मैना खातामा राज्यमन्त्री

लखनपुर,माघ २९ गते २०६८/ केही दिनयता रहेका गृहराज्य मन्त्री भीमराज राजवंशीले शनिबार लखनपुरको मैना खाताका बासिन्दाहरुसँग भेटघाट गरेका छन् ।
स्थानीयहरुले उनीसँग स्थानीय समस्या र विकास निर्माणका योजनाहरुबारे छलफल गरेका थिए । सो अवसरमा राज्यमन्त्री राजवंशीले आपसी मतभेद्लाई त्यागेर सबै मिली राष्ट्र बनाउनुको विकल्प नभएको बताए ।
सो पछि आयोजित पत्रकार भेटघाटमा राज्यमन्त्री राजवंशीले माओवादी भित्र अहिले देखिएको विवाद आन्तरिक रणनीति मात्रै भएको दाबी गरे । मधेसी जनअधिकार फोरम स्लोकतान्त्रिकू बाट राज्यमन्त्री बनेका राजवंशीले राज्य पुनस्रंरचना र शासकीय स्वरुपका विषयमा पार्टीले बनाएको छुट्टै समिति मार्फत् नै धारणा आउने बताए । यद्यपी उनले समग्र मधेस एक प्रदेश मधेसवादी दलहरुको माग नभएको स्पष्ट पारे ।

0 प्रतिकृया:

Post a Comment