हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

देश र जनता कि स्वार्थ र सत्ताको खेल


राजनीतिक रुपमा मुलुक अहिले उति नै जटिल मोडबाट गुजि्ररहेको छ । समग्र मुलुकको सम्वृद्धि र जनताका स्वतन्त्रता अधिकारहरु धेरै लामो समय देखि नै नेपालमा कुण्ठित तिरस्कृत हुँदै आएको कुरा इतिहासले सावित गरी सकेको छ । जहाँ राष्ट्रको उन्नति प्रगति हुनमा र जनताका अधिकारहरु सुनिश्चितता प्रदान गर्न र त्यसलाई वैधानिकता दिँदै लिपिबद्ध गर्न नेपालमा पछिल्लो पटक भएको राजनीतिक परिवर्तनले संविधानसभा मार्पुत उक्त कुरा पूरा गर्ने हेतुले नेपाली जनताले उक्त सभामा आफ्नो मत जाहेर गरे । संविधानसभाको संरचना थपक्क यो देशका शासक वर्गले नेपाली जनताको हातमा राखि दिएका होइनन् । इतिहासको धेरै लामो कालखण्डहरुमा नेपाली जनताले पटक-पटक गरेका युद्ध आन्दोलन विद्रोहको रगत-पसिना त्याग बलिदानको सम्बोधन गर्न सक्न संयोजनकारी अधिकार सम्पन्न प्राप्त भएको थलो हो वर्तमान संविधानसभा । कुनै पनि शासक वर्गको पेवा पनि होइन संविधानसभा । अनि सामन्तवादी संस्कारले ओतप्रोत भएको सर्वोच्च न्यायालयको नामबाट कुनै जनताको नजरमा अविश्वासको घेरा भित्र रहेको आमुक व्यक्तित्वले सत्ता स्वार्थीहरुको फाइदामा आफ्नो पनि फाइदा देखेर यो जनताको रगत पसिना बलिदानीबाट सृजित म्याण्डेड संविधानसभा विघटन गर्ने अधिकार कदापि हुन सक्दैन । जनताले रोपेको बिरुवा जसबाट प्राप्त फल जनताले उपभोग गर्न पाउनु पर्छ । यसो भनिरहँदा राज्य साचालन गर्ने अङ्गहरु आ-आफ्नै प्रकृतिका अवश्य हुन्छन् । जस्तै व्यवस्थापिका कार्यपालिका र न्यायपालिका । तर यी राज्य साचालनका प्रमुख अङ्गहरु प्रत्यक्ष रुपमा नेपाली जनताको अंकुशमा कसरी राख्न सकिन्छ भन्ने सवाल आजको प्रमुख वहसको विषय हो । यो वहसको विषयलाई वर्तमान नेपाली राजनीतिमा कसरी अगाडि बढाउन सकिन्छ कसरी नेपाली जनतालाई अधिकार सम्पन्न र शक्तिशाली बनाउन सकिन्छ भन्ने सवाल तिर होइन । यो वहसलाई कसरी यथास्थितिमा राखेर आफ्नो पाकेको सत्ता र स्वार्थलाई कायम राख्दै फेरि पनि मुलुक र जनतालाई बेवकुफ बनाई आफ्नो हाली मुहाली गर्ने तर्फ र मुलुकलाई पछाडि धकेल्ने तर्पु स्वच्छ वहसलाई बङ्गयाई टिङ्गयाई अस्वस्थ असान्दर्भिक वहसलाई अड्को थापेर एउटा चिन्तन र प्रवृत्ति नेपाली वर्तमान राजनीतिमा कम्मर कसेर लागेको देखिन्छ भने अर्को चिन्तन अग्रगमन क्रान्तिकारी परिवर्तनको लागि अगाडि बढेको देखिन्छ । तर यो चिन्तनमा पनि एकरुपता नभएको आन्तरिक अन्तरसंघर्षमा रुमल्लिएको अवस्थाबाट गुजि्ररहेको देखिन्छ । अहिलेको मूल विषय भनेको यिनै दुई ओटा चिन्तनको बीचबाट मुलुकलाई निकास दिनुपर्ने अनिवार्य शर्त हो । जसले गर्दा नेपाली जनता मध्येको विपन्न सर्वहारा वर्गको सबै खाले मानव अधिकारलाई अधिकार सम्पन्न बनाओस् । त्यही म्यान्डेड पूरा गर्नको लागि आजको संघीयता गणतन्त्र राज्यको पुनसर्ंरचना निर्वाचन प्रणाली शासकीय स्वरुप आदि जस्ता कुरा कस्तो हुनुपर्ने भन्ने प्रमुख वहसको विषय आजको संविधानसभामा प्राप्त म्यान्डेड हो । नेपालको शासन प्रणालीमा आजसम्मको इतिहासमा सकि्रय सामन्तवादी राजतन्त्र जहाँनिया निरङ्कुश राणाशासन संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र संसदीय प्रणाली आदि गरिएका शासन प्रणाली भोगिसक्यौँ । हामीले देखिसक्यौँ कि यस्ता शासन प्रणालीले मुलुक कङ्गाल भएको छ । जुन शासन प्रणालीमा शासन गर्ने शासकलाई जनता र देशको विरुद्धमा शासन गर्ने प्रकि्रयामा औँलो ठड्याउने जनताको प्रत्यक्ष संवैधानिक अंकुश थिएन । त्यसैले पटक-पटक जन्मेका नयाँ-नयाँ शासक वर्गले आफ्नो निहित सत्ता स्वार्थका लागि स्वेच्छाचारी शासनद्वारा देश र जनतालाई कङ्गाल बनाउने काम भयो । संसदीय प्रणाली भन्दा अगाडिका शासन प्रणाली त त्यो शासनको प्रस्तावना नामबाट नै प्रष्ट भएको कुरा हो । जसले देश र जनताको लागि केही गर्न सक्दैन नै थियो । तर बहुदलीय प्रजातन्त्र पछाडि प्रतिस्पर्धा निर्वाचन प्रणालीद्वारा प्रत्याभूत भएको संसदीय प्रणालीले समेत जनता र देशको भलाई हुन नसकेको कुरा कसैको आँखाबाट छिपेको छैन । यो संसदीय प्रणालीद्वारा पनि जनता र देशको पक्षमा काम गर्न नसक्नुमा केही मूल कारणहरु छन् । २०४६ सालको परितर्वन पछाडि जनविरोधी सामन्तवादी राज्यसत्ताका पृष्टपोषक शासकहरु नै उक्त शासन प्रणालीमा प्रवक्ता हुने छुट पाउनु । प्रजातन्त्रका हिमायती राजनीतिक दलका प्रमुख नेतृत्वहरुले नै देश र जनताप्रति जिम्मेवार बन्न नसक्नु । तिनै सामन्तीवादी दलालहरुसँग मुलुक लुटेर बाँडी खाने कुरामा गला जोड्न पुग्नु । जुन कुराले गर्दा २०४७ सालको संविधान संसारकै उत्कृष्ट संविधान भनियो जनतालाई राजनीतिक विश्वासघात गरियो । किनभने त्यो संसदीय प्रणालीले राष्ट्रको सर्वोच्च संवैधानिक कार्यकारी निकाय जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित अनुमोदित हुने व्यवस्था थिएन । राष्ट्र प्रमुख अनुमोदित हुँदा जननिर्वाचित संसद्बाट हुने व्यवस्था थियो । एउटा निर्वाचन क्षेत्रबाट चुनिएको सांसद् सिङ्गो मुलुकको कार्यकारी राष्ट्र प्रमुख हुन पाउँदैन थियो । शासनको पृष्ठभूमि सामन्तवादी संस्कारमै थियो । त्यसैले उक्त संसद्को चिन्तन पनि उही संस्कार भित्र हुने भयो । जहाँ लोभ र पाप त मानिसमा हुन्छ नै । त्यसैको फाइदा उठाएर प्रधानमन्त्री चुन्ने क्रममा उक्त उम्मेद्वारले त्यो संस्कार भित्र आफू माथिल्लो निकायमा जान त अवश्य खोज्छ नै । त्यही खोजाइमा उसलाई संसद्मा बहुमत संख्या आर्जन गर्ने दाउमा रहेका संसद्लाई आफूले बहुमत प्राप्त गर्न सांसद् खरिद बिक्री गर्ने खेल शुरु भयो । यसरी यो संसदीय शासन प्रणालीमा सल्किएको लोभ र पापको आगो कहिल्यै निम्न सकेन झन भन्दा झन सल्किँदै र बढ्दै गयो । त्यो आगो निभाउने दमकल पर्याप्त रुपमा जनतासँग थिएन । त्यसैको संग्रामी रुपबाट उक्त आगो निभाउने बलियो र पर्याप्त दमकल नेपाली जनताको संविधान सभाको संरचना तयार गरेका हुन् । अबका दिनमा यसरी राष्ट्र खरानी बनाउने आगो सल्कन दिनुहुँदैन भन्ने मान्यता संविधानसभाले प्रत्याभूत गर्न सक्नु पर्दछ । यही सवालमा नेपाली राजनीतिको संविधान सभाले निर्माण गरेको संवैधानिक समितिमा राज्यको शासकीय स्वरुप कस्तो हुने भन्न घनिभूत बहस भइरहँदा त्यहकाँ कस्ता निर्णय हुन्छन् ती निर्णय भएका कुराले हाम्रा अधिकारलाई सम्बोधन गर् यो कि गरेन भन्ने कुरा हामी जनताले चनाखो हुनै पर्ने हुन्छ । अब पनि चनाखो भएनौ भने हामी नेपाली अरु १०० वर्ष विश्वको सामु पछि पर्ने छौँ । त्यसैले संघीयताको आधारमा राज्यको पुनस्रंरचना गर्दै राज्यको शासकीय स्वरुप कस्तो हुने हो भन्ने विषय अगाडि छ । यहाँ २ ओटा चिन्तन विचार र सिद्धान्त यो विषयमा बहसको रुपमा केन्द्रीत छन् । हामी नेपाली जनताले पार्टीगत हिसाबले विषय वस्तुको उठानलाई मुल्याङ्कन गर्नु भन्दा पनि समग्र मुलुक र जनताको अधिकारलाई सुनिश्चित गर्न उक्त शासकीय स्वरुपको सिद्धान्तले पूरा गर्न सक्छ या सक्दैन भन्ने कुरा प्रमुख हो । नेपालको भौगोलिक स्थिति र नेपाली राजनीतिको स्थायित्वको लागि जनता आफैले चुनेको कार्यकारी राष्ट्रप्रमुख हुनुपर्दछ । अगाडि उल्लेखित संसदीय पद्धतिबाट जसले कार्यकारी प्रमुख संसद्को बहुमतबाट हुने अस्वस्थ प्रतिस्पर्धाले नेपाली जनताले मुक्ति पाउन सकेनन् । देश पनि कङ्गाल बन्न पुग्यो । जुन कारणले गर्दा व्यवस्थापिका संसद्बाट प्रधानमन्त्री र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सहितको राष्ट्रपति अहिले नेपाली राजनीतिको न्युनतम आवश्यकता हो । अबको जन संविधानमा उक्त कुरा अनिवार्य नेपाली जनताको शर्त हो । नेपाली कांग्रेस यसको पूरै विपक्षमा देखिएको छ । यसैसँग टाँसिएका जनताको म्यान्डेड बोकेको नक्कली जनप्रतिनिधिहरु पनि यही स्वरमा स्वर मिलाउँदै अब पनि नेपाली राजनीतिलाई अस्थिर र अराजक बनाउँदै सधैँभरि देशमा ब्रम्हलुटको सपना बुनिरहेका छन् । तिनीहरु देश र जनताको मुक्ति होइन सत्ता स्वार्थको खेलमा व्यस्त देखिन्छन् । खबरदार ! जनताले बुझेका छन् ।
निधिरत्न अधिकारी

के कारणले हुन्छ खाडी मुलुकमा धेरै नेपालीको मृत्यु

अक्सर पत्रपत्रिकामा समाचार आउँछ केहि भएको थिएन सुतेको सुत्यै मृत्यु भयो विशेÈ गरेर खाडी मुलुकमा । यस्तो मृत्युलाई अकस्मात मृत्यु क्गममभल म्भबतज भनिन्छ । यस्तो घटना जवानहरुमा विशेÈ पाइरहेको छ । जसलाई सबैभन्दा पहिले नै यस्तो मृत्युको मुखमा पुग्नु परिरहेको छ । युवाहरु भरिपूण्र्ँ शक्ति लिएर काम गर्छु भनेर खाडी मुलुकमा स्वस्थ अवस्थामा आएका हुन्छन् तर के थाहा उनीहरु मध्ये कोही यसरी अकालमै मर्नुपर्छ भनेर । लाग्छ खाडी मुलुकमा काम गर्ने अथवा आउने कामदारहरु सबैले अकस्मात मृत्यु क्गममभल म्भबतज सम्बन्धी ज्ञान पाउनु आवश्यक छ ।
अकस्मात मृत्युका मुख्य कारण्ँहरु चाँहि मुटुको रोगहरु नै मानिन्छ । मुटुको मांसपेशीले काम गर्न नसकेर रक्तसाचार हुन नसक्नुलाई मुटु रोकिनु ऋबचमष्बअ ब्चचभकत भनिन्छ भने यस्तो अकस्मात हुन्छ भने अकस्मात मुटु रोकिनु क्गममभल ऋबचमष्बअ ब्चचभकत भनिन्छ र यसरी हुने मृत्युलाई अकस्मात मुटुबाट मृत्यु क्गममभल ऋबचमष्बअ म्भबतज भनिन्छ । ह्दयघात ज्भबचत ब्ततबअप र मुटु रोकिनु ऋबचमष्बअ ब्चचभकत उस्तै लाग्छ तर होइन । ह्दयघात ज्भबचत ब्ततबअप र मुटु रोकिनु ऋबचमष्बअ ब्चचभकत मा के फरक छ भने ह्दयघात मुटु रोकिनुको धेरै कारण्ँ मध्ये एउटा कारण्ँ मात्र हो । शरीरमा राम्ररी रक्तसाचार नभएमा दिमागमा अ_िक्सजन पुग्न नसक्दा बेहोस हुन पुगिन्छ र श्वास पनि रोकिन्छ । यसरी रोकिएको रक्तसाचारमा केही मिनेटमा उपचार पुर् याउन सकेमा बिमारीलाई बचाउन पनि सकिन्छ नत्र भने दिमागको कोÈहरुको नष्ट भएमा बिमारी मरेर जान्छ । जसलाई अकस्मात मुटुबाट मृत्यु क्गममभल ऋबचमष्बअ म्भबतज भनिन्छ । त्यसैले मुटु रोकिनु एउटा मेडिकल आकस्मिक घटना हो र समयमा उपचार पुर् याएमा बिमारीलाई बचाउन पनि सकिन्छ । माथि भने जस्तै अकस्मात मृत्युको मुख्य कारण्ँहरु चाँहि मुटुको रोगहरु नै मानिन्छ । जस्तै मुटुलाई रक्तसाचालन गर्ने नलीमा लाग्ने रोग ऋयचयलबचथ ब्चतभचथ म्ष्कभबकभ जसमा नली साँघुरो हुन गई अथवा थुनिन पुगेमा रक्तसाचालन बन्द हुन्छ र ह्दयघात ज्भबचत ब्ततबअप हुनुपुग्छ । जसमा मुटुको मांशपेसीमा अ_िक्सजन नपुगेर नष्ट हुन पुग्दछन् र धेरै मात्रामा मुटुको मांशपेसी नष्ट भएमा मुटु रोकिन पुग्दछ र मृत्यु हुन पुग्दछ । मुटुमा हुने भल्भहरुको रोग ख्बखिगबिच ज्भबचत म्ष्कभबकभ मा पनि अकस्मात मुटु रोकिन गई मृत्यु हुन सक्दछ । त्यस्तै कतिपय मुटुको रोगहरुमा भित्री बनावट बिगि्रएका हुन्छन् । यी रोगहरु जन्मै देखि लिएर आएका हुन्छन् । जसलाई ऋयलनभलष्तबि ज्भबचत म्ष्कभबक भनिन्छ । यस्ता रोगीहरुलाई मुटुमा धेरै धक्का परेमा जहिले पनि मुटु रोकिन सक्दछ । वंशाण्ँुगत मुटुको रोग जसमा मुटुको मांशपेसी मोटो भएर मुटु ठुलो हुन्छ । जसलाई ऋयलनभलष्तबि ज्भबचत म्ष्कभबक भनिन्छ । यो रोग शारीरिक परिश्रम गर्नेको लागि धेरै खतरा मानिन्छ । हाम्रो मुटु एउटा विद्युतीय उपकरण्ँ भएकाले यसमा अचानक गडबडी आउनाले पनि मुटु रोकिई मृत्यु हुन सक्छ । उच्च रक्तचाप ज्ष्नज द्ययियम एचभककगचभ हुनाले पनि मुटुमा अनेक रोगहरु लागेका हुन्छन् । जस्तै मुटुको आकार बढेर जानु मुटुले राम्ररी रक्तसाचालन गर्न नसक्नु र अन्त्यमा मुटु रोकिन गई अकस्मात मृत्यु हुनु । उच्च रक्तचाप हुनेलाई ह्दयघात पनि प्रशस्त भएको पाइन्छ ।
मुटुको रोग बाहेक अन्य कारण्ँले पनि मुटु रोकिन गई मृत्यु हुन सक्दछ । जस्तो ठुलो चोटपटक लागेर बेहोस भएर प्रशस्त रक्तश्राव द्यभिभमष्लन भएर । चोटपटक सित सम्बन्ध नभएको रक्तश्राव पनि हुन सक्छन् । जस्तो पाचन प्रणुली मार्गमा रक्तश्राव न्बकतचयष्लतभकतष्लबि द्यभिभमष्लन हुनु । यस्तो पेटमा हुने अल्सर रोगबाट हुन सक्दछ । पेटको ग्यास्ट्रिक रोग बिगि्रएर अल्सर हुन्छ । शुरुमै ग्यास्ट्रिक रोगको राम्ररी उपचार गर्नु पर्दछ । उच्च रक्तचापको रोगीलाई दिमागमा रक्तश्राव ऋचबलष्बि ज्बझयचचबनभ हुनसक्छ । त्यसैले उच्च रक्तचापको राम्ररी उपचार गराई राख्नु पर्दछ । यो रोग कहिले पनि निको हुँदैन खालि औÈधी सेवन गरेर खानपिनलाई विचार गरेर मात्र नियन्त्रण्ँ गर्न सकिन्छ । रक्तचाप ल्यचुबि भए पनि औÈधी लिन छोड्नु हुँदैन ।
शरीरमा कुनै पनि कारण्ँले रगतमा ग्लुकोजको मात्रा धेरै कमी हुन गएमा ज्थउयनथिअझष्ब पनि मुटु रोकिई मृत्यु हुन सक्छ । यसबाट बच्न खाना राम्ररी खानु पर्छ । धुम्रपान धेरै गर्नेलाई पनि ह्दयघात भई मुटु रोकिई मृत्यु हुन सक्दछ । धेरै जस्तो युवाहरुमा यस्तो देखिएको छ । कुनैपनि औÈधीको धेरै मात्रामा उपयोग हुन पुगेमा विशेÈ गरेर निद्रा लाग्ने गोलीहरु मादक पदार्थ धेरै पिएमा िवÈालु पदार्थ लिएमा मुटु रोकिन गई मृत्यु हुन सक्दछ । माथि उल्लेखित कारण्ँहरु सबैका लागि हुन सक्छन् तैपनी ३५ वÈ्र मुनिका युवाहरुलाई चाहिँ मुटु रोकिएर मृत्यु हुनुका मुख्य कारण्ँहरु निम्न लिखित हुन सक्दछन् ः-
७३टज्ञछण्ण्स जन्मै देखि लिएर आएको मुटुको आकृति बिग्रने रोग क्तचगअतगचबि ज्भबचत म्भाभअतक ७३टज्ञछण्ण्स७३टज्ञद्धठद्दसमुटुको आकार ठुलो भएर जाने ज्थउभचतचयउजष्अ ऋबचमष्युथयउबतजथ७३टज्ञद्धठद्दस७३टज्ञछण्ण्स उच्च रक्तचाप बापत हुने मुटुका ज्थउभचतभलकष्खभ ज्भबचत म्ष्कभबकभक
यी रोगहरुमा बढी शारीरिक परिश्रमको काम गरेमा मानसिक तनाव अस्वस्थ खानपिन धेरै नुन भएको खाना मादक पदार्थको धेरै उपयोग धेरै बोसो भएका खानाहरु प्रतिकूल वातावरण्ँ आदिले गर्दा मुटुको चाललाई असर पार्दछ र मुटुको चाल धेरै बढ्न पुगी आखिर मुटु रोकिन पुग्छ र शरीरमा रक्तसाचार रोकिन्छ र मृत्यु हुन्छ ।
७३टज्ञछण्ण्स७३टज्ञद्धठद्दसकसैकसैमा जन्म देखि नै मुटुमा रगत पुयाउने नली ऋयचयलबचथ ब्चतभचथ को मुटुमा जोडिने ठाउँमा केहि त्रुटि भएर त्यस्तो ठाउँमा गह्रुङ्गो काम गर्दा थिचिन पुग्दा मुटुमा नै रगत साचालन बन्द भएर मुटुको चाल रोकिई मृत्यु हुन सक्छ ।
७३टज्ञछण्ण्स७३टज्ञद्धठद्दसअर्को वंशाण्ँुगत मुटुकै रोग जस्लाई ीयलन त्तत् क्थलमचयुभ भनिन्छ । जसमा मुटुको गति एकदमै बढेर जान्छ र अन्तमा मुटु रोकिन पुग्छ र मृत्यु हुन्छ । यस्तो अवस्था जवानमा धेरै हुन्छ । ७३टज्ञद्धठद्दस७३टज्ञद्धठद्दस७३टज्ञद्धठद्दस७३टज्ञद्धठद्दस७३टज्ञद्धठद्दस७३टज्ञद्धठद्दस७३टज्ञछण्ण्स७३टज्ञद्धठद्दस जवानहरुमा कहिलेकहिँ जिस्कँदा खेल्दा छातीमा बेस्सरी चोट लागे अकस्मात मृत्यु हुन सक्छ । यसलाई ऋयुयतष्य ऋयचमष्क भनिन्छ । यसले मुटुको विद्युतीय धारलाई बिगार्दछ ।
अकस्मात मृत्यु धेरैजसो मुटुको रोगहरुबाट हुने भएकोले मुख्यतः पहिले हामीले मुटुको नै रÔा कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिनु पर्दछ । जस्तो मुटुको रोगमा असर गर्ने धुम्रपान र मदिरासेवन त्याग्नु स्वस्थ खाना खानु साधारण्ँ हलका व्यायम गर्नु उच्च रक्तचाप तथा मधुमेह भएमा औÈधी सेवन गर्नु बोसो र चिल्लो पदार्थ कम खाएर रगतमा ऋजयभिकतभचयि बढ्न नदिनु बढी शारीरिक परिश्रम नगर्नु यी कुराहरु ध्यान दिएमा मुटुरोगबाट अवश्य पनि बच्न सकिन्छ ।
माथि उल्लेखित रोगहरु भएको मानिसमा उक्त रोगहरु समयमै थाहा नहुन पनि सक्दछन् । यी रोगहरु कामको वातावरण्ँ नराम्रो भएमा खानेकुरा स्वस्थ नभएमा हावापानी तथा वातावरण्ँ परिवर्तन भएको खण्डमा एकाएक लÔण्ँहरु देखिन सक्दछ र नराम्रो रुप पनि लिन सक्दछ । त्यसैले जो कोही पनि विशेÈगरी खाडीमुलुकमा काम गर्न मजदुर देखि सबैले आफ्नो देशमा एक पटक मुटुको परीÔण्ँ मुटुरोग विशेÈज्ञ चिकित्सकद्वारा परीÔण्ँ गराएर आउनु एकदमै राम्रो हो । मुटुको परीÔण्ँ गराएर आउनु एकदमै राम्रो हो । मुटुको परीÔण्ँ गराउँदा इ।सि।जी। गराउनु पर्दछ । जसबाट मुटुको विद्युतीय कि्रयाकलापको जाँच गरिन्छ भने मुटुको आकृति र अन्य कामहरु अध्ययन गरिन्छ । त्यसैगरी उच्चरक्तचाप भए नभएको राम्ररी जाँच गराउनु पर्दछ । यसको लागि एकचोटी रक्तचाप नापेर पुग्दैन । कमसेकम केहिदिन जाँचेर टुङ्गो लगाउनु पर्दछ । कोही व्यक्तिको परिवारमा अकस्मात कसैको मृत्यु भएको भए उसलाई अ´ धेरै सतर्क हुन आवश्यक छ किनकि यो वंशाण्ँुगत हुन्छ । अब विदेश आउँदा छातीको एक्स-रे रगत पिसाबको मात्र जाँच गरेर पुग्दैन । सबैले एकपटक मुटुको परीÔण्ँ र रक्तचाप जाँच्नु एकदमै जरुरी छ । त्यसैले मुटु बचाउँ र अकस्मात मृत्युबाट बचौं ।
डा। शाक्य कतारको अलखोर सिटीमा अवस्थित लाइफ लाइन मेडिकल सेन्टरमा कार्यरत हुनुहुन्छ । 
डा. नरेन्द्रकुमार शाक्य 

भोलि पश्चाताप नहोस्

बारम्बारको जङ्गली हात्ती आतङ्कले झापाली जनजीवन आक्रान्त बन्दै आएको छ । एक हप्ताको दौरानमा झापा जिल्लाको पृथ्वीनगर र मोरङको पथरीमा गरी चार जनाको हात्ती आक्रमणकै कारण मृत्यु भइसकेको छ । वर्षेनी चुरे वनक्षेत्र दक्षिणका जङ्गलहरुमा भारतीय हात्तीका बथान भित्रने र आसपासका गाउँघर र जनतालाई हात्तीले दुःख दिँदै आएको घटना झापा जिल्लाका लागि नौलो र अनौठो पक्कै छैन । झापाका हकमा ३० वर्षको अवधिमा हात्ती आक्रमणकै कारण ४० बढी मारिएका छन् । उसो त हात्ती आक्रमण नियन्त्रणकै लागि केही दशक अघि देखि झापामा विभिन्न कार्यक्रमहरु भएका छन् । हात्ती धपाउन टुन निर्माण सुरुङबार निर्माण देखि इलेक्ट्रिक फे_िन्सङ जस्ता कार्य गर्दा एक करोड बढी खर्च भइसकेको छ । जिल्लाका बहुनडाँगी बुधबारे शान्तिनगर खुदुनाबारी अर्जुनधारा घैलाडुब्बा पृथ्वीनगर दुवागढी लगायतका गाविसहरुमा हात्ती आतङ्क बढी मच्चिने गरेको छ भने सतासीधाम लखनपुर र दमक नगरपालिकाको उत्तरी क्षेत्रमा हात्ती आक्रमण वर्षेनी बढ्दो छ। तथापि हात्ती नियन्त्रणका यी उपायहरु दिनानुदिन निस्प्रभावी बन्दै जाँदा यो जिल्लावासीका लागि चुनौती र समस्या दुवै बन्दै गएको छ ।
अहिले झापा जिल्लाका बाहुनडाँगी देखि दमक नगरपालिका सम्मका मुख्य गरी पूर्व-पश्चिम राजमार्ग उत्तरका क्षेत्र हात्ती आक्रमण र बितण्डाका कारण खतरा बन्दै गएको छ । पछिल्लो ६ महिना यता भएका हात्ती आक्रमणका घटनाले झापामा मात्रै ८ बढीको ज्यान गएको छ । भुटानी शरणार्थी शिविर बेलडाँगीमा विगतका वर्षहरुमा हात्ती आक्रमण कै कारण दुई जना शरणार्थी समेतले ज्यान गुमाई सकेका छन् । भर्खरै झापाको लखनपुर-१ स्थित रतुवा माई वृक्षारोपण आयोजनाको वन क्षेत्र नजिक एकै परिवारका तीन जना माथि हात्तीले आक्रमण गर् यो । हाल उनीहरु उपचार पछि घर फर्किएका छन् ।
हात्तीको बिगबिगी र वितण्डा दिनानुदिन बढ्दै गएको छ । तर हात्ती नियन्णका लागि विश्वमै प्रभावकारी मानिएको ँइलेक्ट्रिक फे_िन्सङ’ कार्यले पनि झापा जिल्लामा काम गर्न नसक्दा जोखिम र हात्तीको त्रास अझ बढेको छ । केही दिन अघि झापाको बिर्तामोडमा दिनदहाडै राजमार्गमा हात्ती हिँडेको दृष्य आश्चार्य अनि रमिता दुवै बनेको थियो। तर पनि अहिले सुरक्षा निकायसँग हात्ती नियन्त्रणका लागि प्रभावकारी कुनै उपाय नबचेको यथार्थ आलोच्य र वास्तविकता बनेको छ । हात्तीले घर भत्काउँदै हिड्ने बालिनाली नष्ट गर्ने मान्छॆ मार्ने लगायतका वितण्डा मच्चाइरहेको घटनाको तथ्याङ्क बटुल्ने हात्ती गाउँ पसेको खबर थाहा पाए पछि घटना स्थलमा पुगेको हाटहुटे काइदाले हात्ती धपाउने भन्दा बढी कार्य गर्नु प्रशासनको पनि खैर चल्दैन । किनकि हात्ती मार्ने कार्यलाई जायज भन्न मिल्दैन एकतिर भने अर्कातिर जङ्गली हात्तीलाई सदाइएका हात्तीहरुलाई जस्तो हात्तीसारमा बाँधेर नियन्त्रणमा पनि राख्न सकिन्न । अर्को कुरो दिनदिनै वनक्षेत्र उजाडिने र क्रमशः बस्ती विकास हुँदै जानाले हात्तीका चरन घुमफिर क्षेत्र र प्रजनन क्षेत्रहरु पनि सीमित हुँदै जाँदा हात्तीका बथान मानिसका गाउँबस्ती छिर्न थालेका छन् ।
क्रमशः बढ्दै गएको हात्ती वितण्डा झापा जिल्लाका लागि प्रमुख समस्याका रुपमा विकसित हुने खतरालाई कम आँक्नु मिल्दैन । तसर्थ राज्यका तहबाट अहिले नै यो समस्या उपर गम्भीर समाधानका उपाय अवलम्बन गर्न जरुरी छ । अन्यथा भोलि पश्चाताप गर्नु बाहेक अरु केही बाँकी नरहन सक्छ ।

झापामा पनि कृषि गणना शुरु

भद्रपुर ÷कृिÈसम्बन्धी योजनामा सघाउ पुर् याउने उद्धेश्यले तथ्याङक विभाग र राष्ट्रिय योजना आयोगद्वारा राष्ट्रव्यापीरुपमा सुरु गरिएको छैटौ तथ्याङक सङकलनको ´ापामा पनि तयारी भइरहेको छ ।
सो कार्यका लागि केन्द्रबाट खटिआएका कृिÈ गण्ँना अधिकृत महेशचन्द्र प्रधानले ´ापाका ४७ गाविस र तीन नगरपालिकाका लागि सुपरीवेÔक सात र गण्ँक २७ जनालाई खटाइने जानकारी दिए । । आगामी माघ १ गतेदेखि सुरु हुने कृिÈ तथ्याङक सङकलन कार्यमा जग्गा जग्गाको आकार जग्गाको खेतीमा उपभोग बाली लगाउने Ôेत्र कृिÈ सामग्रीको प्रयोग िसंचाइको स्थिति जनशक्ति सहायक कृिÈ कार्यक्रम कृिÈ ऋण्ँ र खेतीबाट खाद्यान्न पुगेको र नपुगको समेत तथ्याङक सङकलन गरिने छ ।
साथै पशुपÔीको सङख्या र कृिÈ औजार समेत गण्ँनामा समेटिने उनले जानकारी दिए । तथ्याङक सङकलन कार्य तीन महिनामा सम्पन्न गरिने लक्ष्य छ ।

जातीय राज्य अस्वीकार्य

दमक÷ युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश वस्नेतले जातिय राज्य कुनैपनि हालतमा आफूहरुलाई स्विकार्य नहुने वताएका छन् ।
मंगलबार संगठनको पाँचौ जिल्ला सम्मेलनलाई पाँचथरको फिदिममा सम्वोधन गर्दै उनले त्यस्तो बताएका हुन् । अध्यक्ष वस्नेतले नेकपा एमाले र युवा संघ नेपाल शान्ति र संविधानका निमित्त सदैव कि्रयाशिल रहेको उल्लेख गरे । सम्मेलन शुरु हुनुअघि युवा संघको र् यालीले फिदिम बजार परिक्रमा गरेको थियो ।
यसैबीच आगामी पौष २९ देखि झापाको विर्तामोडमा हुने युवा संघको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तिब्र बनाइएको छ । संगठनका जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं। ७ का अध्यक्ष शम्भु भण्डारीले तयारी स्वरुप पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा देखि उर्लाबारीसम्म ठाउँ-ठाउँमा स्वागतद्वार निर्माण गरिएको जानकारी दिए । प्रचार अभियान अन्तर्गत आज मोटरसाइकल र् याली समेत निकालिने जनाइएको छ ।

वनको अवलोकन भ्रमण

वेलडाँगी÷ दमकस्थित हंसेदुम्से सामुदायिक वन उपभोक्ताहरुको एक टोलीले देशका विभिन्न भागमा रहेका वन सम्पदा र विशेष क्षेत्रहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
पाँच दिन अघि निस्किएको टोलीले बाँकेको कोहलपुर घोडाघोडास्थित तालतलैया सामुदायिक वन सीमसार क्षेत्र शुक्लाफाट वन्यजन्तु आरक्षण काचनपुर टनकपुर बाँध महाकाली नदीमा निर्मित दक्षिण एशियाकै दोस्रो लामो पुल रुपन्देहीका विभिन्न बाल उद्धान तथा पर्यटकीय क्षेत्रहरु हेटौडाको शहिद स्मारक चितवनको देवघाट धार्मिक वन लगायतको अध्ययन अवलोकन भ्रमण गरेको हो ।
भ्रमण टोलीका व्यवस्थापन संयोजक वद्री विक्रम बस्नेतका अनुसार टोलीमा २० महिला सदस्य सहित ८५ जना वन उपभोक्ताका प्रतिनिधिहरु सहभागी थिए । टोलीमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्रिसंह निरौला जिल्ला वन कार्यालय झापाका कुलप्रसाद निरौला लगायत सहभागी थिए ।
हंसेदुम्से सामुदायिक वन उपभोक्ता समितिका संस्थापक उपाध्यक्ष गणेश चाम्लीङ राईले भ्रमणका लागि संस्थाको आ।व।२०६८÷०६९ को कुल ७२ लाख वजेट मध्ये डेढ लाख रुपैयाँ खर्च भएको र अपुग रकम सहभागीहरुले नै व्यहोरेका जनाएका छन् । सो टोली मंगलबार साँझ फर्किएको हो ।

हतियार प्रहारबाट दुई घाइते

त्यसैगरी धारीलो हतियार प्रहारबाट दमक र चुलाचुलीमा २ जना घाईते भएका छन् ।
दमक १ मा मंंगलबार साँझ एक व्यक्ति खुकुरी प्रहारबाट गम्भिर घाईते भएका हुन् । सोहि ठाउँका ४५ वर्षीय बीरबहादुर तामाङ्ले स्थानीय २३ वर्षीय कमल घिमिरे माथि खुकुरी प्रहार गरेका हुन् । अनुहारमा गम्भिर चोट लागेका उनको दमकमा उपचार हुन नसकी धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । खुकरी प्रहार गर्ने तामाङ्लाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
यसैगरी चुलाचुली-६ का तिलक मगर समेत छुरा प्रहारबाट घाईते भएका छन् । उनलाई सोहि ठाँउका ४० वर्षीय सुरेश मगरले छुरा प्रहार गरेको प्रहरी चौकी चुलाचुलीले जनाएको छ । सोमबार छुरा प्रहार गर्ने सुरेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कांग्रेसको कार्यालय उद्घाटन

दुधे÷ नेपाली कांग्रेस सतासीधाम-७ को वडा समितिको कार्यालय उद्घाटन गरिएको छ ।
मंगलबार दुधेमा पार्टी केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं। ५ का सभाषद् केशवकुमार बुढाथोकीले सो कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा नेता बुढाथोकीले स्थानीय विकास निर्माणका योजनाहरु सम्पन्न गर्न केन्द्र तथा जिल्लास्तरबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सभाषद् उषा गुरुङले माओवादीकै कारण शान्ति र संविधान निर्माणको प्रकि्रया अवरुद्ध भएको आरोप लगाईन् । उनले जेठ १४ भित्रमा संविधान सभाबाट नयाँ संविधान जारी हुन नसके नेपाली कांग्रेसले लोकतान्त्रिक संविधानको नमुना लिएर कार्यकर्ता तथा जनतामाझ आउने बताईन् ।
कार्यक्रममा सभाषद् अमृतलाल राजवंशी नेपाली कांग्रेस झापाका उप सभापति देउमान थेवे महासमिति सदस्य सूर्यनारायण ताजपुरिया आदिवासी जनजाति जिल्ला समन्वय समिति झापाका पूर्व उपाध्यक्ष रतन थिङलावो पार्टीका क्षेत्रीय सभापति जयनारायण शाह गाउँ सभापति पर्शुराम ढुङ्गाना चन्द्रमणी नेपाल लक्की गणेश टंक विक शिवकुमार योङ्या मनमाया आङ्देम्बे लगायतले बोलेका थिए ।
पार्टीका वडा समिति सभापति प्रेमप्रसाद दुलालको सभापतित्वमा भएको सो कार्यक्रममा उपसभापति सन्तोष लाओतीले स्वागत मन्तव्य राखेका थिए भने साचालन वेदनिधि अधिकारी र दिलकुमार लिम्बुले गरेका थिए ।

बस पल्टिँदा ६ घाइते

केर्खा÷ पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछीमा मंगलबार साँझ यात्रुबाहक बस पल्टिएको छ । दुर्घटनामा ६ जना घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे।१ ख १३६२ नम्बरको बस अनियन्त्रित भएर सडक बिचमा पल्टिएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा झापाको धुलावारीकी २४ वर्षिय सर्मिला कार्की तथा उनकी १४ महिनाकी छोरी सदिक्षा र झापा गरामनी-३ की ३० वर्षिया बिमला सुवेदी खजुरगाछी-८ की हिरादेवी सुवेदी बाहुनडाँगी-५ की हिरादेवी भट्टराई तथा क्षितिज भट्टराई रहेका ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनीहरुको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको र उनीहरु मध्ये यो समाचार तयार पार्दा सम्म ३ जना घर फर्किएका जनाएको छ ।
यस्तै मंगलबार साँझ दमक-१२ को पशुहाट डाँडामा भएको सवारी दुर्घटनामा एक बालिका घाईते भएकी छिन् । पश्चिम जाँदै गरेको मे १ प ९२२७ नम्बरको मोटरसाईकलले लखनपुर-१ की १४ वर्षिया श्रीजना राई लाई ठोक्काएको हो । उनको स्थानीय अस्पतालमा उपचार हुन नसके पछि बिराटनगर स्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

मकर मेला तयारी बन्द हड्ताल नगर्न आग्रह

सुरुङ्गा÷ झापाको कन्काईधाममा वर्षेनी माघे सक्रान्तिका अवसरमा लाग्ने मकर मेलाको तयारी शुरु भएको छ । मेलाको अवधिमा कुनै पनि बन्द हड्ताल नगर्न समेत स्थानीय अगुवाहरुले आग्रह गरेका छन् ।
सांस्कृतीक महत्वको मकर मेलामा बिभिन्न देशका समेत भक्तजनहरु आउने भएकाले यसलाई समस्यामा नपार्न उनीहरुको आग्रह छ । सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष टीकाकुमार पोखरेलले नेपालका बिभिन्न जिल्ला तथा भारत र भुटानका समेत भक्तजना आउने मकर मेलालाई सहज रुपमा मनाउने अवसर प्रदान गरिनु पर्ने बताए । यस्तै झापा उद्योग वाणिज्य संघ सुरुङ्गाका अध्यक्ष युवाराज संग्रौलाले मकर मेलाले सांस्कृती महत्व राखे पनि यसमा लाँखौको व्यवसायीक गतिविधी हुने गरेको बताए ।
कन्काई पुलको वारी र पारि लाग्ने मेलाका लागि ३ लाख रुपैयाँमा ठेक्का समेत लागि सकेको छ । पूर्व पट्टि लाग्ने मेलाका लागि सुरुङ्गा गाविसले १ लाख ५१ हजार रुपैयाँमा ठेक्का लगाएको छ । गाविस सचिव तुलसीप्रसाद भण्डारीका अनुसार एकमुष्ट भुक्तानीमा सो ठेक्का लगाईएको हो । कन्काई पुल पश्चिम पट्टिको मेलाका लागि समेत सतासीधाम गाविसले समेत डेढ लाख रुपैयाँमा ठेक्का लगाएको छ । गाविस सचिव छत्रबाबु ओझाले मेला साचालनका लागि अग्रीम भुक्तानीमा ठेक्का लगाईएको जानकारी दिए ।
पुष-२८ गते देखि कन्काईमाईमा ५ दिने मकर मेला लाग्दै आएको छ । मेलामा पूर्वी नेपालका ताप्लेजुङ् पाँचथर ईलाम झापा मोरङ् सुनसरी धनकुटा लगायत भारत र भुटानका गरि करिव ३ लाख भक्तजन आउने अपेक्षा गरिएको छ । यसै बिच मेलालाई व्यवस्थित बनाउने बिषयमा मंगलबार सर्वपक्षिय भेला सुरुङ्गामा सम्पन्न भएको छ । सुरुङ्गा प्रहरी चौकीमा भएको छलफलमा ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक छविरमण भट्टराईले मेला अवधि भरि सुरक्षा व्यवस्था बलियो पार्न समाजका सवै क्षेत्रको सहयोगको खाँचो रहकेा बताए । छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका नायब निरीक्षक राकेश पोद्धार चौकी ईन्चार्ज बबिन्द्र नेम्वाङ् सुरुङ्गा जेसिजका अध्यक्ष एलपी उप्रेती वाणिज्य संघको पूर्व अध्यक्ष रुद्रप्रसाद चिमरीया बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष बालकृष्ण मैनाली एनेकपा माओवादीका पुण्य ओझा नेपाली कांग्रसेसका नेत्रप्रसाद चिमरीया नेकपा एमालेका गोविन्द पौडेल मधेषी जनाधिकार फोरमका राजदेव शाहा लगायतले धारणा राखेका थिए ।

नेपाली बस्तीमा एसएसबीको ज्यादती

इनरुवा÷ भारतीय सिमा सुरÔा वल एसएसबी का जवानहरुले नेपाली गाउँमा प्रवेश गरी गाउँलेहरुलाई कुटपीट गरेका छन् । एसएसवीले घर घरबाट गाउँलेलाई निकालेर कुट्दा ९ जना घाइते भएका छन् ।
सोमबार मध्यराति भारतीय सीमासंग जोडिएको सुनसरीको घुस्कीका बासिन्दालाई हतियारधारी एसएसबीले कुटपिट गरेको हो । करिव २० जनाको समूहमा आएका एसएसबीले महिला पुरुÈ केही नहेरी कुटपिट गरे । घाइते मध्ये तीन महिला समेत छन् । घाइतेहरुको हात खुट्टा मुख र छातिमा गम्भीर चोट लागेको छ ।
राति १२ वजे अचानक एसएबीहरु घर-घरमा प्रवेश गरी कुटपटि गर्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग चलेको थियो । एसएसबीको कुटाइवाट घुस्की ५ का २७ वर्षीय समिम मियाँ निजकी श्रीमती २२ वर्षीय रविना खातुन छोरी ३ वर्षीया प्रविना खातुन सोही ठाउँका २२ वर्षीय अजमुल मियाँ ६६ वर्षीय कलमुद्धिन मियाँ वडा नं। ६ का ३५ वर्षीय हसिना खातुन ६० वर्षीय ऐजुब मियाँ २८ वर्षी नसमुदिन मियाँ र २२ वर्षीय जिवराईल मिया घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सोमबार मध्य राती १२ बजे भारतीय सीमास्थित घुर्ना बजारमा भारतीय नागरिकहरु बीच झगडा भएपछि केही भारतीयहरु नेपाल तर्फ आई बसेको आशंकामा एसएसबीले नेपाली बस्तीका घर-घरमा छापा मार्दा सो घट्ना भएको प्रहरीले जनाएको छ । भारतीय सीमा सुरक्षा बलका इन्स्पेक्टर बकेन्द्र िसंहलाई उद्धृत गर्दै नेपाल प्रहरीले जनाए अनुसार सो ईलाकाबाट अवैध रुपमा आलु दाल चामल चिनी लगायतका बस्तुहरु नेपाल भित्राउने गतिविधि राक लगाउने क्रममा सो घट्ना भएको हो ।
घट्नाका घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जनाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र घट्नाबारे विस्तृत जानकारी लिन प्रहरीचौकी घुस्कीहाटबाट नेपाल प्रहरीको टोली घट्ना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसअघि समेत सो क्षेत्रमा विभिन्न वहानामा भारतीय सुरक्षाकमीहरु नेपालप्रवेश गरि कुटपिट गर्नुका साथै आतंकीत बनाउँदै आएका थिए ।
दैनिक उपभोग्य सामाग्री तथा मल विउ आदि सो बाटो हुँदै नेपाल तर्फ ल्याउने व्यापारी तथा सर्वसाधारणहरुले एसएसबीलाई नजराना नबुझाउँदा उनीहरुले कुटपिट गर्ने गरेका स्थानीयबासीको भनाई छ ।