हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

"सरकारका कारण राष्ट्रियता खतरामा" - उपमुख्य समाचार

जुरोपानी/ नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले अहिलेको सरकारका कारण राष्ट्रियता संकटमा परेको बताएका छन् ।
सरकारका मन्त्रीहरुलेनै राष्ट्रियता बिरोधी अभिव्यक्ति दिई रहेको र प्रधानमन्त्रीलेनैं त्यसको संरक्षण गरि रहेको उनको भनाई छ । झापाको जुरोपानी-३ स्थित प्रगती उच्चमाविको स्वर्ण महोत्सव समापन समारोहमा आज उनले जातिय अधिकारका नाममा साम्प्रदायिकता सद्भाव भड्काउन चाहनेहरु कि्रयाशिल रहको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता ओलीले अब्यबहारीक शिक्षा प्रणालीका कारण शैक्षिक बेरोजगारी बढि रहेको बताए ।
शान्ति प्रकृयामा माओवादीकै कारण गतिरोध भएको उल्लेख गर्दै सवै दललाई एउटै टोकरीमा राखेर हेर्न नहुने जनाउँदै उनल्ो अहिलेको सरकारबाट शान्ति प्रकृया तथा संविधान लेखन प्रति अनुकुलताको अपेक्षा गर्न नसकिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योगदान पुर् याउने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व समान्य प्रशासन मन्त्री तथा एमाले नेता युवराज कार्की र जिल्ला शिक्षा कार्यालयका उद्वव विष्टले शिक्षा क्षेत्रलेनै समाजको अगुवाई गर्न सक्ने भएकाले असमान शिक्षा प्रणाली खारेज गरिनु पर्ने बताए । कार्यक्रममा झापा क्षेत्र नम्बर-६ का सभाषद् दिपक कार्कीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विल्सनबिक्रम राईुतोक्मे बुढाु ले बिभिन्न प्रहसन प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार टीका भण्डारीले बिभिन्न गीत तथा प्यारोडी सुनाएर मनोराजन गराएका थिए । कार्यक्रममा नेता ओली पूर्व मन्त्री कार्की सभाषद कार्की कलाकारद्वय भण्डारी र राई तथा झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्ट शैक्षिक तालिम केन्द्र भद्रपुरका युवराज पाण्डे लगायतलाई ढाका टोपी ओढाएर सम्मान गरिएको थियो । ओलीले विद्यालयले प्रकासन गरेको स्मारीकाको बिमोचन समेत गरे ।

" शान्ति र विद्रोहसँगै लैजान नहुने" - मुख्य समाचार

पिपुल्स टाइम्स समाचार
दुधे/ नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति र विद्रोहसँगै लैजाने माओवादीको रणनीतिका कारण नै प्रकृयामा सुधार आउन नसकेको बताएका छन् ।
झापाको सतासीधामस्थित दुधेमा आइतबार नेपाल भूपू सैनीक संघले आयोजना गरेको जिल्ला स्तरीय भेलामा बोल्नु हुँदै महामन्त्री सिटौलाले शान्ति र संविधानलाई शुनिश्चीततामा लैजान माओवादीको द्वैध चरित्र नै मुख्य समस्या भएकोमा जोड दिए ।
शान्ति प्रकृया समयमै पूरा गराउन सके सातादिन भित्र संविधान जारी गर्न सकिने उहाँको भनाई थियो । शान्ति र लोकतन्त्रको विकल्प नभएको उललेख गर्नुहुँदै महामन्त्री सिटौलाले भन्नुभयो- ुमुलुक समृद्ध तथा जनतालाई मालिक बनाउन लोकतन्त्र व्यवस्था नै सर्वमान्य माध्यम हो ।ु उहाँले एक प्रसङ्गमा गोर्खाभर्ती बन्द गर्नै सरकारको कदम जायज नभएको बताए ।
भेलामा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य नरेन्द्र विक्रम नेम्बाङ र केन्द्रीय तथा सभाषद् केशवकुमार बुढाथोकीले राज्य पूनस्रंरचना आयोगले प्रस्तुत गरेको विवादास्पद प्रतिवेदनको कुनै अर्थ नहुने जीकिर गरेका थिए । संघीयताको खाका कोर्ने आयोगको दुईखाले प्रतिवेदन नै हास्यास्पद छ माटो क्षेत्रलाई समेटेर सुहाउँदो संघीयताको खाचो रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा भूपू सैनीक संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद कोइराला संघका महासचिव गर्जबहादुर गुरुङ कांग्रेस झापा सभापति उद्वव थापा लगायतल गोर्खा भर्ती बन्द गर्न सरकारको कदमको विरोध गर्दै तत्काल फिर्ता लिन आग्रह गरेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी आउने नवप्रवेशीहरुलाई महामन्त्री सिटौलाले सदस्यता प्रदान गरेका थिए । कार्यक्रम संघकी जिल्ला अध्यक्ष सुकमाया लिम्बुको अध्यक्षतामा भएको थियो ।

रवि स्मृति फुटबल हुने

दमक/ आगामी फागुन-१४ गते देखि दमकमा प्रथम रवि स्मृती रेडबुल अन्तर कलेज नकआउन फुटबल प्रतियोगीता हुने भएको छ । अखिल क्रान्तिकारी दमक बहुमुखी क्याम्पस ईकाईको आयोजनामा हुने प्रतिगोतीमा झापा र मोरङ्का करिब एक दर्जन टीम सहभागी हुने ईकाई अध्यक्ष ज्योती भट्टराईले जानकारी दिए । प्रतियोगीता फागुन-२१ गते सम्म चल्ने छ ।

साधनाद्वारा सहकारी शिक्षा

दमक/ दमक-११ मा अवस्थित साधना वचत तथा ऋण सहकारी संस्थाले आइतबार सहकारी शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्था आवद्ध शेयर सदस्यहरुको सहभागिता रहेको सो प्रशिक्षणमा डिभीजन सहकारीका प्रमुख नेत्रप्रसाद घिमीरे लगायतले सहकारी शिक्षाका महत्वका बारे चर्चा गरेका थिए ।
महिना दिन अघि गठित सो संस्था साचालनमा आएको हो । ३३ जना शेयर सदस्य रहेको गठित संस्थाका अध्यक्षमा देवीप्रसाद गुरागाई उपाध्यक्षमा हरि थापा सचिवमा विरेन्द्रकुमार पौडेल सह-सचिवमा केदार तिम्सीना र कोषाध्यक्षमा गायत्री पौडेल रहेकी छिन् ।

प्रजातन्त्र दिवसमा हाजिरीजवाफ

केर्खा/ ६१ औं प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर झापा तोपगाछी-७ मा हाजिरीजवाफ र सहकारी शिविर सम्पन्न भएको छ ।
कर्खास्थित नवोदय सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न उच्च मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कमला मदन आश्रित उच्च मावि तोपगाछी-८ प्रथम मोति उच्च मावि धरमपुर-५ द्वितिय लक्ष्मीनारायण उच्च मावि धरमपुर-८ तृतीय र शहिद धर्मभक्त उच्च मावि केर्खा सान्तवना भए । तोपगाछी धरमपुर लखनपुर र चुलाचुलीका ८ उच्च माविले प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै सहकारी शिविर साचालन गरी विद्यार्थी आयोजक संस्थाका कर्मचारी र साचालक समितिका पदाधिकारीहरुलाई सहकारिता बारे शिक्षा दिइएको कार्यक्रमका सायोजक हिमप्रसाद दाहालले बताए ।
कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य गणेशप्रसाद बस्नेत र विशिष्ट अतिथि तोपगाछी स्रोत व्यक्ति सूर्यप्रसाद सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा सहकारी संघ झापाका उपाध्यक्ष बलराम गजुरेलले सहजिकरण गरेका थिए भने अध्यक्षता संस्थाका अध्यक्ष दिलिप चापागाईको रहेको थियो ।

प्रजिताको वार्षिकोत्सव सम्पन्न

दमक/ दमक-१ स्थित प्रजिता एकाडेमीको चौंथो साधारणसभा आईतबार सम्पन्न भएको छ ।
एज प्याब्सन झापाका अध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षाप्रेमी मानबहादुर देवानलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रम ुहेडसरु उपनामले परिचित छविलाल सिटौला सामाजिक अगुवा शेरिसंह सुब्बा फाउण्डर जीवन शिवाकोटी लगायतले बोलेका थिए ।
वार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यार्थीहरुले सांस्कृतिक मनोराजन प्रदान गर्नुका साथै खेलकुदका गतिविधि गरेका थिए ।
प्रजिता एकाडेमी व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पि्र_िन्सपल तारा लामिछानेको स्वागत रहेको थियो भने कार्यक्रम साचालन सागर राई र नवराज शिवाकोटीले संयुक्त रुपमा गरेका थिए ।

ढुवागढीमा जागनी महोत्सव

चन्द्रगढी/ झापाको चन्द्रगढी-३ स्थित दुवागढीमा श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०६८ साचालन हुने भएको छ ।
आईतबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले महोत्सवबारे जानकारी दिएको हो । महोत्सव आउँदो १२ देखि १८ गते सम्म साचालन हुने आयोजक संस्थाका महासचिव शान्तिप्रसाद सापकोटाले जानकारी दिए । श्रीकृष्ण प्रणामी मन्दिरको ५० औं स्थापनाका अवसरमा आयोजना हुने सो महोत्सवको उद्घाटन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले गर्ने भएका छन् । सो अवसरमा अन्तर्राष्ट्रिय स्वरुपको धर्म सम्मेलन तथा धर्म संगोष्ठि हुने बताइएको छ ।

ग्याँस बिक्रेताको अधिवेशन तय

दमक/ ग्याँस बिक्रेता महासंघ झापाको दोस्रो जिल्ला अधिवेशन आगामी फागुन १५ गते विर्तामोडमा हुने भएको छ ।
महासंघले आइतबार दमकमा पत्रकार सम्मेलन गरी सो अधिवेशनमा २ सय भन्दा बढी व्यवसायीहरुले भाग लिने समेत जानकारी गराएको छ । पत्रकार सम्मेलनमा महासंघका जिल्ला सदस्य टेकबहादुर थापाले अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष किशोर केसीले उद्घाटन गर्ने जानकारी दिए पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा महासंघ पेशागत हकहीत र उपभोक्ता अधिकारका लागि कि्रयाशील रहेको उल्लेख छ । महासंघले झापामा अझै ग्याँसको आपूर्ति सहज नभएको कारण समस्या व्यहोर्नु परीरहेको समेत जनाएको छ । महासंघका माई पश्चिम झापा क्षेत्रीय समितिका सचिव महेन्द्र खड्काले झापामा मात्रै दैनिक २ हजार वटा सिलिन्डर ग्याँसको माग रहेपनि २५ प्रतिशत समेत माग पूरा हुन नसकीरहेको जनाए । महासंघका केन्द्रीय पार्षद राजु न्यौपानेले नेपालमा दैनिक ग्याँसका सहज आपूर्तिका लागि २२ हजार मेट्रीकटन ग्याँस आवश्यक भएपनि ७ हजार मेट्रीकटन मात्र मुश्किलले उपलब्ध भइरहेको जनाए ।
पत्रकार सम्मेलनमा महासंघका क्षेत्रीय अध्यक्ष गंगाप्रसाद सिटौला केन्द्रीय पार्षद गणेश रिजाल राजेश अधिकारी ग्याँस व्यवसायीहरु पारसमणी आचार्य सिाजत रौनीयार लगायतले ग्याँसको सहज आपूर्तिका लागि सरकारसँग माग गरे ।

साइकलको ठक्करले एकको मृत्यु

भद्रपुर/ झापा ज्यामिरगढी-७ की एक महिलाको आईतबार साईकलको ठक्करबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार २७ वर्षीया रतिया करुवाको स्थानीय २९ वर्षीय सूर्य सुब्बाले चलाएको साइकलको ठक्करबाट घाइते भएपछि उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करुवाको मृत्यु भएपछि उनलाई ठक्कर दिने साईकल चालक सुब्बालाई प्रहरी नियन्त्रणमा लिइएको बताइन्छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रगतिशील प्राध्यापकहरुको सम्मेलन

२ जना सम्मानित
विर्तामोड/ नेपाल प्रगतिशील प्राध्यापक संगठनको मेची अाचल स्तरीय सम्मेलन आईतबार विर्तामोडमा सम्पन्न भएको छ ।
सम्मेलनले उमाकान्त ओलीको अध्यक्षतामा ११ सदस्यीय मेची अाचल स्तरीय क्षत्रीय समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपक पौडेल सचिवमा मोहन शिवाकोटी कोषाध्यक्ष लत्ता पौडेल र सदस्यहरुमा लक्ष्मीप्रसाद रेग्मी वेचैन शाह हरि न्यौपाने भानु रेग्मी महेन्द्रप्रकाश गौतम अर्जुनप्रसाद दंगाल र कमलप्रसाद भट्टराई चयन भएका छन् । सो अवसरमा प्राध्यापक डा। कालुराम राई के।आर। खम्बु र उपप्राध्यापक भुवन आचार्यलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष पितकुमार श्रेष्ठको प्रमुख आतिथ्य र संगठनका निवर्तमान अध्यक्ष चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य खगेन्द्र प्रसाई नेकपा एमालेका झापा अध्यक्ष रविन कोइराला त्रिभुवन विश्व विद्यालय प्राध्यापक संगठनका केन्द्रीय सदस्य टीका प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको साचालन लिलाप्रसाद अधिकारीले गरेका थिए । सम्मेलनमा झापा इलाम पाँचथर र ताप्लेजुङका १ सय ५० जना प्राध्यापकहरुले भाग लिएका थिए ।

सहकारीलाई उपेक्षा गरेको आरोप

उर्लाबारी/ राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेशप्रसाद पोखेरेलले सहकारी संस्थालाई सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् ।
अन्तराष्ट्रिय सहकारी बर्ष २०१२ को अवसरमा आइतबार मोरङ राजघाटमा आयोजित कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् । अध्यक्ष पोखरेलले सहकारी जनताको आर्थिक स्तर उकास्ने केन्द्र बिन्दु भएपनि सरकारले सहकारी सम्वन्धी स्पष्ट निती नल्याएकै कारणले गर्दा आर्थिक क्रान्ति हुन नसकेको बताए ।
सोही अवसरमा सहकारीमा आवद्ध दुई ज्येष्ठ सदस्य माहाराजस्थान सहकारीकी पदममाया श्रेष्ठ र जलउपभोक्ता कृषि सहकारी राजघाटका लाल बहादुर पुरीलाई दोसल्ला र नगद सहित सम्मान गरिएको छ । राजघाटका १४ बटा सहकारीको संयुक्त आयोजनामा भएको कार्यक्रमको संचालन नब श्री बचत तथा ऋण सकारीका अध्यक्ष शिव निरौलाले गरेका थिए । कार्यक्रमको सभापतित्व ग्रामिण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्ग कुमार श्रेष्ठको सभापतित्वमा भएको हो ।
यसैबीच रक्तदान जिबन दान भन्ने नाराकासहकारी वर्ष २०१२ अबसरमा ग्रामिण बचत तथा सहकारी संस्थाले लिमिटेडले रक्तान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ४७ जनाले रक्तदान गरेको संस्थाका कर्मचारी नगेन्द्र घिमिरेले बताए ।

महोत्सवमा साढे ४ लाख बचत

दमक/ दमकमा हालै सम्पन्न आदिवासी जनजाती सांस्कृतिक महोत्सवबाट आयोजक आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्ले ४ लाख ५१ हजार रुपैयाँ बचत गरेको छ । माघ १४ गतेदेखि २९ गतेसम्म साचालन भएको महोत्सवमा ४८ लाख ७ हजार ५ सय रुपैयाँ आय भई ४३ लाख ५६ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी सो को जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासंघका नगर अध्यक्ष मोहन धिमालले आगामी दिनमा महोत्सव आयोजना गर्नका लागि महत्वपूर्ण पाठ यो महोत्सवले सिकाएको बताए । उनले महोत्सव आदिवासी जनजातिहरुको संस्कृतिको पहिचान संरक्षण र संवद्र्धनका लागि साथै आन्तरीक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सावित भएको समेत उल्लेख गरे ।
पत्रकार सम्मेलनमा वितरीत प्रगति प्रतिवेदनमा १ लाख ५० हजार वाह्य र आन्तरीक पर्यटकहरुले महोत्सव र यस क्षेत्रका पर्यटकीय स्थलहरुको अवलोकन गरेको पनि उल्लेख छ । पत्रकार सम्मेलनमा महासंघका पदाधिकारी एवम् विभिन्न उप-समितिका संयोजक तथा जातीय संस्थाका अगुवाहरु सहभागी थिए ।

माचको अधिवेशन फागुन १३ गते

दमक/ पत्रकार माच दमकको अधिवेशन आगामी फागुन १३ गते हुने भएको छ ।
माचको आईतबार बसेको बैठकले सो निर्णय गरेकेा अध्यक्ष भुपेन्द्र ति_िम्सनाले जानकारी दिए । अधिवेशनको उद्घाटन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले गर्ने कार्यक्रम रहेको छ ।
यस्तै बैठकले माचको नयाँ सदस्यता सिफारिस तथा नविकरण आगामी फागुन-१० गते बस्ने कार्य समितिको बैठकले अनुमोदन गर्ने निर्णय गरेको छ ।

" कांग्रेसले चाहे सरकार ढल्छ "

उर्लाबारी/ नेपाली काग्रेसका केन्द्रीय सदस्य गगन थापाले एकिकृत माओवादीले हतियारको दम्भ नत्यागे तोकिएको समयमा शान्ति र संविधान निर्माण नहुने बताएका छन् ।
मोरङको बेलबारीमा ६१ औ प्रजातन्त्र दिवसको अवसरमा आइतबार आयोजित आमसभामा बोल्दै थापालॆ एकिकृत माओवादीले सत्तामा बसेर बिद्रोहको क्ररा गर्दै बन्दुकको दम्भ देखाएको आरोप लगाए । कांग्रेसले चाहे सरकार तत्काल ढाल्न सक्ने बताउदै नेता थापाले नेपाली काग्रेसले सत्ता नभएर नेपालमा शान्ति र नयाँ संविधान चाहेको बताए ।
त्यस्तै केन्द्रीय सदस्य सुजता कोइरालाले देशमा ५ देखि ६ वटामात्र संघ राज्य हुनुपर्ने र जातीय आधारमा राज्यहरु बिभाजन गर्नु नहुने धारणा राखीन् । पार्टी बेलबारी सभापति राजकुमार लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे चन्द्र भण्डारी युवा नेता गुरुराज घिमिरे पार्टी मोरङ जिल्ला सभापति अमृत अर्याल लगायतका बक्ताहरुले बोलेका थिए ।

कोषको सहयोगमा सडक ग्राभेल

लखनपुर/ सांसद विकास कोषको सहयोगमा लखनपुर-१ सावित्रा चौकको सुकुम्बासी बस्तीमा सडक ग्राभेल कार्य सम्पन्न भएको छ ।
आईतबार सडक निरिक्षण गर्न त्यहाँ पुगेका झापा क्षेत्र नं।७ का सभाषद् वीश्वदीप लिङ्देनले २२ घर सुकुम्बासी बस्तीका स्थानीयलाई चाँडै जग्गाको मालिक बनाउने बनाए । लिङ्देनको कोषबाट प्राप्त १० हजार र स्थानीय उपभोक्ता समिति मार्फत ३० हजार रुपैयाँ र श्रमदानमा सडक ग्राभेल कार्य सम्पन्न भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले बताए ।
कार्यक्रममा सभाषद् लिङ्देनका सांसद् प्रतिनिधि पारसमणि राई लगायतको उपस्थिति रहेको थियो ।

पूरीमाथि रकम ठगी गरेको आरोप

दमक/ एकीकृत नेकपा माओपादी झापा क्षेत्र नम्बर ७ का इाचार्ज तथा पार्टीका कोचिला राज्य समिति सदस्य गगन पूरीले प्रहरीमा जागीर खुवाउने भन्दै एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ ।
पूरीले गएको साउन १६ गते उदयपुर गाइघाट निवासी निर्माण बस्नेतलाई नेपाल प्रहरीको जुनियर अधिकृत असई बनाउने भन्दै पैसा लिएको बस्नेतका आफन्तले आरोप लगाएका छन् । कबुलेको रकम पेश्की रकम दिए पनि जागीर नपाएको भन्दै बस्नेतका आफन्तले आईतबार झापाको दमकमा पत्रकार सम्मेलन गरी सो कुरा खुलासा गराएका हुन् । बस्नेतका भिनाजु विनोदमणि भट्टराई बिएम शर्मा ले पूरीलाई कार्बाही र पैसा फिर्ताको माग राख्दै आईतबारै इलाका प्रहरी कार्यालय दमक र एकीकृत नेकपा माओवादी झापा क्षेत्र नम्बर ७ मा समेत उजुरी दिएको बताए । जागीर नभए लगेको पैसा फिर्ता गर्ने बताए पनि पटक-पटक फोन सम्पर्क गर्दा समेत पूरीले बेवास्ता गरेको शर्माले साचारकर्मीसँग खुलासा गरे ।
पत्रकार सम्मेलनमा शर्माले पूरी र आफूबीच भएको टेलीफोन बार्ता समेत सुनाएका थिए । सो टेलिफोन बार्तामा पूरीले शर्मालाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गरेर जागीर खुवाउने नभए पैसा फिर्ता दिने आश्वाशन दिएका छन् ।
गत साउन १६ गते शर्माले आफ्ना सालालाई जनपथ प्रहरीको असाई बनाउनको लागि पूरीले ३ लाख रुपैयाँ लिने कबुल गरेको र पेश्की १ लाख रुपैयाँ काठमण्डौ बस्ने ओम श्रमिकलाई दिनु भने पछि चेक मार्फत सो रकम बुझाएको शर्माको दावी छ ।
यता इाचार्ज पुरीले भने आफूले शर्मासँग पैसा लिएको अस्वीकार गरेका छन् । उनले आफू सुखानी प्रकाशन प्रालिको अध्यक्ष भएको र पत्रिका साचालनका लागि ऋण स्वरुप सुखानी मासिक पत्रिकाका व्यवस्थापक ओम श्रमिकले पत्रिकाका प्रतिनिधि शर्माबाट १ लाख रुपैयाँ सापटी लिएका बेला जमानी बसेको भने स्वीकार गरेका छन् । पछि सो सापटी रकम फिर्ता भए-नभएको बारे भने आफूलाई जानकारी नभएको पूरीको कथन छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी निरीक्षक अनिल पौडेलले भने पूरी विरुद्ध ठगी गरेको आरोप सहित ठाडो निवेदन परेको तर पछि माओवादी सम्बद्ध दूवै पक्षले बाहिरै मिल्ने भनेकाले निवेदन दर्ता नगरिएको जानकारी दिए ।

पार्टीहरु नै व्यवस्थित भएन भने लोकतन्त्र नै धरापमा पर्छ - बाटैमा

युवराज कार्की नेकपा एमालेका केन्द्रीय सल्लाहकार हुन् । एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री समेत भइसकेका कार्की झापा महारानीझोडाका स्थायी बासिन्दा हुन् । एमालेका पूर्व केन्द्रीय सदस्य कार्की संविधानसभामा प्रतिनिधित्व गरिरहेका छन् । प्रस्तुत छ उनीसँग बाटैमा गरिएको संक्षिप्त कुराकानी :
संविधान लेखन कार्य कहाँ पुगेको छ अहिले ?
संविधान सभाले जनअपेक्षा अनुसार तोकिएकै समयमा काम पूरा गर्न त सकेन तैपनि पछिल्लो पटक भएको ७ बुँदे सहमति पछि संविधान निर्माणका क्रममा देखिएका विवादित विषयहरु क्रमशः समाधान हुँदै आएका छन् । संविधान लेखन र शान्ति प्रकि्रया सँगसँगै गाँसिएका विषय हुन् । यी दुई विषयलाई एकैसाथ बढाउँदा नै राम्रो हुन्छ भन्ने कुरामा हामी प्राय सबै सहमत छौँ । र त्यसै अनुरुप काम अगाडि बढिरहेकै पनि छ । तर विवाद समाधान उपसमिति मार्पुत सहमति कायम गर्ने भनिएका कतिपय जटिल विषयहरु थिए ति विषयमा अझै पनि टुङ्गो लाग्न सकिरहको छैन । यो माओवादी भित्रको आन्तरिक विवादले गर्दा नै हो । संविधान निर्माण प्रकि्रयामा भएका सहमतिहरु उसका आन्तरिक विवादकै कारण उल्टिँदै छन् ।
सहमतिहरु उल्टिएको कुरा गर्नुभयो यहाँले पार्टी नेतृत्वले गरेका सहमति उल्टिएकै हुन् कि माओवादीका कोही अरु नेताहरुले फरक विचार राखेका मात्रै हुन् के जस्तो लाग्छ तपाईलाई ?
सहमति उल्टिएका भन्नाले माओवादीले औपचारिक रुपमा ती कुरा त गरेको छैन र जिम्मेवार नेतृत्वले त्यसो गर्न पनि मिल्दैन । तर कतिपय माओवादी नेताहरु नै सहमति भइसकेका विषयहरुमा पनि फरक धारणा राख्नुहुन्छ भने कतिपय जटिल विषयहरुमा विवाद समाधान उपसमितिको बैठकमा मूल नेतृत्व अनुपस्थित भइदिने र अरुले हामी सहमत छैनौँ भनेपछि समस्या आउने गरेको छ । म आग्रह गर्न चाहन्छु संवैधानिक समितिका बैठकहरुमा जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्छ । अनुपस्थितिले समाधान निस्कँदैन । बैठकहरुमा उपस्थिति जनाउने र सहमतिका बाटामा अग्रसर हुने बानी बसाल्न जरुरी छ ।
राज्य पुनसर्ंरचनाको विषयले बहस चर्किरहेको बेला समग्र पूर्वााचल १ प्रदेशको अवधारणा पूर्वााचलका सभासद्हरुले ल्याएका छन् भन्ने सुनियो नि के हो ?
वास्तवमा केही समय अघि काठमाण्डौमा नै झापाका सहित पूर्वााचलका विभिन्न जिल्लाका हामी दुई दर्जन सभासद्हरुले अनौपचारिक रुपमा एउटा छलफल गर् यौँ । कि समग्र पूर्वााचल एक प्रदेशको अभियान अब साचालन गर्ने तयारीमा छौँ । राज्य पुनस्रंरचनाको बहसमा यो अवधारणा आउन अलिकति त ढिलो भएको छ नि तथापि यसलाई घनिभूत रुपमा अगाडि बढाउन अझै पनि सकिन्छ । हामी सबै पार्टीका सभासद्हरु बीचमा यो विषयमा छलफल जारी छ । छिट्टै हामी एउटा औपचारिक निर्णय पछि छुट्टै समिति नै बनाएर छलफल चलाउछौँ । यो अभियान गाउँ तहसम्म पुर् याउने हाम्रो लक्ष्य छ । जातीय संघीयता विश्वमा नै समस्याको विषय भइरहेको पाउँछौ । यहाँ १ सय १ राज्यमा टुकि्रने सम्भावना बढ्यो । इमान्दार पूर्वक भन्नै पर्छ हामी कम्युनिष्टहरु ूमानिसको अन्तर्राष्ट्रिय जाति हुने छूभन्ने नारा लिएर हिँडेका हौँ । हामीले नै जातीयताको कुरा गरेर हुँदैन । जातीयताको बाढी माओवादीले ल्यायो । ूरगत बगाऊ राज्य पाइन्छू भनिदियो त्यसले देशमा ठूलो रक्तपात पनि भयो । यो विषयमा हामी सबै जानकार छौँ । त्यसले एउटा राजनीतिक परिवर्तन त ल्यायो त्यो राम्रो पक्ष हो तर जातीय सद्भावमा असर पार् यो । आउँदा दिनमा यो जातीयताको मुद्दामा हामी अत्यन्तै गम्भीर हुनुपर्छ । भौगोलिक बनावट प्राकृतिक सम्पदा जनसंख्या आदि विविध कारणले समग्र पूर्वााचल एक प्रदेशको अवधारणा उपयुक्त छ भन्ने हाम्रो विश्लेषण हो ।
एमाले भित्रको आन्तरिक एकता अब बलियो भएको हो ?
नेकपा एमालेसँग एउटा गौरवशाली इतिहास छ । यस भित्र धेरै राम्रा कुरा थिए र छन् पनि । २००६ सालदेखिको पुरानो ूलेगासीू गाँसिएको छ । देशव्यापी कार्यकर्ताहरुको संगठनको साजाल पनि छ । त्यति हुँदाहुँदै पनि एमालेमा ठूलो कमजोरी भनेको नेताहरुका बीचमा न्युनतम सहमति समझदारी र हार्दिकता नहुँदा वैचारिक सैद्धान्तिक रुपमा फरक नभए पनि जुँगाको लडाइले आम एमालेका कार्यकर्ता शुभचिन्तकहरुलाई चिन्तित बनायो । पार्टी नेतृत्व भनेको व्यवस्थापन कुरा हो । त्यसभित्र भनेको न्युनतम समझदारी आवश्यक छ । नेतृत्वबाटै त्यसको महसुस भयो र यसलाई जनसमुदायसम्म नै पुर् याउँ भनेर आन्तरिक एकताको अवधारणा आयो । यसले राम्रै खालको सकरात्मक प्रभाव पारेको छ । एमालेले थालनी गरेको यो आन्तरिक एकता अभियान राष्ट्रिय राजनीतिमा पनि मार्गदर्शक बनेको छ । अहिले नेपाली कांग्रेस र माओवादी पनि आफ्नो आन्तरिक अभियानमा जुटेका छन् । यो राम्रो कुरा पनि हो । पार्टीहरु नै व्यवस्थित भएन भने लोकतन्त्र नै धरापमा पर्छ ।
प्रस्तुति ः विष्णु पौडेल

कल्याणकारी पर्व महाशिवरात्री - दोस्रो लेख

जगन्नाथ ढकाल
हिन्दु धर्मका विभिन्न शास्त्र तथा पुराण्ँहरुमा उल्लेख भए अनुसार एक वÈ्रमा पर्ने चार विशेÈ रात्रीमा महाशिवरात्री पनि एक हो । अन्य तीन विशेÈ रात्रीमा श्रीकृष्ण्ँ जन्माष्टमीको रात्रीलाई मोहरात्री भनिन्छ । आश्विन शुक्ल पÔको अष्टमीको रात्रीलाई कालरात्री भनिन्छ भने कात्तिक कृष्ण्ँपÔमा पर्ने लक्ष्मीपूजाको रात्रीलाई सुखरात्री भनिन्छ । महाशिवरात्रीलाई भगवान् शिवको पूजा आराधना गरी विशेÈ पर्वको रुपमा मनाउने गरिन्छ ।
नेपालमा महाशिवरात्री पर्वमा सार्वजनिक बिदा दिने परम्परा रहिआएको छ । यस दिन राष्ट्रप्रमुख आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न आउने ऐतिहासिक परम्परा छ । नेपाल राष्ट्रलाई आÏनो स्थापना कालदेखि नै रÔा गर्दै आएको नेपाली सेनाको स्थापना दिवस पनि यही महाशिवरात्रीका दिनमा पर्दछ ।
भगवान् शिवले लोककल्याण्ँका लागि निराकार अवस्थाबाट ज्योतिर्लिङ्गको रुपमा प्रकट हुनुभएको पवित्र रात भएकोले यस पर्वलाई महाशिवरात्री भनिएको हो । शिव भगवानको पूजा आराधना गर्दा शिवको शारीरिक सौन्दर्य तथा धार्मिक महŒवको सम्बन्धमा पनि जानकारी हुनु आवश्यक हुन्छ । यस सम्बन्धमा वास्तविक ज्ञान भएमा भक्तजनहरुलाई पूजा आराधना गर्न सजिलो हुने धार्मिक मान्यता रहिआएको पाइन्छ ।
हिन्दु धार्मिक ग्रन्थ शिवपुराण्ँमा उल्लेख भए अनुसार भगवान् शिव नेपालको उत्तरीभागमा अवस्थित हिमालय पर्वतमा निवास गर्ने समस्त देवहरुका पनि देव महादेव सारा चराचर जगतका कल्याण्ँदाता मुक्तिकर्ता तीन आँखा भएका हातमा त्रिशूल तथा डमरु धारण्ँ गरेका लामो जटा भएका शरीरमा खरानी घस्ने रुद्राÔ तथा सर्पको माला लगाउने आकाशको जस्तो नीलो वण्र्ँ भएका कोटी सूर्यसमान तेज ताप र प्रकाश भएका सती पार्वती उÈा गुह्येश्वरी जस्ता बहुनाम भएकी पतिव्रता स्त्रीका साथ रहने आदि विशेÈण्ँ रहेका छन् ।
भगवान् शिवको पूजा आराधना गर्ने सम्बन्धमा विशेÈ ध्यान दिनुपर्ने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको पाइन्छ । तीनवटा पात भएको बेलपत्र चढाउनु वा अर्पण्ँ गर्नु भगवान् शिवका लागि अति उत्तम मानिन्छ । जसको सम्बन्धमा संस्कृतमा एउटा श्लोक छ जुन बेलपत्र चढाउँदा भन्ने गरिन्छ । जस्तै ः-
त्रिपत्रं त्रिगुणुकारं त्रिनेत्र चः शिवपि्रयम् । ।
त्रिजन्मोत्थं हरेत्पापं बिल्लपत्रं शिवार्पण्ँम् । ।१ । ।
मानिसले जानेर वा नजानेर विगतमा गरेका खराब कार्य कर्म लाई धर्मशास्त्रले ूपापू भनेको छ । त्यस्ता पापहरु पनि नष्ट हुनेछन् भन्ने उल्लेख छ । धर्मशास्त्रमा शिव आराधना गर्दा शिवलाई सबैभन्दा मन पर्ने पि्रय वस्तु बेलपत्र नै हो भनिएको छ । प्रकृतिमा पाइने केही यस्ता बोट वृÔ छन् जसको विशेÈ धार्मिक महŒव रहेको पाइन्छ । जस्तै भगवान् विष्ण्ँुका लागि तुलसीपत्र पि्रय वस्तु मानिन्छ भने बेलपत्र आँकको फूल र धतुरो शिवलाई उपयुक्त मानिन्छ । सोही मान्यता अनुसार शिवरात्रीका दिन गङ्गास्नान गरी निराहार व्रत बसी जसले भगवान् शिवलाई जलधारा गराउँछ र त्रिकोण्ँयुक्त बेलपत्र चढाई पूजा आराधना गर्दछ उसको कल्याण्ँ हुन्छ भनिएको छ । यसका साथै मानिस आÏनो कर्तव्यपालन गर्नबाट पछि हट्न हुँदैन पनि भनिएको छ । त्यस्तै मानिसले आÏनो कर्तव्य पालनबाट कहिल्यै पछाडि हट्न हुँदैन कर्तव्यपालन गर्नु नै धर्म हो भन्ने कुरो पनि धर्मशास्त्रमै उल्लेख छ ।
हिजोआज समाजमा विभिन्न किसिमका आपराधिक गतिविधि गर्ने कानुन तथा राष्ट्रको नीति नियमबाट दण्डित हुने कार्य गर्दै जाने र त्यस्ता खराब कार्यको परिणुमबाट हुनसक्ने सजायबाट उन्मुक्ति तथा छुट्कारा पाउनका लागि भगवानको शरण्ँमा जाने प्रवृत्ति बढेको पाइन्छ । यस्ता खराब किसिमका कार्य गर्नेहरुलाई देशको नीति-नियम तथा कानुनले पनि छुट दिनुहुँदैन र भगवानको शरण्ँ परेर पनि उन्मुक्ति पाउन सक्दैन । भगवान्प्रतिको भक्तिभाव राख्नु भनेको हरेक व्यक्ति अनुशासनमा बस्नु हो । कानुनद्वारा बन्देज गरिएका र समाजलाई हित नहुने काम नगर्नु नै हो । आÏनो व्यक्तिगत स्वार्थ पूरा हुने आर्थिक लाभ हुने कार्य गर्दै जाने र सामाजिक मूल्य मान्यताको पालना नगर्ने हो भने भगवान् शिवको भक्ति गर्ने बेलपत्र चढाउने गण्ँेशजीलाई लड्डु चढाउने विष्ण्ँुलाई तुलसीपत्र चढाउने सूर्यलाई अर्घ चढाउने र मन्दिरमा गई भगवानसँग वर माग्ने गरेको भरमा मात्र पवित्र शुद्ध र धर्मात्मा हुन सकिँदैन भगवानको शरण्ँमा पुग्न सकिँदैन । व्यक्तिले संयमी अनुशासित सदाचारी र राज्यद्वारा निर्देशित कानुनी दायराभित्र रही असल नागरिक हुनसक्नु नै राष्ट्रदेव भगवान् शिवप्रतिको असल भक्तिभाव प्रकट गर्नु हो । सबै धर्मशास्त्रको मुख्य उद्देश्य भनेकै परोपकार गर्ने अरुलाई दुःख तथा पीडा हुने काम नगर्ने परिश्रमी बन्ने दुष्कर्म वा खराब कार्य गर्नेबाट आफूलाई रोक्नु हो । यसो गर्न सकिए मात्र सच्चा ईश्वर भक्त शिवभक्त र राष्ट्रभक्त हुन सकिनेछ ।
महाशिवरात्री जस्तो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक महŒव बोकेको पर्वमा काठमाडौंकॊ पाशुपतÔेत्र लगायत देशभरका अन्य शिवालय तथा शिवका मठमन्दिरमा हुनसक्ने अवािाछत गतिविधि वा अश्लील कि्रयाकलापलाई रोक्न र निरुत्साहित गर्नेतर्फ पनि राज्य तथा नागरिक समाज लाग्नुपर्ने देखिन्छ । समाजमा महाशिवरात्री आउनुभन्दा अगाडिदेखि नै गाँजा भाङ् धतुरो लगायतका नशालु पदार्थ सेवन गर्ने शिवरात्रीमा धुनी बाल्न भनी पैसा माग्ने चन्दा उठाउने जस्ता कार्य पनि हुने गरेको पाइन्छ । यस्ता कि्रयाकलापले शिवरात्रीको धार्मिक सांस्कृतिक र ऐतिहासिक महŒवलाई घटाउने बाहेक केही गर्दैन । शिवरात्री भनेको विकृति हटाउने पर्व हो विकृति बढाउने पर्व होइन । त्यसैले यस किसिमका अवािाछत कि्रयाकलाप रोक्न सबैबाट उचित प्रयास हुनुपर्छ । सबै शिवभक्त श्रद्धालु भक्तजनले शिवको पूजा-आराधना गरी भक्तिभाव प्रकट गर्नसक्ने वातावरण्ँ तयार पार्न सकियो भने मात्र राष्ट्रदेव भगवान् महादेव शिवप्रति सच्चा भक्तिभाव व्यक्त गर्न सकिन्छ । महाशिवरात्रीको महŒव र गरिमालाई अÔुष्ण्ँ राख्न सकिन्छ ।

राज्य पुनसर्ंरचना बारेका भ्रमहरु - पहिलो लेख

श्याम श्रेष्ठ
राज्य पुनःसंरचना आयोगले दुई महिनाको कडा मिहीनेत लगाएर तयार पारेको प्रतिवेदनलाई नेपालका प्रमुख राजनीतिक दलहरुले बेकामको तुल्याइदिएका छन् । मुख्य भूल यो आयोगको गठनविधि र गठनको समयको छनोटमा नै भइसकेको थियो ।
भाÈाविद् भूगोलविद् संघीय अर्थशास्त्रविद तथा संघीय राजनीतिविद् जनसंख्या विद् समाजशास्त्री जस्ता िवÈयका विज्ञहरु राखेर बनाउनु पर्नेमा भागबण्डाबाट पार्टी कार्यकर्ता भर्तीको शैलीमा आयोग गठन भएपछि आयोगबाट आउने प्रतिवेदन सर्वस्वीकार्य हुन सम्भव नै थिएन । दलहरुको ध्रुवीकरण्ँ र कचिङ्गलको छाया त्यहाँ पर्नु अवश्यम्भावी थियो । आयोगलाई दिइएको राज्य पुनःसंरचनाको गम्भीर िवÈय र दुई महिने समयसीमामा पनि तालमेल थिएन । दलहरुले साढे तीन वÈ्र लगाएर राज्य पुनःसंरचनाका जुन विवाद टुङ्गो लगाउन सकेका थिएनन् ती गम्भीर विवादका िवÈयलाई यो आयोगले साढे दुई महिनामा टुङ्गो लाउन सम्भव नै थिएन । यस्तो असम्भव जिम्मेवारी किन दिइयो लिनेहरुले किन लिए यस्तो आयोगमा विद्वान मित्रहरु जानु उचित कुरो थिएन । गएपछि पनि िवÈयगत समितिले सर्वसम्मतिले टुङ्गो गरिसकेका िवÈयमा त्यसलाई उल्ट्याउने गरी प्रवेश गर्नु सही कुरो थिएन ।
राज्य पुनःसंरचना आयोग गठन नै गर्नुपर्ने भए संविधानसभाका राज्य पुनःसंरचना सम्बन्धी िवÈयगत समितिले आÏनो प्रतिवेदन कोर्न थाल्नुअघि विभिन्न िवÈयका िवÈय विज्ञहरु राखेर अन्तरिम मन्त्री पिरÈद् कालमा नै गठन गरिनु पथ्र्यो । यसले संविधानसभाको राज्य पुनःसंरचना सम्बन्धी मस्यौदा निर्माण्ँलाई धेरै सहज र गहन बनाउन मद्दत गथ्र्यो । परन्तु संविधानसभाले आÏनो काम थालिसकेपछि प्रचण्डको प्रधानमन्त्रीत्वको समयमा गण्ँेशमान गुरुङको अध्यÔतामा दुई सदस्यीय राज्य पुनःसंरचना आयोग बनाइयो जसलाई त्यसपछिको एमाले नेतृत्व सरकारले न त शपथ नै गरायो न पूण्र्ँ आकार नै दियो न यो भङ्ग गरेर अर्को आयोग नै बनायो । बेला छउाजेल कसैलाई पनि यो आयोगको आवश्यकता नै भएन । परन्तु िवÈयगत समितिले आÏनो प्रतिवेदन निकै ठूलो मिहीनेत लगाएर बनाइसकेपछि नेपालमा राज्य पुनःसंरचना आयोग बनाइयो जुन बेलामा यसको गठनको कुनै आवश्यकता नै थिएन । यो त सुत्केरी हुन नसकेर प्रसव पीडा चर्को भएको बेलामा कुनै गर्भवतीलाई अस्पतालमा नलगेर बच्चा जन्मिसकेपछि पुर् याए जस्तो कुरो भयो ।
यो आयोग राजनीतिक दलहरुले जानीबु´ी विस्तृत शान्ति सम्´ाैता बमोजिम एक थान राज्य पुनःसंरचना आयोग नेपालमा पनि कुनै बेला गठन भएको थियो भनेर ´ारा टार्नका लागि मात्र गठन गरेको अहिले आएर प्रष्ट भएको छ । यस्तो भान हुन्छ- दलहरुको स्वार्थी र गैरजिम्मेवार प्रपाचमा आयोगमा लगिएका विद्वान मित्रहरु व्यर्थमा फसे उनीहरुलाई अनाहकमा फसाइयो । जुन विधिबाट जुन समयमा आयोगको गठन भयो त्यसको परिण्ँति स्वभावतः यस्तै हुन्छ । आयोगले रातदिन लगाएर एउटा रिपोर्ट पेस गर् यो तर त्यसको अभिभावकत्व लिन वा त्यसले दिएका सु´ाव ग्रहण्ँ गर्न कुनै दल तयार देखिँदैन ।
आखिर यो आयोग त सु´ाव आयोग मात्र हो । यसको रिपोर्टमा दलहरुले यति धेरै सार्वजनिक गलफत्ती गालीगलौज र भ्ँ्रमको खेती गर्नुपर्ने नै थिएन । यसका दुवैथरि सु´ावहरुलाई समग्र संविधानसभाले र विशेÈतः राज्य पुनःसंरचना र राज्यशक्ति बाँडफाँड समितिले तथा संवैधानिक समितिले आÏनो बहुमूल्य सम्पत्ति बनाएर त्यसका राम्रा र कामलाग्दा कुराहरु ग्रहण्ँ गर्ने र ठीक नलागेका कुराहरु नलिने गरे भइहाल्छ । अहिले पनि गर्नुपर्ने त्यही हो । नेपालका दलहरुले आफूले गरेका कामको परिणुमप्रति जिम्मेवार हुन र काम गर्नेहरुप्रति कृतज्ञ हुन कहिले सिक्ने होलान्
यतिखेर राज्य पुनःसंरचना सम्बन्धमा थरिथरिका भ्ँ्रम बजारमा व्याप्त छन् । अहिले िवÈयगत समितिले पहिचान र सामथ्र्यका आधारमा प्रदेशको निर्माण्ँ गर्न लाग्दैछ । एक थरि मानिस पहिचान भन्यो कि जातीय प्रदेश बनाउने भयो भनेर बुझ्ने बु´ाउने र भ्ँ्रम फिजाउने गरिरहेछन् । यो सर्वथा गलत कुरो हो । पहिचानको आधारमा प्रदेश बनाउने भनेको एकल जातीय राज्य बनाउने कुरो होइन । यो अहिलेसम्म कायम भइरहेको एक जाति भाÈा र संस्कृतिको विशेÈाधिकार र हालीमुहाली अन्त गरेर हरेक जाति÷जनजातिको भाÈा धर्म संस्कृतिलाई समतामूलक र समावेशी ढङ्गले मान्यता दिने कुरो मात्र हो । यो राज्यका हरेक अङ्ग र तहलाई नेपालको बहुभािÈक बहुजातीय र बहुसांस्कृतिक स्थिति अनुसार जनसङ्ख्याको संरचनाअनुसार समावेशी बनाउने कुरो मात्र हो । यो आजसम्म केन्द्रमा मात्र थुपि्रएको सत्ता र स्रोतलाई प्रदेश र स्थानीय निकायसम्म बाँडेर स्वशासन सा´ेदारी शासन र स्वायत्ततामार्फत पाखा परेका र आÏनै अलग पहिचान रहेका हरेक समुदायलाई उनीहरुको सघन बसोबास र ऐतिहासिक निरन्तरता भएका भू-Ôेत्रमा प्राकृतिक स्रोत र आर्थिक स्रोतमाथिको अधिकार सहित आÏनो शासन आफै गर्ने ठाउँमा पुर् याउने कुरो मात्र हो ।
नेपालको विशेÈता के छ भने ६१ जिल्लामा कुनै पनि जाति÷जनजातिको बहुमत छैन केवल १४ वटा जिल्लामा मात्र कुनै एउटा जात वा जनजातिको बहुमत छ । यही कारण्ँले कुनै पनि प्रदेश जसरी बनाए पनि एकल जातीय र एकल भािÈक बन्ने स्थिति छैन । हरेक प्रदेश बहुजातीय र बहुभािÈक नै बन्छ । काठमाडौं उपत्यकामा नेवाः प्रदेश बनाए पनि त्यसमा पहिलो स्थानमा मात्र र ३५÷३६ प्रतिशत मात्र नेवार हुन्छन् बाँकी अत्यधिक बहुमत त बाहुन Ôेत्री तामाङ र अरु नै हुन्छन् । यस्तै स्थिति Ôेत्री बाहुल्य तामाङ बाहुल्य गुरुङ बाहुल्य मगर बाहुल्य थारु बाहुल्य मैथिल वा भोजपुरी बाहुल्य मुस्लिमबाहुल्य वा राई लिम्बु बाहुल्य Ôेत्रमा पनि बन्छ । त्यसैले सबै जात जाति र जनजाति हरेक प्रदेशमा मिलेर बस्नुको विकल्प नै छैन । कसैले चाहे पनि एकल जातीय राज्य कदापि बन्दैन बन्छ भनेर डराउनै पर्दैन । संघीयताप्रति वितृष्णु र घृणु फैलाउने उद्देश्यले मात्र एकलजातीय प्रदेश बन्ने हल्ला चलाइएको छ ।
अर्को भ्ँ्रम प्रदेशको सङ्ख्या र नामका बारेमा चलाइएको छ । कोही ६ वटा मात्र प्रदेश हुनपर्छ भनीरहेछन् कोही दशवटा र कोही चौधवटा । कोही जातीय पहिचान जनाउने नाम राख्नुपर्छ भनिरहेछन् भने कोही नदी नाला र पहाडको नाममा नाम राख्नु पर्छ भनिरहेका छन् ।
मेरो ठम्याइमा प्रदेशको सङख्या सकेसम्म थोरै हुनु राम्रो हुन्छ तर सङ्ख्या महŒवपूण्र्ँ कुरो होइन । स्वीटजरल्याण्ड नेपाल भन्दा आधै सानो छ । त्यहाँ २६ वटा प्रदेश अर्थात् क्याण्टोनअन्तर्गत पनि तीव्र विकास सम्भव भएको छ । नेपालमा चौधवटा अाचल बनाएर पनि विकास तीव्र हुन सकेन । भारतमा नौवटा प्रदेशबाट संघीयता शुरु भएको थियो । अहिले त्यो २६ वटा पुगेको छ । अमेरिकामा १३ राज्यबाट संघीयता प्रारम्भ भएको थियो । अहिले त्यो ५१ पुगेको छ । तसर्थ प्रदेश जतिवटा भए पनि त्यति धेरै फरक पर्दैन त्यो पछि बढाउँदै लान सकिन्छ तर महŒवपूण्र्ँ कुरो स्वायत्तता र स्वशासनको अधिकारको सूची हो । अधिकार केन्द्रबाट एकाइहरुमा ल्याउने कुरो हो । राज्यमा पाखा परेका सबै समुदायको पहुँच समतामूलक र समानुपातिक बनाउने कुरो हो ।
नामका सम्बन्धमा पनि बेस नाम सबैले स्वीकार्नसक्ने खालको नदी नाला वा पहाड पर्वतको हुनसक्छ तर पहिचानसित जोडिएको नाम पनि विश्वमा बाक्लै प्रचलनमा छन् । उदाहरण्ँका लागि भारतको पाजाव राज्यको नाम पाजावी भाÈाबाट पश्चिम बङ्गाल नाम बङ्गाली भाÈाबाट तमिलनाडु तमिल भाÈाबाट असाम नाम असामी भाÈाबाट राखिएका नाम हुन् । ती राज्यमा अरु पनि भाÈाभाÈी बसोबास गर्छन् तर बाहुल्यका आधारमा राखिएका यी नामबाट भारतीय संघीयतामा कुनै फरक पारेको छैन ।
त्यसैले नाम जे भए पनि सङ्ख्या जतिवटा भए पनि त्यसले खास फरक पार्दैन तर संघीयताले नेपालमा चारवटा मुख्य फरक ल्याउनसक्नुपर्छ जसलाई यसरी केलाउन सकिन्छ ।
पहिलो- राज्यमा खस आर्य अर्थात् बाहुन Ôेत्री ठकुरीको मात्र एकछत्र हालीमुहाली भएको ठाउँमा दलित जनजाति मधेसी मुस्लिम र अन्य अल्पसङ्ख्यकको पनि हालीमुहाली कायम हुने गरी राज्यको हरेक अङ्ग र तहलाई समतामूलक र समावेशी बनाउने ।
दोस्रो- केन्द्रमा मात्र अहिलेसम्म थुपि्ररहेको सत्ता र अधिकारलाई स्रोत र साधनलाई विकेन्द्रीकरण्ँ गरेर अर्थात् बाँडेर प्रदेश र गाविस नगरपालिकासम्म पुर् याउने । परराष्ट्र रÔा अर्थनीति मुद्रा अन्तर्राष्ट्रिय व्यापार ठूलठूला विकास आयोजनाहरु साचालन गर्ने जस्ता केही निश्चित अधिकार मात्र केन्द्रमा राखेर प्रदेश र स्थानीय निकायलाई सबैभन्दा ज्यादा अधिकार र स्रोतसाधनसम्पन्न बनाउनु पर्छ । ताकि जनताले राज्य र स्रोत साधन खोज्न केन्द्रमा धाउनुपर्ने स्थिति समाप्त होस् । जनताले हातले भेट्टाउने ठाउँमा राज्य र स्रोत साधन उपलब्ध होस् ।
तेस्रो- नेपाली भाÈा मात्र कामकाजको भाÈा भइरहेको ठाउँमा नेपाली भाÈालाई माध्यम भाÈा मात्र बनाएर सबैका मातृभाÈालाई कामकाजको भाÈा बनाउने । हिन्दू धर्म र खस संस्कृति मात्र नेपालको आधिकारिक धर्म र संस्कृति भइरहेको ठाउँमा राज्यले सबै धर्म र संस्कृतिलाई बरोबरको व्यवहार गर्ने । सबैको पहिचानलाई राज्यले समान व्यवहार गर्ने ।
चार- कतै विकासै विकास कतै यसतर्फ ध्यानै नपुगेको शहर र गाउँ विकट र दुर्गम पहाड तराई र हिमाल सबै Ôेत्रमा सन्तुलित र समावेशी आर्थिक विकास शुरु गर्ने ।
यी कुरा गर्न सकियो भने संघीयताले जनताको जीवनमा ठूलो फरक ल्याउनेछ । राज्यमा पाखा परेका सबै समुदायको समेत पहुँच प्रतिनिधित्व अपनत्व र स्वामित्व हुन थाल्नेछ र परिणुमस्वरुप राष्ट्रिय एकताको भावना जागृत र प्रबल हुन थाल्नेछ । आर्थिक विकास तलबाट शुरु हुनेछ । देशमा राजनीतिक स्थिरता कायम हुनेछ ।

राजनीतिक इमान्दारिताको आवश्यक - सम्पादकीय

मुलुक निकासोन्मुख छ भन्ने प्रमुख राजनीतिक दलका नेताहरुको भनाई तथ्य र मिथ्या दुवै ढङ्गको सिद्ध हुँदै गएको छ । पटक-पटकको राजनीतिक उतार चढावमा छ मुलुक यस घडी । सरकारमा बसेका मन्त्रीहरुको घुर्की धम्की फूर्ति र चेतावनीले यदाकदा मुलुक विखण्डित बन्ने तर्पु उन्मुख भएको शंका लाग्न थालेको छ भने अर्कातिर कार्यपालिकाको सैद्धान्तिक घेरा तोडिएको अवस्थ्ा छ । सरकारमा रहेका असंख्य अनुहारहरुको मन्त्रीमण्डल अन्ततः राज्य निर्देशित ऐन कानुन र नियम कार्यान्वयन गर्ने पक्षमा भन्दा पनि नितान्त मनोगत व्यक्तिगत भावभङ्गीलाई जनता उराल्न तर्पु उदृत छ । राज्यको कार्यकारी अङ्गमा बसेका जिम्मेवार मधेसी मन्त्रीहरु मधेस र मधेसी जनताका नाउँमा मुलुककै गरिमा र राष्ट्रतामा आँच पुग्ने वक्तव्यवाजी गरिरहेका छन् । यसले एउटा विषय स्पष्ट भएको छ कि चाहे जुनसुकै क्षेत्रको कुरो होस् शक्तिशाली माथि कसैले औँला ठड्याउने अवस्थ्ा मुलुकमा बन्न सकेको छैन । किनकि मुलुकको कानुन व्यवहारिक समान र सबैका लागि बराबर हुन सकेको छैन । सम्भवतः यी र यस्तै फराकिला खाडलहरु परेकाले मुलुक र मुलुकको राजनीीतक गतिशील बन्न सकिरहेको छैन । नेपाली राजनीतिमा थुप्रै संकटका घडीहरु आएका छन् । सार्वभौम सत्ता नागरिक संवैैधानिक र जनताका नैसर्गिक अधिकारहरु खोसिएर निरंकुश एकात्मक सामन्त शासकका गोजीमा थन्किएका इतिहासहरुलाई बिस्रने प्रयत्न गर्नु भूल हुने छ ।
नेपाली जनतालाई अधिकार सम्पन्न गराउने सवालमा जनताले अभिमतका साथ संविधान निर्माणका लागि दिएको जिम्मेवारी पूरा हुन सकिरहेको अवस्था छैन । तथापि राजनीतिक वार्ता बहस र छलफलले मुलुकका थुप्रै खाले अन्तरविरोधहरु हल गरेको तथ्य स्वीकारीरहेको अवस्थामा प्रधान समस्याहरु सम्बोधित नभएका तिता यथार्थहरु भुलिरहनु उपयुक्त हुने छैन । मुलुकका प्रमुख राजनीतिक दलहरु र रटान लिएर जनतासमक्ष आइरहेको अवस्था छ । सरकार नेतृत्वकै एकीकृत माओवादी पार्टी भित्र शान्ति र संविधानका लागि अधिकतम लचकता प्रस्तुत गर्ने देखि आफ्नै पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने सम्मका गतिविधि देखिएको छ । त्यस्तै मुलुकका कुनै पनि हालतमा जातीय राज्यको वर्चश्व कायम गर्न नदिने र निरंकुशतावादी राजनीतिमक हावी हुन नदिने भन्दै नेपाली कांग्रेस यतिबेला मुलुकव्यापी कार्यकर्ता प्रशिक्षणमा लागेको छ । त्यस्तै एमालेको पनि आफ्नै रणनीतिक अभिमत मुलुकभर तरंगित भइरहेकै अवस्थामा छ । मुलुकको प्रधान समस्याहरुका सन्दर्भमा सबै राजनीतिक दलहरुमा चिन्ता पैदा हुनु राजनीतिक गतिविधिमा कि्रयाशीलता जाग्नु जस्ता विषयले महत्वपूर्ण अर्थ राख्न सक्दछन् । तर जब समस्या निराकरण तर्पु नभई थप जटिल लथालिङ्ग र भताभुङ्ग पार्ने तर्पु लाग्ने हो भने त्यो आफैमा नयाँ र जटिल समस्याका रुपमा विकसित हुने स्पष्ट छ ।
नेपाली राजनीतिका अभ्यास र भूमिकाहरु मुलुक जनता र समृद्धि तर्पु उन्मुख छन् भने जस्तासुकै विमतिहरुमा राजनीतिक सहमति जुट्न सक्छन् । तर त्यसका लागि राजनीतिक दलहरु बीच समस्या समाधान तर्पुको सकरात्मक छलफल र बहस हुन जरुरी छ । मुलुकको सुदूर भविष्यसम्मको अवस्थालाई ध्यानमा राखेर दलहरुबीच उच्च राजनीतिक इमान्दारिताका साथ निकासका लागि वार्ता बहस र छलफल भए त्यसले मुलुकलाई सकरात्मक दिशा दिन सक्छ । मुलुकलाई पुनः िहंसा र अराजकता तर्पु कधेल्ने वा तमाम् राजनीतिक उपलब्धीहरु संस्थागत गर्दै समृद्धशाली राष्ट्र निर्माण गर्ने त्यो दलहरुकै हातमा छ ।