हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

आर्थिक अभावमा ट्यूमरको समस्या

कुमारी निरौला
उर्लाबारी । पाँचथरको मौवा ५ की युवती आफ्नो भर्भराउँदो उमेरमा अनुहारमा पलाएको ट्यूमरबाट पीडित छिन् । टाउको, गाला र घाँटीमा फैलिएको ट्यूमरको आर्थिक समस्याका कारण अपरेशन गर्न नसकेपछि  २६ वर्षिया कुमारी निरौलाले सहयोगको याचना गरेकी छिन् ।
हाल मोरङको मधुमल्ला– ४ स्थित मामाघरमा आश्रय लिई बसेकी निरौलाको आर्थिक अवस्था ज्यादै नाजुक भएका कारण अपरेशनको लागि सहयोगी हातहरु फैलाउनु परेको उनका मामा जंगबहादुर खत्रीले बताए ।
सानैदेखिको गालाको कालो दागले साथीहरुले जिस्क्याएर विद्यालय जान समेत अप्ठेरो पर्यो र पढ्न पाइनन् । उनी सानै हुँदा बुबाको निधन भएको र आमाले उनलाई खासै वास्ता नगरेपछि मामलमा बस्दै आइन् । ‘सानैमा सानो कालो दाग थियो, अहिले बढेर यत्रो भइसक्यो ।’ –उनले भाबुक हुँदै भनिन् ‘अपरेशन गर्ने  पैसा छैन ।’  पारिवारिक अवस्था ज्यादै कमजोर भएका कारण अपरेशन गर्न नसक्दा १४ वर्षको उमेरदेखि टाउको, गाला र घाँटीमा ट्यूमरको कुरुपपन बोकेर हिँड्नु परेको विवशता उनले सुनाइन् ।  डाक्टरले एक पटक अपरेशन गर्दा ३ लाख लाग्ने र तीन पटकसम्म अपरेशन गरेपछि प्लास्टिक सर्जरी गर्नुपर्ने सुभाव दिएको सुनाइन् । उनले गहभरी आँशु पार्दै भनिन्– ‘सबैले सहयोग गर्नुभयो भने मैले पुनर्जन्म पाउँन सक्थें । ’ उनले सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेकी छिन् । ऋण काडेर  धुलिखेल, बनेपा, टिचिङ र  ग्लोबल हस्पिटलमा उपचारको लागि लगिएको थियो । टिचिङ हस्पिटलका डा. इश्वर लोहनीले पैसा भए उपचार गर्न सक्ने तीन पटक अप्रेशन गर्दा नौ लाख लाग्ने बताएको उनका मामा जंगबहादुरले बताए । ‘भाञ्जीको उमेरसँगै ट्यूमर बढेपछि चिन्ता बढेको छ, अपरेशनको लागि लाग्ने यत्रो रकम आफुहरुसँग नभएका कारण सहयोगको अपिल गरेको हो ।’–उनले पत्रकारहरुसँग भने । सहयोगी दाताहरुले पीडित कुमारी निरौलाको  नाममा हिमालय बैंकमा रहेको  ०४३०५५८१२२००१४ नम्बरमा रकम जम्मा गर्न सकिने पनि उनले जनाए  ।

प्रहरीद्वारा होटलमा छापा

दमक । यौन गतिबिधी गरेको भन्दै प्रहरीले झापाका दुई मुख्य शहरका होटलहरुमा बुधबार छापा मारेको छ । प्रहरीले दमक र बिर्तामोडका होटलहरुमा छापा मारेर केही जोडीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अनैतिक गतिबिधी भइरहेको भन्दै दमकका केही होटलहरुमा छापा मारेर ७ वटा होटलमा छापा मारेर ७ जोडीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी इश्वर कार्कीले जानकारी दिए । होटलहरुमा गैर कानुनी रुपमा यौन क्रियाकलाप भएको सुराकीको आधारमा ती होटलहरुमा छापा मारेको प्रहरीको भनाई छ । राजमार्ग क्षेत्रका ७ वटा होटलमा छापा मार्दा गैरकानुनी रुपमा शारिरीक सम्पर्कमा रहेका जोडीहरु पक्राउ परेको प्रहरीको दावी छ । पक्राउ पर्नेमा केही दमकका र केही छिमेकी गाउँका बासिन्दा भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सोधपुछपछि अभिभावकको जिम्मा लगाएको  डिएसपी कार्कीले बताए । होटलमा छापा मार्ने अभियान अब केही दिन जारी रहने प्रहरीले जनाएको छ । प्रहरीले पुर्ब स्टेण्डका ढावा, पुर्बेली, गोर्खा, दमक चोकको
सिर्जना लगायतका होटलमा छापा मारेको हो । डिएसपी कार्की दमक आएपछि प्रहरीले पहिलोपटक दमकका होटलहरुमा बेश्याबृद्धि भइरहको आशंकामा छापा मारेको हो । तर प्रहरीले बुधबार छापा मार्दा दमकमा वेश्याबृद्धि गर्र्ने मुख्य होटलहरुलाई भने केही नगरेको पाइएको छ । आफ्नो नाम सार्बजनिक नगर्ने शर्तमा होटल ब्यावसायी संघका एक पदाधिकारीले भने: खुलेआम बेश्याबृद्धि गर्ने होटललाई केही गरेको देखिएन, यसमा बार्गेनिङ गरेको हुनसक्छ । पछिल्ला दिनहरुमा यहाँका केही होटलहरुमा यौनजन्य गतिबिधी बढ्दै गएपनि प्रहरीले खासै चासो दिएको थिएन । तर बुधबार अचानक प्रहरीले छापा मारेपछि यौनधन्धा चलाउनेहरु आतंकित भएको बताइएको छ । बिदेशमा युवा युवती होटलमा बसेर शारीरिक सम्पर्क गर्नु कुनै इस्यु नभएपनि नेपाल जस्तो मुलुकमा सामाजिक बिकृति फैलिन नदिन छापा मारेको कार्कीले बताए ।

बन्धक बनाउने पक्राउ

सुनसरीको इटहरी र झापाको सुरुङ्गाका दुई युवतीलाई बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले बिर्तामोडबाट बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेची टप होटलका सञ्चालक जितेन उपनामले चिनिने डिजाइन राजवंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । राजवंशीले इटहरी निवासी २२ वर्षीया राई थरकी एक युवती र सुरुङ्गा निवासी २३ वर्षीया जोगी थरकी अर्की युवतीलाई लामो समयदेखि बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्दै आएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजवंशीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको र पीडित युवतीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।