केही सिक्नै पर्छ-सम्पादकीय

नेपाली शान र गौरव विरलै उचो हुने गरेको छ । उसो त नेपाली समाजले युगौँ देखि गीत घन्काउँदै आएका छन्-यो नेपाली शीर उचाली संसारमा लम्कन्छ जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्कन्छ…ू
यतिबेला एउटा विशेष कारणले नेपाली शीर उचो भएको छ । यद्यपि राष्ट्रलाइई यो गौरबको गुाजायस छ÷छैन फरक विषय बन्न सक्छ । हाम्रो राष्ट्र भ्रष्टाचार गरीबी अराजकता कानुनी राज्यका प्रचलित ऐन कानुन उल्लंघन गर्ने कार्यमा विश्वकै कहलिँदो सूचिमा छ । नेपालका जनताको दैनिक आम्दानीको कयौँ गुणा बढी श्रण छ मुलुकलाई । अस्थिरता अराजकता दण्डहिनताले नेपाली समाजको गला रेटिएको थिचिएको र मुख थुनिएको छ । एकोहोरो प्रताडन र दबाव सहेर हिजो संसार थर्काउने वीर विरता र पराक्रम गोर्खालको सम्बोधन पाएको मुलुक आज निरीह जनताहरुले पटक-पटक मर्दै बाँचिरहेको मुलुक बनेको छ । हिजो वुद्ध जन्मिएको मुलुकमा आज अशान्ति र अराजकाले जरा गाढेको छ । तथापि यस्तै बीच नेपाल र नेपालीका छाति चौडा हुने गद् उचो हुने कार्यहरु भइरहेको छन् । मुलुकका राजनीतिक खेलाडीहरु प्रत्येक चामा असफल बनिरहेका अवस्थामा नेपालका खेलकुद क्षेत्रका असली खेलाडीहरुले मुलुकको इज्जत थाम्ने र गरिमा बढाउने कार्य गर्दै आएका छन् । यो युगौँ देखि सुरक्षित र इतिहासमा थपिदैँ आएको बलियॊ इट्टा हो स्वाभिमानी नेपाली जनताका लागि ।
शुक्रबार साँझ पराई भूमिमा नेपाली चेलीहरुले एसीसी कि्रकेट महिल १९ वर्ष मुनिका समूहको फाइनल उपाधि उचालिरहँदा एसियामै नेपालको गौरब उचालियो । प्रत्यके २ करोड ८० लाख नेपालीलाई दम्भ र घमण्ड जाग्यो । वास्तवमा यो स्वाभाविक थियो । एसीसी कि्रकेटको थालनी देखि निरन्तर तीन पटक सम्म नेपाली विजयी बन्दै ह्याटि्रक सहितको किर्तिमान राखिरहँदा यो कार्य सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुका लागि गौरबको विषय हो । नेपालका महिला कि्रकेटरहरु यस किर्तिमानका लागिधन्य हुनेछन् । उनीहरुको मेहनतले देखाएको रङ्ग सिङ्गो मुलुक र सबै पक्षका लागि प्रेरणाको स्रोत बन्न सके त्यो मुलुकलाई समृद्धि तर्फ अघि बढाउन सहोगी बन्ने निश्चित छ ।
नेपाली समाज राज्य राजनीतिक आर्थिक र अन्य पक्षले नेपाली महिला कि्रकेटरहरुको एकताको प्रयास र सफलताको पाठबाट के सन्देश प्राप्त गर्छन् यो पनि महत्वपूर्ण हुने निश्चित छ ।

0 प्रतिकृया:

Post a Comment