हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

आदिवासी जनजनति सांस्कृतिक महोत्सव आज समापन हुदै

पिपुल्स टाइम्स समाचार
दमक, माघ २८ २०६८/  १४ दिनदेखि जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सव आज शनिबार समापन हुँदैछ । आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदको मूख्य आयोजनामा गत माघ १४ गतेदेखि सुरु भएको महोत्सव पूर्व निर्धारित १२ दिनको कार्यक्रममा २ दिन थप गरी १४ औँ दिन आज समापन गर्ने कार्यक्रम तय भएको हो ।
महोत्सव अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता र मागका कारण आयोजक समितिले २ दिन म्याद थप गरेको थियो । गृहमन्त्री बिजयकुमार गच्छदारले उदघाटन गरेको महोत्सवको आज हुने समापन कार्यक्रममा भने गृहराज्यमन्त्री भीमराज राजवंशीको प्रमुख आतिथ्यता रहने आयोजक समितिले जनाएको छ । महोत्सव समापनका अवसरमा विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पुर् याउँदै आएका १० जनालाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ ।
महोत्सव सूचना केन्द्रका संयोजक मनकुमार गदालले दिएको जानकारी अनुसार सम्मानित गरिनेहरुमा झापाका अग्रज पत्रकार गाजबहादुर दाहाल बेलायत सरकारको सम्मानित युद्धपदक भिक्टोरिया क्रस बिजेता रामबहादुर बेघा सामाजिक अगुवा तथा किरात याक्खा छुम्मा झापाका अध्यक्ष हरिलाल देवान दमक नगरपालिकाका पूर्व प्रधानपाच धनबहादुर श्रेष्ठ र सांस्कृतिक अगुवा कृष्णकुमारी राई शिक्षा क्षेत्रका अगुवाहरु छविलाल शर्मा सिटौला रामदेव शर्मा र बालाकाजी थापा मगर रहेका छन ।
विभिन्न १३ आदिवासी जनजातिका नमुना घर सहित सांस्कृतिक महत्व राख्ने तथा परम्परागत झल्किने सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । हरेक दिन महोत्सव अवधिभर किराँतजन्य लिम्बु राई याक्खा सहित तामाङ गुरुङ नेवारी राजवंशी धिमाल सन्थाल कुमाल भुजेल माझी मगर समुदायका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएका थिए ।
महोत्सवमा प्रदर्शनीका लागि राखिएका मध्ये माझी र गुरुङ जातिको नमुना घरलाई ललितकला प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको थियो । सांस्कृतिक गायन तथा नृत्यहरुका अतिरिक्त राष्ट्रिय कलाकारहरु पल्पसा डंगोल ुचम्सुरीु र अंशु महर्जन ुहात्तीु बद्री पंगेनी शीला आले सत्यराज आचार्य स्वरुपराज आचार्य सीतल र शिवानी मोक्तान दीपक लिम्बु प्रमोद खरेल जितु नेपाल कुँवेर राई राजेश हमाल राजेश पायल राई सिताराम कट्टेल ुधुर्मुसु कुन्जना घिमिरे ुसुन्तलीु किरण केसी ुराता मकैु शिवहरी पौडेल ुमुखमा हान्नु जस्तोु केदार घिमिरे ुमाङने बुढाु सुरज चापागाई ुबान्द्रेु लगायतले आफनो प्रस्तुती राखेका थिए ।
महोत्सवमा अत्याधिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहे पनि नायिका रेखा थापाले माचमा उभिएर प्रस्तुती नदेखाई सुटुक्क हिडेकोमा दर्शक तथा उनका फयानहरु अझै असन्तुष्ट छन । स्थानीय युवाहरुले रेखा थापाको प्रस्तुती नरहनुका पछाडीको मुख्य कारण आयोजकले खराब मौसम भने पनि चित्तबुझदो जवाफ नआएको गुनासो गरेका छन ।
दमकका युवा मनोज खतिवडाले भने-ुमौसमकै कारण उनको प्रस्तुती रोकिनु नपर्ने हो यसका पछाडिको रहस्य सर्वजनिक हुन आवश्यक छु थापाको प्रस्तुती नरहनुको कारण बारे तीव्र रुपमा अनौपचारिक चर्चा चलेपछि तत्कालै आयोजक समितिले विज्ञप्ति मार्फत प्रतिकूल मौसमका कारण नायिका थापाको प्रस्तुती हुन नसकेको भन्दै सो का बिषयमा दुःख प्रकट गरेको थियो ।
डम्बरले दमकेलीलाई भेटे
ुभेटन मन लाग्छु गाउने गायक डम्बर नेपालीले शुक्रबार दमकका दर्शकहरुलाई भेटेका छन ।
आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा उनले दर्शकहरुलाई भेटेनन मात्र आफूलाई स्थापित गर्ने आधा दर्जन गीतहरु पनि गाए । दिन ढल्दै जाँदा उनले ुभेटन मन लाग्छु बोलको गीतबाट नै प्रस्तुती शुरु गरेका थिए ।
महोत्सवको आज समापन कार्यक्रममा हाँस्य कलाकार विल्सनविक्रम राईको बिभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।

अँध्यारो झुपडीका व्यथाहरु

राम प्रधान
मानवीय संरचना बडो विचित्र तरिकाको छ । कोही रोइरहँदा कोही हासी रहन्छन् । कोही रमाइरहँदा कोही पीडामा छटपटाइ रहन्छन् । कतै मरिरहँदा कतै जन्मिरहन्छन् । कसैको उठीबास हुँदा कोही हाँसोको पात्र बनिरहन्छन् । कोही हत्या िहंसामा उदृत हुन्छन् भने कोही हत्या िहंसा महापाप ठान्दछन् । कोही खबौर्ँका मालिक छन् भने कोही लाज छोप्न १ मिटर कपडा पनि किन्न सक्दैनन् । कोही िसंह मर्मरको महल बास बस्छन् भने को नालाको पेटीमा जीवन बिताउँछन् । कोही चौरासी व्याजनको भोजनमा रमाउँछन् भने कोही प्राण धान्नको लागि एक छाक खोले पिउन भेटाउँदैनन् । कोही साधन सुविधा सम्पन्न छन् भने कोही खाली खुट्टाले सडकमा हिँड्न बाध्य छन् । यिनै असमानताहरुको विरुद्धमा मानवीय समवेदनाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । मानव-मानवहरुको बीचमा गएका गरिएका असमान दृष्टिकोण व्यवहारहरुले थिचिएका हेपिएका शोषण दमक उत्पीडनमा परेका मानवहरुको समवेदनाशीलताहरुले मानव जीवनमा रुपान्तरण गरिरहेको हुन्छ । समयको बहावसँगै रुपान्तरण चरणहरु पनि आइरहेको हुन्छ ।
तर सबै मानवहरुको जीवनमा परिवर्तनको चरणहरुले आर्थिक सामाजिक सांस्कृतिक रुपान्तरणहरुले कैयौँ अँध्यारो झुपडीहरुलाई छुन सकेको छैन । कैयाँैँ पटक भएका परिवर्तनहरुले उसलाई र उसका झुपडीमा उज्यालो छाएको छैन । त्यो अँध्यारो झुपडीको मान्छे मेहनती छ । फुर्तिलो छ जता बोलायो उतै जान्छ । समाजका भलाद्मी मान्य गन्य व्यक्तिहरुको काम गर्ने साह्रो गाह्रो फुकाई दिने । चाड पर्व भोज भतेर बिवाह व्रतबन्ध जस्ता कार्यहरुमा त्यहीँ अँध्यारो झुपडी सम्झनु पर्छ । जति ठूलो घर घरान जति धेरै सम्पत्ति भए पनि र जुनसुकै जस्तोसुकै क्रान्ति सम्पन्न भए पनि त्यहीँ अँध्यारो झुपडीहरु बिना अघि बढ्न सक्दैन । जीवनको बाल्यकाल देखि ५ कोरी पुग्दा सम्म परिवर्तनको बहाक त्यहीँ अँध्यारो झुपडी छ । त्यो अँध्यारो झुपडी भित्र जागर छ कला छ सीप छ सृजना छ परिवर्तनको आँधी हुरी छ । आँट छ भरोसा छ विश्वास छ दरिलो राष्ट्रप्रति प्रेमभाव छ । ता पनि राजनीतिक सामाजिक सांस्कृतिक र प्राविधिक परिवर्तनहरुले उसको मन छुन सकेन । त्यो अँध्यारो झुपडीमा बेलुकी बिजुली बाल्न सकेको छैन । झुपडीका फाटेका भित्ताहरु मर्मत गर्न सक्दैन । पानी परेको बेलामा पानी चुहिँदा टाल्न सक्दैन । आँधी हुरी आउँदा उडाइदिन्छ कि भत्काइ दिन्छ कि भनेर छाना-छानामा झुण्डिन्छ । पानी परेको दिन र आँधी हुरी आएको दिन रात भरी नसुती बसिरहेको हुन्छ । उसलाई त्यो झुपडीको असाध्यै माया छ । बर्षातको समयमा बाढी पहिरोले लान्छ कि भन्ने धेरै डर लाग्छ । त्यो अँध्यारो झुपडीको नसा-नसामा सृजनाका उर्जाहरु छन् । हरेक विकास र निर्माणहरुमा उनीहरुको पाखुराहरु आवश्यक परिरहन्छन् । उनीहरुको सकि्रयता भएन भने सबैका प्रकारका सृजना र निर्माण शून्य स्थितिमा पुग्दछ । उनीहरु जो अँध्यारो झुपडीमा बस्छन् । उनीहरुको मनमा उज्यालो छैन । उनीहरुको चुलोमा चाहिएको बेला आगो बल्दैन । भोक लागेको बेला भोक मेटाउने अन्न छैन । बिरामी परेका बेला औषधी उपचार गर्ने रुपैयाँ छैन । छोराछोरीहरुलाई मिठो खाना र राम्रो लुगा लगाउन दिन सकेको छैन । कुनै दिन आराम गर्ने फुस्रद छैन । बिरामी हुँदा पनि काममा नजाँदा भोलि पल्ट भाडामा सामल हुँदैन । उनीहरुको जीवन पनि आफ्नो बहसमा छैन । जसले जहाँ जे आदेश दिन्छ । उसले हजुर भनेर भोक तिर्खा झरी बादल घाम पानी जाडो गर्मी केहीको पनि पर्वाह नगरी लुरु-लुरु गरिरहेको हुन्छ ।
उनीहरुले ठूला-ठूला महलहरु बनाए करोडौँ परेको गाडी कुद्ने बाटोहरु बनाए । ता पनि उनीहरुको जीवनमा हर्ष आएको छैन । राजनीतिक परिवर्तनको मोडहरुमा सधैँ सहभागी बन्छ । भोकै तिर्खाई भए पनि आन्दोलनहरुमा सहभागी बन्दछन् । जहिले पनि अग्रपंक्तिमा सरिक हुन्छ । किनभने उनीहरु आशावादी छन् । उनीहरुको लागि परिवर्तनको आवश्यकता छ । उनीहरुको जीवनलाई पनि रुपान्तरणको जरुरत छ । उनीहरुको जीवनमा थुप्रै प्रकारका परिवर्तनहरु भएका छन् । धेरै छर छिमेकी साथीभाइहरु इष्टमित्रहरुको जीवन र व्यवहार रुपान्तरण भएको छ । जसले श्रम गर्दैन उही ठूलो अरुको श्रम र पसिनाको कमाई खानेहरु पुजनीइ कस्तो बिडम्बना । उनीहरु मनमा थुप्रै कौतुहलता जिज्ञासा मनमा उठे पनि साहु महाजनहरुसँग प्रतिबद्ध गर्ने हिम्मत छैन । उनीहरुले श्रमको सही मूल्य समेत प्राप्त गर्न सकेका छैनन् । ता पनि अँध्यारो झुपडीहरुमा बास बस्नेहरु मनमा डर त्रास छ । भोलिदेखि कामै नदिने पो हो कि काम दिएनन् भने कसरी निर्वाह गर्ने भन्ने चिन्ताहरुले सताइ रहन्छ । कुनै प्रकार साहस आँट र हिम्मत आउँदैन ।
जब-जब चाड पर्वहरु आउँछन् । तब-तब उनीहरुलाई पहराले थिचेको भान हुन्छ । सबैको घर परिवारमा हासो हर्ष खुशी रमाइलो छ । राम्रो-राम्रो लुगा लगाउने । मिठो-मिठो खानेमा होडबाजी प्रतिस्पर्धा हुन्छ । रङ्गीबिरङ्गी लुगा कपडाहरु घरको िसंहार पेटार रङ्ग रोगन कमिसन परेकी भत्ता उपहार भाग अनेकौँ बाटो हुँदै नानाथरीका वस्तुहरु भित्रिन्छन् । तर अँध्यारो झुपडी भित्र आसुँका धाराहरु झर्न शुरु हुन्छ । अबोध छोरा-छोरीहरु अरुको घर-घरमा गरेको राम्रो लुगाहरु ल्याएको मिठो-मिठो खानेकुराहरु भएको खोई हाम्रो घरमा कहिले ल्याउने भन्दा अँध्यारो झुपडी भित्रका मनहरु भाव विह्वल हुन पुग्छन् । छोराछोरीहरुको मन उज्यालो बनाइदिन साहु महाजनहरुको घर आगँनमा पुग्छन् । कतिको घरको गेट खुलेको हुँदैन । कतिपयले पोहोरको त तिरेको छैनस् भन्छन् । कतिपयले कहाँबाट ल्याएर तिर्छस् भन्छन् । अँध्यारो झुपडीहरु मन भित्र उज्यालो नआए पनि झुपडी भित्रको मन भावना र पिडाहरु नबुझिदिए पनि बाध्यता विवशता साथ तिनै सामन्तीहरुको घरमा चाड पर्व बिवाह ब्रतबन्ध जस्तो कार्यहरु उनीहरुको उपस्थिति अनिवार्य छ । उनीहरुको उपस्थिति बिना कसैको शुभ कार्य वा कुनै पनि सामूहिक कार्यहरु चल्ने वाला छैन । काम लगाउने समयमा मिठो चिल्लो कुराहरु गरेर काम लगाउँछन् । काम गरी सकेपछि हप्की-दप्की गरेर बिदाई गर्छन् । धेरैका छोराहरु वैदेशिक रोजगारमा गएर केही हदसम्म आर्थिक रुपान्तरण गरिएको भए पनि साह्रै अँध्यारो झुपडीमा बस्ने गरीबका छोराहरुलाई वैदेशिक रोजगारमा जान लाग्ने कर्जा समेत उपलब्ध गराइदिने मन भावना भएका भलाद्मी र सामाजिक व्यक्तित्व छैन ।
गरीब दुःखी शोषित पीडित अँध्यारो झुपडीहरु उज्यालो ल्याउँछौँ हाम्रो पार्टीमा लागौँ भन्नेहरु दर्जनौँ पटक सयौँ नेताहरु आए । उनीहरुको कार्यक्रमहरुलाई मात्र नभएर भूमिगत अवस्थाहरु अध्यारै झुपडी भित्र भए पनि आफ्नै गाँस कपास काटेर खुवाउँदा लगाउन दिँदा बहुत झुपडीहरुको प्रंशंसा गर्दथे । त्यहीँ झुपडीहरुको बल बुता र त्यागको कारणले सत्ताधारी बन्ने हैसियत बनाए । नयाँ-नयाँ अनुहार बोकेका पार्टीका नेताजीहरु नव शासकमा रुपान्तरण भए । कुनै बेला अँध्यारो झुपडीमा थोत्रो-थोत्रो कपडाहरु समाएर खोले पिउने ठूला-ठूला क्रान्ति र परिवर्तनका कुरा गर्नेहरु आज रिसोर्ट तारे होटलहरु चौरासी व्याजनहरुमा रमाउँछन् । भ्रष्टाचारी तस्करी अपहरणकारीहरुबाट कमिसन खाँदै राष्ट्रिय ढिकुटी रित्याउँछन् । गुण्डाहरुको संरक्षण गर्दछन् । नवशासकहरुलाई सत्तामा पुर् याउँछन त्याग गर्ने इमान्दार सहयोगीहरुको घाटी निमोठ्छन् । अँध्यारो झुपडी कथा व्यथा प्रति ध्यान दिन त परै जाओस् व्यापारी उद्योगपतिबाट टन्न चन्दा र कमिसना असुली गरी महङ्गीलाई शिखर चढाउँछन् । सबै राजनीतिक जोगीहरुको कानै चिरेको हुँदो रहेछ ।

नेपाली परिवेश र चलचित्र

डा. बाबुराम भट्टराई
हामी राज्य पुनः संरचना गर्ने अभियानमा रहिरहँदा नेपाली चलचित्र सर्जकहरु नेपाली चलचित्रको कथात्मकतामा पुनः संरचना गर्ने अभियानमा संलग्न भैरहँदा हामी समानान्तर यात्रामा छौं जस्तो लागेको छ । मैले पनि अनुभूति गरेको नेपाली चलचित्रसँग सम्बन्धित तथ्य के हो भने नेपाली चलचित्रहरुले नेपालको भूगोल जनजिवन मनोविज्ञान र चुनौती र संघर्ष आदिलाई कमैमात्रामा प्रतिनिधित्व गरे । त्यसैको उपजको रुपमा नेपाली अधिकांश चलचित्रहरुले कमैमात्र नेपाली दर्शकहरुको साथ पाएको छ । यस पक्षमा ध्यान पुर् याउन सकेको खण्डमा हामीले चलचित्रमा गुणस्तरको विश्वास गर्न सक्छौ । जसलाई तपाईहरुको अहिलेको प्रयत्नले धेरै योगदान पुर् याउने छ भन्ने मलाई लागेको छ ।
मैले पछिल्ला दिनहरुमा केही नेपाली चलचित्र हेर्ने समय निकालेको थिए र त्यसैको आधारमा भन्न सक्छु कि हाम्रो चलचित्रको आधार समस्या भनेको सृजनात्मक समस्या हो । चलचित्रलाई वौद्धिक उत्पादनको रुपमा व्यवसायी र सर्जकहरुले आफ्नो दृष्टिकोण बनाएको खण्डमा चलचित्र समाज राष्ट्रको विकास र उत्थानमा प्रभावशाली हुनेछ । मनोराजन एउटा प्रकि्रया हो जो चलचित्रको सफल कथात्मक प्रस्तुतिमा हासिल हुन्छ तर मनोराजन मात्रै सम्पूर्ण मानेर अन्य महत्वपूर्ण पक्षलाई वेवस्त्ाा गर्दा चलचित्रले सामाजिक स्वीकार्यता हासिल नगर्ने तथ्य हामीलाई भन्दा तपाईहरुलाई बढी ज्ञात होला । तर एउटा नेपाली चलचित्रको दर्शकको हैसियतले मैले अगामी दिनहरुमा नेपाली चलचित्रलाई वस्तुवादी व्यवहारिक तथा संवेदनशीलताको शसक्त प्रस्तुतिको रुपमा हेर्न पाउँ भन्ने तपाईहरुसँग आग्रह गर्न चाहन्छु ।
सामन्तवादी राज्यले चलचत्रिलाई मनोराजनको साधन हो भनेर नितान्त नौटङ्कीहरुको पेशा बनाईदिएको थियो । तर अबको जनपक्षिय राज्यले चलचित्रलाई सामाजिक मनोवैज्ञानिकको उत्पादनको रुपमा मूल्याङ्कन गर्दछ । चलचित्रले समाजिक मनोवैज्ञानिकलाई प्रभाव पार्न सक्दछ र यसको व्यवसायिक संरचना नाफामूलक सृजनात्मक उत्पादन हो भन्ने तर्फ मेरो ध्यान पुगेको छ । तपाईहरुले भन्ने गरेको चलचित्र वौद्धिक उत्पादन हो भन्ने भनाईलाई जोड दिदै र तपाईहरुलाई तपाईहरुको कि्रयाशिलतामा सदैव साथ दिनेछु भन्ने वचनवद्धता प्रकट गर्दछु । चलचित्रलाई वौद्धिक उत्पादनको रुपमा स्थापित गर्न चलचित्र शिक्षालाई सर्वसुल्ाभ तथा जनताको पहँुच पुर् याउनु पर्दछ र चलचित्रलाई हाम्रो समाजको एक सम्मानित संस्कृति बनाउन सक्नुपर्दछ । तसर्थ चलचित्र एकेडेमी बनाउने र चलचित्रको उच्च शिक्षा व्यवस्थापन गर्न स्पष्ट प्रकि्रया र सोच तर्जुमा गरी योजना लिएर आउनुस् म त्यसमा तपाईहरुलाई पूर्ण सहयोग गर्नेछु ।
मेरो दृष्टिकोणमा चलचित्रले राष्ट्रियताको प्रवर्धन गर्दछ । चलचित्रले देशको भुगोल विभिन्न कथाहरुलाई प्रतिनिधित्व गर्ने शिलशिलामा देशलाई देशभित्रै चिनाउने तथा विदेशमा पनि चिनाउन सक्ने हैसियत राख्दछ । राम्रा नेपाली चलचित्रले नेपालीहरुलाई एउटा साझा मनोविज्ञान निर्माण गर्न पनि भूमिका खेल्छ तथा विश्वका विभिन्न ठाउँहरुमा बसिरहेका नेपालीहरुलाई आफ्नो माटोसँग नजिक गराउने काम पनि गर्दछ । यसर्थ तपाईहरुको काँधमा ठूलो दायित्व छ र साथ साथै सम्भावना पनि छ नेपालीहरुको साझा वस्तु बन्न सक्नुहोस् र सबैमा नेपाल प्रति साझा अवधारणा वनाउन मद्दत पुर् याउनुहोस् ।
भौतिकवादी द्वन्द्ववादमा विश्वास गर्ने हामी समाजमा द्वन्द्व हुन्छ त्यसको व्यवस्थापन नै समाज विकासको प्रकि्रया हो भन्ने विश्वास गर्दर्छौं । त्यसकारण हाम्रो विचारमा समाजमा द्वन्द्व आधारभूत तत्व हो । त्यस्तै तपाईहरुको लागि पनि द्वन्द्व आधारभूत तत्व हो जस्तो मलाई लाग्दछ । किनकी तपाईहरुले देखाउने कथाको मूल तत्व नै द्वन्द्व हो । त्यही द्वन्द्व भित्र पात्रहरु संघर्ष गर्दछन् संघर्षको चरम बिन्दु हासिल गरेपछि त्यसको एउटा स्वरुपमा निष्कर्ष निस्कन्छ । हाम्रो राजनीतिको स्वरुप पनि लगभग त्यस्तै हो । त्यसकारण हाम्रा आधारहरु उही हुन । तसर्थ समाजसँग र जनतासँग राजनीतिको जस्तै चलचित्रको प्रत्यक्ष सम्बन्ध छ । अव तपाईहरु नै महसुस गर्नुस कि तपाईहरु कत्ति जिम्मेवार पक्ष हुनुहुन्छ । यो जिम्मेवारीलाई तपाईहरुले गहनताका साथ सधै अनुकरण गर्नु हुनेछ । म तपाईहरुसँग यही अपेक्षा गर्दछु ।
पहिले गोर्खालीहरुको देश भनेर चिनियो त्यस्तै सस्तो कामदारहरुको देश भनेर चिनियो केही हदसम्म त्यस्तै पर्यटकीय गन्तव्य देशको रुपमा चिनियो अब नेपाल राम्रा चलचित्रहरु बन्ने देश भनेर चिनियोस् । हामीले विदेशमा अरु उत्पादन निर्यात गर्न नसकेपनि चलचित्र निर्यात गर्न सकियोस् यो अपेक्षा म तपाईहरुसँग राख्दछु र त्यसको लागि कस्त्ााे नीति बनाउने भन्ने पक्षमा म पूर्णत सकारात्मक र सहयोगी रहनेछु । हालै सरकारले जारी गरेको आर्थिक विकास र सम्वृद्धिको तत्कालीन कार्ययोजनामा नेपाललाई चलचित्र निर्माणको अन्तर्राष्ट्रिय केन्द्र बनाउने नयाँ सोच अघि बढाएको कुरा पनि म यहाँ स्मरण गराउन चाहन्छु । चलचित्रको निर्यातले देशको आर्थिक सामाजिक र सार्वभौमिकता जोगाउन पनि ठूलो मद्दत पुर् याउनेछ जसको निम्ति तपाईहरुको योगदानको लागि यो देश प्रतिक्षारत छ । हाम्रा चलचित्र हेरेर नेपाल भ्रमण गर्न आउने पर्यटकहरु पनि भोलीका दिनमा देख्न र सुन्न पाइयोस् म यही कामना गर्दछु । दोस्रो अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला लागि सम्बोधन

नियत कि नियति ?

हेम अधिकारी
महानन्द सापकोटाको भनाई झन्-झन् ताजा हुँदैछ-
ूथोत्रो डिमोक्रेसी नकच्चरो छ
कम्युनिजमको सकिएछ धाक
सोसेलिजम कॆवल कोकले हो
खाँचो भयो फेरि नयाँ कुराको ।ू
देशलाई नयाँ पद्धति चाहिएको छ । हामीलाई नयाँ प्रणाली चाहिएको छ । तर त्यो प्रणाली हामी नेपाली अनुकूलको होस् । हामी सबैेले आत्मसात गर्न सक्ने खालको होस् । तर बिडम्बना ! आज हाम्रो देश हाँक्ने परिवर्तनको गीत गाएर नथाक्ने हाम्रा नेताहरुको चालामाला हेर्दा लाग्छ उनीहरु भावी प्रणालीप्रति स्पष्ट छैनन् आफै भ्रममा छन् । त्यसैले केन्द्रिय वृत्तमा स्पष्ट विश्वासनीय र भरपर्दो खाका कसैले दिन सकेका छैनन् । चाहे राज्य पुनसर्ंरचना सुझाव आयोगका पदाधिकारीहरुले आफ्नो प्रतिवेदनसँगै आ-आफ्नो उचाइपनि स्वाट्टै घटाएका छन् । तिनीहरुसँग त्यो हैसियतको उचाइ त थियो यो प्रश्न पहिले पनि उठेकै हो र अहिले त झन् टड्कारो भएर खडा भएको छ । जातीय नारा उचालेर आफ्नो हैसियत काय गरेको एनेकपा माओवादीलेनै त्यसले सुझावको हैसियतमात्र राख्छ र अधुरो छ भने बाट नै आयोग कमजोर र सही सुझाव दिन सक्षम नरहेको स्पष्ट हुन्छ । कांग्रेस र एमाले लगायतका पार्टीहरुले त पहिले नै त्यसलाई स्वीकार्न नसक्ने कुरा बताइसकेका छन् । राज्य पुनसर्ंरचना हुनुपर्छ तर यसो गर्दा नरहे बास नबजे बाँसुरीको अवस्था आउनु चाही हुन्न । देश सानो छ जातीय र सांस्कृतिक संरचना विविधतामय छ भौगोलिक बनावटमा विविधता र विकटता पनि छ । यस्तो परिवेशमा जति धेरै प्रदेश बनायो भोलि साचालन गर्न त्यति नै कठिनाइ हुन्छ र जति थोरै प्रदेश बनायो साचालन गर्न त्यति नै सहज हुन्छ । हतारमा भावनामा बगेर निर्णय गरेर फुस्रदमा पछुताउनु भन्दा बेलैमा वुद्धि पुर् याउनु वेश हुन्छ ।
भारतीय राजदूतले दिल्लीबाट फर्किएको भोलिपल्टै यो देशको शान्ति प्रकि्रया र संविधान निर्माण प्रकि्रयाको गाँठो फुस्कियो अब यी दुवै काम सुचारु हुन्छन् भन्ने ऐलान गरे । ठूलो र शक्तिशाली छिमेकी भएका नाताले भारतसँग नेपालको भलै ःँल् कै सम्बन्ध होला । तर एउटा राजदूतले अर्काको देशको यति गम्भीर समस्यामा कसरी त्यस्तो निर्णायक कुरा बोल्न सक्छ यद्यपि राजदूत जयन्तप्रसाद दिल्लीमा रहेका औँलामा गन्न सकिने नेपाल विज्ञ मध्येका पर्दछन् । त्यसैले उनलाई िसंहदरबार कसरी चल्छ बालुवाटार र अन्य दरबार निवास र महलहरु कसरी चल्छन् भन्ने कुरा राम्ररी नै थाहा छ र दिल्लीले सदियौँ देशको वर्षौँदेखि मदारी झैँ काम गरिरहेको त लुकेको छैन । त्यसैले महासहिम राजदूतको उक्त भनाइ नियत कि नियति घटनाक्रमनै कुर्नु पर्ने हुन्छ ।
संयोग कस्तो रह्यो भने बाबुराम सरकारको लोकपि्रयता खस्कँदै गएर अब आवश्यकता नरहेको परिस्थिति बन्न लागेको छ त्यस लगत्तै नेपाली कांग्रेसको आन्तरिक विवाद धेरै हदसम्म समाधान भयो । एमाओवादी अध्यक्षले सार्वजनिक समारोहमै संयुक्त सरकारको प्रस्ताव राखे । त्यो प्रस्ताव राख्ने बित्तिकै प्र।म। भट्टराई जुरुक्क उठेर हिँडिहाले । घरफिर्तीमा जाने लडाकुहरुको बिदाई प्रकि्रया पनि प्रारम्भ भैहाल्यो । यद्यपि यसमा केही समस्या उब्जिएका छन् । यति ठूलो काम भित्र केही समस्या त आउँछन् नै तर सम्बन्धित पक्षको इच्छाशक्ति भए ती समस्या हल हुँदै जाने छन् । यी सबै सकरात्मक कामहरु राजदूत महोदयको उक्त अभिव्यक्ति पछि लगत्तै भएका हुन् ।
आज देशको हरेक वर्गका जनताहरु आ-आफ्ना समस्याले आक्रान्त छन् । यो जनताको नियति हो कि राजनैतिक नेतृत्वको नियत इन्धन अभावले देश आफै डढ्न लागिरहेको छ । आयल निगमको चरम लापर्वाही र भ्रष्टाचार तर्पु सरकारको ध्यान जाँदैन । सर्वसाधारणका घरमा भात पाक्न छोडेको छ । मन्त्रीहरु भ्रष्टाचार र कमिसनमा निर्लिप्त भएर लागेका समाचार दिनहुँ आइरहन्छन् यद्यपि सर्वहारा वर्गको प्रतिनिधित्व गर्नेहरुको नेतृत्वमा छ सरकार । १५ करोड खर्चमा सेनाले बनाएको बाटोका लागि ५६ करोड खर्च देखाइयो रे । त्यहाँ ४१ करोड रुपैयाँ कसले खायो कहाँ गयॊ । गरीब जनता मट्टीतेलसम्म बाल्न नपाउने तर शक्तिशालीहरुको राज्य ढिकुटी माथिको यो चालाले लोकतन्त्र प्रमाणित गर्छ कि जनगणतन्त्र महानन्दको उपर्युक्त भनाइ आज सत्य सावित भएको छैन र
ूआइदेउ बाबुराम ……ू भनेर गीत गाउने नेपालीहरु आज नेपाली आमालाई अर्कै एउटा छोरो जन्माई देऊ नत्र देश डुब्न लाग्यो भनेर पुकारा गर्न लागिसकेका छन् । जसरी-तसरी िसंहदरबार पस्ने सम्मको मात्र दुरदृष्टि बोकेका हाम्रा नेताहरुको नियतले आम नेपालीको नियति बिडम्बना पूर्ण बनेको छ ।

हातेमालोको नयाँ नेतॄत्व

धरमपुर, माघ २८ २०६८/ धरमपुरस्थित हाम्रो हातेमालो कृषि सहकारी संस्थाको प्रारम्भिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ताराप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष बलराम गजुरेल रहेका थिए । कार्यक्रममा अध्यक्ष गौतम र कोषाध्यक्ष टंकप्रसाद न्यौपानेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित भएको थियो ।
साधारण सभाले आगामी ३ वर्षका लागि गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष पदमप्रसाद कोइराला सचिव तेजेन्द्र घिमिरे सहसचिव जानुका बाँस्कोटा र कोषाध्यक्षमा टंकप्रसाद न्यौपाने रहेका छन् । यस्तै लेखा समितिको संयोजकमा निलाप्रसाद भट्टराई रहेका छन् । समिति सदस्यहरुमा सुवास राई र लेखनाथ पौडेल चयन भएका छन् । सहकारी संस्थामा ६४ शेयर सदस्य रहेका छन् ।

हिस्टानको हाजिरीजवाफ

गौरादह, माघ २८ २०६८/ हिस्टान झापाले शुक्रबार गौरादहमा क्षेत्रीयस्तरको हाजिरीजवाफ प्रतियोगिता गरेको छ । प्रतियोगितामा जनता उच्च मा।वि। गौरादहका विद्यार्थी विवेक खतिवडा ओमकुमार राजवंशी र सुजता पराजुली सहभागी रहेको टिम प्रथम भएको छ ।
त्यस्तै प्रज्वल कलेजिएट एकेडेमी गौरादहका रितुराज थापा जीवन खवास र निशा पौडेलको टिम दोस्रो तथा डोरामारी उच्च मा।वि। का सुदिप सिटौला राजन सिग्देल र श्याम मैनाली को टिम तृतीय भएको हिस्टन झापाका सचिव लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि अभयबहादुर तुम्बाहाम्फे विशेष अतिथि जिल्ला अध्यक्ष टिकाराम पौडेल र क्षेत्रीय सदस्य रामप्रसाद निरौलाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको साचालन क्षेत्रीय संयोजक लक्ष्मण खनालले गरेका थिए ।

जेसिजको पदस्थापन

दमक, माघ २८ २०६८/ दमक जेसीजको ३१ औं पदस्थापन शुक्रबार भएको छ ।
आन्तरिक राजश्व कार्यालय मेचीका प्रमुख डा।नारायण ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वर्ष-२०११ का अध्यक्ष सुवासचन्द्र भट्टराईले वर्ष-२०१२ का अध्यक्ष रमेश अधिकारीलाई अध्यक्षको ुचेनु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा जेसीजलाई सहयोग पुर् याउने बिभिन्न व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो तथा उपहार प्रदान गरिएको थियो ।
पदस्थापन समारोहका मूल संयोजक भगवान बस्नेतको संयोजकत्वमा भएको कार्यक्रम वर्ष-२०११ का अध्यक्ष सुवासचन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो ।
विभिन्न पदमा मनोनित
यसैबीच दमक जेसीज वर्ष २०१२ को लागि विभिन्न पदमा मनोनयन गरिएको छ । जस अनुसार कानुनी सल्लाहकारमा भगवान बस्नेत महासचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा प्रविण चाम्लिङ प्रकरण निर्देशकमा बिमल नेपाल सचिवमा मैना दाहाल शाखा सम्पादकमा रेगिना भट्टराई प्रसाई कोष बृद्धि संयोजकमा नवराज उप्रेती महिला संयोजकमा लिला प्रसाई र पुस्तकालय संयोजकमा सुमन शर्मा चम्लागाई रहेका छन् ।
त्यस्तै भूतपूर्व अध्यक्षहरुको क्लबको अध्यक्षमा नित्यानन्द ताजपुरिया र महासचिवमा नेत्र चम्लागाई सर्वसम्मत चयन भएका छन् ।

भलिबल छात्राको उपाधि लालिमाले जित्यो

छात्र तर्पु नवकिरण र पशुपति भिड्न
दमक/ प्याब्सन स्पोट मिट्स २०६८ को छात्रा तर्फको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि तोपगाछीस्थित लालिमा आवासीय माविले जितेको छ ।
मेचीनगरको होलिवेल सेकेण्डरी बोर्डिङ्ग स्कूललाई हराउँदै लालिमाले उपाधि जितेको हो । सो को तेस्रो स्थान बिर्तामोडस्थित लिटल फ्लावर बोर्डिङ्ग स्कूलले लिएको छ ।
शुक्रबार दुधेमा भएको प्रतियोगितामा यस अघि जिल्लाका विभिन्न क्षेत्रबाट उत्कृष्ट स्थान हासिल गरेका विद्यालयका खेलाडी विद्यार्थीहरु सहभागी थिए । प्रतियोगिता अन्तर्गत छात्र तर्फका विभिन्न खेलहरु भएपनि भलिबलमा तीन स्थानका लागि आज खेलहरु हुँदैछन् ।
प्याब्सन झापाका सचिव मिलन ढुंगानाका अनुसार प्रथम स्थानका लागि नवकिरण बोर्डिङ स्कूल शिवगाज र पशुपति बोर्डिङ्ग स्कूल सुरुङ्गाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै तेस्रो स्थानका लागि दमकको अक्सफोर्ड बोर्डिङ्ग स्कूल र गौरादहको माउन्ट एभरेष्ट बोर्डिङ बीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी शुक्रबार सम्पन्न १ सय मिटर दौडमा छात्र तर्फ सिद्धार्थ शिशु सदन भद्रपुर प्रथम सेन्टपल बोर्डिङ्ग स्कूल चारआली द्वितीय र दिव्य ज्योति बोर्डिङ्ग स्कूल तृतीय २ सय मिटरमा मेची बोर्डिङ्ग दमक प्रथम पशुपति बोर्डिङ्ग सुरुङ्गा लालिमा आवासीय मा।वि।तोपगाछी तृतीय चारसय मिटरमा न्यु डेफोडिल बोर्डिङ्ग भद्रपुर प्रथम पशुपति बोर्डिङ्ग सुरुङ्ग द्वितीय र लालिमा तोपगाछी तृतीय भएका छन् ।
यस्तै छात्रा तर्फ १ सय मिटर दौडमा माउन्ट एभरेष्ट मा।वि। गौरादह प्रथम लालिगुराँस बोर्डिङ्ग गरामनी द्वितीय चेतना बोर्डिङ्ग स्कूल शिवगाज तृतीय २ सय मिटरमा चुलाचुली बोर्डिङ्ग दमक माउन्ट एभरेष्ट गौरादह द्वितीय र ज्ञानज्योति बोर्डिङ्ग राजगढ तृतीय
भएका प्याब्सन झापा अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिए । त्यस्तै लङ जम्प तर्फ छात्रामा चुलाचुली बोर्डिङ्ग दमक प्रथम ज्योफरे बोर्डिङ्ग धरमपुर द्वितीय र प्रगति बोर्डिङ्ग शनिश्चरे तृतीय भएका छन् । छात्र तर्फ लङ जम्पमा बालकल्याण चारपाने प्रथम ब्लुहेवन खुदुनाबारी द्वितीय र माउन्ट एभरेष्ट गौरादह तृतीय भएका जनाइएको छ ।
त्यसैगरी छात्रा तर्फको टेवल टेनिस सिङ्गलमा हिमाली एजुकेशन फाउण्डेशन शनिश्चरे प्रथम लालिमा आवासीय तोपगाछी द्वितीय र लिटल एन्जल्स चारआली तृतीय भएका छन् । त्यस्तै टेवल टेनिस छात्रा तर्फ डबलमा हिमाली एजुकेशन शनिश्चरे प्रथम लिटल एन्जल्स चारआली द्वितीय र मेची बोर्डिङ्ग दमक तृतीय भएका छन् । छात्र तर्फ टेवल टेनिस सिङ्गलमा दमकको ग्लोबल एजुकेशन एकाडेमी प्रथम स्मृति बोर्डिङ्ग स्कूल द्वितीय र लिटल एन्जल्स चारपाने तृतीय र टेवल टेनिस डबल तर्फ पशुपति बोर्डिङ्ग सुरुङ्गा प्रथम आदर्श सिसु सदन बिर्तामोड द्वितीय र लालिमा आवासीय मावि तोपगाछी तृतीय भएका जनाइएको छ । बिजयी खेलाडीहरुलाई शुक्रबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

खाडीमा महिलालाई जोखिम

दमक/ बैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेका अधिकांश नेपाली महिलाहरुले जोखिम मोल्नु परेको उनीहरुले बताएका छन् ।
दमकमा शुक्रबार पौरखी नामक महिला सम्बद्ध संस्थाले आयोजना गरेको बैदेशिक रोजगारबाट फर्किएका नेपाली महिलाहरुसँगको छलफलका सहभागीहरुले त्यस्तो बताएका हुन् । छलफलमा सहभागीहरुले घरेलु कामदारका रुपमा गएका महिलाहरुले बिरामी हुँदा मालिकले छुट्टै कोठामा खान समेत नदिइ छोड्ने गरेको अनुभव सुनाए ।
उनीहरुले कानुनी उपचारमा जान महिलाहरुलाई आवश्यक चेतना क्षमता र परामर्शको खाँचो समेत औल्याए । सो अवसरमा पौरखी संस्थाकी झापा शाखा अध्यक्ष सबिता केरुङले जनचेतना अभिबृद्धिका लागि सो संस्थाले झापामा समेत कार्य सुरु गरेको जानकारी दिइन् ।
सो का लागि तत्काल जिल्ला विकास समितिसँगको सहकार्यमा दुई गाविसमा नमुना कार्यक्रम साचालन गरिने जनाइएको छ ।
कार्यक्रममा मानवअधिकारका लागि जनमाच नामक संस्थाका सम्पर्क व्यक्ति बिमल संग्रौलाले विश्वका विभिन्न देशहरुमा २१ करोड मानिसहरु आप्रवासी कामदारका रुपमा कार्यरत रहेका र ति मध्ये ५० प्रतिशत महिला रहेका अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको बताए ।

अखिलको नयाँ नेतृत्व

ईलाम/ अनेरास्ववियुको २० औ जिल्ला सम्मेलनले इलामको नयाँ नेतृत्व चयन गरेको छ ।
शुक्रबार सकिएको २ दिने सम्मेलनले बृहस्पति उपकुटीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित जिल्ला कमिटीको उपाध्यक्ष साजय राई सचिव रविन्द्र सुवेदी सह-सचिव रिाजत साम्पाङ् र कोषाध्यक्ष राजेन्द्रकुमार चाम्लिङ रहेका छन् । जिल्ला कमिटी ३९ सदस्यीय रहेको नवनिर्वाचित उपाध्यक्ष राईले जानकारी दिए ।
संगठनका केन्द्रीय अध्यक्ष माधव ढुंगेलले उद्घाटन गरेको सम्मेलनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ
खतिवडा जिल्ला अध्यक्ष मणिकुमार लिम्बू अखिल केन्द्रीय उपाध्यक्ष नविना लामा सचिवालय सदस्यहरु भक्ताकुमारी लामा शैलेस लामा पूर्वााचल व्युरो संयोजक रोशन शाक्य लगायतले बोलेका थिए ।

दुर्घटनामा चारको मृत्यु तीन घाइते

उर्लाबारी/ झापा र मोरङका दुई स्थानमा शुक्रबार भएका सवारी दुर्घटनामा चार जनाएको मृत्यु भएको छ । उर्लाबारी-बरडंगा सडक खण्ड अन्तर्गत मोरङको इटहरामा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको घटना स्थलमै मुत्यु भएको छ ।
इटहरा-३ को कालीभट्टामा भएको सो दुर्घटनामा परी मोटसाइकलमा सवार इटहरी-५ का अन्दाजी २२ वर्षीय शंखर चौधरी र इटहरी-८ का करिब २३ वर्षीय खेम ढकालको मुत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । उर्लाबारीतर्फ आइरहेको को १ ख १५९८ नम्बरको ट्रकको ठक्करले बरडंगातर्फ गइरहेको को ९ प ७७५२ र को ३ प ३७४३ नम्बरको मोटसाईकललाई ठक्कर दिएकॊ प्रहरीले जनाएको छ ।
सो घटनामा परी गम्भीर घाइते भएका अर्का एक जनाको उपचारका लागि विराटनगर तर्फ लाँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । उनको सनाखत हुन नसकेको बताइएको छ ।
त्यसैगरी शुक्रबार राति साढेसात बजे पूर्व-पश्चिम राजमार्गको झापा लखनपुरस्थित गेउरिया पुल नजिकै सवारी दुर्घटनामा घाइते भएका तीन जना मध्ये एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तोपगाछी-७ की २१ वर्षीया सम्झना राई रहेकी छिन् । उनको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । राई बा १० प ९२५८
नम्बरको मोटरसाईकलमा सवार थिइन् । सो मोटरसाईकल र को १ ज १४५५ नम्बरको पिकअप आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दमक-१३ का २२ वर्षीय स्वीकार काकी र दमक-१० की २३ वर्षीया शोभा लिम्बू घाइते भएका छन् । उनीहरुको दमकमा उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
त्यस अघि शुक्रबार बेलुकी ५ बजे दमक-१२ मा पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट मोरङ घर भइ दमकमा रिक्सा चलाउँदै आएका काशी ताजपुरिया घाइते भएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।