पहिलो डिभिजनका ७ सय ३० लडाकुको बिदाई - मुख्य समाचार

शान्ति प्रकि्रयाको नयाँ अध्याय
पिपुल्स टाइम्स समाचार
केर्खा,माघ २९ गते २०६८/ पाँच वर्ष अघि सुरु भएको शान्ति प्रकि्रयाका मुख्य मानिएका चरणहरुमध्ये माओवादी लडाकुहरुको शिविरबाट बिदाई गर्ने कार्यक्रम सुरु भएको छ । पुनर्वर्गीकरणमा सामेल भइ स्वेच्छिक अवकाश रोजेका लडाकुहरुलाई बिदाई गर्ने क्रम चुलाचुलीस्थित जनमुक्ति सेनाको प्रथम डिभिजनबाट सुरु भएको हो । प्रथम डिभिजन मातहत स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनाहरुलाई शनिबार बिदाई गरिएको छ ।
बिगत ५ वर्षयता पहिलो डिभिजन मातहतका बिप्लप-सिर्जन स्मृति बि्रगेड इलाम चिन्ताङ-सुखानी स्मृति बि्रगेड रत्न-शकुन्तल स्मृति बि्रगेड मोरङ अनु सन्देश-स्मृति बि्रगेड चुलाचुली र चुलाचुलीमा रहेको प्रथम डिभिजनमा कार्यरत १५ सय २१ मध्ये ७ सय ३० जना लडाकुहरुलाई बिदाई गरिएको हो ।
अवकाश रोजेका लडाकुहरुलाई बिदाई गर्नका लागि शनिबार बिहानैदेखि चार ओटै बि्रगेडहरुमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो । बिदाई भएका लडाकुहरुलाई प्रथम डिभिजनद्वारा तयार गरिएको प्रमाण-पत्र समेत प्रदान गरिएको छ । बिदाई कार्यक्रमहरुमा प्रथम डिभिजनका कमाण्डर यामबहादुर अधिकारी प्रतिक्षा सह-कमाण्डर प्रमोद लगायतको उपस्थिति रहेको थियो ।
विशेष समितिले प्रदान गरेको अवकाश बापत पहिलो किस्ता र यातायात खर्च बुझिसकेका लडाकुहरुलाई पायकपर्ने स्थानहरुसम्म पुर् याउनका लागि डिभिजन र बि्रगेडहरुले गाडीको समेत प्रबन्ध गरेको थियो । अवकाश लिएका लडाकुहरुलाई दर्जाका आधारमा ५ ६ ७ र ८ लाख रुपैयाँको ५० प्रतिशत रकम बराबरको चेक प्रदान गरिएको छ ।
७ हजार २ सयलाई झण्डै २ अर्ब
यसैबीच स्वेच्छिक अवकाश रोजेका प्रथम डिभिजन सहित देशभरका ७ वटै मुख्य तथा २८ वटा सहायक शिविरका लडाकुहरुलाई चेक हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको पुनस्र्थापना रेखदेख र सेना समायोजन विशेष समितिको सचिवालयले जनाएको छ ।
विशेष समितिका संयोजक बालानन्द शर्माले छिटफुट भएका लडाकुलाई काठमाडौस्थित सचिवालय मार्फत वितरण गरिने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । सचिवालयले हालसम्म स्वेच्छिक अवकाश रोजेका ७ हजार ३ सय ६५ जना लडाकु मध्ये ७ हजार २ सय जनालाई १ अर्ब ९७ करोड रुपैयाँ बराबरको चेक वितरण गरिसकेको तथा बाँकी रहेका करिब डेढ सयलाई सचिवालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।
समितिले यही माघ १९ गतेदेखि स्वेच्छिक अवकाशमा जानेहरुलाई बिदाई प्रकि्रया सुरु गरेको थियो । अनमिनले प्रमाणित गरेका १९ हजार ६ सय २ मध्ये १६ हजार ९ सय ९६ मात्र वर्गीकरणमा सहभागी भएका थिए ।
समायोजनमा ९ हजार ७ सय ५ स्वेच्छिक अवकाशमा ७ हजार ३ सय ६५ र ६ जनाले मात्र पुनस्र्थापना रोजेका थिए । मन्त्रालयअन्तर्गत रहेको शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयका अनुसार लडाकुका लागि आर्थिक वर्ष ०६३÷६४ देखि आर्थिक वर्ष ०६८÷६९ मङ्सिर मसान्त सम्ममा जम्मा ८ अर्ब ७८ करोड ९९ लाख २६ हजार ५ सय ४६ रुपैयाँ खर्च भइसकेको छ ।

0 प्रतिकृया:

Post a Comment