हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

५१ परिवारका २ सय ७८ जना बिस्थापित – मुख्य समाचार

पिपुल्स टाइम्स समाचार
बेलडाँगी/झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बिहीबार राति भएको आगलागीबाट ५१ परिवारका २ सय ७८ जना बिस्थापित भएका छन् ।
बेलडाँगी २ को सेक्टर बी ४ छाप्रा नम्बर २५ का रामचन्द्र बाँस्कोटाको छाप्राबाट करिब साढे १२ बजेतिर सुरु भएको आगलागी थियो ।
सडक किनारमा बिस्थापितहरु
 स्थानीय सशस्त्र प्रहरी वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक बिजेन्द्र रिमालले शुक्रबार दिनभर उद्धारको कार्य गरिएकाले क्षतिको यकिन विवरण आइनसकेको बताए ।
आगलागीबाट ३४ छाप्रा जलेका हुन् भने अन्य सुरक्षाका लागि भत्काइएको लुथरन विश्व फेडेरेशनले जनाएको छ । लुथरनका अनुसार बि–४ का २६ छाप्रा जलेका छन् भने थप १४ ओटा सुरक्षाका लागि भत्काइएका छन् । यस्तै आगलागी बि–२ का ४ ओट छाप्रा जल्नुका साथै ४ ओटा भत्काइए ।
शुक्रबार स्थानीयबासी, दातृनिकायका प्रतिनिधि तथा सुरक्षाकर्मीहरुले आगलागीको भग्नावशेषमा रहेका बिभिन्न समान छुट्याएका थिए । 
खरानी कोट्याएर कागजात खोज्दै एक शरणार्थी
बिस्थापितहरुलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग, कारितास नेपाल लगायतका निकायले अस्थाई रुपमा बसोबासको व्यवस्था मिलाएका छन् । उनीहरुलाई सामूहिक रुपमा खाना खुवाउने व्यवस्था समेत मिलाईएको छ । बिस्थापितहरुलाई केहि दिनका लागि स्थानीय पञ्चवटी विद्यालयमा बसोबास र अर्को पाठशालामा सामूहिक खानाको व्यवस्था मिलाईएको शिवर सचिव डिबी सुब्बाले बताए । आज बिहानैबाट विस्थापितहरुको बसोबासको व्यवस्थाका लागि आवश्यक कार्य गरिने उनले जानकारी दिए ।
आगालागी भएको स्थानमा शुक्रबार बिहान झापाका प्रमुख जिल्ला अधिकारी तथा शरणार्थी समन्वय ईकाईका निर्देशक नरेन्द्रराज शर्माले अवलोकन गरे । अवलोकन पश्चात बिस्थापितहरुलाई शिघ्र राहत तथा बसोबासको व्यवस्था मिलाईने उनले बताए । तत्कालिनको व्यवस्थाका लागि दैवी प्रकोप उद्धार समितिले झापाले प्रति विस्थापित परिवारलाई १ हजार रुपैया प्रदान गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाईटीले पनि  प्रारम्भिक राहतको व्यवस्था गरेको छ ।
बिस्थापितहरुलाई शुक्रबार नै रेडक्रसले लत्ता कपडा तथा खाना पकाउने भाडा, कारितासले सरसफाईका विभिन्न सामग्री र कपडाहरु वितरण गरेको छ । ति मध्ये ५ जना अपाङ्गलाई कारितासले २÷२ सेट कपडा र ५ वर्ष मुनीका १३ जना बालबालिकालाई २ सेट लुगा, १ ब्याग र किताब लगायतका सामग्री वितरण गरेको छ ।
त्यस्तै लुथरन विश्व फेडेरेशनले स्टोभ १÷१ वटा, ब्लाङ्केट १÷१ थान र पानी बोक्ने भाडाहरु वितरण गरिएको क्याम सचिव सुब्बाले जानकारी दिए ।
राति लागेकोे आगलागी सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालयको टोली र शरणार्थीहरुको सहयोगमा दमक नगरपालिकाको दमकलले २ घण्टामा नियन्त्रणमा लिएको थियो । आगलागीको कारण अझैसम्म पनि खुल्न सकेको छैन । भुटानी शरणार्थी शिवरमा पटक–पटक यस्ता घट्ना हुने गरेका छन् । केहि महिना अघि समेत बेलडाँगी शिविरमा नै आगलागी भएको थियो ।

‘एक लोटा पानी पनि पाईन’ – उपमुख्य समाचार

दनदनी बलेको छानो खसेर राप आउन थालेपछि मात्र रामचन्द्र बाँस्कोटाको निद्रा खुल्यो । तर निद्रा खुल्नसाथ उनी अर्धमुर्छित भए । उनले भने– ‘मैले त केहि देखिन, दनदनी बलेको छानो खसिरहेको थियो तर पनि मलाई अन्धकार झैँ भयो ।’ उनी गोलधाप शरणार्थी शिविरका पूर्व सचिव पनि हुन् । उनी गत जेठमा बेलडाँगी शिविर बसाई आएका हुन् ।

आगोले छानो टिपीसकेपछि ८ वर्षकी सानी छोरी च्यापेर श्रीमती निस्किएपछि उनी आगो निभाउन धुरीमा उक्लिए । ‘म आगो निभाउन ४ चोटी छानामा उक्लिँदै र ओर्लिदै गरे, त्यतिन्जेलमा वरिपरी मान्छेको भीड पनि लागिसकेको थियो तर मैले पानी–पानी भनेर चिच्याउँदा कसैले एकलोटा पानी पनि दिएनन्’–उनले तितो पोखे ।
‘आगोलागेपछि बाहिर निस्किएर सोध्दा १ बज्यो भन्थे’– शुक्रबार आफ्नै घर डढेको खरानीको डङ्गुर उधिन्दै उनले भने–‘मेरो केहि रहेन, बिभिन्न समूह तथा समितिमा रहेर काम गरियो । त्यसका बिभिन्न प्रमाण पत्र थिए, सबै गए ।’ बेलडाँगी–२ को सेक्टर–बी ४ छाप्रा नम्बर २५ का बाँस्कोटाको छाप्राबाट आगलागी शुरु भएको थियो ।

एघार दल खारेज

काठमाडौं/पटक–पटकको ताकेतापछि पनि हिसाबकिताब नबुझाएपछि निर्वाचन आयोगले ११ वटा दल खारेज गरेको छ । ति दलहरु आयोगको सूचनालाई अटेर गरी सम्पर्कमा नआएपछि शुक्रबार खारेज गरिएको हो ।
खारेजीमा परेका दलहरुमा समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल, प्रजातान्त्रिक शान्ति पार्टी, नेपाल जागृति दल, नेपाली जनतन्त्र पार्टी, प्रजातान्त्रिक शक्ति पार्टी, राष्ट्रिय जन एकता पार्टी, नेपाली राष्ट्रिय जन भावना पार्टी, राष्ट्रवादी मिलन केन्द्र नेपाल दल र प्रजातान्त्रिक जनमुक्ति पार्टी छन् । नेकपा (मालेमा केन्द्र) भने यसअघि एकीकृत नेकपा (माओवादी) सँग एकीकरण भइसकेको छ । आयोगले भने उक्त पार्टीलाई पनि खारेजीको सूचीमा राखेको छ ।
‘आयोगले आयव्यय बुझाउन पटक–पटक गरेको ताकेता ११ वटा दलले वास्ता नगरेकाले खारेज गरिएको हो’ आयोगका उपन्यायाधिवक्ता बद्रीप्रसाद ओलीले भने ।१८ वटा दलले तोकिएको समयमा आयव्यय नबुझाएपछि सातदिनभित्र सम्पर्कको लागि सूचना जारी गरेको थियो । त्यसमध्ये ७ वटा दल सम्पर्कमा आएपछि सय रुपैयाँको दरले जरिवाना गरिएको छ ।

ब्राह्मण समाजको बन्द स्थगन

दमक/ब्राह्मण समाज नेपालले आगामी फागुन–२१ गर्ने भनेको नेपाल बन्द स्थगन गरेको छ ।
बिभिन्न जातीय संस्थाहरु बीच कार्यगत एकता गरी निर्णायक आन्दोलनको तयारीका लागि नेपाल बन्द स्थगन गरिएको शुक्रबार दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार मोहन भण्डारीले जातीय राज्य र जातीय आरक्षणको बिरोधमा रहेका बिभिन्न संस्थाहरु बीच कार्यगत एकता शुरु भइसकेको बताए । यस्तै समाजका केन्द्रीय सह–अध्यक्ष लक्ष्मी संग्रौलाले नेपालमा जातीय राज्य सम्भव नरहेको उल्लेख गर्दै समाज यसको बिपक्षमा रहेको बताए ।
कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष बासुदेव भट्टराई, केन्द्रीय सचिव डिल्ली उप्रेती, केन्द्रीय सदस्य छविरमण निरौला, जिल्ला अध्यक्ष टीकाराम खरेल, दमक नगर अध्यक्ष महेश पोखरेल लगायतले बोलेका थिए । यस्तै समाजले शुक्रबार गरेको पूर्वाञ्चल बन्दका कारण बजार, पसल तथा यातायात बन्द रहे ।
बन्द सफल पार्न दमकमा भएको कोणसभाका वक्ताले आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने
चेतावनी दिए । कोण सभामा बिष्णु अधिकारी र राधा पोखरेलले कविता वाचन गरेका थिए भने समाजका जिल्ला सदस्य युवराज पौडेल सागर, अम्बिका सिटौला लगायतले बोलेका थिए ।

गाउाको सुरक्षामा महिलाहरु

विष्णु सुब्बा
लखनपुर/झापा लखनपुर–१ का महिलाहरुको हिजोआज दैनिकी बदलिएको छ । सधै घरायसी कामकाजमा खटिने उनीहरु अहिले सा“झ पर्नासाथ गाउ“का सुरक्षामा जुट्छन् । गाउ“लाई जाडरक्सी, लागुऔषधबाट हुने सामाजिक उच्छृंखल नियन्त्रण गर्न केहीसमयदेखि त्यस क्षेत्रका महिलाहरुले रात्री गस्ती अभियान सञ्चालन गरेका छन् ।
लखनपुर–१ र २ को मंगलबारे बजार आसपासका क्षेत्रमा स्थानीय आमा समूह र सगुन युवा क्लबका युवाहरु संगठित भइ गाउ“लाई सामाजिक उच्छृंखलमुक्त बनाउन रात्री गस्ती अभियान थालेका छन् । युनाइटेड बहुउद्देश्यीय सहकारी संस्थाकी सदस्य रहेकी चन्द्रकला सुब्बा भन्छिन्–‘गाउ“लाई स्वच्छ वातावरण बनाउन अभियान थालेका हौ“ ।’ जा“डरक्सी खाएर हो–हल्ला गर्ने कार्य बढेपछि त्यस्तो गस्ती गरिने कार्यलाई अगाडि बढाइएको उनले जनाइन् ।
गस्तीमा अधिकांश कामकाजी महिलाहरु बेलुका ७ बजेदेखि भेला भई गाउ“ चहार्छन् । दर्जनबढी महिलाहरुको जमातले बेलुका ८ बजेपछि स्थानीय जा“डरक्सीको पसल आफै नै बन्द गराउ“दै खबरदारी गर्छन् । ‘हामीले पसल चलाउने ब्यापारीलाई भन्दा सेवनकर्तालाई सम्झाई बुझाई गर्छौ ।’ आमा समूहकी सल्लाहकार रत्नकुमारी राईले भनिन् । जा“डरक्सीको सेवनबाट नै समाज दुर्गन्धित भएकाले ति क्षेत्रमा रातिपखको ब्यापारमा नियम बसाएका उनले जनाए । स्थानीय सगुन युवा क्लबले गाउ“मा ८ बजेपछि होटलजन्य पसल बन्द तथा जा“डरक्सी सेवन गरेर हो–हल्ला गरे सामाजिक कार्वाही गर्ने अभियान थालेको क्लबका अध्यक्ष गणेश आङ्देम्बेले बताए ।
‘गाउ“मा जा“डरक्सी र लागुऔषध सेवन गरेर रातीपख सुत्न नसकिने वातावरण थियो ।’ अध्यक्ष आङ्देम्बे भन्छन्–‘गाउ“लाई बनाउनुपर्छ, आफै जुट्नुपर्छ भन्ने यो अभियानको यथार्थता हो ।’ उनले पुरुष भन्दा महिलाहरुको गस्ती कार्य प्रभावकारी भएकाले पहिलो चरणमा उनीहरुलाई समावेश गरिएको बताए । ‘महिला अघि अघि हामीपछि खटिरहेका हुन्छौ“’– अध्यक्ष आङ्देम्बेको भनाई छ ।
गाउ“मा थालिएको त्यस्तो अभियानको सकारात्मक प्रभाव पर्दै गएको
छ । रातिपख अबेरसम्म जा“डरक्सी सेवन गर्नु हु“दैन भन्ने सचेतना सो अभियानले दिएको स्थानीयबासीहरुको बुझाई छ । ‘गाउ“मा सभ्य वातावरण बनाउन थालिएको कार्य प्रशंसनीय छ’– सामाजिक अगुवा ऋषिकेश सुवेदीको अनुभव छ । गाउ“मा रात्री गस्ती कार्य थालिएपछि सधै झै रातीपख हो–हल्ला, भैm–झगडा जस्ता सामाजिक उच्छृंखल गतिविधिहरुमा कमी आएको बताइएको छ । गस्तीलाई निरन्तरता दिने र सामाजिक वातावरण खलबल पु¥याउने कार्य दोहो¥याए त्यस्ता उपर सामाजिक कार्वाही तथा दण्डीत गरिने सोच बनाएको क्लबका सचिव रोशन दाहाल बताउ“छन् ।

पत्नीहत्या आरोपी पक्राउ

इलाम/कोल्बुङग गाविस–३ का धनबहादुर लेप्चालाई पत्नी हत्याको आरोपमा शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । ३९ वर्षीया फूलमाया लेप्चालाई कुटपिट गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले उनलाई गिरफ्तार गरेको हो । घरनजिकै फूलमायाको लास फागुन १३ गते भेटिएपछि स्थानीयले उनको हत्या भएको आशंका गरेका थिए ।
मृतकको शरीरमा चोट र निलडाम समेत भएकाले पीडितको हत्या गरेको हुनसक्ने भएकोले अनुसन्धानका लागि धनबहादुरलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ । घटनाका कारण स्पष्ट नभएको पराजुलीले जानकारी दिए ।

‘नेपालमा अमेरिकी सेना’

काठमाडौ/अमेरिकी सेनाको महत्वपूर्ण फोर्स नेपालमा रहेको खुलासा भएको छ । अमेरिकास्थिति पेन्टागनका वरिष्ठ अधिकारीले नेपाल लगायत दक्षिण एसियका अन्य ४ वटा देशमा अमेरिकी सेना तैनाथ भएको खुलासा गरेका हुन् । तर, सरकारले भने यसबारेमा कुनै आधिकारीक जानकारी सार्वजनिक गरेको छैन । 
अमेरिकाले आतंकवादको विरोधमा अमेरिकी सेनालाई तैनाथ गरिएको बताएको छ । नेपालका साथै भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकामा अमेरिकी सेना तैनाथ रहेको बताइएको छ । अमेरिकाले दक्षिण एसियामा आफ्ना लागि निकै चूनौतिपूर्ण अवस्था रहेको बताएको छ ।
भारत तथा पाकिस्तानबीचको अस्थिर सम्बन्ध, लश्कर जस्ता आतंकवादी संगठनहरु, समुन्द्री चोरी, मादकपदार्थको तस्करीलगायतका विभिन्न समस्याहरु अहिले चूनौतिका रुपमा देखिएको अमेरिकाको भनाइ छ । फोर्सलाई प्यासिफिक सहायता दल नाम दिइएको छ ।

माओवादी कार्यकर्ता पक्राउ

दाङ/ माओवादी मगरात राज्य समिति सदस्य जसराम बुढा बिस्फोटक पदार्थसहित पक्राउ परेका छन् । ओत ३ छड्केढुंगा निवासी ३५ वर्षीय बुढा १० थान डेटोनेटर, १० थान जिलेटिन र ७ दशमलव ९ मिटर डेटकर्डसहित पक्राउ परेका हुन् ।
घोराहीको भानु चोकमा बिहीबार राति ११ बजे शरीर खानतलासी गर्दा उनको झोलामा बिस्फोटक पदार्थ पक्राउ परेको हो । उनले बोकेको बिस्फोटक पदार्थ निकै शक्तिशाली बम बनाउन प्रयोग हुने जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर ऐरले बताए । २०५४ सालदेखि माओवादीमा लागेका घर्ती पार्टीमा तुफानका नामले परिचित छन् । उनी गुल्मीमा कार्यरत थिए । गुल्मीबाट रोल्पा फर्कने क्रममा उनी पक्राउ परेका हुन् ।
उनले द्वन्द्वकालमा स्टोर गरी राखिएका बिस्फोटक पदार्थ घर लैजान बोकेको बताएका छन् । घर्तीबिरुद्ध बिस्फोटक पदार्थ ऐन २०१८ अनुसार मुद्दा चलाइने जिल्ला प्रहरीका डिएसपी बिपीनकुमार कर्माचार्यले बताए ।

दुर्घटना न्युनिकरणमा सक्रियता

झिलझिले/झापाको सतासीधाम आसपासका क्षेत्रमा सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी र स्थानीयहरुको सक्रियता बढ्दै गएको छ । लामो समय भएपछि मेटिदै गएको सतासीधाम आसपासका जेब्रा क्रसिङ लाइनलाई पुन रङ्गयाउने कार्य शुक्रबार सम्पन्न गरिएका छन् ।

ट्राफिक प्रहरी पोष्ट झिलझिले र क्रिएटिभ स्पोर्टिङ्ग क्लव झिलझिलेको संयुक्त सहकार्यमा महेन्द्र राजमार्गका आधादर्जन ठाउँमा बन्दको मौकामा चहलपहल थोरै हुने भएकाले जेब्रा क्रसलाईन बनाइएको हो । राजमार्ग आसपासमा विधार्थी सहित अन्य मानिसहरु ओहोरदोहोर गर्ने हँुदा मेटिएका रङ्गहरुमा हाम्रो ध्यानाकर्षण भएको हो, क्लबका नरविर फागोले भने, ‘यसले राजमार्गमा कसरी बाटो काट्ने भन्ने विषयमा सचेत पु¥याउने छ ।’  लामो समय भएकाले यसअघि पदैल यात्रु र सवारी चालकले जेब्रा क्रसिङ्ग लाइनको सचेतना पाइरहेका थिएनन् ।
जेब्रा क्रसिङ्ग के हो भन्ने विषयमा कतिपय अनभिज्ञ रहेकाले यि लगायतका विषयहरु समेट्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने तयारी रहेको ट्राफिक
प्रहरी ईन्चार्ज शान्तिराम बस्नेतले बताए । यसअघि पनि राजमार्गमा छोडिएका चौपाया नियन्त्रण गर्न र जथाभावी पार्किङ गर्ने सवारीसाधन नियन्त्रण गर्ने अभियान स्थानीय र ट्राफिक प्रहरीको सहकार्यमा सञ्चालन भइरहेको छ ।

बलात्कारको आरोपी जेल चलान

सुनसरी/एघार महिना अगाडि मधुवन गाविस–७ की १४ वर्षीया एक बालिकालाई बलात्कार गरी फरार रहेको दुई जनालाई बिहीबार जिल्ला अदालत सुनसरीको आदेशमा पूर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का चलान गरिएको छ ।
कारागार चलान भएकाहरुमा लौकही गाविस–८ का ३० वर्षीय निरन्जनकुमार मण्डल र सोही गाविस–७ का २८ वर्षीय गौतमकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
गत वैशाख ३ गते बालिकालाई बलात्कार गरी हालसम्म फरार रहेको अवस्थामा जिल्ला अदालत सुनसरीमा बुधबार बयानका लागि हाजिर भएको अवस्थामा प्रहरीले
नियन्त्रणमा लिई अदालतमा उपस्थित गराउँदा अदालतको आदेशमा पुर्पक्षका लागि कारागार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कांग्रेसको क्षेत्रीय सम्मेलन

दमक/नेपाली कांग्रेसले आज दमकमा क्षेत्रीय सम्मेलन गर्दैछ ।
सम्मेलनमा झापा क्षेत्रनम्बर–७ का अगुवा कार्यकर्ताहरुको सहभागिता रहने क्षेत्रीय सभापति शेरबहादुर भट्टराईले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यता रहनेछ ।
केहि महिनादेखि बिरामी परेका पार्टीका पूर्व जिल्ला सभापति तथा महासमिति सदस्य पूर्णानन्द शर्माको समेत सम्मेलनमा उपस्थिति रहने जनाइएको छ ।

निर्देशकमा ओली

काठमाडौ/परराष्ट्र मन्त्रालयलले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको नेपाल निर्देशकमा धनबहादुर ओलीलाई पठाउने भएको छ ।
नेपाल निर्देशकमा ओलीलाई पठाउने निर्णय भएको परराष्ट्र मन्त्रालयल स्रोतले जनाएको छ । परराष्ट्रमा उपसचिव रहेका उनी अहिले युएन शाखामा कार्यरत छन् ।
ओलीलाई तीन वर्षका लागि सार्क सचिवालय नेपाल निर्देशकमा पठाउने निर्णय भएको एक अधिकारीले बताए । परराष्ट्र स्रोतले भन्यो ‘डेढ महिना भित्र उहाले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नु हुनेछ ।’

च्याम्पियनसीपको उपाधि हमाललाई

कञ्चनपुर/मध्यमाञ्चल विकास क्षेत्र निवासी फिडेमास्टर मनिष हमालले छैटौं राष्ट्रिय खेलकुद अन्र्तगत सञ्चालित १७ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उपाधि चुमेका छन् ।
शुक्रबार सम्पन्न फाइनल चरणको खेलमा एपीएफका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई बराबरीमा रोक्न सफल भएपछि मनिषले मध्यमाञ्चल विकास क्षेत्रका लागि थप १ स्वर्ण पदक पक्का गरेका हुन् । केशव दोश्रो स्थानमा रहँदै रजत पदक हात पार्न सफल भए । फाइनल चरणको खेलमा मध्यमाञ्चलकै धरमबहादुर लामालाई पराजित गरेका प्रचण्डमान मालाकारले तेश्रो स्थानमा रहँदै काँस्य पदक प्राप्त गरे । मनिष, केशव र प्रचण्डको समान ६ अंक भएता पनि एसबी प्वाईन्टका आधारमा मनिष पहिलो भएका हुन् ।
मध्यमाञ्चल विकास क्षेत्रका १९ वर्ष मुनिका नेपाल च्याम्पियन रुपेश जयसवाल चौथो स्थानमा रहे । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दीर्घराज जोशी पाचौं स्थानमा रहे । त्यस्तै फिडेमास्टर विलमलाल श्रेष्ठ, धरमबहादुर लामा, पूर्वाञ्चलका निरज निरौला, पिएलएका विजय जे श्रेष्ठ तथा मध्यमाञ्चलका रविन्द्र शाक्य क्रमशः छैटौंदेखि दशौं स्थानमा रहन सफल भए ।

रवि स्मृति फुटबल शुरु – खेल समाचार

दमक/अखिल क्रान्तिकारी इकाईको आयोजनामा शुक्रबारबाट दमक बहुमुखी क्याम्पसको खेल मैदानमा रवि स्मृति फुटबल प्रतियोगिता शुरु भएको छ ।
पत्रकार र अखिल क्रान्तिकारी बीचको मैत्रीपूर्ण खेल

खेलको उद्घाटन कार्यक्रममा भएको पत्रकार र अखिल क्रान्तिकारी बीचको मैत्री पूर्ण खेलमा क्रान्तिकारीले २ का बिरुद्ध ३ गोल लगाएको थियो । यस्तै दोश्रो खेलमा दमक बहुमुखी क्याम्पस बि टीमले लाईफलाईन स्वास्थ्य विज्ञान प्रतिष्ठानको टीमलाई शुन्यका बिरुद्ध २ गोलले जित्यो । सो खेलमा बिजयी टीमका प्रविन लिम्बू म्यान अफदी म्याच घोषित भए ।
आज ग्लोबल उच्चमावि दमक र काँकडभिट्टा बहुमुखी क्याम्पस तथा विरेन्द्र नुमुना क्याम्पस चन्द्रगढी र उर्लाबारी बहुमुखी क्याम्पस बीच खेल हुने संगठनका क्षेत्रीय ईन्चार्ज याम गिरीले जानकारी दिए । खेलको उद्घाटन संगठनका महासचिव  विन्दमान बिष्टले गोल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा संगठनका केन्द्रीय सचिव आइन्द्र बिक्रम बेघा, एकीकृत नेकपा माओवादीका जिल्ला सहइञ्चार्ज सीपी कँडरिया लगायतले बोलेका थिए ।

रुट बाहिर जाँदा विमान दुर्घटना

ललितपुर/प्रचलित रुटको परिधिभन्दा बाहिर गई चालक दलले अवतरणको प्रयास गरेकाले ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छानबिन समितिले ठहर गरेको छ ।
शुक्रवार पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरलाई प्रतिवेदन दिदै समितिका अध्यक्ष एवं सदस्यहरुले त्रुटिपूर्ण अवतरण विधिलाई नै दुर्घटनाको प्रमुख कारण मानेका छन् ।
‘विचक्राफ्ट विमान सामान्यता ६ हजार फिटको उचाईमा उपत्यकाभित्र छिर्नुपर्नेमा मात्रै ५५ सय फिट उचाईमा फरक ठाउँबाट भ्यालीमा छिरेको देखिन्छ’ छानविन समितिका संयोजक राजेशराज दलीले भने, ‘विमान जमिन पुगेको जनाउ दिने आर्लाम बज्दा समेत सुरक्षा सतर्कता अपनाएको भेटिएन ।’
गत असोज ८ गते माउन्टेन फ्लाईटबाट फर्केको बुद्ध एयरको विचक्रफ्ट दुर्घटना हुँदा चालक दलका तीन सदस्य सहित १९ जनाको मृत्यु भएको थियो । घटनापछि मन्त्रालयले छानबिनका लागि दलीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो ।
दुर्घटनाको चार सेकेण्डअघि यस्तो आर्लाम बजेको छानबिनले देखाएको छ । आर्लामको संकेत अनुसार तत्काल बिमानको उचाई बढाएको भए दुर्घटना टर्नसक्ने सम्भावना देखिएको समितिका सदस्य क्याप्टेन श्रवण रिजालले बताए । समितिले चालक दलका सदस्यहरुको थकान र ककपिटमा व्यक्तिगत जीवनसँग सम्बन्धित टिकाटिप्पणी र गैर व्यवसायिक कुराकानीलाई पनि दुर्घटनाको कारण मानेको छ ।
समितिले विमानहरुको नियमित सुरक्षा परिक्षण गर्न र बायुयान जमिन नजिक भएको जनाउ दिने विकसित प्रविधिलाई विमानहरु जडान गर्नपनि मन्त्रालयलाई सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री विष्टले समितिको सुझाव कार्यान्वयन गरिने बताए ।

ब्युरोमा पुनः शुसन लिम्बू

उर्लाबारी/एकीकृत नेकपा माओबादीको भातृसंगठन जनस्वयम्सेवक परिचालन ब्यूरो उर्लाबारी नगरसमितिमा पुनः सुशन लिम्बुको अध्यक्षतामा  नयाँ कार्यसमिति पुनर्गठन गरिएको छ ।
शुक्रबार भएको भेलाले बरिष्ठ उपाध्यक्षमा राजिव लिम्बु, उपाध्यक्षमा जीवन राई, सचिवमा गोबिन्द लिम्बु, सह–सचिवमा बिधान बराल, कोषाध्यक्षमा दीपक आले मगर र सह–कोषाध्यक्षमा मिलन निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा सुवास तामाङ, भवानी लिम्बु, रोमन कार्की, राजु आले मगर, श्यामु कार्की, चन्द्र लिम्बु, मणि राई, रोहित कार्की, गोपाल कट्टेल, मनिष कार्की, निमा तामाङ, बिजय लिम्बु लगायत रहेको अध्यक्ष सुशन लिम्बुले जानकारी दिए ।
युवाहरु एकजुट भएर समाज निर्माणमा जुट्नुपर्नेमा अध्यक्ष लिम्बुले जोड दिए । विभिन्न संगठनबाट ब्युरोमा १५ जना युवा प्रवेश गरेको पार्टीका जिल्ला सदस्य तथा ब्यूरोका मोरङ १, २ र ९ का कार्यवहाक सह–इन्चार्ज समिर कुइकेलले जानकारी दिए ।  
तरुण दलमा आफू लगायत युवालाई उपयोग मात्र गरिएको र  गरिब तथा असहायका पक्षमा काम नगरेकोले पार्टी परित्याग गरी माओबादीमा प्रवेश गरेको जीवन राईले बताए । शनिबार उर्लाबारी उद्योग बाणिज्य संघमा बृहत कार्यकर्ता भेला कार्यक्रम गर्ने भएको छ ।

भन्सार राजस्वमा एक करोड घाटा

जनकपुर/जलेश्वर भन्सार कार्यालय मटिहानीलाई एक करोड घाटा भएपछि राजस्व लक्ष्य प्रभावित भएको छ । आन्दोलनको क्रममा २६ दिन जलेश्वर बन्द भएपछि सो घाटा भएको भन्सार प्रमुख पार्वतीरमण दाहालले बताए ।
भन्सार कार्यालयको वार्षिक लक्ष्य १६ करोड रुपैयाँ रहेको छ । भन्सार अधिकृत दाहालले भने–‘२६ दिन जलेश्वरमा आन्दोलन भएपछि भन्सार कार्यालय ठप्प भएकोले यस्तो स्थिति आएको हो ।’ यस वर्ष लक्ष्य प्राप्ति गर्न मुस्किल पर्नेछ भन्सार स्रोतले बतायो ।
भारतबाट यो नाका भएर औद्योगिक कच्चापदार्थ पेट्रोलियम पदार्थ आउने गरिन्छ तर जलेश्वर बन्दको क्रममा व्यापारीहरु अर्का नाकातर्फ आकर्षित भएकोले यो नाका प्रभावित भएको कुरा भन्सार कार्यालयले जनाएको छ ।

इलामको बजेट २ अर्ब ७१ करोड

ईलाम/ जिल्ला विकास समिति इलामले आगामी आर्थिक वर्ष २०६९÷०७० को बजेट सार्वजनिक गरेको छ । आगामी वर्षका लागि  २ अर्ब ७१ करोड ८६ लाख ७० हजार रुपैंयाँ बजेट सार्वजनिक गरिएको हो ।
स्थानीय विकास अधिकारी सुमन घिमिरेले बजेट सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको बजेट नीति तथा कार्यक्रमबाट जिविसतर्फ आन्तरिक तथा बाह्य स्रोत गरी कूल ३६ करोड ७६ लाख ३४ हजार रुपैंया बजेट बिनियोजन गरेको छ ।
त्यस बजेटमध्ये आन्तरिक स्रोततर्फ रु. १ करोड ९० लाख तथा राजश्व वाूडफाूडबाट ८० लाख रुपैंया प्राप्त हुने साथै बाह्यतर्फ नेपाल सरकारबाट प्राप्त हुने कार्यक्रमहरुको रु. ३३ करोड ७३ लाख ३४ हजार तथा अन्य निकायबाट रु. ३३ लाख रुपैंया प्राप्त हुने अनुमान गरिएको छ ।

कार्यकर्ताको स्थिति सार्वजनिक गर्न माग

धनकुटा/ युवा संघ नेपाल धनकुटाले आफ्ना कार्यकर्ताको स्थिति सार्वजनिक गर्न माग गरेको छ । संघले फागुन १९ गते प्रेस विज्ञप्ति जारी गर्दै धनकुटा नगरपालिका वडा नं. १ हिलेका सन्तोष भनिने २४ वर्षीय मोहन तामाङलाई २ दिन अघि अपरिचित समूहले नियन्त्रणमा लिएको भन्दै स्थिति सार्वजनिक गर्न माग गरेको हो ।
संघ जिल्ला अध्यक्ष डिपलव राईद्वारा जारी विज्ञप्तिमा तामाङलाई मोटरसाईकल दुर्घटना भयो भन्दै ढोका खोल्न लगाएर विना कारण अपहरण शैलीमा लगेको उल्लेख गरिएको छ ।
सो समूहले लगे पश्चात राति केही समय तामाङलाई हिले प्रहरी चौकीमा राखिएको थाहा भएको स्थानीयबासी ओङदा तामाङले बताए । सो बिषयमा हिले प्रहरी चौकीले भने क्षेत्रबाट आएका अनुसन्धान विभागका प्रहरीले लगेको बताएको भएपनि के कारणले लगिएको हो भन्ने खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले भने तामाङ आफ्नो सम्पर्कमा नभएको बताउँदै यथार्थ बुझ्ने प्रयास भइरहेको बताएको छ ।

सहकारीको लेखापाल तालिम

दमक/ सहकारी संस्थामा आवद्ध लेखापालहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले दमकमा पाँच दिने तालिम सञ्चालन गरिएको छ ।
शुक्रबारदेखि शुरु भएको सो तालिममा दमक, तोपगाछी, धरमपुर र लखनपुर गाविस अन्तर्गत ३० ओटा सहकारीका लेखापालहरुको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी संघका सदस्य गणेश बस्नेत, डिभिजन सहकारी कार्यालयका प्रमुख नेत्र प्रसाद घिमिरे लगायतले सहकारीका बारेमा बोलेका थिए ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०६८ को सन्दर्भ पारेर झापा जिल्ला सहकारी संघ क्षेत्रीय समन्वय समिति र डिभिजन सहकारी कार्यालयले संयुक्त रुपमा सोतालिमको आयोजना गरेका हुन् । तालिमको उद्घाटन संघका क्षेत्रीय संयोजक प्रेमकुमार कोइरालाको अध्यक्षतामा भएको थियो भने डिभिजन प्रमुख घिमिरे, संघका क्षेत्रीय सदस्य लिलाकान्त भट्टराई लगायतका सहकारी अगुवाहरु सहजकर्ता छन् । डिभिजनले जिल्ला भरीका सहकारीका लेखापालहरुलाई व्यवस्थित लेखा सञ्चालन गर्ने सम्बन्धमा त्यस्ता तालिम सञ्चालन गरिआएका छन् ।

प्राकृतिक उपचारका एकलव्य वालिङ्

नगेन्द्र राई
बाहुनडा“गी÷ एक वर्षको छ“दा वाबुको मृत्यु भयो । पहाडको परिवार दुःखले हुर्किए उनी । १२ वर्षको हु“दा जन्मथलो ताप्लेजुङ मेहेले छाडेर कमाईखान गाउ“का युवाहरुसंगै सिक्किम लागे ।

त्यहा“ उनले कसैको घरमा काम गर्ने अवसर पाए । जेनतेन घरको काम गर्दा एक विरामी उपचार गरि माग्दै म काहा“ आए । विरामीको उपचार गर्न त के मलाई कुन प्रकारको विराम हो भन्ने समेत थाहा थिएन । उनले भने– ‘तरपनि जंगली वनस्पतीको प्रयोगवाट उपचार हुन्छ भन्ने सुनेको कारण मैले जंगलमा गई अन्दाजमा वनस्पतीको जरा ल्याएर विरामीलाई ख्वाए“ । उनी गुरु विनाको चेला एकलब्य सरह हुन् । कसैलाई गुरु नथापि उपचारशैली सिकेको उनले सुनाए ।
उनी २०२२ साल देखि झापाको बाहुनडा“गीमा आई स्थायी वसोवास गर्नथाले । बावु नरवहादुर र आमा रुपा वालिङ राईको कोखवाट ६४ वर्ष अघि जन्मिएका मोतिलाल वालिङ राई अहिले सम्म अनवरत जडीबुटीबाट हुने उपचारमा कार्यरत छन् । पुर्वपश्चिम लोकमार्गमा पर्ने मेची नगरपालिकाको ईटाभट्टाबाट आठ किलोमिटर कच्चि सडक पार गरेर बाहुनडागी वालिङटार पुगिन्छ । घरैमा आएका दैनिक दुई दर्जन धेरै विरामीलाई उनी उपचार गराउने गरेका छन् ।  उपचारकालागि भुटान, भारतको सिक्किम, दार्जिलिङ, आसाम, सिलगडी देखि नेपालको पोखरा, काठमाण्डौं, उदयपुर, संखुवासभा लगायतका स्थानबाट बिरामीहरु आउने गरेको उनले बताउ ।
उनी जंगलबाट आफैं जडीबुटी संकलन र औषधी बनाउने गर्छन् । २ सय सम्म प्रजातीका जडिबुटीको मिसाएर औषधी बनाउनेउ गरेको उनले बताए । शुल्क नतोक्ने र जति दिएको भरमा उपचार गर्छन उनी ।
५८ वर्षिया बा“झगरा धरानकी शिला लिम्बुको पा“च महिना अघि वाया“ तर्फको हात र खुट्टा नचल्ने बिराम सुरु भएपछि उनी वालिङ्कोमा उपचाररत छिन् । वालिङ्ले दिएको औषधी खाए पछि स्वास्थ्यमा सुधार आएको लिम्बूले बताईन् ।

जे.के. रोलिङ – प्रेरक व्यक्तित्व

(किताब लेखेर नै विश्वका अत्यन्त धनी महिलाको सूचिमा परेकी साहित्यकार)
जे.के रोलिङको जन्म ३१ जुलाई, १९६५ मा इंग्ल्याण्डको ब्रिस्टोल नजिकै चिपिङ सोडबरीमा भएको थियो । रोलिङ एक किशोर जादूगरको चमत्कारिक विषयमा आधारित ह्यारी पोट्टर श्रंखलाकी लेखिका हुन् उनको फुच्ची हुँदाको नाम जोआन क्याथलीन थियो । उनीभन्दा दुई वर्ष कान्छी उनकी एक बहिनी डि छिन् ।
यहाँ रोचक कुरा के छ भने रोलिङ आफूले ५÷६ वर्षदेखि नै लेख्न थालेको कुरा बताउँछिन् । उनको पहिलो कथा “खरायो” मा रोचक पात्रहरु थिए । मिस बी नामको एक ठूलो मौरी ती मध्ये एक हो ।

रालिङको आफ्ना मातापितासँगै बाल्यकालमा दुई पटक स्थान परिवर्तन गर्नुपरेको थियो । उनको आफ्नो बाल्यजीवन र आफ्ना थर कहिल्यै बिर्सिइनन् । जब उनी नौ वर्ष पुगिन् आफ्नो प्राथमिक अध्ययन शुरु गरिन् ।
जेके रोलिङ आफ्नै बारेमा भन्छिन्,
“म एक लज्जालु स्वभाव भएकी, खेलप्रति कम रुचि र सहभागिता तर साहित्यमा अत्यन्त चाख राख्ने केटी थिएँ ।”
प्राथमिक शिक्षापछि जब उनी वेडियन कम्प्रिहेन्सिभमा अध्ययन शुरु गर्न पुगिन् त्यही उनले आफ्नो उच्च शिक्षा पूरा गरिन् । र पछि एक्सेटर विश्वविद्यालयमा भर्ना भईन् । त्यहाँ उनले आफ्ना मातापिताको चाहना बमोजिम फ्रेन्च भाषा सिकिन् । उनीहरु छोरीको उज्जवल भविष्यको लागि उनको दोभाषे सेक्रेटरीको क्यारियर निर्माण गराउन चाहन्थे । तर उनले आफू दोभाषे सेक्रेटरी बन्न नसक्ने निश्चयमा पुगेको पछि थाहा पाइन् । उनलाई सेक्रेटरीको उक्त जागिर दिक्क लाग्ने र आफ्नो साहित्यिक चाखको विपरित भएको महसुस भयो ।
जब सुश्री जे.के. रोलिङ २६ वर्ष पुगिन् । तब उनी अंग्रेजी शिक्षक बन्न पोर्चुगल गइन् । धेरै पटक उनले भनेकी छिन् कि उनी दिउँसो शिक्षक पेसा गर्न रुचाउँछिन् । जसले उनलाई बिहान र बेलुका साहित्य लेखनमा प्रशस्त समय दिन्छ । र यसै बेला उनले जादूगरको एक कथा लेख्न पनि शुरु गरिन् ।
जे.के. रोलिङले एक पत्रकार जो पोर्चुगलका नागरिक थिए, उनीसँग पोर्चुगलमा बिवाह गरिन् । विवाह लगत्तै १९९३ मा उनकी छोरी जेसिकको जन्म भयो । तर छोरी जन्मिएको केही समयपछि नै उनको विवाह सम्बन्धविच्छेदमा परिणत भयो । त्यसपछि उनी उनकी बहिनी डिसँग नजिक हुन सक्थिन् । यसै बेला उनले निश्चय गरिन् कि उनले लेख्न थालेको ह्यारी पोट्टर भन्ने जादूगरको कथा उनी लेखेर सक्ने मात्र छैनन् बरु त्यसलाई जसरी पनि प्रकाशित गरेर नै छोड्ने छिन् । उनले यो कथा जहाँ गए पनि लेखिरहिन् । प्रायजसो उनले आफ्नी छोरीसँग रेस्टुरेन्ट गएको बेला ह्यारी पोट्टर लेखेकी थिइन् ।
खासगरी उनले “ह्यारी पोट्टर” मा काल्पनिक कुराहरुबाट कथालाई चाखलाग्दो बनाउन निक्कै मेहनत गरेकी थिइन् । उक्त कथा लेखेर सिध्याउनको लागि उनले आफ्नो जागिरबाट पनि केही समयको बिदा लिइन् । उनले बडो परिश्रमका साथ “ह्यारी पोट्टर”लेखेर सकेपछि उनी त्यसलाई प्रकाशन गर्न प्रकाशकहरुकहाँ धाउन थालिन् । उनको स्त्री नामबाट पुस्तक प्रकाशन गर्दा राम्ररी बिक्री हुँदैन त्यसैले अर्कै नाम लेख्न भनेर प्रकाशकहरुले भनेपछि उनले जे.के. भन्ने पुरुष वा स्त्री नछुट्टिने नाम राख्नु परेको थियो ।
कैयौँ प्रकाशकहरुबाट उनको कृति प्रकाशनका लागि स्वीकृत नभएपछि पनि उनी दृढ अठोटका साथ आफ्नो कृति छाप्ने दौडधुपमा लागिरहिन् । अन्ततः उनले उनको कृति “ह्यारी पोर्टर एण्ड द फिलोसोफर्स स्टोन” ब्रिटेनको ब्लूमस्बरी प्रकाशनलाई चार हजार अमेरिकी डलरको निश्चित रकम लिने शर्तमा बेचिदिइन् ।
उनको कृति तत्कालै प्रकाशित भएन । उनले आफ्नो र आफ्नी छोरीको आवश्यकता पूरा गर्न फ्रेन्च भाषा शिक्षकको कामलाई निरन्तरता दिइन् । केही महिना यसरी नै चलिरहेको थियो, अर्थर अ लेभिन बुक्स÷स्कोलास्टिक प्रेसले उनको पहिलो “ह्यारी पोट्टर बिक्रीको अमेरिकी अधिकार किन्यो र यस लगत्तै पुस्तक प्रकाशित ग¥यो । सेप्टेम्बर १९९८ मा संयुक्त राज्य अमेरिकामा अर्थर अ लेभिन बुक्स÷स्कोलास्टिक प्रेसले “ह्यारी पोट्टर एण्ड सोर्सरर्स स्टोन”को नामबाट किताब छापेको थियो । “ह्यारी पोट्टर” को पहिलो खण्ड प्रकाशित हुनेबित्तिकै चमत्कारिक रुपले बिक्री हुन थाल्यो । कुरा कसैले नसोचेको थियो, अर्थात् संसारभरी पुस्तकको माग भयो र लाखौँ प्रति बिक्री भयो । शिक्षिकाको दुःखी जीवन गुजारिरहेकी रोलिङ आफूले लेखेको किताबको बिक्रीबाट आएको रोयल्टीबाट रातारात धनी भइन् । त्यसपछि उनले शिक्षक जागिर छोडिन् । उनको किताबले चमत्कारिक बिक्रीको रेकर्ड कायम गरेको क्षण नै उनको जीवनको सर्वाधिक खुशीको क्षण भएको रोलिङ बताउँछिन् ।
पुस्तक अत्यन्त धेरै बिक्री भए पछि रोलिङ र उनको कृति “ह्यारी पोट्टर” लाई सम्मान र पुरस्कारको ओइरो लाग्न थाल्यो । १९९७ मा किताबले ब्रिटेनको किताब पुरस्कार “चिल्ड्रेन बुक अफ द इयर” पायो र “स्मार्टिज प्राइज”पनि प्राप्त ग¥यो ।
त्यसपछि रोलिङले दोस्रो भाग “ह्यारी पोट्टर एण्ड द च्याम्बर अफ सिक्रेट्स” लेखिन् । यो लेख्न र छाप्न दुवै कामको लागि त्यति धेरै समय लागेन । जुलाई १९९८ मा यो ब्रिटेन र जुन १९९९ मा संयुक्त राज्य अमेरिकामा यो पुस्तक छापिएर अत्याधि रुपमा बिक्री भयो । यस लगत्तै उनको अर्को किताब “ह्यारी पोट्टर एण्ड द प्रिजन र अज्कबन”जुलाई १९९९ मा ब्रिटेन र सेप्टेम्बर १९९९ मा अमेरिकामा प्रकाशित भयो ।

नेपाल आमा इमान्दार सपुत जन्माइदेऊ – दोस्रो लेख

राम प्रधान
नेपाल दुई आटा ठूला देशकोबीचमा चेपिएको एउटा भूपरिवेष्ठित मुलुक हो । पूर्व, दक्षिण र पश्चिमतिर भारत छ भने उत्तरतिर विशाल चीन छ । ती देशहरुको औकात र हैसितय एसियाको शक्तिशाली देशमा पर्दछ । नेपाल विश्वमान चित्रमा छुट्टै पहिचना बोकेको देश भए तापनि नेपालले आर्थिक हैसियत समृद्धिको बाटोमा उल्लेखनीय गति चाल्न सकेको छैन । नेपालको आर्थिक उन्नति र प्रगति भन्दा पनि राजनीतिक परिपार्टीको परिक्षण प्रयोग अरुको इसारामा चल्ने र वैदेशिक मालिकहरुलाई रिझाउँदैमा नेपालको नेताहरुको दिनचर्या बित्छ । नेपालमा राजनीतिक पण्डितहरु विदेशी प्रभूहरुलाई खुशी बनाएर मात्र सत्ता लम्ब्याउन सकिन्छ भन्ने मनोवृत्तिबाट ग्रसित छन् । नेपालको राजनीतिक परिवर्तनको बहानामा अनैतिक र अयोग्य राष्ट्रघाति व्यक्तिहरुलाई सत्तामा पु¥याउने र राष्ट्रिय अस्मिता लुट्ने भन्दा राम्रो कामहरु देशले प्राप्त गर्न सकेको छैन । वि.सं. १९९७ सालदेखि इतिहास पढ्दा र सुन्दा प्रत्येक जसो दशकहरुमा केही न केही रुपका राजनीतिक उथलपुथल  र सत्ता परिवर्तनका खेलहरु खेलिएका छन् । हरेक दशकका राजनीतिक खेलहरु छद्मभेषी ब्वाँसाहरु नयाँ रुपले गरीब जनताहरुको पक्षमा नारा लगाउनेहरुलाई गरीब दुःखी र सर्वहारा वर्गीय चरित्र बोकेका धुरन्धर क्रान्तिकारीहरुलाई जनताहरुको नेताको रुपमा स्थापित गरिएका छन् ।
तर नेपालको राजनीति इतिहासको पृष्ठभूमिहरुमा कही कतै कोही नेताले पनि इमान्दार भएर देश र जनताको लागि त्याग गरेको भेटिएन, देखिएन । जुनसुकै परिवर्तन पछि उदाएको नेताहरु अन्तत राष्ट्रघाट, जनघात र विश्वासघातमा टुङ्गिएको पाइन्छ । हरेक परिवर्तनसँगै जनताहरुको अपेक्षाहरु हुन्छ नै जनअपेक्षा, इच्छा, आवश्यकताहरु परिपूर्ति नभएको कारणले परिवर्तहरु आवश्यक ठानिन्छ । अपेक्षा के हुन्छ भने हरेकको आवश्यकता सहज र सरल होस् भन्ने आशा राखिएको हुन्छ । तथापि हरेक आवश्यकताको पूर्तिहरु असहज, जटिल, कठिन बनाउँदै लगिन्छ । आज देशभरी नै ग्यासको आपूर्तिलाई हेर्ने हो भने वर्तमन सरकारले जनताहरुलाई सास्ती दिने काममा डिस्टिङ्ग्सन नै प्राप्त गरेको छ । नेपाली जनताहरु जहिले पनि अनैतिक नेताहरुको केवल सत्ता चढ्ने सिडीमात्र बनेका छन् । ग्यास, पेट्रोलियम पदार्थहरुको आकाश छुने गरी मूल्य वृद्धि गरे पछि त वस्तु सहज ढङ्गले प्राप्त गर्न सकिनु पथ्र्यो । विगतका राजनीतिक प्रणाली र त्यसको प्रतिनिधित्व गर्ने राजनेताहरुको कुकर्म, कसंस्कार, कुधर्मको कारणले यो अवस्था आएको हो । नयाँ नेपाल, सुन्दर नेपाल, सक्षम नेपाल, समृद्ध नेपाल र विकसित नेपाल बन्छ भन्ने आशा, अपेक्षा र विश्वासहरु हावाजस्तै उडेर गयो । जुन नेताहरुले नेपाल निर्माणको लागि अथक त्याग गर्लान भन्ने विश्वास गरिएको व्यक्ति नै क्रमशः सबभन्दा नालायक बन्दैछन् । सत्ता बाहिर बस्दा जनपक्षीय र क्रान्तिकारी बन्ने सत्तामा पुगेपछि भ्रष्ट, कमिसन खोर, अनैतिक बनेर राष्ट्र र जनताप्रतिको काम कर्तव्य र जिम्मेवारीहरुबाट पन्छिदै जनताहरु राष्ट्रलाई धोका दिने नेपाली राजनेताहरुको राजनीतिक संस्कार र परम्परा नै हो । वर्तमानले विगतलाई बिर्साउँछ । सत्तामा पुगेपछि प्रधानमन्त्रीले मात्र होइन । असाध्यै पिडीत एउटा व्यक्ति “पिए” को मात्र झोला बोक्न पाए भने मात्र पनि हिजोको पीडा बिर्सन्छ । वर्तमान र सरकारले ग्यास जस्तो अत्यावश्यक वस्तु समेत बढेको मूल्यमा पनि उपलब्ध गर्न, गराउन नसक्ने व्यक्तिहरुको अगुवाईमा अरु राम्रो काम के गर्न सक्छ ? नयाँ नेपाल बनाउने नारा घन्काउने नेताहरुको क्रियाकलाप र नैतिकताहरु यस्तै हुन्छ ?
२ वर्ष भित्र संविधान निर्माण गर्छौँ भनेर जनताहरु र राष्ट्रसँग कवोल गरेका नेताहरुले ४ वर्ष बितिसक्दा पनि संविधान बनेन । यदि संविधान बनाउनेछन् राजनीतिक पार्टी र तिनका नेताहरुले भन्ने विश्वास छैन । यदि संविधान बनाई हाले पनि जनअपेक्षा अनुसारको संविधान बनाउँदैन । यति मात्र होइन संविधान नबनीकन नै नेताहरुको क्रियाकलाप, कर्म, धर्म, संस्कार, संस्कृति र नैतिकताहरु देखि सकियो ती नेताहरुको नेतृत्वमा देश कति बन्छ भन्ने कार्यक्षमता र उनीहरुको इच्छाशक्ति कति रहेछ भन्ने सबै नेपाली जनताहरुलाई अवगत भइसकेको छ । संविधान नबनिकन नै नेपालका राजनेताहरुको मूल्य मान्यता, चरित्र, नैतिकता र विश्वास खरानी भइसकेको छ भने संविधान निर्माण पछिका दिनहरुमा पवित्र, इमान्दार छवि बनाएका नेता खोइ ? अहिले सम्मका प्राय सबै नेताहरुको कार्य क्षमता, छवि, चरित्र, नैतिकता व्यवहार र इच्छाशक्ति देखिसकियो, भोगि सकियो । नेपालको राजनीतिक पृष्ठभूमिमा भ्रष्ट र नैतिकहीनहरुको हालीमुहाली भएको कारणले देशले आशातीत प्राप्ति हासिल गर्न सकेन । देशले आशातीत प्रगतिहरु हासिल गर्न नसकेको कारणले बारम्बार परिवर्तनहरु आवश्यकता परिरहने छ । देशको आर्थिक, सामाजिक, भौतिक विकास हुन नसकेको हो । जबसम्म देशले एउटा इमान्दार व्यक्ति देशले प्राप्त गर्न सक्दैन । तबसम्म नेपाल र नेपालीहरुको दूर्गति यस्तै रहने छ । राज्य सत्तामा लुछाचुँडी चलिरहने छ । भ्रष्टहरुको संख्या, कमिसनखोरहरुको संख्या, आर्थिक अपराधीहरुको संख्या, चरित्रहीनहरुको संख्या, नैतिकवानहरुको संख्या बढीरहने छ । देशको आर्थिक उन्नति, प्रगति लगायत चौतर्फी विकासमा आशातीत रुपले वृद्धि हुन सक्दैन । यीनै चरित्र बोकेका नेताहरुबाट केवल परिवर्तनको नाममा नेपाली जनताहरुको रगत पसिना र राष्ट्रिय अस्मिता मात्र चुस्ने काम भइरहेको छ ।
सायद नेपाल आमाले एउटा इमान्दार सपुत जन्माएको थियो भने आज नेपाली आमाको सन्तानको रुपमा बजार बिक्रीको लागि राखिएको वस्तुहरु जस्तो आफै बिक्री हुने मेनपावरको दलालहरुलाई गुहार्नु पर्ने थिएन । उर्जाशील युवाशक्तिहरुको रगत र पसिना अरुको देशमा बगाएर दीर्घकालीन सम्म प्राप्त हुने उपलब्धीहरु गुमाउनुपर्ने थिएन । नेपालको युवाहरु र प्रविधिको जनशक्तिहरुले रगत पसिना र स्वदेशमा नै बगाउने वातावरण भएको भए त्यसको प्रतिफल हाम्रा सन्तानहरुले प्राप्त गर्न सक्दथे । नेपालको राजनीतिक संस्कारको परिपाटी गलत भएको कारणले इमान्दार, नैतिकवान, स्वच्छ छवी भएको जनताहरुको नेता–राजनेता बन्नु भन्दा पनि भ्रष्ट, अनैतिक, आर्थिक अपराध गर्न सकिन्छ । त्यति नै धेरै राजनीतिक क्षेत्रमा पनि अपराधीकरण गरेर राजनीतिक सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यताहरु विकसित भएको छ । अहिले सम्मका व्यवहार, कर्म, चरित्र, नैतिकता र परिवर्तनहरुले प्रमाणित गरेको छ । नेपाल र नेपाली जनताहरुले इमान्दार राजनीतिज्ञ प्राप्त गर्न सकेको छैन । अझै नेपाली जनताहरुले रगत पसिना र धेरै सन्तानहरुले त्याग र बलिदान गर्न बाँकी छैन भन्ने कुरा आजको राजनीतिक व्यवहारले देखाएको छ । हो नेपाल आमा अब देश हाँक्ने एउटा इमान्दार सपुत जन्माइदेऊ । जसको नेतृत्वमा देश बनोस् । हाम्रा भावी सन्तानहरु हाम्रो जस्तो दूगर्ति र अभावहरु भोग्नु नपरोस् ।

संघीयता सामथ्र्य र पहिचानसहितको – पहिलो लेख

परशुराम तामाङ
संविधानसभा, राज्यको पुनःसंरचना तथा राज्यशक्तिको बा“डफा“ट समितिको प्रतिवेदन आएदेखि नै जातीय राज्यका नाममा प्रतिवेदनको विरोध हुन थालेको हो । नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख नेताहरु समितिको प्रतिवेदनमाथि छलफल गा्रेर कमजोरी हटाउनेतर्फ भन्दा राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगको गठनतिर लागे । समितिले प्रतिवेदन बुझाएको करिब २२ महिनापछि उच्चस्तरीय आयोग गठन भयो । संविधानसभाका ठूला दलहरु एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाको सहमति र सहभागितामा र उनीहरुले नै दिएको कार्यादेशमा आयोगको प्रतिवेदन बन्यो । आयोगले प्रतिवेदन बुझाउनुअघि नै नेका“ र एमालेका प्रमुख नेताका तर्फबाट त्यसको विरोध शुरु भयो । माओवादीलगायतका दलले पनि प्रतिवेदनमाथि स्वामित्व लिएनन् । आयोग गठन नभए र उसको प्रतिवेदन नआएसम्म गा“स अड्किन्छ जस्तो गर्ने दलहरु नै प्रतिवेदन तुहाउन लाग्नु आश्चर्यजनक छ । आÏनै कार्यादेशमा आफैंले मनोनीत गा्रेका विज्ञहरुले तयार गा्रेको प्रतिवेदनप्रति नेताहरुको कुनै नैतिक दायित्व छैन ?
यहा“ आग्रह पूर्वाग्ँ्रह होइन, आवश्यकता हो आयोगद्वारा तयार पारिएको प्रतिवेदनको आधार र परिण्ाँमको तर्कसम्मत र वैज्ञानिक परीÔण्ँ । यो सर्वविदितै छ कि संविधानसभा, राज्यको पुनःसंरचना तथा राज्यशक्तिको बा“डफा“ट समितिले सर्वसम्मतिबाट पहिचान र सामथ्र्यलाई राज्य पुनःसंरचनाको आधार मानेको थियो । त्यही आधारमा समितिले १४ प्रदेशसहितको संघको प्रस्ताव ग¥यो । सो समितिमा संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागितामा रहेको थियो । त्यसैलाई नेपाल सरकारले राज्यपुनःसंरचना सुझाव उच्चस्तरीय आयोग २०६८ लाई कार्यादेश दि“दा प्रमुख आधार बनाएको थियो । कार्यादेशमा भनिएको छ, आयोगले नेपालको अन्तरिम संविधान, २०६३ को १३८ को व्यवस्था, संविधानसभाका छलफलमा उठेका विÈय, संविधानसभा, राज्य पुनःसंरचना तथा राज्यशक्तिको बा“डफाट समितिको प्रतिवेदन र सो सम्बन्धी सबै विचारको अपेÔा र पहिचान र सामथ्र्यका आधारमा सुझाव तयार गरी नेपाल सरकारलाई बुझाउनुपर्नेछ । आयोगले १४ प्रदेशलाई घटाएर १० भौगोलिक प्रदेश र एक गैरभौगोलिक प्रदेशसहित संघको प्रस्ताव गरेको छ । यहा“ आग्ँ्रहपूर्वाग्ँ्रह वा आरोपप्रत्यारोपमा जानुभन्दा पनि तर्कसम्मत र वैज्ञानिक निष्कर्Èमा मुलुक पुग्नु जरुरी छ ।
राज्य पुनःसंरचनासम्बन्धी प्रस्ताव
राज्यको पुनःसंरचना तथा राज्यशक्तिको बा“डफा“ड समितिबाट १४ प्रदेशको प्रस्ताव भयो । यहा“ प्रदेश भन्नाले भारतमा राज्य, अमेरिकामा राज्य, स्वीटजरल्यान्डमा क्यानटोन, रुसी महासंघमा प्रान्त, जर्मनीमा ल्यान्डर भनेजस्तै संघीय एकाइ बुझ्नुपर्दछ । प्रस्तावित १४ प्रदेशलाई तीन समूहमा राख्न सकिन्छ ः (१) आदिवासी जनजातिको जातीय पहिचानकेन्द्रीत आठ प्रदेश ः लिम्बुवान, किरात, शेर्पा, ताम्सालिङ, नेवा, तमुवान, मगरात र जडान, (२) जाति, भाÈा र Ôेत्रको सम्मिश्रित पहिचानमा बनाइएका दुई प्रदेश ः मिथिला–भोजपुरा–कोच मधेस (मधेस) र लुम्बिनी–अवध–थरुवान (थारुवान) र (३) खस हिन्दु आर्यजात समूहको बाहुल्य मा निर्मित चार प्रदेश ः सुनकोसी, नारायण्ँी, कणर््ाँली र खप्तड । उक्त प्रस्ताव ४३ सदस्यीय समितिमा बहुमतद्वारा निणर््ँय भएको थियो ।
सो प्रस्तावअनुसार प्रदेशहरुमध्ये मधेस प्रदेशमा नेपालको कुल जनसंख्याको (२९.५), थारुवानमा (१६.३), मगरातमा (८.३), नारायण्ँीमा (७.८), नेवामा (७.५), ताम्सालिङमा (६.०), खप्तडमा (४.८), कणर््ाँलीमा (५.३), लिम्बूवानमा (३.९), किरातमा (३.६), सुनकोसीमा (३.१), तमुवानमा (२.५), शेर्पामा (०.४), जडानमा (०.२ प्रतिशत) मानिस बसोबास गर्दछन् । यी प्रदेशबीच जनसंख्याको ठूलो खाडल छ जसमा मधेसको ६७ लाख र जडानको ४९ हजार मात्र जनसंख्या छ । यी प्रदेश–प्रदेशबीचमा देखिएको जनसंख्याको ठूलो खाडललाई आयोगद्वारा प्रस्तावित १० प्रदेशले केही हदसम्म घटाएको छ । प्रदेशको निर्धारण्ँका लागि राज्य पुनःसंरचना समितिद्वारा सर्वसम्मत ढङ्गले दुई किसिमका आधार निर्धारण्ँ गरिएको थियो । पहिचान, र सामथ्र्य ।
आधार र परिण्ाँमको मूल्याङ्कन ः
पहिचान ः पहिचान अन्तर्गत पा“चवटा आधार छन् ः जातीय÷समुदाय झुण्ड, भाÈिक झुण्ड, सांस्कृतिक झुण्ड, जाति÷समुदायको भौगोलिक÷Ôेत्रगत निरन्तरता, एवम् ऐतिहासिक निरन्तरता । यी पा“च आधारको उद्देश्य मानवीय झुण्डका आधारमा संघीयताका लागि Ôेत्रीय एकाइको निरुपण्ँ गर्नु थियो । यसमा जातिको ऐतिहासिक–सांस्कृतिक भूगोल र संघीय प्रशासनिक एकाइ (भूगोल) का बीच समानता हुन्छ । यही आधारलाई राज्य पुनःसंरचना आयोगले पनि संघीय एकाइ निर्धारण्ँको आधार मानेको छ ।
प्रस्तावित सुनकोसी र नारायण्ँी प्रदेशले उक्त जातीय÷समुदाय झुण्ड, भाÈिक झुण्ड, सांस्कृतिक झुण्ड, जाति÷समुदायको भौगोलिक÷Ôेत्रगत निरन्तरता एवम् ऐतिहासिक निरन्तरताजस्ता पहिचानको कुनै आधार पूरा गर्दैन । यी प्रदेश कुनै पनि राजनीतिक आन्दोलनले माग गरेका थिएनन् । अन्तरिम संविधानको धारा १३८ (१.क) मा मधेसीलगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य Ôेत्रका जनताको स्वायत्त प्रदेशको चाहना पूरा गरी नेपाल संघीय लोकतान्त्रिक गण्ँतन्त्र हुनेछ भन्ने प्रावधान छ । मधेसीलगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य Ôेत्रका जनताको स्वायत्त प्रदेशको चाहना भनेको जातीय तथा Ôेत्रीय स्वायत्त शासन नै हो । अन्तरिम संविधानको भावना अनुसार यही नै संघीयताको आधार हो भन्ने कुरामा कुनै सन्देह छैन । यसका अतिरिक्त विभिन्न समयमा नेपाल सरकार र विभिन्न दल÷संघसंस्थाबीचका मधेस, लिम्बुवान, किरात, ताम्सालिङ, थरुहट प्रदेश बनाउने सहमति, सम्झौता भएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनी मापदण्ड खासगरी आदिवासी जातिको अधिकारसम्बन्धी घोÈण्ाँपत्र, आदिवासी तथा जनजातिसम्बन्धी महासन्धिअनुरुप आदिवासी जातिलाई आत्मनिणर््ँयको अधिकार हुन्छ र सो अधिकारको अभ्यास गर्दा आन्तरिक र स्थानीय मामिलामा स्वशासन र स्वायत्तता हुन्छ भन्ने कानुनी आधारमा स्वशासन र स्वायत्तता प्राप्त गर्नु नेपालका आदिवासी जातिको अधिकार हुन्छ । स्वशासन र स्वायत्तता आदिवासी जातिको अधिकारको कुरा हो, कसैको दया, माया वा निगाहको विÈय होइन । सिद्धान्ततः मगर, गुरुङ र तामाङ्को ऐतिहासिक Ôेत्रमा नारायण्ँी प्रदेश र तामाङ्को ऐतिहासिक भूगोलमा सुनकोसी प्रदेशको प्रस्ताव गलत छ । सो पृष्ठभूमिमा राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगद्वारा प्रस्तावित नारायण्ँी प्रदेशबाहेक अरु सबै प्रदेशले पहिचानको आधार पूरा गरेका छन् । अर्कोतिर संविधानसभा सम्बद्ध समितिको अल्पमतको छ प्रदेशमा कणर््ाँली, गण्डकी, सगरमाथा, श्रीजङ्गा, लुम्बिनी भावर र सिम्रौनगढ–जनकपुर छन् । त्योभन्दा आयोगको अल्पमत कुनै रुपमा फरक छैन । यी दुवै अल्पमतका छ प्रदेशले पहिचानको कुनै पनि आधार पूरा गर्दैनन् ।
सामथ्र्य ः समितिले सामथ्र्य अन्तर्गत चार आधार तय गरेको थियो । ती हुन् ः आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक साधन र स्रोतको उपलब्धता र प्रशासनिक सुगमता । यी आधारलाई Ôेत्रफल, जनसंख्या, कृÈिमा जनघनत्व, खाद्यान्न स्थिति (वचत वा घाटा), गरीबी, कुल गार्हस्थ उत्पादन, राजस्व, सडक, जलविद्युत्, मानव विकास सूचकाङ्क, नगरपालिका (आर्थिक गतिविधि), वित्तीय संस्था, संयुक्त लगानी सञ्चालित उद्योग, व्यापारिक केन्द्र (अन्तर्राष्ट्रिय) इत्यादि मुख्यमुख्य आर्थिक Ôेत्रमा विभाजन गर्न सकिन्छ । यी विभिन्न आर्थिक तथा भौतिक विकासका Ôेत्रका सूचकाङ्कलाई थोरैबाट धेरै अर्थात् सानोबाट ठूलो अङ्कका क्रममा मिलाएर हेर्दा समितिद्वारा प्रस्तावित यी १४ प्रदेशमा विद्यमान सामथ्र्यको स्थिति आ“कलन गर्न सकिन्छ ।
उक्त विश्लेÈण्ँका आधारमा सामथ्र्यका दृष्टिले नारायण्ँी पहिलो, मधेस दोस्रो र थारुवान तेस्रो क्रममा देखिन्छ । नेवा चौथो, ताम्सालिङ पा“चौं, मगरात छैटौं, लिम्बुवान सातौं, तमुवान आठौं, किरात नवौं क्रममा छन् । सुनकोसी, शेर्पा, खप्तड र जडान अन्तिम एघारौ“देखि चौधौं क्रममा रहेका छन् । सामथ्र्यका दृष्टिले प्रस्तावित सुनकोसी, शेर्पा, खप्तड र जडान कमजोर प्रदेश हुन् । यो आर्थिक तथा भौतिक स्थितिको तुलनात्मक अध्ययनले पहिले कुरा, हिमाल, पहाड र तराई मिलाएर मात्र सामथ्र्य हुन्छ भन्ने सत्य होइन र दोस्रो, पहिचानसहितको प्रदेशमा पनि सामथ्र्य हुन्छ भन्ने प्रस्ट पार्दछ । राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगद्वारा प्रस्तावित १० प्रदेशले सामथ्र्यका सबै आधार पूरा गर्दछ । यसरी आवश्यक जनसंख्या नपुगेको, पहिचान भएर सामथ्र्यहीन तथा सामथ्र्य भएर पनि पहिचान नभएको प्रदेशलाई हटाएर अन्य प्रदेशस“ग मिलाउ“दा सबै प्रदेशले पहिचान र सामथ्र्यको आधार पूरा गर्दछन् । यो विश्लेÈण्ँबाट राज्य पुनःसंरचना आयोगद्वारा प्रस्तावित लिम्बुवान, किरात, ताम्सालिङ, नेवा, मगरात, तमुवान, मधेस–अवध–थरुहट, मधेस–मिथिला–भोजपुरा, खप्तड–कणर््ाँली नौ प्रदेशले दुवै आधार पूरा गरेको देखिन्छ ।
यस विश्लेÈण्ँको आलोकमा राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सकारात्मक छ । यसले राज्य पुनःसंरचना समितिको प्रदेश निर्माण्ँमा भएको कमजोरीलाई धेरै हदसम्म हटाएको छ । मधेस–अवध–थरुहट प्रदेशमा थारु समुदायको बाहुल्य रहेको छ । यो प्रदेशको नाम थरुहट राख्नु उचित हुनेछ । मधेस–मिथिला–भोजपुरा प्रदेशमा मधेसी÷मैथिली भाÈाको बाहुल्य छ । यो प्रदेशको नाम मधेस÷मिथिला राख्न सकिन्छ । खप्तड–कण्ँरली प्रदेशमा खसआर्यको बहुमत छ । यो प्रदेशको नाम खस प्रदेश वा खसान राख्नु उचित हुनेछ । यसरी सामथ्र्यसहितको पहिचानलाई आधार मानेर हाललाई संघीय एकाइको निर्धारण्ँ गर्नु व्यावहारिक हुन्छ । जुन प्रदेशस“ग हाल सामथ्र्य छैन तर सम्भावना छ भने त्यसलाई भविष्यमा पनि प्रदेशका स्तरमा विकास गर्न सकिन्छ । नाइजेरियामा तीन वटाबाट ३२, संयुक्त राज्य अमेरिकामा १३ वटाबाट ५०, भारतमा १४ वटाबाट २८ राज्य बनेका छन् । यसको शिÔा भनेको बहुजातीय समाजमा संघीय प्रदेश निर्माण्ँमा लचिलो नीति र लोकतान्त्रिक पद्धति अपनाउनु आवश्यक हुन्छ । यो नै संघीयताको सुन्दरता हो ।
अहिले सामथ्र्य र पहिचानसहितको थोरै प्रदेश निर्माण्ँ गर्नु आत्मनिष्ठ र वस्तुनिष्ठ दुवै दृष्टिले उचित र व्यावहारिक छ । सिमाना समायोजनको कुरामा नारायण्ँीको नारायण्ँी नदीपूर्वको भाग ताम्सालिङमा, नारायण्ँीपश्चिमको उत्तरी भाग तमुवानमा र दÔिण्ँीभाग मगरातमा मिलाउनु सही हुनेछ । जातीय, सांस्कृतिक र भौगोलिक दृष्टिले मधेस÷मिथिलामा परेको चितवनको दÔिण्ँी भागलाई ताम्सालिङ र धरानलाई किरात वा लिम्बूवानमा मिलान गर्नुपर्दछ । सानातिना सीमा विवादका सम्बन्धमा पछि प्रदेश–प्रदेशका बीच छलफल र संवादमार्फत पनि हल गर्न सकिन्छ । त्यो प्रक्रियाबाट हल नभएमा जाति÷समुदायको आत्मनिणर््ँयको अधिकारको आधारमा स्थानीय रुपमा जनमतसंग्रह गरी निणर््ँयमा पुग्न सकिन्छ । सामथ्र्यमा मात्र जोड दिएर राज्यले पहिचानका आधारमा गरेको जातीय, भाÈिक, सांस्कृतिक, राजनीतिक, Ôेत्रीय विभेदलाई सम्बोधन गर्न भुल्यौं भने समृद्धि हासिल गरेर मात्र द्वन्द्व र विद्रोहबाट मुक्ति पाइ“दैन । मानवीय समस्यालाई केन्द्रमा राखेर नगरिएको संघीय ढा“चा शान्ति र समृद्धिको कारक होइन, द्वन्द्व र विभाजनको साधन बन्न सक्छ । तसर्थ सामथ्र्य र पहिचानसहितको नौ प्रदेशको संघ निर्माण्ँ नै सबैभन्दा उचित निणर््ँय हुन्छ र यो बाटोे हिंड्नु समयको माग र ऐतिहासिक आवश्यकता हो ।

दमकको नौलो परिचय ? – लाईन क्रस

प्रकाश आङ्देम्बे
स्वामी आनन्द अरुणद्वारा शब्द, विषय संकलित कृति सन्त दर्शनमा एउटा कथा पढन पाइन्छ । त्यो कथामा उल्लेख छ कि, ः हज्जारौँ वर्ष पहिले बिहारको नालान्द विश्वविधालय संसारमा प्रशिद्ध थियो रे । हालको एसिया आसपासका स्थानहरुमा चर्चा नपाउने कुरा भएन । बुद्दत्व सम्बन्धी ज्ञान लिनका लागि तिब्बतवाट एक धार्मिक गुरु पनि नालान्द विश्वविधालयमा आएका थिए रे । ज्ञान हासिल गरेपछि धेरै वर्ष त्यही विश्वविधालयमा अध्य्यन र अध्यापन गराएछन् ती धार्मिक गुरुले । अन्तत यहाँका ज्ञान आफ्नो जन्मभूमि तिब्बतमा लगेर बाँड्ने सोंच बनाएछन् । उनको सुन्दर कुरा सुनेर तिब्बतवाट पढ्न आएका अन्य नब भिक्षुहरुले पनि उनलाई साथ दिने भएछन् । योजना अनुशार उनीहरुले अत्यन्तै ज्ञानवर्दक पुस्तकहरु भेला पारेछन् र तिब्बत फर्किने भएछन् । त्यसपछि ती गुरु लगायत अन्य तीनजना भिक्षुहरु काठको ठूलो जहाँज तयार पारेर समुन्द्रको वाटो भएर आफ्नो गाउँ फर्केछन् । समुन्द्रको वाटो पन्ध्र दिन लाग्ने रहेछ । भिक्षुहरु आफ्नो गाउँ, ठाउँमा ज्ञान बाँडन पाइने कुराले हर्षित थिएछन् । भोलि विहान जहाज गाउँ पुग्ने थियो तर साँझ ठूलो आँधीहुरी आएछ सागरमा । पानीको छालले जहाजमा समस्या भएछ । माझीले मुल भिक्षुलाई भनेछ “यी गह्रौँ पुस्तकहरु फाल्नु पर्याे नत्र जहाज डुब्न सक्छ ।” मुल भिक्षुले पनि सवैको ज्यानको सवाल ठानेर बहुमुल्य ठूला पुस्तकहरु फाल्ने निर्णण गरेछन् । यो देखेर अन्य भिक्षुहरुले मुल भिक्षुलाई विनम्रसँग अनुरोध गरेर भनेछन् “गुरु यी पुस्तकहरु एकदमै वहुमुल्य छन् । ज्ञानका भण्डार छन् । हामीले यहाँसम्म ल्याइसक्यौँ । भोलि विहान त यो गाउँमा पुगिहाल्छ । यदी यो पुस्तक गाउँमा पुग्यो भने सारा गाउँमा हामी भन्दा ठूला हज्जारौ ज्ञानीहरु जन्मनेछन् तसर्थ तँपाइले यो पुस्तक फाल्नु हुँदैन ।” यत्ति भनेर मुलभिक्षुसँग हिडेका अन्य तीन भिक्षुले आँधी उर्लिएको समुन्द्रमा हाम फालेछन् ।
    प्रस्तुत प्रसँग ज्ञान कति महान हुन्छ ? पुस्तक कति महत्वपूर्ण हुन्छ ? भन्ने प्रसँगको लागि हो । ती भिक्षुहरुले आफ्नो गाउँमा ज्ञान बाँड्नका लागि आफ्नो प्राणको आहुती दिए । दमकमा पढ्ने घर निर्माणका लागि अहिले युवा साथीहरु जुटेका छन् । लागि परिहेका छन् । यही २८ र २९ गते दमक रेडक्रस सोसाइटी हलमा नाटक मञ्चन गर्दैछन् । यसको सहयोगार्थ मैले पनि आफुले सकेजति सहयोग गरिरहकोछु । गरिरहनेछु । त्यही यात्रामा विश्वमा चलेको नविन शैलीको नाटक बेरँग रँगहरु मञ्चन हुँदैछ । तँपाइलाई आफ्नो गाउँ, आफ्नो ठाउँ, कला, साहित्य, सृजना र समाजप्रतिको प्रेम छ भने यो यात्रामा समाहित हुनुहोस भन्ने अनुरोध गर्दछु । कला, साहित्य हरेक स्थानको प्राण हो । भौतिक रुपमा बाटो, महल ठूलो बनिएर मात्र हुँदैन । बिचार र सोंचाइ पनि महान बनिन अनिवार्य छ । तँपाइ हामीले सृजनात्मक यात्रामा थप चासो देखायौँ र लागि पर्यौ भने दमकलाई वेश्यावृत्ति र भट्टीको परिचयबाट सुन्दर र सृजनशिल शहरको रुपमा चिनाउन सक्नेछौँ ।