हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

आजाद समुहले हतियार बुझायो

यसैबीच संयुक्त जनतान्त्रिक तराई मुक्ती मोर्चा आजाद समुहले १० थान हतियार प्रशासनलाई बुझाएको छ ।
सो समुहले सिराहाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद विडारी र प्रहरी उपरीक्षक राजेशकुमार लालकर्णको उपस्थितिमा आफुले यसअघि प्रयोग गर्दै आएका हतियार बुझाएको हो । बुधबार समुहले एकनाले कटुवा पेस्तोल ७ थान दुईनाले कटुवा पेस्तोल १ थान रिवल्भर १ थान एकनाले मास्केट बन्दुक १ थान र मिस फायर भएको गोली २ थान बुझाएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

युनियनको अन्तरसम्वाद

दमक÷ नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियन झापा शाखाले बिहिबार झापाको दमकमा अन्तर-सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।
कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बा प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई पूर्व जिल्ला अध्यक्ष गोविन्दचन्द क्षेत्री पार्टीका क्षेत्रीय सभापति शेरबहादुर भट्टराई नगर सभापति ढुण्डीराज भट्टराई जिल्ला सदस्य टिका सापकोटा तरुण दल झापाका अध्यक्ष भूमिराज राई नेपाल महिला संघकी नगर अध्यक्ष लता चापागाँई लगायतले बोलेका थिए ।
यसैबीच कार्यक्रमका अवसरमा प्रेस युनियन र नेपाली कांग्रेस बीच समन्वय गरेर पार्टीका गतिविधि जनता सम्म पुर् याउन आवश्यक रहेको चर्चा गरिएको थियो । नेपाल किसान संघ दमक नगर अध्यक्ष भानु सुवेदीले युनियनको दमक सम्पर्क कार्यालय स्थापना गर्न दमक-१० स्थित आफ्नो घरको एउटा कोठा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा कांग्रेस सम्बद्ध कार्यकर्ता विभिन्न भातृ संस्थाका कार्यकर्ता लगायत युनियनमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
युनियनका झापा अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको साचालन पार्षद् कुमार लुइटेलले गरेका थिए ।

आइएको परीक्षाफल प्रकाशित

दमक÷ त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण्ँ कार्यालयले मानविकी तथा सामाजशास्त्र संकाय तर्फ प्रवीण्ँता प्रमाण्ँपत्र तह आईए प्रथम वÈ्रकोपरीक्षा को परीक्षाफल प्रकाशित गरेको छ । २०६८ सालमा साचालित परीÔाको परीÔाफल बिहीबार प्रकाशित गरिएको कार्यालयले जनाएको छ । परीक्षाफल मा www.educationsansar.com, www.edusanjal.com / www.tu.ntc.np मा हेर्न सकिने परीक्षा नियन्त्रण्ँ कार्यालयले जनाएको छ ।

श्रीमतिको हत्या

उर्ला्रबारी÷ मोरङको राजघाटमा बिहिबार बिहान श्रीमानलॆ आफ्नै श्रीमती धरिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।
राजघाट -३ का ३३ बर्षीय डम्बर लिम्बुले आफ्नै श्रीमती ३४ बर्षीया जसमाया लिम्बुको बिहान १० बजे खुकुरी र बाचरो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घरायसी बिवादको क्रममा डम्बरले धारिलो हतियार प्रयोग गरी घटनास्थलमा नै हत्या गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरिक्षक नरेश कार्कीले बताए । हत्यामा संम्लग्न रहेका डम्बरलाई बिहिबारनै इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका डम्बरलाई ज्यान मुद्दा सम्वन्धित मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

दुर्घटनामा र डुबेर मृत्यु

गौरादह÷ पूर्वपश्चिम राजमार्ग अन्तर्गतको झापाको तोपगाछी स्थित सीतापुरी सडक खण्डमा बिहिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सख्त घाईते भएका झापा धरमपुर-२ का ३८ वर्षिय घनेन्द्रप्रसाद न्यौपानेको उपचारका क्रममा मृत्यु भएको हो । अपह्रान्ह साढे २ बजे तिर मे।४प ३१२० नम्बरको मोटरसाईकलमा सवार उनलाई को।१ ख ३१११ नम्बरको मिनीट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनको उपचारका क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा साँझ मृत्यु भएको हो । उनीसँगै मोटरसाईकलको पछाडी सवार धरमपुर-३ का अमृत नेम्वाङ र वडा नम्बर-२ का चतुरबहादुर नेम्वाङ् गम्भिर घाईते भएका छन् । उनीहरुको न्युरो अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै ´ापाको जुरोपानी-१ को भुँडेसिमलमा बिहिबार घर नजिकैको पोखरीमा डुेबेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको पटुवा खाडीमा डुवेर बिहान १० बजे तिर स्थानीय सुशील ताजपुरीयाका २ बर्षिय छोरा कुलबहादुरको बिहान मृत्यु भएको ईलाका
प्रहरी कार्यालय गौरीगाजले जनाएको छ । मृतकको शव परीक्षणका लागि मोरङ्को उर्लाबारी स्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

काठ तस्करीमा बालबालिकाको दुरुपयोग

गोपाल झापाली
दमक÷ झापामा हुने अवैध काठ ओसार-पसारमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ ।
दक्षिणी इलाम र पाँचथरका वन क्षेत्रबाट झापा तर्फ हुने काठ तस्करीमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको हो । दमकको बेलडाँगीमा रहेको रेन्जरपोष्टले केही समय अघि अवैध काठ ओसार-पसारमा संलग्न भएको आरोपमा २ जना बालकलाई नियन्त्रणमा लिएको थियो । ती मध्ये एक जनालाई आवश्यक अनुसन्धान पछि रिहा गरिएको र अर्का एक धरौटीमा रिहा भएको रेन्जरपोष्टले जनाएको छ । पछिल्लो २ वर्षमा दक्षिणी इलाम र दमकको उत्तरी क्षेत्रका २० जना बालबालिका अवैध काठ ओसार-पसारको अभियोगमा पक्राउ परेको रेन्जरपोष्टका प्रमुख सहायक वन अधिकृत जीवन पाठकले जानकारी दिए । वन रक्षक भोजराज खतिवडाका अनुसार ती मध्ये इलामको चुलाचली क्षेत्रका बढी रहेका छन् । बालबालिकाको हकमा दण्ड र जरीवाना नलाग्ने तथा लागे पनि न्यून हुने भएकाले तस्करहरुले उनीहरुलाई प्रयोग गर्ने गरेको उनले बताए । अवैध काठ ओसार पसारमा १३ वर्ष उमेर सम्मका वालवालिकालाई कानुनी रुपमा दण्डित गर्न नमिल्ने र १३ देखि १५ वर्ष उमेरका वालवालिका हरुलाई आधा दण्ड-सजाय हुने कानुनी व्यवस्था रहेको प्रमुख पाठकले बताए । तस्करीमा वालवालिकाको संलग्नता रोक्न विद्यालयहरु सँग समेत समन्वयको खाँचो रहको वन कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई गाविसले प्रमाणित गरेको उमेरको आधारमा कानुनी प्रकृया अघि बढाईने गरेको छ ।
यसै बिच झापाको बेलडाँगी क्षेत्रबाट सशस्त्र प्रहरी ५ महिनाको अवधिमा १ सय ३४ किविक फिट अवैध काठ बरामद गरेको छ । बिभिन्न क्षेत्रमा गरिएको सर्चका क्रममा ति काठ बरामद गरिएको बेलडाँगी-१ स्थित सशस्त्रत्र प्रहरी वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक रविन भुजेलले जानकारी दिए । शसष्त्रप्रहरीले बिहिबार बिहान समेत ६ किविक फिट अवैध काठ बरामद गरेको छ । वेवारिसे अवस्थामा फेला पारिएको सो काठ बेलडाँगी रेन्ज पोष्टमा बुझाईएको उनले बताए ।

खानेपानीको साधारण सभा

दमक÷ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको १७ औं साधारण सभा बिहिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पशुपातिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०६७÷६८ को २ करोड २६ लाख २५ हजार ४ सय ६३ रुपैयाँको आय तथा ९९ लाख १६ हजार ६ सय २१ रुपैयाँ को व्यय बिवरण प्रस्तुत गरिएको अध्यक्ष गौतमद्वारा प्रस्तुत प्रतिवेदनमा समयमा पानीको महसुल नबुझाउने उपभोक्ताहरुबाट जरिवानाबापत २ लाख ३२ हजार २ सय ६३ रुपैयाँ असुल गरेको जनाईएको छ । समयमा नै महसुल बुझाउने उपभोक्ताहरुलाई ३८ हजार ९ सय ८६ रुपैयाँ छुट दिईएको समेत जनाईएको छ । नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरको खानेपानी समस्या समधानका लागि ४१ करोड ६१ लाख ४० हजार ४ सय ६२ रुपैयाँको लागतमा नयाँ योजना साचालन हुनै लागेको जनाईयो ।
कार्यक्रममा दमक बहुमुखी क्याम्पस साचालक समितिका अध्यक्ष सुरेश सुब्बा निर्माण व्यवसायी सघ झापाका अध्यक्ष गणेशबहादुर बस्नेत नारी एकता न्यायिक माच दमककी निर्मला पाठक नेकपा मालेका विष्णु अधिकारी माच सम्बद्ध सघीय लिम्बुवान राज्य परिषद्का लिला थापा मगर र लिम्बुवान मुक्ति मोर्चाका जितन राईले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी उपाध्यक्ष मिना कोइरालाले स्वागत मन्तव्य राखेको सभाको साचालन सस्थाका सचिव रोशन गौतमले गरेका थिए । सो अवसरमा नियमीत पानी महशुल बुझाउने १० जना उपभोक्ताहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा वडा नं।१ का डिल्लीराम ढुङ्गेल इन्दीरा खनाल दुर्गा प्र। पोखरेल भिम आचार्य बालकृष्ण लामिछाने र रघुनाथ लामिछाने वडा नं।१० की द्रोणकुमारी प्रसाई वडा नं। ११ की उमादेवी कटुवाल रुद्रराज घिमिरे र हर्मन उपाध्याय वडा नं।१३ का भवानी लिम्बु नारायणप्रसाद अधिकारी गुरुप्रसाद गौतम सारदा उपाध्याय र १४ की हरीमाया तामाङ रहेका छन् । त्यस्तै संघ संस्था तर्फ कसृषि विकास वैंक रहको छ ।

एमाले नेताले भने नयाँ सरकार चाहिन्छ

बिर्तामोड÷ नेकपा एमालेका नेताहरुले शान्ति प्रकृया टुङ्ग्याउन र नयाँ संविधान जारी गर्न नयाँ सरकारको खाँचो रहॆको बताएका छन् ।
आजबाट बिर्तामोडमा हुने युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्न बिहिबार झापा आइपुगेका उनीहरुले अलग-अलग कार्यक्रममा यस्तो बताएका हुन् ।
बिर्तामोडमा भएको पत्रकार भेटघाटमा अध्यक्ष झलनाथ खनालले माओवादी इमान्दार नभएकाले शान्ति प्रकृयाले गति लिन नसकेको आरोप लगाए । नयाँ संविधान जारी गर्न र शान्ति प्रकृया टुङ्ग्याउन अहिलेको सरकार असफल भएको समेत उनले बताए ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले राष्ट्रिय स्वरुप पाउने सम्भावना नरहेको बताएका छन् ।
अहिलेको मन्त्रीमण्डल नै जम्बोजेट भएकाले थप मन्त्री र दलहरु समावेश हुन नसक्ने उनको भनाई छ । झापाको दमकमा बिहिबार साँझ पत्रकारहरुसँग कुरा गर्दै उनल्ो शान्ति प्रकृया र संविधान निर्माणका लागि नयाँ सरकारको विकल्प नरहेको दावी गरे । आगामी सरकारमा एमाले सहभागी हुने तर नेतृत्वको दावी नगर्ने उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सेना र हतियार सहितको माओवादीलाई संसद्मा ल्याउनु र निर्वाचनमा जानु गलत भएको उल्लेख गरे । माओवादीमा लडाकु र हतियार रहेकै समयमा संविधान जारी गर्नु अर्को गल्ती हुने भएकाले तिनको व्यवस्थापन अहिलेको मुख्य प्राथमिकता भएको उनले बताए ।
सो अघि उनले युवा संघको राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा दमकमा आयोजीत द्वीप प्रज्वलन कार्यक्रमको उद्घाटन गरेका थिए । आजबाट शुरु हुने भेलालाई पार्टी अध्यक्ष खनाल वरिष्ठ नेता नेपाल नेता केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो अघि युवा संघले बिर्तामोडमा पत्रकार सम्मलेन गरी भेलाको तयारी पूरा भएको जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले एमालेलाई युवामैत्री पार्टी बनाउने विषयमा भेलाको बन्द शत्रमा छलफल हुने बताए । पार्टीले शुरु गरेको पार्टी एकता तथा जनपरिचालन अभियान अन्तर्गत युवा संघको राष्ट्रिय कार्यकर्ता भेला हुन लागेको हो । भेला पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउन र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका थप बलियो बनाउन सफल हुने नेताहरुले बताएका छन् ।

भूमिगत संगठनका ४९ जना पक्राउ

विष्णु पौडेल
पूर्वमा प्रहरीको विशेष सकृयता
दमक÷ भूमिगत रुपमा सशस्त्र गतिविधि गर्दै चन्दा आतंक अपहरण हत्या र बम विस्फोटका घट्ना गराउन सकि्रय संगठनहरुका ४९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले पछिल्लो ६ महिनामा हात हतियार सहित विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक दिपेन्द्र पोखरेलका अनुसार पक्राउ पर्नेहरुमा सबैभन्दा बढी खम्बुवान मुक्ती मोर्चा संयुक्त का ११ जना रहेका छन् ।
त्यस्तै अखिल तराई मधेस मुक्ती मोर्चा गोईत समुहका १० लोकतान्त्रीक तराई मधेस मुक्ती पार्टी भगतिसंह का ७ जना जनतान्त्रिक तराई मुक्ती मोर्चा राजन समुह का ६ जना संयुक्त जातीय मुक्ती मोर्चा नेपालका ६ किरात जनवादी वर्कसा पार्टीका ५ र जनतान्त्रिक तराई मुक्ती मोर्चाका ४ जना कार्यकर्ता पक्राउ परेका छन् ।
उनीहरुबाट विभिन्न किसिमका ४८ वटा हातहतियार समेत बरामद भएको जनाईएको छ । त्यस्तै बन्दुक तथा पेस्तोलका १ सय ५ वटा गोली ८ वटा कुकर बम ८ वटा सकेट बम एउटा बट्टा बम १ सय ९६ वटा जिलेटिन लोला १ सय ४२ वटा डेटोनेटर र २ केजी बारुद्ध समेत बरामद गरिएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गत साउन देखि हालसम्म झापा मोरङ सुनसरी सिराहा सप्तरी लगायतका जिल्लाहरुका ८ स्थानमा विस्फोटका घट्ना भएका १८ ठाउँमा राखिएका बम तथा विस्फोटक पदार्थ ूडिस्पोजू गरिएका जनाइएको छ ।
सफलता पाएका छौं
पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी सुरेन्द्रबहादुर शाहले भूमिगत संगठनहरुका गतिविधि निस्तेज बनाउन प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन भएको जानकारी दिए । टोलीमा रहने अन्य स्तरका सुरक्षाकर्मीहरुको संख्या भने आवश्यकता अनुसार घटबढ भइरहने उनले बताए । ु२ सय जनाको हाराहारीमा टोली कि्रयाशील छु डिआइजी शाहले भने - ुभूमिगत शैलीमा आपराधिक गतिविधि गर्ने समुहका विरुद्ध विशेष अभियान नै छ ।ु डिआइजी शाहले पछिल्लो समय पूर्वााचलमा प्रहरीले शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन गरिएको प्रयास सफल भएको समेत दावी गरे ।
ईलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन भट्टराईले बम बिस्फोट गराउने र चन्दा आतंक मच्चाउने भूमिगत समुहका ५ जना कार्यकर्ता दमकबाट मात्रै पक्राउ गर्न प्रहरी सफल भएको बताए । उनले मोर्चाका जिल्ला ईाचार्ज शिवनारायण यादवका सबै भन्दा निकटस्थ सहयोगीहरु दमकबाटै पक्राउ परी सकेका कारण यादवलाई समेत पक्राउ गर्न सफलताको नजिक पुगिएको बताएका छन् । दमक र भारत दुवै ठाउँमा बसोबास गर्ने गरेका यादव प्रहरीले खोजी तिब्र पारेपछि यतिबेला भारतको विहार तर्फ फरार रहेका स्रोतले जनाएको छ । उनी ३ दिन अघि मात्रै त्यसतर्फ गएका बताइएको छ । निरिक्षक भट्टराईले नेपाल भारत बीचको खुल्ला सिमाना सांस्कृतिक तथा पारिवारीक मेलमिलाप आदिका कारण एक देशमा अपराध गरी अपराधिहरु अर्काे देशमा लुकिछिपी बस्ने गरेको पाइएको बताए । उनले राष्ट्रिय समस्याका रुपमा रहेको यस विषयलाई लिएर बेलाबेला बस्ने दुई देशीय सिमा सुरक्षा वैठकमा समेत कुरा उठ्ने गरेको स्मरण गरे ।
लागू औषधसहित ५ पक्राउ

यसैबीच सुनसरीको भासी-३ बाट प्रहरीले कोरेक्स नामक लागू पदार्थ र गाँजा सहित ५ जनालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा डुमराह-३ का दिपक सुनुवार इटहरी-४ का फडिन्द्र कोइराला भासी-५ का रमेश राई भरौल-३ का बाबुराम भट्टराई र सोही ठाउँका अर्जुन राई रहेका छन् । उनीहरुर्ला ईलाका प्रहरी कार्यालय पकलीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको सुनसरी प्रहरीले जनाएका छ ।