एकता प्रक्रियामा असन्तुष्टी

दमक, चैत्र १६/एकता प्रक्रियामा असन्तुष्टी लिम्बुवानजन्य चार संगठनबीच मंगलबार भएको एकता प्रक्रियाप्रति एक समूहले आपत्ति जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्को एक समूहले असहमति जनाएको हो ।
परिषद्का सदस्य तथा संघीय भोलेन्टीयर्स फोर्सका डेपुटी कमाण्डर डिल्ली मिभक, अर्थसचिव गजेन्द्र लावती सहितको समूहले बुधबार झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी अन्तर्गतको एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्का अध्यक्ष राजकुमार नाल्बोले पार्टीको निर्णय बिना नै अन्य पार्टीहरुमा गएर अस्तित्व बिलय गर्न खोजेको आरोप लगाए । उनीहरुले परिषद्को केन्द्रीय समितिका बहुमत पदाधिकारी एवम् सदस्यहरुसँग छलफल नै नगरी अध्यक्ष नाल्बोले एकता गरेको आरोप लगाए ।  उनीहरुले ७ दिन भित्र केन्द्रीय समितिको बैठकबाट पार्टी अध्यक्षले प्रक्रिया नपु¥याई गरेको एकता सम्बन्धी सहमतिबारे स्पष्टीकरण लिइने बताए ।
अर्का नेता तथा परिषद्का अर्थसचिव गजेन्द्र लावतीले आफूहरु लिम्बुवानजन्य संगठनहरुबीचको
एकता विरोधी नभएको तर्क गर्दै कुमार लिङ्देन, वीर नेम्बाङ लगायतले नेतृत्व गरेका विभिन्न लिम्बुवानजन्य संगठनहरुसँग अस्तित्व सहितको एकता, प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सो लाई ओझेल पार्ने गरी परिषद्का अध्यक्षले एकता गरी सो कार्य गरेको आरोप लगाए ।
मंगलबार बिर्तामोडमा सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्, मिसेकहाङ थाम्सुहाङ नेतृत्वको लिम्बुवान क्रान्तिकारी र परिषद् तथा सूर्य माखिम नेतृत्वको लिम्बुवान संगठनबीच एकता भएको घोषणा गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment