भित्ते पत्रिका तालिम सम्पन्न

दमक, माघ २९/ सवाल नेपाल झापाको आयोजना तथा शान्ति कार्य समूह झापाको सहयोगमा दुई दिने भित्ते पत्रिका लेखन सम्बन्धी अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
दमक क्षेत्रका विभिन्न ५ सामुदायिक विद्यालयका २१ जना छात्र-छात्रा सहभागी कार्यक्रममा भित्तेपत्रिका तयारी गर्ने बारे सहजिकरण गरिएको आयोजक संस्थाका महासचिव भक्त श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पत्रकार कमन देवानले सहजिकरण गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment