आरती, एरिका र गङ्गा – असरल्ल

जुनार बस्नेत
तन भगत चर्चिच लेखक हुन्  । युवा छन् । भारतीय हुन्  । उनका पुस्तकको बिक्री अत्यासलाग्दो छ  । भारतमा मात्र होइन, विश्वभरि नै उनका कृतिको अहिले खुबै चर्चा हुन्छ  । समीक्षा हुन्छ  । आलोचना र समालोचना हुन्छ  । उनको पछिल्लो पुस्तक रिभुल्युसन २०२० भारतका प्राचीन सहर वाराणसी र वरिपरि घुम्छ  । काशी प्रयागघाटको सँझको आरतीलाई उनका सटीक शब्दले तस्विरमा साँच्चै मज्जाले सजाएको छ  । काशी नपुग्ने, गङ्गाको जलमा डुङ्गा नचढ्नेहरू पनि पुस्तक पढ्दा त्यही पुगेको अनुभव गर्छन्  । मैले पनि अनुभव गरेको थिएँ  । पुस्तक पढ्नेहरू जो वाराणसी पुग्छन्, साँझमा गङ्गामा डुङ्गामा तैरिन हतारिन्छन् । झलमल्ल आरती देख्दा कति सुन्दर रौनक हुन्छ त्यहाँ  । सङ्गीतमय भक्तिको सुरिलो झङ्कार त्यसमा थपिन्छ  । एकसुरले बजेका घन्टाले मन तान्छ  । गङ्गाजलमा तैरिएको सहरका चित्रले भूतलमा स्वर्ग झरेको अनुभूति गर्छ  । आखिर मानिसलाई त्योभन्दा आनन्द त कहाँ मिल्ला र ?
ग्वाटेमालाकी एरिका पुस्तक पढेरै साँझको आरती रमाइलो हेर्न गङ्गाकिनार पुगिन््  । पुस्तकका प्रसङ्ग र त्यो आरतीको साँझको वर्णन गर्दै थिइन् आफ्ना पे्रमीसँग  । वी आर इन्जोइङ टु मच, उनी सङ्गीतका आनन्दमै भन्दै थिइन्  । त्यही अपराह्न (२१ फागुन २०६८) काठमाडौँबाट बनारस पुगेको नेपाली पत्रकारको एक समूह गङ्गाको मध्येभागमा डुङ्गामा सयर छ, यतिबेला  । एरिकाको डुङ्गा पनि सँगसँगै गङ्गामा हेलिएको छ  । साँझ छिप्पियो क्रमशः क्षितिज चुक घुप्ट्याएजस्तो अँध्यारो  । अकाशमा पिलपिल तारा । तर, एक टुक्रा कतै स्वर्ग नै झरेको त होइन भन्ने झल्को दिइरहेको छ, साँझको आरतीले । अनेकौँ डुङ्गामा, मध्यभागमा पुगेर तस्वीर लिनेहरूको होड छ । नेपाली पत्रकारलाई प्रदर्शक (गाइड)को सौभाग्य पनि मिलेको छ । बीएचयुमा पढेका सञ्जय श्रीवास्तव काशीको ८४ घाटको गाथा सुनाउँदै छन्, यतिबेला । भन्छन्,“काशीका घाटको विशेषता अनेक छन् । मणिकर्निका घाटमा शव जलिरहेका छन् । त्यहाँ २४सै घन्टा शव जलिरहेका हुन्छन् । काशीमा शव जलाउँदा मोक्ष पाउने हिन्दु धर्मावलम्बीको अटुट विश्वासले टाढा–टाढाबाट पनि त्यहाँ शव आउँछन् । जीवनको अन्तिम अवस्थामा काशीबास गर्ने चलन अहिले पनि छ । कतिपय नेपाली पनि ऐतिहासिक कालखण्डदेखि नै काशीबास गर्थे ।” सञ्जयले सिन्धिया घाट चिनाए । सिन्दिया खानदानले डुमराजासँग पैसा बिछ्याएर घाट किनेको ऐतिहासिक कथा सुनाए । जिज्ञासा र अन्तत्र्रिmया पनि थिए त्यहाँ ।
१८ फागुन २०६८ बाट बनारस उडान भर्न शुरु गरेको बुद्ध एयरले उडानको दोस्रो खेपमा फागुन २१ गते पत्रकारको एक समूह काठमाडौँबाट त्यहाँ पु¥याएको थियो । कम्पनीकी सञ्चार सम्पर्क अधिकृत बिनिता थापा अलिकति पनि समय खेर नफाली समय उपयोग गर्ने पक्षमा थिइन् । आरतीको त्यो सङ्गीतमय धुनमा मग्न हुन त्यही साँझ हामी गङ्गा पुगेका थियौँ । अपराह्न ५ः३० मा लालबहादुर शास्त्री विमानस्थल छोडेपछि पटेल नगरको एक होटलमा हतारले पुगियो । शुरुमा रिक्सा र रिक्साले पनि भीड छिचोल्न छोडेपछि पैदलै काशीघाट पुग्दा बनारसी भीड र व्यस्तताले नराम्ररी हिर्कायो । बीस अर्बको उत्तरप्रदेशको जनसंख्यामा बनारसले ४० लाख रुपैयाँको हिस्सा राख्छ । भीड र अन्यन्तै भीड । होलीको पूर्वसन्ध्या स्पष्टै देखिन्थ्यो । बिनाहेलमेटका मोटरसाइकल चढेकाहरू कोही–कोही राताम्यै थिए । यी सबै छिचोलेर गङ्गा आरतीले धेरैलाई चुम्बकीय शैलीमा तानिरह्यो । आरतीको त्यो सङ्गीतमय धुन कम नभए पनि रात छिप्पिन समय लागेन । गाइड सञ्जयले होटल फर्कने उर्दी मात्र सुनाएनन्न् डुङ्गामै अर्काे दिनको घुमफिर कार्यतालिका पनि सुनाए । होटलमा आएपछि भने बिहान ६ बजे नै तयार नहुने साथीहरू छुट्नुभयो भने म क्षमामात्र माग्न सक्छु ।
बल्लभजी (पत्रकार बल्लभमणि दाहाल, दी राइजिङ नेपाल) सँग साँझ धेरै कुरा भए । एउटै कोठा सेयर गर्दा मन मिल्ने साथी भए घरबाट पर पुगेपछि अलि सजिलो हुन्छ । कुराकानी मिल्छ । बनारससित नेपालको राजनीति जोडिएको लामो परम्परा छ । पिताजी कृष्णप्रसाद कोइरालाको प्रवास, बीपी कोइरालाको बाल्यकालीन बनारस जीवन र राजनीतिदेखि पुष्पलालको बनारस बसाइलगायत धेरै कुरा हाम्रा सम्झना र चर्चामा आए । मैले अध्ययन गरेका विषय मेरो स्मरणमा आए । उतिबेला प्रवासमा रहँदा कृष्णप्रसाद कोइरालाको परिवारले छतमा बसेर चना खाएका प्रसङ्गको वरिपरि स्मरण घुम्यो । जेल जर्नललगायत बीपीका कृति सम्झिएँ । त्यो त्याग र आजको हाइफाई राजनीति, कहाँ, कसरी तुलना गर्नु ?
पन्डाको सियो
भोलिपल्ट हामी दुईले “मर्निङवाक” सकेर होटल फर्कंदा घडीले ६ बजेको देखाएको थियो । सञ्जय हाम्रा लागि गाडी लिएर पाँच मिनेटअघि नै “लबी”मा आइसकेका थिए । साथीहरू एक–एक गरेर आउन लागे । विनिताजीलाई साथीहरू छुट्छन कि भन्ने चिन्ता थियो । १५ मिनेट कुर्ने भए सञ्जय । थप १० मिनेट कुर्दा पनि केही साथी आएनन् । आखिर छुटे । यात्रामा साथी छुट्दा नमज्जा त हुन्छ । लगत्तै थियो, गङ्गा स्नान । हामी अघिल्लै दिनको स्थल गएका थियौँ । गङ्गा भर्खर ब्युँझँदै थिइन् । स्नानअघि हामीले बागमती सम्झियौँ । बिहानै नुहाएका हामीलाई पानी अँचाए पुग्ने निष्कर्ष निकाल्यौँ । पानी अँचाएर स्नानरूपी आत्माशुद्धि गर्ने तौरतरिका हामी सबैको कुरा मिल्यो ।
बनारसका पन्डाबारे धेरै सुनिएको कुरा हो । आज हेर्नु थियो । पितृको श्राद्ध गर्ने साथी पनि सँगै थिए । साइबाबाको थानसँगै पन्डाहरूबीच ग्राहक तान्ने होड चलिरहेको थियो । शुरुमा उनीहरू सियो बन्दा रहेछन् । किनार सफा थियो भन्न मिल्दैन तर श्रद्धालुलाई मजाले नुहाउन त्यसले कुनै बाधा गरेको थिएन । एकपटक गङ्गामा नुहाउँदा जीवनको सम्पूर्ण पाप नष्ट हुर्ने धार्मिक विश्वासलाई सञ्जय पटक–पटक सम्झाउँदै थिए । पानी अँचाएपछि मैले पनि पूजा गरेँ । अनेक करबिन्ती गर्दा पनि पन्डाको हातको टीका मैले लगाइनँ । आफँै टीका लगाएँ । दक्षिणा भने उसलाई दिएँ । ऊ मलाई कर्के आँखाले हेर्दै थियो । सायद उसले मलाई बेग्लै सूचीमा राख्यो होला । श्राद्धको चार–पाँच मिनेटको विधि गर्न साथीलाई शुरुमा उसैले उक्सायो । दिवङ्गत पितृका निम्ति साथी सहमत भए । पचास रुपैयाँसम्मले सामान्य विधि हुने उसैले भन्यो तर पछि जब सङ्कल्प शुरु भयो, दस हजारबाट “बार्गेनिङ” शुरु ग¥यो । समूह हाम्रो बलियै भएकाले अँध्यारो मुखमा तीन सयले त्यो पनि जबरजस्ती मान्न ऊ तयार भयो । पन्डाबारेमा अरूहरूले भनेका अनकौँ कुरा सम्झिएँ । वास्तवमै पन्डाको चरित्र बनारसको विकृति हो । हातमा सङ्कल्प गर्न लगाएर उनीहरूले गर्ने “बार्गेनिङ”लाई जसरी घृणा गरे पनि त्यो कमी नै हुन्छ । क्रमश...

0 प्रतिकृया:

Post a Comment