खुल्ला कविता प्रतियोगिता

केर्खा, चैत ११ /झापाको धरमपुरमा रहेको नवरङ्ग साहित्य प्रतिष्ठानले शुक्रबार तोपगाछीमा खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । दिवंगत साहित्यकार एवम् कार्यसमिति तत्कालिन सदस्य “पुनम सुब्बा”को स्मृतिमा कार्यक्रम गरिएको हो । प्रतियोगितामा विजय दंगाल प्रथम, कविता पौड्याल दोश्रो र नवराज दाहाल तृतीय भएका थिए ।
सुब्बाको स्मृतिमा प्रत्येक वर्ष खुल्ला कविता प्रतियोगितामा १० हजारको प्रारम्भिक अक्षयकोष समेत स्थापना गरिएको छ । अक्षयकोषलाई ५० हजार रुपैयाँको बनाउने जनाइएको छ । कार्यक्रममा साहित्यकारहरु सेलिङ्ग केसी, राजकुमार अनिश्चित, अशोक बस्नेत, प्रकाश बुढाथोकी, कैलाश थापामगर, उर्मिला तिम्सिना लगायतले रचना वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष अनिलदेव राईको सभापतित्वमा भएको कार्यक्रमा लोकगायक एल पी जोशी प्रमुखआतिथि रहेका थिए । प्रतिष्ठानका उपाध्यक्ष तेजेन्द्र घिमिरेको सञ्चालनमा भएको कार्यक्रमको संयोजन एलपी दाहालले गरेका थिए । स्वागत मन्तव्य विष्णु निरौलाले व्यक्त गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment