हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

"लापर्बाही गरे काम रोक्ने चेतावनी"

कमन देवान
लखनपुर/आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माण उपभोक्ता समितिले झापाको लखनपुर–१ स्थित निर्माणाधीन आदिवासी रंगशालामा थालिएको का“डेतार घेराबारा तथा भिआइपी प्यारापिट निर्माण कार्यमा लापर्बाही गरे काम रोक्न सक्ने चेतावनी दिएको छ ।
निर्माणाधीन आदिबासी रङ्गशाला
राष्ट्रिय खेलकुद परिषद् मातहत रहने गरी का“डेतार घेराबारका लागि ४८ लाख रुपैया“को टेण्डर आह्वान भएकोमा ३३ प्रतिशत घट्न गई ३२ लाख ८५ हजार रुपैया“ कायम भएको तथा भिआइपी प्यारापीट निर्माणका लागि २७ लाख रुपैया“मा ठेक्का लागेकोमा सो निर्माणको जिम्मेवारी पाएको सिम्लेश्वर विल्डर्स काठमाडौ“ले गुणस्तरीय निर्माण सामग्री प्रयोग नगरेको भन्दै समितिले गुणस्तर नसुधारे निर्माण कार्य रोक्ने चेतावनी दिएको हो ।
समितिका अध्यक्ष नित्यानन्द ताजपुरियाका अनुसार बुधबार सल्लाहकारहरु सहितको बैठकले गुणस्तर नसुधारे निर्माण कार्य रोक्ने निर्णय गरेको हो । ताजपुरियाले भने –‘समितिले पटक–पटक आग्रह गर्दा पनि १ नम्बर इट्टा प्रयोग गर्नु पर्नेमा ३ नम्बर इट्टा प्रयोग गरेको र घेराबाराका लागि पिलर निर्माण गर्दा ल्याब परीक्षण नगरिएको हु“दा हामीले कमसल काम हुन नदिनका लागि चेतावनी दिएका हौ“ ।’
उता निर्माणको जिम्मा पाएको सिम्लेश्वर बिल्डर्सका प्रतिनिधि नारायण अर्यालले भने ढिलो गरि ठेक्का लागेको तथा छिटो आयोजना पूरा गर्न पर्ने राखेपको निर्देशन अनुसार काम थाल्दा १ नम्बर इट्टा नपाएर सुरुका दिनमा २ नम्बर इट्टा प्रयोग गर्न खोजिएको बताए । अर्यालले भने –‘समितिले इट्टाको गुणस्तर भएन भनेपछि हामीले प्रयोग गरेनौ“ ।’
त्यस्तै पिलर निर्माणका सम्बन्धमा भने ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्ने निर्देशन अनुसार सोही अनुसार काम गरिएको र पिलरका लागि ल्याब परीक्षण गर्ने सम्झौता नभएको सिम्लेश्वर प्रतिनिधि अर्यालको जिकिर छ ।
रंगशाला तथा स्मृतिपार्क निर्माण उपभोक्ता समितिका महासचिव धिरेन सुब्बा लावतीका अनुसार राखेप र निर्माण कम्पनी दुवै निकायबाट समितिलाई टेण्डर प्रक्रिया बारेको लागत स्टीमेट प्राप्त हुन सकेको छैन । लागत स्टीमेट र निर्माणका बारे थप आधिकारिक जानकारी नहु“दा गुणस्तरीय काम हुन नसक्ने खतरा रहेको उनको भनाई छ । लावतीले भने –‘आदिवासी जनजाति समुदायको समाधि स्थल भत्काएर निर्माण थालिएको रंगशालामा पूर्वाधार बनाउने नाउ“मा घोटला हुन नदिनका लागि समितिले तदारुकता देखाएको हो ।’
निर्माण कम्पनीका प्रतिनिधि अर्यालका अनुसार गत आर्थिक वर्षको फाल्गुन तेस्रो हप्तामा ठेक्का सदर भई चैत्र दोस्रो हप्तादेखि निर्माणको जिम्मा पाएको र काम थाल्न केही ढिलाई भएको स्पष्ट पारे । समितिले गुणस्तर सुधारका बारेमा चासो देखाएको र आफूहरुले समेत त्यस तर्फ ध्यान दिएर काम गर्ने उनको भनाई छ । 
झापा लखनपुर–१ स्थित सशस्त्र प्रहरी बल पाथिभरा गणको भोगाधिकार रहेको एक हेक्टर जमिन मध्ये करिब ३० बिगाह क्षेत्रफलको सो रंगशाला तथा स्मृति पार्क निर्माणका लागि त्यहा“ रहेका करिब तीन सय वटा आदिवासी जनजाति समुदायका दिवंगतहरुलाई समाधिस्थ गरिएका चिहानहरु भत्काइएको थियो ।
सशस्त्र प्रहरी र आदिवासी जनजाति अगुवाहरु बीच सो रंगशालाको नाम आदिवासी रंगशाला तथा स्मृति पार्क राख्ने, चिहान भत्काइएकाहरुको स्मृतिमा स्तम्भ सहित स्मृतिपार्क निर्माण गर्ने सहमति भएपछि रंगशाला निर्माणको कार्य अघि बढाइएको हो ।
आर्थिक वर्ष २०६७÷०६८ मा सो रंगशालाको मैदान सम्याउन ९७ लाख रुपैया“ बजेट बिनियोजन भएको थियो भने त्यसयताका दुई आर्थिक वर्ष बजेट बिनियोजन भएको थिएन ।

ओली अध्यक्ष बने पछि गृह जिल्लामा खुसीयाली

दमक/नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पछि झापा क्षेत्र नम्बर ७ मा नयाँ आशा पलाएको छ । आफ्नै क्षेत्रबाट संविधानसभा निर्वाचनमा विजयी नेता पार्टी अध्यक्षमा पनि निर्वाचीत भए पछि एमाले कार्यकर्ता त खुसी हुनेनै भए अन्य दलका कार्यकर्ताहरु पनि स्थानीय विकासले थप गति पाउनेमा आशावादी बनेका छन् । राष्ट्रिय राजनीतिमा प्रभाव बनाएको नेता पार्टी अध्यक्ष भएकाले अन्य दलका लागि समेत महत्व बन्न पुगेको हो । यहाँका क्रियाशिल अन्य दलहरुले पनि ओलीले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा थप प्रभाव बढाउने विश्वासले गर्दा उनको उचाईमा आशा गरेका छन् । ओली सँगै संविधानसभाको दोश्रो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महासमिति सदस्य सुरेश सुव्वा ओलीको बिजयीले एमालेको आन्तरिक जीवनमा पर्ने प्रभाव भन्न नसकिए पनि शान्ति र स्थिरताका लागि उनले समन्वयकारी भुमिका निर्वाह गर्ने आशा व्यक्त गर्छन् । सुब्बा भन्छन्–‘ यस क्षेत्रको हरेक दृष्ट्रिले उनको यो उचाईबाट क्षेत्रबासीले ठुलो अपेक्षा लिएका छन् ।’
उनी संगै प्रतिष्पर्धामा रहेका राप्रपा नेपालका केन्द्रिय सदस्य राम थापा भने ओली एमालेमा निर्वाचित भए पछि स्थानीय क्षेत्रको विकाशमा कुनै प्रभाव नपर्ने बताएका छन् । ओली केन्द्रिय राजनीतिमा मात्र केन्द्रित हुने गरेकाले स्थानीय क्षेत्रको विकासमा खासै आशा गर्न नसकिने थापाको भनाई छ । राष्ट्रिय राजनीतिमा भने ओलीले संविधान लेखनलाई प्रभावकारी बनाउन शसक्त भुमिका खेल्ने आशा थापाको छ ।
एमालेका कार्यकर्ताहरुले भने ओली अध्यक्षमा निर्वाचित भए पनि चुनावी प्रतिष्पर्धाको गुटगत प्रभाव नरहने बताएका छन् । एमाले झापा क्षेत्र नम्बर ७ का अध्यक्ष नेत्र दाहाल ओली देशकै आवश्यकता रहेकाले एमाले कार्यकर्ताले अध्यक्षमा छनौट गरेको बताए । चुनावी प्रतिष्पर्धामा अलग अलग प्यानल भए पनि चुनावी परिणाम पछि त्यो मेटिएर जाने उनले बताए ।
 यस्तै एमालेका जिल्ला सदस्य बेनु शिवाकोटीले पनि एमाले अध्यक्षमा केपी ओली निर्वाचित भए पछि कार्यकर्ताले थप सुरक्षित महसुस गर्ने बताएका छन् । माओवादीको शसस्त्र युद्धको समयमा पनि कार्यकर्ताको संरक्षण गर्न ओलीले नै अगुवाई गरेको र पार्टी संरक्षण पनि गर्दै आएको उनको भनाई छ ।
१४ वर्ष कारागारमा कैद ओलीको राजनीति २०४८, २०५१ र २०५६ सालमा तत्कालिन झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधी सभाषदमा निर्वाचित  भएका थिए । पहिलो संविधान सभाको निर्वाचनमा भने उनलाई नेकपा माओवादीका उम्मेद्वारले पछि पारेका थिए । तर दोश्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट १९ हजार २ सय ८७ मत ल्याई विजयी भएका हुन् ।

शरीरभरी मासुका डल्ला, उपचार गर्न खर्च अभाव

गौरादह/शरीरमा सानैदेखि मासुका डल्लाहरु निस्केका झापा, गौरादह –७ की बुदसरिया ताजपुरीयाको खर्च अभावले अहिलेसम्म उपचार गर्न पाएकी छैनन् । अर्काको घरमा जनमन गर्दै आएकी ताजपुरियाको अनुहारको भागमा पलाएको मासुको डल्ला दिनानुदिन बढ्दै गएपछि उनी चिन्तित बन्दै गएकी छिन् ।
अलिअलि गर्दै शरीरका बिभिन्न भागहरुमा स–साना डल्लाहरु निस्किएपछि गाउँघरमा लागन (देवता) लागेको भन्दै धामीझाँक्री लगाउने काम गरेको पिडीतले बताएकी छिन् । ६० बर्षीया ताजपुरीयाको शरीरमा मासुको डल्ला बढ्ने र नयाँ निस्कने क्रमले अहिले सबै अनुहार ढाकेको छ । जिउ लगायत शरीरका सबै भागहरूमा मासुका डल्लाहरु पलाउने क्रम र बढ्ने क्रम जारी भए पनि उनी अहिलेसम्म उपचारका लागि कतै पनि गएकी छैनन् । ताजपुरीयाले भनिन्, ‘धामीझाँक्री र भाकल धेरैपटक गरिसकेको छु तर अस्पतालमा भने गएकी छैन ।’ बिपन्न भएका कारण उनको अहिलेसम्म उपचार हुन नसकेको हो । अर्काको घरमा गई ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी ताजपुरीयाले भनिन्, ‘उपचार गर्नका लागि धेरै पैसा लाग्छ भनेको सुनेर कहीँ पनि गएको छुइन ।’
यसरी मासुका डल्ला पलाउन शुरु गरेको बर्षौं बित्दा पनि पैसा नहुँदा अहिले सम्म डाक्टरलाई नदेखाएको उनले बताइन् । उनले भनिन्, ‘रातदिन अर्काको घरमा काम नगरे पेट बन्द हुने अवस्था छ, कसरी उपचार गर्नु ?’
धेरै मासुको डल्ला पलाए पनि दुख्न चाहिँ नदुख्ने उनी बताउँछिन् । शरीरमा डल्ला पलाउने र बढ्ने क्रम नरोकिएको बताउँदै उनले भनिन्, ‘अहिलेसम्म दुख्ने, चिलाउने र काम गर्दा अप्ठ्यारो परेको छैन ।’ आफू बाटोमा हिँड्दा सबैले अचम्म मानेर हेर्दा भने दुःख लाग्ने गरेको उनको भनाई छ । माइली छोरी आमाती ताजपुरीयाको शरीरमा समेत आफ्नो जस्तै मासुको डल्ला निस्कन थालेको र उपचार गर्ने रकम नहुँदा डाक्टरलाई नदेखाएको उनी बताउँछिन् । छोरीको चिन्ताले सताउने गरेको र छोरीको नाममा पनि भाकल गरेको भए पनि भाकल नलागेको उनले सुनाइन् । अर्काको काम गरेर खान समेत धौधौ पर्ने गरेको बताउँदै ताजपुरीयाले भनिन्, ‘मेरो त अब मर्ने बेला हुन लागेको छ, छोरीको उपचार भए हुन्थ्यो भन्ने लाग्छ ।’ आफ्नो जस्तो नहोस् भन्ने चाहना रहेको भएपनि भगवानले आफ्नो प्रार्थना नसुनेको उनको गुनासो छ ।
उद्योग बाणिज्य संघ गौरादहका पूर्व अध्यक्ष दीलिप भण्डारीले ताजपुरीयाको अनुहार, हात लगायतका ठाउँहरूमा मासुका डल्लाहरु आउनेक्रम बढ्दै गएको पाइएको बताए । बर्षाैंदेखि यस क्षेत्रमा अर्काको घरमा मजदुरी गर्दै पेट पाल्दै गरेको देखेको र अहिले काम नै गर्न अप्ठेरो हुने गरी शरीरमा मासुको डल्ला पलाएकाले उपचारको खाँचो रहेको उनको भनाई छ । यसको उपचारको बिषयमा आफूहरुलाई जानकारी नभएको र कहीँ उपचार सम्भव भएमा त्यहाँसम्म पु¥याउनका लागि आफूहरुले सहयोग गर्ने समेत भण्डारीले बताएका छन् । उनले भने, ‘सरकारी अस्पताल तथा नीजि कुनै अस्पतालले उपचार निःशुल्क ब्यवस्था मिलाएमा त्यहाँसम्म पु¥याउन हामी सहयोग गर्नेछौँ ।’

७ महिलाको उद्धार

दमक/ झापामा प्रहरीले एक महिनाको अवधीमा बेच्न लैजाँदै गरेका ७ महिलाको उद्धार गरि त्यसमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।
गत जेठ २७ गते देखि शुरु गरिएको अभियानका क्रममा ति महिलाहरुको उद्धार गरि चेलिबेटी बेचबिखनमा संलग्न रहेका २ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोहि अवधीमा लागुऔषध कारोवारमा  संलग्न ६ जनालाई पक्राउ गरेको छ भने विभन्न प्रकारका ७ सय ५ ओटा लागुऔषध पनि बरामद गरेको छ ।
एक महिनाकै अवधिमा जवरजस्ती करणीमा संलग्न ६ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जानकारी दिएको छ । ११ लाख ६० हजार २ सय ९० रुपैयाँ बराबरका अवैध समान समेत प्रहरीले यसै अवधिमा बरामद गरेको छ ।

दलित शसक्तीकरणको भवन बन्ने

दमक/ दलित शसक्तिकरण अभियान उपभोक्ता समिति दमकलाई नगरपालिकाले ७ लाख मूल्यको १५ धुर जग्गा उपलब्ध गराएको छ । भवन निर्माण गर्न दमक नगरपालिकाले जग्गा खरिद गरिदिएको हो ।
सोही जग्गामा आउँदो कार्तिक देखि भवन निर्माणको काम थाल्ने समितिका अध्यक्ष टिकाराम बयलकोटीले जानकारी दिए । दमक– १३ को इलम प्रशिक्षण केन्द्र नजिक भवन निर्माण गरिने भएको हो । बुधबार दमकमा पत्रकार सम्मेलन गर्दै समितिलाई लक्षित बर्ग अन्तर्गतको आर्थिक बर्ष २०७०÷७१ मा ४ लाख र ७१÷ ७२ मा ३ लाख रुपैयाँ दिने नगरपालिकाले सहमति गरेपछी जग्गा खरिद गरिएको समितिका सहसचिव मनकुमार गदालले जानकारी दिए । ३ तल्ले पक्की भवन निर्माण गर्ने लक्ष्य राखिएको जनाईएको छ ।

अस्थायी शिक्षकलाई नहटाउन माग

दमक/ नेपाल शिक्षक संघ झापाले अस्थायी शिक्षकलाई विस्थापन नगर्न आग्रह गरेको छ ।
लोकसेवा आयोगले लिएको परीक्षाबाट पास भएका स्थायी शिक्षकलाई पदस्थापन गराउँदा अस्थायीलाई विस्थापन नगर्न आग्रह गर्दै संघले जिल्लास्थित शिक्षा समितिमा शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल र सचिव बद्री कार्कीलाई पठाउने निर्णय गरेको छ ।
कुनै अस्थायी शिक्षकलाई विस्थापन हुन नदिने पहल गर्नका लागि अध्यक्ष र सचिवलाई शिक्षा समितिमा पठाउने निर्णय गरिएको संघले जनाएको छ ।
संघले स्थायीलाई पदस्थापन गरेपनि खाली रहेका स्थायी तथा राहत दरबन्दी मिलान गरी अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न जिल्ला शिक्षा समितिलाई आग्रह पनि गरेको छ ।
संघका अध्यक्ष नेत्र खरेलको अध्यक्षता, संघका केन्द्रीय सदस्य तिलकसिंह पाण्डे, नेपाल शिक्षक युनियनका अध्यक्ष तेजप्रसाद चौलागाईसहित पूर्व अध्यक्षहरु, पदाधिकारी सदस्य तथा अस्थायी शिक्षकहरुको सहभागितामा सम्पन्न भेलाले यस्तो आग्रह गरेको हो ।
अस्थायीले विस्थापित हुने अवस्था आएमा देशव्यापी आन्दोलन गर्ने निर्णय पनि भेलाले गरेको शिक्षक रञ्जित परियारले जानकारी दिए ।

बिकास मार्गको बाटो ग्राभेल

दमक/झापाको दमक १३ को बिकास मार्गको सडक ग्राभेल सम्पन्न भएको छ । किराँत चौक देखि गजमेर टोल सम्म पुग्ने ५ सय मिटर सडक ग्राभेल गरिएको हो ।
नगरपालिकाको २ लाख ५० हजार उपभोक्ताको १ लाख ३० हजारको लागतमा बाटो ग्राभेल गरिएको उपभोक्ता समितिका अध्यक्ष खम्बसिंह चौलागाइले जानकारी दिए । २०७१ जेठ ५ गतेबाट शुरु ग्राभेल सम्पन्न भएको हो ।

दलितले लगाए पुराण

पथरी/ दलित समुदायले हिन्दु धर्मका आधारमा सबै संस्कार गर्दै आए पनि कथित उच्च जातकाले मात्र सप्ताह पुराण लगाउने चलन भने पछ्याउन सकेका थिएनन् । परिवारमा दिवंगतको आत्मा शान्तिका लागि गरिने यो अनुष्ठान अब दलितले पनि आफ्नै समुदायका पण्डितबाट गराउन थालेका छन् ।
छुवाछूत मान्ने हिन्दु धर्मबाट दीक्षित पण्डित, पुरोहितले दलितको घरमा कर्मकाण्ड नगर्ने भएकाले दर्नाल समुदायले नयाँ अभियान चलाएका हुन् । दर्नाल विश्वकर्मा जातिको एक थर हो । यसको सुरुवात आइतबार मोरङको पथरी ७ नितिपुरका दलित दर्नाल समुदायले गरेका छन् ।
आफ्नो बंशावली तयारीमा समेत क्रियाशील रहेका उनीहरूले मोरङ जिल्लाका आफ्नो समुदायलाई ३ दिने श्रीमद्भागवत ज्ञान महायज्ञमा सहभागी गराएका छन् । महायज्ञमा प्रमुख वाचक थिए दलित पण्डित मानप्रसाद रसाइली । उनले वाचन गरेको पुराणका कथा ‘उच्चजाति’ का पण्डितको भन्दा कम श्रवणयोग्य थिएन ।
विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष गोविन्द दर्नालले भने, ‘भागवत श्रवण गर्न आएका उत्तिकै ध्यानमग्न थिए र भजनकीर्तनमा त्यत्तिकै उत्साहित ।’ उनका अनुसार दलित समुदायले हिन्दु परम्परा मान्दै आए पनि कर्मकाण्ड गर्न ब्राम्हण पुरोहित नपाइने भएकाले आफ्नै जात र समुदायका अगुवा विद्वत वर्गलाई अघि सारिएको बताए । मोरङको पथरी, नीतिपुरमा भागवतका प्रमुख पण्डित रसाइलीका अनुसार पूर्वमा दलित समुदायमा पनि हिन्दु धार्मिक परम्पराअनुसार जन्म, विवाह र मृत्यु संस्कार गराउन ०५५ देखि अभियान थालिएको हो । त्यही बेला पण्डित नेत्रप्रसाद दाहालको अध्यक्षतामा वैदिक सनातन कर्मकाण्ड महासंघ गठन भएको थियो ।

बस्नेतको स्मृति ग्रन्थ बिमोचन

दमक/ चित्र बहादुर बस्नेत स्मृति ग्रन्थ एक कार्यक्रमका बीच बुधवार  बिमोचन गरिएको छ । बुधवार दमक ११ स्थित आफनै निवासमा आयोजित कार्यक्रममा स्मृति ग्रन्थ बिमोचन गरेको हो ।  साहित्यकार डाक्टर तुलसी भटराईले बस्नेतको ग्रन्थ बिमोचन गरेका थिए ।
बस्नेतको  गत २०७० साउन ४ गते निधन भएको थियो । प्रथम बार्षिकीको अवसरमा भएको कार्यक्रममा बस्नेतकी श्रीमती  इन्दिराले  दमक बहुमुखी क्याम्पसमा अध्ययनरत बिपन्न बिधार्थीहरुलाई आगामी वर्षबाट ३ लाखको अक्षयकोष स्थापना गरी छात्रवृत्ति बितरण गर्ने घोषणा  गरेकी थिइन् । कार्यक्रममा क्याम्पस सञ्चालन समिति अध्यक्ष  सुरेश सुब्वाले बस्नेतको सामाजिक योगदानका बिषयमा बोलेका थिए ।
ग्रन्थ सम्पादन समितिका संयोजक मोहन भण्डारीले ग्रन्थका बिषयमा जानकारी दिएका थिए । बस्नेतले १७ वर्ष क्याम्पसको प्रमुख र ३२ वर्ष  सम्म दमक क्याम्पसमा  अध्ययपन गराएका थिए ।  पुस्तकमा उनको जीवनी , उनले दिएको सामाजिक योगदान, फोटो लगायतका सामाग्री समेटिएको  ग्रन्थ प्रकाशन समिति सदस्य गञ्ज बहादुर दाहालले जानकारी दिएका छन् ।

ओलीलाई शुभकामना

कमन देवान
एमाले नवौं महाधिवेशनपछिको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा छ । मंगलबार साँझ सार्वजनिक पधाधिकारीतर्फको मत परिणाम अनुसार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले ३९ मत बढी प्राप्त गरेर अध्यक्ष पदका प्रत्यासी पूर्व पार्टी महासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पराजित गर्न सफल भए । अध्यक्ष पदमा विजयी ओली समूहबाट उपाध्यक्षहरुमा बामदेव गौतम र विद्यादेवी भण्डारी, महासचिवमा इश्वर पोखरेल, उप(महासचिवमा विष्णु पौडेल र सचिवहरुमा प्रदीप ज्ञवाली र  पृथ्वी सुब्बा गुरुङ निर्वाचित भए । त्यस्तै नेपाल समूहबाट उपाध्यक्षहरुमा भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उप(महासचिवहरुमा योगेश भट्टराई, गोकर्ण बिष्ट र भीम आचार्य निर्वाचित भएका छन् । यतिसम्मको तथ्याङ्कलाई केलाउँदा पार्टीको मूल नेतृत्व र सांगठानिक पहुँचमा ओली पक्षको पकड दर्विलो मान्न सकिन्छ । तथापि पदाधिकारीहरुको संख्यात्मक स्थिति र सामूहिक निर्णय पद्धतिलाई आत्मसाथ गरेर अघि बढेको खण्डमा दुई समूह वा प्यानलमा विभाजित भएर चुनाव लडेका नेपाल(ओली समूह मध्ये ७(७ पदाधिकारीको जीतले एमालेलाई दुवै समूहको स्थिति बराबर भएको जनाउ दिएको छ ।
तथापि केन्द्रीय सदस्यहरुको नतिजा भने ओलीको पक्षमा स्पष्ट बहुमत सहित सार्वजनिक भएको छ । १ सय १४ जना केन्द्रीय सदस्यमा ओली पक्षका ६४ जना र नेपाल पक्षका ४७ जनाले सफलता पाएका छन् । त्यस्तै बैकल्पिक केन्द्रीय सदस्यमा समेत ओली पक्षकै अग्रता रहेको हुँदा अबको एमाले केन्द्रीय समितिमा  ओली पक्षले बुहमतका साथ पार्टी गतिविधि गर्न सक्ने स्पष्ट भएको छ । विशेषतः कम्युनिष्ट पार्टी नामधारी राजनीतिक दलहरुमा विचार र नेतृत्वको एकरुपतालाई महत्व दिने प्रचलन पुरानै हो । यस पटकको नवौं एमाले महाधिवेशनमा भने ओली पक्षको स्पष्ट बुहमत आए पनि नीति तथा कार्यक्रम चाँहि नेपाल पक्षको पारीत भएको चर्चा चुलिन थालेको छ । यदि एमालेले आफूलाई कम्युनिष्ट धंधंगीमै अल्मलाउने र विचार एउटा पक्षको र नेतृत्व अर्को पक्षको भन्दै विवादमा रुमलिन खोज्यो भने उसका अन्य अनावश्यक समस्याहरु सृजना भएर जाने खतरालाई नकार्न सकिन्न ।
एमालेका नेताहरुले दुई वटा अलग अलग समूहमा विभाजन भएर चुनाव लड्नुलाई लोकतान्त्रिक अभ्यासको सम्मान हो भन्नु एउटा तर्क हो । तर, त्यसले पार्टी सञ्चालन एवम् पार्टी जीवन र गतिशीलतालाई कतै न कतै खलल पुग्ने नै देखिन्छ । यो वास्तवमै गम्भीर समस्या सृजना हुने स्पष्ट नै विषय हो । अबमा दिनमा समूहमा विभाजन भएका कारण कोरिएका सीमारेखाहरु मेट्ने कार्य गर्नु ओली नेतृत्वको एमाले पार्टीको पहिलो दायित्व हो । एमालेमा विगतदेखि नै गुटगट राजनीतिले स्थान पाउँदै आउनु उसका लागि दुर्भाग्य त हो नै । मुलुकको जिम्मेवार राजनीतिक दल भएका नाताले र सबै भन्दा बढी संगठित सदस्य भएको पार्टी हुनुका नाताले पनि एमालेभित्र गुट राजनीति हावी हुँदा उसका राष्टिूय राजनीतिक निर्णयहरु फितलो बन्ने तथा उसले मुलुकका निम्ति सही समयमा खेल्नु पर्ने रचनात्मक भूमिकाको अभाव हुने स्थिति नौलो होइन ।
ओली पक्षको जीतलाई समग्र एमाले जनको जीतका रुपमा रुपान्तरण गरेर एमालेले मुलुक र जनताका लागि सही नीति तथा कार्यक्रम निर्माण गरेर अघि बढ्न सक्छ कि सक्दैन ? भोलिका दिनमा देख्न सकिने कुरो हो । तर यतिबेला भने एमालेले हौसिएर वा निरास भएर भन्दा पनि गम्भीर बनेर आगामी दिनका लागि रणनीतिक योजनाका साथ काम गर्न आवश्यक छ । एमाले पार्टीलाई नवौं महाधिवेशनले विभाजनको भाषमा पु¥याएको देख्न र सुन्न नपरोस् । अहिलेको परिस्थितिलाई सुधारेर लैजाने र सबै नेता कार्यकर्ता तथा पार्टी पंक्तिलाई चित्त बुझाउने, उचित भूमिका दिने र समेटेर अघि बढ्ने जिम्मा अब ओलीको काँधमा आइपुगेको छ । ओलीलाई सफल पार्टी नेतृत्वका लागि अग्रिम शुभकामना ।

सहकारी : लैङ्गिक समानता र सशक्तीकरण

नेत्रप्रसाद घिमिरे
महिला र पुरुषको संगमबाट नै मानव समाजको निर्माण भएको व्यहोरा नकार्न मिल्दैन । यस अर्थमा यी दुवैको सामाजिक मान्यता बराबर हुनुपर्ने हो । तर व्यवहारमा यो हुन सकिरहेको पाइदैन । विकसित मुलुकमा समेत महिला पुरुषबीचको विभेद, लैङ्गिक असमानताका चर्चा भई नै रहेका छन् । खासगरी गरीब र अविकसित मुलुकमा यो विभेद चर्को मात्रामा पाइन्छ । छोराको जन्म हुँदा आमाबाबु जुन हदमा खुशी भएको पाइन्छ, त्यही खुशीयाली छोरीको जन्ममा किन हुँदैनन् ? किन महिलालाई गृहिणीको रुपमा मात्र सीमित गर्न खोजिएको छ ? किन छोरालाई बोडिंग स्कूल पढाइन्छ र छोरीलाई स्कूल पठाउन नै इन्कार गरिन्छ ? यी प्रश्नहरू नै अनुसन्धानका विषय बनेका छन् । विवाह गरेपछि छोरी अर्काको घर जान्छे, छोराले आफ्ना बाबु आमालाई बुढेसकालमा हेरचाह गर्छ, मरेपछि पिण्ड दान दिन्छ, छोरा सम्पत्ति हो र छोरी नासो वा ऋण हो । छोरा कमाइ गर्ने शक्ति हो, बुहारी गृहलक्ष्मी मात्र हुन् आदि अवधारणा समाजमा व्याप्त छ । यी जस्ता कारणले गर्दा महिला र पुरुषबीच विभेद कायम गरिएको छ । अतितदेखि चल्दै आएका यस्ता मिथ्या तर्कलाई निरन्तरता दिँदै जाने हो, लैंिङ्गक समानता र महिला सशक्तीकरणका लािग जेहाद नछेड्ने हो भने गरीब एवम् अविकसित मुलुकको विकास सम्भव देखिन्न । जबसम्म महिला र पुरुपलाई एउटै रथका दुई पाङ्ग्राका रुपमा स्वीकारिन्न, जबसम्म महिलाहरूलाई पनि विकास निर्माण र आधुनिकीकरणको महायज्ञमा संलग्न गराइन्न, तबसम्म राष्ट्रको उत्थान सम्भव देखिन्न ।
तर जैविक रुपमा महिला र पुरुषबीच भिन्नता छ जस्तै पुरुषत्व, पुरुष आवाज, प्रोस्टेट ग्रन्थी, एक्सबाइ क्रोमजोम, दाढीजुगा आदि पुरुषवर्गसँग सम्बन्धित छन् भने नारीत्व, महिला आवाज, पाटेघर, एक्सएक्स क्रोमजोम आदि महिलावर्गसँग सम्बन्धित छन् । निर्णय क्षमता, बल चाहिने परिश्रम, नेतृत्व, जोखिम लिने, माया, दया जस्ता केही शारीरिक तथा मानसिक गुणमा पनि भिन्नता हुन्छ । यही जैविक आधारमा लैङ्गिक असमानता कायम राख्न नपाइने भन्दै मानवअधिकारकर्मीहरू तथा नारीवादीहरूले लैङ्गिक समानता र महिला सशक्तीकरणको अवधारणा अगाडि सारेको पाइन्छ । नारी स्वतन्त्रता र समानताका लागि महिलाहरूले अतितदेखि नै लामो संघर्ष गर्दैै आएको विश्व इतिहास साक्षी छ । फ्रान्स, इटलीमा गर्भपतन वैध गराउन महिला समूहले निर्वाह गरेको सक्रिय भूमिका, केन्याली महिलाहरूले स्वाधीनताका लागि लडेको गुरिल्ला युद्ध, स्पेनबाट फिलिपिन्सको स्वाधीनताका लागि भएको संघर्ष तथा चीन, भारतमा संचालित लैंगिक असमानताविरुद्ध गरेका आन्दोलन, आङसाङ सूकी, मंगलादेवी सिंह, शैलेजा, साहना प्रधानहरूले गरेको संघर्ष केही उदाहरण मात्र हुन् । सर्वप्रथम १९१० मा सर्वप्रथम अमेरिका, चीन, ब्राजिल र डोमेनिक गणतन्त्रका महिलाहरूले महिलाहरूलाई पुरुषसरह अधिकार प्रदान गर्न आवाज उठाए । महिला विकासका सम्बन्धमा विभिन्न शैली विगतमा अबलम्बन गरिए जस्तै १९६० मा कल्याणकारी अवधारणा, १९७० मा विकासमा महिला वा समता अवधारणा, १९८० मा लिङ्ग र विकास वा लैङ्गिक समानताको अवधारणा, १९९० पछि महिला सशक्तीकरण अवधारणा जस्ता अवधारणाहरू अगि सारी कार्यान्वयन गरिए । प्रथम विश्व महिला सम्मेलन १९७५ मेक्सिकोमा, दोस्रो सम्मेलन १९८०, तेस्रो १९८५ नैरोवीमा, चौथो सम्मेलन १९९५ चीनमा सम्पन्न गर्रिएको छ । प्रथम विश्व महिला सम्मेलनपछि महिलाविरुद्ध विद्यमान शोषण, दमन र सबै किसिमका भेदभाव हटाउन संयुक्त राष्ट संघले १९७९ डिसेम्बर १८ मा महिलाउपर हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धी पारित गरी १९८१ सेप्टेम्बर ३ देखि कार्यान्वयनमा ल्याएको छ ।
लैङ्गिक विभेदकै कारण विश्वमा द्रुत गतिमा कहालीलाग्दो गरी फैलिएको एड्स, बढ्दो देह व्यापार, यौनदासता, चेलीवेटीको बेचविखन, बलात्कार, दाइजो मृत्यु, बेरोजगार, सामाजिक असुरक्षा, इच्छाविरुद्ध विवाह, बालविवाह, दाइजो प्रथा, देउकी, बादी, झुमा प्रथा, पारिवारिक सम्पत्तिको हकवाट बञ्चित, स्वतन्त्र घुमफिरमा बन्देज, घरभित्रका कामको लेखाजोखा नहुनु आदि प्रकरणले धेरै मुलुकलाई आक्रान्त पारेको छ । यो सामाजिक रोगको निदान कुनै व्यक्ति वा राष्ट्रको एक्लो प्रयासबाट मात्र सम्भव देखिन्न अत जबसम्म समाजको आधा आकाश ओगटेको महिला समुदाय नै सशक्तरुपमा ग्रामीण तहदेखि राष्ट्रिय ताहसम्म समन्वयात्मक ढंगले एक आपसमा आवद्ध हुँदैनन्, तबसम्म लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य हसिल गर्न सकिदैन । जैविक भिन्नताकै आधारमा भेदभाव गर्नुहुदैन, महिला र पुरुषवीच समान हैसियत कायम गर्ने, दुवैलाई समान अवसर र लाभ प्रदान गर्ने, विभेदपूर्ण पितृसत्तात्मक मूल्य मान्यता मनोवृत्ति र धारणा परिवर्तनगरी बराबरीको अवस्था सिर्जना गर्नुपर्दछ भन्ने अवधारणा लैङ्गक समानता हो । आरक्षण वा थप सुविधाहरू प्रदान गरी क्षतिपूर्ति सहित न्यायोचित एवम् निष्पक्ष व्यवहारद्धारा महिलाको विकास गर्ने अवधारणा नै लैङ्गिक समता हो । लैङ्गिक समता र समानता ध्यान दिदै महिला भनेका सन्तान उत्पादन गर्ने मेसिनको रुपमा व्यवहार नगरी उनीहरूको चौतर्फी विकास र आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा पहुँच स्थापित गर्ने समग्र प्रक्रिया बोकेको अवधारण महिला सशक्तीकरण हो ।
नेपालमा विद्यमान सामाजिक कुरीति, कानुनी भेदभाव र चेतनाको अभावले गर्दा महिलाहरूले समाजमा उचित स्थान र आदर प्राप्त गर्न सकेका छैनन् । दातृराष्ट र अन्तर्राष्ट्रिय संगठनको निरन्तर सहयोग र सद्भावनाको बाबजुद यस क्षेत्रमा पनि विकास र आधुनिकीकरणले गति लिन सकेको छैन । महिला र पुरुषबीचको भेदभाव हट्न सकेको छैन । यो भेदभाव हटाउन नारी शिक्षामा पहल गर्नुपर्दछ । विकास निर्माणमा महिलाहरूलाई पनि सहभागि बनाउनुपर्दछ । भेदभावपूर्ण कानुन संशोधन गर्नुपर्दछ । नेपाली समाजमा महिलामाथि हुने सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक हिंसा अन्त्य गर्न प्राथमिक तहदेखि माध्यमिक तहसम्म स्कूलका पाठ्यक्रममै पाठ्यक्रसामग्री समावेश गर्नुपर्दछ । खास समस्या शक्ति संरचनामा छ बाँकी कुरा झिनामसिना हुन् । कार्यस्थलमा विवाह गरेका महिला वा वालकसहितका महिलाहरूलाई समस्या पर्दछ । त्यसैले महिलाहरूलाई भोगविलासका साधन अथवा सन्तान उत्पादनका वस्तुका रुपमा मात्र नहेरी समाज परिवर्तन, विकास र आधुनिकीकरणका सम्वाहक एवम् शक्तिका रुपमा स्वीकारिनुपर्दछ । यसक्रममा महिला र पुरुषबीच विद्यमान असमानता र भेदभाव कसरी कम गर्ने, बेइजिंग दस्तावेज कसरी कार्यान्वयन गर्ने, कसरी सरोकारवाला निकाय संघसंस्थाहरूबीच समन्वय गरी लक्ष्यअनुरुपको कार्य सम्पादन गर्ने गराउने र अन्तत कसरी प्रत्येक महिलालाई आफू पनि समाजमा पुरुषसरह सम्मानित भएको छु भनी प्रत्याभूति दिलाउनेबारे आवश्यक कार्य गर्न जरुरी छ ।
आर्थिक सामाजिक शोषणबाट मुक्ति दिलाउन सक्ने संस्थागत शक्ति सहकारीमा रहेको हुन्छ । महत्वपूर्ण कुरा के भने लिंगभेद गर्न यसको सिद्धान्तले दिदैन । सहकारीको सिद्धान्तले लिंगभेद गर्न नदिए पनि विविध कारणले महिलाहरू अझै पछाडि पारिएका छन् । महिलाहरूद्धारा मात्र सञ्चालित सहकारी बाहेक मिश्रित सहकारीहरूको नेतृत्वतहमा महिलाको उपस्थिति न्यून नै छ । सहकारी बैकमा एक जना, नेफ्स्कूनमा दुई जना र राष्ट्रिय सहकारी संघमा दुईजना महिलाहरू मात्र सञ्चालकमा रहेको पाइन्छ । महिलाहरूको सशक्तीकरण गर्न विषयगत संघहरूले तथा राष्ट्रिय सहकारी संघ लि.ले महिला सहभागिता बढाउन आवश्यक रहेको छ । नेपाल जस्तो पितृसत्तात्मक समाजमा लैङ्गिक समता र सशक्तीकरणमा सहकारी सिद्धान्त एउटा कोशे दुंगा सावित हुने देखिन्छ । समाज परिवर्तन जवरजस्ती क्रान्तिकारी रुपमा नहुने भएकाले मध्यमार्गी पद्धति अवलम्बन गर्ने सहकारी मार्फत बिस्तारै सकारात्मक सामाजिक परिवर्तन सहकारीमार्फत सम्भव छ । यसका संकेत पनि सकारात्मक देखिएका छन् । नेपालको अन्तरिम संविधानमा सहकारी सहितको तीन खम्बे अर्थनीति सहित हरेक क्षेत्रमा ३३ प्रतिशत महिला आरक्षणको समेत व्यस्था गरेको छ । अहिले नेपालमा तीन हजारभन्दा बढी र झापामा ११० सहकारीहरू महिलाहरूद्धारा मात्र सञ्चालित छन् जुन सफल रुपमा परिचालित पनि रहेका देखिन्छन् । कूल नेपालको सहकारीको जनसंख्या मध्ये महिलाको उपस्थिति ४२ प्रतिशत र झापामा भने ५० प्रतिशत भन्दा माथि रहेको पाइन्छ । समाजमा मानिसहरूबीच धक फुकाएर बोल्न सहकारीले सिकाएको छ । सानोतिनो गर्जो टार्न तथा आर्थिक आवश्यकताका लागि महिलाहरूले श्रीमान्सँग हात थाप्नुपर्ने अवस्थाको अन्त हुँदै गएको छ । आफूले गरेको बचतबाट बाबू नानीहरूको स्कूल फि तिरी स्कूलमा पढाउन सक्षम हुंदै गएका छन् । अन्तरक्रिया गोष्ठीमा सहभागी हुँदा महिला हिंसामा कमी आएको छ । महिलाले महिलालाई गर्ने हिंसामा कमी आएको छ । महिलाका पक्षमा बहस पैरवी सहकारी मार्फत सशक्त बन्दै गएको छ । राज्यले महिलाहरूका लागि निर्माण गरेका स्वास्थ्य, शिक्षा, तालिम, आयआर्जन, गरीबी न्यूनीकरण, लघुवित्त, मानव अधिकार, सञ्चार, बातावरण, बालबालिकाका सम्बन्धी कार्यक्रमहरू सहकारीमार्फत प्रभावकारी हुने देखिएको छ । परम्परागत सामन्ती सोच र चिन्तनबाट मुक्त गराउन महिला आफै अगाडि सर्नुपर्ने हुन्छ । सामाजिक उत्तरदायित्व र जिम्मेवारीवोध गर्न सहकारीले सक्षम बनाउँदैछ । आधा आकाश ओगटेका महिलाको सहभागिताबिना विकास असम्भव रहेकाले पनि सहकारी मार्फत महिला नृतृत्व विकास गरी विकासलाई अपेक्षित बाटोमा हिँडाउन सकिन्छ ।
(लेखक डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत हुन्)
npghimire33@yahoo.com