हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

आगलागीबाट डेढलाखको क्षती


२६ मंशिर
मोरङ्÷ मोरङ्को शनिश्चरेमा शनिबार राति आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।
राति ८ बजे तिर शनिश्चरे ५ बस्ने प्रेम बहादुर कटवालको फुसको छाना भएको २ तले घरमा आगलागी हुदा गोठमा रहेको पराल काठपात जलेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । आगलागी राति ९ बजे तिर स्थानियवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

दुर्घटनामा तिनको मृत्युकांग्रेस सभापति घाईते


२६ मंशिर
दमक÷पूर्वका बिभिन्न स्थानमा भएका दुर्घटनामा तिन जनाको मृत्यु भएको छ ।
मेची राजमार्ग अन्तर्गत ईलामको फिक्कलमा बसबाट खसेर घाईते भएका एक सहचालकको उपचारका क्रममा मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार ना।३ ख २६७० नम्वरको बसको ढोकाबाट खसेर गम्भीर घाइते धादिङ् घर भएका सहचालक धादिङग रिाजत अधिकारीको बिर्तामोड स्थित कन्काई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार बसबाट खस्दा उनी गम्भिर घाईते भएका थिए ।
यस्तै मोरङ्को शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरका एक व्यक्तिको संखुवासभामा ढुङ्गाले किचेर मृत्यु भएको छ । नुम-४ स्थित उपस्वास्थ्य चौकी भवन निर्माणका क्रममा माथीबाट खसेको ढुङ्गाले लागेर २२ वर्षिय राममान राईकॊ घटना स्थलमानैं मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
यसै गरि ताप्लेजुङ्मा एक व्यक्ति मृत फेला परेका छन् । सुरुम्बिका ३५ वर्षिय बीरबहादुर तामाङ्लाई शनिबार स्थानीयबासीले खेवाङ् डाँडामा मृत फेला पारेका हुन् ।
यसै गरि धनुकटाका एक व्यक्तिले आफ्नै श्रीमतीलाई छुरा प्रहार गरेर गम्भिर घाईते बनाएकाछन् । तेलिया ८ बस्ने बÈ्र ३५ को राजकुमार तामाङले बÈ्र २८ वर्षिया श्रीमती सानुमाया तामाङ्लाई संबेदनशिल अंगमा छुरा प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाईतेको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराममा उपचार भईरहेको छ ।
यसै बिच नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
किरात याक्थुङ चुम्लुङले फिदिम-९ लब्रेकुटीमा शुक्रबार आयोजना गरेको वनभोजमा सरिक भएर फकिँर्दै गर्दा उनी फिदिम नजिकै मुस्कान चोकमा आफैंले चलाएको मोटरसाईकलबाट लडेर राती साढे १० बजे दुर्घटनामा परेका थिए ।
अनुहार र टाउकोमा चोट लागेका केरुङलाई उपचारको लागि राती नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

अप्टिकल फाईबरमा खरािब


२६ मंशिर
ईटहरी÷ अप्टिकल फाईबरमा आएको खरावीका कारण आईतबार पूर्वााचलका बिभिन्न स्थानमा टेलिफोन तथा मोवाईल सेवा अवरुद्ध बनेको छ ।
नेपाल टेलीकम कार्यालय बिराटनगरका अनुसार सुनसरीको भण्टाबारीमा अप्टिकल फाईबरमा क्षती पुग्दा बिभिन्न ठाउँमा अप्टिकल फाईवर काटिएपछि पूर्वीको नेपाल टेलिकमका सेवाहµ अवरुद्ध वनेका छन् । आज दिउँसो पौने एघार बजेदेखि मोवाइल तथा ल्याण्डलाइन सेवा अवरुद्ध भएका हुन् । आईतबार साँझ सम्ममा ल्याण्डफोन साचालनमा आएको र मोवाईल सेवा साचालनका लागि मर्मत भईरहेको कार्यालयले जनाएको छ ।