हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

हरेक पर्व गाईजात्रा हुदैनन्हरेक पर्व गाईजात्रा हुदैनन्

श्रीकृष्ण न्यौपाने

नेपाल विविध जात जाति धर्म र संस्कृतिले सम्बृद्ध हिमाली मुलुक हो । भनिन्छ विश्वकै जिवन्त म्यूजियम अर्थात् संग्राहलयका रुपमा कहलिएको नेपालको पहिचानमा पछिल्ल्ााे समय आफु अनुकुलका सांस्कृतिक आक्रमण हुन थालेको गुनासो बढ्न थालेको छ । नेपालका चाडपर्व समाजका अभिन्न अंग हुन् । हरेक चाडपर्वले सबै समुदायलाई एउटै मालामा उनेको छ त्यसैले त अहिले सम्म सामाजिक सद्भाव जिवन्त छ । त्यति मात्रै हैन समाजको अग्रगमन र समय सापेक्षताकालागि पनि हाम्रा पर्वहरु उत्तिकै सान्दर्भिक लाग्छन् । गाईजात्राको माध्यमबाट विकृति र विसंगती माथि प्रहार गर्दै सचेतनाका लागि ब्यंग्य गर्न हामीसामु हरेक वर्ष गाईजात्रा नभएको हैन तर पछिल्लो समय संस्कृति बचाउन कला कर्ममा लागेहरुले नै जानी नजानी प्रत्येक पर्वहरुमा विकृति भित्र्याउन मद्दत पुर् याइरहेका छन् । राजनीति केन्द्रित हुने गरेको गाईजात्रा मात्र हैन तिजमा गाईने गित हुन् अथवा देउसी भैलोका भाकामा पनि कलाकारहरुले शान्ति र संविधानको विषय जोड्ने गरेका छन् । आफ्नो सर्वस्व विष्ण्ँुले हरण्ँ गरेपछि पाताल पुगेका बलीलाई विष्ण्ँुले वÈ्रमा ३ दिन पृथ्वीमा तेरो आधिपत्य रहनेछ भन्ने वरदान दिएकोले देउसी खेल्ने चलन चलेको पौराणिक कथामा उल्लेख छ । तर मुलुकको संक्रमणकालमा लोकतन्त्रका नाममा आज भोलि हरेक पर्वलाई राजनीतिसँग जोडेर संस्कृतिको अपभ्रंस गर्दा भेालिका सन्ततीलाई हाम्रो मौलिक संस्कृतीका बारेमा के बताउने भन्नेमा संस्कृतीवीदहरुले चिन्ता व्यक्त गरेका छन् । देउसी ÷तिहारको अवसरमा गाइने पर्वगीत हो । लक्ष्मीपूजाका दिन महिलाद्वारा भैली र भोलिपल्ट गोवद्र्धन पुजाका दिन देउसी खेलिन्छ । तर पछिल्ल्ााे समय संस्कृतिका नाममा खेल्नु पर्ने देउसी भैलोलाई आर्थिक पक्षसँग जोडेर हप्तौ सम्म निरन्तरता िदंदा धार्मिक एवं सांस्कृतिक महत्व खस्किएको उनीहरुको भनाई हो । देउसी खेल्न गएका घरमा आिशÈ तथा शुभकामना दिने र घरधनीले फलफूल रोटी दिÔणु दिने यसको सांस्कृतिक महत्व हो । तर आज भोलि त रकम नै तोकेर अगि्रम चिठी पठाएर देउसी खेल्न जाने परम्परामा तिहार रुपान्तरित हुन थालेको छ । पक्कै पनि हरेक पर्वका मौलिक अर्थ र महत्व छन् तर अग्रगमन परिवर्तनका नाममा पर्वको मर्मलाई वेवास्ता गरि मनाउने क्रम बढ्दै जाने हो भने भोलिका दिनमा हाम्रा मौलिक पर्वको अस्तित्व पनि लोप हुने त्रास बढ्न थालेको छ । दाजुभाई र दिदी-बहिनीबीचको मिलनको पर्वरुपमा लिइने यो पर्वमा मादल खैजडी मुजुरा लगायतका परम्परागत बाजा बजाई खेल्ने गरेको भैलोमा आजकाल हिन्दी तथा तथा अगे्रजी गितको प्रयोग बढेको धेरैले महशुश गरेका छन् । त्यति मात्रै हैन मुलुकको कला संस्कृति जगेर्ना गर्ने धरोहर मानिएका कलाकार पनि देउसी भैलोको परम्परागत मान्यताबाट विमुख हुदै दल विशेष र सरकार प्रमुखलाई गाली गर्दै देउसी खेल्न थालेपछि यसको मौलिकतामाथि प्रश्न उठ्नु जायज हो । देवश्रीको अपभ्रसबाट देउसिरे भएको भाषाविदहरुले बताईरहदा कलाकारले पनि देउसिरे भन्न छोडेर अनावश्यक शब्द प्रयोग गर्न थालेपछि देउसिरे शब्द आक्रमणमा परेको छ । कलाकारको एउटा समूहले हालै खेलेकेा देउसीमा भट्याएको केहि अंश यस्तो थियो ।


भन भन भाई हो …………प्रतिपक्षी नेता चन्द्र राम

देउसीरे भन………………भन्दैनौ

राष्ट्रपति ……………………।बरण राम

प््रधानमन्त्री……………………बाबुराम

म्ााथिका अंश भर्खरैको तिहारमा कलाकारको एउटा समूहले मुलुकका ठूला मिडियामा भट्याएको उदाहरण हो । हरेक तिहारमा लोकसंस्कृतिमा आधारित देउसी भैलो आउदा ह्दयले स्वागत गर्ने र त्यसमा रमाउने सिर्जना गर्नुको साटो आज भोलि देउसी भैलोको टोली आउदा ढोका बन्द गरेर भाग्नुपर्ने अवस्था आइसकेको छ । यसले तिहारको महत्वलाई किमार्थ बढाउँदैन उल्टै घटाइरहेको छ । कला संस्कृतिको संरक्षणमा लाग्नेहरुले भने देउसी भैलोको रक्षाकालागि लागि आपुूहरुले परम्परालाई धानेको तर्क गर्छन् । तर उनीहरुले नै देउसीलाई अनावश्यक व्यंग्य विदेशी संस्कृतिको हावी तथा पैसा कमाउने मेसोका रुपमा प्रयोग गरेकाले यसको अस्तित्व संकटमा परेको छ । यस्तो संस्कृतिले निरन्तरता पाउने हो भने केही वÈ्रपछि देउसी र भैलो भनेको गाईजात्रा जस्तो हास्यव्यंगमा रमाउनु पर्ने स्थिति नआउला भन्न सकिन्न । प्रत्येक चाडको आ-आपुनै महत्व हुन्छ । व्यंग्यलाई सबै पर्वमा घुसाउनलाई व्यंग्यविनोद आलु होइन जसलाई जुनसुकै तरकारीमा मिस्न सकियोस् । जसरी टाउको दुखेको औषधि नाइटोमा दिलंदैन त्यस्तै हरेक चाडलाई गाइजात्राको रुपमा चित्रित गरिनु हुन्न । राजनीतिले सबै क्षेत्र गाँजेको भन्दैमा चाडपर्वलाई विशुद्ध मनोरन्जनको माध्यम बनाउन तिर हाम्रा सर्जकहरुले ध्यान पुर् याउन जरुरी भैसकेको छ । सबै चाड गाइजात्रा होइनन् र सबै गाइजात्रा दशैं तिहार हुन्नन् भन्ने पनि बुझ्ने बेला अहिले नै हो । पछिल्ला केही वÈ्रयता चार्डपर्वलाई सामाजिक सद्भाव र सौहार्दताको अवसरका रुपमा कम र आफु अनुकुल बढि प्रयोग भएकैले हाम्रा चाडपर्वहरु माथि सबैले चिन्ता गर्न थाल्नुको पछाडि संस्कृति मोह पनि लुकेको छ कि

ल्ोखक कान्तिपुर एफएममा आबद्ध छन् ।