गरीबलाई परिचय पत्र

काठमाड/सरकारले वास्तविक गरीबको पहिचान गरी उनीहरुलाई परिचयपत्र दिने भएको छ ।
कति जनता गरीबीको रेखामुनी छन् भन्ने यकिन तथ्यांक समेत नभएपछि पहिचान गरी उनीहरुलाई परिचयपत्र दिन लागिएको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिए । ‘गरीबको पहिचान नहुँदा उनीहरु राज्यबाट पाउने सुविधा समेत बन्चित हुँदै आएका छन् । भट्टराईले भने ‘अब परिपत्र पत्र वितरण भएपछि त्यही आधारमा राहत वितरण गरिने छ ।’
मुलुकमा २५ प्रतिशत जनता गरीबीको रेखामुनी रहेको अनुमान गरिए पनि अहिलेसम्म सरकारसँग वास्तविक संख्या छैन । प्रधानमन्त्री भट्टराईले वास्तविक गरीबको पहिचान गर्न गरीबी निकारण कोषलाई निर्देशन दिइसकेको समेत जानकारी दिए ।
कोषका अनुसार प्रधाामन्त्रीको निर्देशनलगत्तै गरीबको पहिचान गरी परिचय पत्र उपलब्ध गराउन गरीबी निवारण कोषका उपाध्यक्षको संयोजकत्वमा निर्देशक समिति र केन्द्रीय तथ्यांक विभागका महानिर्देशकको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । ९ सदस्यीय निर्देशक समितिमा निर्देशक समितिमा प्रधानमन्त्रीको कार्यालय, अर्थ, स्थानीय विकास, गृह लगायतका मन्त्रालयका सचिव सदस्य छन् भने सात सदस्यीय प्राविधिक समितिमा गरीबी निवारण कोषका कार्यकारी निर्देशक र विभिन्न मन्त्रालय लगायतका सम्वद्ध निकायका प्रतिनिधि सदस्य रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment