवा भएपनि सबै बिक्री हुने उनले बताए ।  अलै“ची विकास केन्द्रले प्राविधिक सहयोग गरेर नर्सरी बनाउन प्रोत्साहन गर्ने नीति लिएको छ । बिरुवाको माग क्षमताभन्दा बढी रहेकाले त्यसको अभाव हुन नदिन निजी नर्सरीलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।
किसानको सक्रितामा काभ्रेको कुश्मादेवी गाविस, तेह्रथुम, इलामको फिक्कल र फुएतप्पामा नर्सरी स्थापना गरिएको छ । पूर्वमा अन्य जिल्लाबाट भन्दा पनि इलाम जिल्लाबाट सबैभन्दा बढी अलै“चीका बिरुवाको माग रहेको छ । इलामबाहेक पा“चथर, ताप्लेजुङ, सङ्खुवासभा, रोल्पा, काभ्रे, ओखलढुङ्गा र लमजुङ जिल्लाबाट केन्द्रमा बिरुवाको माग उच्च रहेको छ । तीनवर्षमा मात्र बिरुवा रोप्न योग्य हुने भएकाले मागअनुसार वितरण गर्न नसकिएको अलै“ची विकास केन्द्रले जनाएको छ ।

कोहवरामा लिम्बुवान मुक्ति मोर्चा

गौरादह, चैत्र ९/झापाको कोहवरामा लिम्बुवान मुक्ति मोर्चाको गाउँ इकाई समिति गठन गरिएको छ । बुधबार सम्पन्न भेलाले दीपेश नेम्वाङको अध्यक्षतामा १३ सदस्यीय गाउँ इकाई समिति गठन गरिएको छ ।
गठित समितिको उपाध्यक्षमा हरिप्रसाद निरौला, सचिवमा आशिष सम्वाहाम्फे, सहसचिवमा मोहनसिंह लिम्बू र कोषाध्यक्षमा गलबहादुर श्रेष्ठ चुनिएका छन् ।
यस्तै सदस्यहरुमा नरेन्द्र फुँयल, कुमार लाओती, देवीप्रसाद निरौला, गजेन्द्र आङ्देम्बे लगायत रहेका छन् । मोर्चाका जिल्ला सदस्य जीवन चौहानको अध्यक्षतामा भएको भेलामा मोर्चा जिल्ला अध्यक्ष देउकुमार नेम्वाङ, दमक नगर जितेन राई, युवा मोर्चाका उपाध्यक्ष सुवास नेम्वाङ लगायतले बोलेका थिए ।