कन्काई क्वाटर फाईनलमा – खेल समाचार

दमक, चैत ११ /दमकमा जारी क्याम्पसस्तरीय क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा कन्काई क्याम्पस बिर्तामोड विजयी भएको छ ।
दमक बहुमुखी क्याम्पसमा सम्पन्न खेलमा प्रतिष्पर्धी काँकडभिट्टा क्याम्पसलाई ७ विकेटले पराजित गर्दै कन्काईले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । काँकडभिट्टाले दिएको १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको कन्काईले ९ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
कन्काईको जितमा मन्जिल विमलीले सर्वाधिक ६० रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काँकडभिट्टाले १७ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय १ रन बनायो । काँकडभिट्टाका लागि मनोज मैनालीले सर्वाधिक २३ रन बनाए ।
खेलको म्यान अफ द म्याच ३ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिएका कन्काईका सन्तोस घोष घोषित भए । प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा मोडल क्याम्पस दमक र कन्काई क्याम्पस सुरुङ्गा तथा दोश्रो खेलमा कोयेड क्याम्पस बिर्तामोड र उर्लाबारी बहुमुखी क्याम्पस प्रतिस्पर्धा गर्ने खेल संयोजक सुवास काफ्लेले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment