हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

एसएलसीको प्रश्न पत्र जिल्ला आइपुग्यो – मुख्य समाचार

झापामा ४८ केन्द्र, १६ हजार परीक्षार्थी
विष्णु पौडेल
भद्रपुर/यस वर्षको प्रवेशिका परीक्षाका लागि झापामा तयारी शुरु गरिएको छ ।
आगामी चैत–७ गतेदेखि हुने परीक्षाका लागि जिल्लामा ४८ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।  गत वर्षको भन्दा यस वर्ष एउटा परीक्षा केन्द्र बढाईएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । ति केन्द्रहरुमा जिल्लाका एक सय ओटा सामुदायिक, १ सय ३५ ओटा संस्थागत, ८ ओटा भुटानी शरणार्थी शिविर र २ ओटा खुल्ला विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् ।
झापाका देवी मावि अनारमनी र हिमालय उच्चमावि दमकको खुल्ला विद्यालयका विद्यार्थीहरु पनि प्रवेशिकामा सहभागी हुनेछन् । यसै वर्षबाट ‘प्राईभेट’ परीक्षाको व्यवस्था हटाईएको कार्यालयका उप–सचिव लक्ष्मीप्रसाद तिम्सिनाले जानकारी दिए । गत वर्ष एक्जाम्टेड परीक्षा दिएर अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि भने एउटा अलग्गै परीक्षा केन्द्र तोकिएको उनले बताए । यस वर्ष झापाबाट १३ हजार ९ सय ६५ नियमित तथा एक्जाम्टेड तर्फ २ हजार २ सय ७५ जना विद्यार्थीले प्रवेशीका परीक्षा दिने जनाइएको छ ।
परीक्षाको तयारीलाई निजी विद्यालयहरुले पनि गम्भिरताका साथ लिएको बताएका छन् । एनप्याब्सन झापाका अध्यक्ष जयबहादुर श्रेष्ठ परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आफ्नो संस्थाको भुमिका सकारात्मक रहने बताउँछन् । यस वर्षबाट सेन्ट–अप परीक्षा खारेजी गरिएकोप्रति भने उनले आपत्ती प्रकट गरे ।  बिदेशी दातृसंस्थाहरुको इशारामा सेण्ट–अप खारेजी गरिनुु नेपालको शैक्षिक प्रणालीका लागि उपयुक्त नरहेको उनको भनाई छ । परीक्षा नै नदिई ७५ प्रतिशत हाजिरका भरमा प्रवेशिकामा सहभागी गराइनु शैक्षिक गुणस्तका लागि हितकर नहुने उनको टिप्पणी छ ।
यसै बीच परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो चैत ७ देखि सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्लामा पु¥याएको छ । परीक्षा नजिकिँदै गएकाले कार्यालयले जिल्लाहरुमा मा परीक्षाका लागि आवश्यक सबै विषयको प्रश्नपत्र, उत्तरपुस्तिका र परीक्षाका लागि आवश्यक सबै सामग्री पु¥याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले उपत्यकाका तीन जिल्लाबाहेक अन्य सबै जिल्लामा आवश्यक सामाग्री पठाईएको बताए ।  यसवर्ष परीक्षा दिने पाँच लाख
२८ हजार २ सय ५७ परीक्षार्थीका लागि आवश्यक सबै विषयको कूल ९६ लाख एकसय थान प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छापेको थियो ।
झापामा समेत परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पठाउन थालिएको र प्रश्न पत्र जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रश्नपत्रहरु समेत परीक्षा केन्द्र नजिकैका प्रहरी इकाईहरुमा आगामी चैत–१ गतेबाट पठाउन थालिने जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । पटक–पटक भइरहेको बन्द तथा हड्तालका बाबजुद पनि परीक्षाको तयारी तिव्र पारिएको तिम्सिनाले बताए ।

‘होम सेन्टर’ नपाइने – उपमुख्य समाचार

परीक्षा प्रणालीलाई मर्यादित र ब्यवस्थित पार्ने प्रयास स्वरुप यस वर्षबाट झापामा परीक्षा केन्द्र रहेका विद्यालयहरुमा सो विद्यालयका परीक्षार्थीहरु सहभागी हुन नपाउने भएका छन् ।
केहि जिल्लाहरुमा अघिल्ला वर्षहरुमा नैं प्रयोग गरिएको यो व्यवस्था ति जिल्लामा सफल भएपछि झापामा पनि यस वर्षबाट लागु गर्न लागिएको हो । जिल्ला शिक्षा कार्यालयका उपसचिव तिम्सिनाका अनुसार परीक्षा केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरुलाई नजिकैको अर्को परीक्षा केन्द्रमा पठाइने छ ।
यस व्यवस्थाले परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परीक्षामा चिट चोर्नहरुलाई केन्द्रको नीति अनुसार सशक्त कार्वाही गरिने तिम्सिनाले जानकारी दिए ।

लखनपुर–१ मा लिम्बुवान महिला

दमक/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् मातहतको संघीय लिम्बुवान महिला परिषद्ले लखनपुर–१ मा कमिटी गठन गरेको छ ।
मनु सुब्बाको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षत्रयमा सिमा फुँयाल, तुलसा बस्नेत र गोमा कार्की, सचिवमा सुशीला कार्की, सहसचिवमा गंगा सुब्बा र कोषाध्यक्षमा ममता राई रहेका छन् ।
त्यसैगरी सल्लाहकारमा कल्पना कार्की र सहसल्लाहकारमा रिना राईलाई चयन गरिएको छ । सोमबार परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाको प्रमुख आतिथ्य र क्षेत्रीय सदस्य बिरेन्द्र उप्रेतीको सभापतित्वमा भएको भेलाले सो कमिटी गठन गरेको हो । भेलामा महिला परिषद्की दमक नगर अध्यक्ष मनिष ‘एवई’ महिमाले स्वागत मन्तव्य थिइन् । भेलामा सन्त चेम्जोङ, परिषद्का लखनपुर गाउँ सचिव सरोज सुब्बा, महिला परिषद्की गाउँ उपाध्यक्ष मेरी राजवंशी, कोषाध्यक्ष साबित्रा गुरुङ लगायतले बोलेका थिए ।
भेलाको सञ्चालन संघीय युवा मञ्चका क्षेत्रीय अध्यक्ष देवु गड्शनले गरेका थिए ।

नरेन्द्र र मेची विजयी

दमक/ झापाको दमकमा जारी रवि स्मृति अन्तर कलेज फुटबल प्रतियोगीतामा सोमबार तोपगाछीको नरेन्द्र जनता उच्चमावि र भद्रपुरको  मेची बहुमुखी क्याम्पस भद्रपुर विजयी भएका छन् ।
पहिलो खेलमा धुलाबारी बहुमुखी क्याम्पसलाई ५–१ को अन्तरले हराउँदै नरेन्द्र जनता विजयी भएको हो । अर्को खेलमा मेची बहुमुखी क्याम्पस भद्रपुरले दमकको चुलाचुली उच्च मा.वि. चुलाचुलीलाई  २–० को अन्तरले हराएको हो । सोमबारको पहिलो खेलको म्यान आफ दी म्याच सन्तोष लिम्बू र दोश्रो खेलमा दावा तामाङ घोषित भए । खेल अनेरास्वबियु (क्रान्तिकारी) दमक बहुमुखी क्याम्पस ईकाई समितिले आयोजना गरेको हो ।

स्थापना दिवसमा सरसफाई

दमक/नेपाल जुनियर रेडक्रस सर्कलको ४९ औँ स्थापना दिवसको अवसरमा सोमबार झापाको दमकमा सरसफाई कार्यक्रम गरिएको छ ।
रेडक्रस सोसाईटी उपशाखा दमकका युवा रेडक्रस सर्कल जुनियर रेडक्रस सर्कलका संयोजक कोमलप्रसाद प्रसाईको नेतृत्वमा दमक–१२ स्थित रेडक्रस मार्ग सफाई गरिएको छ ।
सफाई कार्यक्रममा उपशाखाका कार्यसमिति सदस्य तथा प्राकृतिक प्रकोप उद्धार समिति संयोजक गञ्जबहादुर दाहाल, युरेस, जुरेस समितिका सहसंयोजक प्रकाश भण्डारी, सचिव शेषराज निरौला, कार्यसमिति सदस्य चन्द्रप्रकाश पोख्रेल लगायत शिक्षक, विद्यार्थी, रेडक्रसकर्मी सहभागी थिए ।
त्यसैगरी दमक–६, ढुकुरपानीस्थित ढुकुरपानी उच्च मा.वि.मा जुनियर रेडक्रस सर्कलले सरसफाई कार्यक्रम गरेको छ । शिक्षक नायक भीमप्रसाद दाहाल नेतृत्वको विद्यार्थी टोली सरसफाई अभियानमा सहभागी भएको थियोे । सो अवसरमा सर्कलको कार्यालय विद्यालयका प्रधानाध्यापक लिलानाथ खनालले उद्घाटन गरेका थिए ।
कार्यक्रममा निवर्तमान शिक्षक नायब रघुनाथ भण्डारीले विद्यालयमा रेडक्रसको भुमिका महत्वपूर्ण रहेको बताएका थिए ।

दमकमा फेवाको सेवा

दमक/फेवा फाईनान्सले सोमबारबाट झापाको दमकमासेवा शुरु गरेको छ ।
फाईनान्सको ११ औ शाखाको रुपमा प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोमबारबाट नैं पाटन, तम्घास र बुटवलमा समेत शाखा उद्घाटन गरिएको उनले जानकारी दिए ।
दमकमा शाखा उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत थापा

प्रधान कार्यालय पोखरामा रहेको फाइनान्सले बिभिन्न प्रकारका बचत, रेमिट्यान्स लगायतका सेवाहरु उपलब्ध गराउने गरेको जनाइएको छ । फाइनान्सले स्थानीय बचतलाई स्थानीय क्षेत्रमानैं लगानी गर्ने नीति लिएको प्रमुख कार्यकारी अधिकृत थापाले बताए । उनका अनुसार २०६० सालमा स्थापित फेवा फाइनान्समा हाल कूल २ अर्ब २० करोड रुपैयाँ निक्षेप रहेको छ ।
त्यस्तै १ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सका दमक शाखा प्रबन्धक विश्वराज अधिकारीले स्थानीय उद्यमी व्यवसायीहरुसँगको सहकार्यमा आफ्ना गतिविधि सञ्चालन गर्ने बताए ।

दुर्घटनामा मृत्यु

बिर्तामोड/गरामनी–३ मा सोमबार अपह्रान्ह भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
भद्रपुर–बिर्तामोड सडक अन्तर्गत सो स्थानमा चन्द्रगढी जाँदै गरेको मे.२ प २९१५ नम्बरको मोटरसाईकल र बिर्तामोड आउँदै गरेको बा.२७ प ५९३५ नम्बरको मोटरसाईकल ठोक्किँदा २९१५ नम्बरको मोटरसाईकलमा सवार झापा महेशपुरका २२ वर्षीय हरीता राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनानमा सख्त घाईते उनको उपचारका लागि बिराटनगरको न्युरो अस्पताल लैजाँदै गर्दा बाटोमानैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मलेसियामा युवाको मृत्यु

उर्लाबारी/बैदेशिक रोजगारको लागि गएका मोरङको मधुमल्ला ७ सिमानावस्तीका एक युवाको मलेशियामा सुतेकै ठाउँमा मृत्यु भएकोछ । मृत्यु हुने मधुमल्ला ७ का २१ वर्षीय अमृत तोम्सा रहेका छन् ।
उनको आइतबार राति सुतकै ठाउँमा मृत अवस्थामा फेला परेको पारीवारिक स्रोतले जनाएको छ । एक वर्ष अगाडि वैदेशिक रोजगारमा गएका तुम्साको मृत्युको खबरले परिवार शोकमा डुबेको छ । मृतकको शव ल्याउने तयारी भइरहेको जनाइएको छ ।

प्रहरीलाई खुकुरी हानेर फरार

काकडभिट्टा/ मेचीनगर–१० मा सोमबार खुकुरी प्रहारबाट एक जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सीमा प्रहरी चौकी नकलबन्दमा कार्यरत प्रहरी जवान बिनोद यादव पहिचान नखुलेका व्यक्तिको खुकुरी प्रहारबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ड्युटीमा रहेका बेला उनलाई पहिचान नखुलेको समूहले टाउकोमा खुकुरी प्रहार गरी फरार भएको हो । उनको आम्दा अस्पताल मेचीमा उपचार भइरहेको छ । त्यसैगरी सवारी साधनबाट जवरजस्ती चन्दा असुल्ने एक जनालाई प्रहरीले झापाको शान्तिनगरबाट पक्राउ गरेको छ ।
सवारी साधनहरु रोकेर जबरजस्ती चन्दा असुली रहेको अवस्थामा मेची राजमार्ग अन्तर्गत शान्तिनगर–३ बाट स्थानीय २० वर्षीय किशोर रसाईली सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट ४ सय २० रुपैयाँ समेत बरामद गरिएको छ ।

बहिर्गमित लडाकु रिहा

आजबाट बजार–पसल खुल्ने
बिर्तामोड/ सवारी साधन बन्द गराउँदै हिँडेका ७ जना बहिर्गमित माओवादी लडाकु सोमबार पक्राउ पछि रिहा भएका छन् ।
बहिर्गमित जनमुक्ति सेना पूर्वी कमाण्डको आह्वानमा गरिएको हड्तालका क्रममा  सवारी साधन रोक्दै गरेको अवस्थामा बिर्तामोडबाट उनीहरु पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बिर्तामोडमा राति अबेरसम्म भएको छलफलपछि पक्राउ परेकाहरु कमाण्डका मेची सह–संयोजक प्रशान्त थापा सहित उनीहरु रिहा भएका हुन् । झापा उद्योग वाणिज्य संघ बिर्तामोडको उपस्थितिमा भएको छलफलमा आजबाट बजार, पसल तथा उद्योग, कल–कारखाना खुलाउने सहमतिपछि आफूहरु रिहा भएको थापाले बताए ।
बाणिज्य संघका अध्यक्ष बलराम कार्कीका अनुसार बजार पसल खुलाउनेसँगै अत्यावश्यकीय बस्तुको आयात तथा रात्री बस सञ्चालनमा अवरोध नगरिने समेत सहमति भएको छ । प्रहरी निरीक्षक छविरमण भट्टराईले पक्राउ परेकाहरुलाई राजनीति व्यवहार गर्दै माथिल्लो निकायबाट आदेश लिएर पक्राउ गरिएकाहरुलाई रिहा गरिएको बताए ।

झापामा फेरि वर्डफ्लु

सुरुङ्गा/झापामा तेश्रो पटक वर्डफ्लु पुष्टी भएको छ । यस वर्ष भने झापामा दोश्रो पटक वर्डफ्लु पुष्टी भएको हो ।
केन्द्रीय पशु रोग अन्वेशण प्रयोगशालामा गरिएको परीक्षणबाट दक्षिणी झापाको टागनडुब्बा–७ र कुमरखोद–१ मा वर्डफ्लु पुष्टी भएको जिल्ला पशु सेवा कार्यालय झापाले जनाएको छ ।
वर्डफ्लु देखिएको स्थानमा सोमबार कुखुरा, हाँस तथा अण्डा नष्ट गरिएको छ । पशु सेवा कार्यालयका प्रमुख डाक्टर राधेश्याम मण्डलका अनुसार कुमरखोद–१ सितुमाडी मा ९ घरमा पालिएका ५५ ओटा कुखुरा र ४३ अण्डा तथा टागनडुव्बा–७ कामाटोलीका ३ घरमा पालिएका ४२ ओटा हाँस तथा कुखुरा नष्ट गरिएको हो ।
ति स्थानहरुमा मंगलबार (आज) बाट ‘सर्भिलिएन्स’को काम शुरु हुने उनले जानकारी दिए । सो अन्तर्गत कुखुराका खोर तथा सुली सफा एवम् नष्ट गरिने तथा ४ किल्ला तोकेर बिशेष सतर्कता अपनाइने मण्डलले जानकारी दिए । यस वर्ष झापा दोश्रो पटक वर्डफ्लु पुष्टी भएका दुवै गाविस भारतसँग सीमाना जोडिएका छन् ।
ति स्थानमा संकास्पद रुपमा कुखुरा मर्न थाले पछि १५ दिन अघि नमुना परीक्षणका लागि पठाईएको थियो । गर्मी समय शुरु भई सकेकाले अव भने वर्डफ्लुको आशंका न्युन रहेको कार्यालय प्रमुख मण्डलले बताए ।
यस अघि गत माघ–२९ गते झापाकै अर्जुनधारा तथा चारपानेमा वर्डफ्लु पुष्टी भएको थियो । नेपालमा नै पहिलो पटक २०६३ सालमा झापाको मेचीनगरमा वर्डफ्लु पुष्टी भएको थियो ।

इटहरा बाल संजाल

उर्लाबारी/मोरङको इटहरामा रहेको इटहरा बाल संजालमा पुन महेन्द्र ठाकुर अध्यक्षमा चयन भएका छन् ।
सोमबार स्थानीय सामुदायिक भवनमा भएको सभामा उपाध्यक्षमा सरोज थापा, सचिबमा भगवती बिक, सहसचिबमा सोनु ढुंगाना र कोषाध्यक्षमा रोशन घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा गौरब भट्ट , माया निरौला, मीना कार्की, सबिता गुरुङ र प्रबिन श्रीपाली रहेका छन् । संजालले भयरहित शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ बिद्यालयहरुमा बिद्यार्थीहरुमाथी  दिइने बिभिन्न यातनालाई अन्त्य गर्न र दलित तथा जेहेन्दार उत्पडितलाई छात्रवृती कार्यक्रमका अघि बढाउने बताइएको छ । 

पेशागत महासङ्घमा भण्डारी

उर्लाबारी/ पेशागत महासङ्घ समन्वय समिति मोरङको अबिधेशनले  सिताराम भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । सो समितिका उपाध्यक्षमा सिताराम भण्डारी, सचिवमा मुरारीप्रसाद घिमिरे, सह–सचिवमा प्रकाश शर्मा र कोषाध्यक्षमा कुमार बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा सोहनबिर पाण्डे, शान्तीराम भट्टराई, गणेश कार्की, बिणारानी दाहाल, तिर्थराज निरौला, मनमाया रिजाल र सरिता श्रेष्ठ रहेका छन् । 

ब्राह्मण समाजमा निरौला

उर्लाबारी/ब्राह्मण समाज नेपाल नगरसमिति उर्लाबारीको सम्पन्न प्रथम अबिधेशनले पुनः  प्रमोद निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सो समितिको उपाध्यक्षमा गिता खतिवडा, सचिबमा यादब न्यौपाने, सहसचिबमा गोपाल खरेल र कोषाध्यक्षमा ज्ञानेन्द्र ओली रहेका छन् ।  त्यस्तै सदस्यहरुमा टिका अधिकारी, कमला भट्टराई, राधाकृष्ण पोख्रेल, राम गुरागार्ई, गंगाप्रसाद गुरागाई, देवीमणी न्यौपाने, तेजनाथ दाहाल, लक्ष्मण ढकाल लगायत रहेका छन् । सोही भेलाले अग्नी भट्टराई, रमा खतिवडा, मुक्ति न्यौपाने, तेजनाथ निरौला र चिन्तामणी पौडयाललाई जिल्ला प्रतिनिधीमा चयन गरेको छ । तदर्थ समितिका संयोजक प्मोद निरौलाको अध्यक्षता तथा केन्द्रिय सचिब डिललीराम उप्तीको प्रमुख अतिथिमा भएको उक्त अबिधेशनले बिगतको आयब्ययसँगै प्रगती प्रतिबेदन अनुमोदन गरेको थियो ।

सप्तकोशीमा बिज्ञान प्रदर्शनी

 उर्लाबारी/मोरङको उर्लाबारीस्थित सप्तकोशी उच्च माबिमा सोमबार  एकदिने  बिज्ञान प्रोजेक्ट तथा चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।
सोही बिद्यालयमा अध्ययरत रहेका बिद्यार्थीहरुद्धारा निर्माण गरिएका एफएम स्टेसन, रोवर्ट, इन्भटर, ज्वालामुखी मोडल, आलुबाट बिजुली, पानीबाट बिजुली निकाल्ने नमुना, आइटोपावार, हवाईजहाज, मोडिफाई कार, पानी जहाज, केम्किल रकेट, क्विज बोर्ड लगायत बिभिन्न प्रदर्शनीहरु राखिएको थियो । ३ दर्जन हस्तलिखित चित्र पनि प्रर्दशन गरिएको थियो ।  बिद्यार्थीहरुलाई बिज्ञान प्रदर्शनीले थप उर्जा प्रदान गर्ने भएकाले एक दिने प्रदर्शनीको आयोजना गरिएको प्रिन्सीपल लेखनाथ भट्टराईले बताउनुभयो । सोही बिद्यालयमा ८ सय भन्दा बढी बिद्यार्थीहरुले प्रर्दशनीको अवलोकन गरेका थिए । सोही अवसरमा बिद्यालयमा आयोजित भलिबल, फुटबल, भाले जुदाई, हाईजम्प, दौड लगायतका खेलका प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो  भने  २०६७ सालको शैक्षिक सत्रमा प्रथम, द्धितिय र तृतिय स्थान हात पार्ने पनि पुरस्कृत गरिएको शिक्षक कमल गौतमले बताउनुभयो ।   प्रिन्सीपल लेखनाथ भट्टराईको अध्यक्षता तथा कोपेव्सन संयुक्त क्लष्टरका अध्यक्ष सुवास राईको प्रमुख अतिथीमा भएको थियो । कार्यक्रममा भाषबिद् प्रा.डा. टंकप्रसाद न्यौपाने लगायतले यस्ता प्रदर्शनीले बिद्यार्थीको अध्ययनमा सहयोग पुग्ने बताएका थिए । निजिस्तरको सो बिद्यालयमा ८ सय ७५ जना बिद्यार्थी अध्ययरत रहेका छन् ।

जानकारी अब बनिने नयाँ संविधानलाई – खुल्ला आकाश

प्रेम चाम्लिङ (खम्बू)
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
पुरानो शासककालको कानुन र पुरानो संविधानको आधार मानेर अहिलेसम्म पनि हाम्रो नेपालमा राजनीतिक कार्यकर्ता र राजनीतिक निर्माणकर्ताहरुले अहिलेसम्म पनि दन्त्यकथाजस्तै आधार मानेर यस देशको सर्वहारा गरीब, सुकुम्बासी जनताहरुमाथि ती सुकुम्बासीहरुलाई ३ पुस्ते सुकुम्बासी प्रमाण हेर्नु र खोज्नु भनेको एउटा मनोभावना र अबुझ मुर्खता अमान, घमण्ड हो । किनभने देशको आदिवासी जनजातिहरुमा यो देशको भूपति भएको कथाहरुमा पाइएको छ । तर अहिले आएर एक व्यक्ति बराबर १०० र ५० भन्दा बढी परिवार भएको सबैलाई अवगतै छ । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु भन्नुको तात्पर्य यो छ हामीमा यस्तो कानुन हुनपर्छ कि, जो कोही पनि सुकुम्बासीहरुलाई ३ पुस्ते प्रमाण खोज्ने र जो कोही एउटा व्यक्ति जमिन भूमिहीन छ, त्यही व्यक्तिलाई मात्र सुकुम्बासी ठानी जो त्यही व्यक्तिले सुकुम्बासीको प्रमाण पाउनुपर्छ । अर्थात त्यो व्यक्तिले सुकुम्बासीको पाउने अधिकार यो देशमा पाउनुपर्छ । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु यस्तो युग र समय परिवर्तन भइसक्दा पनि २१ औँ शताब्दी पार गरिसक्दा पनि यो देशको कानुन र संविधान त्यही पुरानै कहानी र यथार्थलाई भुल्नु साथै छाड्नु पर्छ । कानुन र संविधानलाई पनि बदल्नु पर्छ । अहिले आएर यस्तो कानुन बनिनुपर्छ कि यो देशको सर्वहारा भूमिहीन व्यक्तिहरुलाई जो कोहीलाई पनि ३ पुस्ते प्रमाण नखोजेर जो व्यक्ति भूमिहीनहरु छन्, त्यही व्यक्तिहरुलाई सुकुम्बासी मानी तिनै व्यक्तिमा सुकुम्बासीको आधार, प्रमाण पाएको हुनुपर्दछ भन्ने हाम्रो विचार हो । अनि मेरो अनुरोध पनि हो । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु साथै मान्य राष्ट्रकर्ताहरुमा अनुरोध छ कि, सुकुम्बासीहरुको हितमा देशले यस्तो व्यवस्था ल्याउनुपर्छ, सुकुम्बासीहरुलाई सरकारले दबाई, पानी, मेडिकल सहुलियतहरु पनि मिलाउनुपर्छ । सुकुम्बासीहरुलाई प्रबन्ध गर्नुपर्छ । रासन कार्डको प्रबन्ध हुुनुपर्छ । थोरै भए पनि सहुलियत मिलाउनु पर्छ । धन्यवाद ।
दमक–१२, संरक्षण टोल

संकटमा पुँजीवाद – दोस्रो लेख

लोकनारायण सुवेदी
आज विश्वमा सन् १९३० पछिको सबैभन्दा ठूलो आर्थिक सङ्कट उत्पन्न भएको छ । यो सङ्कट सोझै नव उदारवादी पु“जीवादी बाटोको स्वाभाविक परिण्ाँम मानिएको छ । अन्तर्राष्ट्रिय वित्तीय पु“जी आज यो नव उदारवादको सञ्चालक बनेको छ । यो दीर्घ सङ्कटले वित्तीय पु“जीद्वारा सञ्चालित भूमण्डलीकरण्ँ अवहनीय बनेको प्रष्ट सङ्केत गर्दछ । नव उदारवादी अर्थव्यवस्था तथा त्यसको प्रभावका रुपमा सामुमा आइरहेकोे बढ्दो असमानता तथा बढ्दो बेरोजगारीका विरुद्ध विश्वभरि नै आज विरोधको आवाज उठिरहेको छ । विकसित पु“जीवादी देशहरुमा बढीभन्दा बढी सङख्यामा आÏना आजीविका तथा कल्याण्ँकरी व्यवस्थाहरुको लाभका विरुद्ध भइरहेका भयावह हमलाका विरोधमा निरन्तर जनता सडकमा उत्रिदै आएका छन् ।
यस दीर्घ सङ्कटको सन्दर्भमा अमेरिकाको नेतृत्वमा पश्चिमा साम्राज्यवादले यस सङ्कटको बोझ तेस्रो विश्वका देशहरुतर्फ मोड्ने कोशिस गरिरहेको छ र नाटोको माध्यमले पश्चिम एसिया तथा अन्य Ôेत्रहरुमा समेत आङ्खनो सैन्य हस्तÔेपका गतिविधि लगातार बढाइरहेको छ । अर्कोतर्फ ल्याटिन अमेरिकी देशहरुमा वामपन्थी सरकारहरुले देखाएका छन् कि विश्वमा नव उदारवादको विकल्प उपस्थित छ । बहुध्रुुुवीयताको पÔको पल्ला गरुङ्गो हु“दै गएको छ । Ôेत्रीय सहयोगको प्रवृत्ति बढिरहेको छ र खासगरी यो ल्याटिन अमेरिकामा बढेको देखिएको छ । साम्राज्यवादी वर्चस्वको प्रतिरोध गर्नु र नव उदारवादको विकल्प निर्माण्ँ गर्नु आज विश्वभरिकै बामपन्थी तथा प्रगतिशील शक्तिहरुका सामु मुख्य चुनौती बनेको छ ।
चार वर्È अघि २००७÷०८ बाट शुरु भएको विश्व आर्थिक सङ्कट, अन्धाधुन्ध ऋण्ँ दिने तथा सट्टेबाजी गर्नेे विनाशलीलाका माध्यमबाट वित्तीय संस्थाहरुले पैदा गरेका थिए । अमेरिका तथा युरोपका शासकहरुले करदाताहरुको पैसाबाट अर्बौ डलर झिकेर यो सङ्कट पैदा गर्ने ठूला कारोबारी तथा नीजी वित्तीय संस्थाहरुलाई बचाउन कोसिस गरे तर तिनलाई सङ्कटबाट उतार्नासाथ साम्राज्यवादी शक्तिहरुले खासगरी अमेरिका, जर्मनी, फ्रान्स, युनाइटेड किङ्गडमले कम खर्चका कदमहरु उठाउने तथा सार्वजनिक खर्चहरुमा कटौती गर्ने उपायका बारेमा जोडदार वकालत गर्न थाले जसले गर्दा सङ्कटको बोझ सर्वसाधारण्ँ बहुसङ्ख्यक जनतामाथि थोपर्ने काम भयो । यसरी त्यहा“ आज आम जनताका लागि बेरोजगारी छ, घरबाट विस्थापित हुने प्रक्रिया छ अनि समाज कल्याण्ँका प्रावधानको कटौती भएका छन् यसबाट सरकारी खजानाको मूल्यमा बैंकहरु तथा वित्तीय कम्पनीहरुलाई एकपटक पुनः ठूलो मुनाफा बटुल्ने मौका मिलिरहेको छ ।
संयुक्त राष्ट्र संघद्वारा २०११ को डिसेम्बर महिनामा जारी गरिएको दस्तावेज ः विश्व आर्थिक परिस्थिति तथा सम्भावना २०१२ (वल्र्ड इकोनोमिक सिचुएसन एन्ड प्रोस्पेक्टस–२०१२) मा विश्व अर्थव्यवस्थाको वृद्धि दरको २०१० को ४ प्रतिशतभन्दा मन्द भएर २०११ मा २.८ प्रतिश रहने उल्लेख गरेको छ र मन्दीको अर्को एउटा चक्र आउने खतराको चेतावनी पनि दिइएको छ । त्यस प्रतिवेदनले प्रष्ट बताउ“छ कि अमेरिका, युरोप तथा जापानको विकसित अर्थव्यवस्था मिलेर २०१२ मा १.३ प्रतिशत मात्र आर्थिक वृद्धि हासिल गर्न गइरहेका छन् ।
युरोपको बढ्दो ऋण्ँ सङ्कटले युरोपेली युनियनललाई विखण्डनमा लैजान सक्ने स्थिति सृजना भएको छ । यो ऋण्ँ सङ्कट एकातिर मन्दी तथा त्यसले गर्दा सरकारहरुको कम हु“दै गएको राजस्व तथा अर्कोतर्फ सरकारी खजानाबाट निगमीय कम्पनी तथा बैंकहरुलाई बेल आउट प्याकेज सहायता दिने योगको परिण्ाँम हो । निगमीय ऋण्ँलाई सम्प्रमु (शासकीय) ऋण्ँमा परिण्ँत गरिएको छ । २००७ देखि विकसित देशहरुको सार्वजनिक ऋण्ँ, तिनको सकल घरेलु उत्पादन (जीडीपी)को अनुपातमा तीव्र गतिले बढिरहेको छ । यसको सबैभन्दा ठूलो मार ग्रीसमा परेको छ तर यसो हु“दाह“ुदै पनि ग्रीसको ऋण्ँकै पुनर्गठन गर्ने गरिएको छ । अनि उसको आर्थिक पुनर्बहालीका लागि मद्दत गर्ने गरिएको छ । युरोपेली युनियन–अन्तर्राष्ट्रिय मुद्राकोÈ गठबन्धनले ग्रीस सरकारमाथि ऋण्ँको बदलामा खर्च कटौती र कम खर्च गर्ने जस्ता कडा सर्तहरु थोपरेको छ । त्यसले ग्रीसको मन्दीलाई अझ गहिरो बनाएको छ र उसको ऋण्ँ समस्यालाई अझ चर्को तुल्याइदिएको छ । अहिले पनि ग्रीसले आङ्खना ऋण्ँ भुक्तानी सम्बन्धी वचनबद्धता पूरा गर्न विफल हुने आशङ्का बढिरहेको छ । यदि त्यसो भयो भने विभिन्न अन्तर्राष्ट्रिय बैंकहरु र वित्तीय बजारमा पनि यसको गम्भीर असर पर्नेछ ।
ग्रीस बाहेकका अन्य युरोपेली देशहरुले पनि गम्भीर ऋण्ँ सङ्कटको मार झेलिरहेका छन् । सारा युरोपमा सम्प्रभु ऋण्ँ सङ्कटको जवाफमा राजकोÈीय कम खर्चका कदमहरु उठाइएका छन् । उनीहरुले समस्याको समाधान खोज्नुका सट्टा समृद्धि तथा रोजगारीका सम्भावनालाई कमजोर तुल्याउने काम गरेका छन् । ऋण्ँसम्बन्धी भुक्तानीमा सरकारहरु विफल हुने तथा युरोको भविष्यलाई लिएर स्थिति सन्देहपूणर््ँ बनेको छ । अपवादस्वरुप ब्रिटेनलाई छोडेर, युरोपेली युनियनका देशहरुमा फ्रान्स तथा जर्मनीको आग्रहमा राजकोÈीय संघ सम्झौताका लागि स्वीकृति दिएको छ, जसले युरो–डलरमाथिको भरोसा पुनर्बहाली हुन सक्ने अपेÔा गरिएको छ । यसको अर्थ राष्ट्रिय राजकोÈीय नीतिहरुमाथि युरोपेली देशहरुले आङ्खनो सम्प्रभूता गुमाउनु हुन जानेछ । त्यहा“ बजेट घाटा तथा सार्वजनिक खर्चहरुमा ठूलो कटौती गरिनेछ । जसले गर्दा आर्थिक वृद्धि दर पुनः घट्ने र बेरोजगारी अझ बढ्न जाने निश्चित छ ।
गएको वर्È २०११ मा बेरोजगारीको दर विकसित देशहरुमा सरदर करिब ८.६ प्रतिशत रहेको थियो । अमेरिकामा बेरोजगारीको दर २००९ देखि नै नौ प्रतिशतभन्दा बढी रह“दै आएको हो । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले गरेको अनुमान अनुसार २०११ को पहिलो त्रैमासिकसम्म विकसित संसारमा जति मानिस बेरोजगार थिए तिनमा झण्डै एक तिहाईले रोजगारीविहीन भएर बस्नुपरेको एक वर्Èभन्दा बढी समय गुज्रिसकेको थियो । यो झण्डै डेढ करोड मजदुरको कथा–व्यथा हो । विकसित देशहरुमा युवाहरुका बीच बेरोजगारीको दर २००८ मा रहेको १३ प्रतिशतबाट बढेर २०११ मा १८ प्रतिशतसम्म पुगेको थियो । आज सार्वजनिक र कल्याण्ँकारी खर्चमा जुन ठूलो कटौती गरि“दैछ त्यसबाट रोजगारीको स्थिति अझ खराब हुन जाने निश्चित छ ।
यतिबेला विकसित पु“जीवादी देशहरुमा सम्पन्नता र विपन्नताका बीचको अन्तर बितेको ३० वर्Èयता सबैभन्दा उच्च स्थानमा पुगेको छ । आर्थिक सहायता तथा विकास सङ्गठन (ओइसीडी)को प्रतिवेदनले बताएको छ कि यस सङ्गठनको Ôेत्रमा सबैभन्दा धनी देशका १० प्रतिशतको सरदर आय सबैभन्दा गरीब देशका १० प्रतिशतको तुलनामा गरीब नौ गुण्ाँ बढी भइसकेको छ । अमेरिकामा सबैभन्दा बढी एक प्रतिशतको कुल सम्पत्ति त्योभन्दा तलका ९० प्रतिशतको कूल सम्पदाभन्दा पनि बढी हुन्छ । आवासका बेलुन फुटेदेखि पछि अमेरिकीहरुबाट १० लाखभन्दा बढी मानिस बस्दै आएका आवास खोसिएका थिए । ती घरहरु ऋण्ँ दिने बैंकहरुले कब्जामा लिएका हुन् । २०१० मा मात्रै अमेरिकीहरुबाट १० लाखभन्दा बढी घर यसरी खोसिए । त्यसले गर्दा अमेरिकी मध्यम वर्गमाथि धेरै नराम्रो असर परेको देखिन्छ ।
पु“जीवादमा उपस्थित सङ्कटले आज जस्तो किसिमको अभिव्यक्ति आइरहेको छ त्यो १९३० को महामन्दीभन्दा पनि बढी व्यापक र तीव्र त छ“दैछ, त्यसले एकपटक पुनः जोडदार किसिमले पु“जीवादको गर्भमा अन्तरनिहित उत्पीडनकारी तथा शोÈण्ँकारी चरित्रलाई राम्रोस“ग उदाङ्ग पारिदिएको छ । यस सङ्कटले विश्व जनसङ्ख्याको विशाल बहुमतमाथि अझ बढी कठिनाइ थप्ने काम गरिरहेको छ । यो सङ्कटकोे बढ्दो स्तर र परिमाण्ँले के पनि सावित गरिरहेको छ भने साम्राज्यवादले उसको अस्तित्व र भूमिकामाथि पर्दा हाल्न जतिसुकै कोसिस गरे पनि मानवताविरोधी हमलामा उसले विश्व पु“जीवादको नेतृत्व र प्रतिनिधित्व नै गरिरहेको छ । यस प्रकार विश्व वर्चस्वको साम्राज्यवादको खोजी नै मानवतालाई आङ्खनो पूणर््ँ उत्थान, मुक्ति तथा प्रगतिबाट वञ्चित तुल्याउने वास्तविक स्रोत हो भन्ने कुराको पुनर्पुष्टि भइरहेको छ ।

बिर्सन नुसकिने सामाजिक व्यक्तित्वहरुबाट युवावर्गले सिक्नै पने पाठहरु – पहिलो लेख

ओमप्रकाश गौतम
जीवन पछिको मृत्यु एउटा प्रकृतिले दिएको परम्परा हो । मृत्यु एउटा दुःखदायी क्षण हो । यसले सदैव जीवनमा शून्यताको बोध गराउँदछ । मानवले शून्य मनस्थिति राखिरहने हो भने संसार नै चल्न नसक्ने कुरा वैज्ञानिकहरुले भन्दै आएका छन् । विशेषतः मृत्युलाई व्यवहारिक, धार्मिक, आर्थिक र मानसिक पीडाका कोणबाट विश्लेषण गरिँदै आएको छ । मृत्यु स्वभाविक प्रक्रिया भएको हुनाले त्यसलाई अन्यथा भने हामी मानवहरुले ठान्दै ठान्नु हुँदैन । बाँच्नेहरुका लागि मृत्युको दुःख तिव्रतम हुने गर्दछ । दुःख भन्ने कुरा अनुभूति पक्षसँग सम्बन्धित हुने भएकोले यो अदृश्य हुन्छ तर दुःख आइपर्दा टाढा भए पनि वा नजिक भए पनि विद्युतीय गतिभैmँ त्यसले सबैलाई छुन्छ र त्यो ज्यादै नै संवदनशील हुन्छ । हो आज यस्तै दुःखद्पूर्ण वेदनाले पूर्वाञ्चलको राजनीतिक, सामाजिक, धार्मिक क्षेत्र भनेर चिनिएको झापाको भूमि लखनपुर गाविसका बिर्सनै नसकिने सामाजिक तथा राजनैतिक अगुवाई गर्ने व्यक्तित्वहरुको मृत्युको वेदनाले हामीलाई स्तब्ध र विभोर बनाएको छ । पञ्चायतीकालको शासन व्यवस्थादेखि प्रजातन्त्र हुँदासम्म र वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि जीवन रहेसम्म आ–आफ्नो क्षेत्रमा अमूल्य योगदान दिने व्यक्तित्वहरु जो हामी सामु रहेर जीवनलाई कहिल्यै पनि थकान नमार्ने हाम्रा पितामह हुनुहुन्थ्यो वहाँहरु जसमा लखनपुरमा मात्र सामाजिक, धार्मिक, राजनैतिक कार्यमा योगदान दिन कहिल्यै पछि नहट्ने व्यक्तित्व वृत्त हुनुहुन्थ्यो । जसले भोजपुर, तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभामा आफ्ना कर्तव्यनिष्ट पाइलाहरु एकमुठी सास रहुञ्जेल गरीब, दुःखी जनताहरुको मुक्तिका लागि निरन्तर रुपमा सहयोग र सद्भाव गरिरहनुहुन्थ्यो । ती कर्मशील, कर्तव्यनिष्ट, सहनशील, सुशील, जुझारु व्यक्तित्व हुनुहुन्थ्यो– थरी माइला (पक्की घरे) उपनामले चिनिनुहुन्थ्यो जसको वास्तविक नाम थियो कृष्णकुमार राई । जो यही लखनपुर गाविस वार्ड नं.–२ मा अवस्थित श्री मंगलमय उच्च माध्यमिक विद्यालयको स्थापनाकाल वि.सं. २०२७ साल पुष २७ गते पृथ्वी जयन्तीका दिन स्थापना गरिएको विद्यालय थियो । त्यही स्थापनाकालमा सो विद्यालयको संस्थापक अध्यक्ष रहेर शिक्षाको ज्योती छर्ने कामको थालनी गर्नुभएको थियो । यति मात्र होइन, विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक कार्यका निमित्त दिनरात झापाली जनताको पीरमर्का र व्यथाहरुको सहजकर्ता भएर कार्य गरेको उहाँहरुको सहपाठी मित्रहरुबाट हामीले बुझेका छौँ । यसरी नै अर्का सामाजिक, राजनीतिक, धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो–हरिबहादुर राई । जो यही श्री मंगलमय उच्च माध्यमिक विद्यालयमा वि.सं. २०२९–२०३२, वि.सं. २०६२ देखि २०६५ र २०६५ देखि २०६७ सालसम्म यस विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा रहेर ३ कार्यकाल बिताउनुभयो र उहाँकै सक्रियतामा विभिन्न संघसंस्थाहरुको अगुवाईमा यस विद्यालयलाई भारतीय राजदूतावासको सहयोगमा ३२ कोठे २ तले भवन निर्माणका लागि साढे ३ करोड रुपैयाँको आर्थिक सहयोग जुटाउन उल्लेख्य भूमिका निर्वाह गुर्नभएको थियो । यसरी नै श्री वाणी उच्च माध्यमिक विद्यालय लखनपुरको भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष,  मधुमल्ला गाउँ विकास समितिको ७ नम्बर क्षेत्रको अध्यक्ष, नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा आवद्ध भएर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्म र भावनालाई आत्मसाथ गरेर अविरल रुपमा प्रजातन्त्र र गणतन्त्रका निमित्त जीवनमै नथाकी अघि बढेको हामीले थाहा पाएका छौँ । गाउँमा टोलविकास र बजार विकास अनि सामाजिक संघ संस्थालाई आर्थिक तथा भौतिक सहयोग गर्नका लागि कहिल्यै पनि पछि नहट्ने जुझारु व्यक्तित्व हुनुहुन्थ्यो वहाँ । यस्तै अर्का राजनीतिक, सामाजिक व्यक्तित्वहरुको लाइनमा  अमृतलाल ताजपुरिया पर्नुहुन्छ । जसले यही झापाको लखनपुर पञ्चायतको संस्थापक, प्रधानपञ्च रहेर धेरै वर्ष यहाँका विभिन्न जाती जनजातिहरुको विविध समस्याको समाधान गर्नुभएको थियो । उहाँ पनि श्री मंगलमय उच्च माविको भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, धार्मिक तथा सांस्कृतिक, साझा सहकारी संस्थामा निरन्तर रुपमा आफ्नो अभियानलाई सुचारु रुपमा सम्पन्न गरेको यथार्थ हामी समक्ष छिपेको छैन । यसरी नै लखनपुर गाउँ विकास समितिमा सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक कार्यमा युवा देखि वृद्धावस्था सम्म आफ्नो अमूल्य समयलाई कहिल्यै पनि थकान नमेटिकन जीवनका यात्राहरुमा नरोक्ने व्यक्तित्व हुनुहुन्थ्यो सन्तकुमार बान्तवा । उहाँ पनि श्री मंगलमय उच्च माध्यमिक विद्यालयको वि.सं. २०३३ देखि २०४८ सालसम्म पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, पाँचथर जिल्लाको दूर्गा उच्च माविको प्रधानाध्यापक, किराँत राई यायोक्खाको संस्थापक झापा जिल्ला अध्यक्ष, किराँत राई नारायण दास स्मृति प्रतिष्ठानको केन्द्रीय अध्यक्ष, आदिवासी जनजाति रङ्गशाला तथा स्मृति पार्क व्यवस्थापन समिति अध्यक्ष, लखनपुर–१ मा अवस्थित समाधिस्थल व्यवस्थापन समिति अध्यक्ष र वर्तमान राजनीतिक परिपृष्ठमा एकीकृत ने.क.पा. (माओवादी) झापा जिल्ला सल्लाहकार समिति अध्यक्षमा पदासिन व्यक्तित्व वृत्त हुनुहुन्थ्यो । विधिको विडम्बना प्रकृतिको नियमानुसार जीवन पछिको मृत्युको साश्वत चलन अनुसार वि.सं. २०६८ साल फागन २० गते शनिबारका दिन बेलुका ९ बजे पश्चात ७८ वर्षको उमेरमा उहाँको नस्वरचोला हामीमाझबाट कहिल्यै नब्युँतने गरी दैवले चुँडेर लग्यो । वास्तवमा लखनपुर गाविसका यी ४ जना व्यक्तित्व आजभन्दा ५ वर्ष र २ वर्ष अगाडि क्रमशः यस संसारबाट सदा–सदाका लागि विदा भएर जानुभयो । जो हामी लखनपुर वासीबीच हुनुहुन्न । तर उहाँहरुले यस भूमिमा नेपालीहरुलाई लगाएको गुन हामी युवावर्गहरुले कहिल्यै पनि भुल्ने छैनौँ । शोकलाई शक्तिमा बदल्ने कुरामा हामी एकजुट हुनेछौँ । आज ४ जना व्यक्तित्वहरुले यो कर्मभूमि छोडेर गए पनि उहाँहरुकै संसर्गमा रहेर धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा तेह्रथुम, दार्जिलिङ्ग हुँदै झापा जिल्लामा सदा–सर्वदा आफ्नो कार्यलाई रत्तिभर नबिसाउने व्यक्तित्व श्री पूर्णानन्द शर्मा (पी.एन.सर) मात्र एक्लो हुनुहुन्छ । उहाँ पनि अहिले बाल्यकालमै २ वर्षको हुँदा दाहिने खुट्टा चल्न छोडेपश्चात अहिले आएर मेरुदण्ड बाङ्गिएर नसा च्यापिएकाले थलिनुभएको छ । उहाँ पनि श्री मंगलमय उच्च माविको भुपू विद्यालय व्यवस्थापन समिति अध्यक्ष, तेह्रथुमको सिद्धकाली, त्रिभुवन हाइस्कूल मूलपानीका प्रधानाध्यापक तथा शिक्षक, श्री हिमालय उच्च माविका भुतपूर्व शिक्षक र त्यही विद्यालयमा अध्यापन गराउँदा माध्यमिक तहको अंग्रेजी व्याकरण (भ्लनष्किज न्चबmmभच)का लेखक छविलाल सर्मा सिटौलाको सहकार्यमा पुस्तक प्रकाशन गर्नुभएको र तेह्रथुम मूलपानीमा रहँदा ‘प्रोत्साहन’ भन्ने साहित्यिक पत्रिका प्रकाशित अनि जनप्रिय पुस्तकालयको व्यवस्थापक, श्री वाणी उच्च माविका व्यवस्थापन समिति सदस्य, श्री दमक बहुमुखी क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष, नेपाली कांग्रेसका पूर्व जिल्ला समिति सभापति अनि महासमिति सदस्यमा रहेर शैक्षिक क्षेत्रमा अनवरत रुपमा गरेको योगदान हामी माझ तरोताजा छ । उहाँको पनि स्वास्थ्य लाभ र दीर्घायुको कामना गर्दछौँ हामी । आज देशमा गणतन्त्रको जग दिनानुदिन कमजोर अवस्थामा गुज्रिरहेको हुनाले उहाँ ५ जना व्यक्तित्वहरु हाम्रा लागि सधैँ भरी मुटुमा रहिरहनु हुनेछ । जसले यस क्षेत्रमा कहिल्यै पनि नेपाली दाजुभाइ जातित्वको आधारमा एकअर्काबीच हिंसाको बिजारोपण नहोस् । काटे सबैको शरीरबाट रातै रगत बग्दछ । कोही पनि जाती–जनजातिलाई उपेक्षित गर्नुहुँदैन । हत्या, हिंसा, लुटपाट, अपराधजन्य घटना कोही कसैले गर्नुहुँदैन । एकआपसमा सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक विविधतामा फुटेर होइन जुटेर लाग्नुपर्छ भन्ने भावना बोकेका ५ जना व्यक्तित्वहरुले चालेको कदमलाई आगामी दिनहरुमा शान्ति, संविधान, सुशासन, सहमति र सहकार्यका लागि हामी यस देशका सम्पूर्ण युवा वर्गहरुले उहाँहरुले समातेको सामाजिक र राजनीतिक अभियानलाई निरन्तरता दिनुपर्दछ । यी बिर्सनै नसकिने व्यक्तित्वहरुको जीवनगाथाबाट हामी सबैले आदर्शको पाठ भने सिक्नै पर्दछ । सबैलाई चेतना भया ।

होलीको सन्देश – सम्पादकीय

भातृत्व र आपसि सद्भावको पर्व–हालीको रौनक बिभिन्न क्षेत्रमा शुरु भई सकेको छ । औपचारीक रुपमा आगामी फागुन २४ र २५ गते मनाईने भए पनि बिभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव शुरु भएको छ ।
    असत्य माथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आईएको छ । आपसमा रङ्गहरु दलेर खुसीयाली साटासाट गरेर मनाईने पर्वमा जसरी बिभिन्न रङ्गहरुको महत्व रहन्छ, त्यसरीनै समाजमा सवै जाती–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ । होली पर्वको दिन आफ्नो घरमा शत्रुनै आए पनि सम्मान र स्वागत गर्नु पर्ने किम्वदन्ति रहँदै आएको छ । त्यसैले यस पर्वको महत्व र सारतत्वलाई जीवनन्त बनाउन र दैनीक जीवनमा पनि लागु गर्न होलीले सन्देश पनि दिने गरेको छ ।
    वर्ष भरि दैनीक जीवनमा रहे–बनेका बिभिन्न बैमनस्यता तथा आपसी कटुता बिर्सेर भातृत्व बलियो पार्न हरेक वर्ष हामीलाई झक्झक्याउने गरेको छ । कम्तिमा होलीले दिएका सन्देशहरुलाई हामीले दैनिक जीवनमा अबलम्बन गर्न सक्यौ भने यस पर्व प्रतिको सच्चा अनुशरण ठहरिने छ । बिभिन्न समुदाय बिच चिसिन खोजेको सम्बन्ध बलियो पार्न पनि होली पर्वले हामीलाई सचेत र सजग गराई रहेको छ ।
    होली पर्वका नाममा केहि वर्षयता भित्रिदैँ गरेका बिक्रितीहरुले पनि संस्कृतीका हिमायतीहरुलाई चिन्तित बनाएको छ । पर्व मनाउने र रमाईलो गर्ने बाहानामा भाँङ्, धतुरोका बिभिन्न परिकार खाने, शरीरमा बिभिन्न प्रकारका रङ्ग–रोगन गर्ने, छालाका लागि अनुपयोगी रङ्हरु प्रयोग गर्ने  तथा जवरजस्ति रङ्ग दल्ने तथा लोला हान्ने प्रबृती पनि बढेको छ । युवा पुस्तामा बढेको यस प्रकारको शैलीले संस्कारलाई बलियो भन्दा पनि बिटुलो बनाउने हो कि भन्ने पनि चिन्ता बढेको छ । त्यसैले होली पर्वलाई जवरजस्तको पर्व बनाउनु भन्दा साँचो रुपमा आपसी हार्दिकता, भातृत्व र भाइचाराको पर्वको रुपमा मनाउन आवश्यक छ । आगामी पुस्तालाई सु–संस्कृतरुपमा पर्वहरु हस्ताण्तरण गर्नका लागि पनि पर्वहरु भड्किलो शैलीले मनाउनु भन्दा मर्यादित र व्यबस्थितरुमा जोगाउन र समृद्ध बनाउन आवश्यक छ ।