दमक ११ मा कलश यात्रा

दमक, माघ २९/  धर्म संस्कृति र परम्पराको रक्षा गर्दै धार्मिक चेतना जगाउने उद्देश्यले झापाको दमक-१९ मा श्रीमत् भागवत् सप्ताह महापुराण तथा धान्यााचल महायज्ञ आयोजना गरिने भएको छ ।
स्थानीय हरेकृष्ण कीर्तन मण्डलीको आयोजनामा भोलि सोमबार बाट सुरु हुने पुराणको पूर्व सन्ध्यामा शनिबार बिहान सो स्थानमा कलश यात्रा आयोजना गरिएको छ ।
हालै निर्माण कार्य सम्पन्न भएको निलकण्ठेश्वर शिव पाचायन मन्दिरमा सम्पन्न हुने पुराणमा प्रतियोगितात्मक भजन कीर्तन दैनिक पूजा आरती चन्दा दाताहरुलाई सम्मान पुष्पााजली कथा महात्म्य तथा ज्ञान माचको कार्यक्रम सम्पन्न हुने जनाइएको छ । पुराणमा पण्डित बेदान्ताचार्य श्री स्वामी बालाचार्य घिमिरेबाट कथा बाचन रहने आयोजकले बताएको छ ।

0 प्रतिकृया:

Post a Comment