गजल

आचार्य प्रभा
दशैंको त्यो रम´मलाई मनमा लिई हाँस्दैछु म
परदेशमा भए पनि अतितको याद साँच्दैछु म ।

फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै
यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म ।

घर आँगन सिगार्न सबै उता ब्यस्त होलान्
यहाँ भने ´´ल्कोको दागसम्म माँस्दैछु म ।

गाउँघरमा च्याब्रुङ्मादल घन्किएर बज्दैछन् रे
विदेशमा बिलापको गीत कथी नाँच्दैछु म ।

निधारमा आिशÈको टिका सबले टाँस्दै होलान्
प्रवासमा आसुँ ´ार्दै ´ुटो आिशÈ टाँस्दैछु म ।

  प्रकाश नेपाल
मायाको बो´ थाम्नै गारो भो मरुभूमि मै ढलें म त
तिखो बचनको ज्वाला भित्र ज्यूदै ज्यूदै जलें म त

कति सपना थिए घरजमको बतासमै हराएपिछ
थाम्नु कति थाम्नै गारो भो भिरको गाई ´ै गलें म त

शंका िबÈको घडा भन्छन शंकै पालेर बस्छौ कित
तिम्रो शंकाको अग्नी भित्र ज्यूदै ज्यूदै बलें म त

िबÈ भर्छ दिमागमा मान्छेको मान्छे कै खेदो खन्दछ
लर्खारिदै भौतारिदै एकादेशमा चलें म त

सुनिल दियाली
औँशीको रात थियो जुन माग्छौ तिमी
तिहुनमा नुन छैन सुन माग्छौ तिमी

मलाई छाडी पराई लाई ताक्छौ
बैगुनीको रुप देखाई गुन माग्छौ तिमी

आफ्नो देशको संस्कृति बिसर्िएरै
विदेशीको नक्कली हुन माग्छौ तिमी

पराईलाई मन तन त्यागी
डुब्ली माया देखाई रुन माग्छौ तिमी ।
दमक-१४ क्याम्पस मोड

0 प्रतिकृया:

Post a Comment