महसुल नतिर्ने ग्राहक कालोसूचिमा

दमक, चैत्र ९/लामो समयसम्म विद्युत महसुल नबुझाउने झण्डै अढाई सय ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले कालोसुचीमा राखेको छ ।
६ महिना भन्दा लामो समयसम्म महसुल नबुझाउने २ सय ४६ ग्राहकलाई कालोसुचीमा राखिएको कार्यालयले जनाएको छ । वितरण केन्द्रका प्रमुख सन्तोशकुमार जैसवालका अनुसार ति मध्ये ४ जना ग्राहकले भने जरिवाना र महसुल तिरेर पुन ः लाईन जोडेका छन् । उनका अनुसार ति ग्राहकबाट महसुल र जरिवाना गरी ९५ हजार ४ सय ९ रुपैयाँ संकलन भएको छ ।
दमक बितरण केन्द्रमा हाल महसुल बक्यौता ५ करोड रुपैयाँ रहेको जनाइएको छ । सो मध्ये माओवादी लडाकुको पहिलो डिभिजनले ३५ लाख रुपैयाँ तिर्न बाँकी रहेको जैसवालले बताए ।

0 प्रतिकृया:

Post a Comment