हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘प्रममा सुशीलको सम्भावना सकियो’ – मुख्य समाचार

काठमाडौं, १३ पुष/एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताएका छन् ।
कोइरालाले प्रचण्डकै प्रस्तावमा आफू उम्मेदवार बनेको दावी गरेकै भोलिपल्ट बिहीबार प्रचण्डले अब कोइराला प्रधानमन्त्री बन्न नसक्ने दावी गरेका हुन् ।


आफ्नै नेतृत्वको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको बैठकमा प्रचण्डले कोइराला प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका हुन् । ‘सुशील प्रधानमन्त्री बन्दैनन् । उनको सम्भावना शून्य जस्तै छ’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने–‘मलाई प्रधानमन्त्री चाहियो मात्र भनेर हुन्छ र ? आधार हुनुप¥यो नि । ’
सुशीलले लचकता नदेखाएको र कुनै पनि विषयमा सहमति गर्नै नचाहेको प्रचण्डको भनाइ छ । प्रचण्डले दलहरूबीच सहमतिको प्रयास गर्ने र नभए संविधानसभाको पुनःस्थापनाको एजेण्डा पुनः उठाउनु पर्ने बताए ।
कांग्रेसलाई नेतृत्व दिंदा आइलाग्ने खतराबारे चर्चा गर्दै प्रचण्डले बाधा अड्काउ फुकाएर अघि बढ्दा अदालतले रोक्न सक्ने बताए । बाधा अडकाउ फुकाउविरुद्ध रिट पर्न सक्ने र राष्ट्रपतिले पारित गरेका अध्यादेश पनि खारेज हुनसक्ने खतरा औंल्याउँदै प्रचण्डले त्यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार हुने तर चुनाव नहुने अवस्था आउन सक्ने बताए ।
यसैगरी सत्तासीन गठबन्धनको बैठकले २५ गतेसम्म सहमतिको सरकार गठन गरेर निर्वाचनमा जान सहमतिको प्रयास गर्ने र नभए २६ गतेबाट पुनःस्थापनाको एजेण्डा पुनः उठाउने निर्णय गरेको छ । २६ गतेबाट निर्वाचन आयोग आयुक्तविहीन हुँदैछ । आयोगले पदाधिकारी नियुक्ती, आवश्यक ऐन कानुन संशोधनलगायतमा सहमतिका लागि २५ गतेसम्मको समयसीमा दिएको छ ।

“कसैको नेतृत्व पनि कांग्रेसले मान्दैन”
इलाम, १३ पुष÷नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारमा कांग्रेस कुनै पनि हालतमा नजाने बताएका छन् । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले एक दिन भए पनि वर्तमान सरकारमा आउन अरु दलहरूलाई आग्रह गरिरहेका बेला केसीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 सहमति नभए देशमा भयावह अवस्था आउने भन्दै केसीले सरकारको नेतृत्व, संविधानका अन्तरवस्तुमा सहमतिको सर्त र संविधानसभाको पुनस्र्थापनामा कांग्रेसले कहिल्यै सहमति नगर्ने बताए । उनले भने ‘अरु सबै बिकल्पमा कांगेस लचिलो हुन तयार छ तर यी तीन कुरा हामी अन्तिम अवस्थासम्म पनि छाड्दैनौं । ’
उनले भने ‘कांग्रेस बाबुराम भट्टराई त के अरु कसैको नेतृत्वमा गठन हुने सरकारमा सहमति हुँदैन । ’ यो माओवादीको सत्ता कब्जा गर्ने चालबाजी मात्रै हो । ’ केसीले नेपाली कांग्रेसले जसरी भएपनि अबको सरकारको नेतृत्व नगरे निष्पक्ष चुनाव सम्भव नहुने बताए ।
नेपाल प्रेस युनियनले सदरमुकाममा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले माओवादीले विभिन्न बहानामा खेल मात्रै खेलिरहेको आरोप लगाए ।

आमासहित दुई बच्चा मृत फेला

उर्लाबारी, १३ पुष/पूर्वी मोरङको टाँडी गाविसमा आमासहित दुई नानीहरू मृत अवस्थामा फेला परेका छन् । आमाको पेटमा छुरा प्रहार गरिएको र छोरा र छोरी सलको पासो लगाएर झुण्डिरहेको अवस्थामा बिहीबार विहान भेटिएको हो ।
टाँडी–४ का लंका राईका २५ वर्षीया श्रीमती माया, तीन बर्षीया छोरी चाहना र डेढ बर्षीय छोरा मृत अवस्थामा भेटिएका हुन् । घटनाको समयमा मृतक मायाका श्रीमान् लंका घरमा नभइ खेतमा काम गर्न गएको स्थानीयबासीको उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीले घटनाबारे बुझ्न उर्लावारी इलाका प्रहरी कार्यालयका इन्सपेक्टर डुण्डीराज न्यौपानेको कमाण्डमा नौ जना प्रहरी घटनास्थल पठाएको जनाएको छ भने मोरङ प्रहरीका प्रवक्ता डीएसपी उमाप्रसाद चुतर्वेदीले घटना रहस्यमय बताएका छन् ।

गाविस सचिवलाई १५ सय भत्ता दिने

झापा, १३ पुष/सरकाले गाउँ विकास समितिको कामलाई प्रभावकारी बनाउन गाविस सचिवहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता दिने भएको छ ।
बिहीबार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नियमित बैठकले तोकिएको कार्यक्षेत्रमा गई काम गर्ने गाविस सचिवहरूलाई थप १५ सय रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले प्रधानसेनापति गौरवशम्सेर राणाको भारत भ्रमण स्वीकृत गरेको छ ।
बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा सीताराम अग्रवाललाई नियुक्त गरेको मन्त्री ढकालले बताए । बैठकले रौतहटमा प्रहरीमाथि आक्रमण गर्दा ज्यान गुमाएका रमोद शाहका परिवारलाई राहत स्वरुप ५ लाख दिने निर्णय गरेको सहकारी मन्त्री एकनाथ ढकालले जानकारी दिए । यस्तै बैठकले केहीदिन अघि साउदीबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लुटिएकी महिलालाई खान र बस्नका लागि ५० हजार रुपैयाँ दिने निर्णय नि गरेको छ ।
यसैगरी राष्ट्रिय मदरशा शिक्षा व्यवस्था परिषद्को अध्यक्षमा मंसुर अहमदलाई नियुक्त गरेको छ । वैठकले गरिवी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

निरजसहित नौ जना अग्रस्थानमा–खेल समाचार

दमक, १३ पुष/दोस्रो ध्रुवतारा कप अन्तर्राष्ट्रिय खुला वुद्धिचाल प्रतियोगिताको बिहीबार सम्पन्न दोस्रो र तेस्रो चरणका खेलहरूमा शीर्ष खेलाडीहरूले अग्रता लिएका छन् ।
दमकका निरज निरौला सहित फिडेमास्टर मनिष हमाल, दमकका राजन सुवेदी, गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ, बिवेक लामा, सर्लाहीका चुडामणि भट्टराई, रबिन्द्र थापा, भारतका राकेश गुरुङ्ग, विवेक विशाल र कुमार गौरवले समान ३ अङ्कका साथ संयुक्तरुपमा अग्रस्थान कायम गरेका हुन् ।
निरजले क्रमशः भारतका तनुज मेसरन र रुकुमका मिलन रोकालाई हराएका थिए भने मनिषले दोस्रो चरणमा गोल्डेनगेट कलेजका हिमाल लामा र तेस्रो खेलमा कान्तिपुर चेस क्लवका रमेश भण्डारीमाथि जित हात पारेका थिए ।
त्यसैगरी मदनकृष्णले काठमाडांैका सनत कुँवर र इनरुवाका राजनकुमार पोख्रेललाई पाखा लगाए । उत्कृष्ठ प्रर्दशन गरेका ११ वर्षीय विशाल कुमारले झापाका विजय मगर र आसामका काव्यनिल तालुकदारलाई हराएका थिए । त्यस्तै अनरेटेड रबिन्द्रले सप्तरीका नविन चौधरी र दमकका प्रकाश नेपाललाई पन्छाए भने विवेकले भारतकै रौनक मण्डल र ललितपुरका हिराकाजी महर्जनलाई निराश पारेका थिए ।
मारवाडी सेवा समिति दमकको सभा हलमा सञ्चालित खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, सप्तरीका सिंहेश्वर दास, धनकुटाका सुमन श्रेष्ठ, भारतका सौरभ आनन्द र आशुतोष कुमारले समान साढे दुई अङ्क प्राप्त गरेका छन् ।
स्वीस लिग नौ चरणको खेल हुने प्रतियोगितामा दुई अङ्क हासिल गर्ने खेलाडीहरूमा बद्रिलाल नेपाली, हेटौडाका कृष्ण थापा, झापाका विश्वविजय घिमिरे, धरानका चुडामणि कुलुङ्ग, पत्थरीका ईश्वर थापा मगर, दमकका देउकुमार निङ्गलेखु, वुद्धिकुमार राई, देवराज गजमेर, बाग्लुङ्गका रबिन्द्र श्रेष्ठ, भारतका थेन्दुप तामाङ्ग, राहुल गुरुङ्ग, रौनक मण्डल लगायत रहेका छन् ।

परामर्श नपाउँदा वैदेशिक रोजगारी असुरक्षित

बिर्तामोड, १३ पुष/वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने नेपाली कामदारले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श नपाउँदा असुरक्षित भएको सरोकारवालाले बताएका छन् ।
सुरक्षित वैदेशिक रोजगार सुचना केन्द्रको प्रभावकारी सञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श, सल्लाह सुझाव दिदै आएको प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नेपालबाट वैदेशिक रोजगार जाने नेपाली कामदारको अवस्थाबारे छलफल भएको थियो । कामदारले तेस्रो मुलुकमा काम गर्न जाँदाको प्रक्रिया पूरा नगर्दा आईपर्ने समस्याले घरेलु हिंसा र मानवीय हिंसा बढाएको उल्लेख गरेका थिए ।
सरकारले असुरक्षित वैदेशिक रोजगारलाई नियन्त्रण गर्न नसकेको र सुरक्षित बनाउन कुनै विकल्प नअपनाएकोले अब सबै क्षेत्रका संघसंस्थाले सचेतना जगाउनुपर्ने समन्वय समितिका सहसचिव सोमप्रसाद लामिछानेले बताए । उनले सुरक्षित वैदेशिक रोजगारका लागि केन्द्रिकृत संरचना भएकोले यसलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा एकिकृत विकास प्रतिष्ठान नेपाल (आईडीएफ) का मानवअधिकार संयोजक विष्णुप्रसाद खरेल, एमाले नेता ध्रुव शिवाकोटीले सुरक्षित वैदेशिक रोजगारीको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
सर्वसाधारणलाई सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना अभियानसँगसँगै गाउँ, टोलसम्म रहने संरचनालाई सँगै सहकार्य गर्नुपर्ने समेत सहभागीको भनाइ थियो । कार्यक्रममा इन्सेक, सुरक्षित वैदेशिक क्षेत्रमा कार्यरत संघसंस्था, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

लिम्बूवान सबैका लागि : नेम्बाङ्ग

पथरी, १३ पुष/लिम्बूवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष वीर नेम्बाङ्गले लिम्बूवान राज्य स्थापित भएरै छाड्ने बताएका छन् ।
लिम्बूहरूको चाड चासोक तङ्नामको अवसरमा बिहीबार लिम्बू विद्यार्थी मञ्च मोरङले पथरीमा आयोजित लिम्बूवान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नेम्बाङ्गले सो कुरा बताएका हुन् ।
आफूले स्थापित गरेको लिम्बूवान सम्बन्धि बिचार २७ बर्षपछि बल्ल लिम्बूजन्य संगठनहरूले समेत बुझ्न थालेको उल्लेख गरे । लिम्बूवान लिम्बूको मात्र नभएको तर्क प्रस्तुुत गर्दै नेम्बाङ्गले आफ्नो संगठनमा सबैजाति समावेश रहेको समेत बताए ।
लिम्बू बिद्यार्थी मञ्चका मोरङ जिल्ला अध्यक्ष फिपराज बेघाको सभापतित्वमा भएको कार्यक्रममा मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद (लोकतान्त्रिक) का केन्द्रीय अध्यक्ष लोकसागर साम्बा, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष अबोध अविरल, सचिव बिशाल लिम्बू, स्थानीय युवा कमल चोङबाङ, गंंगा लिम्बू लगायतले बोलेका थिए ।

दुग्ध व्यवसायी संगठित

बिर्तामोड, १३ पुष/झापाका दुग्ध व्यवसायीहरू आफ्नो व्यवसायिक हकहितका लागि संगठित भएका छन् । उनीहरूले बिहीबार तदर्थ समिति गठन गरेका हुन् ।
बिर्तामोडमा सम्पन्न पहिलो भेलाले ‘दुग्ध व्यवसायी संघ’ झापा जिल्ला तदर्थ समिति गठन गरेको संयोजक अर्जुन बिष्टले जानकारी दिए ।
त्यस्तै समितिका सचिव र कोषाध्यक्षमा जयप्रसाद भट्टराई र हरि नेपाल छन् भने सदस्यहरूमा गोविन्द पोखरेल, रघुनाथ अधिकारी, महेश सुब्बा, शंकर बिष्ट, जीवन सञ्जेल, सागर सुब्बा, साझा डेरी दमक, रितिका डेरी धाइजन र अर्जुन भट्टराई रहेका छन् ।

संघको कमिटी पुनर्गठन

बिर्तामोड, १३ पुष ÷डिल्लीराम उप्रेतीको अध्यक्षतामा नेकपा मालेको भातृ संगठन प्रगतिशील युवा संघको ९ सदस्यीय जिल्ला कमिटी पुनर्गठन भएको छ ।
बुधबार सुरुङ्गामा नेकपा मालेका केन्द्रीय सदस्य प्रेम दाहालको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सचिव नवराज खरेलको अध्यक्षतामा भएको  भेलाले उपाध्यक्षमा श्याम ओली, सचिवमा श्रीप्रसाद खरेल, कोषाध्यक्षमा सन्तोष पुरीलाई चयन गरेको हो ।
त्यसैगरी सदस्यहरूमा धु्रवप्रसाद खरेल, दुर्गाप्रसाद उप्रेती, कुमार मैनाली, विरेन्द्र चुडाल र सन्तोष काफ्ले रहेका छन् । उक्त भेलामा जिल्ला सदस्य काजीबहादुर खत्री, टिका अचार्य अनेरास्ववियु
(पाँचौं) का महासचिव विनोद आचार्य र नेपाल प्रगतिशील युवा संघका कोषाध्यक्ष  हरि प्रसाई लगायतले नवगठित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

बालगृहलाई रकम हस्तान्तरण

उर्लाबारी, १३ पुष /मोरङको उर्लाबारी–४ स्थित नमुना बाल गृहलाई बिहीबार उर्लाबारी हङकङ समाजले ५० हजार १ सय रुपैया प्रदान गरेको छ  ।
समाजकी सदस्य राधिका थापाको स्मृतिमा समाजले गृहलाई सो रकम हस्तान्तरण गरेको हो । १ महिना अघि दुर्घटनामा परी मृत्यु भएकी थापाको स्मृतिमा सो रकम हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष रजित कार्कीले बताए ।
सोही अवसरमा मृतकका बुवा रामबहादुर थापाले पनि गृहमा आश्रित बालबालिकाहरूलाई जाडोका न्यानो कपडा प्रदान गरेका छन् । गृहमा ३५ जना अनाथ बालबालिकाहरू आश्रित रहेका छन् ।

मगर संघको जिल्ला अधिवेशन हुने

दमक, १३ पुष/नेपाल मगर संघ झापाका दशौँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी पुष १४–१५ गते दमकमा हुने सो अधिवेशनका सम्पूर्ण तयारी कार्य पूरा भएको आयोजकहरूले जनाएका छन् । अधिवेशनबारे दमकमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका जिल्ला अध्यक्ष पर्शुराम थापा मगरले अधिवेशन सफल बनाउन तयारी सकिएको जानकारी दिए । स्थानीय रेडक्रसको सभाहलमा हुने अधिवेशन  २७ वर्षीय संस्थाको अवधिमा दमकमा पहिलो पटक हुन लागेको उनले बताए ।

अधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरले गर्नेछन् भने संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगर समेत विशिष्ट अतिथिको उपस्थित हुने जनाइएको छ । सोही अधिवेशनको उद्घाटन सत्रमा मगर समुदायका अग्रज सहित विभिन्न क्षेत्रका ९ जना प्रतिभाहरूलाई समेत सम्मान गरिने संघका जिल्ला सचिव कैलाश थापा मगरले जानकारी दिए । यसरी सम्मान पाउनेहरूमा संघका पूर्व अध्यक्ष शिवशंकर थापा मगर, संस्थापक सदस्य दलबहादुर पुलामी मगर, कलाकार सञ्जोक लाफामगर, चेस खेलाडी निरोज निरौला, बालप्रतिभा सुदृष्टि राई लगायत रहेका छन् ।
सो अधिवेशनमा करिब २ लाख खर्च हुने र बन्द सत्रले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति चयन हुने बताइएको छ । ‘समानुपातिक प्रतिनिधित्वबाट पहिचान सहितको संघीयता, स्वायत्तताका लागि सम्पूर्ण मगरहरूको सांगठानिक एकता’ भन्ने नाराका साथ सो अधिवेशनमा २ सय ५० बढी प्रतिनिधि, पर्यवेक्षकहरूको सहभागिता रहने छन् ।
पत्रकार भेटघाटमा संघका नगर अध्यक्ष वेद थापामगर, सदस्य रमेश थापामगर, मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार थापा मगर लगायतको उपस्थिति थियो ।

सुन्तलाबाट २८ करोड आम्दानी

इलाम, १३ पुष/जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन ५ प्रतिशत बढेको छ । उत्पादन बढेसँगै किसान यस वर्ष सुन्तला बिक्रीबाट २८ करोड रुपैयाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् । जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार सुन्तलाखेती किसान बढेपछि उत्पादन विस्तार भएको हो ।
जिल्लामा ३ सय ९ हेक्टर क्षेत्रफलबाट ४ हजार १ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालयका वुद्धिराम भट्टराईले जानकारी दिए । सुन्तलाको उत्पादनबाट यस वर्ष जिल्लामा २८ करोड ७० लाख रुपैयाँ भित्रिएको छ । व्यक्तिगत रूपमा किसानले एउटै बगानबाट ३ लाख रुपैयाँसम्ममा सुन्तला बिक्री गरेको बताएका छन् ।
जिल्लामा हाल ७० रुपैयाँ प्रतिकिलोमा सुन्तला किनबेच भइरहेको छ । अघिल्लो वर्ष इलाममा ३८ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि कार्यालयको तथ्यांक छ । कार्र्यालयले व्यवसायिक सुन्तलाखेती गरिँदै आएका जिर्मले, नामसालिङ, कन्याम, बरबोटे, पशुपतिनगर, सोयाक र गोदक गाविसलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ ।
उत्पादित सुन्तला झापा हुँदै छिमेकी भारतमा समेत निकासी हुने गर्छ । सुन्तला बगानमै भारतीय व्यापारी आई बोटसमेत किन्ने गरेको जिर्मलेका याम अधिकारीले बताए । सुन्तलाबाहेक जिल्लामा ५३ हेक्टरमा ५ सय ५५ मेट्रिकटन जुनार र ६२ हेक्टरमा ६ सय ३० मेट्रिकटन कागती उत्पादन भएको छ ।
बाँसखर्कबाट ३ करोडको सुन्तला बिक्री
पर्वत सुन्तला उत्पादनमा पश्चिमाञ्चलकै उत्कृष्ट सुन्तला पकेट क्षेत्रका रूपमा मानिँदै आएको पर्वतको बाँसखर्क गाविसबाट यस वर्ष गतवर्षको तुलनामा दोब्बर आम्दानी भएको छ । गतवर्षभन्दा यस वर्ष बढी सुन्तला उत्पादन भएपछि किसानले दोब्बर आम्दानी गरेका हुन् ।
गतवर्ष झन्डै डेढ करोडको सुन्तला निर्यात भए पनि यस वर्ष ३ करोडभन्दा बढी मूल्यको सुन्तला निर्यात हुने स्थानीय सुन्तला कृषक यामबहादुर पुर्जाले जानकारी दिए । पश्चिमाञ्चलमा नै सबैभन्दा स्वादिलो सुन्तला फल्ने बाँसखर्कका कृषकले बोटमै ४० देखि ८० रुपैयाँ प्रतिकिलोग्राममा बिक्री गर्दै आएका छन् । बाँसखर्कका सुन्तला पोखरा, काठमाडौं, नारायणगढ, भैरहवालगायत स्थानमा पुग्ने गरेका छन् ।
बाँसखर्कका २ सय ५६ घरधुरीका स्थानीयले सुन्तलाखेतीलाई व्यावसायिक रूप दिई प्रमुख आम्दानीको स्रोत बनाउँदै आएका छन् ।

श्रीमान् पक्राउ

विराटनगर, १३ पुष/मोरङको केरावारी–८ की जयन्ती तामाङको रहस्यमय ढंगले मृत्युभएपछि उनकै श्रीमान् विजय लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लिम्बूलाई अनुसन्धानका लागि बुधबारराति नियन्त्रणमा लिएको हो ।
केरावारी–८ मा स्थानीय छिन्ताङ्गे भन्ने र विजय लिम्बूबीच झगडा भएको जानकारी पाएर गएको प्रहरी टोलीले लिम्बूको श्रीमती मृत अवस्थामा भेटेपछि नियन्त्रणमा लिएको हो । झगडा भएको भनेर गएपनि सुतिरहेको अवस्थामा श्रीमान् उठाउँदा उठेको र श्रीमती मृत फेला परेपछि विजयलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ । यता जयन्तीमा माईतीपक्षले भने विजयले कर्तब्य गरी हत्या गरेको आरोप लगाएका छन् ।

मानसरोवरमा अखिल (क्रान्तिकारी)

दमक, १३ पुष/एकीकृत माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले दमक–१४ स्थित मानसरोवर कलेजमा इकाई कमिटी गठन गरेको छ । बिहीबार कलेजमा भएको भेलाले योजन भट्टराईको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा योगराज कार्की, सचिवमा सुष्मा न्यौपाने, सह–सचिवमा विनोद पौडेल, कोषाध्यक्षमा रेनु अर्याल र सदस्यहरूमा केवल राई, उज्ज्वल राई लगायत रहेका छन् । संगठनका सिटीइभिटी पूर्वाञ्चल क्षेत्रीय समितिका संयोजक संजिव राई र सह–संयोजक अनिल सुवेदीले बोलेका थिए ।

राप्रविसंको विज्ञान संकायमा कमिटी

दमक, १३ पुष/राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ) दमक बहुमुखी क्याम्पस इकाई कमिटीले विज्ञान संकायतर्फ स्नातक दोस्रो वर्षमा कमिटी गठन गरेको छ । बिहीबार सम्पन्न भेलाले सुदिप आचार्यको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरेको हो । गठिति कमिटीको उपाध्यक्षत्रयमा आकाश रेग्मी, विकास रेग्मी, राजु घिसिङ्ग, सचिवमा निरज न्यौपाने, सहसचिवद्वयमा सञ्जित भण्डारी, विक्रम पोखरेल, कोषाध्यक्षमा सञ्जिव कार्की र सहकोषाध्यक्षमा विक्की कार्की चुनिएका छन् । संगठनका अध्यक्ष किरण भण्डारी र सचिव महावीर सुर्खेतीले संयुक्त विज्ञप्ति मार्फत सो कमिटी गठन गरिएको जनाइएको छ ।

विद्यालय हिँडेकी बालिका वेपत्ता

उर्लाबारी, १३ पुष/विद्यालयमा काम छ भनेर हिडेकी एक बालिका एक साता देखि बेपत्ता भएकी छिन् । राधिका मावि उर्लाबारी–४ मा कक्षा–५ मा अध्यनरत सरस्वती सुवेदी एक साता देखि बेपत्ता भएकी वाबु निखिल सुवेदीले जानकारी दिए । विद्यालयमा काम छ भनेर विद्यालयको पोसाकमा घरबाट हिडेकी थिई बाबु निखिलले भने–दिनरात खोज्दैछु अझै सम्पर्कमा आएकी छैन् । होटल मा भाडा मस्काएर जिवीकोपार्जन गर्दै आएका बाबु निखिलले छोरीको खोजीमा सहयोग पु¥याउन संघ संस्था सञ्चारकर्मी वुद्धिजीवीहरूलाई अनुरोध गरेका छन् । यता इलाका प्रहरी कार्यालय उर्लाबारीले सरस्वतीको खोजी भइरहेको जानकारी दिएको छ ।

भगवती उमाविमा ओडारी

शिवगञ्ज, १३ पुष/झापाको शिवगञ्ज–९ स्थित भगवती उच्च माविको विद्यालय व्यवस्थापन समिति चयन भएको छ ।
बुधबार विद्यालयमा सम्पन्न एक भेलाले समितिका अध्यक्षमा गजबहादुर सोडारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, समितिका सदस्यहरूमा मणिकुमार माझी, श्रीप्रसाद चापागाईँ, निर्मला कार्की र सदस्य सचिवमा विद्यालयका प्राचार्य पदमप्रसाद दाहाल छन् । समितिले एक शिक्षक प्रतिनिधि र थप तीन सदस्य मनोनित गर्ने प्राचार्य दाहालले बताए ।

नागरिक सहायता भवन निर्माण गरिने

दमक, १३ पुष/झापाको दमकमा नागरिक सहायता कक्षको भवन निर्माण गरिने भएको छ ।
भवन निर्माणका लागि इलाका प्रहरी कार्यालय दमकमा भएको भेलाले रोमनाथ ओलीको अध्यक्षतामा नागरिक सहायता कक्षनिर्माण समिति गठन समेत गरेको छ । समितिको सदस्य सचिवमा प्रहरी सहायक निरीक्षक गंगा राई, सदस्यहरूमा गंगा सिटौला, प्रकाश प्रसाई, ढुण्डी भण्डारी, सन्तोष राई लगायत छन् । समितिले ६ महिनाभित्र इलाका प्रहरी कार्यालय दमक परिसरमा भवन निर्माणको काम शुरू गर्ने बताइएको छ ।
यसैबीच सामुदायिक प्रहरी सेवा केन्द्र दमकले आकस्मिक कोष स्थापना गरेको छ । केन्द्रको भेलाले सवारी दुर्घटना र अन्य आकस्मिक घटनामा परेकाहरूको उद्दारका लागि कोषको स्थापना गरेको हो । समितिको अध्यक्षमा रोमनाथ ओली, सदस्यहरूमा प्रहरी निरीक्षक हरि खतिवडा, सदस्य सचिव गंगा राई लगायत छन् । कोषमा इलाका प्रहरी कार्यालयले ५ हजार, सन्त किराँतीले २ हजार, सन्तोष राईले एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

“मोफसलको फिल्मलाई माया गरिदिनुस्”

गोविन्द मोते – झापा दमकका व्यवसायी तथा चलचित्रकर्मी हुन् । दमकबाट आजदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भविष्य’ का निर्माता उनी यस फिल्मबाट राम्रो व्यापार हुने विश्वासमा छन् । दमक–११ मा लामो समयदेखि पूजा टेलर्स चलाई आएका निर्माता मोतेले ‘भविष्य’ पछि ‘सती’ नामक चलचित्रको निर्माणका तयारीमा छन् । प्रस्तुत छ – मोते फिल्मस् प्रा.लि. ब्यानर तथा सीता मोतेको प्रस्तुति रहेको ‘भविष्य’ का निर्माता मोतेसँग गरिएको कुराकानी –

‘भविष्य’ फिल्म प्रदर्शनको तयारीमा छ, यो कस्तो फिल्म हो ?
मोफसलबाट निर्मित यस फिल्म एक विशुद्ध मनोरञ्जनात्मक नेपाली फिल्म हो । यसमा रोबोटको प्रस्तुति छ । दर्शकलाई भरपुर मनोरञ्जन दिलाउन यसले पक्कै दर्शकको मन जित्ने छ भन्ने विश्वास लिएको छु । पूर्वका फिल्मी क्षेत्रमा निश्चय पनि यो फिल्मले छुट्टै स्थान ओगट्ने छ र दर्शकको माया पाउने छ ।
यस चलचित्रले व्यवसायिक सफलता पाउने छ ?
निश्चय पनि । यो फिल्मी समग्र रुपमा मोफसलको फिल्म क्षेत्र छुट्टै स्थान र पहिचान बोकेको छ भन्ने लाग्छ । व्यवसायिक रुपमा यो फिल्मले सफलता पाउने छ ।
फिल्म क्षेत्र निर्माणमा उत्तिकै जोखिम पनि छन्, तपाईलाई के लाग्छ ?
हरेक क्षेत्रमा जोखिमका अवस्था अवश्य छन् । तर यो फिल्मबाट लगानीको जोखिम सहनु नपर्ला कि भन्ने लागेको छ । किनकि दमकका गहना र यहाँको परिचयका लागि समेत यस फिल्मले समेटेको छ । आधा बढी भाग दमकमा छायाङ्कन भएकाले विशेषत दमकेलीले यसलाई मन पराइदिनुहुने, माया गरिदिनुहुनेछ भन्ने विश्वास लागेको छ । त्यस्तो त यसै क्षेत्रका कलाकारहरूको प्रतिभालाई उजागर गराउन समेत यसले निश्चय पनि सघाउ पु¥याएको छ ।
तपाईले के देखेर फिल्मी क्षेत्रमा आउनुभयो ?
फिल्मी क्षेत्रबाट समाजका लागि केही गरौँ भन्ने उत्साहका कारण पनि फिल्मी क्षेत्रमा आएको हुँ । नाटक, गीत, सङ्गीत क्षेत्रमा विद्यालय स्तरमा जन भूमिका थियो, त्यसले पनि यो क्षेत्रमा केही गरौँ भन्ने दृढता चलचित्र निर्माणमा लागेको हुँ ।
तपाईको फिल्ममा कलाकारहरूलाई पारिश्रमिक दिनुहुन्न रे ?
होइन । मोफसलको हैसियतमा एउटा कलाकारलाई दिनुपर्ने पारिश्रमिक उपलब्ध गराएको छु । किनकि कलाकार होस् या अन्यले उसले काम गरेपछि न्यूनतम रुपमा पारिश्रमिक पाउनै पर्छ । मेरो फिल्ममा कलाकारहरूलाई पारिश्रमिक उपलब्ध गराएको छु ।
मोफसलमा फिल्मी क्षेत्रको समस्या के–के हुन् ?
धेरै समस्या खेप्नु परेको छ । प्रविधि कलाकारहरूको हिसाबले मोफसलमा अनेकौँ चुनौति छन् । प्रविधिमा ठूलो समस्या झेल्नु परेको छ, त्यस्तै, स्तरीय कलाकार मोफसलमा नपाउँदा उत्तिकै समस्या छन् । सारांशमा मोफसल राजधानी बाहिर ओझेलमा परेको छ ।
अन्तमा केही भन्नु छ ?
‘भविष्य’ आजबाट प्रदर्शनीको आरम्भमा छ । मोफसलका कलाकार, छायाङ्कन भएकाले मोफसलबाट मिर्मित नेपाली फिल्मलाई माया गरेर हौसला दिनुहोला भन्ने अनुरोध गर्दछु । ‘भविष्य’ पछि ‘सती’ फिल्मको निर्माणको अन्तिम तयारीमा छु । अझै यस्ता फिल्म निर्माण गर्ने कार्यमा हौसला पाए, केही गर्न सकिन्छ भन्ने लागेको छ ।

चासोक तङ्नाम र यसका प्रभाव

भूपेन्द्र खुदाङ लिम्बू
चाडपर्वहरू सामाजिक सद्भाव र रीतिथिति संस्कार संस्कृति निरन्तरताको द्योतक हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तन अनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन पाइन्छ । खास गरेर लिम्बू समुदाय बसोवास गर्ने पूर्वी नेपाल लिम्बूवान क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोवास गर्ने लिम्बू जातिले सामूहिक रुपमा चाडपर्व मान्दै आएका छन् । लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । लिम्बू जाति प्रकृतिक पूजक हुन् । हाल विभिन्न पेशा र जीवनशैली अपनाए ता पनि मुलतः लिम्बू चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका
अर्थ झल्कन्छ ।
लिम्बू समुदायले महान चाडको रुपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उधौली याममा बालीनाली भित्राउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई लिम्बू भाषामा न्वागी पनि भनिन्छ । मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किरात याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किरात चाड एक परिचय पुस्तकमा उल्लेख अनुरुप मुन्धुमअनुसार कृषियुग शुरु हुनुअघि लिम्बूहरूका आदिम पूर्खा सावा येत्हाङहरूले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रर्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेना÷माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउविजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए । त्यसैलाई छरपोख गरी उब्जाएर खानु भन्दा अगाडि माङलाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी)पूजा भनियो भन्ने पाइन्छ । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा हुन् भनी लिम्बूजातिले मान्दछन् । यीनै माङ र तागेरानिवाभु माङलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरूलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ ।

यसखेर लिम्बू समुदाय बसोबास रहेको लिम्बुवानको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैंयू फुलेको छ । यसरी पैँयू फुलेको समयलाई किरात लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ । सोहि समयमा पहाडि भागको माथि खर्कतिर लगिएको गाईगोठहरू पनि तल बस्तितिर झारिन्ने गरिन्छ । पहिला घरघरमा न्वागी तथा चासोक पुजा गरि रमाउने लिम्बू समुदायले हाल आएर सामुहिक रुपमा यसलाई महान उत्सवको रुपमा मान्दै आएको छ । लिम्बू समुदाय रहेको लिम्बुवान बाहेक काठमाडौँ उपत्यका तथा विदेशमा समेत यसलाई सामुहिक पुजा तथा खुसियाली मनाउदै आएको छन् । वर्षमा एक पटक आउने यो पर्वमा खुसियाली साटासाट गर्ने तथा वर्षभरी भेट नभएको आफ्न्तजन तथा साथिभाइहरूसँगको भेटघाटको अवसर मानिन्छ । यस्तै यो अवसरमा विभिन्न मेलाको आयोजना गरी शुभकामना आदानप्रदान तथा मौलिक गीतसङ्गीत सहितको सांस्कृतिक कार्यक्रम, (यालाङ, केलाङ)धान तथा च्याब्रुङ नाच पनि नाचिन्छ ।
यसरी मनाईने किरातहरूको महान चाड तथा राष्ट्रिय पर्व लिम्बूहरूले उधौलीलाई चासोक तङ्नामको रुपमा मान्छन् भने अन्य किरात वंशका शाखाहरूमध्ये राईले उधौली साकेला, याक्खाले चासुवा, सुनुवारले फोलष्याँदरको रुपमा मान्ने गर्दछन् । नेपाल सरकारले यस राष्ट्रिय चाड चासोक तङ्नाम अर्थात मङ्सिर पूर्णिमाका दिन सार्वजनिक विदा २०५८ सालदेखि दिँदै आएको छ । सबै चाडपर्वहरूको आफ्नै महत्व रहेको हुन्छ । यस पर्वले राष्ट्रमा मेलमिलाप तथा भाइचाराको सम्बन्ध स्थापित गरेको छ । यसलाई सही रुपमा ग्रहण गरी मान्ने, मनाउने निरन्तरता दिनु आजको दायित्व हो । चाडपर्व सही रुपमा अगाडि नबढेमा मौलिक चाडहरू माथि विकृति विसङ्गति हावी नहोला भन्न सकिन्न । आफ्नो पहिचान मौलिक रीतिरिवाज, संस्कार, कला संस्कृति, भेषभूषा, भाषा, लिपि आदिले सम्पन्न छन् लिम्बूजातिहरू । अहिले मौलिक कला संस्कृतिहरू जस्तै यालाःङ (धाननाच), केलाःङ (च्याब्रुङ नाच) स्टेज कार्यक्रम हुन पुगेको छ । जुन कलाकारले मात्र नाच्न र गाउन सक्छन् । यसको अर्थ आज स्टेजमा भएको चिज भोलि सङ्ग्राहलयमा नपुगोस् यसैले लिम्बूजन्य सामाजिक सङ्घ–संस्थाहरू सामाजिक जागरण, अभियानमार्फत् कला संस्कार, संस्कृतिको कार्यक्रमहरू लिम्बू समुदायमा लगेर यी विषयवस्तुको बारेमा जानकार बनाउन आजको आवश्यकता बनेको पाइन्छ । आधुनिकताको नाममा संस्कार, संस्कृतिहरू लोप हुने अवस्था पुगेकोले सचेत हुन जरुरी छ । यसरी नै हाम्रो मौलिक चाडपर्वहरूको पनि संरक्षण, सम्बद्र्धन, व्यवस्थापन गर्दै निरन्तरता दिइएन भने मौलिक परम्पराहरू लोप हुनेछ । कुनै पनि चाडपर्वहरू सामाजिक चलन तथा समयको परिवर्तनसँग सम्बन्धित ग्रहण गर्ने र मान्ने मनाउने शैलीहरू परिवर्तन भएता पनि पहिचान झल्कनु पर्दछ ।

उधौली चाड, किराती र प्रकृति

आदिम युगदेखि प्रकृतिलाई नै इश्वर मान्ने तथा प्राकृतिक नियमानुसार जीवन शैली निर्वाह गर्ने किरातीहरू प्रकृति पूजक समुदाय हुन् । किराती समुदायका लागि प्रकृतिका अन्तरवस्तुहरू महत्वपूर्ण पक्ष हुन् । किराती समुदायले सभ्यताको विकास क्रमदेखि नै प्रकृतिसँग मिल्दोजुल्दो जुन संस्कृतिलाई आत्मसाथ गरेर आएका छन्, आजको युगमा समेत त्यसले महत्व राखेको छ ।
यतिबेला उठेका ग्लोबल वार्मिङ, कार्बन रिडक्सन, जलवायु र प्रकृति संरक्षण जस्ता विषयहरूलाई सहज समाधान गर्न पनि प्रकृतिपूजक आदिवासीय जीवन पद्धतिले महत्व राख्ने विज्ञहरूले बताइरहेका छन् । यस अवस्थामा किराती समुदायले प्रकृतिसँगको आफ्नो जीवन शैली र गतिविधिलाई जसरी अक्षुण राख्दै आएका छन् । यो उनीहरूको महानता समग्र मानव जगत र सृष्टिका लागि पनि महत्वपूर्ण छ ।
किराती समुदायले मुख्य गरी कृषि युगको सुरुवाती चरणलाई आत्मसाथ गरेर उद्यौली र उभौली चाडहरू मनाउँदै आएका छन् । वर्ष सुरुवातसँगै नदीनालाहरूमा पानीको वहाव बढेसँगै माछाहरू उक्त वहाव चिर्दै ठीक विपरित उभोतर्फ जाने हुँदा तयसलाई उभौली भन्ने चलन छ । यो मिथकिय मान्यताले किराती समुदाय जस्तो सुकै अवस्थामा पनि आफ्नो जीवन पद्धतिप्रति निरनतर संघर्ष गरिरहन्छ भनने अर्थ राख्दछ । उभौलीमा अन्नबाली लगाउनका लागि उपयुक्त मौसमको आशा गर्दै प्रकृतिसँग प्रार्थना गर्दै धुमधामका साथ विभिन्न सांस्कृतिक नृत्य र पूजाआजा समेत गरेर जेठको समयमा मनाउने प्रचलन छ ।
त्यस्तै हिउँदयाम सुरु भएसँगै नदीनालामा पानीको वहाव घट्दै जाने र माछाहरू उधो झर्ने प्राकृतिक नियमका आधारमा यसलाई उधौलीको संज्ञा दिइएको छ । यो पाुषको महिनामा पर्दछ । यसबेला अन्न बाली उमारेर, फलाएर घरमा भित्र्याइसकेपछि आफूले ग्रहण गर्न अघि उनै सर्वश्रेष्ठ ‘माङ‘ (प्रकृति) लाई चढाएर मात्र आफूले ग्रहण गर्ने प्रचलन छ । सरल भाषामा किरातीहरूले यसलाई ‘न्वाङ्गी‘ पर्व समेत भन्दछन् । किराती समुदायको संस्कार, संस्कृति र वेदीय शास्त्र ‘मुन्धुम‘ का ‘कथ्य‘ वा ‘लेखकीय‘ पक्षले पनि उधौली चाडलाई महत्व प्रदान गरेको छ । मानव जीवन निर्वाहका लागि उत्पादनको स्रोत र यसप्र्रतिको सहकार्य र व्यवस्थित निरन्तरता आवश्यक छ । वास्तवमा प्रकृति भन्दा पर अर्को शक्तिशाली पक्ष छैन । तसर्थ उनै प्रकृतिप्रति गहिरो आस्थाका साथ मनाइने किरातीहरूको उधौली चाड (चासोक तङनाम् ÷ साकेला ÷ चासुवा ÷ फोलषाँदर) प्रकृतिलाई मान्ने तमाम मानव जगतका लागि सामुहिक र सामाजिक चाड हो ।
किराती समुदायका लिम्बू, राई, याक्खा र सुनुवार जातिले आजसम्म पनि प्रकृतिप्रतिको आस्था, प्रेम, जिम्मेवारी र दायित्वलाई भूलेका छैनन् । त्यस्तै आदिवासी जनजाति समुदायले प्रकृतिलाई नै आफ्नो परमपूज्य शक्तिका रुपमा मान्दै आएको अवस्था छ । प्रकृतिसँग सम्बन्ध रहेका, आर्थिक, सामाजिक र सांस्कृतिक जीवन पद्धति जोडिएका किरानी समुदाय र समग्र आदिवासी जनजाति समुदायप्रति राज्यले न्यायोचित र सौहार्दताको व्यवहार गर्न जरुरी छ । आजसम्म प्रकृतिलाई संरक्षण गर्ने कुरामा उनीहरूको योगदान, सीप, क्षमता र जैविक पद्धतिहरूलाई राज्यले मूल प्रवाहमा ल्याउन सके मात्र उनीहरूमाथिको वास्तविक सम्मान झल्कने छ । अन्यथा क्रमशः यी जाति र उनीहरूले आदिम कालदेखि विकास गर्दै ल्याएको प्रकृतिलाई संरक्षण मिल्ने किसिमका कार्यहरू लोप हुँदै नजालान् भन्न सकिन्न ।

मुलुकलाई सक्षम डाक्टरको खाँचो : बुढाथोकी

कमन देवान
महारानीझोडा, २ पुष/नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा बसिरहने नैतिक हैसियत गुमाइसकेको भन्दै मुलुकलाई सक्षम डाक्टरको खाँचो भएको बताएका छन् ।
झापाको महारानीझोडामा आइतबार स्व. गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुरा झापाको आयोजना तथा नेपाली कांग्रेस महारानीझोडा गाउँ समितिको सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै झापा क्षेत्र नम्बर ५ को पूर्व सभासद् समेत रहेका बुढाथोकीले प्रम भट्टराई फेबिकोल लगाएर कुर्सीमा टाँसिइरहेको आरोप लगाए । उनले भने –‘संविधानसभा बिघटन लगायत थुप्रै मुद्दामा असफल भएका डाक्टरलाई हटाएर मुलुकका समस्या समाधान गर्न सक्ने सक्षम डाक्टरको खाँचो परेको छ ।’
सो अघि झापाको लखनपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बुढाथोकीले चुनाव भए हैसियत घट्ने डरले माओवादी चुनावबाट भागिरहेको आरोप लगाए । ‘कांग्रेसलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दिए चुनाव गर्छौं । तर माओवादी हैसियत गुम्ने डरले भागिरहेको छ । राजनीतिक गतिरोध त्यसैले लम्बिूदै गएको छ’, उनले भने । माघमा पार्टीको महाधिवेशन गर्ने माओवादी रणनीति बैशाखलाई घोषणा गरिएको संविधानसभा निर्वाचन टार्ने खेलमात्र भएको बुढाथोकीले आरोप लगाए ।
कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ६ का पूर्व सभासद् दीपक कार्कीले तल्लो तहका जनतालाई स्वास्थ्य शिविर उपयोगी हुने बताए । त्यस्तै कांग्रेस झापा उपसभापति देउमान थेबेले राजनेता गिरिजाप्रसाद काइरालाको स्मृतिमा स्थापित प्रतिष्ठानले ग्रामीण क्षेत्रका जनताको हितमा काम गरेको सुझाए ।
सो अवसरमा स्थानीय छ जना सामाजिक अगुवाहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरूमा नेका महारानीझोडाका पूर्व सभापति विष्णुप्रसाद अधिकारी, महारानीझोडाका पूर्व गाविस अध्यक्ष देवीप्रसाद काफ्ले, कृष्णप्रसाद चुडाल, गुरुप्रसाद घिमिरे, कुलप्रसाद ओली र गंगाप्रसाद पौडेल रहेका थिए ।
विराटनगरस्थित नोबेल अस्पतालका विशेषज्ञ डाक्टरहरूको सहयोगमा सञ्चालित शिविरबाट ग्रामीण भेगका १२ सय बढी सर्वसाधारण लाभान्वित भएको जनाइएको छ । स्वास्थ्य परीक्षणका क्रममा उपचार आवश्यक भएका बिरामीले चाहे अस्पताल भर्नाका लागि निःशुल्क यातायातको
व्यवस्था गरिएको नोबेल अस्पतालका बजार प्रबन्धक भगत शाहले बताए ।
शिविरमा भिडियो एक्सरे, इसिजि, फिजिसियन, स्त्रीरोग, बाल रोग, मानसिक, दन्त परीक्षण लगायतका स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको कांग्रेस क्षेत्रीय प्रतिनिधि युवराज पौडेलले जानकारी दिए ।
कार्यक्रमको उद्घाटनसत्रमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ७ का महाधिवेशन प्रतिनिधि हुकुमसिंह राई, जिल्ला सदस्य टीकाराज सापकोटा लगायतको आतिथ्य रहेको थियो । प्रतिष्ठानका अध्यक्ष किरण भट्टराई र नेका महारानीझोडा सभापति पिताम्बर दाहालको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

आङ्ग खस्ने महिलाका लागि स्वास्थ्य शिविर

आइतबारदेखि दमकको लाईफलाईन अस्पतालले आङ्ग खस्ने महिलाहरू बिरामीहरूको उपचार सहजताका लागि निःशुल्क तीन दिने स्वास्थ्य परीक्षण शिविर सुरु गरेको छ ।
अस्पतालद्वारा आयोजित स्वास्थ्य शिविरमा आङ्ग खस्ने रोगको पहिचान गरी पीडित महिलाहरूलाई निःशुल्क शल्यक्रियाका लागि आवश्यक तयारी थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यनारायण शाहले जानकारी दिए ।

महिलामा हुने आङ्ग खस्ने समस्या गुप्त रोग भएकाले अधिकांश रोगी उपचारका लागि स्वास्थ्य संस्थामा आउन लजाउने डा. शाहाको भनाई छ । धेरै बच्चा जन्माउने र बढी श्रम गर्ने महिलाहरूमा यो समस्या अत्याधिक रहने उनले दावी गरे । आइतबार अस्पतालमा ३० जना महिलाले आफ्ना समस्याका बारे स्वास्थ्य परामर्श लिएको शाहले बताए ।
सो रोगको शल्यक्रिया सहितको उपचारका लागि पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटासँग सम्झौताको अन्तिम तयारी भइसकेको अस्पतालका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिए । उनले भने –‘निर्देशनालय र अस्पतालबीच आगामी ९ गते सम्झौता हुने पक्का भएको छ ।
त्यसपछि आङ्ग खस्ने समस्या भएका महिलाहरूलाई हामी निःशुल्क उपचारको व्यवस्था गर्ने छौं ।’ आङ्ग खसेका बिरामीको शल्यक्रियाका लागि न्यूनतम २५ हजार रुपैयाँ खर्च हुने अस्पताल स्रोतले जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत विभिन्न अस्पतालहरूसँग सम्झौता गरी आङ्ग खस्ने महिलाका उपचारको लागि स्वास्थ्य मन्त्रालयले उपचार लागत व्यहोर्ने व्यवस्था छ ।
आइतबारदेखि सुरु भएको शिविरमा मदुमेह र दन्त परीक्षणको समेत निःशुल्क व्यवस्था गरिएको अस्पतालले जनाएको छ । अस्पतालका फिजिसियन डा. सन्तोष सुवेदी, डा. मुक्ति भट्टराई र डा. अविनव श्रेष्ठले मंगलबारसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्दैछन् । पहिलो दिन एक सय बढी सर्वसाधारणले सेवा लिएका बताइएको छ ।

साम्बाको नेतृत्वमा नयाँ पार्टी

दमक, २ पुष/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् फुटाएर असन्तुष्टहरूले नयाँ पार्टीको घोषणा गरेका छन् । आइतबार धरानमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी निर्माण भएको औपचारिक घोषणा गरेका हुन् ।

लिङ्देन नेतृत्वको संगठनले लिम्बुवानी आन्दोलनलाई धोका दिएको भन्दै नयाँ शक्तिको रुपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् (लोकतान्त्रिक) पार्टी सार्वजनिक गरेका हुन् । घोषित सो पार्टीको नेतृत्व लोकसागर साम्बाले गरेका छन् ।
पार्टीको चार उपाध्यक्षहरूमा दिलकुमार फोम्बो, होमप्रसाद तुम्वाहाम्फे, हरि श्रेष्ठ, टिका ढुंगेल, सचिवमा डम्बर खजुम, सहसचिवमा मनिष हेल्लोक, अर्थसचिवमा देउमान लिम्बु लगायत २१ सदस्यीय कार्यसमिति गठन गरेका छन् ।
गत मंसीर २३ र ३० गते सम्म धरानमा असन्तुष्टहरूले (प्रगतिशील विचार समूह) को भेला गरी नयाँ पार्टी घोषणा गरेका थिए । पार्टी गठनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नवगठित पार्टीका अध्यक्ष साम्बाले लिम्बुवानी आन्दोलनलाई निष्कर्षमा पु¥याउन नयाँ राजनीतिक शक्ति स्थापित भएको दाबी गरे । ‘अरुण पूर्वका ९ जिल्लालाई पहिचानसहितको लिम्बुवान स्वायत्त राज्यको रुपमा स्थापित गराउन लोकतान्त्रिक विचार समूहलाई एकताबद्ध गराउनेछौँ’ अध्यक्ष साम्बाले भने–‘लिम्बुवानजन्य संगठनहरूबीच दर्विलो एकताका लागि समेत हाम्रो प्रयास हुनेछ ।’ सम्मेलनमा सम्बाले लिङ्देन नेतृत्वको परिषद्ले लिम्बुवानी आन्दोलनलाई ओझेलमा पारेको जिकिर गरे ।
सोही सम्मेलनमा वितरित विज्ञप्तिमा सुनसरी जिल्लाको अध्यक्षमा कुमार सेरेङ चोङवाङ, विद्यार्थी विभागमा अनिल लिङ्देन, युवा विभागमा नितेश सिंगक, विद्यार्थी तर्फ उपत्यका प्रमुखमा गुमानसिंह लिङ्देन, विद्यार्थी तर्फ झापा प्रमुखमा विष्णु लाओती र सल्लाहकार समिति प्रमुखमा चन्द्र साम्बा रहेका सांगठानिक समिति समेत गठन गरिएको जनाइएको छ ।

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सतासीधाम, २ पुष/झापाको सतासीधाम–१ डुँडामारीका ६० बर्षीय मानबहादुर नेपालीले आफ्नी ५५ बर्षीया श्रीमती सुकलक्ष्मीको हत्या गरेका छन् ।
शनिबार राति ९ बजे मादक पदार्थ सेवन गरी आएका नेपालीले बञ्चरोको
पासाले हिर्काएर श्रीमतीको हत्या गरेका हुन् । हत्यापछि उनी फरार भएका बताइएको छ ।
घटनाबारे अनुसन्धान र फरार अभियुक्तको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

बन्दुक खेलाउँदा आफ्नै मृत्यु

इलाम, २ पुष/भरूवा बन्दुक पड्किएर इलामको शान्तिपुर–२ अर्जुन राईको मृत्यु भएको छ । शनिबार साँझ बारूद भरिएको बन्दुक खेलाउने क्रममा अचानक पड्किँदा राईको मृत्यु भएको हो ।
आफ्नो घरमा भएको बन्दुक खेलाउँदै गर्दा अचानक पड्किएर उनको निधारमा
गोली लागेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । गोली लागि उनको घटनास्थलमै ज्यान गएको थियो ।

डाकाहरूद्वारा लुटपाट

दमक, २ पुष/झापाको पाठामारीको एक घरमा शनिबारराति बम पड्काउँदै आएका भारतीय डाकाहरूले लाखौंको लुटपाट गरेका छन् । डाकाहरूको आक्रमणमा २ जना घाइतेसमेत भएका छन् ।
पाठामारी २ का कुस्पतलाल राजवंशीको घरमा राति १ बजे आएको संख्या नखुलेको डाका समूहले सुतली बम पड्काउँदै नगद ६० हजार रूपैयाँ र ५ तोला बराबरका सुनका गहना लुटपाट गरेको हो । डाका समूहको आक्रमणबाट राजवंशीका छिमेकी धर्मेन्द्र राजवंशी र अमृत राजवंशी घाइते भएका छन् ।
उनीहरूको ओम साई अस्पताल भद्रपुरमा उपचार
भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो डकैती घटनामा सलंग्न डकैत समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एमाओवादी अध्यक्षमा अधिकारी

दमक, २ पुष/एकिकृत नेकपा माओवादीको दमक नगर कमिटीको अध्यक्षमा सिताराम अधिकारी चुनिएका छन् ।
आइतबार सम्पन्न दोस्रो नगर सम्मेलनले अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको हो । कमिटीको सचिवमा कृष्णबहादुर गोले चयन भएका छन् । कमिटीका सदस्यहरूमा शंकर बस्नेत, नगेन्द्र राई, अमर केसी, हरि धिमाल, भूमिका कोइराला, प्रेम बिमली, गणेश श्रेष्ठ, गीता अधिकारी लगायत रहेका छन् ।

म्याद नभएको औषधी वितरण

राम योङ्हाङ
इलाम, २ पुष/म्याद सकिएको खाद्यान्न खोजी–खोजी नष्ट गर्ने सरकारी निकायले स्वास्थ्य उपचारमा भने म्यादै नभएको औषधी वितरण गरिरहेको पाईएको छ ।
जिल्लाका विभिन्न आयुर्वेदिक औषधालयले उत्पादनको मात्र मिति उल्लेख भएको औषधी वितरण गरिरहेको छ । वितरण गरिएका ती औषधीको कहिलेबाट म्याद सकिने हो भन्ने मिमि उल्लेख छैन । यसरी वितरित म्याद नभएका औषधीहरू स्वास्थ्यकर्मीहरूले अन्दाजको भरमा प्रयोग गर्ने÷गराउने गरेका छन् । ‘म्यादनै उल्लेख नभएको औषधी कहिलेसम्म प्रयोग गर्ने हो, कुनै टुङ्गो नै हुँदैन’ एकतप्पा आयुर्वेदिक औषधालयका प्रमुख गणेश यादवले भने ।

सकिने म्याद उल्लेख नभएको औषधी देखाउँदै एकतप्पा आयुर्वेद औषधालय, इलामका प्रमुख गणेश यादव ।


औषधालयले २०६७/०१/३० उत्पादन भएको चुर्ण औषधी नागकिलाई वितरण गरिरहेको छ । निःशुल्क रुपमा पाउने औषधी सर्वसाधारणले पनि प्रयोग गर्ने गरेका छन् । ज्वरोको लागि प्रयोग गरिने मृत्युञ्ज, त्रिमोन कृति, मोदन्त भष्मलगायतका औषधी उत्पादन भएको लामो समयसम्म प्रयोग हुने गरेको औषधालय प्रमुख यादवले बताए । उत्पादन भएको ६ महिना भन्दापछि औषधी प्रयोग गर्दा प्रभावकारी नहुने भएपनि विभागलेनै उत्पादन भएको लामो समय वितेपछि मात्र औषधी पठाउने गरेको यादवले बताए । जिल्ला स्तरमा भएको समिक्षा कार्यक्रमहरूमा औषधिको म्यादको विषयमा पटक–पटक कुरा उठाए पनि कार्यान्वयन नभएको यादवको भनाई छ ।
औषधालयमा ल्यावको समेत सुविधा नभएकाले बिरामी जाँच्नको लागि समस्या हुने गरेको छ । इलाममा रहेको तीन आयुर्वेदिक औषधालयमा मात्र होइन । मेची अञ्चल आयुर्वेदिक कार्यालयमा समेत ल्याव छैन । ल्याव नहुदा सामान्य परिक्षण मात्रै समेत हुँदैन । दीर्घकालिन रोग भएकाहरूहरूलाई परिक्षण नगरी औषधी दिन नमिल्ने भएपनि अन्दाजका भरमा औषधीको प्रयोग हुने गरेको छ । ‘औषधीको परिक्षण गर्ने ल्याव पनि उपलब्ध छैन, रङ्ग हेरेर औषधी छुट्याउछौ ।’ आयुर्वेदका सन्त लिम्बुले भने ‘डिस कलर भएको औषधी बिरामीलाई दिदंैनौ ।’
आयुर्वेदिक औषधालयबाट ५०–६० प्रकारको औषधी निःशुल्क वितरण हुने गरेको छ । वर्षको एक पटक मात्र विभागले औषधी पठाउने गरेकाले समय–समयमा औषधिको अभाव हुने गरेको स्वास्थ्य कर्मीहरू बताउँछन् । ‘पेट सम्बन्धी समस्याका र खोकीको बिरामीका लागि प्रयोग हुने औषधीको अभाव छ ।’ एकतप्पा आयुर्वेदिक औषधालयका यादवले भने । बिचमा औषधी अभाव भएपछि जिल्ला कार्यालयबाट दिने गरेको छ । इलामको होमियोपेथिक्स चिकित्साको पहुँच नभएका ठाउँमा भने आयुर्वेदिक उपचार पद्धतिको सेवा दिइदै आएको छ ।

निजी ट्याक्सी चालकहरूको आन्दोलन

दमक, २ पुष/निजी ट्याक्सी चालकहरूको आन्दोलनट्याक्सी चालकहरूले निजी नम्बर प्लेटका सवारीसाधन चलाउन नदिएको भनेर बिरोध जनाएका छन् ।
आइतबार बिहानै ट्राफिक प्रहरीले निजी नम्बर प्लेटका सबारी साधनलाई स्टेण्डमा राख्न नदिएपछि दमकका निजी ट्याक्सी चालकहरूले बिरोध जनाएका हुन् । उनीहरूले मेची र कोशी अञ्चलको रुट परमिट दिनुपर्ने, बिस्थापित चालकहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।
ट्याक्सी चालकहरूले कालो प्लेट बनाउन समस्या नहुने तर सहुलियत रुपमा परमिटको व्यवस्था गर्न माग गरेका छन् । नेपाल यातायत मजदुर संघ दमक नगर इकाइका अध्यक्ष बालकृष्ण श्रेष्ठले सहुलियत रुपमा रुट परमिटको व्यवस्था भए कालो प्लेट बनाउन आफूहरू तयार रहेको बताए । ट्याक्सी चालकहरूले निजी प्लेटका सबारी चलाउन नदिएको भनेर विहान केही समय पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध पारेका थिए । अहिले कालो प्लेट भएका ट्याक्सीहरूले ६ किलोमिटर पश्चिम उर्लाबारी जानका लागि ३२ किलोमिटर पूर्व बिर्तामोड पुगेर रुट परमिट लिनुपर्ने व्यवस्था छ ।

झापामा जुस बनाउने उद्योग सञ्चालन

बिर्तामोड, २ पुष/पूर्वाञ्चलमै पहिलोपटक झापाको विर्तामोडमा ८ लाख बढीको लागतमा सुन्तला प्रशोधन गरी गुणस्तरीय जुस बनाउने उद्योगको सञ्चालन गरिएको छ ।
विर्तामोडस्थित अनारमनी–३ मा स्थानीयवासी, एसियाली विकास बैँक, कृषि मन्त्रालय र कमर्सियल एग्रिकल्चर एलायन्सको सहयोगमा १८ लाख रुपैयाँ बढीको लागतमा आयोजना सुरु गरिएको जुस उद्योग सञ्चालक दीनानाथ शिवाकोटीले बताए ।
यस वर्ष उद्योगले २० टन बढी सुन्तलाको जुस उत्पादन गर्ने लक्ष्य लिएकोे सञ्चालक शिवाकोटीले बताए । उद्योगबाट स्थानीय विपन्न समुदायका ४७ परिवार लाभान्वित हुने बताइएको छ ।

विविध कार्यक्रमका साथ जेसीज सप्ताह सम्पन्न

बिर्तामोड, २ पुष/वीरता जेसीज र वीरता लेडी जेसीज बिर्तामोड झापाको संयुक्त आयोजनामा सञ्चालन भएको जेसीज सप्ताहको एक कार्यक्रमबीच समापन भएको छ ।

गत २७ गतेबाट ७ वटा छुट्टाछुट्टै प्रतियोगितात्मक कार्यक्रम गरी मनाइएको जेसीज सप्ताह भव्य रुपमा सम्पन्न भएको हो । वीरता लेडी जेसीजकी संस्थापक शारदा रिजालको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका पूर्व अध्यक्ष्ँ भूपाल खरेल, वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेत र सुरुङ्गा जेसीजका संस्थापक लीला चिमरियाले बोलेका थिए ।
वीरुता जेसीज र लेडी जेसीजका अध्यक्ष प्रशान्त भण्डारी र उर्मिला खरेलको संयुक्त सभापतित्व रहेको कार्यक्रममा विशाल थापाले स्वागत गरेका थिए भने गीता खनालले जेसीज आस्थावाचन गरेकी थिइन् । सप्ताह अवधिभर, स्लो मोटरसाइकल तथा स्कुटर रेश, मैत्रीपूर्ण फुटबल, हाँडीफोर, म्युजिकल चेयर, ब्याडमिन्टर र डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको थियो । समापन कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्यले गरेकी थिइन् । जेसीज सप्ताह अन्तर्गत भएको म्युजिकल चियरमा शोमा शिवाकोटी प्रथम भएकी थिइन् भने डोरी तान्ने प्रतियोगितामा बिर्तामोडको जेसीज गाउँस्थित परिवर्तनशील युवा समूह नेपाल प्रथम भएको थियो । त्यस्तै स्लो स्कुटी रेसमा उमा श्रेष्ठ र स्लो मोटरसाइकल रेसमा धर्मराज भण्डारी प्रथम भएका थिए ।
सुरुङ्गा जेसीज र वीरता जेसीजबीच भएको मैत्रीपूर्ण फुटबलमा उपविजेता सुरुङ्गा जेसीजलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । त्यस्तै व्याडमिन्टन प्रतियोगिता अन्तर्गत सिनियरतर्फ विशाल थापा र सञ्जयभक्त राज तथा जुनियरतर्फ मणि कन्दङ्वा र गणेश कार्कीको जोडी उत्कृष्ट भएको थियो । त्यस्तै हाँडीफोर प्रतियोगितामा वीरता जेसीजका पूर्व अध्यक्ष शेखर ढकाल प्रथम भएका थिए । उत्कृष्ट सबैलाई नगद, शिल्ड र मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

एभरेष्ट आवाज विमोचित

पथरी, २ पुष/मोरङको पथरीमा रहेको एभरेष्ट अंग्रजी आवसीय उच्चमाविबाट एभरेष्ट आवाज नामक मासिक पत्रिकाको प्रकाशन आरम्भ भएको छ । एभरेष्ट उच्च माविमा अध्ययनरत प्लस टु का विद्यार्थीहरूको समुहिक प्रयासमा प्रकाशनमा आएको उक्त पत्रिकाको एक कार्यक्रमको बीच मंसिर शुक्रबार बिमोचन गरिएको थियो ।
विद्यार्थीहरूमा रहेको प्रतिभालाई बाहिर प्रस्फुटन गर्ने उद्देश्यका साथ शिक्षा, साहित्य, मनोरञ्जन, प्रतिभा परिचय र विद्यालय सम्बन्धी लेख रचना प्रकाशित गर्ने उक्त पत्रिकामा प्रधान सम्पादक, सम्पादक र सह–सम्पादक क्रमश हेम गिरी, दिपेन्द्र धमला र नम्रता राई रहेका छन् ।

लखनपुरमा सचेतना कार्यक्रम

लखनपुर, २ पुष/एचआइभी, एड्स तथा महिला दुव्र्यसन विरुद्ध जनचेतना दिने उद्देश्यले लखनपुरमा पाँच दिने अभियान सञ्चालन गरिएको छ ।
 ढुकढुकी युवा क्लवले आयोजना गरेको सो कार्यक्रम लखनपुरका ५ वटा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिन थालिएको छ । सोही अभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत ¥याली सहित सचेतना मूलक कार्यशाला गोष्ठीको आयोजना गरियो । सो कार्यक्रममा अधिवक्ता विमल संग्रौला, दिलीप संग्रौला, सुरेन्द्र जबेगु, खड्ग सम्बाहाम्फे लगायतले बढ्दो लागुऔषध, एचआइभी र एड्स न्यूनीकरण गर्न समुदाय जागरुक हुनुपर्ने बताएका थिए । कार्यक्रमका अध्यक्ष विशाल नेपालको अध्यक्षतामा भएको सो कार्यक्रम जिल्ला विकास समिति झापाको सहयोगमा भएको थियो । क्लवले सो अभियान अन्तर्गत ती कार्यक्रमहरू लखनपुुरको पञ्चकन्या, गेउरिया, पिङ्डाडा, बाह्रघरे लगायतका क्षेत्रहरूमा समेत सञ्चालन गरिने छन् ।

अखिल (क्रान्तिकारी) को कक्षागत कमिटी

दमक, २ पुष/अखिल (क्रान्तिकारी) ले दमक बहुमुखी क्याम्पसको विज्ञान संकाय तर्पm कक्षागत कमिटी गठन गरेको छ । कक्षा –११ र १२ तर्पmको कक्षागत कमिटी अन्तर्गत गठित कमिटीको क्रमशः अध्यक्षमा अर्जु राई र आनन्द कार्की चुनिएका छन् । कक्षा –११ को सो कमिटीको इञ्चार्जमा लक्ष्मी नेपाल र १२ कक्षाको इञ्चार्जमा दिपेश घिमिरे चुनिएका छन् ।
आइतबार गठित सो कक्षागत भेलाले कक्षा–११ को गठित कमिटीको उपाध्यक्षद्वयमा रिवाज दाहाल, सुनु कार्की, सचिवमा सुमन लिङ्देन, सह–सचिवत्रयमा दिपेश सुनाम, पुजन डाँगी, सुन्दर चेम्जोङ्ग र कोषाध्यक्षमा ममता विष्ट लगायत छन् ।
त्यस्तै, कक्षा –१२ तर्पm गठित कमिटीको उपाध्यक्षत्रयमा किशोर अधिकारी, निशा पौडेल, देवराज बाँस्तोला, सचिवमा सुमन गुरागाईँ, सह–सचिवत्रयमा रामप्रसाद थपलिया, मेलिना श्रेष्ठ, सुदिप शेर्मा र कोषाध्यक्षमा रमिला पौडेल लगायत रहेका छन् ।
भेलामा संगठनका जिल्ला सदस्य ज्योति भट्टराईको प्रमुख आतिथ्यतामा भएको अखिल (क्रान्तिकारी) इकाई कमिटीले जनाएको छ ।

“अनुशासन, शिक्षा र सामाजिक संरचना”

रुद्र निरौला
मानिस समाज र राष्ट्रको प्रथम ईकाई हो । उसले गर्ने व्यवहार र प्राप्त गर्ने उपलब्धीहरू सबै उसले गरेको कर्ममा आधारित हुन्छन् । त्यसै हुनाले चित्त बुझाउन मान्छे आफ्नो कर्मको फल भन्ने वाक्यांश उद्घोष गर्ने गर्दछ । असल कर्म गर्न उचित शिक्षा र अनुशीलन जनजीवन आवश्यक पर्दछ । जसलाई विधि, पद्धति, कार्यतालिका, मार्ग निर्देशन, पथप्रदर्शन, तौरतरिका आदि अनेक शब्दावलीहरू प्रयोग हुने गरेका छन् ।
“अनु” उपसर्ग “शासन” शब्दमा जोडिएर “अनुशासन” शब्दको व्युत्पन्न भएको हो । “शिक्ष” धातुमा “आ” प्रत्यय जोडिएर “शिक्षा” शब्द बनेको छ भने “समाज” शब्दमा “इक” प्रत्यय जोडिए पछि “सामाजिक” शब्दको व्युत्पत्ति भएको हुन्छ । रचना शब्दमा सं उपसर्ग जोडिएसँगै संरचना शब्द बनेको हुनाले शीर्षकमा प्रयुक्त सबै शब्दहरू व्याकरणीय सूत्रअनुसार बनेको प्रष्टै छ ।
हामी गफका सिलसिलामा एक्काइसौँ शताब्दीका अनेकौँ प्रसङ्ग जोड्छौँ । हाम्रो विगतबाट हामीले सिक्ने थुप्रै कुराहरू छन् । भोगेको वर्तमान त्यस्तो भरपर्दो बन्न सकेन । आजको गतिविधिले हाम्रो कस्तो भविष्य होला, कल्पना गर्न अप्ठ्यारो छ । हाम्रो सामाजिक संरचना अनुकरण र उपभोक्तावादमा आधारित छ । हाम्रो बाँच्ने पद्धति, आङ्ग्वरी, ढोंगी र खोक्रो बन्दै गइरहेको छ । राज्यको नीति उचित किसिमले विकसित हुन र सञ्चालन हुन सकेन । अधिकार खोज्न सबै अग्रसर बन्दै गए तर कर्तव्य बिर्सिए । बिर्सँदा सम्म त सम्झिएर उपयागमा आउला भन्ने आशा गर्न सकिन्छ तर यहाँ त कर्तव्यलाई लत्याएर बुझ पचाएर अधिकार खोज्नेहरूको बिगबिगी बढ्यो । त्यसैले समाज कल्प नै गर्न नसकिने गन्तव्य पट्टी पो भासियो । हामी सबैमा थोर धेर मिचाहा प्रवृत्ति बढ्दै गयो । हिजो सुसंस्कार हुनेहरू आर्यन समुदायमा प्रस्तुत भए जो बेदलाई जीवन यापनको मूल मार्ग दर्शन सिद्धान्त मानियो । आत्म अनुशासन तोडिन थालेपछि त्यही वैदिक समाजमा पनि विकृतिका धब्बाहरू लाग्न थाले । उत्तर वैदिक कालसम्म आइपुग्दा नपुग्दै नैतिक आचरणमा विकृतिहरू एक पछि अर्को गर्दै खाँदिए । असल मार्गदर्शन बनेको वैदिक पद्धति क्रमशः दिग्भ्रमित पथ हुँदै ओरालियो । क्षुद्र व्यवहारले बाँच्नेहरूको बढ्दो बिगबिगीसँगै समान रुपले विकसित हुँदै गएको मावन समुदाय पंक्ति–पंक्तिमा विभाजित भयो । त्यहीबाट मान्छेले आफ्नो कर्म गराईमा आफ्नो छुट्टै समूह सिर्जियो । आज मान्छेले आफ्ना–आफ्ना महत्वकांक्षाहरू तेस्र्याएर आपसमा कलह र जडसुत्रहरू कायम गरेको छ । एकातिर समानता र समन्वयका कुरा उठाइन्छ भने अर्काेतिर विभाजनका गहिरा खाडल खनेर असमन्वय हुने दरार कायम गर्दै गइरहेको छ । यो विषम परिस्थिति सृजना गर्ने आखिर मान्छेहरूको पापी मन र त्यसै अनुरुप गर्ने व्यवहार हो । यसैले सहमति समझदारी, समन्वय आदि जुन–जुन शब्द ओकले पनि र माला जपेपनि हाम्रो आपसी मन मिल्न सक्ने ठाउँ नै रहँदैन । दाउपेच गर्ने प्रतिस्पर्धा आज खुब मौलाएको छ । अठार पुराण लगाइन्छ र सन्सार थर्किने गरी ध्वनी यन्त्र जडान गरिन्छ । परोपकार गर्ने आडम्बरमा कैयौँ पक्षहरूले बलिदानी हुनुपरेको छ । आफू अनुकूल भै दिए सबै ठीक आफू प्रतिकूल भैदिए आपदै आपद । आज यही विकृत र पथभ्रष्ट पद्धतिले हाम्रा हरेक क्षेत्रबाट आत्म अनुशासन सकिए ।
छाडा तन्त्र र टापल टोपल शिक्षा नीतिले समाज सिद्धियो । आत्मीयता, मित्रता, परोपकारिता, शिष्टता र दूरदर्शितालाई पर सारेर कृतध्नता, शत्रुता, स्वार्थान्धता, विकृत एवम् क्षणभङ्गुरतामा समाज रमाउन थाल्यो । जब हाम्रो समाज बिभ्रम्स हुँदै थप भ्रष्ट भयो । अब हामी कुन पानी माथि रहेर ओभानो बन्न सक्छौँ र ? सबै विकलाङ्ग भए पछि साङ्ग र अपाङ्ग छुट्टिने प्रसङ्ग नै रहेन । हाम्रो वर्तमान शिक्षा, राजनीति, उद्योग नीति, व्यापार नीति, समाज सञ्चालन प्रक्रिया सबै विकलाङ्ग बन्न पुग्यो । हुँदा–हुँदा अब त हामीमा स्वाभिमान, स्वतन्त्रता, राष्ट्र प्रेम, मातृप्रेम, आज्ञा पालन, सेवा सुरक्षा सबै कर्म सिद्धिए । कोही कसैलाई कसैले गन्दै नगन्ने । सबै सर्वा भएपछि विशिष्टाद्वैतको अहम् ब्रम्हास्मि खुब व्यापक भयो । राष्ट्रको कारिन्दा राष्ट्रले मानेको व्यक्तिलाई नटेर्ने । मुलुकले सर्वोच्च मानेको कानुनको व्याख्या गर्ने न्यायलय र त्यसमा काम गर्ने र होची अर्गेली पर्गेल्नेहरू स्वयम् आफ्ना–आफ्ना अनुकूलका व्याख्या गर्न थाले पछि अब शासन कसले कसलाई गर्ने ? जताततै व्यभिचारलाई प्रश्रय दिनेहरू नै राज्यका ठूला पदमा बस्ने र पद्धतिलाई भञ्जन गरेर कसैलाई आफ्नो आदेश मान्नुपर्ने दर्जामा कसैले राख्ने संयन्त्र आज मुलुक बिथोलिने विक्रान्त रुप भएर देखा परेको छ । यसले हाम्रो समाजबाट असल चरित्र नायकहरूको उदय होला भन्ने ठाउँ रहेको देखिँदैन । यसैले अब साँच्चै हामीलाई सुशासन चाहिएकै हो भने अब हामी प्रत्येकमा आत्म अनुशासनको उदय हुनुप¥यो । त्यसका लागि असल शिक्षा र संरचनावादी सोचमा सबै ऐक्यवद्ध हुनुपर्दछ । सबैमा चेतना भया ।

विद्युत चुहावटमा सबैको ध्यान पुगोस्

विद्युत चुहावट नियन्त्रणका लागि राष्ट्रिय नीति छ । नीति भएर पनि कार्यान्वयन हुन नसकेको नीतिलाई नीति भन्नु कि नभन्नु ? यो फरक विश्लेषणको सवाल हो । यद्यपि स्थानीय तहमा यतिबेला विद्युत चुहावट नियन्त्रणका बारे औपचारिक थालनी हुन लागेको खबरले ग्रामीण भेगका जनतालाई केही उत्साह मिल्ने आशा गर्न सकिन्छ ।
भर्खरैमात्र झापाको दमकस्थित विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा जिल्लाभरका विभिन्न राजनीतिक दलका नेता, प्राधिकरण प्रशासन लगायतको सहभागितामा विद्युत चुहावट नियन्त्रण गर्न विभिन्न उपायहरूको अवलम्बन गर्ने र सो कार्यमा दलीय समर्थन रहने भनी निर्णय भएको छ । दमक वितरण केन्द्र जस्तो मुलुककै ठूलो विद्युत विस्तार क्षेत्रबाट सुधारका लागि काम थालिने हो भने जनताले यस्ता कुरामा विश्वास गर्लान् र साथ पनि देलान् । तर सरकारी नीतिमा व्यवस्था भए अनुसार चुहावट नियन्त्रणका लागि औपचारिकता मात्र पूरा गर्न प्रक्रिया पु¥याइएको हो भने यो कामको चर्चा गर्नु पनि निरर्थक हुने छ ।
लोडसेडिङ्ग नेपाल र नेपालीका लागि राष्ट्रिय समस्या भन्नु भन्दा पनि उपहार हो । उर्जा सङ्कटको उद्घोष गरेर ढलेको भलनाथ खनाल सरकारका पालामा चुहावट नियन्त्रण र बक्यौदा उठाउने कार्यमा केही प्रयास भएको थियो । तर उसबेला उर्जामन्त्री रहेका गोकर्ण बिष्टको अग्रगामी कदमलाई त्यसपछिको सरकारले र सम्बन्धित मन्त्रालयले उस्तो महत्व दिन सकेन । दैनिक आधा दिनमा बढी हुने लोडसेडिङ्गको तालिका अनुसार जीविका चलाउन विवश नेपाली समाजका लागि तालिका बाहिरको विद्युत कटौतीले थप हैरानी दिएको पीडा न सरकारले बुझेको छ, न यसलाई सुधार गर्न राज्य र मातहतका निकायहरूको ध्यान पुगेको छ ।
समस्या छ, यो जगजाहेर विषय हो । तत्कालै लोडसेडिङ्गको भरपर्दो विकल्प दिन सकिएको स्थिति छैन । नेपाली जनतालाई यी विषयहरूले उस्तो प्रभाव पार्न छाडेको छ । तर प्राधिकरणले विद्युत दिन्छु भनेको समयमा पनि जनताले विद्युत सेवा नपाउने हो भने यो राज्यमा कि सरकार छैन, निकायहरू छैनन् भन्ने स्पष्ट हुन्छ । त्यसो पनि होइन भने वर्तमान सरकारको क्षमता जनताका आधारभूत समस्या समाधानका लागि समेत सक्षम छैन भन्ने हो । यस्तो सरकारलाई नालायक भन्न पछि पर्नु हुँदैन ।
जेसुकै भए पनि झापाको दमकमा गरिएको प्रयत्नले सफलता प्राप्त गर्न सके यस क्षेत्रका जनताले लोडसेडिङ्ग बाहेको समयमा विद्युत सेवा प्राप्त गर्न सक्ने छन् । त्यसका लागि उनीहरू स्वयम्ले पनि भूमिका खेल्न आवश्यक छ । जनताको साथ र सहयोग भएमा प्राधिकरणले पनि ठोस सफलता प्राप्त गर्ने छ ।

गतिरोध लम्बिए चुप लागेर बस्दिन“: राष्ट्रपति – मुख्य समाचार

पिपुल्स टाइम्स समाचार
काठमाडौं/ राजनीतिक गतिरोध लम्बिँदै गएका बेला रामवरण यादवले दलहरूबीच सहमति नहुने हो भने आफू चुप लागेर नबस्ने बताएका छन् ।
नेपालको अन्तरिम संविधानको भावना अनुरुप राजनीतिक दलहरूको सहमतिबाटै सरकार, बजेट, निर्वाचन, त्यसको प्रक्रिया एवम् संवैधानिक नियुक्ति जस्ता विषयमा छिटो निर्णयमा पुग्न समेत राष्ट्रपति यादवले आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सको स्थापना दिवस–२०६९ को अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपतिले राष्ट्राध्यक्ष र सर्वसाधारण किसानसम्म सबैलाई राजनीतिक निकास, संविधान निर्माण र सङ्क्रमणकालको छिटो अन्त्य चाहिएको बताए ।
राजनीतिक परिवर्तनपछि मुलुकमा शान्ति, स्थिरता र विकास हुन्छ भनेर आशा गरेका जनताका लागि सङ्क्रमणकाल निकै पीडादायी हुन पुगेको भन्दै यादवले प्राप्त उपलब्धिलाई संस्थागत गरी राष्ट्रलाई केन्द्रविन्दुमा राखेर दलहरूको आपसी सहमतिबाटै छिटो निकास खोज्न आग्रह गरे ।
‘संविधान जारी गरेर प्राप्त उपलब्धिलाई संस्थागत गरांै, यो संविधानलाई बचाउँदै अर्काे संविधान ल्याऊँ, राष्ट्रलाई केन्द्रविन्दुमा राखौं र राष्ट्रको लागि समर्पित भएर काम गरौं’, राष्ट्रपति यादवले भने ।
उनले आफूले केही समयअघि राजनीतिक दलका नेताहरूसँग कुरा गर्दा असोजभित्रै सहमति गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रसङ्ग उल्लेख गर्दै तर त्यस्तो सहमति खुद्रामा नभएर थोकमै हुनुपर्ने बताए ।
‘राष्ट्राध्यक्षदेखि किसानसम्म सबैलाई संवैधानिक निकायमा पदपूर्ति होस्, पूर्ण बजेट आओस्, सहमतिको सरकार बनोस्, चुनावी प्रक्रिया सुरु होस् र त्यसका निम्ति तिथि निर्धारण होस् भन्ने चासो र चिन्ता छ । त्यो पनि खुद्रामा होइन थोकमै चाहियो, त्यसका लागि सरकार र खासगरी राजनीतिक दलहरूको जिम्मेवारी बढी छ’, यादवको जोड थियो ।
उनले एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायतका प्रमुख दलहरूलाई राजनीतिक निकासका लागि बढी सक्रिय हुन आग्रह गर्दै सहमतिका लागि आफूले अनुनय गर्दै आएको उल्लेख गरे ।
यादवले अन्तरिम संविधानले यो देशमा एउटा राष्ट्रपति हुनेछ, त्यसको प्रमुख कर्तव्य संविधानको रक्षा र पालना गर्नु हुनेछ भन्ने लेखिएको छ भन्ने नबिर्सन दलका नेताहरूलाई आग्रह गरे ।
‘अब मैले संविधानको रक्षा र पालना गर्ने कुरा हो, त्यो (पुस्तक) संविधानलाई मैले धुपबत्ती देखाउने, पूजा गर्ने कि रक्षा गर्ने ?’ यादवले आक्रोशित हुँदै दलहरूतर्फ प्रश्न गरे । उनले संसद् नहुँदा एक तिहाई वा पूर्ण बजेट ल्याउने व्यवस्था संविधानको कुनै पनि धारामा नरहेको समेत चर्चा गरे ।
संसद् नरहेको अवस्थामा बजेट आउन दलहरूको सहमति चाहिने भन्दै यादवले पूर्ण बजेटका लागि संविधानमा कुनै व्यवस्था नभएको र एक मात्र विकल्प राजनीतिक दलहरूको सहमति चाहिने बताए ।
संविधानसभाबाटै संविधान आउन नसक्नुमा संविधानसभा असफल भयो वा दलहरू असफल भए भन्दै राष्ट्रपति यादवले सर्वाेच्च अदालतले संविधानसभाबाट संविधान आउन नसके स्वतः जान्छ भनेको तर ती कुराहरूलाई संविधानसभा, सभाध्यक्ष तथा दलहरूले आत्मसात गर्न नसकेको गुनासो गरे ।
सर्वाेच्च अदालतले उपयुक्त प्रबन्ध गर्न पनि सुझाव दिएको तर कानुन बिना नै चुनाव घोषणा गरेर सरकारले ठूलो गल्ती गरेको यादवको जिकिर थियो । उनले भने –‘संविधानसभाले गल्ती गर्याे, सरकारले संविधानसभाको चुनाव घोषणा गरेर थप गल्ती गर्याे’, यादवले भने ।

"एमाओवादीको अगुवाईमा षड्यन्त्र हुँदैछ"

दमक/युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एकीकृत माओवादीको अगुवाईमा मुलुकका ठूलो षड्यन्त्र हुन लागेको बताएका छन् ।
शनिबार झापाको दमकमा सम्पन्न युवा संघ नेपाल झापाको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दे अध्यक्ष बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र मुलुकका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका नाउँमा द्वन्द्वका समयमा गरिएका व्यक्ति हत्या जस्तो जघन्य अपराधलाई ढाकछोप गर्न षड्यन्त्र थालेका आरोप लगाए । उनले माओवादी नेताका दवावमा राष्ट्रपति समक्ष सरकारले पेश गरेको आयोग गठन बारेको अध्यादेश कुनै पनि हालतमा लागू हुन नदिइने जिकिर गरे ।
बस्नेतले दाहाल र प्रम भट्टराईले भारतीयगुप्तचर विभाग ‘र’ को इशारामा विप्पा सम्झौता र विमानस्थलहरूको व्यवस्थापन जिम्मा भारतलाई दिएको राष्ट्रप्रति गद्दारी गरेको भन्दै गद्दारहरूलाई सत्तामा बसरिहने अधिकार नभएको बताए । बाबुराम सरकारले मार्ग प्रसस्त नगरे युवा संघले सडकबाटै सत्ता ढालिदिने समेत उनले चेतावनी दिए । कार्यक्रमको उद्घाटनशत्रमा बोल्दै नेकपा एमाले झापा जिल्ला अध्यक्ष रविन कोइरालाले झापा जिल्ला कम्युनिष्ट आन्दोलनको जन्मभूमि र कम्युनिष्ट शहिदहरूले सहादत प्राप्त गरेका कर्मभूमि समेत भएको हुँदा वाइसिएल र तरुण दलहरूको जमात अघि पिठ्युँ फर्काएर नभाग्ने बरु मुकाबिला गर्ने बताए ।

त्यस्तै एमाले राष्ट्रिय परिषद् सदस्य देवेन्द्र दाहालले पार्टीको बहुदलीय जनवाद विचारधारा अन्तर्गत आन्तरिक प्रतिस्पर्धा सहितको लोकतान्त्रिक अभ्यास हुनु पर्ने भन्दै नियनत्रण सहितको प्रतिस्पर्धाबाट संघको आगामी जिल्ला नेतृत्व चयन हुने बताए ।
कार्यक्रममा एमाले मेची अञ्चल समन्वय समितिका सचिव हिरा थापा, युवा संघ केन्द्रीय सदस्य तथा मेची अञ्चल इञ्चार्ज राजु कार्की लगायतका नेताहरूले बोलेका थिए ।
जिल्लाभरका दुई सय प्रतिनिधि पर्यवेक्षक सहभागी संघको आज (आईतबार) हुने बन्दशत्रले नयाँ जिल्ला नेतृत्व चयन गर्ने संघका झापा जिल्ला अध्यक्ष दुर्गा गौतमले जानकारी दिएका छन् ।

द एभरेष्ट सहकारीमा नयाँ समिति

दमक/झापाको दमक–११ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षतामा पुनः रुद्रप्रसाद तिम्सिना (कृष्ण) चुनिएका छन् । शनिबार सहकारीको पहिलो वार्षिक साधारणसभाको बन्द सत्रले तिम्सिनाको अध्यक्षता सञ्चालक समिति सर्वसम्मत चयन गरकेको हो । गठित सञ्चालक समितिको उपाध्यक्षमा दिपक खरेल, सचिवमा धर्मानन्द भट्टराई, कोषाध्यक्षमा प्रभा न्यौपाने र सदस्यहरुमा यामजी श्रेष्ठ, हेमकुमार बाँस्तोला र रोशन गौतम चुनिएकी छिन् ।
दमक–११ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको प्रथम वार्षिकोत्सव कार्यक्रम ।

यसैगरी, बन्दसत्रले राजकुमार न्यौपानेको संयोजकत्वमा गोपाल श्रेष्ठ र रेखाकुमारी पन्त रहेको लेखा समिति समेत गठन गरिएको निर्वाचन समितिका संयोजक रविन न्यौपानेले जानकारी दिएका छन् । गठित संस्थाको शनिबार नै पहिलो पटक सम्पन्न गरेको सचिव भट्टराईले बताए ।

विभिन्न चार सहकारीका साधारणसभा

दमक/झापाको दमकमा विभिन्न ४ ओटा सहकारी संस्थाहरूका वार्षिक साधारणसभा सम्पन्न भएका छन् । शनिबार सम्पन्न भएको ती चार सहकारीहरूमध्ये दमक–११ को द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था, दमक–१० को प्रशान्ति महिला बचत तथा ऋण सहकारी संस्थामा नयाँ सञ्चालक समिति चुनिएका छन् भने दमक–११ को राष्ट्रिय बहुमुखी सहकारी संस्था र दमक–११ को दर्पण बचत तथा ऋण सहकारी
 संस्थाहरूले क्रमशः तेस्रो र चौथो वार्षिक साधारणसभा गरेका छन् ।
दमक–१३ स्थित राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभामा सहभागीहरु ।

स्थानीय औषधी व्यवसायी संघको सभा हलमा सम्पन्न द एभरेष्ट सहकारी संस्थाको उद्घाटनमा वक्ताहरुले सहकारीको महत्वबारे जोड दिएका थिए । दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रप्रसाद आचार्यले वार्षिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन संयोजक राजकुमार न्यौपानेले प्रस्तुत गरेका थिए । सो अवसरमा जिल्ला सहकारी संघ झापाका अध्यक्ष बलराम गजुरेल, फेवा फाइनान्स दमकका प्रबन्धक विश्वराज अधिकारी, मेची सहकारी संस्थाका सचिव नारायण भट्टराई लगायतले बोलेका थिए । ०६९ वैशाख ८ गतेबाट कारोबार शुरू भएको सो संस्थामा २ सय ७६ महिला सहित ८१४ शेयर सदस्य रहेका छन् । सो संस्थाले हालसम्म १ करोड ५ लाख ५२ हजार ८ सय १५ रुपैयाँ लगानी गरेको प्रस्तुत लेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, दमक–१० को प्रशान्ति महिला सहकारीमा पुनः राधिका सुवेदी चुनिएकी छिन् । गठित सञ्चालक समितिको उपाध्यक्षमा अम्बिका अधिकारी, सचिवमा सिता लुइटेल, कोषाध्यक्षमा चन्द्रकला पोखरेल रहेकी छिन् । यस्तै, सदस्यहरुमा रुपा ढकाल, सोमन लिम्बू, शुभद्रा ढकाल, सेरिना लिम्बू, सिन्धु पराजुली र मुना सुवेदी छिन् । यस्तै, लेखा समितिको संयोजकमा उषा सुवेदी र सदस्यहरुमा इन्दिरा घिमिरे, शान्ता राई र ऋण समितिको संयोजकमा कुसुम कार्की र सुनिता केसी र बिना थापा रहेकी छिन् । इलाका प्रशासन कार्यालयका प्रमुख तिलोचन रिमाल, डाँफे सहकारी संस्थाका व्यवस्थापक चुडामणी ओझा, गीता अधिकारी, भानुभक्त सुवेदी लगायतले बोलेका थिए ।
यस्तै, दमक–१३ स्थित राष्ट्रिय बहुमुखी सहकारीले १३ औँ वार्षिक साधारणसभा २ ज्येष्ठ शेयर सदस्य, ४ विद्यार्थी, उत्कृष्ट ऋणी २० र उत्कृष्ट बचतमा ३८ जना पुरस्कृत भएका छन् । स्थानीय नेपाल रेडक्रस सोसाइटी उपाशाखाको हलमा सम्पन्न साधारणसभाको उद्घाटनमा ज्येष्ठ शेयर सदस्यद्वय जैबहादुर राई र कृष्णकुमारी राई (नेम्बाङ) सम्मानित भए । शेयर सदस्यका परिवार एसएलसी उत्कृष्ट हुने संस्थागत विद्यालयबाट रुपा बुढाथोकी, मनिता गदाल, सुमन उप्रेती र सृजना राई पुरस्कृत भएका छन् । त्यस्तै, दैनिक, मासिकतर्पm उत्कृष्ट ऋणीमा २० र दैनिक÷मासिकमा उत्कृष्ट बचत गर्ने ३८ जनालाई प्रशंसापत्रद्वारा जानकारी दिए । कार्यक्रममा संस्थाका अध्यक्ष जीतमान राईले वार्षिक प्रतिवेदन, लेखा समितिकोतर्पmबाट संयोजक टंक दुलालको प्रतिवेदन र लेखा परीक्षणको प्रतिवेदन संस्थाका व्यवस्थापक कृष्णबहादुर गोलेले प्रस्तुत गरेका थिए । सो साधारणसभामा फाल्गुनन्द बचत तथा ऋण सहकारीका अध्यक्ष मेहेरमान लिङ्देन लगायतले बोलेका थिए भने लोक गायक शिव नेपालले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै दमक–११ स्थित दर्पण सहकारीले उत्कृष्ट ५ निक्षेप, ५ ऋणी सहितलाई पुरस्कृत गरेको छ । स्थानीय मारवाडी सेवा समितिको हलमा भएको कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरुमा बाल बचत तर्पm उज्जवल खड्का, महिलामा भिमा खड्का, दैनिक बचतमा भुल्कन शाह, विशेष बचतमा देवनाथ शाह र ऋणीतर्पm रामप्रसाद घिमिरे, मन्दु शर्मा, इश्वरी न्यौपाने, बबिता श्रेष्ठ र पदमकुमारी राई पुरस्कृत भएका व्यवस्थापक युवकुमार आचार्यले जानकारी दिए । संस्थाका संस्थापक अध्यक्ष भुपेन्द्र थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष जगदिश आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कूल १२ सय ७ शेयर सदस्य संस्था रहेको सो संस्थाले २ करोड ३७ लाख रुपैयाँमा घर सहित जग्गा खरिद गर्ने कार्य अघि बढाएको छ ।

‘सांस्कृतिक कार्यक्रम हेरेर पुरस्कार’

दमक/झापाको दमकस्थित गणतन्त्र चोकमा शनिबार एभरेष्ट मल्टि टेक्निकल कलेजद्वारा आयोजित दशैंतिहार विशेष साङ्गीतिक कार्यक्रम हेर्न सहभागी भएका दिवस भण्डारीले नगर आठ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
चर्चित गायक हिमाल सागर लगायतका कलाकारले प्रस्तुति गरेका गीत सङ्गीतमा झुम्न पुगेका भण्डारीले कार्यक्रममा दर्शकका लागि राखिएको लक्की ड्रबाट सो पुरस्कार प्राप्त गरेका हुन् । उनले १६८९ कुपन मार्फत नगर आठ हजार रुपैयाँको पहिलो पुरस्कार प्राप्त गरेका हुन् भने कुपन नम्बर १२१८ का दोस्रा विजेताले सगरमाथा इलेक्ट्रोनिकस दमकका तर्फबाट पाँच हजार रुपैयाँ बराबरको मोबाइल सेट प्राप्त गरेका छन्, उनको नाम भने थाहा हुन सकेको छैन । त्यस्तै असिम भट्टराईले कुपन नम्बर ३०२३ बाट दुई हजार रुपैयाँ बराबरको पुरस्कार दमक मोबाइल ग्यालरीको तर्फबाट प्राप्त गरे ।
गायक हिमाल सागरका अतिरिक्त धराने गायक नवराज बस्नेतले सहभागी दर्शकहरूलाई नचाएका थिए भने स्थानीय डान्स सेन्टरका कलाकारहरूको प्रस्तुतिलाई पनि दर्शकहरूले रुचाएका थिए । एक फेर हाँसिदेऊ न मेरी निसा.. लगायतका आधादर्जन गीत गाएर हिमालले दर्शकले चर्चा बटुलेका थिए भने धराने नवराजले पनि विभिन्न गीत सङ्गीत प्रस्तुत गरेका थिए ।
कम्प्युटर शिक्षाका क्षेत्रमा स्थापित कलेजले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दे आएकोमा यस पटक खुला सांस्कृतिक कार्यक्रम आयोजना गरेको फाउण्डर प्रिन्सिपल विज्ञान भट्टराई ताप्लेजुङ्गेले जानकारी दिए । कार्यक्रमका बारे प्रकाश पार्ने क्रममा उनले भने –‘दमकका ३० जना युवाहरूलाई निःशुल्क कम्प्युटर सिकाएर २०६३ सालदेखि यहाँसम्म आइपुग्नुमा दमकवासीहरूको माया र सहयोगले मात्र सम्भव भएको हो । ’
सोही कार्यक्रमका दौरान गृहेणी निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रम अन्तर्गत लक्की ड्र मार्फत ३० आवेदक गृहेणीमध्येबाट १० जनालाई छनौट गरिएको तथा दमकका ६ ओटा टोल विकास संस्थाहरूको सिफारिसमा ६ जना गरी जम्मा १६ जना महिलाहरूलाई निःशुलक आधारभूत कम्प्युटर तथा इमेल इन्टरनेट शिक्षा प्रदान गरिने भट्टराईले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिकाका कार्यकारी अधिकृत राजेश पौडेलले गृहेणी कार्यक्रम र कुपनका लागि ड्र तानेका थिए ।
कार्यक्रममा दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष प्रकाश प्रसाईले बोले भने सहभागी अतिथिहरूमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक हरिप्रसाद खतिवडा, इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक रामबहादुर चापागाई, सप्तरङ्गी एफएमका प्रवन्ध निर्देशक गिरीराज भट्टराई लगायत थिए ।
कपुरी ब्रदर्स (मारुती सुजुकी शो रुम) मुख्य प्रायोजक रहेको कार्यक्रमका लागि दमक अनलाईन कम्प्युटर सप्लायर्स विशेष प्रायोजक रहेको थियो । त्यस्तै अन्य प्रायोजकहरूमा पाथिभरा गृल, वेब सरफर इन्टरनेट, एभरेष्ट एक्जिम कपडा पसल, टिभीएस शो रुम, होटल सृजना, लक्की ट्रेडर्स, दमक मोबाइल ग्यालरी, आगँन मसला, लक्ष्मी ट्राभल्स एण्ड टुर्स लगायत थिए ।
सो कार्यक्रमका बीच सुरुचि फुड्स जक्सनले प्रश्नोत्तर कार्यक्रमको आयोजना गरी पुरस्कार बाँडेको थियो भने गेसिङ्ग गेम अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सही गेस गरेर पुरस्कार बाँडेको थियो ।
एनटिभी प्लसका प्ले इट अन कार्यक्रमका प्रस्तोता नारायण कडरियाको सञ्चालन रहेको कार्यक्रम हेर्न सयौंका संख्यामा दर्शक सहभागी थिए । सहभागीहरूका लगि राखिएको पुरस्कारको घोषणा अन्त्य तिर गरिएकाले पनि दर्शकहरू विजेता भइने आशामा लामो समय कार्यक्रम कुरेर बसेका देखिन्थ्यो ।

पूर्व सभामुखको कार्यक्रम प्रभावित

चुलाचुली/पूर्व संविधानसभा अध्यक्ष तथा सभामुख सुवासचन्द्र नेम्बाङको आफ्नै निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर २ का कार्यक्रमहरू लिम्बुवान भोलेन्टियर्स, नेकपा–माओवादी र नेपाल आदिवासी जनजाति महासंघ लगायतका विरोधका कारण प्रभावित भएका छन् ।
एमाले क्षेत्र नम्बर २ को आयोजनामा शनिबारका लागि तय गरिएका इलाम चुलाचुली–३ बाह्रगोठे र महमाईको शुक्रबारेका कार्यक्रमहरू असफल पारिएको लिमबुवान भोलेन्टियर्स रेड जोन एरिया ‘ए’ का इञ्चार्ज तिलकबम फागोले जानकारी दिए । एमाले पार्टी विशेषको कार्यक्रम बहिस्कार गरिएको नभई संविधानसभा अध्यक्ष भएर चार वर्ष कुर्सीमा बसेर पनि देश र जनताका लागि संविधान दिन असफल भएको तथा संविधानसभा जस्तो गरिमामय निकायको अध्यक्ष भइसकेका व्यक्ति भएर पनि दल विशेषको कार्यक्रम गर्न आउने भएपछि नेम्बाङको कार्यक्रम बहिस्कार गर्नु परेको इञ्चार्ज फागोले बताए ।
शुक्रबार चुलाचुलीमा नेम्बाङको शवयात्रा सहित पुत्ला दहन गरिएको र उनलाई अब उप्रान्त इलाम क्षेत्र नम्बर २ मा पूर्ण निषेध गरिएको समेत फागोको जिकिर छ ।
शुक्रबार र शनिबारका नेम्बाङ उपस्थित रहने भनिएका कार्यक्रमलाई प्रभावित पार्न नेकपा–माओवादी, आदिवासी जनजाति महासंघ र भोलेन्टियर्सको माङतोक कमाण्डले व्यापक रुपमा कार्यकर्ता परिचालन गरेका थिए ।

महिला बेच्ने गरको आशंकामा पक्राउ

दमक/महिलाहरूलाई विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा लैजाने भन्दै भारतको विभिन्न वेश्यालयहरूमा बिक्री गर्ने गरेको आरोपमा दमकका गोविन्द बराइली पक्राउ गरेका छन् ।
दुई दिन अघि पीडितहरूको उजुरीको आधारमा पक्राउ परेका दमक–१२ का काउनलाई दमक प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरेको प्रहरी सहायक निरीक्षक गंगा राईले जानकारी दिइन् । दमक–१२ की १९ वर्षीया शाह थरकी एक महिला र २ जना दाङकी महिलालाई साउदी अरब लैजाने भन्दै भारतको नयाँ दिल्लीको मैदानगढीमा बराइलीले पु¥याएका थिए । उनले शाह थरकी महिलालाई वेश्यावृत्ति गर्न लगाएको तथा प्रहरीको विशेष सहयोगमा घर फर्किएपछि घटना सार्वजनिक भएको पीडितहरूको संयुक्त जाहेरीमा उल्लेख छ । पीडितहरूले साउदी अरबमा पठाइदिने भन्दै बेच्न लगेको दाबी गरेका छन् । गत असोज ३ गते बराइलीले काँकडभिट्टा हुँदै ती महिलाहरूलाई भिœयाएका थिए ।

यातायात मजदुरको चेतावनी

दमक/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दमक इकाईले शनिबार पत्रकार सम्मेलन गरेर आफ्ना इकाई कोषाध्यक्ष लक्षमण बस्नेतमाथि हातपात गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संगठनका इकाई अध्यक्ष मदन खड्काले बस्नेतमाथि गत असोज २३ गते दमक–१० स्थित सगरमाथा प्रेटोलपम्प अगाडि मोटरसाईकल चढेर आएका तीन जनाको समूहले विना कारण हातपात गरेको बताए । सो क्रममा बस्नेतले चलाएको गाडीको सिसा फुटेको तथा उनले लगाएको बारानाभोरको सुनको सिक्री समेत हराएको यातायात सम्बद्ध पक्षको दावी छ ।
संगठनका दमक इञ्चार्ज टीका भण्डारीले मे ४ प ५०७३ नम्बरको निलो पल्सर मोटरसाईकल चढेर आएका समूहले आक्रमण गरेको र सो बारे तत्काल इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिँदा समेत हालसम्म कार्बाही प्रक्रिया अघि नबढेको भन्दै आक्रोश पोखेका थिए । उनले घटनालाई वेवास्था गरे आनदोलित हुने समेत चेतावनी दिए ।
यसैबीच इलाका प्रहरी कार्यालय दमकले भने घटनामा संलग्नहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।

क्यूपेकद्वारा ६ मजदुर सम्मानित

दमक/क्यूपेक नेपाल क्षेत्रीय कमिटीले पुराना ६ जना मजदुरलाई सम्मान गरेिको छ ।
शनिबार क्यूपेक क्षेत्र नं.–७ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा क्यूपेकका पुराना कार्यकर्ताहरूलाई सम्मानित गरिएको जिफन्ट झापाका जिल्ला अध्यक्ष शान्तिराम गौतमले जानकारी दिए । दमक, लखनपुर र गौरादह क्षेत्रमा क्यूपेकको विभिन्न सांगठनिक क्रियाकलापहरूमा योगदान पु¥याउने धुरणमण्डल, विश्वनाथ शाह, विमला कुमाल, धनप्रसाद राई, शुक्रराज राई र जगत कार्की सम्मानित भएका हुन् । क्यूपेकका क्षेत्रीय कमिटी अध्यक्ष भीमबहादुर तामाङको अध्यक्षतामा भएकमो सो प्रशिक्षणमा क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुइटेल, केन्द्रीय सदस्य अम्बिर कुमार लिङ्देन, पूर्व केन्द्रीय उपाध्यक्ष अन्तलाल धिमाल, जिल्ला कमिटी अध्यक्ष चैतन्य शिवाकोटी र कोषाध्यक्षमा डोरप्रसाद खनाल लगायतले बोलेका थिए । प्रशिक्षणमा डेढ सय बढीको सहभागिता रहेको थियो ।

‘साहित्यको खुड्किलो गजल हो’

भुपेन्द्र तिम्सिना साहित्य, पत्रकारिता र कलाकारिता तीनै विधामा परिचित नाम हो । डेढ दशक यता जमेका उनी तीन वटै विधामा कलम चलाइरहेका पनि छन्् । २०४८ सालदेखि कलाकारिता, २०५० सालदेखि साहित्य र २०५३ सालदेखि पत्रकारिता पेशामा आबद्ध उनी तीनवटै विधामा बढी झुकाव राख्ने भनेर चिनिन्छन् । युवा श्रष्टा तिम्सिना मोरङ शनिश्चरे–१ का बासिन्दा समेत हुन् । गजलकारका राम्रा श्रष्टाको सूचिमा पर्ने उनले भर्खरै गजलमा ”मन उनेर मनसँग“ बजारमा ल्याएका छन् । उनै श्रष्टा तिम्सिनासँग गरिएको श्रष्टार्वार्ता :

साहित्यमा किन आउनुभयो ?
नाटकबाट साहित्य लेखन शुरू भएको हो । गाउँघरमा गरिने नाटक सानै उमेरमा लेख्थे, निर्देशन गर्थेँ र अभिनय पनि गर्थे । शुरूवात त्यहीबाट नै भएको मान्नु पर्छ । २०४८ सालदेखि भने नाटकबाट साहित्य लेखनमा निरन्तरता दिएको छु ।
पछि गजलमा बढी केन्द्रीत हुनु भयो नि ?
नाटक र गजल फरक विधा हुन् । नाटकमा अभिनय हुन्छ तर गजल शब्दमय हुन्छ । तर नाटकसँगै गजलको लेखन भने बढाएको छु ।
साहित्य के हो जस्तो लाग्छ यहाँलाई ?
साहित्य भनेको मनको कुरा प्रस्तुत गर्ने माध्यम हो । साहित्यको प्रवेश मार्ग अहिले गजल बन्दै छ । समग्रमा साहित्यको पहिलो खुड्किलो गजल नै हो ।
गजल कस्तो हुनुपर्छ नि ?
गजल मिठास लयात्मक हुनुपर्छ । गजल संरचनात्मक विधामा फरक विधा हो, त्यसैले पनि गायनको फ्रेममा गजल हुुनुपर्छ । गजल गाइने विधा पनि हो भन्ने लाग्छ ।
तपाईको कृतिको सन्देश भन्दिनुस् न ?
अहिलेसम्म २ ओटा कृतिका रुपमा प्रकाशित छन् । फुटकर रुपमा, संयुक्त धेरै रचना प्रकाशित भइसकेका छन् । अहिले मात्र ‘मन उमेर मनसँग’ गजल कृति बजारमा आएको छ ।
साहित्यका बाहेक कलाकारितामा ?
भर्खरै ५ ओटा गीत रेकर्डिङ्ग भएका छन् । एफएम, रेडियो, एल्बममा आभा मुकारुङ लगायतका गायकहरूले स्वर दिएका छन् । यसबाहेक जीवन जीउनका लागि लघु चलचित्रको लेखन निर्देशन गरी प्रस्तुत भइसकेका छन् ।
अन्तमा, साहित्यका पाठक घट्दै गएका छन् ?
मलाई त्यस्तो लाग्दैन । साहित्यमा मानिसको आकर्षण पाएको छु । तर, कृतिका रुपमा केही कम संख्यात्मक उपस्थिति होलान् तर अहिले झन् गुणात्मक रुपमा साहित्यको विकास भएको पाएको छु । त्र


गजल एकतीस
लोडसेडिङ्गको उपहार, कैलेसम्म लोकतन्त्रमा ?
खान नपाई मरिरा’छन् ऐलेसम्म लोकतन्त्रमा

जनही छन् संगठन, चन्दा माग्छने उसैगरी
जबरजस्ती गर्छन् देउसे, भैलोसम्म लोकतन्त्रमा

भिखारीको अभिनय, गरिरहन्छन् पालै पालो
भीख माग्ने यही चलन, फैलेसम्म लोकतन्त्रमा

छट्पटाउँदै चिच्याउँदै, रोइरा’ की हुन्छिन् आमा
लुटपाट बढिरहन्छ, जैलेसम्म लोकतन्त्रमा ।
–भुपेन्द्र तिम्सिना (“मन उनेर मनसँग” कृतिबाट)

लिम्बुवान मुक्ति मोर्चाको कमिटी गठन

दमक/नेकपा–माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल झापा क्षेत्र नं. ४ को क्षेत्रीय कमिटी चयन गरिएको छ । शनिश्चरेमाआयोजित मोर्चाको विस्तारित बैठक तथा प्रशिक्षणात्मक भेलाका बीच कमिटी गठन गरिएको हो ।
कमिटीको अध्यक्षमा नरबहादुर नेम्वाङ, सहअध्यक्षमा नरेन्द्र नेम्वाङ, सचिवमा जगत आङ्देम्वे, सहसचिवमा गणेश वेघा र कोषाध्यक्षमा सानीमाया कुरुम्वाङ रहेका मोर्चाका केन्द्रीय उपाध्यक्ष विश्वदीप लिङदेनले जानकारी दिए । कमिटी १७ सदस्यीय रहेको जनाइएको छ । मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिपक कुरुम्वाङको प्रमुख आतिथ्य र पार्टीका क्षेत्रीय इञ्चार्ज राजु शेर्माको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा क्षेत्रीय सेक्रेटरी हरी दाहाल, गजेन्द्र कटुवाल, पहलमान लिम्बू लगायतले शुभकामना मन्तव्य एवम् प्रशिक्षण दिएका थिए ।

किरावि संघको दोस्रो परिषद भेला शुरु

ईलाम/शैक्षिक परिवर्तन र किरात स्वायत्त राज्यको लागि संघर्ष गर्दै आएको किरात राई विद्यार्थी संघको दोस्रो परिषद भेला शुक्रबारदेखि इलाम सदरमुकाममा सुरु भएको छ ।
भेलाको उद्घाटन कार्यक्रममा संघको केन्द्रीय अध्यक्ष धिरेन्द्र रुम्दाली राईले जनताको चाहना अनुसारको संविधान बनाउन नसकी सभा विघटन गर्ने राजनीतिक पार्टीहरू असफल भएको बताएका छन् । राईले ठूला भनिएका दलका नेताहरू समेत फेल भएको आरोप लगाउदै जातीय पहिचान सहितको संविधान निर्माणको लागि नयाँ शक्ति निर्माणमा लाग्नुु पर्ने बताए । अध्यक्ष राईले नेपालको अव्यावहारिक शैक्षिक नीतिको आमुल परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै किरात स्वायत्त राज्य स्थापना नभए नयाँ उचाईबाट किरातवादी आन्दोलन थालिने चेतावनी दिए ।
संघका सल्लाहाकार तथा उद्घाटन कार्यक्रमका विषेश अतिथि दिपेनवाला राई, किरात राई यायोक्खाका केन्द्रीय सचिव जे.बी. राई, ईलाम जिल्ला अध्यक्ष कृष्ण खालिङ राई, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सचिव अभिषेक एक्तेन, किरात राई पत्रकार संघका केन्द्रीय सदस्यहरु नगेन्द्र राई, रिता राई, नेपाल पत्रकार महासंघ ईलामका अध्यक्ष उमेश गुुरुङ, नेपाल आदिबासी जनजाति विद्यार्यी महासंघ इलामका अध्यक्ष जलन लिम्बू, नेपाल आदिवासी जनजाति युवा संघ ईलामका अध्यक्ष राजकुमार राई लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष तथा किरात राज्य समिति ईन्चार्ज अर्जुन जम्नेली राईले स्वागत गरेका थिए । संघका महासचिव बिर्सिका राई र सचिव डेकिन्द्रकुमार राईले सञ्चालन गरेका थिए ।
दुईदिनसम्म चल्ने भेलामा काठमाडौं पूर्वी पहाडी जिल्लाहरूबाट डेढ सय भन्दा बढी राई विद्यार्थी पदाधिकारीहरू सहभागी रहेको संघका अध्यक्ष धीरेन्द्र रुम्दाली राईले बताए ।

साहित्य चौतारीमा विकल्प

बिर्तामोड/साहित्य चौतारी झापाको १३ औं साधारणसभा टङ्क विकल्पको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गर्दै बिहीबार सम्पन्न भएको छ ।
चौतारीको सभाहल बिर्तामोडमा निर्वतमान अध्यक्ष केशव आचार्यको सभापतित्व, भाषाविद् चुडामणि रेग्मीको प्रमुख आतिथ्य र साहित्यकार कृष्ण धरावासीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा कलातर्फ पवन राजवंशी, साहित्यतर्फ लीला अन्मोल र सङ्गीततर्फ कृष्ण योन्जनलाई चयन गरेको छ भने सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र संग्रौला, सावित्रा ढुङ्काना र कृष्ण सुवेदीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरूमा इन्दु पूर्वेली, हिमत नेम्वाङ, दीलिप घिमीरे, याम भूजेल, श्यामराज राजवंशी, विनोद खनाल, भवानी गौतम र उषा राई सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष शिवशंकर थापा मगर लगायतले बोल्दै चौतारीले साहित्य कला र सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको चर्चा गरेका थिए ।

साहित्य चौतारीमा विकल्प

बिर्तामोड/साहित्य चौतारी झापाको १३ औं साधारणसभा टङ्क विकल्पको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गर्दै बिहीबार सम्पन्न भएको छ ।
चौतारीको सभाहल बिर्तामोडमा निर्वतमान अध्यक्ष केशव आचार्यको सभापतित्व, भाषाविद् चुडामणि रेग्मीको प्रमुख आतिथ्य र साहित्यकार कृष्ण धरावासीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा कलातर्फ पवन राजवंशी, साहित्यतर्फ लीला अन्मोल र सङ्गीततर्फ कृष्ण योन्जनलाई चयन गरेको छ भने सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र संग्रौला, सावित्रा ढुङ्काना र कृष्ण सुवेदीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरूमा इन्दु पूर्वेली, हिमत नेम्वाङ, दीलिप घिमीरे, याम भूजेल, श्यामराज राजवंशी, विनोद खनाल, भवानी गौतम र उषा राई सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष शिवशंकर थापा मगर लगायतले बोल्दै चौतारीले साहित्य कला र सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको चर्चा गरेका थिए ।

सय जना वृद्धवृद्धा सम्मानित

बिर्तामोड/अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोवर १) को अवसर पारेर विगत वर्ष झैं यस वर्ष पनि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले ७० वर्ष पार गरेका बृद्धबृद्धालाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाका नौ स्थानमा रहेका संस्थाका विभिन्न कार्यालयहरूमा स्थानीयलाई भेला गरी असोज १६ गतेदेखि यस्तो कार्यक्रम गरिँदै आएको हो ।
तीन वर्षअघिदेखि ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्न थालेको संस्थाले यस वर्ष संस्थाका छ हजार सात सय १८ जना सदस्यमध्ये ७० वर्ष पूरा गरेका करिब एक सय जनालाई जनही एक हजार नगद सहित उपहार प्रदान गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।
यसैबीच शुक्रबार बिर्तामोडमा पाँच जना वृद्धहरूलाई सम्मान गरी नगद उपहार प्रदान गरिएको हो । एनएमसीको निर्माणाधीन भवन परिसरमा आयोजित कार्यक्रममा अनारमनी– ४ का हरिनारायण पूर्वे, तोपगाछी–७ का हरिबहादुर भूजेल, चकचकी–६ का चेतनाथ पोखरेल, अनारमनी–३ का नीलकुमार श्रेष्ठ र अर्जुनधारा–२ का गोपीकृष्ण पोखरेललाई उपहार प्रदान गरिएको हो ।
विर्तामोड कार्यालय समितिका सदस्य गोविन्दबिक्रम गिरीको अध्यक्षता तथा कार्यालय प्रमुख चेतन शर्मा पौड्यालको सञ्चालनमा सम्पन्न सम्मान कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेती, उपाध्यक्ष मोहनप्रकाश उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

के (च्याब्रुङ) को उत्पत्ति : एक चर्चा


गोविन्द आङ्बुङ
प्राचीन किरात जातिको प्रमुख शाखामा लिम्बू आदिवासी जनजाति एक हो । यो जाति सुदूरपूर्व नेपालको लिम्बुवानमा आदिमकालदेखि बसोबास गर्दै आएका छन् । आफ्नै धर्म, संस्कृति, भाषा, लिपी र लोकसंस्कृतिमा धनी जाति मानिन्छ । लिम्बू लोक संगीतलाई (१), गीत, (२) नृत्य र (३) वाद्यसमूह गरेर तीन समूहमा बाँड्न सकिन्छ ।
बाजाहरुमा लिम्बू जातिको जातीय बाजा के(च्याब्रुङ्ग) हो । च्याब्रुङ बाजाको उत्पत्तिको रोचक कथाहरु छन् । लिम्बू जातिको प्रथम घर बाजाइबाले निर्माण गरेपछि धमिराले घर खाएर पटक–पटक भत्किँदा बाजाइबा खिन्न भई थकित भएर हङसिङ या खमारीको रुखको सियालमा बसिरहँदा अचानक घुनघुन आवाज सुनेछन् । केको आवाज भनी नियाल्दा त्यो हङसिङ या खमारीको रुखको धोन्द्रो रहेछ । त्यो धोन्द्रोमा माहुरीको गोलो रहेछ र त्यो हङसिङ या खमारीको धोन्द्रोमा माहुरीको गोलो देखेपछि बाजाइबाले लोदेनहाङ र फुङ्देनहाङलाई देखाइदिएछन् र ती दाजुभाइ लोदेनहाङबा र फुङदेनहाङबाले त्यो हङसिङको  धोन्द्रो परेको रुखलाई ढाली टुक्रा बनाएर केसामी अथवा बाघको छालाले मोरेको बाजा बजाउँदै लोदेनहाङबा र फुङदेनहाङबाले पुनः नयाँ घर निर्माणपछि  त्यस घरवरिपरि नृत्य गरे । त्यसपछि धमिरा कहिल्यै लागेन भन्ने आख्यान छ । त्यही आख्यानको आधारमा अहिलेसम्म लिम्बूहरुको नयाँ घरको निर्माण सकिएपछि धमिरा नलागोस् भनी ‘थक्थाम्मा के’ नाच्ने चलन अद्यापि छ ।
केसामीको छालाले मोरेको देब्रेपट्टि घुरुङ–घुरुङ गर्दै बाघझैँ आवाफ निस्कने हुँदा यस बाजाको लिम्बू भाषामा के नाम रह्यो । यसैलाई हिजोआज च्याब्रुङ भनिन्छ । खरीविहीन ढोल आधारका बाजाहरु ईसापूर्व पाँच हजार अघिदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । यसर्थ, खरिविहीन च्याब्रुङ बाजालाई अति प्राचीन वाद्ययन्त्रहरु मध्ये एउटा मानिन्छ । च्याब्रुङ बाजा सामान्यतया अढाई फुट लामो र गोलाई पाँच फिटको हुन्छ । यसको दाहिने पाटालाई पाथी स्वर वा हुक्चाङ्गे र देब्रे पाटोलाई भाले स्वर वा सिङ्जाङ्गे भनिन्छ । दाहिनेपट्टिको भाग ३, ४ दिनसम्म भिजाइराखेर खरी आएझैँ देखिने डाम पारिन्छ । त्यसैले त्यतापट्टिको आवाज चर्को र तिखो सुनिन्छ ।

च्याब्रुङ नाचको आधारभूत ताल वा पारा कुसरक्पा हो । कुसरक्पा नाचको स्थानअनुसारको नाच हुन्छन् । जस्तै, फेदापे, तमरखोले, पान्थरे, चारखोले आदि । कुसरक्पामा नै अवसरअनुसार पारा थपेर नाचिन्छ । जस्तै, साम्सिङ्मा लाङ (तयारी नाच), मेःक्काम्मा लाङ (लगन नाच), लारिङ्गेक लाङ (हात हल्लाउने), लाङ्जाङ्वा लाङ (छिट्टो नाचिने नाच) र सेम्मुई लाङ (विदाई नाच) आदि छन् । थपिने पारा सृष्टिसँग सम्बन्धित छ जस्तै, पशुपंक्षीको नृत्य नै अनुकरण गरेर नाचिन्छ – हात्ती नृत्य, गैँडा नृत्य, परेवा नृत्य, ढुकुर नृत्य, सर्प नृत्य आदि । यसका साथै अन्नबाली लाउने, उठाउने, खाने आदि जस्ता पारामा पनि नृत्यहरु गरिन्छन् ।
शुभ उपलक्ष्यमा मात्रै नाचिने च्याब्रुङ नृत्यमा गीत गाउँदैनन् भने पनि हुन्छ तर बेलामौकाअनुसार बाजाको तालमा गाउँदै भावको अभिव्यक्तिहरु पनि गरिन्छ । त्यस्तै, च्याब्रुङ बजाउँदै स्त्रीजातिहरुले के नाच्दैनन् तर बेलामौकाम स्त्रीजातिहरुले पनि च्याब्रुङ नृत्यमा सम्मिलित भई हात हल्लाउँदै पारा मिलाउँदै नृत्यमा साथ दिन्छन् ।

सकारात्मक वहस नै उत्तम विकल्प – सम्पादकीय

लिम्बुवान स्वायत्त राज्यको माग गर्दै आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् भित्र उब्जिएको विवाद समाधान तिर नभई थप चर्किदै गएको देखिन्छ । पार्टी संगठन भित्र विधान नाघेर पदाधिकारी नियुक्त गरेको विषय उठान भएपछि विधि प्रक्रिया तथा संगठन सुदृढिकरण संघर्ष समिति गठन गरेर परिषद्का सचिवालय सदस्य लोकसागर साम्बाले गतिविधि थालेकामा केही हप्ता अघि उनी निलम्बनको कार्बाहीमा परेका छन् । परिषद्का अध्यक्ष कुमार लिङ्देनले विज्ञप्ति जारी गरेर साम्बामाथि कार्बाही गरिसकेको भए पनि उनी अहिले पनि सांगठानिक गतिविधिमा सशक्त छन् ।
पछिल्लो समय अध्यक्ष लिङ्देन र सचिवालय सदस्य साम्बाबीच सांगठानिक दूरी बढेको तथा एक–अर्काका कार्य शैलीप्रति असन्तोष र असन्तुष्टि बढ्दै जाँदा कार्यकर्ता पंक्ति विभाजित मानसिकतामा पुगेका स्पष्टै देखिएको छ । साम्बाले परिषद्को सुनसरी जिल्ला समितिका अध्यक्ष सहितको बहुमत समिति, परिषद्को भातृ संगठन संघीय विद्यार्थी यूनियन र पाँचथर जिल्ला कार्य समिति बाहेकका जिल्लाका कार्यकर्ताहरू समेतलाई संघर्ष समितिमा आवद्धताको दावी तथा नेतृत्व गरिरहेका छन् भने परिषद्को सचिवालय सहितको मूल टिमको नेतृत्व लिङ्देनको रहेको छ ।
लिम्बुवान आन्दोलनको सुरुवात गर्न अघि दुवै नेता राष्ट्रिय जनमुक्ति पार्टीमा विद्रोह गरेर नेपाल जनमुक्ति पार्टी गठनका समयमा समेत सँगै देखिएका तथा यसअघि परिषद् फुटका क्रममा समेत पटक–पटकका सांगठानिक हलचलहरूमा समेत सँगै देखिएका कारण उनीहरूबीचको सांगठानिक समिकरण बलियो भएको अनुमान गरिन्थ्यो, जो आज लगभग असत्य सिद्ध हुन लागेको अवस्थामा पुग्दैछ ।
शुक्रबार साम्बा नेतृत्वको संघर्ष समितिले भेलाको आयोजना गरेर पार्टी संगठनका विधान विरोधी गतिविधिमा प्रभाव पार्दै जाने निर्णय गरेको अवस्था एकातिर विद्ययमान छ भने अर्कातिर कार्बाहीमा परिसकेकाहरूबाट अराजक भनाई आइरहेका तर कुनै प्रभाव नपर्ने प्रतिक्रिया अध्यक्ष लिङ्देनबाट आउनुलाई पार्टी संगठनका कार्यकर्ताले पुनः परिषद्को फुट नजिक आएको अर्थमा वा कसरी बुझ्छन् त्यो उनीहरूको कुरो हो । यद्यपि, क्षेत्रीय राजनीतिमा लगभग स्थापित भइसकेको लिङ्देन नेतृत्वको परिषद्मा पुनः फुट हुने हो भने मुलुकमा प्रारम्भिक अभ्यासमा रहेको क्षेत्रीय राजनीतिक संगठनको प्रयास आफैमा असफल बन्ने देखिन्छ ।
राजनीतिक एजेण्डा र गतिविधिको बेग्लै मूल्याङ्कन हुनु स्वाभाविक प्रक्रिया हो । तर, स्थापित राजनीतिक शक्तिहरू फुटका चरणबाट मात्रै गुज्रिरहेने परिस्थिति नराकिने हो भने यसले मुलुकको राष्ट्र राजनीति, जनजीवन र विकास निर्माण लगायतका सबै खाले कार्यमा नकरात्मक प्रभाव पर्ने निश्चित छ । तसर्थ सांगठानिक विवादहरूलाई सही वहसका माध्यमबाट निरुपण गरेर अघि बढ्नु बाहेको उत्तम विकल्प अरु हुन सक्दैन कि ! अझै पनि वहसका माध्यमबाट समस्याहरूको निधान गरी सही नेतृत्व र सांगठानिक ढाँचाबाट अघि बढ्ने समय छ । यतातर्फको पहललाई विशेष ध्यान पु¥याउन जरुरी छ ।

‘धरासयी बन्दै इलम प्रशिक्षण केन्द्र’

विष्णु सुब्बा
दमक, १२ साउन/दमकको इलम प्रशिक्षण केन्द्र धरासयी बन्दै गएको छ । सम्झौता अनुसारको सहयोग नपाएपछि पूर्वकै ट्रेड स्कूलको रुपमा स्थापित हुने लक्ष्य बोकेको केन्द्र दिनानुदिन नाजुक बन्दै गएको हो ।
नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) को संयुक्त लगानीमा दमक सहित देशभर खुलिएका १० ओटा त्यस्ता ट्रेड स्कूलहरू अधिकांश बन्द हुने अवस्थामा छन् । २०६१ सालमा पहिलो चरणमा पाँचै ओटै विकास क्षेत्रहरूमध्ये दमक, नुवाकोट, कञ्चनपुर, सुर्खेत, नवलपरासीमा एकैसाथ स्थानीय स्तरमा ती ट्रेड स्कूल सञ्चालनमा आएका थिए । पछि थप ५ ओटा ट्रेड स्कूलहरू स्थापना भएका बताइएको छ ।
अर्ध शिक्षित, बेरोजगार, गरीब तथा आर्थिक विपन्नता भएका युवापुस्तालाई सीपमूलक तालिम दिएर दक्ष र स्वरोजगार बनाउने हेतुले साझेदारीमा खोलिएका ट्रेड स्कूलहरूले पछिल्ला वर्षहरूमा सरोकारवाला निकायहरूबाट सहयोग नपाएपछि समस्या झेल्दै आएका छन् ।
दमक–१३ स्थित अलपत्र बनेको इलम प्रशिक्षण केन्द्रको एक तले पक्की भवन । फोटो : पिपुल्स टाइम्स

दमकको इलम प्रशिक्षण केन्द्रका प्रमुख वेदु गौतमले सरोकारवाला निकायले सहयोग नगरेका कारण संस्थालाई नियमित चलाउन समस्या आएको बताए । आफ्नै स्रोतबाट केन्द्र चल्न सक्ने अवस्था छैन, सरकारको सहयोग रोकिएपछि नियमित कामकाज नै प्रभावित बन्न पुगेको प्रमुख गौतम बताउँछन् । उनले भने –‘दक्ष जनशक्ति उत्पादन गर्ने अवधारणा सहित राज्यका विभिन्न निकायले अनिवार्य सहयोग गर्ने सम्झौता अनुसार स्कूल खुले, अहिले सहयोगी निकाय चुपचाप बस्दा सञ्चालन गर्नै समस्या परेको छ । ’ मुख्यगरी उच्च स्तरीय ती निकाय सहित स्थानीय तहमा जिविस, नगरपालिका र सरकारले सञ्चालन गर्ने विभिन्न निकायका सीपमूलक तालिमहरू गराउने र सहयोग पु¥याउने भनिए पनि पछिल्ला वर्षहरूमा कसैको सहयोग नआएको केन्द्रले जनाएको छ ।
केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश प्रसाईले सरोकारवाला निकायहरूले सहयोग नगरेका कारण केन्द्रको अवस्था नाजुक बन्दै गएको बताए । उनले प्रारम्भिक चरणदेखि २०६४ सालसम्म सरकारबाट छुट्ट्याइएको २५ लाख रुपैयाँ उद्योग वाणिज्य महासंघ मार्फत पटक–पटक गरी १९ लाख रुपैयाँ आएपनि त्यसपछि थप बजेट नआएको जनाए । ‘स्थानीय तहमा केन्द्र सञ्चालनको दिगो स्रोत छैन’ उनले भने –‘यसले गर्दा केन्द्र सञ्चालनमा कठिनाई बन्दै गएको हो’ । केन्द्रबाट विभिन्न रोजगारमुखी सीपहरू सिकाउने गरिन्छ ।
दमक–१३ मा रहेको केन्द्रले एक हप्ते साधारण देखि ९ महिने अवधिका तालिमहरू सञ्चालन गरी आएको छ । कतिपय सरकारी तथा अन्य संघ संस्थाहरूले समेत त्यस्ता तालिमहरू निःशूल्क रुपले चलाउँदै आएकाले पनि केन्द्रका तालिमहरूप्रति आकर्षण कम भएको गुनासो आएको छ । केन्द्रका प्रमुख गौतम भन्छन् –‘सरकारको स्थानीय निकायबाट उपलब्ध हुने सोही प्रकृतिको तालिममा भत्ता सहित तालिम दिने भएकाले यस्ता तालिम शिक्षालयमा भने जति सहभागीको संख्या न्यून छ’ ।
यसैबीच, पहिलो चरणमा खुलेका ट्रेड स्कूलहरूलाई सरोकारवाला नियकाहरूले स्थापनाका अवस्थामा ५ वर्ष सहयोग गर्ने भनिएको र पछि पुनः थपिएको ५ वर्षको अवधि समेत सकिन लाग्दा पनि थप सहयोग भने प्राप्त नहुँदा यस्ता स्कूलहरूको भोलिको अवस्था के हुने भन्ने जिज्ञासा उठेको छ ।
यस्ता केन्द्रहरूको कार्यक्रममा सघाउ पु¥याउने विभिन्न सरकारी निकायहरूले चासो नपु¥याएकै कारण धरान, सुर्खेत लगायतका ट्रेड स्कूलहरू बन्द भइसकेका छन् । यस्ता ट्रेड स्कूललाई व्यवस्थित गराउन विषयमा सरोकारवालाहरूले चासो नदिएपछि स्थानीय तहमा उद्योग वाणिज्य संघहरूले आप्mनो क्षमता अनुसार सञ्चालन गरिआएका छन् ।
महासंघले गठन गरेको सरकारको सचिव स्तरीय अनुगमन समिति र स्थानीय तहमा गठित व्यवस्थापन समितिहरूले केन्द्रको समस्या बारे छलफल गर्न समेत पहल गरेका छैनन् । स्रोत भन्छ –‘महासंघका केन्द्रस्तरको अनुगमन समिति दुई वर्षदेखि बैठक बस्न सकेको छैन भने स्थानीय तहको समिति वर्षदिन यता बैठक बस्न सकेको छैन’ ।
केन्द्रबाट १४ सय उत्पादन
इलम प्रशिक्षण केन्द्र दमक सञ्चालनमा आएपछि यसले हालसम्म करिब १४ सय बढीलाई रोजगारमुखी तालिम दिइसकेको छ ।
८ वर्षका अवधिमा केन्द्रबाट १४ सय जनाले स्वरोजगार मूलक तालिम पाएका केन्द्रका प्रमुख गौतम बताउँछन् । ती मध्ये ७० प्रतिशतले अहिले स्वदेश वा विदेशमा रोजगारी गरिआएका गौतमको भनाई छ । ‘बढी इलेक्ट्रिसियन, प्लम्बिङ्ग, वाइरिङ्ग लगायतका भोकेशनल ट्रेनिङ्गहरूमा आकर्षित छन्’ प्रमुख गौतमले भने –‘केन्द्रका अनुसार तीन ओटा विषयमा भने सिटीइभिटीबाट परीक्षा हुने गरेको छ । ’ टी.एस.एल.सी.मा विभिन्न परीक्षा चलाउने पूर्वमा दमको सो ट्रेड स्कूल भएको गौतमले जनाए । सो टी.एस.एल.सी.मा हालसम्म ३ सय परीक्षार्थीहरूले उत्तीर्ण भई प्रमाणपत्र लिएका छन् । टीएसएलसीमा कम्प्युटर अपरेटर, विल्डिङ्ग इलेक्ट्रीसियन र मेसन जस्ता ३ ओटा प्राविधिक विषयमा परीक्षा लिने गर्दछ । वर्षमा दुई पटक हुने सो परीक्षामा परीक्षार्थीहरूले बढीमा २५ सय रुपैयाँ शूल्क तिर्नुपर्ने हुन्छ । अन्य गाउँमा काम गरी आएकालाई विषयगत तालिमको मान्यता प्राप्त प्रमाणपत्र दिन टीएसएलसी परीक्षा लिने गरिएको छ । प्राविधिक विषयमा सो परीक्षा उत्तीर्ण गरे एसएलसी सरहको मान्यता प्राप्त हुने बताइएको छ । असार ३ देखि ८ सम्म पछिल्लो पटक चलेको सो परीक्षामा केन्द्रबाट ५० जनाले परीक्षा दिएका छन् ।

निर्माणाधीन भवन अलपत्र

दमक, १२ साउन/राज्यबाट स्कूल सञ्चालनका लागि दिइएको सहयोग आउन बन्द भएपछि दमकको इलम प्रशिक्षण केन्द्रको निर्माणाधीन भवन अलपत्र बनेको छ । वर्षेनी आउँदै गरेको रकम २०६४ सालदेखि बन्द भएपछि भवनको निर्माणाधीन काम रोकिएको हो ।
दमक–१३ मा स्थानीय दाता श्याम श्रेष्ठ र तिर्थकुमारी श्रेष्ठले १० कठ्ठा जग्गा केन्द्रलाई उपलब्ध गराएपछि निर्माण थालिएको भवनको काम ५ वर्षदेखि पूर्णरुपमा ठप्प भएको छ । ‘इलम प्रशिक्षण केन्द्र बन्दा धेरैलाई तालिम र रोजगारी मिल्ला भनेर जग्गा दियौं, तर सरकारले ध्यान नदिँदा दुःख लागेको छ’ –दाता श्रेष्ठले भने । उनले निर्माणाधीन दमक चक्रपथसँग जोडिएको ३ सय ६० फिट मुख भएको सो परिमाणको जग्गा केन्द्रका लागि दान दिएका हुन् । केन्द्रका प्रमुख गौतमले रकम
 अभावका कारण निर्माणाधीन भवनको काम रोकिएको बताए । चारकोठे पक्की निर्माणाधीन भवनमा ११ लाख बढी रकम खर्च भइसकेको गौतमको भनाई छ । २०६५ सालमा नै भवन पूरा गर्ने लक्ष्य भए पनि रकम अभावले पूर्वकै नमूना ट्रेड स्कूलको भवन लथालिङ्ग अवस्थामा छ ।
व्यवस्थापन समितिका अध्यक्ष प्रकाश प्रसाईले भवनको काम ८० प्रतिशत पूरा भए पनि अन्य घेराबेरा सहितका संरचना निर्माणमा रकम नभएकाले काम रोकिएको बताए । निर्माणाधीन भवनमा कम्पाउण्ड वालका लागि थप १९ लाख रकम महासंघ र जिविस लगायतका निकायमा गतवर्ष सहयोग माग गरिए पनि माग सुनुवाई नभएको गुनासो समितिका अध्यक्ष प्रसाईको छ ।     ‘घेराबेरा बिना कार्यालय नियमित गराउन सुरक्षित हुँदैन’ अध्यक्ष प्रसाई भन्छन् –‘दुवै काम पूरा नभएसम्म केन्द्रको नयाँ भवन सञ्चालनमा समस्या छ । ’ केन्द्र अहिले दमक उद्योग वाणिज्य संघको भवनमा सञ्चालनमा रहेको छ ।