आलु खेती किसानले बुझाए ज्ञापन पत्र

लखनपुर, चैत्र १६/लखनपुर–१ गुहेश्वरी मा दादे रोगका कारण बिज बृद्धिका लागि गरिएको आलुखेती असफल भएपछि चरणबद्ध आन्दोलन गर्दै आएका किसानहरुले बुधबार जिल्लाका बिभिन्न निकायमा ज्ञापन पत्र बुझाएका छन् ।
आलु विजबृद्धिको अगुवाई गरेको स्थानीय लगनशिल कृषि सहकारी संस्थाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ र शान्ति समितिमा किसानहरु क्षतिपूर्तिको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
दोश्रो चरणको आन्दोलन अन्तर्गत सरोकारवाला निकाय तथा कार्यालयहरुमा ज्ञापन पत्र बुझाइएको सहकारी संस्थाका अध्यक्ष डम्बर निरौलाले बताए । सो क्रममा सरकारी निकाय आलुबाली विकास कार्यक्रम खुमलटारबाट ल्याईएको बिउ रोपे पनि साढे ५ लाख क्षति भएकाले क्षतिपूर्ति उपलब्ध
गराईनुपर्ने किसानहरुले माग राखेका थिए । ज्ञापन पत्र बुझाउन सहकारी संस्था तथा आलु रोप्ने स्थानीय लगनशील र नमुना कृषक समूहका प्रतिनिधिहरु सहभागी थिए ।
१५ दिन भित्रमा पनि आफूहरुको माग सुनुवाई नभए तेश्रो चरणको आन्दोलन गरिने किसानहरुले चेतावनी दिएका छन्  । आन्दोलनको स्वरुप भने पछि नै निर्धारण गरिने अध्यक्ष निरौलाले बताए ।

0 प्रतिकृया:

Post a Comment