हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

दर्बिलो एकताका लागि धार्मिक सामाजिक सद्भाव आवश्यक- मुख्य समाचार

लारुम्बा/ संबिधान सभाकी उपाध्यक्ष पूर्णकुमारी सुबेदीले धार्मिक र साँस्कृतिक सद्भावले मात्र मुलुकको दर्बिलो एकता हुने बताएकी छन् ।
सुबेदीले बुधबार दक्षिणी इलामको बाँझो ९ को लारुम्वा सम्पन्न किरात धर्मगुरु आत्मानन्द िलंदेनकी धर्मपत्नी पबित्राहांगमा िलंदेनको ५६ औं जन्मोत्सव समारोहमा बोल्दै सो कुरा बताएकी हुन् ।

समारोहमा सुबेदीले मुलुक स्थायी शान्तिको दिशातर्फ उन्मुख बन्दै गएकाले हरेक जातजातीले जातीय सद्भाव कायम राख्ने भूमिका निर्बाह गर्नु पर्ने उल्लेख गरिन् । समारोहमा किरात धर्मगुरु आत्मानन्द िलंदेनले पनि ुआर्शिबचनु दिएका थिए । सोही अवसरमा संचालित महिला फुटबल लगायतका महिला खेलकुदका बिजेतालाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
यसै बिच दमक बसपार्क निर्माण समितिले सुवेदीलाई ज्ञापन पत्र बुझाएको छ । लारुम्बा जाने क्रममा दमक आईपुगेकी उनलाई बसपार्क निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाईएको समितिका अध्यक्ष शंकर बस्नेतले बताए ।

संस्कृति संरक्षणमा महिलाको महत्वपूर्ण भूमिका - उपमुख्य समाचार

उर्लाबारी/ पूर्व उप-प्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाले संस्कृति संरक्षणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताएकी छन् ।
मोरङको इटहरा-२ सोमबारेमा बुधबार सप्ताहब्यापी महायज्ञ उद्घाटन गर्दै कोइरालाले सो कुरा बताएकी हुन् । संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान पुर् याउने महिलालाई प्रोत्साहन र हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
विगतमा माओवादीकै कारण देशमा अशान्ति र विकास निर्माण अवरुद्ध भएको उल्लेख गर्दै कोइरालाले अहिले माओवादीको चाहनाअनुरुप सेना समायोजनको प्रकि्रया अगाडि बढेकाले देशमा स्थायी शान्ति कायम हुने राय ब्यक्त गरिन् ।

संस्कृत पाठशाला साचालनका लागि स्थानीय गोपेश्वर महादेव मन्दिरको आयोजनामा सुरु भएको सो महायज्ञ आगामी फागुन ९ गतेसम्म साचालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव कर्ण सुवेदीले जानकारी दिए ।

ग्ा्रामीण पर्यटन प्रवद्र्धनमा जोड

सुरुड्डा/ ग्रामीण पर्यटन प्रवद्र्धनले मुलुकको चौतर्फी विकासमा सहयोग गर्ने भन्दै त्यसका लागि स्थानीयवासीको महत्वपूर्ण भूमिका रहने झापा सुरुङ्गामा अवस्थित जामुनबाडीमा आयोजित एक अन्तरकि्रयाका वक्ताहरुले बताएका छन् ।
नॆपाल प्रेस युनियन झापा शाखाले बुधबार जामुनखाडी सिमसार तथा पर्यटन क्षेत्रमा आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले सो बताएका हुन् । आगामी शनिबारदेखि यस क्षेत्रमा आयोजना हुन लागेको वन महोत्सव-२०६८ कार्यक्रमलाई लक्षित गरी सम्पन्न अन्तरकि्रयामा जामुनबाडी वन उपभोक्ता समूहका अध्यक्ष परशुराम गिरी मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख चिन्तामणि दाहाल नेपाल पत्रकार महासंघका सचिव दिपेनबाला राई सह-सचिव एकराज गिरी प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई क्रान्तिकारी पत्रकार संघका कोचिला राज्य समितिका विमल लामिछाने पत्रकार उमाकान्त खनाल लगायतले बोलेका थिए ।
सो क्षेत्रमा शनिबारदेखि १० दिने वन महोत्सव आयोजनाको तयारी कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । पहिलो पटक आयोजना गर्न लागिउको महोत्सवमा १ लाख अवलोकनकर्ता भित्रिने अनुमान आयोजकको रहेको छ । ३ दर्जन बढी वनका उत्पादित साम्रग्री अन्य व्यापारिक स्टलहरु रहने महोत्सवमा ५० लाख बढी कारोबार हुने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका साचार संयोजक प्रेम अधिकारीले जानकारी दिए ।

सामुदायिक भवन शिलान्यास

दमक/ दमक-५ मा बुधबार जालपादेवी सामुदायीक भवन शिलान्यास गरिएको छ । बिभिन्न राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थितिमा नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले भवनको शिलान्यास गरेका हुन् ।
जलपादेवी तथा त्रिकालेश्वर मन्दिर परिसरमा निर्माण हुन् । भवन निर्माण समितिका अध्यक्ष सन्तकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जालपा देवी तथा त्रिकालेश्वर मन्दिर संरक्षक समितिका संयोजक गंगा बराल बिशिष्ट अतिथि रहेका थिए । निर्माण समितिका सदस्य सुमन नेम्वाङ्ले साचालन गरेको कार्यक्रममा सचिव चन्द्रप्रसाद निरौलाले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
भवन निर्माणका लागि लक्ष्मीप्रसाद गौतमले २ धुर धनबहादुर बस्नेतले डेढ धुर तथा उदयनाथ दाहाल तारामान भुजेल हेमसागर पोख्रेल खड्गप्रसाद गौतम सन्तकुमार बस्नेत र नविन बरालले १÷१ धुर जग्गा प्रदान गरको कोषाध्यक्ष तारामान भुजेलले जानकारी दिए । भवन निर्माणका लागि २४ लाख रुपैयाँ खर्च हुने तथा नगरपालिका लगायत बिभिन्न निकायबाट सहयोगको अपेक्षा गरिएको जनाइएको छ ।

श्रीमतीको हत्या

खाँदबारी/ संखुवासभाको दिदीङ-९ स्थित खसु्रवाका मनकुमार राईले बुधबार श्रीमतीको हत्या गरेका छन । सामान्य विवाद हुँदाहँुदै राईले २५ बर्षीया आनन्दकुमारी राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
कुटपिटपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्या लगत्तै प्रहरीले मनकुमार राई पक्राउ गरेको छ ।

प्रौढकक्षा शुरु

दमक/ सानो बाह्रघरे सामुदायिक अध्यन केन्द्र दमक १८ ले प्रौढ कक्षा दोश्रो शुरु गरेको छ ।
कक्षामा ४५ देखि ६० उमेरका २० जना व्यक्तिहरु सहभागी छन् । बुधबार कक्षाको िसंहदेवी उच्चमाविका प्राचार्य रुद्र सुवेदीले सहभागीहरुलाई शैक्षिक सामाग्री दिएर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा केन्द्रका सदस्य जीवन ढकाल पूर्णिमा बुढाथोकी लगायतले बोलेका थिए ।
केन्द्रले दमकका-१६ देखि १९ नम्बर सम्मका वडामा यस प्रकारको कक्षा तथा आयमूलक कार्यक्रम साचालन गर्ने केन्द्रका सचिव कुँबेर भट्टराईले जानकारी दिए ।

धिमाल नेतृत्वमा नगेन्द्र

दमक/  धिमाल स्वायत्त क्षेत्र स्थापनाका लागि एकताबद्ध र आन्दोलित हुने निर्णय गर्दै धिमाल जातीय विकास केन्द्रको तेस्रो महाधिवेशन बुधबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
महाधिवेशनले नगेन्द्र धिमालको नेतृत्वमा ४१ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिका वरिष्ठ उपाध्यक्षमा तेजबहादुर धिमाल उपाध्यक्षत्रयमा मोनिका धिमाल रेशम धिमाल र वर्तबहादुर धिमाल रहेका छन् भने महासचिव सचिव र कोषाध्यक्षमा क्रमशः केदार धिमाल भक्तबहादुर धिमाल र अमरबहादुर धिमाल चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा दीपक धिमाल कुमार धिमाल गणेशमान धिमाल रतनबहादुर धिमाल वर्तमान धिमाल मातृका धिमाल रामप्रसाद धिमाल लगायत रहेका छन् । आगामी ५ वर्षका लागि जिम्मेवारी बुझेको समितिले धिमाल स्वायत्त क्षेत्र स्थापना अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९ कार्यान्वयन गराउने लगायतका प्रतिबद्धता व्यक्त गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले केही दिनपछि नै थप नीति तथा कार्यक्रमका लागि घोषणा पत्र सार्वजनिक गर्ने निर्वाचन समितिका सदस्य सचिव अजित धिमालले जानकारी दिए ।

चेतावनी स्वरुप चक्काजाम

लखनपुर/ झापा लखनपुर-५ का स्थानीयबासीले बुधबार करिब ४ घण्टा पाडाजुङ्गी-गौरीगाज सडक खण्डको गेउरिया चोकमा यातायात अवरोध गरेका छन् । सो रुटमा चल्ने यातायातका साधनले आफूहरुलाई गलत व्यवहार गरेको भन्दै स्थानीयले चेतावनी स्वरुप चक्काजाम गरेको बताएका छन् ।
बिहान ६ बजेदेखि १० बजेसम्म त्यहाँ स्थानीयवासीले एमबुलेन्स र बिरामी बोकेका सवारी साधन बाहेक सबै सवारीलाई रोकेका थिए । आन्दोलनकारीहरुले मोटरसाईकल समेत डोर् याएर लान आग्रह गरेका थिए । यात्रुबाहक बस र ट्याक्सी गरी दैनिक रुपमा ४५ बढी सवारी साधन चल्ने सो रुटमा भाडामा एकरुपता नहुने गेउरिया चोकबाट चढ्ने र उत्रने यात्रुहरुलाई दमक स्टेण्ड र गेउरिया चोकबाट निर्वाद चढ्न नदिने गाडीका सह-चालक र कण्डक्टरहरुले महिला र बृद्धबृद्धाहरुलाई अभद्र व्यवहार र अश्लील शब्द प्रयोग गर्ने गरेका भन्दै स्थानीयले सो विरुद्ध पहिलो चरणको आन्दोलन गरेको बताए ।
स्थानीय महिला सुभद्रा राईले आफूहरुलाई गाडी चढ्न नदिने अपशव्द प्रयोग गर्ने आदि आरोप लगाएकी छन् । महिला युवा बृद्धबृद्धा र बालबालिका समेत यातायातका साधन रोक्न सडकमा आएका थिए । उनीहरुले यातायात कर्मचारीहरुको खराव प्रवृत्तिका विरुद्ध आन्दोलन गर्न बाध्य हुनुपरेको बताएका छन् ।
यसैबीच यातायात व्यवसायी संघका प्रतिनिधि र स्थानीयबासी बीच छलफल गरी उप्रान्त समस्या आउन नदिन सहमति भएको कनकाई यातायात संघका सदस्य-सचिव गंगा सिटौलाले जानकारी दिए । चक्काजाम खुलाउन सोही स्थानमा भएको वार्तामा यातायात व्यवसायीका तर्फबाट
सहभागी सिटौलाका अनुसार स्थानीयबासीले सडकको दुवै तिर बस स्टेण्ड तोक्ने र बोर्ड राख्ने सबै यातायात तोकिएको स्थानमा अनिवार्य रोक्नु पर्ने र यात्रुलाई चढाउनु र ओराल्नुपर्ने लगायतका सहमति भएको छ । त्यस्तै सहमति कार्यान्वयनका लागि स्थानीयका तर्फबाट ४ सदस्यीय अनुगमन टोली गठन समेत भएको छ । समितिकी सदस्य समेत रहेकी राईले उप्रान्त कुनै पनि समस्या आए समितिले तुरुन्त यातायात व्यवसायीहरुसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने बताइन् । प्रहरी प्रशासनको रोहवरमा दुई पक्षीय वार्ता पछि सो सडक खण्डमा यातायात सुचारु भएको थियो ।

ू राजनीतिक निर्णय मान्छौँ - लडाकु ू

काठमाडौ/ माओवादी सेनाका लडाकुहरुको जनरल स्टाफको टोलीले बुधबार पार्टी नेतृत्वसँग समायोजनका विषयमा छलफल गरेको छ । छलफलमा सेनासमायोजनका क्रममा पद तालिम लगायतका विषयमा हुने राजनीतिक निर्णयलाई लडाकुले स्वीकार गर्ने सहमति भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल पार्टी महासचिव तथा सैन्य विभाग प्रमुख रामबहादुर थापा सुरक्षाब्युरो प्रमुख वर्षमान पुनसहित लडाकु प्रमुख नन्दकिशोर पुन डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल र सातै डिभिजन कमाण्डरको बैठकमा उपस्थिति थियो ।

बैठकले स्वेच्छिक अवकास प्रकि्रया सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्नुका साथै अब समायोजन प्रकि्रया पनि सुचारु गरिनुपर्ने निष्कर्ष निकालेको लडाकुको पहिलो डिभिजनका प्रमुख यमबहादुर अधिकारीले जानकारी दिए । उनले सेनासमायोजनका क्रममा पद तालिमलगायतका विषयमा हुने राजनीतिक निर्णयलाई लडाकुले स्वीकार गर्ने सहमति भएको उल्लेख गरे । फोटो ः लडाकु

ड्युप बोरिङ गाड्ने कार्य शुरु

उर्लाबारी/ मोरङको उर्लाबारी-६ स्थित मदन भण्डारी स्मृती प्रतिष्ठानको हाता भित्र ड्यूप बोटिङ गाड्ने कार्य शुरु भएको छ ।
नेपाल सरकारले १७ लाख रुपैयाँ सहयोगमा सो बोटिङ गाड्न शुरु गरिएको हो । प्रतिष्ठान र निकट भविष्यमा बन्ने मदन भण्डारी सामुदायिक अस्पताललाई लक्षित गरेर बहुवर्षीय योजना अन्र्तगत खानेपानी ट्याङ्कीको लागि पहिलो चरणको सो बोटिङ गाड्ने कार्य भईरहेको खानेपानी आयोजनामा संयोजक भूपाल जिमिले बताए । भविष्यमा पानीको आवाश्यकतालाई ध्यानमा राखेर प्रतिष्ठानकै पहलमा हाल सो कार्य भईरहेका समेत उनले जानकारी दिए । ४ सय ५० फिट गहिरो र ५ इन्च बराबरको पाईपबाट पानी निकालिएको पानी ९० फिट माथी सम्म लैजान सकिने रिभस्र मेसिन अपरेटर दिनेश श्रेष्ठले बताए ।

पाँचथर जिल्ला विशेषता र अवस्था

अाचल ः मेची
सदरमुकाम ः फिदिम
Ôेत्रफल ः १२४१ वर्ग कि।मि।
जनसंख्या ः २२५६९७
गाविस संख्या ः ४१
संविधानसभा निर्वाचन Ôेत्र संख्या ः २
भौगोलिक अवस्थिति ः पहाडी
प्रमुख जातिहरु ः बाहुन Ôेत्री लिम्बु किरात राई भोटे लेप्चा आिद
प्रमुख भाÈाहरु ः नेपाली राई लिम्बु आिद
परिचय
पाँचथर जिल्ला नेपालको पूर्वााचल विकास Ôेत्र अन्तर्गत मेची अाचलको पूर्वी पहाडी जिल्ला हो । यो जिल्ला समूद्र सतहबाट ३८३ मिटर जिल्लाको दिÔण्ँ तमोर बगर देखि ४५७५ मिटर फलैचा गाविसको उच्च भागसम्म अवस्थित छ । नेपाल अधिराज्यको पूर्वी सिमानामा रहेको मेची अाचल पर्ने यो जिल्ला उत्तर-दिÔण्ँ फैलिई पल्लो किराँतको नामले पनि प्रसिद्ध छ । प्राचिन समयको लिम्बुवान Ôेत्रको केन्द्रबिन्दुको रुपमा रहेको यस जिल्लाको सदरमुकाम फिदिममा दश लिम्बुवान Ôेत्रका राजाहरु फेदेनले संयुक्त रुपमा सभा गरी सामुहिक रुपले महत्वपूण्र्ँ िवÈयहरु यहाँ स्थित आम्बे पोजोमा भन्ने तिर्थस्थलमा जम्मा भई सभा चुम्लुङ्गद्वारा निण्र्ँय गर्ने परम्परा भएको देखिन्छ ।
जिल्लाको नामाकरण्ँ
यस जिल्लाको नामाकरण्ँ कसरी भयो भन्ने स्पष्ट कुनै तार्किक आधार नदेखिए पनि सोधकर्ताहरुका अनुसार पाँचथर शब्द ूपान्थरथुमुू बाट आएको हो र सो ूपान्थरथुमू शब्द ूपान्थरुू र ूथुमू मिलेर बनेको शब्द हो । पान्थरुको अर्थ कुरा थामेको ब्नचभभम थुमको अर्थ इलाका वा किल्ला म्ष्कतचष्अत हो । यसै शब्दार्थका आधारमा नेपाल एकीकरण्ँ पश्चात यहाँका चलिआएका धर्म संस्कृति र रीतिरिवाजका बारेमा ूफेदेनूमा ूचुम्लुङ्गूबसी सभाले तय गरेका निण्र्ँय नेपाल सरकारमा पेश हुँदा तत्कालिन राजाले त्यसलाई स्वीकृती दिएपछि लिम्बुवान Ôेत्रको रितिरिवाज सम्बन्धी कुरामिलेको पान्थरु हुँदा यस Ôेत्रकै नाम पान्थरु रहेको हो भन्ने मत पाइएता पनि किराँत इतिहासका पुराना साहित्यहरुमा इस्वी सम्वत ५५० ताकाको वण्र्ँन गर्ने क्रममा नै पान्थर शब्दको प्रयोग भएको पाइन्छ ।
भौगोलिक अवस्था

अÔांस २६।२८ू देखि २६।५९ू उत्तरी अÔांश
देशान्तर ८०।०२ू देखि ८०।३०ू पूर्वी देशान्तर
सिमाना ः- पूर्व-सिक्किम र दाजिर्लिङ्ग भारत पश्चिम-तेह्रथुम र धनकुटा जिल्ला उतर-ताप्लेजुङ जिल्ला दिÔण्ँ-इलाम र मोरङ जिल्ला
Ôेत्रफल ः- १२४१ वर्ग किलोमिटर
पाँचथर जिल्लाको उत्तरी फलैँचा गाविस वडा नम्बर ९ ले भारतको सिक्किम प्रान्तलाई छोई भारतसँग यस जिल्लाको उत्तरी स्पर्शबिन्दु कायम गर्दछ भने भारतसँग स्पर्श गर्ने यस जिल्लाको दिÔण्ँी बिन्दु सिदिन गाविस वडा नम्बर १मा पर्दछ । यी दुई बिन्दुहरुको स्थलगत लम्बाई ४७ किमि रहेको छ । यस जिल्लामा राष्ट्रिय स्तरको २ लोक मार्गहरु ज्ष्नजधबथक रहेका छन । मध्यपहाडी राजमार्गको सुदुर पूर्वी बिन्दु च्याङ्गथापु यसै जिल्लामा पर्दछ । हाल यस मार्गको नाम पुष्पलाल लोकमार्ग भनी रुपान्तरण्ँ गरिएको छ ।
हावापानी
हावापानीको दृष्टिले विविधता बोकेको यस जिल्लामा गृष्म ऋतुमा अधिकांश भू-भागमा रमाईलो मौसम रहन्छ भने हिउँदको समयमा निकै चिसो मौसम रहन्छ । यस जिल्लाको वािÈ्रक वÈर्ा २०७१ मिलीमीटर छ भन्ने तापक्रम अधिकतम २६।१ डिग्री से_िल्सयस र न्यूनतम तापक्रम १२।३ डिग्री से_िल्सयससम्म रहेको पाइन्छ । यस जिल्लाको जलवायुलाई तीन किसिममा विभाजन गर्न सकिन्छ ।
समशितोष्ण्ँ हावापानी
लेकाली भेग २००० मिटर देखि ३६००० मीटर जिल्लाको उत्तरी भागमा रहेको िसंहलिला पर्वत श्रृङ्खला तथा अन्य अग्ला भागहरु समशितोष्ण्ँ हावापानी पाइन्छ । यस्ता लेकाली भागहरुमा मंसिर महिनादेखि फाल्गुण्ँ महिना सम्म हिउँ परिरहने हुँदा यसको आसपासको Ôेहरुमा निकै जाडो हुन्छ । यस Ôेत्रमा हिउँदे फलफुल केराउ फापर मकै तथा आलुको खेती गरिन्छ ।

अर्धोष्ण्ँ हावापानी
मध्य पहाडी भाग १२०० मीटर देखि २००० मीटर सम्मको भागमा अर्धोष्ण्ँ हावापानी पाइन्छ । यस Ôेत्रमा जाडो र गर्मी बराबर हुन्छ । यस Ôेत्रमा सुन्तला जातका फलफुलहरु तरकारी तथा खाद्यान्न लगाउने गरिन्छ ।
उष्ण्ँ हावापानी
समुन्द्री सतह देखि ६०० मीटर देखि १००० मीटरको उचाई सम्ममा पाइने यस प्रकारको हावापानी नदी किनाराका बेसीहरु खोंच तथा टारहरुमा पाइन्छ । यहाँ गर्मीको समयमा निकै गर्मी हुन्छ । यस्ता हावापानी पाइने स्थानहरुमा धान गहुँ मकै दलहन तेलहन र आँप लिची केरा रुखकटहर भूँइकटहर आदि सदावहार फलफूलहरुको खेती गरिन्छ ।
प्रमुख नदी तथा तालहरु
यस जिल्लामा अवस्थित प्रमुख नदीहरु ईन्द्रावती कावेली तमोर हेवा ईवा केवा फेमे निवू नाम्दु आदि हुन ।
प्रमुख धार्मिक स्थलहरु
काबेली तिम्बुपोखरी महादेव स्थान जोरपोखरी आगेजुङ्ग गुम्बा पाथीभरा देवीस्थान याङनाम सिद्ध देवीस्थान गढी मन्दिर थाक्ले मन्दिर किरातहरुको प्रसिद्ध लुब्रेकुटी मन्दिर महागुरु फाल्गुनन्दको मन्दिर आदि ।
ऐतिहासिक स्थानहरु
जोरसाल गढी आहाल गैह्री छाला सुकुवा डाँडा उत्तरे फौदार पाटी अमरपुर च्याखलेपाटी जोरपाटी एकतिन सिम्राहा पाटी रानीगाउँ तीनधारे पाटी फिदिम जोरसाल पाटी फिदिम हेवाखोला पाटी नागिन आदि ।

खेलकुद मनोराजन मात्र होइन - बाटैमा

तिर्थराज मिश्र जिल्ला बुद्धिचाल संघ झापाका अध्यक्ष हुन् । १६ जना फिडे रेटिङ् खेलाडी रहेको झापामा ६० भन्दा खेलाडीहरु यस खेलमा व्यवसायीक रुपमा लागेका छन् । झापाको दमक-१० निवासी मिश्रसँग बाटैमा गरिएको कुराकानी जस्ताको तस्तै :-
जिल्ला बुद्धिचाल संघले झापामा हाल के गरि रहेको छ ?
खेलाडीहरु पहिचान गर्ने काममा अहिले हामी केन्द्रित रहेका छौं । संघ पनि करिव २ महिना अघि मात्र पुनर्गठन भएकाले कार्यलय व्यवस्थापनमा समेत लाग्नु पर्ने भएको छ । जिल्लामा प्रतिभावान खेलाडीहरु रहे पनि उनीहरुको पहिचान हुन नसक्दा ओझेलमानैं रहेका छन् । त्यस्ता खेलाडीहरु पहिचान गरि उनीहरुको प्रोत्साहनका कार्यक्रम ल्याउन पनि हामी केन्द्रित भएका छौं ।
बुद्धिचाल खेल किन आवश्यक छ
यो खेलमात्रै होईन अनुशासन सिकाउने थलो पनि हो । यो सँगै यसले मानसीकरुपमा बलियो बनाउन पनि सहयोग गर्छ तर उमेर छिप्पिए पछि मात्र खेल्न शुरु गर्नु भन्दा सानै उमेर देखी यस तर्फ वालवालिकााहरुलाई प्रोत्साहन गर्न सकियो भने उनीहरु बढि तिक्ष्ण पनि हुन सक्छन् ।
खेलाडीहरुले खॆलेरनैं कमाउने अवस्था कस्तो छ ?
अहिले सम्म त खेलकुद क्षेत्र व्यवासायीक हुन सकेकै छन् । त्यसको मार बुद्धिचाल खेलमा पनि परेकेा छ । बिभिन्न प्रतियोगीतामा सहभागी हुन समेत खेलाडीहरुले निजी खर्च गरि रहनु परेकेा अवस्था छ ।
खेल खेलि रहने खर्च भईरहने कमाई पनि नहुने हो भने किन बुद्धिचाल वा अन्य खेल खेल्न आवश्यक छ
कुनै पनि खेल कमाउनका लागि मात्रै खेलिने होईन । मानसीक तथा शारीरिक स्वास्थ्यका लागि पनि खेलकुद आवश्यक छ । अझ बुद्धिचाल त बुद्धिको खेल हो । यसले अध्ययन पेशा तथा सवै क्षेत्रमा सकारात्मकनैं सहयोग पुर् याउँछ ।

जिल्ला बुद्धिचाल संघको आगामी योजना के रहेको छ ?
विद्यालय तहबाटनैं प्रतियोगीताको आयोजना गरि व्यवासायीक खेलाडीहरु उत्पादन गर्ने योजना रहेको छ । विद्यालयमानैं प्रशिक्षकहरु पुर् याएर प्रशिक्षण दिने योजना रहेको छ । जिल्लामा रहेका तथा लुकेका प्रतिभावान खेलाडीहरुलाई उपयुक्त अवसरको श्रीजनाका लागि समेत हामी आगामी दिनमा लागि पर्ने छौं । यस्तै आगामी वर्ष झापामा अन्तराष्ट्रिय स्तरको फिडे रेटिङ् प्रतियोगीता गर्ने तयारीमा पनि हामी लागेका छौं ।
खेलकुद क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो रहेको छ  ?
बिभिन्न जिल्लामा जिल्ला खेलकुद विकास समिति रहेका छन् । तर ति सवै सरकारमा जाने राजनीतिक दलहरु अनुकल मात्र रहँदै आएका छन् । हाम्रो संघले पनि औपचारीकरुपमा सरकारी निकायबाट कुनै सहयोग पाउन सकेको छैन । सरकारले प्रोत्साहन नगरि खेलकुद क्षेत्रले गति लिन सक्दैन भन्ने कुरा राजनीतिक नेतृत्वले अझै सम्म पनि नबुझेको जस्तो लागि रहेको छ ।
खेलाडीहरुको व्यवासायीक विकास हुन नसक्नुको कारण के होला ?
खेलाडीहरुलाई पनि दलिय आडमा कुनै अवसर मिल्छ कि भन्ने आश पनि रहेको हुन सक्छ । तर अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रिय पहिचान स्थापित गराउन सक्ने खेलकुद क्षेत्रलाई अझै सम्म पनि मनोराजनको रुपमा मात्र हेरिँदै आएको छ । यसले गर्दा पनि खेलाडीहरुको व्यवसायीक विकास हुन नसकेकेा हो ।

'कन्डक्टर'देखि पल्टनसम्म - पल्टनका कुरा


पवन निरौला
२०४० सालमा गाडीको कन्टेक्टर भएर काम गर्थे प्रसादिसंह राई । राईलाई पल्टनमा जागिर खान पुगिएला भन्ने सोच थिएन त्यतिबेला । तर आफ्नै काकाले पल्टनमा भर्ति हुन बोलाएपछि उनी आफूले गर्दै गरेको कन्टेक्टरको पेशा छाडेर दौडिए पल्टनको जागिर खानलाई ।
१६ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका राई विवाहको ५ वर्ष पश्चात पल्टनको भर्तीमा ट्रेनिङ दिन पुगेका थिए । ६ कक्षा पढ्दा पढ्दै उनलाई आफ्नै काकाले भर्तिमा बोलाएपछि उनले पढाई पनि छाडे । त्यो पल्टने जागिर खान जाँदा सबैभन्दा बढी ट्रेनिङमै आफूलाई धेरै गाह्रो परेको दुखेसो सुनाउछन् राई । उनी भन्छन्-ूगुरुहरुले एकदमै बढी ट्रेनिङमा पेल्नुहुन्थ्यो ।ू

सन् १९९९ मा पाकिस्तान र इन्डियाको जमीनको बिषयमा लिएर परेको लडाईका बेला समेत उनी त्यो पल्टनको जागिरमा थिए । सुरुमा पल्टनको त्यो जागिरमा उनको मासिक तलब ८ सय ४० रुपैयाँ थियो । त्यसपश्चात १७ वर्षपछि हल्दारमा बढुवा भएका राईको करिब १६ हजार तलब भएको थियो । उनको त्यो तलबले पारिवारिक गर्जो राम्रैसँग टरेको थियो । लखनपुर-१ सितापुरी घर भएका राई हाल लाहुरे सेक्युरिटी सर्भिस मार्फत् नेपाल एसबिआइ बैंक दमकमा सेक्युरिटी सर्भिस दिइरहेका छन् ।

पुरुषलाई हृदयघातको समस्या बढी - स्वास्थ्य चर्चा

हृदयाघात अर्थात् ूहर्ट-अट्याकू विश्वमा मानिसको ज्यान लिने भयानक स्वास्थ्य समस्याको रुपमा रहेको छ । यो समस्याबाट महिला पुरुÈ कोहीपनि अछुतो छैनन् । तर एक अध्ययनले पुरुÈहरु महिलाभन्दा हृदयाघातको बढी खतरामा रहेको देखाएको छ ।
बि्रटिस हर्ट फाउन्डेसनले गरेको अध्ययनले पुरुÈसहरुमा हृदयाघातको खतरा महिलामा भन्दा बढी हुन्छ । साथै महिलामा भन्दा पुरुÈमा १०-१५ वÈ्र अगावै हृदयाघात तथा मुटु सम्बन्धी अन्य रोग देखिने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका डाक्टर हेलेन विल्सनले पुरुÈमा हुने वाइ क्रोमोजोमका कारण्ँ हृदयाघातको खतरा बढी भएको हो । यी क्रोमोजोम मुख्यतया दुई समूहका हुने र ती मध्ये ह्याप्लोग्रुप प्रथम समूहका क्रोमोजोम हुने पुरुÈमा मुटुरोग तथा मधुमेहको खतरा ५० प्रतिशतले बढ्ने लेसेस्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको भनाइ छ । तर वाइ क्रोमोजोममा के त्यस्तो तत्व हुन्छ जसको कारण्ँ मुटुरोग तथा हृदयाघातको खतरा बढ्छ भन्ने बारेमा पत्ता लागि नसकेको अनुसन्धानकर्ताहरु बताउँछन् । त्यस्ता जोखिमयुक्त जिनलाई जिन थेरापीमार्फत परिवर्तन गर्न सकिएमा हृदयाघातको खतरा घट्ने उनीहरुको भनाइ छ । फोटो पनि छ

कस्तो सरकारलाई राष्ट्रिय सरकार भन्ने - दोस्रो लेख

निधिरत्न अधिकारी
यो शिर्षकको प्रश्न आज आम नेपाली क्रान्तिकारी जनसमुदायको मन मष्तिष्कमा तरङ्गीत भइरहेको छ । आफूले आफूलाई नढाँटी भन्नु पर्दा । एउटा नेपालीमा उखान भन्ने गरिन्छ । ूनहुनो मामा भन्दा कानो मामा निकोू यो हाल वर्तमान सरकारको नेतृत्वको प्रश्नसँग उब्जिएको समय सापेक्ष उत्तर हो । सदियौँ देखि आर्थिक रुपमा खोक्रो सामाजिक रुपमा अति नै पछाडि परेको राजनीतिक रुपमा सदाचार ूकोतपर्वू र ूभण्डारखाल पर्वू मच्चाउन खोज्ने प्रवृत्ति र चिन्तनले ग्रसित छ हाम्रो देश नेपाल । यो भन्दा माथि उक्लन नसकेको अवस्था अब हाम्रो मुलुक पनि सबै क्षेत्रमा माथी उठ्न सक्नुपर्छ भन्न ेमान्यताका साथ संविधानसभाको नेतृत्वबाट मुलुकलाई अग्रगमनको बाटोमा हिँडाउने रेखा कोर्ने आजको राजनीतिक संस्करणकालीन तरल अवस्था हो । यो अवस्थामा वर्तमान सरकारले गर्ने काम भनेको मुख्य शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पुर् याई त्यसलाई वैधानिकता प्रदान गर्ने हो । यो अवस्थामा सबै काम छोड्ने र त्यहीँ शान्ति र संविधानको काम मात्र गर्ने भन्ने पनि होइन । आर्थिक रुपमा खोक्रो भएको मुलुकको अवस्था हेरी हाम्रो ढिकुटीमा जे जति छ सबैले समानताको हिसाबले यो देशका नागरिकले बाँडी चुँडी खान लाउन बस्न पढ्न र स्वास्थ्य उपचार गर्न पाउनु पर्छ भन्ने मान्यता हो । भने हाम्रो यो सदियौँ देखिको गरीबी अशिक्षा आदि मानवीय आवश्यकतालाई दीर्घकालीन रुपमा पूरा गर्नका लागि समग्र आर्थिक विकासमा हामी सबै एक भएर उत्पदानशील सृजनशील काममा लाग्नु पर्ने अवस्था हो । यही आधारमा रहेर शान्ति प्रकि्रया अगाडि बढिरहेको छ । समायोजन पुनस्र्थापना र स्वेच्छिक अवकासमा जाने जनमुक्ति सेनाको इच्छा र सबै राजनीतिक शक्तिहरुको बीचमा भएको सहमति अनुसार काम भईरहेको छ । काम गर्ने दौरानमा त्यसभित्र केही अवरोध आउनु अ-स्वाभाविक होइन । जसले जिम्मेवारी लिन्छ काम गर्छ उसले ती अगाडि आएका अवरोधहरु खेप्नु पनि पर्छ र समाधानको उपाय निकाल्न पनि सक्नुपर्छ । ूठेस नलागि होस आउँदैनू भन्ने वैज्ञानिक तथ्य पनि छ । जसले जिम्मेवारी पनि लिदैँन काम पनि गर्दैन उसले न-समस्या सित जुध्न सक्छ । न त उसलाई समस्या नै पर्छ । ूनाच्न नजान्ने अनि सधैँ आँगन टेढोू देख्ने प्रवृत्तिको मानिसलेू न आफूले प्रगति गर्न सक्छ न अरुलाई नै गर्न दिन्छ । गल्ती मानिसका हुन्छन् । पशुले गल्ती गर् यो भनिदैँन । मानिस चेतनशील प्राणी भएकै कारणले काम गर्ने दौरानमा उसले गल्ती गरेको देखिन्छ । तर उसले गरेका गल्तीलाई उसैले सुधार्नु पर्छ । र ठीक बाटो पकडी हाल्नु पर्छ । यो अनिवार्य सर्त हो । मानव जाति अगाडि बढ्ने मूल मन्त्र यही हो । तर गल्ती गरेको बहानामा तपाइले एउटा मानिसलाई अनाहकमा मरणासन्न पिट्नु हुन्छ अनि उल्टै उसैलाई गल्ती गरिस भनेर स्वीकार गर्न लाउनु हुन्छ भने त्यो भन्दा ठूलो मुर्खता अरु केही हुन सक्दैन । तत्काल त्यसको परिणाम नदेखिए पनि कालान्तरमा तपाइले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । आज नेपालको राजनीतिक इतिहासमा अहिले सम्मको प्रवृत्ति हेर्दा त्यस्तै उदाहरणको रुपमा चल्दै आएको छ । र यत्रो परिणती नेपाली जनताले अहिले सम्म भोग्नु पर्ने कारण पनि यही हो । राष्ट्रिय सहमतिको सरकार राष्ट्रिय सरकारको रटान सुन्दा-सुन्दा शान्ति र संविधान लेखन प्रकि्रयाको ५ वर्षको समय झनै बित्न बित्न लागि सक्यो खोइ त अहिले सम्म राष्ट्रिय सरकार कस्तो सरकारलाई राष्ट्रिय सरकार भन्ने शान्ति प्रकि्रया भनेको नेपाली जन-संविधानको अन्तर्वस्तु हो । यी दुई वस्तु एक आपसका परिपुरक छन् । यो शान्ति प्रकि्रया बृहत शान्ति सम्झौताको दस्तावेज भित्रका सरोकारवालाहरुको हस्ताक्षरले स्वीकार गरिसकेको कुरा हो । तर शक्ति संघर्षको घमण्डले आज घर गरिरहेको सत्ता स्वार्थको सनातनी धर्म एक अर्कोका अस्तित्व स्वीकार गर्न नसक्ने चिन्तन र प्रवृत्ति घट्नु भन्दा अरु विकास हुँदै गइरहेको छ । यही प्रवृत्तिको विकास सँगै शान्ति प्रकि्रया अगाडि बढ्दै गर्दा नेपाली जन संविधानको सुनिश्चितता गर्नको लागि अगाडि बढेको बहसलाई बङ्ग्याएर ूकालोलाई कालोू र ूगोरोलाई गोरोू भन्न लाज मान्ने अगाडि भनिए जस्तै घमण्डले बास गरेकाहरु अप्राकृतिक रुपमा इतिहासलाई पछाडि तिर धकेल्न खोजिरहेका छन् । राजनीतिक इतिहासका हिजोका कालखण्डका प्रवृत्ति र चिन्तनले आजको परिणाम हामी भोग्दैछौँ भने फेरि आजको त्यहीँ प्रवृत्तिले गर्दा उसको भने जस्तो गर्ने हो भने भोलिका दिनको परिणाम हामी नेपाली जनताले अझै कस्तो भोग्नु र व्यहोर्नु पर्ला यहीँ प्रवृत्ति र चिन्तन भित्र रुमल्लीएको वर्तमान बाबुराम भट्टराईको नेतृत्वमा बनेको आजको नेपालको अन्तरिम सरकार हो । गर्छु भन्नेलाई गर्न नदिने अनि राष्ट्रिय सरकार गठन हुनै पर्छ भन्नु यो कहाँको राष्ट्रियताको आवाज हो राजनीतिका नाममा जनतालाई मुछेर ूराम नाम सत्य हेू को कार्ड फालेर साधु बिरालाको चाल रच्नेहरुलाई को को हुन् भनेर चिनि सकेका छन् । जानी सकेका छन् । अब जनतालाई घोकाई राख्नु पर्दैन । हामी जनताले बुझेको र जानेको कुरा के हो र के जान्नु पर्छ भने एउटा बाबुरामको नेतृत्वमा रहेको मन्त्री परिषद्को झुण्डले मात्र कराएर कुर्लेर केही हुन सक्दैन मुलुकमा । मन्त्री परिषद्ले देश र जनताप्रति समर्पित भएर निर्णय गर्छ भने सबै प्रतिपक्षहरुले साथ दिर्नपर्छ । अनि आम कर्मचारी नागरिक संघ संस्थाहरुले ूहोस्टेमा हैसेू गर्नै पर्छ । ूएक थुकी सुकी सय थुकी नदीू को मान्यताबाट हामी सबै एक भएर सत्यलाई सत्य भन्न सक्नै पर्छ । राष्ट्र प्रमुख डा। बाबुराम भट्टराई भए पनि या डा। रामवरण यादव आखिर उनीहरु यो देशका नागरिक नै हुन् । वुद्धि ज्ञानमा उनीहरु माथि भए पनि र जनता वुद्धि र ज्ञानमा कम गाउँ वस्तीमा बसे पनि आखिरमा नागरिक अधिकार बराबर हुन्छ । भन्ने मान्यताका साथ हामी नागरिकहरु पनि जिम्मेवारी बोधका साथ अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र मुलुकको सर्वाङ्गीण विकास हुन सक्छ । सत्यलाई कहिल्यै पनि छोप्ने कोसिस गर्नु हुँदैन । जति नै छोपेपनि आखिर विजय सत्य कै हुन्छ । हाम्रो धार्मिक ग्रन्थले पनि यही भन्छ र विज्ञानको साविती पनि यही हो । सत्य छोप्नु खोज्दाको तत्कालिक परिणामको सफलतामा हामी रमाऔँला तर त्यसको कालान्तरमा देखिने परिणाममा हामीले धुरु-धुरु रुनु सिवाय अरु सबै गुमाउने छौँ । आज मुलुकमा उठेका मुद्दा नेपाली राजनीतिको धेरै लामो कालखण्डको उतार-चढाव पछि छोपिएको सत्यलाई साविती बयान दिन हामी तयार भएका छौँ भने यो सरकारले गरेका नराम्रा कामलाई आलोचना गरौँ । राम्रो कामलाई सबैले साथ दिऔँ । सबैका लागि ूसत्यू सत्य नै हो । विरोधका लागि विरोध नगरौँ । पुर्वाग्रही नबनौँ । राष्ट्रिय मुद्दाहरु सबैका साझा बनेर हाम्रो सामु खडा छन् । सबैले यी मुद्दालाई स्वच्छ ढङ्गले विश्लेषण गरी समाधान गर्ने बाटो तिर अगािड बढ्नलाई प्रेरित गरौँ । हामी यो राष्ट्रका नागरिक हौँ भनेपछि यो देशको वर्तमान सरकारको संरचना त झन् राष्ट्रको विशिष्ट नागरिकले मात्र नेतृत्व गर्न सक्छ त्यसैले अब सरकार ढाल्ने खेलमा अब पनि लाग्नु भन्दा यही सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिँदा हामीलाई पाप लाग्दैन । यदि साँच्चै सरकारको विकल्प खोज्ने हो भने ३ करोड जनताको मत लिएर खोजौँ ।

लोकसेवा आयोगको परीक्षा परिवेश - पहिलो लेख

- वासुदेव गुरागाईं
‘लोक सेवा आयोगको परीक्षा !’ अहँ म त दरखास्तै दिन्न । नचाहिँदो कुरा । कहाँ सक्छौँ हामी लोक सेवा पास गर्न ? कस्ता-कस्ता पढ्ने मान्छे त गुल्टेका छन् । अनि, हामी सक्छौँ ? म त दरखास्तै हाल्दिनँ । पास गर्नै नसक्ने भएपछि बेकार दरखास्त दिएर किन जाँच दिइरहने ? नभएको पैसाको मात्रै नास ।
विद्यालय, उच्च माध्यमिक विद्यालय वा विश्वविद्यालयबाट कुनै पनि तहको डिग्री हासिल गर्ने व्यक्तिलाई लोक सेवा आयोगको परीक्षा दिएर रोजगार हुन सल्लाह दिँदा सुरुमा आउने जवाफ यस्तै प्रकृतिका हुन्छन् ।
कतिपय युवालाई आयोगको परीक्षा दिएर सरकारी जागिर खान सल्लाह दिँदा यतिखेर अर्को प्रकृतिको जवाफ पनि आउने गर्छ । महिनाको तलब कति हुन्छ ? त्यति तलबले खान पुग्छ ? बेकारको कुरा ! त्यस्तो खानै नपुग्ने जागिर खाएर पनि कोही जिन्दगी बरबाद गर्छन् ? त्यस्तो सरकारी जागिर त म खाँदै खान्न । बरु जान्छु विदेशतिर । देखाजाला जे त होला । जानीजानी कोही त्यति तलबमा झुण्डिन्छ ? यस्तो सल्लाह पनि दिने ?
यी दुईथरी जवाफ लगाउने युवाको आ-आˆनै विशेषता हुन्छन् । पहिला थरी मुस्किलले घोकेर वा अन्य कुनै तरिकाले परीक्षा त पास गरेका हुन्छन् तर प्रतिस्पर्धा गर्न डराउँछन् । थप मेहनत गर्न पछि हट्छन् । सामान्य भनसुनमा कतै गुजारासम्म चल्ने पेसाका लागि तयार हुन्छन् । प्रतिस्पर्धाका लागि हुने परीक्षामा सामेल भएर उत्तीर्ण हुने ख्वाब त के Û परीक्षा दिने आँटसम्म पनि गर्दैनन् । न त यिनीहरूसँग आˆनै आँटका भरमा केही गर्न सक्ने हिम्मत नै हुन्छ । यिनलाई आफूमा निहित शक्तिलाई बुझाइदिने अर्को व्यक्तिको जरुरत पर्छ । त्यो पनि जो कोहीले भनेका र एकदुई पटक गरेका कुराले यिनलाई बुझाउन सकिँदैन । यिनीहरूसँग क्षमता छ तर उपयोग गर्नसक्ने हिम्मत हुँदैन । आˆनो क्षमता यी पटक्कै बुझ्दैनन् । आयोगको परीक्षा भनेको अर्कै ब्रहृमाण्डबाट सञ्चालित हुन्छ र त्यस्तो परीक्षा उत्तीर्ण गर्ने पनि उतैबाट आएका हुन्छन् । उनको सोचाइ यस्तै प्रकृतिको हुन्छ । समग्रमा यी आपै”mमा त्रास बढाउन सक्छन्, आस बढाउन सक्तैनन् ।
दोस्रा थरी युवा आधुनिक प्रविधिसँग परिचित छन् । त्यसको सदुपयोग गर्ने आँट यिनमा छ । यस्ता वर्गका युवा अहिलेको विश्व परिवेशमा आफूलाई उभ्याउन आवश्यक अङ्गे्रजी भाषामा विशेष दखल राख्छन् । यिनको पढाइ प्रायः निजी विद्यालयमा भएको हुन्छ । प्रविधिमा पहुँच र अन्तर्राष्ट्रिय भाषा
-अङ्गे्रजी) को विशेष दखलताले यिनको हिम्मत बढेको देखिन्छ । यसैले पनि अहिलेको परिवेशमा कम आय हुने, तर प्रतिस्पर्धामा खरो उत्रनु पर्ने परीक्षामा यी झ्वाट्ट होमिन चाहन्नन् । यी आˆना बाबुआमा वा यस्तै अभिभावकका अभिभावकत्वमा हुर्के बढेका हुन्छन् । सामान्य दुःखका कुरा यिनलाई थाहा हुँदैन तर यिनमा आˆनै किसिमको आँट छ । हिम्मत छ । अलिकति मात्र पनि यिनलाई सही मार्गदर्शन गर्न सक्ने हो भने यिनको भविष्य पहिलो वर्गका युवाको भन्दा उज्ज्वल देखिन्छ ।
म यतिखेर आयोगले प्रकाशन गरेको प्रशासन सेवा, सामान्य प्रशासन समूह, शाखा अधिकृत
-खुला) को बहत्तर पद सङ्ख्याको नतिजालाई अगाडि राखेर यो आलेख तयार गर्दैछु । प्रतिस्पर्धामा जम्मा ३३२५ उम्मेदवारले लिखित परीक्षा दिएकोमा १२२ परीक्षार्थी अन्तर्वार्ताका लागि छानिए । यसरी छानिएकामध्येबाट दस महिला र बासठ्ठी पुरुष अन्तर्वार्तामा सफल भए । हुनत यही कुल ३३२५ सङ्ख्याबाटै समावेशी कोटाभित्रका महिला, आदिवासी/जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र अपाङ्ग गरी अरू ६१ उम्मेदवार पनि छानिए तर यो सन्दर्भ भने खुलातर्फको ७२ सिटसँग मात्र केन्दि्रत छ ।
आयोगले सञ्चालन गरेको यस परीक्षामा नेपालका मेचीदेखि महाकालीसम्मका योग्यता पुगेका नेपाली युवाले भाग लिएका थिए । उत्तीर्ण हुने सौभाग्य सबैलाई मिलेन र मिल्ने कुरो पनि भएन तर एउटा कुरा के हो भने नतिजा भौगोलिक हिसाबले तुलनात्मक रूपमा समानुपातिक हुन सकेको देखिएन । जसले बुझेर मेहनतसाथ तयारी गरे पक्कै पनि परीक्षामा तिनै सफल भए । भूगोलको कुरो यहाँ रहेन । रहने कुरो पनि भएन । तथापि, समान मेहनत भएको भए सम्भवतः नतिजा पनि समानुपातिकताको केही नजिक हुन सक्थ्यो कि भन्ने मात्र हो, अन्यथा होइन ।
विकास क्षेत्रगत रूपमा केलाउँदा प्रकाशित नतिजाले पूर्वाञ्चलका १५्र, मध्यमाञ्चलका ७, पश्चिमाञ्चलका ३३, मध्यपश्चिमाञ्चलका १३ र सुदूरपश्चिमाञ्चलका ४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यति महìव दिएर यो लेख किन तयार गरियो ? भन्ने जिज्ञासा पनि जाग्नसक्छ । निजामती अधिकृतहरूलाई अनावश्यक महìव दिएको आक्षेप पनि नलाग्ला भन्न सकिन्न तर कुरो त्यसो होइन । यी अधिकृत भनेका देशको भोलिको प्रशासनयन्त्र संहाल्ने कर्णधार हुन् । सामान्य रोजगारीका हिसाबले बाहेक अरू अवस्थामा एक किसिमले निजामती सेवाप्रति बढ्दै गएको विकर्षणलाई आकर्षणमा परिणत गर्ने हस्ती हुन् । यिनको लगन, परिश्रम र सोचको कदर गर्नैपर्छ । आयोगको परीक्षासँग त्रास पाल्नेहरूले यिनलाई हेरेर आजैदेखि परीक्षाको तयारी गरी आˆनो भविष्य बनाउनेतिर अग्रसर हुनुपर्छ ।
हिजोअस्तिसम्म हामी त महिला भनेर आपै”m हीनताबोध गर्ने हाम्रा दिदीबहिनी अहिले धमाधम पुरुषसँग प्रतिस्पर्धामा खरो उत्रेर आफूलाई सक्षम साबित गर्न थालेका छन् । यसको गति दिनप्रतिदिन बढ्दो छ । उपलब्ध यही तथ्याङ्कमा बहत्तरमध्ये दस जना अर्थात् १३.८९ प्रतिशत महिला छन् । यो सङ्ख्या पर्याप्त नभए पनि उत्साहजनक पक्कै छ । यस्तै पिछडिएको क्षेत्र भनेर वर्गीकरण गरिएको कणर्ाली अञ्चलका जुम्ला र हुम्लाका एक/एक उम्मेदवार अर्थात् २.७८ प्रतिशत सफल भएका छन् । यसलाई मुक्तकण्ठले प्रशंसा गर्दै यी क्षेत्रबाट अझै यस्ता व्यक्तित्व अगाडि आइरहून् भनी नहिच्किचाइकन शुभेच्छा प्रकट गर्नु यतिखेर सान्दर्भिक नै हुन्छ ।
मान्छेले गरेर नहुने के छ ? सबै कुरा आˆनो लगन र परिश्रम हो । प्रतिस्पर्धाको परीक्षामा जाँच दिने परीक्षार्थी आवश्यक सङ्ख्याभन्दा माथि गएर सबै एकैचोटी कहिल्यै उत्तीर्ण हुन सक्तैनन् । एकोहोरो रूपमा लागिरहने र मेहनतलाई निरन्तरता दिइरहने हो भने चाहिँ एक न एक पटक सफलता हात नलागी सुखै छैन । एक दिन त्यो क्षण अवश्य आउँछ । यस कुरालाई परीक्षाको जुनसुकै चरणमा असफल भएका जोसुकै परीक्षार्थीले पनि मनन गर्नु जरुरी छ । आखिर, बराबर योग्यता भएका कुनै दस व्यक्तिलाई कुनै एक स्थानका लागि प्रतिस्पर्धा गरायो भने एकदेखि दस योग्यताक्रममा तीमध्ये कोही न कोही पर्नैपर्छ । पर्छन् । यस्तो अवस्थामा बाँकी प्रतिस्पर्धीलाई पछाडि परेको मात्र मान्नु पर्छ, असफल होइन ।
आयोगको प्रस्तुत नतिजा एउटा उदाहरण र विश्लेषणको आधार मात्र हो, अरू होइन । आयोगका अन्य नतिजा पनि यसरी नै विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । प्रस्तुत नतीजा जे जस्तो भए पनि निष्कर्ष के हो भने आयोगको परीक्षासँग कोही पनि डराउनु पर्दैन । जसले यस्ता परीक्षालाई त्रासको रूपमा हेरेका छन्, ती पक्कै पछाडि पर्छन् । शङ्का छैन तर जो डटेर लागिपर्छन् उनको भविष्य उज्ज्वल छ । यसै गरी दोस्रो वर्गका युवा जसले मनमा विदेश मात्र पालेका छन् तिनले पनि स्वदेशमा उपलब्ध अवसरको सदुपयोग गर्नुपर्छ । बरु सेवामा प्रवेश गरेर यसलाई थप मर्यादित र आकर्षक बनाउन प्रयास गर्नु पर्छ । अनि, यतिखेरै आयोगले पनि विभिन्न किसिमका खोज, अनुसन्धान र परामर्शका माध्यमबाट यस्ता सबै किसिमका मनलाई आकषिर्त गरी योग्यभन्दा योग्य व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउने अभियानमा निरन्तर रूपमा लागिरहनु सर्वथा उपयुक्त र राज्यको हितमा हुन्छ ।
-लेखक लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल निर्देशनालय, सुर्खेतमा उपसचिव हुनुहुन्छ ।

दलहरुका लागि विकल्प सहमति - सम्पादकीय

राज्य पुनस्रंरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएसँगै राजनीतिक बहस चर्किँदै गएको छ । संविधान सभाद्वारा गठित राज्य पुनसर्ंरचना तथा प्राकृतिक स्रोत साधन बाँडफाँड उप-समितिले करिब डेढ वर्ष अघि पेश गरेको १४ प्रदेशको खाकामा प्रमुख राजनीतिक दलहरुले फरक-फरक तर्क अघि सार्दै आएका तथा जनमोर्चा नेपालले संघीयता नै हुनु नहुने राजनीतिक तर्क गर्दै आएको यथार्थ नेपाली राजनीतिका लागि नौलो विषय रहेन । सरकारले केही महिना अघि राज्य पुनसर्ंरचनाको विवाद सुल्झाउन विज्ञहरु सम्मिलित आयोग गठन गरेको थियो । सो समितिले बुझाएको सुझावमा समेत अन्ततः दलहरु सहमत हुन नसक्नुले मुलुकलाई अप्ठ्यारो पर्दै आएको देखिन्छ ।
स्थायी शान्ति स्थापना र संविधान लेखनका लागि सेना समायोजन र पुनस्र्थापनाको विषयलाई प्रमुख बाधक भन्दै आइएको छ । तथापि राजनीतिक घटनाक्रमहरु हेर्दा र विश्लेषण गर्दा भने दलहरुबीचको राजनीतिक ध्रुवीकरण राज्इ पुनस्रंरचनाको विषयकै कारण पेचिलो बन्दै गएको देखिन्छ । सरकारको नेतृत्व गर्ने एकीकृत माओवादी पार्टी यतिबेला राज्य पुनसर्ंरचनाका विषयमा कम बोलिरहेको अवस्था छ । भर्खरै नेकपा एमालेले आफ्नो पार्टीको स्पष्ट धारणा राख्दै १२ वा आठ प्रदेशको प्रस्तवा अघि सारेको छ । जुनसुकै अवस्थामा पनि जातीय नामाकरणको राज्य स्वीकार्य नहुने अडान राख्दै आएको नेपाली कांग्रेस भने अहिले सम्म प्रस्तुत कुनै पनि खाकामा सहमत देखिँदैन । बढीमा ६ प्रदेश पहिचान र सामथ्र्यका आधारमा हुने आफ्नो अस्पष्ट खाका पेश गरेको कांग्रेस केन्द्र सरकारमा केही विशिष्ट अधिकार राख्दै बाँकी अधिकार स्थानीय सरकारलाई प्रदत्त गर्ने तथा प्रदेशहरुमा सीमित मात्र अधिकार सहतिको संघीयताको पक्षमा छ । तथापि अन्य केही साना दलहरुको दबाव र जोड भने जातीहरुलाई स्पष्ट पहिचानको अधिकार दिनुपर्दछ भन्दै जातिहरुकै नाउँमा प्रान्तहरुको नाउँ प्रान्त पनि जतिहरुकै र अधिकार पनि पिछडिएका जातिहरुलाई नै बढी दिइनु पर्दछ भन्ने छ । तर नेपाली परिप्रेक्ष्यमा अहिले सम्म जे-जति प्रस्तावहरु आएका छन् ती सबै कुनै न कुनै कारणले आलोचित अमान्य र अपूर्ण बन्दै आएका छन् । यसो भइरहँदा जनमानसमा शंका र विरोध उत्पन्न हुने खतरा बढ्दै गएको छ ।
केही महिना अघि सर्वोच्च अदालतले अब संविधानसभाको म्याद पुनः थप्न नपाइने निर्णय गरिसकेको छ । सर्वोच्चको निर्णयका आधारमा अब पनि बचेको सीमित समयावधिमा संविधान जारी नभए अर्को निर्वाचनको विकल्प बाहेक अरु उपाय हुँदैन । यसर्थ संविधान निर्माणका लागि त्याग र सहमतिका माध्यमबाट अघि बढ्नु पर्ने अवस्था छ । सहमतिका अतिरिक्त बाँकी राजनीतिक अभ्यासले यतिबेलाको गतिरोध काट्न सक्दैन ।