पाँच जनालाई ह्वील चियर

दमक, चैत ११ /लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले शुक्रबार पाँच जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरेको छ ।
दमकस्थित होटल गेटवेमा आयोजित कार्यक्रममा तोपागछीका डिल्लीप्रसाद
खतिवडा, देवीप्रसाद चापागाँई, अर्जुन काफ्ले, निरकुमार श्रेष्ठ र सन्दिप श्रेष्ठलाई ति ह्वील चियर प्रदान गरिएको हो । क्लबका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णभक्त सुवेदी प्रमुख अतिथि रहेका थिए ।
सचिव नेत्र चौलागाँईले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु तिर्थनारायण श्रेष्ठ, पदम क्षेत्री लगायतले बोलेका थिए । यस अघि क्लबले २ जनाको मोतिया बिन्दूको निःशुल्क शल्यक्रिया तथा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

0 प्रतिकृया:

Post a Comment