हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

अधिकारविहीन संविधान स्वीकार्य नहुने - मुख्य समाचार

विष्णु सुब्बा
धरान÷आत्मनिर्णयको अधिकार स्वायत्तता संविधान जारी नभएमा आफ्नै संयन्त्रमार्फत् स्वायत्तताको अभ्यास गर्ने आदिवासी जनजाति अगुवाहरुले घोषणा गरेछन् ।
अधिकारबिहीन संविधान स्वीकार्य नहुने भन्दै उनीहरुले
आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार र स्वायत्तता बिनाको संविधान सर्वमान्य नहुने दाबी गरे । आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार धरानको भानुचोकमा आयोजित घोषणा सभा कार्यक्रममा सहभागी उनीहरुले आदिवासी जनजातिहरुको अधिकार सहितको संविधान समयमै जारी गर्नुपर्ने जोड दिए ।
सम्मेलन प्राविधिक समितिका संयोजक डाक्टर कृष्ण भट्चनले धरान घोषणा पत्र सार्वजनिक गर्दै षड्यन्त्रमूलक ढंगले उपेक्षित समुदायको अधिकारी स्थापित गर्न समयमै संविधान जारी हुनुपर्ने बताए ।
१० बुँदे घोषणा पत्र जारी गर्दै संयोजक भट्चनले आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न कसैले रोक्न नसक्ने उल्लेख गरे ।
  सम्मेलनमा सहभागीहरु । फोटोः पिपुल्स टाइम्स दैनिक

जनजाति अगुवा प्राध्यापक डाक्टर ओम गुरुङले आदिवासी जनजातिहरुकामाग अधिकारमुखी आन्दोलन भएको बताए । उनले राज्यको पहुँच भन्दा बाहिर रहेका बहुसंख्यक समुदायको अधिकार अब बन्ने संविधानमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । सो सभामा आदिवासी जनजाति सभा ककसका अध्यक्ष पृथ्वी सुब्बा गुरुङले आफ्न हक अधिकारको सुनिश्चितता गर्न आफूहरुले संविधानसभाबाटै आन्दोलन गरिरहेको बताए । अझै सम्म राज्यका उपेक्षित समुदायका अधिकारलाई संविधानमा ग्यारेन्टी नगरिए थप आन्दोलन चर्काउने उनको भनाई थियो ।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव सोनी लामा सुनुवार सेवा समितिका सल्लाहकार डा। लाल रापचा थकाली सेवा समितिका महासचिव जुनु गौचन सभासद्द्वय विश्वदीप लिङ्देन अमृतलाल ताजपुरिया लगायतले आदिवासी जनजातिका अधिकारलाई पाखा लगाएर बनिने संविधान अपुरो हुने चर्चा गरेका थिए ।
कार्यक्रममा स्वीजरल्याण्डका त्रिस अर्नो अमेरिकाका एमण्डा क्याटस बरिल भारत झारखण्डका साजय बसु मलिक भारत नागलैण्डकै प्रा।ए लख्नुले आदिवासी जनजातिहरुका अधिकारमुखी आन्दोलनमा ऐक्यबद्धता जायर गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका १ दर्जन बढी विभिन्न जनजातिजन्य संघ संगठनका प्रतिनिधिहरुले बोलेका थिए ।
घोषणा सभा पूर्व बृहत् झाँकी सहितको र् यालीले नगर परिक्रमा गरेको थियो । घोषणा सभा सम्मेलन आयोजक समितिका संयोजक अर्जुन लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

मोर्चाले हतियार बुझाउने

राजविराज÷सरकार र तराईमा सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाको अजित िसंह समूहबीच छ बुँदे सहमति भएको छ । सप्तरी सदरमुकाम राजविराजमा भएको वार्तामा मोर्चाले अजित िसंह समूहले शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेको छ ।
यसैगरी सरकारले मोर्चालाई राजनीतिक व्यवहार गर्ने वार्ता अवधिभर वार्ता टोली संयोजक र सदस्यहरुलाई सरकारले सुरक्षाको प्रत्याभूति गराउने सहमति भएको छ । त्यस्तै मोर्चासँग भएका हातहतियार अर्को वार्तामा सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ । हिरासतमा रहेका मोर्चाका नेता कार्यकर्ताहरुको
मुद्दा फिर्ता रिहाइसम्बन्धी प्रकि्रया सरकारले यथाशिघ्र आरम्भ गर्ने सहमति समेत भएको छ ।
वार्तापछि आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक एवम् शान्तिमन्त्री सत्या पहाडीले अर्को वार्ता दुवै पक्षको अनुकूलतामा यथाशीघ्र गरिने सहमति भएको जानकारी दिइन् । वार्तामा मोर्चाका तर्फबाट उपाध्यक्ष अजित िसंह भनिने अजयकुमार यादवले नेतृत्व गरेका छन् ।
यसैबीच अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले वार्ताप्रति आश्चर्य व्यक्त गरेका छन् । गोइतले अखिल तराई मुक्तिमोर्चा वार्तामा नगएको भन्दै कारबाहीमा परेकाहरुले सरकारसँग वार्ता गरेको प्रतिकि्रया दिएका छन् ।

"एलडीओ नहुँदा निर्माण योजना प्रभावित"

इलाम÷जिल्ला विकास समिति इलाममा लामो समयदेखि स्थानीय विकास अधिकारी नहुँदा जिल्लाको विकास निर्माणका योजना प्रभावित भएका छन् ।
स्थानीय विकास अधिकारी नआउँदा सम्पन्न योजनाको भुक्तानी दिन सकिएको छैन भने गाउँ विकास समितिमा बिनियोजन हुनुपर्ने बजेटसमेत रोकिएको छ । स्थानीय विकास मन्त्रालयले पहिलेकै भुपराज राईलाई स्थानीय विकास अधिकारीमा पठाउने निर्णय गरे पनि जिल्ला नआउँदै अवकाश पाएपछि राई आएनन् ।
स्थानीय विकास अधिकारी नहुँदा ग्रामीण भेगमा सम्पन्न विकास योजनाको रकम उपभोक्ता समितिलाई दिइएको छैन । सबै आर्थिक अधिकार कार्यालय प्रमुखमा निहित हुने हुँदा आर्थिक कारोबार ठप्प रहेको जिल्ला विकास समितिले जनाएको छ । सम्पन्न भइसकेका योजनाको बजेट उपलब्ध नहुँदा उपभोक्ता समेत जिविसप्रति आक्रोशित बन्दै गएका छन् ।
जिल्ला विकास समितिको प्रमुख नहुँदा गाउँ विकास समितिमा निकासा हुनुपर्ने पुँजीगत बजेटसमेत निकासा हुन नसकेको सचिवहरुले जनाएका छन् भने स्थानीय निकायअन्तर्गत कर्मचारीले तलब खान पाएका छैनन् । जिल्ला विकास समितिले आउँदो चैत मसान्तसम्ममा खर्च गरिसक्नुपर्ने २३ करोडमध्ये पाँच लाखमात्र खर्च भएको जिविसको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

"बन्दुकका भरमा संविधान"

धुलाबारी÷नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादी अझै पनि बन्दुकका भरमा आफू अनुकुल संविधान लेखाउने दाउमा रहेको आरोप लगाएका छन् ।
धुलाबारीमा भएको मेची अाचलस्तरीय कार्यकर्ता प्रशिक्षणको दोश्रो दिन शनिबार उनले माओवादी अझै पनि प्रष्ट कार्यदिशाबिहीन भएको टिप्पणी गर्दै एमाले उसलाई गाली मात्र गर्ने भन्दा सच्याउने प्रयत्नमा लागेको बताए । अन्य दलबाट शान्ति र संविधान निर्माणमा आशा गर्न नसकिने भएकाले त्यसको अगुवाईका लागि एमाले तयार हुनुपर्ने उनले बताए ।
यस्तै राज्यको पुनस्रंरचनाका बिषयमा प्रशिक्षण दिँदै केन्द्रीय सदस्य पर्शुराम मेघी गुरुङले जातीयताका आधारमा प्रदेश वा प्रान्त बिभाजन गर्न नहुनेमा जोड दिँदै त्यसका लागि भुगोल जनघनत्व प्राकृतिक श्रोत साधन लगायतका कुरामा ध्यान दिन आवश्यक रहेको बताए । यस्तै नेपाली महिला आन्दोलनका बारेमा प्रशिक्षणका क्रममा उपाध्यक्ष विद्या भण्डारीले नेपाली महिला मुक्तिको प्रत्याभूती दिलाउन सक्ने पार्टी एमाले मात्र भएको दाबी गरिन् ।
दुई दिने प्रशिक्षणको पहिलो दिन अध्यक्ष झलनाथ खनाल तथा महासचिव ईश्वर पोखरेलले समेत प्रशिक्षण दिएका दिए । प्रशिक्षणमा ताप्लेजुङ पाँचथर इलाम र झापाका करिब ५ सय अगुवा कार्यकर्ता सहभागी रहेका अाचल कमिटी सदस्य बसन्त बाँनियाले जानकारी दिए । फोटो पनि छ

उपभोक्ता माचको आपत्ति

दमक÷उपभोक्ता माच झापाले सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको प्रति कडा आपत्ति जनाएको छ ।
माचका झापा अध्यक्ष चित्रबहादुर बस्नेत र महासचिव अमृतलाल श्रेष्ठद्वारा शनिबार जारी प्रेस बिज्ञप्तिमा विश्वका गरिब देशलाई तेल वितरण गर्ने संस्था ुकोक्यापु ले सहुलियत मूल्यमा नेपालमा समेत तेल आयात गरिरहेको बेला नेपाल आयल निगममा काम गर्न पठाइएका कर्मचारी वा सरकारी व्यक्तिहरुले गरेको कालाबजारीबाट घाटामा पुगेको आयल निगमलाई उकास्न सरकारले महँगी बढाएको टिप्पणी गरिएको छ ।
विज्ञप्तिमा मूल्य बृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ । माचले प्रधानमन्त्री डा। भट्टराईको राजिनामा समेत माग गरेको छ । सरकारले केही दिन अघि पेट्रोलमा प्रति लिटर १० मट्टितेलमा ९ हवाई इन्धनमा ५ र ग्याँसमा प्रति सिलिण्डर १ सय ७५ रुपैयाँ बृद्धि गरेको थियो ।

अफगानिस्तानबाट लावतीको शव ल्याइयो

दमक÷अफगानिस्तानको हेलम प्रोभिन्समा बिद्रोही तालिवान पक्षसँगको भिडन्तका क्रममा एम्बुसमा परी घाइते भइ उपचारको क्रममा मृत्यु भएका बि्रटिस गोर्खा सैनिक जवान सचिन लावतीको शव शनिबार दमकस्थित उनको घर ल्याइएको छ ।

झापाको दमक-११ निवासी लावती सन् २०१० मा घाइते भएका थिए भने डेढ वर्षपछि उपचारको क्रममा लण्डनस्थित बेलायती सैनिक अस्पतालमा गएको जनवरी २ मा उनको मृत्यु भएको थियो ।
मृतक लावतीको शवलाई शनिबार नै क्याप्टेन मुक्ति गुरुङ नेतृत्वको टोलीले बेलायतबाट काठमाण्डौ हुँदै दमकस्थित उनको घर ल्याइपुर् याएको हो । यस अघि लण्डनमा एक समारोहको आयोजना गरी त्यहाँस्थित उनका आफन्त र बि्रगेड अफ गोर्खाजले लावतीमाथि अन्तिम सलामी अर्पण गरेको थियो । शनिबारदेखि उनको शवलाई श्रद्धााजलिका लागि घरमै राखिएको छ ।
सन् २००८ मा भर्ती भएका २३ वर्षीय लावतीको आइतबार आज झापाको लखनपुरस्थित सितापुरीमा बि्रटिस अफ गोर्खाजको एक टुकडीको सलामी र लिम्बू संस्कार अनुसार दाहसंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । - फोटो पनि छ

जेसिसको निर्वाचन कार्यक्रम आजदेिख

दमक÷दमक जेसीज वर्ष २०१२ को नेतृत्वका लागि आजदेखि निर्वाचन कार्यक्रम सुरु हुँदैछ ।
निर्वाचन आयुक्त नेत्रप्रसाद चम्लागाईका अनुसार पहिलो दिन आज मतदाताको अन्तिम नामावली प्रकाशन उम्मेद्वारहरुको मनोनयन तथा नामावली प्रकाशन दाबी विरोध मनोनयन फिर्ता समेतका कार्यक्रम सम्पन्न भइ साँझ ५ः३० बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।
९ गते समेत नियमित निर्वाचन कार्यक्रम सुचालु भई १० गते उम्मेद्वारहरुको अन्तर्वार्ता ककस र मतदान तथा मतगणना कार्य साँझ ७ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ ।
नेतृत्व र व्यक्तित्व विकासमा कि्रयाशील जेसीजले विभिन्न सामाजिक गतिविधि समेत गर्दै आएको छ ।

आयस्तर बढाउने बेमौसमी खेती


शिवगाज÷बेमौसमी तरकारी खेतीमा महिला कृषकहरुलाई आकर्षित गराउन कार्यक्रम सुरु भएको छ । झापाको कन्काई िसंचाई आयोजना क्षेत्रका उपभोक्ताको आयस्तर बृद्धिका लागि कार्यक्रम शुरु भएको हो ।
पूर्वााचल िसंचाई विकास डिभिजन नम्बर-१ झापाले सोका लागि पाँचगाछीमा यस क्षेत्रका शिवगाज पाँचगाछी बैगुन्धुरा माहाभारा सतासीधाम लगायतका आधा दर्जन गाविसका १ सय २ जना कृषक महिलालाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिरहेको छ । चार चरणमा ति महिलाहरुलाई प्रदान गरिने तालिम माघ-११ गतेसम्म चल्ने कन्काई नहर जल उपभोक्ता संस्थाका अध्यक्ष सुर्यनारायण ताजपुरीयाले जानकारी दिए ।
स्थानीय महिलाहरुले नहरको उपभोग गरेर आयस्तरमा बृद्धि गर्न सकुन् भन्ने उद्देश्यले तालिम शुरु गरिएको कार्यालयका ुएसोसिएट अर्गनाइजरु गोपाल पौडेलले जानकारी दिए । तालिममा जिल्ला कृषि विकास कार्यालय झापाका बागबानी अधिकृतद्वय बद्री पौडेल र सुर्यनारायण
यादवले बेमौसमी तरकारी खेती सम्बन्धी सहजीकरण गरेका छन् ।
यस्तै पूर्वााचल िसंचाई विकास डिभिजन नम्बर-१ झापाका प्राविधिक प्रदीप बान्तवाले िसंचाई व्यवस्थापनबारे जानकारी गराइरहेका छन् ।

साझा फूल बनेको छ माला - कृति समीक्षा

साझा फूल बनेको छ माला - कृति समीक्षा
त्रिलोचन कोइराला
पछिल्लो समय नेपाली साहित्यमा नयाँ नयाँ स्रष्टाको आगमन हुने क्रम बढेको छ । नयाँ लेखन र नयाँ विषयका संघर्षमा पनि नव स्रष्टाशहरुको उपस्थिति गहकिलो बन्दै आइरहेको छ । जुन नेपली साहित्यको लागि सुखद कुरा पनि हो । यही क्रममा प्रवासमा कठोर परिश्रम गरिरहेका साहित्य अनुरागिहरुले सहित्यका विविध विधालाई एकै संग्रह बनाई संयुक्त कृति ूमालाू बजारमा ल्याएका छन् । जसको संयोजनमुखी भूमिका खेलेको छ सयौं थँगा साहित्यसमाज यु।ए।इ। ले ।
म्ानिसको यथार्थ जीवनलाई साहित्य मार्फत विभिन्न ५५ जना श्रष्टाले माला मार्फत आ आफ्नो अभिव्यक्ति पस्किएका छन् । भौतिक रुपमा मात्र होइन भावनात्मक रुपमा ल्याउने परिवर्तनलाइ पुस्तकले विषेश ध्यान दिएको छ । प्रत्येक विधामा विदेशिने नेपालीका पीडाहरु विदेशिएपछिका सुख र सहजताहरु विदेशिने वित्तिकै छातीमा उव्जिने राष्टियता प्रतिको आत्मीयतालाई उजागर गरेको ।
नेपालभित्र र नेपालबाहिरको साहित्य सिर्जनामा केही भाषिक भिन्नता रहन्छ भन्ने प्रतिनिधित्व यस ूमालाू संग्रहले गरेको छ । यसमा विशेषत परदेशीन पर्ने बाध्यता परदेशिएपछिको आफ्नो राष्टियता प्रेम र अतितको सम्झना साथै परदेशीएपछिको दोस्रो खुशी मिलन पीडा रोदन र दुखलाइ अरत्यन्त मार्मिक रुपमा पस्किएको छ । साहित्यिक श्रष्टाहरुले विभिन्न विषय मध्ये रोल्पाका डोल ब। बुढाथोकी लेख्छन् …
हे देशका युवा हो उठ अब जानुपर्छ
दासी बनी बस्न हुन्न नेपाल तिर लाग्नुपर्छ ।

उनी प्रतिनिधि मात्र हुन मालामा बुढाथोकी जस्तै प्रायको एकै भावना उत्पेरित छ देश प्रतिको चिन्ता र विगतमा नेपाली भई गर्वका साथ बाचेको सत्यता । भिन्न भिन्न सैलीले प्रस्तुत गरीएका रचनाहरुमा १८ गजल१६ कविता५कथा लगायत मुक्तक संस्करण हाइकु लघुकथा लगायत लेखहरु छन । विदेशीनु पर्दा यहा हुने कटुसत्यतालाई प्राय संस्करणलघुकथाले उजागरण गर्न खोजेको छ रमेश खडका महंगो माया सस्करण मार्फत लेख्छन विहान कुर्थासरुवाल लगाएर कृक पार्क मा भेटीएकी उनी साँमु अर्कै युवक सँग जिन्स पेन्ट लागाइ रमादापार्कमा िहंड्दै थिइन् । खड्काको संस्करण अन्तरआत्मा देखि प्रस्फुटन भएको सत्य हो भन्ने छुट्याउन सकिन्छ । परदेशमा युवा जमातको भिडले गर्दा पनि प्रेमको राम्रो चलखेल रहने बेला बेलाको चर्चालाई अर्का गजलकार कृष्ण पोखरेल ले आफ्नो तितो सत्य लेख्छन ः
नलाउ क्यारे माया पि्रती डर लाग्छ मलाई त
पि्रय भन्दा शत्रुकै भर लाग्छ मलाई त ।
माला धेरै नव आगन्तकहरुले लखीएको भए पनि केहि रचना लाग्छ नेपाली साहित्यमा गहकिलो उपस्थिती हुन सक्छ । शुभचिन्तकको वास्तविकता समिर अधिकारीको यौवन एक खडेरी अनप जोशीको अस्तित्व बोध विद्या सापकोटाको स्वास्नी मान्छे सुविसुधा आर्चयको सम्मुैता बन्दीपरे माइलो को नया बर्ष माम्जार पार्कमा पठनीय तथा मार्मिक खालका छन् । त्यस्तै कमल कार्की दीपदर्शन रिन गिरी डोलराज भुर्तेल इन्दिरा प्रयास स्तरहङ बान्तवा ूजलनूआदि अवसर पाएमा गजलको फाँटमा गहकिलो उपस्थिती जनाउने प्रतिभा देखीन्छन् । जहा रहेपनि नेपालीले नेपालीहरुको आफ्नोपन भाषा संष्कृति राष्टियता प्रेम बिछोडलाई भावनात्मक रुपमा सधैं उल्लेख गरिरहने संकल्प सहित आएको कृति ूमालाू नेपाली साहित्यको फाँटमा एक दरिलो इटा बनेको छ । पुस्तक पहिलो सस्करण भएको ले सामान्य भाषिक समस्या देखिएको छ तथापी साहित्यिक उठानमा गौण बनेको छ । आगामी सस्करणमा अमु ब्याबस्थित गर्दै जाने प्रणलाई विश्वास गर्दा पुस्तक उत्कृष्ट छ । सयौ थुँगा साहित्यिक समह यु।ए।ई। बधाईको प्रात्र बनेको छ । परदेशिएकी दमककी साहित्यि चेली ूइन्दिरा प्रयासू को यो प्रतिनिधि हरफ ः
ूधैर्य गरी बस आमा लाली लिइ आउँछु
तिम्रो सामु बसन्तको लाली लिइ आउँछु ।ू

गैरजिम्मेवारीको परकाष्ट - सम्पादकीय

झापा लखनपुर-१ मा अवस्थित सशस्त्र प्रहरी बल पाथीभरा गणको भोगाधिकार कायम रहेको १ सय हेक्टर १ सय ६० बिगाहा जमिन भित्र अनाधिकृत ढङ्गले बनाइएका दुई दर्जन बढी घर-टहरा मंगलबार राती भत्काइए । रतुवा माई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा गण स्थापना गर्ने २०५८ फागुन अन्तिम साता मन्त्री परिषद्ले निर्णय गरेको थियो । भोगधिकार कायम भएको उक्त जमिन मध्ये केही भू-भागमा गणको कार्यालय ब्यारेक खेलमैदान मठ मन्दिर तालिम घर लगायतका संरचना र बगैँचाहरु निर्माण भएका छन् भने घेराबारा नगरिएका केही खाली जमिन लिजमा दिएर खेतीपाती हुँदै आएको थियो यो केही वर्ष अघि देखिको निरन्तर प्रकि्रया हो ।
गण प्रशासनले बोलेकबोलेको रुपैयाँ तिरेर खाली जमिनहरुमा केही कृषकले खेतीपाती गर्दै्र आएका थिए र प्रत्येक वर्ष लिज रकम समेत गणलाई अतिरिक्त आम्दानीका रुपमा प्राप्त हुँदै आएको गण प्रशासनले जानकारी दिएको छ र वास्तविकता पनि यही हो । तथापि कुनै सरकारी खालीखाल्सा जमिन ओगटे झैँ गरी केही दिन अघि देखि गणको भागचलन भित्रको जमिनमा घर-टहरा ठडिँदै आएका थिए । र गत मंगलबार करिब मध्यरात तिर यसरी बिना स्वीकृति र गैरकानुनी ढङ्गले उभ्याएका घर-टहरालाई सशस्त्र प्रहरीका जवानहरुले पूर्ण रुपमा भत्काई दिए । उनीहरुको आक्रोश र हुर्मत हेर्दा त्यो घटना विभत्स छ । क्रुरतापूर्वक कुनै दुश्मन बस्ने बस्तीमाथि गरिएको धावा र हमला भन्दा कम छैन । यो जङ्गी हुर्मतले यदाकदा हामीलाई जङ्गबहादुरकै शासनकाल वा एकात्मक करणको युगमा पृथ्वीनारायण शाहले किर्तीपुरका रैथानैहरु माथि गरेको क्रुरतापूर्ण व्यवहारकै झल्को दिइरहेको छ । जुन कुरा अतिक्रमित जमिनमा भत्काइएका घर-टहराहरुको भग्नावशेषले आफै स्पष्ट गर्ने छ ।
सशस्त्र प्रहरी बलले आफ्नो भोगाधिकार रहेको भूमिलाई सुरक्षा गर्नु उसको कर्तव्य र दायित्व हो । कसैले अतिक्रमण गर्छ भने त्यस्तो प्रयासलाई निस्तेज गर्नु प्रहरीका लागि अपरिहार्य हुन आउँछ । तथापि वास्तविकता अध्ययन नगरी पूर्व जानकारी नदिई र न्युनतम मानवीय संवेदनशीलता समेतलाई ध्यान नदिई प्रहरीको जाईलाग्ने प्रवृत्ति किमार्थ उचित हुन सक्दैन । यसले अतिक्रमणको एउटा समस्या त निराकरण भएको छ तर यससँगै त्यतिकै मात्रामा घर-परिवार विस्थापित बनेका छन् । भू-माफियाहरुको गुलियो आश्वासनमा परेर खनी खोस्री गुजाराका लागि उनीहरुले सरकारी बन्दोवस्तीको जमिनमा खुट्टा टेक्न खोजे । यही भूलवस गरेको गल्तीको सजाय यसरी मध्ये जाडोमा खुल्ल्ा आकाश पनि रात काटेर मृत्युलाई चुनौति दिनु हो भने हाम्रो भन्नु केही छैन । होइन भने नेपाली जनताको सुरक्षाका लागि गठित प्रहरीबलले गरेको यो काम स्याबासीपूर्ण भने छैन । सहमति र असहमतिका आग्रह र अनुरोधका एवम् निषेध र हस्तक्षेपका सकरात्मक पाटोहरु थुप्रै छन् । आततायीपूर्ण व्यवहार र िहंस्रक शैली गैरजिम्मेवारीको परकाष्ट हो । आज बिचल्ली पारिएका परिवारहरुको जिम्मा अर्को व्यवस्था नभएसम्मलाई ँम लिन्छु’ भन्ने कुनै निकाय भए उसलाई साधुवाद !
तर जो भूमाफियाहरुको हर्कत र हुर्मत छ त्यो राज्य र राज्यको निकायलाई गुम्हारा गर्ने किसिमको छ । यो जाली प्रकरण कानुनतः दण्डनीय छ । सशस्त्र प्रहरीबलको सुखीरताले त्यो भू-माफिया गिरोह माथि कुन हदको व्यवहार गरेको छ वा गर्ला कस्तो किसिमले कानुनी कार्वाही थाल्छ ।
त्यो भने हेर्न बाँकी छ । अन्यथा एक पेट पाल्नलाई श्रम गर्ने वर्गमाथि मात्रै बजि्रने ूसत्यम् सेवम् सुरक्षणमू को नाराधारी निसशस्त्र वा सशस्त्र जुनसुकै पनि हुनसक्छ । र यति नै बेला सरकार के भन्छ हेर्न बाँकी छ । सँगै मान्छेको न्युनतम बाँच्न पाउने अधिकारका पक्षमा ठूल्ठूला नारा घन्काउने अधिकारवादीहरुको सकृयता र क्षमता पनि नाप्नै पर्ने समय आएको छ ।

बिस्तारै परिवर्तन हुँदैछ एकल महिलालाई हेर्ने दृष्टिकोण - दोस्रो लेख

अाजली रम्तेल
ूश्रीमानको मृत्यु भएको थियो छिमेकी आफ्नो श्रीमानको किरिया बसेका थिए आफ्नो श्रीमानको किरिया अरुलाई लगाएको भन्दै समाजका केही जान्नेसुन्ने मानिसहरुले मैले छोएको पानी समेत खाएननू गहभरि आँसु पार्दै ´ापा चन्द्रगढीकी ३८ वÈर्ीया सङ्गीता घिमिरेले सुनाइन् आफ्नो पीडा ।
दस वÈ्रपहिले आफ्ना श्रीमानको काजकिरियामा बस्ने कोही नभएर छिमेकीले काजकिरिया गरिदिँदा समाजको घृणुले आफ्नो मनमा दिएको चोट भने अ´ै ताजै रहेको उनी बताउँछिन् ।
विवाह भएको १० वÈ्रछि श्रीमानको मृत्यु हुँदा सङ्गीताको काँधमा छोरा र छोरीको जिम्मेवारी पनि थियो । तर समाजले दिएको मानसिक यातनाका कारण्ँ उनले दुई वÈ्रम्म त घरबाहिर निस्कने हिम्मत पनि गर्न सकिनन् । कुनै धार्मिक वा सामाजिक कार्य गर्दा विधवा महिलाले देख्दा कुसाइत पर्छ भन्दै उनलाई कुनै पनि कार्यमा सहभागी हुन समाजले दिएन ।
ूसमाजले मलाई मानवताको आँखाले पनि हेरेनन् म समाजका हरेक चुनौतीलाई आत्मसात् गर्दै अगाडि बढिरहेू विगतका ती दिनहरु सम्´दै उनी भन्छिन् ूसमाजका गन्यमान्यको त्यो अपशब्द र अमानवीय व्यवहार देखेर भाग्यमा यस्तै रहेछ भनेर सहन्थे तर मनले परिवर्तन चाहन्थ्यो र समाजबाट निक्कै टाढा जान मन लाग्थ्यो ।ू
ू´न् नन्द र आमाजूले श्रीमानलाई िवÈ खुवाएर मारेको आरोप लगाउँदा मलाई सही नसक्नुहुन्थ्यो भित्रभित्रै अत्यधिक रुन्थेँ मनलाई शान्त पार्न म धेरै कोशिस गर्थे तर के गर्नु म विवश थिएँ उनीहरुको वचन सुनेर बस्नू त्यतिबेलाको पीडा सम्´दै उनले उनले ।
सेतो कपडा र रङविहीन जीवन देखेर आफ्नै सन्तान पनि तसर्िएको देखेपछि भने उनले आफ्नो पहिरन परिवर्तन गर्ने जमर्को गरिन् र सफल पनि भइन् अहिले उनलाई देख्दा उनी पनि एकल महिला हुन् भन्ने लाग्दैन ।
यस्तै सानै उमेरमा बिवाह अनि छिट्टै नै एकल हुनुपरेको पीडालाई अ´ै भुल्न सकेकी छैनन् इलामकी २९ वÈर्ीया जानुका कार्की दाहालले पनि । साथमा ६ वÈे्र छोरा छ श्रीमानको चिनो स्वरुप । मध्यमवर्गीय परिवारको आवश्यकता र बाध्यतालाई आत्मसात् गर्दै केही पैसा कमाइ स्वदेशमा सुखी जीवन जिउने सपना पूरा गर्न जानुकाका श्रीमान विदेश गएका थिए । तर तीन-चार महिनामा नै जन्डिस भई श्रीमान फर्केको एक महिनामै मृत्यु भएपछि सबै सपना चकनाचुर भए ।
त्यसपछि आत्महत्या गर्नेसमेत सोच आए पनि छोराको जिम्मेवारी सम्´ेर बाँचेको उनी बताउँछिन् । परिवार र समाजले नकारात्मक दृष्टिले नहेरेपनि समयमा आफूले पढ्न नसक्दा भोग्नुपरेको समस्यालाई भने मनन् गर्दै भन्छिन् ूछोराले भन्दा पनि छोरी मान्छेले पढ्न अत्यन्त जरुरी रहेछ । बाँच्ने कुनै आधार र साहारा नहुँदा आफ्नो िशÔाले नै मानिसलाई बाँच्ने हौसला र साहारा प्रदान गर्छ त्यसैले परिवारले महिलालाई शििÔत र आत्मनिर्भर बनाएर मात्र विवाह गरिदिनुपर्छ ।ू हाल उनी श्रीमानकै परिवारमा बस्छिन् ।
उनीजस्तै आफ्नो जीवनलाई आफ्नै दृढताका कारण्ँ परिवर्तन गर्न सफल भई समाजका अन्य एकल महिलालाई समेत एकजुट बनाएर जीवनलाई सफल तरिकाले जीउने कला सिकाइन् इलामकी दीपा आचार्य ढकालले । विवाह भएको १४ महिनामा नै स्रप डंसबाट श्रीमानको मृत्यु हुनपुगेपछि जीवन जीउने आससमेत मारिसकेकी थिइन् उनले पनि ।
माइती र घरका परिवारका सदस्य सबै नै पढेलेखेका भएर पनि होला उनलाई कसैले पनि उनको श्रीमानको मृत्युको कारण्ँ उनलाई ठहर् याएनन् । तर समाजमा सबैको एउटै सोच र दृष्टिकोण्ँ नहुने भएकाले होला समाजका एकाध व्यक्तिले उनलाई दोÈ नलगाएका हैनन् तर जब परिवार नै उनको साथमा थियो त समाजका अन्य मानिसले प्रत्यÔ कुरा काट्ने मौका भने पाएनन् ।
उनलाई पीडाको अवस्थाबाट बाहिर ल्याउनका लागि उनकी सासूले निकै सहयोग गरिन् । २०६३ सालमा उनी स्वयम् एकल महिला समूहमा आबद्ध भइन् र आफ्ना गाविसमा रहेका सम्पूण्र्ँ एकल महिलालाई एकजुट बनाइन् ।
तर समूह गठन गर्ने क्रममा उनको घरमा सासूबाहेक अन्य कोही पनि सहमत नभएपछि उनले घाँस काट्न जाने बहानामा घरबाट निस्केर समूह बनाएरै छाडिन् । जब उनको घरका अन्य सदस्यलाई यसबारे जानकारी भयो तब उनका बुढाससुराले ूपोथी बासेकोू समेत भने तर पनि उनले केही जवाफ नदिई आफ्नै गतिमा अगाडि बढिरहिन् ।
उनका ससुराले पनि ूके पाइन्छ समूहमा जाँदा ू भनेर समेत प्रश्न गरे । उनी अ´ै पनि त्यो Ôण्ँ सम्´ँदै भन्छिन्- ूमैले कहिले पनि ससुरालाई जवाफ फर्काएकी थिइन तर त्यो दिन म साथ गुमाएकी मान्छे त्यहाँ जाँदा साथ पाउँछु भनेँ । पछि बिस्तारै मैले गर्ने कामबारे प्रत्यÔ रुपमा देखिसकेपछि अहिले मेरा परिवारका सबैले मलाई सहयोग गर्न तत्परता देखाउनुहुन्छ यो नै मेरो सफलता हो ।ू
महिलाको िवÈयमा राज्य गम्भीर हुनसकेको छैन । एकल महिलालाई दिने भत्तामा समेत उमेरको हदबन्दी लगाई विभेद गर्ने कार्य राज्यको तर्फबाट भएको थियो । तर अहिले ६० वÈ्रको उमेर हदबन्दीको निण्र्ँय खारेज भएको छ जुन एकदमै स्वागत योग्य कदम हो भन्ने उनीहरुको प्रतिकि्रया छ ।
केही समयअघि सरकारले विधवा विवाहलाई प्रोत्साहित गर्ने उद्देश्यले रु ५० हजार दिन गरेको निण्र्ँय अत्यन्त निन्दनीय भएको भन्दै महिला अधिकारकर्मी तथा एकल महिलाका तर्फबाट नै विरोध भएपछि उक्त निर्णयखारेज गर्न सर्वोच्च अदालत बाध्य भयो ।
विवाहजस्तो अत्यन्त व्यक्तिगत निण्र्ँय र रुचिको िवÈयमा यसरी राज्यका तर्पुबाट रकमको लालचका कारण्ँ गलत नियतले एकल महिलालाई बिवाह गर्ने प्रवृत्ति बढ्ने भएकाले यसलाई प्रोत्साहित गरिनुहुँदैन ।
केही समयअघि यसै िवÈयमा अनुसन्धान गर्ने सजना महर्जनको भनाइ छ नेपालका महिलामा आर्थिक र सामाजिक समस्या बढी छ । आफ्नो श्रीमानको मृत्युपश्चात बाँकी जीवन कसरी जीउने भन्ने चिन्ताले उनीहरुलाई गाँज्ने गरेको छ ।
आफ्ना सन्तानको िशÔा र रहनसहनलाई नै लिएर बढी चिन्तित हुन्छन् उनीहरु । त्यसमाथि समाजले श्रीमानको मृत्युको कारण्ँसमेत आफैँलाई मानेर गर्ने व्यवहार ´न् कहालीलाग्दो हुन्छ । महर्जनको अनुसन्धानका आधारमा भन्ने हो भने एकल महिलामा मनोवैज्ञानिक समस्या पनि उत्तिनै देखिन्छ । भविष्यप्रतिको चिन्ता र डरले उनीहरु मनोवैज्ञानिकरुपमा समेत वििÔप्त बन्छन् ।
यस्ता महिलालाई सरकारले पनि रोजगारीमूलक तालिम तथा व्यवसायका लागि आर्थिक सहयोग गर्नुपर्ने देखिन्छ भने उनीहरुका सन्तानलाई निःशुल्क अध्ययन गर्ने वातावरण्ँ बनाइदिनुपर्ने महर्जनको धारणु छ ।
नेपालमा एकल महिलाका Ôेत्रमा कार्य गर्ने एकमात्र संस्थाका रुपमा देखिएको एकल महिला समूहको तथ्याङ्क अनुसार हाल नेपालमा ८४ हजार एकल महिला छन् । उक्त संस्थाको तथ्याङ्कअनुसार नेपालको सुदूरपश्चिमााचलमा सबैभन्दा बढी एकल महिला रहेका छन् । द्वन्द्व र एचआइभी÷एड्सका कारण्ँ पनि एकल हुने महिलाको सङ्ख्या उल्लेख्य छ ।
समूहको तथ्याङ्क अनुसार कुल एकल महिलाको ६७ प्रतिशत महिला २० देखि ३५ वÈ्र उमेर समूहका छन् । त्यो उमेरमा उनीहरु दुइदेखि पाँच सन्तानका आमा भइसकेका हुन्छन् ।
नेपालका करिब आधाजसो एकल महिलाले उच्च माध्यमिक तहसमेत उत्तीण्र्ँ गरेका छैनन् । जसको कारण्ँ उनीहरु आफ्नो सन्तानको िशÔादीÔाका साथै आर्थिक रुपमा समेत परिवारमै आश्रित हुनुपर्ने बाध्यता छ । एकल महिलालाई आर्थिक सहयोगभन्दा पनि उनीहरुको आर्थिक सशक्तिकरण्ँका लागि सरकारले विभिन्न कार्यक्रम ल्याइनुपर्छ ।
एकल महिलालाई आर्थिक र सामाजिक रुपमा अघि बढ्न र सुरिÔत भविष्य निर्माण्ँका लागि सर्वप्रथम त परिवार र सामाजले हेर्ने दृष्टिकोण्ँमा सकारात्मक परिवर्तन ल्याउनु जरुरी छ । जबसम्म एकल महिलाका परिवारले उनलाई अगाडि बढ्न सहयोग र हौसला प्रदान गर्दैन तबसम्म जतिसुकै सÔम भए पनि उनको प्रयास अधुरो नै रहने भएकाले पारिवारिक रुपमा एकल महिलालाई आत्मनिर्भर बनाउने र जनचेतना जगाउने किसिमका विभिन्न कार्यक्रम सरकारले ल्याउनु जरुरी छ । साभार

जनजीवनको हालत र सत्ताको रवैया - पहिलो लेख


सत्ताको तामस र हाई-हाईमा पुग्न ४० ओटा माग राखेर गरीब विपन्न र अभावले पि_िल्सएका पीडितहरुलाई सुर् याउन सफल डा। बाबुराम भट्टराई आखिर प्रधानमन्त्री त भए । शास्त्रिय राजनीति र अर्थशास्त्रमा जे जस्तो वयान र व्याख्या गरिएको भएतापनि समय परिस्थिति र परिवेशले बेग्लै मौलिकताको माग गर्दछ । बाबुराम शास्त्रिय पाठशालाबाट प्रशिक्षित ुवामपंथीु व्यक्ति हुन् । िहंसात्मक विद्रोह थाल्नु भन्दा अगाडि जनताको दैनिक जनजीवनसँग सम्बन्धित उनले राखेका केही मागहरु यहाँ हेरौं ।
१। सुकुम्वासीहरुलाई बसोबासको उचित व्यवस्था गरिनुपर्छ । वैकल्पिक बसोवासको व्यवस्था नगरी सुकुम्वासीहरुलाई उठीवास गर्ने काम तुरुन्त बन्द गरिनुपर्छ । २। सबैलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्छ । रोजगारी नपाउाजेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ । ३। मल बीउ सस्तो र सुलभ हुनुपर्छ । किसानहरुलाई उत्पादनको उचित मुल्य र बजारको व्यवस्था गरिनुपर्छ । ४। मह¨ी नियन्त्रण गरिनुपर्छ । महँगीको अनुपातमा ज्याला वृद्धि गरिनु पर्छ । दैनिक उपभोगका वस्तुहरु सस्तो र सुलभ तरीकाले आपूर्ति गर्ने व्यवस्था गरिनुपर्छ । ५-गाउँगाउँमा खानेपानी बाटोघाटो र बिजुलीको व्यवस्था गरिनुपर्छ हेर्नुहोस् ४० बुँदे मागपत्रको जनजीवीका सम्बन्धी मागहरु ।
यि मागहरु कति आकर्षक छन् । ूजनतालाई माया गर्ने उनीहरुको साथमा रहने र उनीहरु कै सेवा गर्ने अरुभन्दा हामी अब्बल हुनेछौंू भन्ने उद्घोष गरेको । तत्कालिन सत्तालाई चुनौती दिएको समय र अहिले शासक बनी गरेको राजनीतिक ुट्रीकु बीच ठूलो अन्तर छैन र
बाबुराम शासक बनेपछि सुकुम्बासीहरुले देशव्यापी आन्दोलन गर्दैछन् । बाबुराम सरकारले पुलिस लगाएर कैंयौं सुकुम्बासीहरु जेलमा हालिसके । बासको ग्यारेण्टी नभएका भूमिहीनहरुलाई कानुनी राज्यको मान्यताभित्र समावेश गरिएको छैन । कानुनी शासनको अत्तोपत्तो छैन । बेरोजगारी बढ्दो छ । रोजगार सिर्जना गर्न चासो छैन । बेरोजगारहरुलाई शक्तिको श्रोत बनाउने समस्यालाई आलटाल गरेरर दोष अरुलाई थोपर्ने रोजगारीका पूर्वाधारहरु विस्थापन तर्फ उन्मुख छन् । रोजगारको नारा सत्ता आरोहणको खुड्किलो सावित भएन र
किसानहरुले फसल लगाउने समयमा बजारमा मल र बीउ पाउँदैनन् । पाइहाले पनि अति मह¨ाेमा खरिद गर्न वाध्य हु्न्छन् । ूमल बीउ सस्तो र सुलभमा पाउनु पर्छू भनी माग राख्ने व्यक्ति आफै सत्ता प्रमुख हुँदा सस्तो र सुलभ हुनु पर्ने होइन र बल्लतल्ल किसानले उत्पादन गरेको फसलको मुल्य कौडीको मोलमा बेच्न विवश छन् । उत्पादन गर्दा लाग्ने मुल्य पनि उठ्न नसक्ने भएकेा छ । श्रम त त्यसै खेर गैरहेको छ । किसानले उत्पादन गरेका उत्पादित वस्तुहरुको उचित मुल्यका लागी बजारको खोजी गर्न यो सरकार र सत्तालाई केले रोकेको छ
महँगीको चेपुवामा परेका गरिब विपन्न मजदुर र विद्यार्थीहरुले प्रयोग गर्ने मट्टितेलको मुल्य इतिहास मै आकासिएको छ । मट्टितेलको मुल्य जति बढ्दै जान्छ त्यति नै वनज¨ल मासिने क्रम बढ्नेछ । डिजेलको मुल्य वृद्धि र दैनिक १४घण्टे विजुलीको लोडसेिड¨ले दैनिक उपभोग्य बस्तुहरुको मुल्य र यातायात खर्च व्हात्तै बढेको छ । अन्तर्राष्ट्रिय बजारलाई दोषेर धर पाइन्छ समायोजन कुशल व्यवस्थापनले गर्ने हाइन र कृत्रिम अभाव जारी छ । खोई सुलभ मुल्य र सहज आपूर्ति के कर्मचारी तथा श्रमजीवीहरुको ज्याला वृद्धि हुन्छ सत्तामा भएकेा भ्रष्टाचार कमिसन सुबिधाभोग विदेश भ्रमण भोजभतेर कार्यकर्ता पालनपोषणका लागी खर्चने रकम कटाएर इन्धन आपूर्तिका लागी सरकारी अुनदान दिन सरकार किन चाहँदैन यो सरकार कस्को हीतमा परिचालित छ यो सत्ता र शासन अराजक होइन भन्ने के आधार राजनीतिक अराजकताले मानवजीवन
सम्पन्नता र सभ्य हुन सक्तैन ।
गाउँ गाउँमा विजुली खानेपानी र बाटोघाटो दिने भनेर बिद्रोह गरी सत्तामा पुगेको समयमा खोई त बिजुली पानी र बाटोघाटोको लागी प्राथमिकता विगतका सत्ता र शासकले बनाइ दिएका पूर्वाधार र केही बिकासका प्रतिफलहरु पनि नस्ट हुँदैछन् । विजुलीको अभावले खेतीपाती व्यापार खानपीन पठनपाठन यातायात उद्योगधन्दा सबै धरासायी बन्दैछन् । खानेपानीको चर्चा झन बेहालको स्थितिमा छ । वन तस्करी र भू-क्षयको कारणले पानीका श्रोतहरु सुक्दै गएका छन् । नेपाली वित्तीय बजारमा अपार थुपि्रएको नागरिकहरुको पूँजी सङ्कलन गरेर मुलुकलाई चाहिने विजुली उत्पादन गर्न क्रान्तिकारी सत्ताधारीहरुलाई कुन अदृष्य शक्तिले रोकेको छ कि ूहाम्रो बलले सत्तामा पुगिस् खबरदार हाम्रो हीत विपरित होला नि ू भन्ने नेपथ्यमा कुनै निर्देशक छन्
तत्काल राहत दिने घोषणा गरेर सत्तामा चढेका हाम्रा प्रधानमन्त्री तुलनात्मक रुपमा बौद्धिक होइनन् कि बाठा बाहुन हुन् । शान्ति प्रकि्रयालाई धमाधम तुरेर नागरिकहरुलाई सहज बनाउन उनकै पार्टीभित्रैबाट किन अवरोध कार्यकर्ताको लालनपोषण गर्न र सभासद मन्त्री र आसेपासेहरुलाई सत्ता-भत्ता भरण गर्न अरबौं खर्चने रकमलाई नियन्त्रण गरी जनताको दैनिकी सहज बनाउन किन विलम्ब ूहामी दुःख गरौं नागरिकहरुलाई सुख दिऔंू भन्ने जुक्तिवुद्धि सत्ताधारी प्रतिपक्षी तथा सत्ताको वरिपरि खेलेर वुद्धिजीवीको नाममा कुम्ल्याउन पल्केहरुलाई किन आउँदैन भरखरै ुक्रान्तिकारी ु परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उर्फ प्रकाश सामान्य रोगको उपचार गर्ने बहनामा राष्ट्रको लाखौं रकम बोकेर जापान गए । मुलुक मै उपचार गर्ने प्रशस्त सुबिधा हुँदाहुँदै विदेश बाटोघाटोको सामान्य सुविधा नपाएर उपेक्षित दलित विपन्न गरिब तथा सुत्केरी महिलाहरु उपचारको अभावमा अकाल मै मर्दैछन् । गरिब विपन्न श्रमजीवीहरुको शासनको लागी भन्दै सोझासीधालाई उचाल्नेहरुको व्यहोराचाहिँ ठाँटिलो यो कस्तो क्रान्तिकारिता जनताको दुहाई दिदै अवसरको राजनीति गर्नेहरुको रवैया र जनताको जनजीवन कति अन्तर सत्ताधारी सत्ता आसेपासे र सत्ताका विपक्षीहरुले ूनागरिकहरुको सुखदुख नै आºनो सेवा कर्म होू भन्ने बुझपचाएर घुक्र्याएर खान दल्न पल्केका छन् । यो कस्तो अग्रगामी ुशास्त्रिय जनवादीता र प्रजातन्त्रीय आख्यानु कुटिल स्वार्थका औजार भैसकेका छन् ।
यहाँ कष्टपूर्ण जनजीवनलाई सहज बनाउने उपायहरु खोतलिएका छन्- शान्ति स्थापना र राजनीतिक स्थीरता कायम गरी सरकारी फजुल खर्च नियन्त्रण गर्ने । द्वन्द समाधनमा बढिरहेकेा अरबौं खर्च रोक्ने । राजनीतिमा लाग्ने सबैले ूदेश र नागरिकका लागी समर्पण गरौंू भन्ने भावना लिने । क्षति र राहतको नाममा रकम कुम्ल्याउने दुष्कर्म छाड्ने । मन्त्री सभासद वरिष्ठहरुको लागी गरिने भत्ता र कमिसन घटाउने । विकास निर्माणका लागी दिइने रकममा हुने कमिसन भ्रष्टाचार र व्यापारीहरुबाट जबरजस्त असुल्ने चन्दा प्रवृति बन्द गर्ने । सत्तासयल र मोजमस्तीका लागी गरिने विदेश भ्रमण बन्द गर्ने । विजुली उत्पादन गर्न स्वदेशी पूँजीलाई सरल तरीकाले प्रोत्साहन गर्ने । बजारको प्रभावकारी व्यवस्थापन गर्ने । सरकारी संस्थान र कार्यलयहरुमा हुने अपारदर्शी प्रथालाई पारदर्शी बनाउने । त्यहाँबाट जम्मा हुन आउने रकमलाई मुलुकमा उत्पादन हुन नसक्ने तर बाहिरबाट किन्नै पर्ने इन्धन मल जस्ता अत्यावश्यक बस्तुहरु खरिद गर्न सरकारले अनुदान दिने । यो जुक्ति प्रयोग गर्दा अत्यावश्यक वस्तुहरु सहज र सुलभ मुल्यमा नागरिकहरुले प्राप्त गर्न सक्तछन् । यो काम गरेर देखाउनेहरु मात्र अग्रगामीहरु हुन् । राजनीतिक पीडितको नाममा राज्यकोषबाट लाखौं रकम बुघ्ने अनि क्रान्तिकारी र लोकतन्त्रवादी भन्ने कसका लागी राजनीति गरिदिएर त्यस वापत ज्याला लिएको यस्तो लोभीपापी बानी हटाउँदै ूशान्ति र स्थीरता सहितको चुस्त सरकार व्यवस्थित कर्मचारीतन्त्र र पारदर्शी सेवाू चाहिन्छ । यस्तो वातावरण बनाउन प्रतिपक्षीहरुले पनि पितुर्के बन्नु पर्दैन । सत्ताधारीहरुलाई के ले रोकेको छ ?