दमकदेखि काठमाण्डौ काठमाण्डौ देखि दमकसम्म - यात्रा स्मरण

सुमित्रा बाङ्देल "चेली"
त्यसपछि श्री हृदयरत्न बज्राचार्य ज्यूले कार्यक्रमको औचित्य दमक बहुमुखी क्याम्पसको कि्रयाकलाप सस्रती स्लाइड मार्पुत देखाउनु भयो । यो परियोजना सन् २००७ बाट सामुदायिक क्याम्पसहरुमा लागू भएको अन्य क्याम्पसहरु पनि त्तब्ब् प्राप्त गर्ने उपक्रममा जुटेको कुरो प्रकाश पार्नुभयो स्मरण रहोस् उक्त समारोहमा अन्य सामुदायिक क्याम्पसहरुको प्रतिनिधिहरुको उपस्थिति थियो ।
त्यसपछि दमक बहुमुखी क्याम्पसलाई सम्मान तथा सर्टिफिकेट प्रदान गर्ने कार्यक्रम रह्यो । दमक बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्री सुरेश सुब्बा ज्यूलाई माननीय लिला भण्डारी ज्यूको बाहुलीबाट सम्मान तथा सर्टिफिकेट प्रदान गरियो । तालीको गडगडाहट क्यामेराका झल्याक-झुलुकले उक्त गरिमामय सभा एउटा उत्सव जस्तो देखियो । दमक बहुमुखी क्याम्पसले त्यो गरिमामय सभामा अन्तर्राष्ट्रिय मापदण्डको मान्यता ग्रहण गरिरहँदा हामी सबैको गर्वले शीर ठडियो भने जिम्मेवारीले अझ थिचेको महसुस पनि गरियो । व्यवस्थापन समितिका अध्यक्ष ज्यूले आफूहरुमा अझ धेरै जिम्मेवारी बोध भएको भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको मन्तव्य प्रकट गर्नुभयो । वहाँको मन्तव्य पछि दमक बहुमुखी क्याम्पसका तर्पुबाट प्रतिबद्धतापत्र दमक बहुमुखी क्याम्पस प्रमुख श्री सन्तकुमार भगत ज्यूबाट वाचन गरी उपाध्यक्ष श्री भिमसेन अधिकारी ज्यूका बाहुलीबाट हस्तान्तरण गरियो ।
त्यसपछि प्रमुख अतिथि शिक्षामन्त्री माननीय श्री लीला भण्डारी ज्यूले मन्तव्य साथै दमक बहुमुखी क्याम्पसको अवलोकन आश्वासन तथा दमक बहुमुखी क्याम्पसले त्तब्ब् प्राप्त गरेकोमा बधाई साथै उत्तरोत्तर प्रगतिको शुभकामना राख्नुभयो । त्यसपछि सभाका सभाध्यक्ष प्रा।डा। श्री गणेशमान गुरुङ ज्यूको छोटो मन्तव्य साथ उक्त सभाको प्रथमसत्रको समापन र दोस्रोसत्र शुरुवातको घोषणा पछि चियापानको कार्यक्रम शुरु भयो । हामी रमिता हेर्दै गलैँचा ओछ्याए जस्तो दुवोको चौरमा न्यानो घाम ताप्दै नास्ता खान थाल्यौँ । भवनको वरीपरि लहरै रातै अत्यन्तै आकर्षक लालुपाते ढकमक्क फुलेको शान्त र सफा वातावरण हेरी रहुँ बसी रहुँ झै आनन्द आउने रहेछ । हामी समूहगत फोटो खिचाएर विदा माग्दै गेट बाहिर अलि पर पार्क गरेको बस कुर्दै उभियौँ । म समूहमा हिडेको मान्छे समूह मै हिँडौ बसौँ भन्ने मानसिकतामा रहेकीले बस कुर्दै छोरा काठमाण्डौमा अध्ययनरतलाई फोन गरे । छोराले ूआमा ! म पनि सानोठिमी प।नि।sा। मा काम परेकाले आएको छु । काम सकिनै लाग्योू भन्दा म एकप्रकारको आश्चर्यमिश्रित आनन्दले भरिए । ल छिटो आऊ भने नभन्दै ५ मिनेटमा आइपुग्यो हामी सबै बस चढेर गौशाला तर्पु लाग्यौँ । २ः३० मा गौशाला नक्षत्र होटलमा पुगियो । हामी महिला साथीहरु आपसमा सल्लाह गर् यौँ । काठमाण्डौको चिसो तातो पानीको अभाव नबसौँ भन्ने निचोड निकाल्यौँ । त्यसपछि बबिता जी आफ्नो आफन्तकहाँ राधिका गुरुमा आफ्नो घर सरस्वतीनगर म छोरासँग छोराको डेरामा सबैसँग विदा मागेर निर्धारित समयमा उपयुक्त ठाउँमा उपस्थिति हुने प्रतिबद्धताका साथ विदा भइयो । गौशालाबाट माइक्रो चढेर आधा घण्टामा लगनखेल महालक्ष्मीस्थान पुगेर छोरीज्वाईँ छोरासँग रमाईलो साथ रात काटी निर्धारित समयमा चक्रपथमा गाडी कुर्न लागे । निर्धारित समयमा बस आइपुगेकाले छोरा र ज्वाइँसँग विदा मागी बस चढेँ । मेरो निर्धारित सहयात्री राधिका गुरुमा बसको प्रुन्टसिटमा बस्नुभएको रहॆछ । वहाँसँगै महेन्द्र गुरागाई सरको बारेमा चर्चा गर्न थाल्यौँ । ूवहाँलाई कस्तो भयो होला यात्रामा हुँदा त्यस्तो घटना घट्यो । मेरी बुबा खस्दा झण्डै रोएर मरे ।ू भन्नु भो । यस्तै गनथन गर्दागर्दै बस यातायात अगाडि पुग्यो । ट्राफिकले इशारा गरेर रोक्यो र बस चालकसँग कागजात मागेर हेर्न थाल्यो । बस रोकेर गुरुजी ओर्लनु भो खै के विवाद भो कुन्नी निक्कै चर्का चर्की पर् यो । सबै सरहरु ओर्लेर भनसुन गर्न लाग्नु भो । ट्राफिक कागजात बोकेर एकान्त कुनातिर उकालो लाग्यो । गुरुजीले बस स्टार्ट गर्नु भो र उभो मोड्नु भयो । जावलाखेल तिर त्यहाँ ट्राफिक अफिस रहेछ । सरहरु सबै गएर अफिसमा खै के-कॆ भनुसुन गर्नुभो हामी सुन्तला किन्न थाल्यौँ । किनी नसक्दै लौ ! चढौँ ! चढौँ ! भन्ने आवाज आएकोले हतार-हतार बस चढेर चक्रपथमा आइपुग्यो । चिया नास्ताको कुरा सँगै बस रोकियो । राधिका गुरुमाले भन्नु भो सुमित्रा जी ! मेरो पस्र खसेछ । हामी सुन्तलाको पोका लुगाको ब्याग ब्याग खंगालेर हेर्न थाल्यौँ । ूहुन्दीनुस । हराएछू भन्नुभो ।ू मलाई चित्तै बुझेन । सोधे ूगुरुमा कति पैसा थियो ू ूधेरै थिएन पन्ध्रसय जति थियो ब्तः ऋबचम पनि थियो ।ू मैले भने गुरुमा ूपक्कै सुन्तला किन्दा छाड्नु भयो । त्यहीँ जाऔँ ।ू गुरुमाले लौन त जाऔँ । मैले त माया पनि मारिसके । हराएको कुरा भेटिदैँन पनि भन्दै समूहमा कसैलाई नभनी एकछिन है भन्दै उकालो कुद्यौँ । हिडेर जान निक्के दुरी रहेकाले बाटैमा एउटा ट्याक्सी रोकेर चढ्यौँ । सुन्तला व्यापारी तराई मूलका व्यक्तिलाई सोधपुछ गर् यौँ । ूयहाँ छोड्नु भएन बाटोमा खसाउनु भयो होलाू भन्यो । हामी तु त्यहीँ ट्याक्सी चढेर बस नजिक आइपुग्दा सरहरु निकै आक्रोशित मुद्रामा एकगोलो भएर उभिनु भएको रहेछ । ट्याक्सीलाई १०० बुझाएर चुपचाप बसमा चढ्यौँ । बस्ने सिटको मुनी पस्र उत्तानो फर्केर हामीलाई गिज्याइरहेको देख्दा हुनसम्म हाँसो उठ्यो । तर हामीले कसैलाई यो यथार्थ बताएनौँ । समूहमा कसैले ट्याक्सी चढेर म्याडमहरु सुन्तला किन्न जानु भो भन्ने लख पनि काट्नु भएछ । हामी चुपचाप बस्यौँ । सोँच्यौ कति कुरा नभनेरै मिठा-मिठा-मिठा हुन्छन् । सबै जनाको "अुखामा"कहाँ हराएको" भन्ने कौतुहलतापुर्ण प्रश्न झल्किएता पनि हामीले यस विषयमा मौनधारणा गर् यौँ । बाटामा"गुरुमा यो रहस्य त गोप्य नरहने भयो नि यात्रा स्मरण लेख्दा यो उल्लेख गरिएन भने एउटा लेखकको धर्म कहाँ रहन्छ र"यो लेख्नु न लेख्नु तर यहाँ चाहीँ रहस्य नै रहोस् ।"

0 प्रतिकृया:

Post a Comment