प्रतिवेदनमाथि आइतबार छलफल हुने – उपमुख्य समाचार

काठमाडौ÷राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक यही १२ गते आइतबार बस्ने भएको छ ।
संविधानसभा सचिवालयले बुधबार एक सूचना प्रकाशित गरी १२ गते दिउँसो ३ बजेका लागि संविधानसभाको बैठक आह्वान गरिएको जनाएको छ । बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आयोगको प्रतिवेदनबारे जानकारी गराउने र सोमबारदेखि प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ।
त्यसअघि संविधानसभा अध्यक्ष नेम्वाङले शुक्रबार संविधानसभाको राज्यपुनर्संरचना समितिका सदस्यहरुसँग परामर्श गर्ने कार्यक्रम रहेको छ । आयोगले प्रतिवेदन बुझाएको झण्डै दुइ महिनापछि संविधानसभामा छलफल हुन लागेको हो ।
संविधानसभा नियमावलीमा सहमति जुट्न नसक्दा आयोगको प्रतिवेदनमाथि छलफलमा ढिलाइ भएको थियो । आयोगको प्रतिवेदन प्रधानमन्त्री बाबुराम भट्टराईले माघ १९ गते संविधानसभाका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment