वुद्ध टोलको नयाँ नेतृत्व

दमक, माघ २९ गते २०६८/ दमक-१४ स्थित बुद्ध टोल विकास संस्थाको तेस्रो साधारण सभाले पुनः रणबहादुर बराइलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारणसभाका प्रमुख अतिथि टोल विकास साजालका अध्यक्ष पदमप्रसाद कोइराला मन्तव्य राख्दै ।

सरस्वती उच्च मा।वि।sाे सभाकक्षमा भएको सभाले उपाध्यक्षमा गंगा तामाङ सचिवमा भेषराज ओझा सहसचिवमा अस्मिता तामाङ र कोषाध्यक्षमा रुपामाया राई सर्वसम्मत चयन गरेको हो ।
संस्थाको साधारण सभा उद्घाटन कार्यक्रमका वक्ताहरुले टोल विकास संस्थाहरुले स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए ।
टोल विकास साजाल दमक-१४ का अध्यक्ष पदमप्रसाद कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष रणबहादुर बराइलीको अध्यक्षतामा भएको सभामा सरस्वती टोल विकास संस्थाकी अध्यक्ष गीता बुढाथोकी बिन्ध्याबासिनी टोल विकास संस्थाकी अध्यक्ष चन्द्रा भट्टराई दीपेन्द्र टोल विकास संस्थाकी अध्यक्ष विष्णुकुमारी सुब्बा पत्रकार विष्णु पौडेल र सदस्यहरुका तर्फबाट विष्णु निरौलाले शुभकामना मन्तव्य राखेका थिए । सभाको साचालन सचिव भेषराज ओझाले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment