हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

एमालेले विदेश जान रोक लगायो – मुख्य समाचार

महरा पनि विदेश नजाने
काठमाडौ, चैत्र ३/नेकपा एमालेले शान्ति र संविधानको प्रक्रिया नटुंगिएसम्म आफ्ना शीर्ष नेता तथा सभासदहरुलाई विदेश जानबाट रोक लगाएको छ । नेताहरुको ठूलो टोल्ऽी विदेश जान लागेको समाचार सार्वजनिक भएर त्यसको आलोचना बढेपछि एमालेले उक्त निर्णय गरेको हो ।

एमाले संसदीय दलको बिहीबार जारी बैठकमा पहिलो प्रस्तावको रुपमा नेताहरुको विदेश भ्रमण बारे चर्चा भएको थियो । सो प्रस्ताव उपर छलफल भएर सर्वसम्मत ढंगले शान्ति र संविधान प्रक्रिया नटुंगिएसम्मका लागि नेताहरुको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको एमाले सभाषद् रामनाथ ढकालले बताए । युवा सभासदहरुले नेताको विदेश भ्रमणप्रति आपत्ति जनाएका थिए ।
जारी बैठकमा अध्यक्ष झलनाथ खनालले विदेश भ्रमणमा रोक लगाईको सर्वसम्मत निर्णय सुनाएका छन् । पार्टीको यो निर्णयसंगै शुक्रबार स्विट्जरल्याण्ड जाने तयारीमा रहेका ईश्वर पोखरेल, भीम रावल, प्रदीप ज्ञवाली र उषाकला राईको भ्रमण रद्द हुने भएको छ । पोखरेल र रावल सेना समायोजन विशेष समितिको सदस्य पनि हु्न् । समितिमा रहेका अन्य पार्टीका नेताहरु समेत विदेश जाने भएपछि समितिको बैठकलाई कोरम नपुग्ने स्थिति रहेको थियो ।
यस्तै माओवादी नेता कृष्णबहादुर महराले पनि आफ्नो स्विट्जरल्यान्ड भ्रमण रद्द गरेका छन् । ठूलो संख्यामा नेताहरु विदेश भ्रमण जान लागेकोमा आलोचना तिव्र भएपछि महराले अन्तिम समयमा नजाने निर्णय लिएका हुन् ।
अधिकारकर्मी पद्मरत्न तुलाधारको आग्रहमा आफू त्यस तर्फ जाने तयारी गरेपनि अहिले भ्रमण स्थगित गरेको महराले बताए । शान्ति र संविधान प्रक्रियामा तिव्रता दिनुको साटो विभिन्न दलका १६ जना नेता शुक्रबार नेपाल ट्रान्जिसन टु पिस, एसिया फाउन्डेसन र स्विट्जरल्यान्ड सरकारको सहकार्यमा जेनेभामा हुन लागेको शान्ति प्रक्रिया र संविधान निर्माण कार्यक्रममा जाने तय भएको थियो । नेताहरु चैत्त ३ मा गएर १० दिनपछि फर्किने कार्यक्रम रहेको छ ।

सरकार र शिक्षकबीच सहमति

काठमाडौं, चैत्र ३/निरन्तरको वार्तापछि सरकार र शिक्षकबीच सहमति भएको छ । शिक्षकहरुको मागमा सरकारले सहमति जनाए लगत्तै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले जानकारी दिए ।
बिहीबार शिक्षा मन्त्रालयमा प्रमुख दलका प्रतिनिधिसहितको उपस्थितिमा भएको वार्तामा बुधबार भएको प्रारम्भिक सहमतिलाई अन्तिम रुप दिइएको छ । ‘हिजो भएको सहमतिमा महिला प्रधानाध्यापकलाई विशेष अंक र महिला शिक्षकलाई निजामति कर्मचारी सरह सुत्केरी खर्च दिने बुँदा थपिएको छ’ वार्तामा सहभागी नेपाल शिक्षक संघका महासचिव केशव निरौलाले जानकारी दिए ।
वार्तामा शिक्षक तथा विद्यालय कर्मचारीको मागलाई शिक्षा ऐन संशोधन मार्फत सम्बोधन गर्ने सहमति भएको छ । संसदमा गएको शिक्षा ऐन संशोधन विधेयकमा सहमति अनुसारका बुँदा थप्न पहल गर्ने सरकार र दलका प्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पहिले भएको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरुले संयुक्त आन्दोलन गरेपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएको हो । यसपटकको वार्तामा दलका प्रमुख सचेतक र प्रतिनिधि समेतको सहभागिता रहेकाले सहमति कार्यान्वयन हुनेमा शिक्षकहरु ढुक्क छन् ।

मोर्चाको बन्द प्रतिकारमा लिम्बुवान

धरान, चैत्र ३/संघीयताको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले मेची–कोशी बन्द आव्हान गरेपछि लिम्बुवानजन्य संगठनहरुले संयुक्त प्रतिकार गर्दै बिहीबार मोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पूत्ला जलाएका छन् । संघीय लिम्बुवानवादी संगठनका कार्यकर्ताले बन्दको प्रतिकारमा उत्रेको जनाउँदै धरानमा बजार, यातायात खुला गरेका थिए ।
 बन्द प्रतिकारमा बिहीबार दमकमा आयोजित कोणसभा

मोर्चाका केही कार्यकर्ताले धरानमा बिहान बजार, यातायात, शैक्षिक संस्था र उद्योग कारखाना बन्द गर्न उर्र्दी जारी गरेपनि कुमार लिङ्देनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् र संजुहाङ पालुङ्वाले नेतृत्व गरेको लिम्बुवान राज्य परिषद्ले बन्दको प्रतिकारमा उत्रिएर  माइकिङ गरेको थियो ।
मोर्चाले संघीयताको निर्णय खारेजीको माग गर्दै आन्दोलन गर्दै आएको छ । तर, पूर्वका संघीयावादी संगठनहरुले मोर्चाको मागलाई पूरा हुन नदिने भन्दै प्रतिकारमा उत्रिएका हुन् ।
यसैबीच मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले कसैले संघीयता बिरोधी कार्यगरे त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
परिषद्ले बिहीबार दमकमा कोण सभाका बक्ताले संघीयता स्थापनाका लागि सबै प्रकारका संघर्ष जारी राखिने बताए । कोणसभामा परिषद्का सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ्, धिमाल स्वायत्त परिषद्का
महासचिव केदार धिमाल, लिम्बूवान राज्य परिषद्का दमक नगर सह–सचिव सोमनाथ ढुङ्गाना, संघीय युवा मञ्चका क्षेत्रीय अध्यक्ष देवु गड्तौला लगायतले बोलेका थिए ।

अस्वभाविक क्रियाकलाप हेर्नेको भीड

पिपुल्स टाइम्स समाचार
उर्लाबारी, चैत्र ३/मोरङको इटहरा–७ को सिकिमे टोलका मनमाया बस्नेतको घरमा अस्वभाविक क्रियाकलाप देखिएपछि  अहिले हेर्नेको मानिसहरुको  घुँइचो लागेको छ । सो घरलाई प्रहरीले घेरा हालेर सुरक्षा दिएको छ ।
बस्नेतको घरमा तीन दिनअघि खोले पकाउदै गर्दा एक्कासी भाडो घोप्टिएपछि अकस्मात अनौठा गतिविधिहरु हुन थालेका स्थानीयबासी बताउँछन् । बस्नेतका नातेदार स्थानीय ध्रुव सिलवालले बारम्बार खाट, दराज लडाउने, कपडा तथा थालबटुका पल्टने, झर्ने, घरको छानोबाट धुवाको मुस्लो निस्किने जस्ता अनौठा गतिविधि दोहोरिएको बताए । उनले बस्नेतको घरभित्र प्रवेश गर्नासाथ धेरैजसो पुरुषका पेन्ट आफै तानिने, महिलाका केस तानिने जस्ता अस्वभाविक क्रियाकलाप भएको समेत बताए ।
 बस्नेतको घर सुरक्षार्थ खटिएका प्रहरी ।

अस्वभाविक क्रियाकलापहरु हुन थालेपछि सो ठाउँमा स्थानीय र झापा, मोरङका मानिसहरुको भीड लागेको स्थानीय नवीन अर्यालले बताए । उनका अनुसार बस्नेत परिवारले त्यस्तै किसीमको गतिविधि गत साउन ४ गते यता घरमा फाट्ट फुट्ट हुदै आएको बताएको जनाएका छन् । ‘सुरुमा ढुङ्गा हान्ने गरेको र चोर हो की भनेर केही दिन निगरानी गरेपनि केही तथ्य फेला परेन तर ३ दिन यता भने अनौठो दुष्य देखिन थालेपछि आश्चर्यचकित भएकी छु’ मनमाया बस्नेतले भनिन् ।
दुर्गा माबिका शिक्षक धुव्रप्रसाद शिलवालले सो घटनाले आफू आश्चर्यमा परेको बताए । अनौठा घटना बारम्बार दोहोरिएपछि बस्नेत परिवार घर छाडेर आफन्तको घरमा बस्न थालेका छन् । मनमायासहित पाँचजनाको परिवार  सोही ठाउँका  नातेदार ध्रुव शिलवालको घरमा बस्दै आएका बताइएको छ । इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी सहायक निरीक्षक सूर्य खड्काले मानिसहरुको भीडभाडका कारण बस्नेतको घर सुरक्षा घेरामा राखिएको बताए ।

आर्थिक समृद्धिका लागि उर्जा संकट हटाईनुपर्ने

भद्रपुर, चैत्र ३/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले आर्थिक समृद्धिका लागि सरकारले उर्जा संकट न्युनिकरणमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
औद्योगीक समृद्धि नभएसम्म आर्थिक क्रान्ति सफल नहुनेमा जोड दिँदै उनले उर्जा संकट अहिलेका लागि मुख्य चुनौती रहेको बताए । बिहीबारबाट भद्रपुरमा शुरु भएको झापा उद्योग संघको २३ औं साधारण सभामा उनले उर्जा संकट अन्त्यका लागि सहयोग गर्न निजी क्षेत्र समेत तयार रहेको बताए । अस्थिर राजनीतिका कारण नेपाली उद्योग वाणिज्य क्षेत्रले गति लिन नसकेको बैद्यले उल्लेख गरे ।
यस्तै वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले आर्थिक तथा व्यवसायीक समृद्धिका लागि गम्भिर बन्न दलहरुलाई आग्रह गरे । यस्तै महासंघका पूर्व–अध्यक्ष चण्डिराज ढकालले उद्योगहरु धरासायी बनि रहँदा समेत सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए । साधारण सभाले आज (शुक्रबार) नयाँ नेतृत्व सार्वजानिक गर्ने बताईएको छ ।

कल्भर्ट र ग्राभेल शुरु

धरमपुर, चैत्र ३/धरमपुर–८ मा बिहीबार कल्भर्ट तथा ग्राभेल निर्माण शुरु गरिएको छ । ग्रामिण पुनर्निर्माण संस्था (आरआरएन) र स्थानीयवासीको १० लाख ५८ हजार ५ सय ४४ रुपैयाँको लागतमा कल्भर्ट निर्माण तथा ग्राभेल शुरु गरिएको हो ।
सो अन्तर्गत १ किलोमिटर सडक ग्राभेल समेत गरिने चौरीटोल ग्रामीण सडक तथा कल्भर्ट निर्माण
समितिका अध्यक्ष मनकुमार श्रेष्ठले जानकारी दिए । सडक तथा कल्भर्ट निर्माणका लागि आरआरएनले ८ लाख १८ हजार ६९ रुपैयाँ सहयोग गरेको जनाइएको छ । थप लागत स्थानीयबासीहरुले जुटाउने छन् ।
निर्माण शुरु कार्यक्रममा आरआरएनका इन्जिनियर प्रेम बाँस्तोला, स्थानीय सचेतना केन्द्रकी प्रमुख शर्मिला तामाङ, स्थानीय अगुवाहरु खड्गबहादुर नेम्बाङ,  रत्न लक्ष्मी राई, समितिका अध्यक्ष श्रेष्ठ लगायतले बोलेका थिए ।

नेपालको बिजयी यात्रामा धक्का – खेल समाचार

काठमाडौ, चैत्र ३/आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा नेपाल पपुवा न्युगिनीसँग पराजित भएको छ । पपुवा न्युगिनीसँगको खेलमा नेपालले निर्धारित २० ओभरमा १ सय २ रनमात्र बनाउन सकेको हो ।
२० ओभरमा ८ विकेट गुमाउँदै पपुवा न्युगिनीले १३७ रन बनाएको थियो । यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा पपुवान्युगिनीले नेपाललाई १३८ रनको चुनौती दिएको थियो । यसअघिका दुवै खेलमा विजयी रहेको नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्ने छ । मंगलबार नेपालले हङकङलाई २८ रनले पराजित गरेको थियो भने बुधबार डेनमार्कलाई ९ विकेटले हराएको हो ।
सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८–८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् । ६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ‘बी’ मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

ठक्करबाट वितरक घाइते

उर्लाबारी, चैत्र ३/मोरङको राजघाट–५ जोरबाटोमा बिहीबार बिहान नागरिक दैनिक र स्थानीय निगरानी दैनिकको सवारीसाधान एक–आपसमा ठोक्किँदा एक युवा गम्भिर घाइते भएका छन् ।
उर्लाबारीबाट बिराटनगरतर्फ जाँदै गरेको को १ च ५२४६ नम्बरको नागरिक दैनिकको पिकअप भ्यान र इटहराबाट उर्लाबारीतर्फ फर्कदै गरेको को ९ प ६४१४  नम्बरको निगरानी दैनिकको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा निगरानी दैनिकका बितरक उर्लाबारी–२ का चक्रबहादुुर वाइवा घाइते भएका छन् । उनको खुट्टामा गहिरो चोट लागेको छ । घाइते वाइवाको उर्लाबारी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झापामा पत्रिका पु¥याएर बिराटनगर फर्कदै गरेको नागरिक दैनिकको पिकअप भ्यान र इटहरामा पत्रिका पु¥याएर उर्लाबारी फर्कदैं गरेका मोटरसाइकल दुर्घटनामा परेका हुन् । पिकअप भ्यानको अगाडिको सिसा चर्किएको छ । मोटरसाइकल क्षतिग्रत भएको छ । दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा राखिएको छ ।

एफएममा बिस्फोट

पाल्पा, चैत्र ३/रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा बुधबार दिउँसो ३ बजे शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटबाट मानवीय क्षति भने भएको छैन ।
बम बिस्फोट भवनको बीच तलामा भएको हो । यसबाट भवनको बीच तल्ला ध्वस्त भएको छ । भवनको पहिलो तलामा माओवादी कार्यकर्ताको भान्छाकोठा साथै दोस्रोमा माओवादी जिल्ला नेताको निवास र तेस्रो तल्ला रेडियो पश्चिमाञ्चल रहेको छ ।
बिस्फोटका बेला माओवादी जिल्ला इन्चार्ज बसन्त शर्मा सोही तलामा रहेका थिए । उनलाई भने केही भएको छैन । बिस्फोट भएको स्थानमा ब्याट्री र तार भेटिएको छ । बिस्फोटबाट छिमेकमा रहेको पत्रकार जगदीश भट्टराईको कैलाशनगर पब्लिकेशनमा समेत क्षति पुगेको छ । भट्टराईको घरका सबै सिसा फुटेका छन् । बिस्फोट भएको भवनसँगको रामप्रसाद श्रेष्ठको घरमा समेत सामान्य क्षति पुगेको छ । बिस्फोटको ४५ मिनेटपछि पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ । डेटोनेटरको तार र गोलीका छर्रा भेटिएको प्रहरी नायब उपरीक्षक मीरा चौधरीले बताइन् । बुटवलबाट अनुसन्धान टोली झिकाइसकिएको चौधरीले बताइन् ।

सिनेमा बिक्री गरिएन – फिल्मी

‘चपली हाइट’लाई खरिद गर्ने लगातारको प्रयास असफल भएको छ । अन्ततः निर्माता अर्जुनकुमारले सिनेमा बिक्री नगर्ने निणर््ँय गरे । पैसामा मतैक्यता नभएपछि ‘चपली हाइट’ बेचिएन । वितरक समेत रहेका नरेन्द्र महर्जनले सिनेमाको लगानीभन्दा १५ प्रतिशत बढी रकम ४० लाखमा सिनेमा खरिद गर्ने प्रयास गरेका थिए । यदि बेचिएको भए ‘चपली हाइट’लाई लगानीमात्र होइन मुनाफा पनि हातमा पर्ने थियो । अर्जुनकुमारले ५० लाख बटमलाइन ताकेर रिलिजपछिको अदृश्य आम्दानीको जोखिम मोलेका छन् । यद्यपी, सिनेमाले लगानी उठाउनेमा कुनै शंका छैन ।
प्रदर्शन र वितरण्ँ
वितरक स्वयम नरेन्द्र महर्जन हुन् । वितरण्ँवापतको १५ लाख यिनले लिनेछन् । सिनेमा डीसीएन सर्भरसहितका ६० थिएटरमा रिलिज हु“दैछ । व्लकबस्टर ‘लुट’ रिलिज भएका हल र उस्तै शैलीमा ‘चपली हाइट’लाई रिलिज गरि“दैछ । मल्टिप्लेक्स हलले आधा दर्जन सोजहरु पहिलो साता उपलब्ध गराउने अपेÔा गरिएको छ । ‘लुट’लाई क्यूएफएक्सले चौंथो साताको विकेन्डमा अधिकतम १५ सोज दिएको थियो । वितरक महर्जन पहिलो साता मल्टिप्लेक्स सोज आधादर्जन हुने बताउ“छन् ।

गुगल स्पेस र सोसलसाइट
सिनेमा पब्लिसिटी र मार्केटिङको आधुनिक माध्यम इन्टरनेटको सर्च इन्जिन गुगलमा ‘लुट’पछि सर्वाधिक स्पेस लिने सिनेमा हो –‘चपली हाइट’ । गुगलले ० दशमलव २९ सेकेन्डमा ‘चपली हाइट’का ४८ हजार ३०० पेजहरु देखाउ“छ । ‘लुट’लाई गुगल स्पेसमा ‘चपली हाइट’ले फलो गरिरहेको छ । विद्युतीय जालो (इन्टरनेट) को साझेदारी साइटहरु युट्युव, फेसबुक र ट्वीटरमा ‘चपली हाइट’लाई सब्सक्राइव, फ्रेन्ड रिक्वेस्ट र फलो गर्नेहरु धेरै छन् । एकसातामै ट्रेलर र म्युजिक भिडियोलाई युट्युवमा हेर्नेको संख्या हजारौं पुगेको छ ।
परम्परागत पब्लिसिटी
सिनेमाको परम्परागत पब्लिसिटीका माध्यम (रेडियो, टेलिभिजन, अखबार र होर्डिङबोर्ड) यतिबेला ‘चपली हाइट’मय छन् । होर्डिङ बोर्डमा ४ लाख जति नोक्सान बेहोर्नुपरेपनि सिनेमाले त्यसलाई सजिलै रिकभर गर्नेछ । लगातारको कन्ट्रोभर्सीलाई फलो गरिरहेका अखबार, टिभी र रेडियोको प्रवाहले पनि चर्चा दिलाइरहेको छ । लोडसेडिङ र इन्टरनेटको प्रभुत्वको कारण्ँ परम्परागत मिडिया भुत्ते भैरहेको बेला ती माध्यमको पहु“चमा रहेका प्रापकस“ग पनि ‘चपली हाइट’ले गतिलैस“ग स्पेसको निर्माण्ँ गरिरहेको छ ।
रिलिजपछिको पिकअप र स्टारपावर
वितरकहरु ‘चपली हाइट’को इनिसियल विवरण्ँ आक्रामक हुने दावी गर्छन् । सिनेमालाई ‘जुवा’स“ग तुलना गर्ने हो भने त्यसको परिण्ाँम जस्तो पनि हुनसक्छ । यद्यपी, दर्शकीय मनोविज्ञान र बिक्ने कन्टेन्ट बुझेका हस्ती वितरकको अनुमान गलत नहुन सक्छ । एउटा निर्विवाद तथ्य के हो भने ‘चपली हाइट’को विकेन्डपछाडिको व्यापार यसको ‘वर्ड अफ माउथ पब्लिसिटी’मा निर्भर हुनेछ । स्वयम प्रोड्युसरले स्वीकारेको कुरा हो यो । स्टारपावरभन्दा पनि कन्टेन्टका कारण्ँ चर्चायोग्य यो सिनेमा कन्टेन्टकै कारण्ँ दर्शकलाई तान्न बाध्य हुनुपर्नेछ ।

‘बोर्ड त भर्ती केन्द्र जस्तो भा’छ’ – सिने सम्वाद

भुवन केसी नेपाली चलचित्र क्षेत्रका सदाबहादर नायक हुन् । उमेरले ५० वर्ष नाघि
सक्दा पनि उनि ‘किशोरी’ नायिकाहरुसँग नायकको अभिनय गरिरहेका छन् । अब्बल नायकसँगै
अब्बल निर्माताको समेत छवि बनाएका उनले सपना, करोडपति, सुपरस्टार लगायतका चलचित्र निर्माण गरिसकेका छन् । उनीद्वारा निर्मित पछिल्लो चलचित्र ‘साथी म तिम्रो’ले पनि शुरुवाति
दिनमा आशा लाग्दो व्यापार गरिरहेको छ । प्रस्तुत छ, उनै नेपाली चलचित्रका
सदाबहादरनायक तथा निर्माता भुवन केसीसँग गरिएको कुराकानी :
नेपाली चलचित्रको अहिलेको व्यवसायिक अवस्था कस्तो छ ?
केही वर्षयता चलचित्र निर्माण हुने क्रम बढेको छ । चलचित्र त बन्छन तर सबैले नाफा कमाउन सक्दैनन् । तर भनिए जस्तो निराशै निराशको अवस्था त छैन । राम्रा चलचित्रले राम्रो व्यापार पनि गरिरहेका छन् । चलचित्र क्षेत्र पहिला बुझ्नु प¥यो । चलचित्र नबुझेका व्यक्तिहरुले रहरै रहरमा निर्माता हुने क्रम बढ्दा पनि अपेक्षाकृत व्यवसायिक अवस्था आउन नसकेको हो ।
नेपाली चलचित्र मौलिक हुन सकेनन् भन्ने गुनासो पनि छ नि ?
यो केही हद सम्म सत्य भए पनि केलाई चाँही मौलिक भन्ने प्रश्न पनि छ । विदेशी चलचित्रका हुबहु नक्कल गर्नु त पक्कै राम्रो होईन तर चलचित्रमा मनोरञ्जनलाई मुख्य आधार बनाईन्छ । यसलेगर्दा पनि केही फर्मुला अन्य भाषाका चलचित्रसँग मिल्नु सामान्य कुरा हो । यदि साँच्चै नै नेपाली चलचित्र क्षेत्रलाई सबल बनाउनु पर्छ भने मौलिकतामा पनि ध्यान दिन चाँहि आवश्यक छ । विदेशका ठूला चलचित्र उद्योगबाट केही राम्रा कुरा त सिक्नु राम्रै पनि हो ।

नेपाली चलचित्रका नाम, विषयवस्तु, प्रस्तुति शैली देखि पोष्टर सम्म विदेशी चलचित्रका नक्कल गरिन्छ नि ?
खास गरी संसार भरि नै चलचित्र केही विषयवस्तुमा आधारित रहेर बनाईन्छ । मनोरञ्जन, प्रेमकथा, राष्ट्रियता, कला–संस्कृति आदि नै चलचित्र निर्माणका मुख्य विषय हुन् । आखिर अमेरिका, भारत वा नेपालको जहाँको भए पनि प्रेम, राष्ट्रियता त उही त हो नि । हामीले खासमा प्रस्तुतिमा चाँहि आफ्नोपन दिन सक्नु पर्छ । अहिलेको अभाव यही हो ।
सरकारबाट चाँहि के अपेक्षा गरेको छ, नेपाली चलचित्र उद्योगले ?
जति सहयोग गर्नु पर्ने हो सरकारले गर्न सकेको छैन । राम्रा र राष्ट्रिय प्रेमका चलचित्रलाई सरकारले अनुदान दिन पनि सक्नु पर्छ । नेपालमा बिदेशी चलचित्र चलाउन साह्रै सजिलो गरि सेन्सर पास गरिन्छ । कम्तिमा सेन्सर पास गर्दा केही कडाई गरियो भने पनि नेपाली चलचित्रलाई सघाउ पुग्छ ।
सरकारी निकाय त चलचित्र विकास बोर्ड छ नि, यसले चाँहि नेपाली चलचित्र क्षेत्रको विकासका लागि कस्ता कार्यहरु गरिरहेको छ ?
बोर्ड त खाली भर्ती केन्द्र जस्तो मात्रै भाछ । चलचित्र बुझेका–नबुझेका जस्ता मान्छे पनि दलीय आडमा बोर्डको नेतृत्वमा पुगेका छन् । सबैलाई त दोष दिन मिल्दैन । तर नेपाली सिनेमाले बोर्डबाट जति अपेक्षा गरेको हो त्यति कार्य पूरा हुन सकेको छैन । बोर्डमा पुग्नकै लागि पनि कलाकारहरु दलीय आडमा लाग्ने गरेका छन् ।
तपाई पनि कुनै दल नजिक पुग्नु भएको छ, प्रवेश पनि गर्नु भएको छ, बोर्डमै पुग्नका लागि हो ?
एउटा सचेत नागरिकलाई राजनीतिबारे चासो हुनु स्वभाविक हो । मलाई त्यस्तो पदिय लालच छैन । आखिर कलाकार पनि यो देशको नागरिक हो । उसलाई पनि राजीतिक स्वतन्त्रता छ । तर म कुनै दलको मात्रै कलकार होईन र म दलकै झण्डा बोकेर पनि कुदेको छैन । बोर्डमा पनि मनै पुग्नु परेको छैन । जो साथी पुगे पनि नेपाली चलचित्र क्षेत्र राम्ररी बुझेको मान्छे पुगोस् भन्ने चाहना हो ।
तपाईका आगामी योजना के छन् ?
सके सम्म त राम्रा चलचित्र बनाउने र अभिनय गर्ने नै हो । अहिले मैले निर्माण तथा अभिनय गरेको चलचित्र ‘साथी म तिम्रो’ को प्रवर्धनमा नै व्यस्त छु । यस पछि आगामी वर्ष आफै निर्देशन समेत गर्ने गरी अर्को चलचित्रको तयारीमा छु । यसबारेमा साथीहरुसँग छलफल भई रहेको छ ।

प्रोमोशनसँगै कलाकारको खोजी – खुल्ला आकाश

अर्पण ढकाल
नेपाली चलचित्र उद्योगमा सदाबहार नायकको रुपमा रहेका भुवन केसी बारम्बार विभिन्न विवादमा आइ रहन्छन । स्क्यान्डल किंगको रुपमा समेत परिचित भुवनलाइ रुचाउने ङ्खयानको संख्या अझ नि धेरै रहेको छ । झन्डै तिन दशक देखि अनवरत रुपमा यसै गेत्रमा क्रियाशील भुवन एक राम्रा फिल्म मेकरको रुपमा समेत स्थापित छन् ।
आङ्खनै ब्यानर काजल फिल्म्सको पछिल्लो प्रोजेक्ट “साथी म तिम्रो” फाल्गुन १९ बाट देशव्यापी रिलिज भएपछि यतिबेला उनि यसैको प्रोमोसनमा व्यस्त छन् । देशभरबाट राम्रो प्रतिक्रिया बटुलिरहेको सो चलचित्रको प्रत्यक्ष प्रतिक्रिया लिन र दर्शकसँग अन्तरक्रिया गर्न उनी देश दौडाहाको क्रममा रहेका छन् । यसै मेसोमा भुवन पुर्व आएर चलचित्रको प्रोमोसन गरेर फर्किएका छन् ।
आङ्खनो चलचित्रको सुटिङ्गबाट नै वान मेन आर्मीको रुपमा खटिने भुवन चलचित्रका अन्य कलाकार बिना प्रोमोशनमा दौडेका छन् र उनलाई चलचित्रका प्रोडक्सन मेनेजर गण्ँेश सापकोटा र पत्रकार सबिन शाक्यले साथ दिएका छन् । आङ्खनो चलचित्रको पब्लिसिटी गर्न कुनै कसुर नछाड्ने भुवन पूर्वमा चलचित्र प्रदर्शन भैरहेको अधिकांश हल पुगेका थिए । हल पुग्न साथ दर्शकबाट घेरिएका भुवन दर्शकसँग फोटो खिच्न, अटोग्राफ दिन व्यस्त हुन्थे । प्रत्येक हलका म्यानेजर देखि लिएर सानो पदको स्टाफलाई समेत आफूले उत्कृष्ट चलचित्र बनाएको र सकेसम्म सहयोग गर्न आग्रह गर्थे । हलमा भेला भएका दर्शक बाहेक आफू बसेको होटेल, बाटो अथवा जाँही कहिँ भेटिएका ङ्खयानसंग निसंकोच फोटो खिचाउँदै आङ्खनो चलचित्रको बयान गर्न उनी पछि पर्दैनथे ।
दुई दिन पूर्वमा बिताएका भुवन धरानको गण्ँेश टाकिज, झुम्काको मनकामना चलचित्र मन्दिर, बिराटनगरको हिमालयन टाकिज, दमकको पाथिभरा र दमक चित्र मन्दिर र बिर्तामोडको अन्नपुणर््ँ टाकिज पुगेर चलचित्रको प्रोमोशन गरेका थिए । भुवन आफू पुगेका प्रत्येक हलमा दर्शकलाइ सम्बोधन गर्दै चलचित्र हेरेर आङ्खना साथी, छिमेकी र अरुलाई पनि चलचित्र हेर्न प्रेरित गर्न अनुरोध गर्थे । साथी म तिम्रो पछि छोरा अनमोल केसीलाई लिएर आङ्खनो निर्देशनमा चलचित्र बनाउन लागेको र त्यस चलचित्रमा सम्पूणर््ँ कलाकार नयाँ हुने बताउँदै कोही चलचित्रमा खेल्न इच्छुक भए सम्पर्क गर्न आग्रह गर्दै आङ्खनो मेल आइडी दिन समेत उनले भ्याएका थिए ।
कुनै जमानाका गायक समेत भएकोले हलमा भेला भएका दर्शकसामु उनले आङ्खनो चलचित्रको गीत सुनाएर मनोरञ्जन प्रदान गरेका थिए । दर्शकले अनमोल र चलचित्रको बालकलाकार शीर्षक सापकोटाको समेत डिमाण्ड गरेपछि अर्को चोटी फेरि उनीहरुलाइ लिएर आउने बाचा समेत उनले गरे । पूर्वका झन्डै दर्जन हलमा तेस्रो सातामा प्रदर्शन भैरहेको चलचित्रले पुर्बेली दर्शकको राम्रै साथ पाइरहेको छ । चलचित्र रिलिज भएको दिन र बिचमा परेको बन्दले भने कलेक्सनमा केही घाटा पु¥याएको छ । पूर्वको भ्रमण्ँ सकेर भुवन बुटवल हुदै पोखरा तिर लागेका छन् ।

ओस्कारले देखाएका पछिल्ला संकेत – रङ्ग रेखा

श्री कृष्ण न्यौपाने
सन् १९२९ जतिबेला सिनेमा सुरु भएको केहि दशकमात्रै हुदै गर्दा एकेडेमी अवार्डको नाममा सिने विधालाई प्रोत्साहन गर्न ओस्कार अवार्डको स्थापना गरिएको थियो । त्यो निरन्तरताले एक शताब्दी पार गर्नै लाग्दा ओस्कारको महत्व र उदारता झनै दिन प्रतिदिन फराकिलो बन्दै गएको छ । यसमा कसैको शंका नै छैन । फ्रान्सेली राष्ट्रपति निकोलश सार्कोजीसमेत यसको प्रतिष्ठा देखेर औधी लोभिएका छन् । सन् १९२९ को मे १६ तारिखमा हलिउडस्थित रुजबेल्ट होटलमा पहिलो पटक ओस्कार अवार्ड वितरण गरे यता पछिल्लो ८४ औं संस्करणसम्म आईपुग्दा ओस्कारको दायरा फराकिलो मात्रै भएको छैन । सहिष्णु पनि लाग्न थालेको छ । कुनै बेला हलिउडका सिनेमाको अधिपत्य रहदै आएको ओस्कारमा यसपाली भने परिणाम नसोचेको देखियो । सिने पण्डितहरुको आकलन र अनुमानले पनि यसपाली मात खाएको छ । ओस्कारलाई एउटा आरोप थियो उसले हलिउडका सिनेमालाई मात्रै प्राथमिकतामा राखेर अवार्ड बाढ्ने गर्छ । तर गत महिना वितरण  गरिएको अवार्डलाई आधार मान्ने हो भने ओस्कार फराकिलो हुन चाहन्छ अवार्डका माध्यमबाट विश्वका सिनेमा संजालमा अझै केहि सताब्दी एक नम्बर भएर राज गर्न चाहन्छ । फिल्म क्षेत्रकै सबै भन्दा पुरानो र प्रतिष्ठित मानिएको ओस्कार अवार्डको ८४ औं सस्करणमा फ्रेन्चद्वारा निर्मित दी आर्टिस्टले विभिन्न ५ वटा विधामा उपाधी हात पारेपछि ओस्कारको सहिष्णुताप्रति अहिले बहश हुन थालेका समाचार प्रकाशित हुन थालेका छन् । एउटा बेरङ्ग र आवाजविहिन चलचित्रले पाएको अवार्डले कलात्मक चलचित्र बनाउनेलाई हौसला मिलेको छ । नेपाली चलचित्र निर्देशक प्रकाश सायमीले ओस्कारको पछिल्लो निर्णयले साना मुलुकका सिनेमाकालागि पनि ढोका खुलेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार अमेरिकाको सम्राज्य नीति अनुरुप ओस्कार पनि सांस्कृतिक साम्राज्य फैल्याउन खोज्दै छ ।
 अमेरिकाको लस एञ्जल्समा सम्पन्न भव्य समारोहमा सम्वादरहित सिनेमा दि आर्टिस्टलाई उत्कृष्ट चलचित्रकारुपमा घोषणा गरिदा सबैले जिब्रो टोकेका थिए । किनकी उनीहरुका अनुसार अनपेक्षित चलचित्र दि आर्टिस्टले अवार्ड जितेको थियो । उत्कृष्ट सिनेमासहित उत्कृष्ट अभिनेता, निर्देशक, पोशाक डिजाईनसहित मुक चलचित्र दि आर्टिस्टले उत्कृष्ट हुने मौका मात्रै पाएको छैन अन्य मुलुकका प्रयोगवादी चलचित्रकालागि बाटो पनि खोलिदिएको छ । चलचित्रका निर्देशक मिखेल हाजानाभिक्सअसले उपाधी थापेको सुन्नासाथ राष्ट्रपति निकोलस सार्कोजीले ट्विटरमा खुसी हुदै ओस्कार अवार्डले सम्पूर्ण फ्रान्सेलीलाई गौरवान्वित भएको टिप्पणी गरेका थिए । सन् १९०२ मा फ्रान्सेली नागरिक लुमिअर ब्रदर्सले अहिलेको मुभीको सुरुवात गरेको गौरवपूर्ण इतिहास बोकेको फ्रान्सले ओस्कार अवार्डलाई समेत कति महत्व दिएको छ भन्ने तथ्यलाई राष्ट्रपति सार्कोजीको अभिब्यक्तिले पुष्टि गरेको छ । ओस्कार अवार्ड प्रतिष्ठान , यहि महिमा र श्रद्धालाई कायम गर्न हुन सक्छ उ चौडा छाती बनाएर थप उदार हुने ध्याउन्नमा देखिन्छ । यसले विश्वभरका सिनेकर्मीलाई थप हौसला दिएको छ । निर्देशक केपी पाठक भन्छन् – ”ओस्कारले गरेको निर्णयमा हामी अहिलै उफ्रि हाल्ने समय आईसकेको छैन तर यो भन्दैमा हामी त्यो स्थानमा पुग्नै सक्दैनौ भने होइन” । ”छिमेकी मुलुक भारतको प्रभावबाट मुक्त नभईञ्जेल हामी केहि गर्न सक्ने छैनौं यसकालागि दर्शक पनि त्यो प्रभावबाट मुक्त हुन आवश्यक छ ”, उनले भने ” सिनेमा हल पस्दै नेपाली दर्शक हिन्दी सिनेमाको एस्पेक्टेसनमा नेपाली सिनेमा हेर्ने भएकाले पनि नेपाली सिनेकर्मी बाध्य छन् त्यस्तै सिनेमा बनाउन ” ।

पहिलो पुरस्कार पाउने जर्ज सिङ्गरदेखि दि आर्टिस्टसम्म आईपुग्दा झण्डै कुल ३ हजारले यो पुरस्कारको स्वाद चाखिसकेका छन् । हिजोसम्म कसैले थाह नपाएका चलचित्र र कलाकार अवार्ड पाए लगत्तै रातारात चर्चामा आउने भएकाले पनि ओस्कारको महिमा भनिसाध्य छैन , सिनेप्रेमीकालागि । एकेडेमी अवार्डका झण्डै ६ हजार सदस्यले दि आर्टिस्ट लाई सर्वोत्कृष्ट सिनेमा घोषणा गरेपछि यूरोप र अमेरिका बाहिरका सिनेकर्मी पनि अवार्डसम्म पुग्ने पहूच बलियो बन्दै गएको बुझ्न थालेका छन् ।

आर्थिक परिसूचकको अनुत्तरदायी व्याख्या – पहिलो लेख

टुलराज बस्याल
एकातर्फ अधिक तरलता रहेको भनिएको छ भने अर्कातर्फ शोधनान्तर बचत बढेको र मुद्रास्फीति घटेको उल्लेख गरिनुले अधिक तरलताबाट समष्टिगत आर्थिक स्थायित्व बढ्न गएको भ्रमपूर्ण विश्लेषण देखिन गएको छ ।
भोटका लागि नेताले यसो गर्छु र उसो गर्छु भन्दै आकाश–पाताल जोड्ने विकासे गफ गर्नु र जनतालाई दिग्भ्रमित पार्दै आफ्नो दुनो सोझ्याउने स्वार्थ सिद्धिमा चुर्लुम्म डुब्नु नियमित परम्परा बनेको सबैलाई जानकारी भएकै हो । तर विषय विज्ञता र प्राविधिक ज्ञान आवश्यक रहने क्षेत्रमा यिनै विशेषताका आधारमा नियुक्त हुने पदाधिकारीहरूले पनि आफ्ना नेताहरूको पदचिह्नमा लागेर विषयवस्तुको प्राविधिक पक्षका संस्थापित अवधारणा र अन्तर्सम्बन्धलाई बेवास्ता गर्नु, विषयको विश्लेषण र व्याख्यालाई आफ्नो अनुकूल ढर्रामा लैजाने वा आफ्नो निहीत सुविधा र सहजता प्रवद्र्धन हुने गरी नीतिगत विकल्प चयन गर्ने प्रवृत्तिले आर्थिक विकास प्रक्रियालाई कमजोर र विसंगतिपूर्ण बनाएको छ । अर्थतन्त्रका परिसूचकहरूबीचको अन्तर्सम्बन्धलाई हचुवा र अनुत्तरदायी ढंगले मूल्यांकन गरी आफ्नो निहित स्वार्थअनुरुप नीतिगत निष्कर्ष निकाल्ने प्रवृत्तिले आर्थिक नीतिहरूको विश्वसनीयता घटाउनुका साथै सार्वजनिक क्षेत्रका सम्बन्धित पदाधिकारीहरूको क्षणिक स्वार्थजन्य दृष्टिकोण र अवसरवादी चरित्रको यथार्थ झलक देखाउँछ । आर्थिक परिसूचकहरूबीचको अन्तर्सम्बन्धका सैद्धान्तिक पक्ष र मान्यताहरूलाई दृष्टिगत गर्दै सुदृढ र सुव्यवस्थित संरचना एवम् मापदण्डका आधारमा आर्थिक नीति र व्यवस्थाहरू तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र पृष्ठपोषणको कार्य सम्पन्न हुनुपर्नेमा वस्तुनिष्ठता र निष्पक्षताको साटो भेदभावयुक्त र हचुवा दृष्टिकोण र व्यवहार प्रदर्शित गर्न थालिएको छ ।
आर्थिक विकासका नीतिगत आधार र अन्तर्सम्बन्धित प्राविधिक विषयवस्तुको विश्लेषण र समीक्षामा पनि व्यावसायिकता, निष्पक्षता र वैज्ञानिकताका मापदण्डहरूप्रति सम्झौता गर्ने स्वार्थी प्रवृत्तिले गर्दा अर्थतन्त्रको व्यवस्थापनको कार्य चुनौतीपूर्ण बन्न गएको छ । सानातिना उपलब्धिहरूलाई पनि ठूलो उपलब्धिका रूपमा प्रचारप्रसार गर्ने, महत्वपूर्ण सवाल र सम्बोधन गर्नै पनि चुनौतीहरूप्रति संवेदनशील र प्रतिबद्ध नहुने बरु यस्ता सवाल र चुनौतीहरूलाई छलफल र समीक्षामा नै नल्याउने प्रयास गर्ने, आफूले निर्वाह गर्नुपर्ने दायित्वप्रति इमान्दार नहुने र आफ्नो अकर्मण्यताको दोष गलत ढंगले अरूलाई थोपर्ने, राम्रो कामको जिम्मेवारी आफूले मात्र लिने, आर्थिक क्षेत्रका समस्याको सही समाधानतर्फ कटिबद्ध नहुने तथा सम्पन्न भएका केही कामको अत्यधिक प्रचारप्रसार गरी कृत्रिम लोकप्रियताका लागि उद्यत रहने जस्ता प्रवृत्तिहरूका कारण अर्थतन्त्रका यावत समस्या र कठिनाइहरूले उपयुक्त निकास पाउन सकेका छैनन् ।
आर्थिक वर्ष २०६८÷६९ को बजेटको मध्यावधि समीक्षा प्रतिवेदनमा अर्थमन्त्रीले बजेट कार्यान्वयन उत्साहजनक रूपमा अघि बढेको, अर्थतन्त्रप्रतिको लगानीकर्ताको बढ्दो भरोसा सफल बजेट कार्यान्वयनको महत्वपूर्ण पक्ष रहेको, अनुत्पादक चालू खर्चलाई नियन्त्रण गरी पुँजीगत खर्च बढाएर आर्थिक समृद्धि हासिल गर्नेतर्फ स्रोत साधनलाई केन्द्रीत गर्ने प्रयास गरिएको, तात्कालिक लोकप्रियताभन्दा समृद्ध अर्थतन्त्रको आधारशीला र आर्थिक अनुशासन कायम गरी व्यापक रोजगारी सृजना, आर्थिक वृद्धि एवम् सामाजिक सुरक्षाको सुनिश्चितताका लागि प्राथमिकता दिइएको उल्लेख गरेका छन् तर यी परिसूचकहरू कुनै पनि सन्तोषजनक बन्न नसकेको अवस्था रहेकाले अर्थतन्त्रको वर्तमान अवस्थाको यथार्थ विश्लेषण गरी जनतालाई सुसूचित गर्न सरोकारवाला पदाधिकारीहरू वस्तुगत र इमानदार बन्न नसकेको पुष्टि हुन्छ ।
मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षाले पनि कतिपय विषयमा गरेको विश्लेषण र समीक्षा सम्बन्धित नीतिगत संरचनासँग सामञ्जस्य छैन । २०६७÷६८ मा वित्तीय प्रणालीमा तरलताको अभाव रहेको विपरित २०६८÷६९ को पहिलो ६ महिनामा यथेष्ट तरलता देखा परेको, कर्जा प्रवाह बढ्न नसकेको तर विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढी निक्षेपमा निरन्तर वृद्धि भई तरलताको अवस्था सुविधाजनक रहेको उल्लेख छ । अधिक तरलताको स्थितिले गर्दा अल्पकालीन ब्याजदरमा भारी गिरावट आएको जसअनुसार ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २०६७ पुसको ८.२१ प्रतिशतको तुलनामा २०६८ पुसमा ०.०७ प्रतिशतमा सीमित रहेको, अन्तर बैंक ब्याजदर २०६७ पुसमा १०.५८ प्रतिशतबाट २०६८ पुसमा ०.९० प्रतिशतमा सीमित रहेको समीक्षाले औंल्याएको छ । अनिवार्य नगद अनुपातका रूपमा राष्ट्र बैंकमा राख्नुपर्ने रकमभन्दा निकै बढी रकम राखिएको यसमा उल्लेख छ । ६ महिनाको तथ्यांकअनुसार बैङ्क तथा वित्तीय संस्थामा स्वदेशी निक्षेप रु. ८५४ अर्ब रही सोको ५ प्रतिशतले हुने अनिवार्य नगद अनुपात (रु. ४२ अर्ब ७० करोड) को तुलनामा रु. २७ अर्ब ८० करोड अधिक अर्थात रु. ७० अर्ब ५० करोड राष्ट्र बैंकमा राखिएकाले पनि वित्तीय प्रणालीमा अधिक तरलता रहेको स्पष्ट हुन्छ । समीक्षामा उच्च तरलताबाट मुद्रास्फीति र शोधनान्तरमा चाप नपर्ने गरी वित्तीय स्थिरता र आर्थिक वृद्धि अभिमुख मौद्रिक नीतिको कार्यदिशा तय गरिएको उल्लेख छ, साथै तरलतामा सुधार आए पनि कर्जाको ब्याजदरमा कमी आउन नसकी कर्जाको मागमा कमी आएको तथा मौद्रिक नीतिको सफल कार्यान्वयनको परिणामस्वरुप समष्टिगत आर्थिक स्थितिमा उल्लेख्य सुधार आएको भनिएको छ । ब्याजदर घट्न नसकेको स्वीकार गर्दागर्दै सोही ब्याजदर स्तरमा शोधनान्तर बचत बढ्ने र मुद्रास्फीति घट्नेजस्ता परिसूचकहरू देखिए भन्नु मौद्रिक परिसूचकहरूको उपयुक्त व्याख्या हुन सक्दैन । एकातर्पm अधिक तरलता रहेको भनिएको छ भने अर्कातर्पm शोधनान्तर बचत बढेको र मुद्रास्फीति घटेको उल्लेख गरिनुले अधिक तरलताबाट समष्टिगत आर्थिक स्थायित्व बढ्न गएको भ्रमपूर्ण विश्लेषण गरिएको छ । विगत वर्षमा तरलता अभाव हुँदा पनि मुद्रास्फीति उच्च रहनु र शोधनान्तर निकै थोरै रकमले बचतमा रहन जानुको अवस्थाले तरलता र यी परिसूचकहरूबीच समीक्षा प्रतिवेदनले कस्तो अन्तर्सम्बन्ध आँकलन गरेको हो, यकिन हुन सक्दैन ।
पूर्वाग्रही विश्लेषण र समीक्षाले अर्थतन्त्रले झेल्नुपरेका समस्या र चुनौतीहरूको वास्तविक कारण पत्ता लगाउन र सोको उपयुक्त समाधानतर्पm आवश्यक पहल हुन नसक्ने स्पष्ट नै छ । बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व प्रवद्र्धन गर्ने र तरलता नियमित गर्ने राष्ट्र बैंकको एक उद्देश्य छ । अत्यधिक तरलता रहेको अवस्था समीक्षा प्रतिवेदनले औँल्याएको छ तर यसलाई नियमित गर्नेतर्फ आवश्यक कदमहरू चाल्न असमर्थ रहेको अवस्था छ । अत्यधिक तरलताले गर्दा अन्तरबैंक कारोबार २०६८÷६९ को ६ महिनामा रु. १०२ अर्बमा सीमित रहेको छ । यस्तो रकम २०६७÷६८ को सोही अवधिमा रु. २०२ अर्ब थियो । तरलता प्रशोचन गर्न २०६७÷६८ को प्रथम ६ महिनामा रु. १९ अर्बको रिभर्स रिपो गरिएकोमा चालु वर्ष कुनै पनि रिभर्सरिपो गरिएको छैन । रु. ८ अर्ब ४० करोडको सोझै बिक्री गरिए तापनि उच्च तरलता कम गर्न यसबाट खासै योगदान पुग्न सकेको छैन । तरलता व्यवस्थापनको यस्तो कमजोरीबाट अल्पकालीन कर्जादरहरूमा अप्रत्याशित गिरावट आएको माथि उल्लेख भइसकेको छ, तर बैंकिङ क्षेत्रका कर्जाको ब्याजदरमा कमी नआएकाले कर्जाको माग बढ्न नसकेको समीक्षा प्रतिवेदनले पनि औंल्याएको सन्दर्भमा उच्च तरलताको अवस्थाले मौद्रिक स्थायित्वमा प्रतिकूल प्रभाव पार्न गएको स्पष्ट देखिन्छ । वाणिज्य बैंकहरूको कर्जा÷निक्षेप अनुपात निर्धारित ८० प्रतिशतको स्तरमा रहेकोले ब्याजदर घटे पनि कर्जा बढ्ने गुन्जाइस नभएको अवस्थामा तरलता व्यवस्थापनका लागि खुला बजार कारोबारको संयन्त्रलाई पूर्ण उपयोग गर्न मौद्रिक अधिकारीहरू अनिच्छुक देखिनुबाट देशको वित्तीय प्रणालीको स्थिरता अभिवृद्धि गर्ने केन्द्रीय बैंकको उद्देश्यको प्रतिकूल अवस्था सृजना हुन पुगेको छ । त्यसैले तत्काल तरलतालाई निर्धारित स्तरमा घटाउन मौद्रिक व्यवस्थापनको जिम्मेवारी क्रियाशील हुनुपर्ने सुझाव रहेको छ ।

दायित्वबाट नपन्छ–सम्पादकीय

७५ ओटै जिल्ला प्रशासन कार्यालयहरु मार्पmत जारी हुँदै आएको राहदानी गत वर्ष यता राजधानी स्थित परराष्ट्र मन्त्रालयबाट जारी हुँदै आएको छ । विगतका वर्षहरुमा सम्बन्धित जिल्लाका नेपाली नागरिकहरुले आ–आफ्नै जिल्लामा हस्तलिखित राहदानी प्राप्त गर्दै आएका थिए । तर, विकसित परराष्ट्र नीति, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्ने, विश्व व्यापार संगठनको सदस्य राष्ट्र बन्ने होडसँगै नेपालले पनि आफ्नो परम्परागत राहदानी वितरणमा सुधार ल्याउनु पर्ने तथा आधुनिक मेसिनले पढ्न सक्ने राहदानी (मेसिन रिडेबल पासपोर्ट) को व्यवस्था गर्नुपर्ने नीति लागू भएसँगै राहदानीका लागि राजधानी नै धाउनु पर्ने बाध्यकारी नियम चालु छ । विगतका दिनहरुमा राहादानीका लागि आवेदन गर्ने आवेदकहरुले एकै दिनमा राहदानी प्राप्त गर्दथे । अहिले अधिराज्यका केही जिल्ला प्रशासनहरु मार्पmत एम.आर.पी.का लागि आवेदन दिने र सोका लागि लाग्ने शुल्क बुझाउने प्रावधान छ । तर आफै पनि अधिकांश दूर्गम जिल्लाका नेपाली नागरिकहरुका लागि राहदानी प्राप्तिको अवसर सहज बनेको छैन । यसतर्पm राज्यको ध्यान जान जरुरी छ ।
मुलुकमा विद्यमान बेरोजगारी समस्या झन–झन बढ्दो छ । त्यसै कारणले पनि वैदेशिक रोजगारीको विकल्पलाई नेपाली युवाले निशाना नै बनाएका छन् । विदेशी श्रम बजारमा नेपाली कामदारको मोल अत्यन्त न्यून रहेको छ । तर पनि प्रत्येक दिन विदेशिने नेपाली युवाहरुको लस्कर हेर्दा अवस्था ठिट लाग्दो छ कि कुनै दिन मुलुकमा श्रम गर्न सक्ने युवापुस्ताकै अभाव खड्किन सक्ने छ । आज यो सामान्य अनुमान हुन सक्छ तर, मुलुकले स्वदेशमै रोजगारीको वातावरण सृजना गर्ने तर्पm ध्यान नपु¥याउने हो भने यही अनुमान वास्तविकतामा परिणत नहोला भन्न सकिन्न ।
दिनानुदिन विदेशिन हत्तारिएका नेपाली युवाले स्वदेशमा क्षमता र योग्यता अनुसारको रोजगारी नपाएको एउटा कटु यथार्थ हो भने यस सँगै विदेशिन चाहने युवाहरु मध्ये पनि अधिकांशका लागि राहदानी लिने प्रक्रियामा जुन व्यवधान आइलागेको छ, यो समस्या थप पीडा नै हो । नेपाली युवाहरु राहदानीका लागि आवेदन बुझाउने चरण देखि नै समस्या झेल्न बाध्य छन् । अनाधिकृत रुपमा एम.आर.पी. फारम भराउने तथा आवेदकहरुको फोटो समेत तोकिएको ढाँचा भन्दा बेमेल हुने गरी खिचिने जस्ता कारणले नेपाली युवा निश्चय पनि मारमा परेका छन् । जिल्लाहरुबाट राहदानीका लागि आवेदन गर्दा होस् वा राजधानीकै कुरा किन नगरौँ, नेपाली युवा यस्ता फारम भराउनेहरुबाट ठगिएकै छन् । राज्यले तोकेको भन्दा दोब्बर देखि तेब्बर शुल्क तिरेर भरिएको फारम परराष्ट्र मन्त्रालयबाट त्रुटिपूर्ण भनी फर्काइएका घटनाहरु बग्रेल्ती छन् । तसर्थ, कर्म र भाग्यले ठगिएका नेपाली युवाहरु फारमकै लागि पनि ठगिनुलाई के भन्ने ? यस विषयमा राज्यले बोल्नै पर्दछ । एमआरपी लागू गर्ने राज्यको नीति कार्यान्वयन भएको छ । यसो हुनु अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उचो हुनु हो । तर, विदेशमा नेपाली शिर ठाडिनु अघि मुलुक भित्रै आफ्नै नागरिकले ठगिनु पर्ने परम्पराको अन्त्य हुन जरुरी छ । एमआपी फारमका लागि राज्यबाटै निश्चित मापदण्ड तोकेर फारम भराउने केन्द्रहरुको व्यवस्था गर्न आवश्यक छ । तब मात्र नेपाली युवा ठगिने प्रवृत्तिबाट जोगिने छन् । आफ्ना नागरिकलाई ठगिनबाट जोगाउने दायित्व राज्यको हो । आशा गरौँ राज्य आफ्नो दायित्वबाट पन्छिरहने छैन ।