भेटघाट र कार्वाहीमा व्यस्त प्रधानमन्त्री – मुख्य समाचार

सेना समायोजनको प्रक्रिया र खर्तबारे छलफल

काठमाडौ, चैत ११ /प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने साना सात राजनीतिक दलसँग शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका बारे शुक्रबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा सिंहदबारमा भएको सो छलफलमा प्रधानमन्त्री डा भट्टराईले राष्ट्रिय सहमतिको सरकार छिटो गठन गर्न आफूले प्रयास गरिरहेको बताएका थिए ।
‘उहाँले राष्ट्रिय सहमतिको सरकार गठनमा सफलता नमिले वर्तमान सरकारलाई पुनर्गठन गरेर भए पनि राष्ट्रिय सरकारको स्वरुप दिने प्रतिबद्धता जनाउनुभएको छ’ सभासद् बद्री न्यौपाने भने ।
बैठकमा नेकपा (एकीकृ) नेपाः राष्ट्रिय पार्टी, नेपाल परिवार दल, नेपाल लोकतान्त्रिक समाजवादी दल, जनमुक्ति पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी र समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका प्रतिनिधिहरुको सहभागिता थियो । यस्तै प्रधानमन्त्री भट्टराईले नेपाली सेनाका प्रधानसेनापति छत्रमान गुरुङसहित उच्च तहका पदाधिकारीसँग माओवादी लडाकूको समायोजनबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा माओवादी लडाकूको रेखदेख, पुनःस्र्थापना र समायोजनसम्बन्धी समितिले गरेको निर्णयबारे छलफल भएको थियो । छलफलमा सेनापति गुरुङ, अर्थमन्त्री वर्षमान पुन, माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल र सेना समायोजनसम्बन्धी सचिवालयका संयोजक बालानन्द शर्मा सहभागी थिए ।
छलफलपछि प्रवक्ता खनालले सेना समायोजनसम्बन्धी विशेष समितिले गरेको निर्णयलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको जानकारी दिए । छलफलमा सेनासमायोजनका लागि लाग्ने खर्च र समायोजनका प्रक्रियाका विविध पक्षबारे समेत विस्तृतरुपमा छलफल भएको बुझिएको छ ।
समायोजनका लागि माओवादी लडाकूका कमान्डर तथा नेपाली सेनासँग पनि अनौपचारिक तथा औपचारिक छलफल अगाडि बढाउने बिहीबार सेना समायोजन विशेष समितिमा भएको सहमतिअनुसार प्रधानमन्त्रीले शुक्रबार उनीहरुसँग छलफल गरेको हो ।
सेना समायोजन विशेष समितिको बिहीबारको बैठकले पाँच दिनभित्र सेना समायोजनको ठोस प्रस्ताव पेस गर्न सचिवालयलाई निर्देशन दिनाका साथै राजनीतिक दलहरूबीच गत कात्तिक १५ गते भएको सहमतिअनुसार समायोजनको काम अगाडि बढाउन ध्यानाकर्षण गराएको थियो । पाँच दिनभित्र समायोजन रोजेका नौ हजार ७ सय माओवादी लडाकूलाई पुनःस्र्थापना तथा स्वेच्छिक अवकाश रोज्न दिइने व्यवस्था समेत मिलाइने सचिवालयले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment