हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

मलेशियामा मृत्यु

१३ कातिक
केर्खा÷ मलेशिया गएका झापाको तोपगाछीका एक युवाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
डेढ वर्ष अघि मलेशिया गएका तोपगाछी-७ का हुकुमिसंह अधिकारीको त्यहाँ सवारी दुर्घटनामा परि मृत्यु भएको परिवारले जनाएको छ । मलिविन ईन्डष्ट्रिजमा रोजगारीका लागि गएका अधिकारीको मालवाहक ट्रक पल्टिँदा आईतबार उनको मृत्यु भएको मृत्ाका दाजु सन्तोष अधिकारीलाई उधृत गर्दै स्थानीय सहयोग उमानाथ भण्डारीले जनाएका छन् ।

मुष्ठिदानबाट सामुदायिक भवन

१३ कातिक
महाभारा÷ मुष्ठि दानबाट संकन गरेको रकमले झापाको महाभारा-८ मा सामुदायिक सुरक्षित आवास भवन निर्माण गरिएको छ ।
स्थानियबासीहरुको अगुवाईमा ३ लाख रुपैयाँ भन्दा बढिको लागतमा सो भवन बनाईएको हो । प्रकोप जोखिम न्युनिकरण ईकाई समितिको सायोजनमा निर्मित सो सामुदायिक भवनका लागि मुष्ठि दानबाट मात्र २ लाख रुपैयाँ सहयोग प्राप्त भएको समितिका सचिब गंगाप्रसाद ढु¨ानाले बताए । भवन निर्माणका लागि साना किसान कृषी सहकारी संस्था महाभाराले ४० हजार र गाविसले २५ हजार रुपैयाँ उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटीले गठन गरेको समितिले सो भवन निर्माण गरेको हो ।
सो भवनमा बिभिन्न दैवी प्रकोपमा परेकाहरुलाई अस्थाई बसोबास गराईने समितिका अध्यक्ष सुर्यबहादुर थापाले जानकारी दिए । रेडक्रस झापाले तयार पारेको कटान ग्रस्त क्षेत्रको सुचीमा सो गाविस समेत परेको छ ।

खोलाले बगाएर आमा-छोराको मृत्यु

३ कातिक
सतासीधाम÷ खोलाले बगाएर झापाको गौरादहका आमा छोराको मृत्यु भएको छ ।
सतासीधाम-८ स्थित कन्काई नदी तर्ने क्रममा गौरादह- १ की अन्दाजी ३० वर्षिया दीपा ढकाल र उनका ७ वर्षिय छोरा दिपेशको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
आमाले पिठ्युमा सलले बेरेर छोरा सहित नदी तार्ने क्रममा उनिहरु दुवै जनाकेा मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मेघराज अधिकरीले बताए । आईतबार बिहान साढे ७ बजे तिर शव देखे पछि प्रहरीलाई खवर गरिएको थियो । मृतक ढकाल लखनपुर-४ को हिमाली बोर्डिङ् स्कुलकी कर्मचारी र छोरा सोहि बोडिङ्का कक्षा १ मा अध्ययनरत रहेकेा जनाईएको छ ।

विभिन्न भाकामा खेलियो द्यौसी भैली

दमक÷ झापा महाभाराका किसानहरुले यस वर्षको तिहारमा धानको मुल्य खोज्दै द्यौसी खेलेका छन् । उनिहरुले समयमामानैं मल तथा किटनाशक औषधी नपाएको गुनासो पनि पोखे द्यौसीका भाकामा ।
वडा नम्बर-४ का किसानहरुको अगुवाईमा भएको द्यौसीमा फणिन्द अधिकारीले ुधान फल्योु-ुमुल्य छैनु भन्दा दुई दर्जन भन्दा बढि अरु किसानले द्यौसीरे भनेर साथ दिएका थिए । ुआखिरी किसानको मर्का सुन्ने को छ र द्यौसीका माध्यमबाट आफु-आफु सुनौ भनेर पनि आफ्नै समस्या भट्याएर द्यौसी खेलेका हौं - उनले भने ।
यस्तै सोहि गाविस वडा नम्बर- ५ का लिम्बू समुदायले च्याभ्रुङ्को भाकामा द्यौसी खेलेका छन् । स्थानीय शिक्षक प्रदिप योङ्याले संस्कृती संरक्षण र परम्परातगत बाजाको जगेर्नाका लागि द्यौसीमा च्याभ्रुङ् सहित द्यौसी खेलिएको बताए ।
ताजपुरीया समुदायले भने आफ्नै परम्परागत नृत्य सहित द्यौसी खेलेकेा छ । ताजपुरीया समाज कल्याण परिषदका अध्यक्ष नित्यानन्द ताजपुरीयाका अनुसार लखनपुर पाँचगाछी लगायतका ताजपुरीयाको बाहुल्यता रहेको क्षेत्रमा परम्परागत गीत र नृत्य सहित द्यौसी खेलिएको छ ।
लखनफर-४ को मोती युवा परिवारले बिभिन्न सांस्कृतीक नृत्यहरु सहित द्यौसी खेलेकेा छ । लखनपुर-८ को एभरग्रीन बोर्डिङ् स्कुलको जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुले भने द्यौसीरे नभनिकनै द्यौसी खेलेका छन् । उनिहरुले द्यौसीरेकेा सट्टा राजनीतिक दलहरुलाई दवाव दिँदै ुशान्ति देऊ तथा ुसंविधान देऊ भनेर द्यौसी खेलेको हो । सो टोलीले झाडापखाला लाग्दा नुनचिनी पानी खुवाउने सल्लाह पनि द्यौसीकै माध्यमबाट दिएको थियेा । दमकका बिभिन्न साचार माध्यम तथा गौरादह र लखनपुरका बिभिन्न स्थानमा यस प्रकारको द्यौसी खेलिएको शिक्षक दिपक सुवेदीे बताए ।
दमकको एभरेष्ट मल्टिटेक्निक ईन्ष्टिच्युटले समेत असाहाय तथा गरीव विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा सहयोग पुर् याउने उद्देश्यये द्यौसी खेलेकेा छ । द्यौसीबाट संकलित रकम गरिब तथा असहाय विद्यार्थीहरुलाई प्राविधिक शिक्षा प्रदान गर्नमा खर्च गरिने ईन्ष्टिच्युटका प्रवन्ध निर्देशक बिज्ञान भट्टराईले बताए ।
लखनपुरको सगुन युवा क्लबले समेत बिभिन्न सांस्कृती नृत्य तथा भाका सहित द्यौसी खेलेको छ । क्लबले गरेको द्यौसी कार्यक्रमको शानिवार मंगलबारे बजारमा समापन गरेको छ । क्लबका कार्यबाहक अध्यक्ष राजु राईको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य प्रतियोगी समेत सम्पन्न गरियो । प्रतियोगीतामा सबु ताजपूरिया प्रथम सुम्निमा श्रेष्ठ र मेलिना लिम्बु द्वितिय र किरण खरेल तृतिय भए । उनीहरुलाई क्रमश २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो । सामाजिक अगुवा दिलिप राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष हुकुमिसंह राई क्लबकै गणेश आङदेम्बेलगायतले बोलेका थिए । सगुन साँझ नाम दिइएको सो कार्यक्रमको साचालन कोषाध्यक्ष विरेन्द्र तिवारीले गरेका थिए । माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदले समेत बिभिन्न जिल्लामा सांस्कृतीक रुपमा द्यौसी-भैली खेलेकेा संघिय लिम्बूवान पत्रकार परिषदका अध्यक्ष दिलकुमार लावतीले बताए ।
यसैबिच नेत्रहिन बिद्यार्थीहरुको छात्रबृत्रीको अक्षयकोष स्थापना गर्नको लागि सामुहिक द्यौसी भैलो कार्यक्रम गरिएको छ । नेपाल अपाङ मानब अधिकारबाद संघ दमक र नेपाल आदिबासी जनजाति नेत्रहिन संघ झापाको संयुक्त आयोजनामा झापा र मोरङमा सामुहिक देउसी भौलो कार्यक्रम गरिएको हो । अपा¨ तथा नेत्रहिन विद्यार्थीहरुको शैक्षिक सहायता संकलनको उद्देश्यले देउसी खेलिएको थियेा ।
यसै गरि समयमै देशमा राम्रो संबिधान बनाउन खबरदारीसहित मोरङको उर्लाबारीका साहित्यकारहरुले सामुहिक द्यौसी भौलो कार्यक्रम गरेका छन् । दलहरु संबिधान निर्माणमा केन्द्रित नभईरहेको अबस्थामा साहित्यकारहरुले द्यौसी भौलो मार्फत दबाब दिएका हुन् ।
साहित्यकारहरुको अगुवाईमा भएको सो द्यौसी भौलो कार्यक्रममा साहित्यकार मिश्र बैजन्ति युवराज पौडेल कृष्णउदासी रमेश भट्टराई लगायत सहभागी थिए । उनिहरुले देउसी मार्फत दलहरुको बुद्धी सपि्रयोस देशमा राम्रो संबिधान बनोस् लगायत कामना गरिेका थिए । सो टोलीे २ दर्जन भन्दा बढीले बिभिन्न बाजागाजासहित द्यौसी भौलो खेलेको उर्लाबारी गजल माचका अध्यक्ष कृष्णउदासीले बताए । कार्यक्रममा बरिष्ठ निबन्धकार युवराज नयाँघरे बरिष्ठ गितकार युवराज पौडेल कबि यज्ञ परिश्रमी धनजीत पराजुली बलराम कार्की प्रेम भट्टराई निर्मल बिकल राई लगायतको समेत सहभागिता रहेको थियो ।

 

छैठ पर्व मनाइयो

दमक/ मिथिलााचलको मूख्य पर्व छैठ आज चतुर्थीका दिनदेखि मुख्य विधि सुरु हुँदैछ ।
सत्य अिहंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेÈता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकँुडा वस्तुजातको बन्दोवस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । 

पहिलो दिन चतुर्थीका दिनलाई ुअरवा-अरबाइनु वा नहान खान भत्रे गरिएको छ । ब्रतालुले भोजनमा माछामासु लसुन प्याज कोदो मसुर वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्न थाल्छन् ।
पाचमी तिथि दोश्रो दिनलाई खरना पापको Ôय भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको ´ाेलले भूमि सुशोभित गरेर ब्रतालुले यो दिन दिनभरि निर्जला ब्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस खीर गरी सोही प्रदान ग्रहण्ँ गर्छन् । यस दिनपछि ब्रतालुले पूण्र्ँ ब्रत लिनुपर्दछ ।
Èष्ठीका दिन तेश्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान-पिसान गरी सोबाट निस्केको पिठोबाट विभित्र गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अत्रबाहेक फलफूल ठकुआ भुरुवा खजुरी पेरुकिया तथा मुला जागर बेसारको गाँठो ज्यामिर नरिवल सुन्तला केरा नाङगलो कोनिया सरबा ढाकन माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूण्र्ँ सदस्य विभित्र भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्दछन् ।

हुक्का हुक्की मनाइयो

दमक/  पूर्वका आदिवासीहरुले पितृहरुको सम्मानका लागि मनाईने हुक्का हुक्कि पर्व मनाएका छन् । 
प्रत्येक वर्ष लक्ष्मीपूजाको साँझ पूर्खाहरुलाई सुण्ठिसनपाटको डाँठ मा आगो लगाई दादा-दादी हुक्का ले भन्दै आकाश तिर हुर्याएर यो पर्व मनाईन्छ । खास गरि राजबंशी ताजपुरीया कोच लगायतका समुदायले हर्षोल्लास पूर्वक यो पर्व मनाउने चलन रहेको छ ।

मलेशियामा तीन नेपाली महिलाको मृत्यु

क्वालालम्पुर/  नेपालबाट मलेशियाको टप ग्लोव कम्पनीमा काम गर्न आएका तीन जना नेपाली महिलाको मृत्यु भएको छ ।
यहाँ आएका १९ जना नेपाली कामदारहरुलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्पनीमा लैजाने क्रममा सडक दुर्घटनामा परि उनीहरुको घटनास्थलमै मृत्यू भएको हो ।
दूर्घटनामा परी मृत्यू हुनेहरुमा झापा स्थायी वसोवास भएकी नेपाली राहदानी नं। ०५४७२२७१ वाहक कमला देवी गुरागाईं सिन्धुपाल्चोक स्थायी वसोवास भएकी नेपाली राहदानी नं। ०५५५६१२८ वाहक डिलकुमारी श्रेष्ठ र गुम्दा स्थायी वसोवास भएकी नेपाली राहदानी नं। २५८१९३५ वाहक दिलमाया गुरुङ रहेको क्वालालम्पुर स्थित नेपाली दूतावासकी द्वितिय सचिव चमेली पोखरेलले जानकारी दिईन् । 
दुर्घटनामा घाइते भएका फालावाङ्ग २ सल्यान घर भएका मन बहादुर वलिको सुनगाईवुलो अस्पतालमा र चुलाचुली ३ इलाम घर भएकी जीना राई गोरखाकी लालमाया गुरुङ्ग र मंगलटार काभ्रेका बाबु तामाङगको क्लाङग स्थित अस्पतालमा उपचार भइरहेको र सवैको स्वास्थ्यस्थिति सुधारउन्मुख रहेको जानकारी निजको उपचारमा संलग्न चिकित्सकहरुले दिएका छन् । अन्य १२ जना नेपाली कामदारहरुको सामान्य उपचारपछि कम्पनीको आवाश गृह होस्टल मा राखिएको छ ।

लागु औषध सहित पक्राउ

सुरुंगा / लागू औषध ओसार पसार गरेको आरोपमा सुरुङ्गबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुरुङ्गा-कोटीहोम सडक खण्डमा सुरक्षा चेकजाच गर्ने क्रममा दमक-१० का गोपाल निरौला र विवेक ओली पक्राउ परेका हुन् । मे।३ प।४३४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट विभिन्न प्रकारका लागूऔषधहरु वरामद गरिएको थियो । विहीबार पक्राउ परेका उनीहरुलाई विर्तामोड प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको बताइएको छ ।

कोठे हुँदैछन् गीत



ुभोलीबाट ७७ लाग्दैछु- दमक- को फाल्गुनन्द चोकमा रहेको किराना पसलमा चाउरीएको अनुहार चम्काउँदै मंगलबार लक्ष्मीप्रसाद जोशीले भने
धनकुटाको सँगीतमय परिवारमा जन्मिएका लक्ष्मीप्रसाद अर्थात एलपि जोशी कुनै बेलाका चल्चिका लोकगायक अहिले चल्तिका किराना समान बेच्छन् गफले मेलो लिनलाग्दै गर्दा श्रीमति आईपुगिन पालो दिन ुजाँउ माथिनै गएर भलाकुसारी गरौंु-च्याङ्लो कमिज टक्टक्याउँदै आग्रह गरे
ुबिनायो किराती बाजा होु बिनायोको आवाजलाई गीतमा उनेर दर्विलो इतिहास बनाएका जोशी यसो भन्दै गर्दा पुरानौ बिनायो हातैले पुछ्-पाछ गरि ओठले बजाउन कोसिस गर्दै थिए ुखै ओठले कर नपाएको हो कि यो पुरानो भएर हो राम्ररी बजेनु- थोरै खिन्न भए
उनको परिचयनै बिनायो हो कुनै बेलाको खुव लोकपि्रय गीत रिटिङ रिटिङ नबजाउ बिनायोका गायक जोशी अहिले बुढ्यौलीको घाम तापिरहेका छन् उनि भन्छन् -ुबेला बेला अतिथी हुन बोलाउँछन त्यतै गयो गीत सुन्यो आफु गाउनै सक्न छोडियो
२०१३ सालमा रेडियो नेपालको स्वर परिक्षा उतिर्ण गरे पछि शुरु भएको उनको औपचारीका साङ्तिक यात्राले सङ्ग्रहको रुपमा भने धेरै बाँधिएन जम्मा एउटा एल्बम - रिटिङ रिटिङ रेकर्ड गीतको सङ्ख्या चाँहि पुग नपुग दर्जन नाघेका छन्
केको कोर्को केको नि कोर्को - कुराउनीको कोर्कोनि लैलै बोलको सगुन गीत २०१९ सालमा तत्कालिन राजा महेन्द्रबाट _िक्सस पाएका जोशीको मन अचेल अमिलो हुन्छ बेला-बेलै मुख्य कारण चाँहि सिर्जनाको चोरी भन्छन् -ुश्रृजनाको चोरी गरेर कोहि पनि सर्जक बन्न सक्दैन चोरेको श्रृजना तासको घर जस्तै हो कति खेर हावाले उडाउँछ टुङ्गै हुँदैन
२०१९२२ २९ सालमा रेडियो नेपालले गरेको देश ब्यापि लोकगीत सम्मेलनमा जोशीले क्रमश देश्रो दोश्रो पहिलो उपाधि हात पारे भने -ुत्यस पछि प्रतियोगीतामा भाग लिनै छोडिदिए २०५९ सालमा सु-प्रशिद्ध लोक गायकको सम्मान पाए नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानले पनि सम्मान गरि सक्यो उनलाई धेरै सम्मानको तल-तल पनि छैन्ा भने - राष्ट्रले गर्नु पर्ने सम्मान गरेकै   धेरै अपेक्षा गरेर पनि भएनन नि ।ु  २०६० सालमा लोक भाका हरुको संकलन अनावृत पुस्तकाकारमा प्रकाशन गरेका उनले चाउरिएको मुहार उज्यालो पार्दै भने -ुयतिले कहाँ पुग्नु अझै गरौंला भन्ने हेरौं के-के गर्न सकिन्छ
अहिलेका धेरै जसो लोकगीत उनलाई कोठे लाग्छ ुकोठे नि कोठे गाँउ-गाँउ गएर भाका खोज्ने झण्झट किन गर्थे कोठैमा बस्यो गीत लेख्योु- असन्तोष व्यक्त गरे थपे- ुफेरी सवैलाई दोष दिएको चाँहि होईनहै ।ु फेरी गीत रेकर्ड गर्ने योजनाबारे सुनाए- ुखै हौ कतिन्जेल बाँचिन्छ यसो ÷ ओटा गरौं भनेको तर पारै मिलिरहेको छैन
लक्ष्मीपूजाको दिन जन्मिएकैले उनको नाम लक्ष्मीप्रसाद राखियो भलाकुसारी सकेर अध्यारो भर्याङ् ओर्लदै गर्दा- ुनामै मात्र हो लक्ष्मीप्रसाद यहि एउटा दोकान थाप्याछु अरु केनै कमाउन सकियो रबरु थोर बहुत सरस्वतीकेा आशिर्वाद चाँहि पाईयोु भन्दै गर्दा उनको चाउरीएको अनुहारमा अनौठो चमक छाएको थियो
प्रस्तुती बिष्णु सुव्बा

िसंहदेवी मिनीसोटा जोड्दै

८ कातिक
दमक-१९ मा मेदीनिप्रसाद अधिकारीको जन्म दशौं सन्तानको रुपमा भएको हो । १५ जना सन्तान भएका रामलाल अधिकारीको गाँउमा यश रामै्र थियो । दोश्रो विश्व युद्धमा शिक्षा नभएका कारण क्याप्टेन हुने अवसर गुमाए पछि सवै सन्तानलाई चाहे सम्म शिक्षा दिलाउने उनको ईच्छा थियो । ति सन्तान मध्ये मेदीनि सानै देखि पढाईमा तिख्खर । अझ रुचि त अंग्रेजी र गणितमा । त्यसैले उनले स्थानिय सिँहदेवी माबिमा अव्बल विद्यार्थीको रुपमा आफुलाई उभ्याए ।
तिहार मान्न अमेरीकाबाट दमक-१४को हालको घर आएका उनले आफ्नै घरको आँगनमा अनुभव सुनाए-ु गाँउबाटै ४५ सालमा एसएलसि पास गरेँ । सो पछि बिराटनगर हुँदै पढ्नकै लागि काठमाण्डौं गएँ ।ु अंग्रेजीमा राम्रो दख्खल भएकाले उनि थप अध्ययनका लागि विश्व भाषा क्याम्समा भर्ना भए । त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजीमा एमए गरे पछि सन् १९९५ को अन्त्य तिर भ्रमण भिजामा अमेरीका हानिए उनी । भिजा थप गरेर अमेरीकाकै मिनीसोटा युनिभसर्िटीबाट अर्थशाष्त्रमा पुन ः एमए गरेका उनी ुकम्युनिकेसन टेक्नोलोजीु का ईन्जिनियर पनि हुन् ।
५ वर्ष भित्रमा पूर्वााचललाई ुआईटी हबु बनाउने लक्ष्यमा लागेका उनले कालो चियाको चुस्कि लिए र भने- ु अहिलेको समय ईन्टरनेटको हो यसको उपयोग गर्न सकिए घरैमा बसेर शिक्षा रोजगारी व्यवसालय लगायतका काम गर्न सकिन्छ ।ु ुआईटी हबु भनेको चाँहि ईन्टरनेट सम्बन्धि सवै काम गर्न सकिने अवस्था होु- उनले अथ्र्याए । ुराम्रोसँग ईन्टरनेटकेा बिस्तार गर्न सकिए मिनीसोटा वा अक्सफोर्ड युनिभसर्िटीको कोस्र पनि नेपालमानै बसेर पढ्न सकिन्छु-अन्तराष्ट्रिय स्तरको शिक्षण प्रणालीको बिकास गर्ने उद्देश्यले ुसेपु परियोजना साचालन भई रहेको दमक बहुमुखी क्याम्पस तिर फर्किएर उनले महत्व बुझाए ।
आफुले पढे-लेखेको िसंहदेवी उच्चमाविमा म्यागासेसे पुरस्कार बिजेता महावीर पुनसँगको समन्वयमा रोटरी क्लब मार्फत १४ लाख रुपैयाँ भन्दा बढिको शैक्षिक सामाग्री भित्र्याए । उनले आउँदो वर्ष भित्रमानैं दमकका सवै सामुदायिक विद्यालयको शैक्षिक प्रणालीलाई आधुनिक र ईन्टरनेट युक्त बनाउने अभियान शुरु गरेका छन् । सामुदायिक विद्यालयमा सरकार र बिभिन्न निकाय मार्फत गरिने खर्च नीजि स्कुलको भन्दा बढि रहेको र यसलाई व्यबस्थित पार्न सके थोरै खर्चमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने उनकेा अर्थशाष्त्रिय बिश्लेषण छ ।
अमेरीकाको मिल्ट्रि युनिभसर्िटी पढाउँछन अहिले । तर उतै भासिने योजना चाँहि छैन । अमेरीकामा रहेका नेपालीहरुको संस्था ुएशोसिएसन ईनेप्लिज ईन अमेरीकाु को बोष्टन ुकन्भेन्सनुबाट अध्यक्ष समेत भईसकेका उनले कुराकानीको टुङ्ग्याउनी तिर सुनाए- ुउता पनि सामाजीक कामको लत मारेको छैन यता पनि आउँदै-जाँदै गर्छु । पछि चाँहि यतैको शिक्षा क्षेत्रको सुधार र ईन्टनेटको पहुँच बिस्तारमा समर्पित हुने योजना छ ।ु
फर्किने दिन आउँनै लागेकेा भन्दै गर्दा छेवैमा रहेकी ८३ वर्षिया आमा तिर फर्किर भने- ु बुवा त बिति सक्नु भयो यस पटक चाँहि आमालाई अमेरीका लिएर जाने योजना छ ।ु
प्रस्तुती ः गोपाल झापाली
 

द्योसी-भैलीको लहर

८ कातिक
दमक÷तिहारसँगै द्यौसी भैली खेल्ने क्रम शुरु भएको छ । बिभिन्न संस्था तथा समुहहरुले बिभिन्न सहयोग जुटाउन समेत द्यौसी भैली खेली रहेका छन् ।
दमकमा नेत्रहीन विद्याथी तथा अपांगहरुले शैक्षिक क्षेत्रमा सहयोग जुटाउने उद्येश्यले द्यौसी शुरु गरेको छ । यस्तै बिभिन्न जातिय संस्थाहरुले पनि संस्थाको सहयोगार्थ द्यौसी शुरु गरेका छन् ।

मंसिर १ बाट प्लाष्टिक झोाल निषेध

८ कातिक
दमक÷झापाको दमकलाई प्लाष्टिक मुक्त बनाउन दमक उद्योग वाणिज्य संघले छलफललाई तिव्रता दिएको छ ।
मंसीर १ गते देखि दमकलाई प्लाष्टिक मुक्त अभियानलाई प्रभावकारी बनाउन संघले स्थानीय सरोकारवालाहरुसँग छलफल संचालन गरेको हो । मंगलबार संघको सभाकक्षमा बजार व्यवस्थापन समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि वातावरण प्रदुषण जोगाउन नगरलाई प्लाष्टिक मुक्त बनाउन सहकार्यमा जोड दिएको छ । समितिका संयोजक प्रविण चाम्लिङ्ले प्लाष्टिकका प्रयोगले वातावरणीय क्षँेत्रमा असर पुर् याउदै गएकाले संघको अगुवाईमा दमकलाई प्लाष्टिकमुक्त शहर बनाउन लागिएको बताए । उनले भने ूअव्यवस्थित रुपले प्लाष्टिकको प्रयोग हटाउन सबैको सहयोगको खाचुे रहने छ ।ू
हाम्रो दमक राम्रो दमक भन्ने नाराका साथ संघले अभियानलाई शसक्त बनाउन विभिन्न सरोकारवाल सम्मलित एक मूल समिति समेत गठन गरेको छ ।
छलफलमा संघका पूर्व अध्यक्ष विजय बरालले प्लाष्टिकको बढ्दो प्रयोगमा रोक लगाउन खाँचो रहेको बताए । उनले नगलाई सुन्दर र स्वच्छ बनाउन संघको अभियानलाई सहयोग पुर् याउनु पर्ने बताए । कार्यक्रममा निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष गणेश बस्नेतले प्लाष्टिक मुक्त घोषणा मात्र अभियानले पूर्णता नपाउने भन्दै दण्ड जरिवाना कार्यान्वयनमा जोड दिने बताए ।
छलफल संघका प्रथम उपाध्यक्ष विक्रम कुमार शाहको अध्यक्षामा भएको सो कार्यक्रममा टोल विकास संस्था नगर समितिका सचिव नारायण घिमिरे सदस्य केदार घिमिरे प्लाष्टिक उत्पादक उद्यमी रोम बुढाथोकी समितिका उपसंयोजक सन्तोष अधिकारी पदम कोइराला मदन प्रसाद अधिकारी दिनेश अग्रवाल लुथरन विश्व फेडेरेशनका बेद थापा मगर लगायतले बोलेका थिए ।

माओवादी दोषी-पोखरेल


७ कातिक
दमक÷ नेकपा एमालेका सचिव तथा पूर्व साचारमन्त्री शंकर पोखरेलले राजनीतिक संक्रमण लम्बिनुमा माओवादी प्रमुख दोषी भएको बताएका छन् ।
सोमबार झापाको गौरादहमा सोमबार सम्पन्न दोश्रो ईन्द्र लोहनी स्मृती खुल्ला भलिबल प्रतियोगीता समापनको कार्यक्रममा प्रमुख अतिथी रहेको नेता पोखरेलले शान्ति प्रकि्रया र संविधान निमार्णमा माओवादीको द्वैध चरित्र बाधक भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका समयमा गरिएको बिपा सम्झौताले माओवादीको राष्ट्रवाद खोक्रो छ भन्ने पुष्टि भएको बताए ।
प्रतियोगीता मदन भण्डारी स्पोर्टस एकेडेमी झापा क्षेत्र नम्बर-६ले आयोजना गरेको हो ।

फाईनलमा दमक र भानु

७ कातिक
गौरादह÷ भ्ाुापाको गौरादहमा जारी दोश्रो इनद्र लोहनी स्मृति भलिबलको उपाधीका लागी आज हुने फाईनल खेलमा आज दमक भलिबल क्लब र भानु स्र्पोटिड क्लब जुरोपानि बिच प्रतिष्पर्धा हुँदैन् ।
हिजो भएको सेमिफाइनल खेलमा महारानीझोडा खेलकुद बिकास समितिलाई हराउदै दमक भलिबल क्लब र गौरादह खेलकुद बिकास समितिलाई पछि पार्दै भानु स्पोटिड क्लब फाइनलमा पुगेको हो ।
दमकले १५-१५ २५-१८ र २६-२४को ३ सेट जितेर महारानीझोडालाई हराएको थियो । त्यस्तै महारानीझोडाले २५-२३ अंकमा चित्त बुझाएको थियो ।
यसैगरि भानु स्पोटिडले २५-२२ २५-१७ र १५-११ अंक ल्याएर ३ सेट जितेको थियो । गौरादहले भने २५-१९ २५-२० अंक ल्याएको थियो ।
हिजोको खेलका म्यान अफ द म्याच गौरादहका ऐन मगर भएका थिए ।
तेस्रो स्थानका लागी भने महारानीझोडा र गौरादह खेलकुद बिकास समिति बिच खेल हुँदैछ ।
यस अघि पत्रकार र आयोजक बिच भएको मैत्री पुर्ण खेलमा आयोजक मदनभण्डारी स्र्पोट्स एकाडेमी बिजयी बनेको थियो । आज हुने खेल समापन कार्यक्रममा एमाले सचिव शंकर पोखरेल सहभागी हुने आयोजकले जनाएको छ ।