खसक्षेत्री आदिवासी ठहर

काठमाडौ, माघ २९/ खस क्षेत्री मुलुककै खास आदिवासी जाति भएको कार्यदलले ठहर गरेको छ । क्षेत्रीहरु आदिवासी जाति हुन् कि होइनन् भनेर अध्ययन गर्न सरकारले बनाएको कार्यदलले खस क्षेत्री मुलुककै खास आदिवासी जाति भएको ठहर गरेको हो ।
राजधानीमा शनिबार पत्रकार सम्मेलन मार्फत् क्षेत्री समाजले क्षेत्रीहरुलाई आदिवासी जातिको सूचिमा सूचिकृत गरी जल जमीन जंगल र जडिबुटीमा अधिकार सुनिश्चित गर्न कार्यदलले तयार पारेको प्रतिवेदन नै मुख्य प्रमाण हुने दाबी गरेको छ । क्षेत्री समाजले खस क्षेत्री खास आदिवासी जाति भएको भन्दै जनसंख्याको आधारमा राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्वको माग गरेको छ ।
प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्रीको संयोजकत्वमा बनाएको कार्यदलले आज प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई प्रतिवेदन बु´ाउँदै छ ।

0 प्रतिकृया:

Post a Comment