कविताको युग वैरागी काइला

धनकुटे कान्छा
वैरागी काइँला भन्छन्
अहिले सम्झँदा- कविता लेख्ने प्रेरणा कहाँबाट पाएँ को उत्तरमा मसँग त्यस्तो ठूलो र आकर्षण कुरा छैनन् । बालककाल देखिको भावुकताले हुर्केर अभिव्यक्त हुनलाई पछिबाट अर्काको देखासिकीमा लेख्ने बलचाँही गरेको छु-सम्झना यत्ति छ । त्यत्ति हो । अझ अगाडि उनी भन्छन्-
मनका कुराहरु अक्षरमा उभिएर कविता भएछन्-को बोधले खुशी पनि लागेको छ पछिबाट मलाई । तर आजतक-कविता के हो बुझ्नु भने सकेको छैन मैले । म जत्तिकै सरल सहज र स्वभाविक अनि रहस्यमय पनि कविता हो कि -बारम्बार
लाग्छ मन भित्र पसेर म सधैँ हराएको छु ।
यी कुराहरु हुन कविताको एउटा युग वैरागी काइँलाको । नेपाली कविताको फाँटमा देवकोटा रिमाल शेरचन मोहन काइराला पछि सर्वाधिक चर्चाका सफल कवि हुन् वैरागी काइँला ।
२०३१ सालमा वैरागी काइँलाले स्वैरागी काइँलाका कविताहरुस् प्रकाशित गरे । जसको ट्रेण्डमा आजसम्म कविता लेखिँदै आएका छन् । तेसो त आजसम्मका साहित्यिक आन्दोलनहरु तेस्रो आयाम
भन्दा माथि जानै सकेको छैनन् ।
स्मातेको मान्छेको भाषण ः मध्यरातपछिको सडकसितस् एउटा मास्टर पिस बन्यो कविताका लागि ४० वर्षसम्म ।
५० वर्षपछि वैरागी काइँलाको अर्को कविता कृति प्रकाशित भएको छ स्अन्धा मान्छेहरु र हात्तीस् । कृतिमाथि इन्द्रबहादर राई लेख्छन्-स्काइँलाको लेखनमा उहाँलाई पुरोगामी एक अतीव साहसिक र प्रवीण प्रयोगी पाउँछौ । जगजीवन सम्बन्धी नितान्त आफ्नै आर्जनको दृष्टि भएका र गहन चिन्तनका कवि हुनुहन्छ र त्यसैबाट छन् उहाँका प्रविधि र सृजनात्मक भाषिक प्रयोग । लिखित भन्दा बढ्ता निर्मित उहाँका कविता रचना गत पचास वर्षदेखि पाठक वर्ग र कवि लेखकवर्ग माथि धेरै प्रभावी रहेका छन् ।स्
समग्र स्अन्धा मान्छेहरु र हात्तीस् दोस्रो कविता संकलन वैरागी काइँलाको कविताप्रतिको समर्पण हो भने समय र साधनाप्रतिको श्रृङ्खलाबद्ध अध्ययनको चासोपनि । पछिल्लो समयको द्वन्द्व र तिनका समयसँगै मान्छेमा बनेका बिम्व । आदिवासी र तिनका चेतना र सांस्कृतिकताको पाटो वैरागी काइँलको पछिल्ला कविताहरुले उठाएका मुद्दा हुन् । यति लामो साधनामा पनि नथाकि कवितामा डुब्नुले वैरागी काइलालाई कविताको एउटा युग बनाएको छ ।
हेर वुद्धि उप्रेुर झिङ्गाले चियाको कपभित्र डुब्यो…।
छटपटाएको डुब्यो÷वुद्धि झिङ्गाले मर् यो
स्वतन्त्रताको अलिकति प्राप्ति िपंजडा थपिन्छ
स्वतन्त्रता रण्डीको प्यार र हसाई ओठले रक्सी पोखाउँछ
बुल्डोजरले पहाड र मरुभूमि बगाएर संकुचित छु अझ फिजिएँर
कहिले विस्तृत र विजयी नभएर मान्छे फलाम भत्किन्छु ।

0 प्रतिकृया:

Post a Comment