पर्यटन प्रवद्र्धनका लागि समिति

चुलाचुली, चैत ११ /चुलाचुली–९ स्थित शिखरकटेरी तथा अन्धाराजा दरबार क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले शिखरकटेरी अन्धाराजा ऐतिहासिक धार्मिक, पर्यटकीय क्षेत्र संरक्षण तथा विकास समिति सार्वजनिक गरिएको छ ।

समितिको आयोजना तथा पत्रकार मञ्च दमकका संयोजनमा शुक्रबार शिखरकटेरीमा आयोजित अन्तत्र्रिmयामा समिति तथा सल्लाहकार समिति सार्वजनिक गरिएको हो । संरक्षण तथा विकास समितिको अध्यक्षमा कमलप्रसाद भण्डारी, उपाध्यक्ष अमर राई, सचिव रामनाथ अचार्य, सह–सचिव रामचन्द्र भण्डारी र कोषाध्यक्षमा प्रकाश घिमिरे रहेका छन् । समितिका सदस्यहरुमा बुद्धिमान राई, बिष्णु राई, राजु मगर, ईन्द्रमायाँ दर्जी, तुलसा मगर, ललिता केसी लगायत रहेका छन् ।
यस्तै समितिका सल्लाहकारहरुमा पत्रकारहरु गञ्जबहादुर दाहाल, दिपेन वाला राई, डिकेश लामा तथा सङ्गीतकर्मी विशाल राई रहेका छन् । अन्तत्र्रिmयामा चुलाचुली गाविसका निवर्तमान गाविस अध्यक्ष ओमनारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पाखरेल लगायतले धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न सके स्थानीयबासीको आर्थिकस्तरमा समेत सुधार आउन सक्ने बताएका थिए ।
धार्मिक तथा ऐतिहासिक महत्व तथा पर्यटन प्रवद्र्धनको सम्भाव्यता भएर पनि शिखरकटेरी तथा अन्धाराजा दरवार क्षेत्र ओझेलमा परेको स्थानीय कञ्चन्जंघा सामुदायिक वनका अध्यक्ष नविनकुमार राईले बताए ।

0 प्रतिकृया:

Post a Comment