सिद्धान्तको खोलभित्र स्वार्थ - पहिलो लेख

नरपति पाण्डे
असल समाजको निर्माण गर्न विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनहरु भएका छन् । व्यक्ति समाज र देशको समग्र प्रगतिका लागि राजनीतिले नै सम्बोधन गर्ने गर्दछ । शोषण नभएको समाज निर्माण गर्न प्रजातान्त्रिक आन्दोलन र जनवादी आन्दोलनको चर्को रुप नेपालले खेप्दै आएको छ । हुन पनि नेपालमा अधिकारको शोषण भएको थियो । संस्कृतिको शोषण भएको थियो । आस्था र विचारको शोषण भएकेा थियो । श्रम र पसिनाको शोषण भएको थियो । त्याग र बलिदानको शोषण भएको थियो । सेवा र समर्पणको शोषण भएको थियो । शोषणकर्ता अभियुक्तहरु को थिए त नाफाखोरी व्यापारीहरु र तिनीहरुलाई सुरक्षा गर्ने भ्रष्ट शासन संयन्त्र । फरियावादी र स्वेच्छाचारी एकदलीयहरु । ओठे प्रजातन्त्रवादी र मनचित्तमा शक्तिका लोभीहरु । भाषण र आश्वासनहरुमा ुश्रमजीविु भन्ने व्यवहारमा ूधन र गनू लाई माया गर्नेहरु । यो प्रवृतिगत व्यवहारले कस्तो असल समाज निर्माण हन्छ प्रश्न जिउँदै छ ।
समाजलाई ब्यारेकमा राखेर शासन गर्ने चेतनाले ुअसल समाजु बन्न सक्तैन । चाहिने वर्गको राजनीतिक आवश्यकता अर्काले कोच्याएर स्थायीत्व हुँदैन । व्यक्तिको विकास नभइकन समूहको विकास सम्भव नै छैन । समूहको विकासबाट मात्रै सामाजिक एकता निर्माण हुन्छ । सामाजिक एकता रष्ट्रिय एकताका पूर्वाधार हो । समाजभित्रको विविधतालाई खण्डित गरेर रष्ट्रियताको गफ पनि स्वार्थभित्र कै एउटा सोपान हो । िहंसा सबै मानवीय व्यवहारहरुलाई पक्षघात गर्ने अमानवीय चरित्र हो । िहंसाको आडमा हुर्केको राजनीतिक प्रपाचले अरुलाई पनि सिकाउने धरोहर बन्न सक्छ । जो आज मुलुकमा विकसित भैसकेको छ । यो दीर्घ रोग बन्दै गएको छ । विश्वका दंगाग्रस्त मुलुकहरुको अवस्था देखिदेखि हाम्रो मुलुकमा पनि सल्काइयो ।
माक्स्रवादी दृष्टिकोण अनुसार राज्य भनेको वर्गीय हुन्छ । माक्स्रवाद उपद्रव वितण्डताका दर्शन होइन । ूसमृद्ध र सभ्य समाजका लागी माक्स्रवादू हो भने समाज निर्माणका अभियन्ता श्रमजीवी तथा यसका सहयोगी वर्गहरुलाई अपच हुने राजनीतिक गाजागोल किन सुशासन र समृद्धिको चिन्ता नभएका हठवादी पूर्वाग्रहीहरु एक्कासौं शताब्दीका सैद्धान्तिक स्वाँठहरुमा गनिदैनन् र जस्लाई शान्ति समानता भातृत्व भाइचारा सहनशीलता सिर्जनशीलता सहिष्णुता आदि व्यवहारहरु पाच्य हुँदैन । यसैमा त व्यवहार र प्रवृतिमा फरक आईरहेको छ । बोलीको अनुवाद स्वभाव र प्रवृतिमा हुन सकेन भने ुमाक्स्रवादु होइन ुशकुनीवादु मा रुपान्तरण हुन्छ ।
जनताको सेवा र उनीहरुसँगको घनिष्ठतामा राजनीतिको शक्ति निहित हुन्छ । कल्याणकारी कामहरुले नागरिकहरुको सेवा गरिन्छ । अविरल र अविच्छिन्न कल्याणकारी काम क्रान्तिकारी रुपान्तरणको बलियो आधार हो । जनता र मुलुकका लागी हित हुने काम विविध वैचारिक पक्षहरुसँगको तीव्र प्रतिस्पर्धा र सशक्त पहलकदमीको एउटा स्थायी मार्ग हो । नियन्त्रण दमन र िहंसात्मक उपद्रवले क्षणभरलाई न्यानोभूति हुन्छ । सेवा बिनाको संघर्ष र युद्ध भनेको बिना बत्तीको अँध्यारोमा गुड्ने गाडी हो । पहलकदमी र प्रतिस्पर्धाको बाटो बिराइ बिब्ल्याँटो मार्ग हिड्ने शक्तिहरु तानाशाही र अधिनायक चरित्रका हुन्छन् ।
परिवर्तन यातना होइन । आज नागरिकहरले राज्य र शक्तिशाली राजनीतिक नेतृत्वहरुबाट यातना पाइरहेका छन् । राजनीतिक अस्थीरता अशान्ति मह¨ी बत्तीहीनता इन्धन अभाव महिला िहंसा बिपन्नहरुकेा बिचल्नी कानुनहीनता दण्डहीनता असुरक्षा नागरिकहरुले भोगिरहेका यातनाहरु हुन् । खुशी जीवनका लागी नागरिकहरुले राजनीतिक दलहरुलाई अद्वितिय गुन लगाएका थिए । तर दलहरुले त्यो पैंचो तिर्न सकेका छैनन् । बरु दलहरु भित्रै रस्साकस्सी चुलिएको छ। अझ सम्पूर्ण समस्याहरुको समाधान गर्ने क्रान्तिकारी आशाहरु बाँड्ने एमाओवादीभित्रको घम्साघम्सी कति रुखो छ । घर फर्कन लागेका शान्तिपि्रय लडाकुहरुलाई राज्यले सहानुभूति स्वरुप दिएको नगद लुटालुटको सनसनी खबर र दृष्यले बिगतको अभियानलाई स्वार्थको घटनासँग चर्चा हुन थालेको छ । यस्ता प्रवृतिहरुले माक्स्रवादलाई उजल्याउँछ कि खुइल्याउँछ अनि यो आस्था प्रति तृष्णा जाग्दछ कि बितृष्णा माक्स्रको समृद्ध र सभ्य समाज निर्माणको परिकल्पनालाई मिथ्या बनाउन यि घटनाहरुले आलोचकहरुलाई प्रमाणहरु जुटाइ दिदैछन् । सिद्धान्तको खोलभित्र स्वार्थका रसिला फलहरु नेतृत्व र अगुवाहरुलाई झरिरहेको छ ।
navinnp35@gmail.com

0 प्रतिकृया:

Post a Comment